Nepali Christian Song | मानिसका लागि परमेश्‍वरका अपेक्षाहरू परिवर्तन भएका छैनन्

30 नोभेम्बर 2025

अब्राहामले इसहाकलाई बलि चढाउँदा परमेश्‍वरले अब्राहामको निष्कपटता र समर्पणता देख्‍नुभयो, र उसले परमेश्‍वरको जाँचको सामना गर्न सकेको देख्‍नुभयो। परमेश्‍वरले उसको निष्कपटता र समर्पणतालाई स्वीकार गर्नुभएको भए पनि, ऊ परमेश्‍वरको विश्‍वासपात्र बन्‍न, परमेश्‍वरलाई चिन्‍ने र बुझ्ने, र परमेश्‍वरको स्वभावबारे ज्ञान भएको व्यक्ति बन्‍न अझै अयोग्य नै थियो; उहाँसँग एकै मनको हुन र उहाँको इच्छा पछ्याउनबाट टाढा थियो। त्यसकारण, हृदयमा परमेश्‍वर अझै एकलो र चिन्तित हुनुहुन्थ्यो। परमेश्‍वर जति-जति एकलो र चिन्तित बन्नुभयो, त्यति-त्यति नै उहाँले आफ्नो व्यवस्थापनलाई जतिसक्दो चाँडो निरन्तरता दिनु, र उहाँको व्यवस्थापन योजना र उहाँको इच्छा पूरा गर्न जतिसक्दो चाँडो मानिसहरूको एउटा समूह चुन्नु र प्राप्त गर्न सक्नु आवश्यक भयो। यो परमेश्‍वरको उत्कट अभिप्राय थियो, र यो सुरुदेखि आजसम्म अपरिवर्तित रहेको छ।

प्रारम्भमा परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुभएदेखि नै, उहाँले उत्कट रूपमा विजेताहरूको एउटा समूहको, उहाँको स्वभाव बुझ्न, चिन्न र बोध गर्न सक्ने मानिसहरूको त्यस्तो समूहको तृष्णा गर्नुभएको छ, जो उहाँको साथमा हिँड्न सकून्। परमेश्‍वरको यो अभिप्राय कहिल्यै परिवर्तन भएको छैन। उहाँले अझै जति लामो समयसम्म पर्खनु परे पनि, अगाडिको बाटो चाहे जति नै कठिन भए पनि, र उहाँले तृष्णा गर्नुभएका उद्देश्यहरू जति नै टाढा भए पनि, परमेश्‍वरले मानिसबाट राख्‍नुभएका अपेक्षाहरू कहिल्यै बदल्नुभएको वा त्याग्‍नुभएको छैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्