Christian Choir Song | परमेश्वरले तेरो हृदय र आत्मा खोजिरहनुभएको छ | २०२६ स्तुतिका स्वरहरू
15 जनवरी 2026
१
सर्वशक्तिमान्को जीवन आपूर्ति छोडेर गएको हुनाले, मानवजाति आफ्नो अस्तित्वको उद्देश्यबारे अनभिज्ञ छ, तर ऊ मृत्युसँग डराउँछ। तिनीहरू सहयोग वा सहारारहित छन्, अझै पनि आफ्ना आँखा चिम्लन अनिच्छुक हुन्छन्, र तिनीहरूले कुनै आत्मिक भावना नभएका, तिनीहरूका देहलाई थाम्न आफैलाई बाध्य पार्छन्, र यस संसारमा जसोतोसो एक तुच्छ अस्तित्व लतार्छन्। अरू लक्ष्यबिना जिएझैँ, तँ त्यसरी नै आशाबिना जिउँछस्। केवल किंवदन्तीका पवित्र उहाँले मात्र ती मानिसहरूलाई मुक्ति दिनुहुनेछ, जो आफ्नो कष्टमाझ विलाप गर्दै उहाँको आगमनको व्यग्र तृष्णा गर्छन्। त्यस्तो विश्वास चेतनाको कमी हुनेहरूमा लामो समयदेखि साकार नभएर नै रहेको छ। तथापि, तिनीहरू अझै पनि यसको यसरी तृष्णा गर्छन्।
२
सर्वशक्तिमान्ले यी गहन कष्ट भोगेका मानिसहरूमाथि कृपा गर्नुहुन्छ; साथसाथै, बिलकुलै चेतना नभएका यी मानिसहरूप्रति उहाँ वितृष्ण महसुस गर्नुहुन्छ, किनकि मानिसहरूबाट उत्तर प्राप्त गर्नुअघि उहाँले निकै लामो समय पर्खनुपर्छ। उहाँ खोज्न चाहनुहुन्छ, तेरो हृदय र तेरो आत्मा खोज्न चाहनुहुन्छ, र तेरा लागि पानी र खाना ल्याउन चाहनुहुन्छ, ताकि तँ ब्युँझेस् र तैँले उप्रान्त तिर्खाउने र भोकाउने नगरेस्। जब तँ थाक्छस् र जब तैँले यस संसारको केही उजाडता महसुस गर्छस्, तब हराएको महसुस नगर्, नरो। सर्वशक्तिमान् परमेश्वर, रखवालाले जुनसुकै बखत पनि तेरो आगमनलाई अङ्गाल्नुहुनेछ। उहाँ तेरो छेउमै रखवाली गर्दै हुनुहुन्छ, उहाँ तँ पछाडि फर्किने प्रतीक्षा गर्दै हुनुहुन्छ, तैँले तेरो स्मृति अचानक पुनः प्राप्त गर्ने दिन कुर्दै हुनुहुन्छ: जब तैँले तँ परमेश्वरबाट आइस्, अनि तैँले कुनै अज्ञात समयमा आफ्नो दिशा गुमाइस्, कुनै अज्ञात समयमा तैँले बाटोमा चेतना गुमाइस्, र कुनै अज्ञात समयमा तेरो एक “पिता” थियो भन्ने कुरा थाहा पाउँछस्; यसका अतिरिक्त, जब तैँले सर्वशक्तिमान्ले सदा तेरो रखवाली गर्दै, अत्यन्तै लामो समयदेखि त्यहाँ तेरो फिर्ती पर्खँदै आउनुभएको छ भन्ने कुरा थाहा पाउँछस्। उहाँले व्यग्र रूपमा तृष्णा गर्दै, र उत्तररहित प्रतिक्रिया पर्खँदै आउनुभएको छ। उहाँको रखवाली अमूल्य कुरा हो, र त्यो मानव हृदय र मानव आत्माका खातिर हो। सायद उहाँको रखवाली अनिश्चित कालको हो, वा सायद त्यो समाप्त भएको छ। तर, तेरो हृदय र तेरो आत्मा अहिले ठ्याक्कै कहाँ छन् भन्ने कुरा तैँले जान्नुपर्दछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सर्वशक्तिमान्को सुस्केरा
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू