Nepali Christian Song | देहधारी परमेश्‍वर मुक्तिको कामका लागि बढी उपयुक्त हुनुहुन्छ

17 फेब्रुअरी 2026

आखिरी दिनहरूमा परमेश्‍वरले उहाँको न्यायको काम उहाँको देहधारी पहिचानमा देखा परेर गर्नुहुन्छ। किनभने न्याय गरिने भनेको मानिस हो, देहगत र भ्रष्ट तुल्याइएको मानिस हो, र प्रत्यक्ष रूपमा न्याय गरिने शैतानको आत्मा होइन, त्यसकारण न्यायको काम आत्मिक क्षेत्रमा नभई मानिसमाझ गरिन्छ। मानिसको देहको भ्रष्टतालाई न्याय गर्ने कामका लागि, देहमा हुनुहुने परमेश्‍वर जत्तिको उपयुक्त र योग्य अरू कोही पनि छैन। यदि परमेश्‍वरका आत्माले सीधै न्याय गर्नुभएको भए, यो सर्व-समावेशी हुनेथिएन। र, त्यसमाथि, मानिसलाई यो स्वीकार गर्न कठिन हुनेथियो, किनभने आत्मा मानिससँग आमने-सामने हुन सक्नुहुन्न। यसकै कारण मात्रै, प्रभावहरू तात्कालिक हुनेथिएनन्, मानिसले परमेश्‍वरको उल्लङ्घन गर्न नसकिने स्वभावलाई अझै स्पष्ट रूपमा देख्न त झनै सक्नेथिएन।

देहमा हुनुहुने परमेश्‍वरले मानवजातिको भ्रष्टतालाई न्याय गर्नुभयो भने मात्रै शैतानलाई पूर्ण रूपमा हराउन सकिन्छ। देहमा हुनुहुने परमेश्‍वर पनि सामान्य मानवता भएको व्यक्ति हुनुहुन्छ, मानिसको अधार्मिकतालाई सीधै न्याय गर्न सक्नुहुन्छ; यो उहाँको पवित्रता, र उहाँको विशिष्टताको चिन्ह हो। मानिसलाई न्याय गर्नका लागि परमेश्‍वर मात्रै योग्य, र यसो गर्ने स्थानमा हुनुहुन्छ, किनभने उहाँसँग सत्यता र धार्मिकता छ, र त्यसैले उहाँ मानिसलाई न्याय गर्न सक्नुहुन्छ। सत्यताविहीन र धार्मिकताविहीनहरू अरूलाई न्याय गर्न योग्य छैनन्। यदि यो काम परमेश्‍वरका आत्माले गर्नुभएको भए, यसको अर्थ शैतानमाथिको विजय हुनेथिएन। आत्मा अन्तर्निहित रूपमा मरणशील प्राणीहरूभन्दा उच्च हुनुहुन्छ र परमेश्‍वरका आत्मा अन्तर्निहित रूपमा नै पवित्र, अनि देहमाथि विजयी हुनुहुन्छ। यदि यो काम आत्माले सीधै गर्नुभएको भए, उहाँले मानिसका सारा विद्रोहीपनलाई न्याय गर्न र मानिसको सबै अधार्मिकतालाई प्रकाश गर्न सक्नुहुनेथिएन।

न्यायको काम परमेश्‍वरबारे मानिसका धारणाहरूमार्फत गरिन्छ र मानिससँग आत्माबारे कुनै धारणा कहिल्यै रहेको छैन, त्यसकारण आत्माले मानिसको अधार्मिकतालाई अझै राम्ररी प्रकाश गर्न सक्नुहुन्न, झन् त्यस्तो अधार्मिकतालाई पूर्ण रूपमा खुलासा गर्न त झनै असक्षम हुनुहुन्छ। देहधारी परमेश्‍वर उहाँलाई नचिन्नेहरू सबैका शत्रु हुनुहुन्छ। मानिसका धारणाहरूलाई र उहाँप्रतिको विरोधलाई न्याय गरेर, उहाँले मानवजातिका सारा विद्रोहीपनलाई खुलासा गर्नुहुन्छ। देहमा उहाँले गर्नुहुने कामका प्रभावहरू आत्माको कामका भन्दा अझै स्पष्ट हुन्छन्। त्यसैले, सारा मानवजातिको न्याय सीधै आत्माले गर्नुहुन्न बरु यो देहधारी परमेश्‍वरको काम हो। देहमा हुनुहुने परमेश्‍वरलाई मानिसले देख्न र छुन सक्छ, र देहमा हुनुहुने परमेश्‍वरले मानिसलाई पूर्ण रूपमा विजय गर्न सक्नुहुन्छ। मानिस देहमा हुनुहुने परमेश्‍वरको विरोध गर्नबाट उहाँमा समर्पित हुन, उहाँलाई सताउनबाट उहाँलाई स्विकार्न, उहाँबारे धारणाहरू हुनबाट उहाँलाई चिन्न, र उहाँलाई इन्कार्नबाट उहाँलाई प्रेम गर्नमा उन्नत हुन्छ—यी देहधारी परमेश्‍वरको कामका प्रभावहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजातिलाई देहधारी परमेश्‍वरको मुक्ति बढी चाहिएको हुन्छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्