Nepali Christian Song | परमेश्‍वरको आखिरी दिनहरूको धर्मी न्यायले मानवजातिलाई प्रकारअनुसार वर्गीकरण गर्दछ

3 नोभेम्बर 2025

युगलाई समापन गर्ने परमेश्‍वरको अन्तिम काममा, उहाँको स्वभाव सजाय र न्यायको स्वभाव हो, जसमा उहाँले सार्वजनिक रूपमा सबै मानिसहरूलाई न्याय गर्न, र निष्कपट रूपमा उहाँलाई प्रेम गर्नेहरूलाई सिद्ध पार्नका लागि सबै अधर्मी कुरा प्रकाश गर्नुहुन्छ। यस्तो स्वभावले मात्र युगलाई अन्त्य गर्न सक्छ। आखिरी दिनहरू आइसकेका छन्। यावत् थोकहरू तिनका प्रकारअनुसार वर्गीकरण गरिन्छन्, र तिनका फरक-फरक गुणका आधारमा विभिन्न वर्गमा विभाजित गरिन्छन्। परमेश्‍वरले मानिसहरूका परिणाम र गन्तव्य प्रकाश गर्नुहुने समय ठ्याक्कै यही हो। यदि मानिसहरूले सजाय र न्याय अनुभव गर्दैनन् भने, तिनीहरूको विद्रोहीपन र अधार्मिकता खुलासा गर्ने कुनै तरिका हुनेछैन। केवल सजाय र न्यायमार्फत यावत् थोकका परिणामहरू प्रकाश गर्न सकिन्छ। मानिसहरूलाई सजाय दिइँदा र न्याय गरिँदा मात्र तिनीहरूले आफ्नो वास्तविक रङ्ग देखाउँछन्। दुष्टलाई दुष्टको साथमा, असललाई असलको साथमा राखिनेछ, र सबै मानिसहरूलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिनेछ।

सजाय र न्यायमार्फत, यावत् थोकका परिणाम प्रकाश गरिनेछ, ताकि दुष्टलाई दण्ड र असललाई इनाम दिन सकियोस्, र सबै मानिसहरूले परमेश्‍वरको प्रभुत्वमा आफूलाई समर्पण गरून्। यी सबै काम धर्मी सजाय र न्यायद्वारा हासिल गर्नुपर्दछ। मानिसहरूको भ्रष्टता चरमबिन्दुमा पुगेकाले, र तिनीहरूको विद्रोहीपन अति गम्भीर बनेकाले, परमेश्‍वरको मुख्यतः सजाय र न्याय समावेश भएको र आखिरी दिनहरूमा प्रकाश हुने धर्मी स्वभावले मात्र मानिसहरूलाई पूर्ण रूपमा रूपान्तरण गर्न र पूर्ण पार्न र दुष्टतालाई प्रकाश गर्न सक्छ, र यसरी सबै अधर्मीहरू गम्भीर रूपमा दण्डित हुनेछन्। यस्तो स्वभावसँग युगको महत्त्व गाँसिएको हुन्छ। प्रत्येक नयाँ युगको कामका खातिर परमेश्‍वरको स्वभाव प्रकाश र प्रकट हुन्छ। परमेश्‍वरले आफ्नो स्वभाव मनमानी ढङ्गमा र कुनै महत्त्वविना प्रकाश गर्नुहुन्छ भन्‍ने होइन।

यदि, मानिसहरूका परिणाम प्रकाश गर्ने आखिरी दिनहरूमा, परमेश्‍वरले मानिसलाई अझै पनि असीम कृपा र प्रेमिलो दयालुपनका साथ प्रेम गर्नुहुने भएको भए, र तिनीहरूप्रति प्रेमिलो हुन जारी राख्नुहुने भएको भए, तिनीहरूलाई धर्मी न्यायको अधीनमा नल्याउनुहुने, बरु तिनीहरूलाई सहनशीलता, धैर्य र क्षमा देखाउनुहुने, र तिनीहरूका पाप चाहे जति नै गम्भीर भए पनि त्यसका निम्ति अलिकति पनि धर्मी न्याय नगरी क्षमा गर्नुहुने भएको भए, परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन कहिले समाप्त हुनेथियो? यस्तो स्वभावले मानिसहरूलाई कहिले मानवजातिको उपयुक्त गन्तव्यमा डोऱ्याउन सक्नेथियो? आखिरी दिनहरूको अवधिमा, केवल धर्मी न्यायले मानिसहरूलाई उनीहरूको प्रकारअनुसार वर्गीकरण गर्न र तिनीहरूलाई एउटा नयाँ क्षेत्रमा ल्याउन सक्छ। यसरी, न्याय र सजायको परमेश्‍वरको धर्मी स्वभावद्वारा सम्पूर्ण युगलाई समाप्त गरिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्