Christian Dance | परमेश्‍वरले हामीलाई आजको दिनसम्म प्रेम गर्नुहुन्छ | Praise Song

25 डिसेम्बर 2024

परमेश्‍वर देह बन्नुभएको छ र मानिसमाझ आउनुभएको छ,

कैयौँ वर्षदेखि विनम्रता अनि गुप्ततामा रहेर काम गरिरहनुभएको छ।

उहाँ मानवजातिलाई मुक्ति दिन सत्यताहरू व्यक्त गर्नुहुन्छ,

र उहाँले विजेताहरूको एउटा समूह बनाउनुभएको छ।

अहिले उहाँ सियोनमा फर्कन लाग्नभएको छ,

हाम्रो लगावका भावनाहरूलाई व्यक्त गर्न सकिन्न।

हामी साथ रहेका दिनहरू एकदमै छोटा रहेका छन्,

र हाम्रो पुनर्मिलनको दिन अज्ञात छ।

कैयौँ हिउँद, वसन्त, गृष्म, र शरदमा, परमेश्‍वर हामीमाझ जिउनुहुन्छ।

उहाँले हामीलाई अत्यन्तै धेरै सङ्कष्ट, खतरा, र परीक्षामा मार्गदर्शन गर्नुभएको छ।

यदि परमेश्‍वरको कृपा र सुरक्षा नभएको भए,

हामी धेरै पहिले नै शैतानद्वारा निलिएका र कुल्चीमिल्ची गरिएका हुनेथियौँ।

सर्वशक्तिमान् परमेश्‍वरले मलाई मुक्ति दिनुभएको छ,

र उहाँको महान् प्रेम सदैव मेरा हृदयमा हुनेछ।

परमेश्‍वरको आज्ञा आफ्ना मनमा राखेर, म कसरी परमेश्‍वरलाई निराश तुल्याउन सक्छु?

म आफ्नो शरीर र हृदय परमेश्‍वरलाई अर्पण गर्छु,

र उहाँका मागहरू पूरा गर्न आफूले सके जति गर्छु।

म न नकारात्मक छु न त कमजोर नै,

किनकि परमेश्‍वरको वचनले मलाई परीक्षा र सङ्कष्टहरूमा अगुवाइ गर्छ।

म बफादारीसाथ आफ्नो कर्तव्य पूरा गर्नेछु,

र बलियो अनि जोरदार गवाही दिनेछु।

परमेश्‍वर मानिसका खातिर दिन-रात कडा मेहनत गर्नुहुन्छ,

उहाँ आफ्नो रगत, पसिना र आँसु बगाउँदै हृदयदेखि नै अथक प्रयास गर्नुहुन्छ।

परमेश्‍वरको न्यानो र प्रेमल अङ्गालोमा, हाम्रो जीवन बिस्तारै बढ्छ।

मेरा कमजोरीमा, परमेश्‍वरको वचनले मलाई साथ दिन्छ,

र मेरा शोकमा, परमेश्‍वरले मलाई सान्त्वना दिनुहुन्छ।

मेरा निराशामा, परमेश्‍वरको वचनले मलाई प्रोत्साहन दिन्छ,

मलाई म आज रहेको ठाउँमा एक-एक पाइला गरी ल्याएको छ।

विगत बिर्सन गाह्रो हुन्छ,

र परमेश्‍वरको प्रचुर प्रेम कुनै शब्दहरूले पूर्णतः व्यक्त गर्न सक्दैनन्।

उहाँका कठोर वचनले कति पटक मेरो शैतानी स्वभावको न्याय गरेका छन्,

र उहाँको कोमलता र ख्यालले कति पटक

मलाई पश्चात्ताप गर्ने मौका प्रदान गरेका छन्।

मैले परमेश्‍वरको प्रेमको धेरै आनन्द उठाएको छु

र म उहाँको प्रेम तिर्नका लागि आफ्नो जीवन अर्पण गर्न इच्छुक छु।

परमेश्‍वरको आज्ञा आफ्ना मनमा राखेर, म कसरी परमेश्‍वरलाई निराश तुल्याउन सक्छु?

म आफ्नो शरीर र हृदय परमेश्‍वरलाई अर्पण गर्छु,

र उहाँका मागहरू पूरा गर्न आफूले सके जति गर्छु।

म न नकारात्मक छु न त कमजोर नै,

किनकि परमेश्‍वरको वचनले मलाई परीक्षा र सङ्कष्टहरूमा अगुवाइ गर्छ।

म बफादारीसाथ आफ्नो कर्तव्य पूरा गर्नेछु,

र बलियो अनि जोरदार गवाही दिनेछु।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्