Nepali Christian Song | परमेश्‍वरले मान्छे वरपर मानिस, घटना र कामकुराहरूको प्रबन्ध गर्नुको उद्देश्य

19 फेब्रुअरी 2026

यदि तँ परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्छस् भने, तैँले दैनिक घटनाहरू, चाहे ती राम्रा होऊन् वा नराम्रा, ती कुनै पनि संयोगवश घट्दैनन् भन्‍ने विश्‍वास गर्नैपर्छ। कसैले जानी-जानी तँसँग कठोर व्यवहार गरिरहेको वा तँलाई निशाना बनाइरहेको हुँदैन; यो सब परमेश्‍वरले नै प्रबन्ध र योजनाबद्ध गर्नुभएको थियो। परमेश्‍वर किन यी सबै कुरा योजनाबद्ध गर्नुहुन्छ? त्यो तेरो साँचो रूप खुलासा गर्न वा तँलाई प्रकाश गर्न र हटाउनका लागि होइन; तँलाई प्रकाश गर्नु अन्तिम लक्ष्य होइन, सिद्ध पार्नु र मुक्ति दिनुचाहिँ लक्ष्य हो।

परमेश्‍वर तँलाई कसरी सिद्ध पार्नुहुन्छ? अनि उहाँ तँलाई कसरी मुक्ति दिनुहुन्छ? उहाँ तँलाई तेरो आफ्नै भ्रष्ट स्वभावबारे सचेत गराउँदै, र तँलाई तेरो प्रकृति सार, तेरा कमजोरीहरू र तेरो कमी चिनाउँदै सुरुआत गर्नुहुन्छ। यी कुराहरू जानेर र तिनको बुझाइ प्राप्त गरेर मात्र, तँ सत्यता पछ्याउन सक्छस् र बिस्तारै तेरो भ्रष्ट स्वभाव फाल्न सक्छस्। यो परमेश्‍वरले तँलाई मौका दिनुभएको हो। यो परमेश्‍वरको कृपा हो। तैँले यो मौका छोप्न जान्नुपर्छ। तैँले परमेश्‍वरप्रति प्रतिरोध महसुस गर्नु हुँदैन, उहाँसँग टाउको जुधाउनु, वा उहाँलाई गलत बुझ्नु हुँदैन। विशेष गरी, परमेश्‍वरले तेरो वरपर प्रबन्ध गर्नुभएका मानिस, घटना, र कामकुराहरूको सामना गर्दा, निरन्तर ती कुराहरू तैँले चाहना गरे अनुसार छैनन् भनी महसुस नगर्; निरन्तर तीबाट उम्कने इच्छा नगर् वा सधैँ परमेश्‍वरबारे गुनासो गर्ने र उहाँलाई गलत बुझ्ने नगर्। यदि तँ निरन्तर ती कुराहरू गरिरहन्छस् भने, तैँले परमेश्‍वरको काम अनुभव गरिरहेको हुँदैनस्, त्यसले तँलाई सत्यता वास्तविकतामा प्रवेश गर्न कठिन बनाउनेछ।

तैँले पूर्ण रूपमा बुझ्न नसक्ने वा तँलाई कठिनाइ अनुभव गराउने जुनसुकै कुरा सामना गरे पनि, तँ समर्पित हुन सिक्नुपर्छ। तैँले परमेश्‍वरको अगाडि आएर अनि अझ धेरै प्रार्थना गरेर सुरुआत गर्नुपर्छ। त्यसरी, तैँले थाहा पाउनु अघि, तेरो आन्तरिक स्थितिमा परिवर्तन आउनेछ, र तैँले आफ्नो समस्या समाधान गर्नका निम्ति सत्यताको खोजी गर्न सक्नेछस्। त्यसरी, तैँले परमेश्‍वरको काम अनुभव गर्न सक्नेछस्। यो हुँदै गर्दा, तँभित्र सत्यता वास्तविकता ढालिनेछ, र तैँले यसरी नै उन्नति गर्नेछस् र तेरो स्थितिमा रूपान्तरण अनुभव गर्नेछस्। तैँले यो परिवर्तन भोगेपछि र तँसँग यो सत्यता वास्तविकता भएपछि, तँसँग कद पनि हुनेछ, र कदसँग जीवन आउँछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिसहरू, घटनाहरू र स्थितिहरूबाट सिक्नुपर्छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्