Christian Song | देहधारी परमेश्‍वरले मानवजातिलाई बचाउन शान्तपूर्वक काम गर्नुहुन्छ

8 अगस्ट 2021

मानिसहरूका बीचमा लुक्‍नुभएका यी साधारण व्यक्ति जो देहधारी परमेश्‍वर हुनुहुन्छ

उहाँले नै हामीलाई मुक्ति दिन नयाँ कार्य गरिरहनुभएको छ।

उहाँले हामीलाई कुनै व्याख्या दिनुभएको छैन,

न त उहाँ किन आउनुभएको हो भनी हामीलाई बताउनु नै भएको छ,

तर उहाँले गर्न चाहनुभएको काम सुविचारित कदमहरू र उहाँको योजनाअनुसार गर्नुहुन्छ।

उहाँका वचनहरू र वाणीहरू अझ नियमित हुन्छन्।

सान्त्वना दिने, अर्ती दिने, स्मरण गराउने, र चेतावनी दिने,

हप्काउने र अनुशासनमा राख्‍नेदेखि

नम्र र कोमल लबजदेखि डरलाग्दा र प्रतापी वचनहरूसम्‍म

सबैले मानवमाथि कृपा देखाउँछ र उसमा भय हालिदिन्छ।

उहाँले भन्नुभएका सबै कुराहरूले हामीभित्र गहिराइमा लुकेका गुप्‍त कुराहरूलाई प्रहार गर्छ;

उहाँका वचनहरूले हाम्रा हृदयलाई डस्छन्, हाम्रा आत्माहरूलाई डस्छन्,

र सहनै नसकिने लाजले हामीलाई भरेर छोडी दिन्छन्,

आफैलाई कहाँ लुकाउने भन्ने कुरा जान्नै नसकिने हुन्छ।

उहाँबाट नै हामीले जीवित पानीको असीम आपूर्तिको आनन्द लिन्छौं,

अनि उहाँद्वारा नै हामी परमेश्‍वरसँग आमने-सामने बस्छौं।

तर स्वर्गमा हुनुहुने प्रभु येशूको अनुग्रहको निम्ति मात्र हामी धन्यवादी छौँ,

र यी साधारण व्यक्तिका भावनाहरूलाई

कहिल्यै कुनै ध्यान दिएका छैनौं जसमा ईश्‍वरीयता छ।

अझै पनि, मानवजातिले उहाँलाई गरेको इन्कारप्रति अनभिज्ञ भए झैँ गरी,

मानिसको बालकपन र अज्ञानतालाई

अनन्त रूपमा क्षमा गर्ने र उहाँप्रति मानिसको अनादरप्रति

सदासर्वदा सहिष्णु हुनुहुने झैँ गरी पहिलाको जस्तै,

उहाँले आफ्नो काम नम्रतासाथ शरीरमा लुकेर गर्नुहुन्छ।

परमेश्‍वरका वचनहरूले जीवन शक्ति बोक्छन्, हामीले हिँड्नुपर्ने मार्ग हामीलाई देखाउँछन्,

र सत्यता के हो भनी बुझ्न हामीलाई सक्षम बनाउँछन्।

र सत्यता के हो भनी बुझ्न हामीलाई सक्षम बनाउँछन्।

हाम्रा पक्षमा काम गर्न उहाँले आफ्नो जीवनधारी रगत बगाउनुहुन्छ,

हाम्रो खातिर निद्रा र भोक गुमाउनुहुन्छ,

हाम्रो निम्ति रुनुहुन्छ, हाम्रो निम्ति सुस्केरा हाल्नुहुन्छ, हाम्रो निम्ति शोक गर्नु,

हाम्रो गन्तव्य र मुक्तिका खातिर अपमानित हुनुहुन्छ र हाम्रा संवेदन विहीनता

र विद्रोहीपनले उहाँको हृदयबाट आँसु र रगत बगाउँछन्।

हुने र लिने यो तरीका कुनै साधारण व्यक्तिको हुँदैन,

न त कुनै पनि भ्रष्ट मानवजातिले नै यसलाई प्राप्त गर्न वा हासिल गर्न सक्छ।

कुनै पनि साधारण व्यक्तिमा नभएको सहनशीलता र धैर्यता उहाँले देखाउनुहुन्छ,

र उहाँको प्रेम कुनै सृजिएको प्राणीलाई दिइने कुरा होइन।

र उहाँको प्रेम कुनै सृजिएको प्राणीलाई दिइने कुरा होइन।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्