Nepali Christian Song | तैँले अय्यूब र पत्रुसको साक्षी हासिल गर्नुपर्छ

27 जुन 2025

सायद तँलाई विजय गरिएको छ भनेर भन्छस् होला, तर के तँ मृत्युसम्म समर्पित हुन सक्छस्? कुनै सम्भावनाहरू भए पनि वा नभए पनि तँ अन्त्यसम्म पछि लाग्नुपर्छ, वातावरण जस्तै भए पनि तैँले परमेश्‍वरप्रतिको विश्‍वास गुमाउनु हुँदैन। आखिरीमा, तैँले गवाहीका दुई पक्ष प्राप्त गर्नुपर्छ: अय्यूबको गवाही—मृत्युसम्मको समर्पणता; र पत्रुसको गवाही—परमेश्‍वरप्रतिको सर्वोच्च प्रेम।

एउटा पक्षमा, तँ अय्यूबजस्तै हुनुपर्छ: तिनले सबै भौतिक सम्पत्तिहरू गुमाए, र शरीर पीडाले ढाक्यो, तापनि तिनले यहोवाको नाउँ त्यागेनन्। यो अय्यूबको गवाही थियो। पत्रुसले मृत्युसम्म परमेश्‍वरलाई प्रेम गर्न सके। जब तिनलाई क्रूसमा टाँगियो र तिनले मृत्युको सामना गरे, त्यस बेला पनि तिनले परमेश्‍वरलाई प्रेम गरिरहे; तिनले आफ्नै सम्भावनाहरूको बारेमा सोचेनन् वा सुन्दर आशा वा असाधारण विचारहरूको पछि लागेनन्, तिनी केवल परमेश्‍वरलाई प्रेम गर्नु र परमेश्‍वरका सबै प्रबन्धहरूमा समर्पित हुनुको पछि लागे। यो स्तर हासिल गरेपछि मात्रै तैँले गवाही दिएको भनेर मानिनेछ, त्यसपछि मात्र तँ विजय गरिसकिएपछि सिद्ध पारिएको व्यक्ति बन्छस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (२)

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्