परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३९०
6 अक्टोबर 2020
धेरै मानिसहरूले परमेश्वरमा विश्वास गरे तापनि, थोरैले मात्र परमेश्वरप्रतिको विश्वासको अर्थ के हो र परमेश्वरको इच्छा अनुरूप हुन तिनीहरूले के गर्नुपर्छ भनी बुझ्दछन्। मानिसहरू “परमेश्वर” शब्द र “परमेश्वरको कार्य” जस्ता वाक्यांशहरूसित परिचित भए पनि तिनीहरूले परमेश्वरलाई नचिनेको कारणले यस्तो भएको हो अनि उहाँको कार्यलाई जान्ने कुरा त परै जाओस्। त्यसैले, परमेश्वरलाई नचिन्नेहरू सबै उहाँसम्बन्धी तिनीहरूका आफ्नै विश्वासमा अल्मलिएको हुनु कुनै अचम्म मान्नुपर्ने कुरा होइन। मानिसहरूले परमेश्वरप्रतिको विश्वासलाई गम्भीर रूपमा लिंदैनन्, र यो पूर्ण रूपमा तिनीहरूलाई परमेश्वरमा विश्वास गर्ने कुरा धेरै नै अपरिचित र अनौठो लागेको कारणले गर्दा भएको हो। यसप्रकारले, तिनीहरूले परमेश्वरका मागहरू पूरा गर्न सक्दैनन्। अर्को शब्दमा भन्नु पर्दा, यदि मानिसहरूले परमेश्वरलाई चिन्दैनन्, र उहाँका कार्यको बारेमा जान्दैनन् भने, तिनीहरू परमेश्वरको प्रयोगको लागि योग्य हुँदैनन्, र तिनीहरूले उहाँको इच्छा पूरा गर्ने कुरा त परै जाओस्। “परमेश्वरप्रतिको विश्वास” भनेको परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्नु हो; परमेश्वरमा विश्वास गर्ने सम्बन्धमा यो सबैभन्दा सरल धारणा हो। यसबाहेक, परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्नु परमेश्वरमा साँचो रूपले विश्वास गर्नु उस्तै होइन; बरु, यो बलियो धार्मिक संकेतसहितको साधारण किसिमको विश्वास हो। परमेश्वरप्रतिको साँचो विश्वासको अर्थ निम्न छन्ः परमेश्वरले सबै थोकमाथि सर्वाधिकार राख्नुहुन्छ भन्ने विश्वासको आधारमा कुनै व्यक्तिले उहाँका वचनहरू र उहाँको कार्यको अनुभव गर्छ, उसको आफ्नो भ्रष्ट स्वभावलाई शुद्ध पार्छ, परमेश्वरको इच्छा पूरा गर्छ, र परमेश्वरलाई चिन्छ। यस प्रकारको यात्रालाई मात्र “परमेश्वरप्रतिको विश्वास” भन्न सकिन्छ। तापनि मानिसहरूले प्रायः परमेश्वरप्रतिको विश्वासलाई एउटा साधारण र हलुका कुराको रूपमा हेर्छन्। यस्तो प्रकारले परमेश्वरमा विश्वास गर्ने मानिसहरूले परमेश्वरमा विश्वास गर्नुको अर्थ गुमाइसकेका छन्, र तिनीहरूले आखिरीसम्म विश्वास गरिरहे पनि, तिनीहरूले कहिल्यै पनि परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्दैनन्, किनकि तिनीहरू गलत बाटोमा हिँड्छन्। आज अझै त्यस्ता मानिसहरू पनि छन् जो अक्षरहरू र खोक्रो सिद्धान्तहरूअनुसार परमेश्वरमा विश्वास गर्छन्। तिनीहरूले आफूहरूमा परमेश्वरप्रतिको विश्वासको सारको अभाव छ भनी बुझ्दैनन्, र तिनीहरूले परमेश्वरको अनुमोदन पाउन सक्दैनन्। तापनि अझै तिनीहरू सुरक्षा र पर्याप्त अनुग्रहको आशीषहरूका लागि परमेश्वरसँग प्रार्थना गर्छन्। आउनुहोस्, हामी रोकिऔं, हाम्रो मन शान्त पारौं, अनि आफैलाई सोधौं: के परमेश्वरमा विश्वास गर्नु पृथ्वीमा सबैभन्दा सजिलो कुरा हुन सक्छ? के यो हुन सक्छ कि परमेश्वरमा विश्वास गर्नु भनेको परमेश्वरबाट असीम अनुग्रह पाउनुबाहेक अरू केही होइन? के परमेश्वरलाई नचिनी उहाँमा विश्वास गर्ने वा परमेश्वरमा विश्वास गरे पनि उहाँको विरोध गर्ने मानिसहरूले साँच्चै उहाँको इच्छा पूरा गर्न सक्छन्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू