2021 Christian Song | परमेश्‍वरले आफ्नो महिमा पूर्वमा ल्याउनुभएको छ

28 जुलाई 2021

परमेश्‍वरले उहाँको महिमा इस्राएललाई दिनुभयो, अनि यसबाट लिनुभयो,

पछि उहाँले इस्राएलीहरूलाई र सारा मानवजातिलाई पूर्वतिर ल्याउनुभयो।

तिनीहरूको ज्योतिसँग पुनर्मिलन होस् भनेर,

यससँगै होस् र यसलाई खोज्न नपरोस्

भनेर परमेश्‍वरले तिनीहरू सबैलाई प्रकाशमा ल्याउनुभएको छ।

खोजिरहनेहरू सबैलाई परमेश्‍वरले फेरि ज्योति देख्न दिनुहुनेछ

र परमेश्‍वरसँग इस्राएलमा भएको महिमा देख्नेछन्;

परमेश्‍वरले तिनीहरूलाई लामो समय अघि नै

मानवजातिको माझमा सेतो बादल तल गएको कुरा देख्न दिनुहुनेछ,

तिनीहरूले कैयौँ सेता बादलहरू

र तिनीहरूको झुप्पाहरूमा प्रशस्त फलहरू देखून्;

यसको अतिरिक्त, तिनीहरूले इस्राएलको यहोवा परमेश्‍वर देखून्।

परमेश्‍वरले तिनीहरूलाई यहूदीहरूको मालिक,

चाह गरिएको मसीहको

र सारा युगहरूभरि राजाहरूले सताएका परमेश्‍वरको पूर्ण देखा पर्ने घटना हेर्न दिनुहुनेछ।

आखिरी दिनहरूमा उहाँका सारा महिमा र उहाँका सबै कामहरू

मानिसलाई प्रकट गर्दै परमेश्‍वरले सारा ब्रह्माण्डभरि काम गर्नुहुनेछ

र परमेश्‍वरले ठूल-ठूला काम गर्नुहुनेछ।

परमेश्‍वरले उहाँलाई वर्षौंदेखि प्रतीक्षा गरिरहेकाहरू,

उहाँ सेतो बादलमा आएको उत्कट चाह गर्नेहरूलाई,

उहाँ पटक-पटक देखा परेको उत्कट चाह गर्ने इस्राएललाई,

र उहाँलाई सताउने सबै मानवजातिलाई परमेश्‍वरले उहाँको महिमित मुहार देखाउनुहुनेछ,

ताकि परमेश्‍वरले उहाँको महिमा उहिले नै लिनुभएको छ

र उहाँले पूर्वतिर ल्याउनुभएको छ; त्यसैले यो अब यहूदियामा छैन।

किनभने आखिरी दिनहरू अघि नै आइसकेको छ!

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्