Nepali Sermon Series: Seeking True Faith | विश्‍वासद्वारा पाइने मुक्तिले परमेश्‍वरको राज्यमा प्रवेश प्राप्त हुन्छ?

31 मार्च 2022

महामारी निरन्तर फैलिरहेको छ र भूकम्प, बाढी-पहिरो, कीरा-फट्याङ्ग्राको महामारी, अनिकालहरू पैदा हुन थालेका छन्। धेरै मानिसहरू निरन्तर चिन्ताको स्थितिमा छन्, र विश्‍वासीहरूले उत्सुकताका साथ प्रभु बादलमा आउनुहुनेछ, तिनीहरू आकाशमा लगिनेछन् भनेर विपत्तिहरूको कष्टबाट उम्कन र परमेश्‍वरको राज्यमा प्रवेश गर्नलाई प्रतीक्षा गरिरहेका छन्। तिनीहरूलाई किन अझै पनि प्रभुलाई भेट्न उठाइलगिएको छैन भन्‍ने थाहा छैन। तिनीहरूलाई प्रभुले पन्छ्याउनुभएको र तिनीहरू विपत्तिमा परेको, अनि अस्तित्व अनिश्‍चित भएकोमा तिनीहरू असहज महसुस गर्छन्। तिनीहरू अन्योल र अलमलिएको महसुस गर्छन्। प्रकाशको पुस्तकले प्रभु येशू विपत्तिहरूभन्दा पहिले आउनुहुनेछ र हामीलाई त्यसमा पर्नबाट बचाउन आकाशमा लैजानुहुनेछ भनेर अगमवाणी गरेको छ। तर विपत्तिहरू बर्सिन सुरु भइसकेका छन्, तब किन प्रभु विश्‍वासीहरूलाई लिन बादलमा आउनुभएको छैन? हाम्रो विश्‍वासद्वारा, हाम्रा पापहरू क्षमा गरिएका छन्, र हामीलाई अनुग्रहद्वारा मुक्ति दिइएको र धार्मिकता प्रदान गरिएको छ। हामीलाई किन स्वर्गको राज्यमा उठाई लगिएको छैन? धेरैजसो विश्‍वासीहरूमा रहेका प्रश्‍नहरू यिनै हुन्। के विश्‍वासद्वारा प्राप्त हुने मुक्तिले साँच्‍चै हामीलाई स्वर्गको राज्यमा लैजान्छ? साँचो विश्‍वासको खोजीको यो भागमा, हामी मिलेर यसको खोजी गर्नेछौं र उत्तर पत्ता लगाउनेछौं।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्