Christian Song | परमेश्वरका सबै वचनहरू सत्यता हुन् | २०२६ स्तुतिका स्वरहरू
14 जनवरी 2026
१
परमेश्वर पृथ्वीमा मानिससँग जिउन आउनुभएको छ, उहाँले धेरै सत्यता व्यक्त गर्नुभएको छ।
म उप्रान्त अस्पष्टतामा खोजी गर्दिनँ,
किनकि मलाई मार्गदर्शन गर्नका लागि मसँग परमेश्वरका वचनहरू छन्।
हरेक दिन, म परमेश्वरका वचनहरू खान्छु र पिउँछु अनि परमेश्वरसामु जिउँछु;
पवित्र आत्माले मलाई अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ।
म झन्-झन् स्पष्ट रूपमा सत्यता बुझ्छु, र मेरो जीवनले हर-दिन प्रगति गर्छ।
परमेश्वरका वचनहरूले मानिसको भ्रष्टताका तथ्य पूर्ण रूपमा खुलासा गर्छन्,
र सबैजनालाई पूर्ण रूपमा विश्वस्त बनाउँछन्।
परमेश्वरका वचनहरूको न्याय र धेरै परीक्षाहरूको कष्ट भोगेर,
मेरो भ्रष्ट स्वभाव पखालिन्छ।
परमेश्वरका वचनहरूको प्रचुरताको आनन्द उठाउँदा, साँच्चै मैले धेरै प्राप्त गरेको छु।
परमेश्वरको स्वभावको धार्मिकता र पवित्रता देख्दा,
म परमेश्वरको डर मान्छु र उहाँलाई आदर गर्छु।
परमेश्वरका सबै वचनहरू सत्यता हुन्।
२
परमेश्वरका वचनहरू पढ्दा, म सत्यता बुझ्छु
र देहका बन्धनहरूबाट पार हुन्छु।
आफ्नो कर्तव्य पूरा गर्दै गर्दा, सत्यताको खोजी गर्दै र परमेश्वरमा समर्पित हुँदै,
म इमानदार व्यक्तिका रूपमा जिउँछु।
म सत्यता बुझ्छु र आफ्नो भ्रष्ट स्वभाव फाल्छु;
परमेश्वरका वचनहरूको सत्यता निकै बहुमूल्य छ।
परमेश्वरका वचनहरू अभ्यास गर्दा, म सत्यता र जीवन प्राप्त गर्छु,
र मेरो हृदयले यो भन्दा बढी केही माग्न सक्दैन।
परमेश्वरको प्रेम कति महान् र वास्तविक छ भन्ने देख्दा,
म खुसीसाथ मेरो साँचो हृदय परमेश्वरलाई दिन्छु।
अगाडिको बाटो चाहे जति कठिन र उबडखाबड भए पनि,
म परमेश्वरलाई सर्वोच्च आस्थाका साथ पछ्याउनेछु।
म परमेश्वरलाई प्रेम गर्न र परमेश्वरको डर मान्न अनि दुष्टताबाट अलग बस्ने पछ्याइ गर्छु,
अगाडिको बाटो झन्-झन् उज्यालो हुँदै जान्छ।
म एकदम अन्त्यसम्मै ख्रीष्टलाई पछ्याउनेछु,
र परमेश्वरको मुस्काइरहेको मुहारको देखा पराइलाई स्वागत गर्न आफ्नो बफादारी पूरा गर्नेछु।
परमेश्वरका सबै वचनहरू सत्यता हुन्।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू