Nepali Christian Song | देहधारण पूर्ण रूपमा भ्रष्ट मानवजातिका आवश्यकताका कारण हो

20 मार्च 2026

देहधारी परमेश्‍वर देहमा आउनुभएको एकमात्र कारण भ्रष्ट मानिसहरूका आवश्यकता हो। मुक्ति दिइनेहरूका लागि, आत्माको उपयोगको मूल्य देहको भन्दा निकै कम हुन्छ: आत्माको कामले सारा ब्रह्माण्ड, सारा हिमाल, नदी, तालतलैया अनि समुद्रहरूलाई समेट्न सक्छ, तैपनि देहको काम उहाँ सम्पर्कमा आउनुहुने हरेक व्यक्तिसँग अझै प्रभावकारी रूपमा सम्बन्धित हुन्छ। अझ के भने, परमेश्‍वरको मूर्त रूप भएको देहलाई मानिसले अझै राम्ररी बुझ्न र भरोसा गर्न सक्छ र त्यस देहले परमेश्‍वरसम्बन्धी मानिसको ज्ञानलाई थप गहन तुल्याउन सक्छ र त्यस देहले परमेश्‍वरका व्यावहारिक कार्यहरूबारे मानिसमा अझै गहन छाप छोड्न सक्छ।

आत्माको कामलाई रहस्यले ढाकेको हुन्छ; मरणशील प्राणीहरूलाई यो पूर्वानुमान गर्न गाह्रो छ, र देख्न झनै गाह्रो छ, र त्यसकारण तिनीहरू निराधार कल्पनाहरूमा भर पर्न मात्रै सक्छन्। तर, देहको काम सामान्य र व्यावहारिक हुन्छ, अनि त्यसमा प्रशस्त बुद्धि हुन्छ, र त्यो मरणशील मानिसको आँखाले व्यक्तिगत रूपमा देख्न सक्ने तथ्य हो; मानिसले परमेश्‍वरको कामको बुद्धिलाई व्यक्तिगत रूपमा नै अनुभूत गर्न सक्छ र उसका प्रशस्त कल्पनाहरूको प्रयोग गर्नै पर्दैन। देहमा हुनुहुने परमेश्‍वरको कामको सहीपन र व्यावहारिक मूल्य यही नै हो। आत्माले मानिसका लागि अदृश्य र कल्पना गर्न कठिन कुराहरू मात्रै गर्न सक्नुहुन्छ, तर यी कुराहरूले कुनै स्पष्ट अर्थ प्रदान गर्न सक्दैनन्। यिनले उत्प्रेरणा, वा मोटामोटी रूपमा समान अर्थ मात्रै प्रदान गर्न सक्छन् र शब्दहरूमार्फत निर्देशन दिन सक्दैनन्।

तर, देहमा हुनुहुने परमेश्‍वरको काम निकै फरक छ: त्यसमा शब्दहरूको सही मार्गदर्शन, र स्पष्ट अभिप्राय, र स्पष्ट माग गरिएका उद्देश्यहरू समावेश हुन्छन्। भ्रष्ट मानिसहरूका लागि सही शब्दहरू र, पछ्याउने स्पष्ट उद्देश्यहरू प्रदान गर्ने, अनि देख्न र छुन सकिने काम मात्रै सबैभन्दा मूल्यवान् प्रकारको काम हो। मानिसको स्वादका लागि व्यावहारिक काम र सामयिक मार्गदर्शन मात्रै उपयुक्त छन् र व्यावहारिक कामले मात्रै मानिसलाई उसको भ्रष्ट र पतित स्वभावबाट मुक्ति दिन सक्छ। यसलाई देहधारी परमेश्‍वरले मात्रै हासिल गर्न सक्नुहुन्छ; देहधारी परमेश्‍वरले मात्रै मानिसलाई उसको पुरानो भ्रष्ट र पतित स्वभावबाट मुक्ति दिन सक्‍नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजातिलाई देहधारी परमेश्‍वरको मुक्ति बढी चाहिएको हुन्छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्