Nepali Christian Song | देहधारी परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन चुपचाप काम गर्नुहुन्छ

29 जनवरी 2026

परमेश्‍वर साधारण व्यक्तिका रूपमा देहधारी हुनुहुन्छ, मानिसमाझ लुक्नुहुन्छ, हामीलाई मुक्ति दिने नयाँ काम गरिरहनुभएको छ। उहाँ हामीलाई कुनै स्पष्टीकरण दिनुहुन्न, न त उहाँ किन आउनुभएको हो भनी हामीलाई बताउनु नै हुन्छ, तर बस उहाँले गर्ने अभिप्राय राख्नुभएको काम उहाँको योजना र कार्यविधिअनुसार गर्नुहुन्छ। उहाँ वचन र वाणीहरू झन् बारम्बार बोलिरहनुहुन्छ। सान्त्वना दिने, अर्ती दिने, स्मरण गराउने, र चेतावनी दिनेदेखि, हप्काउने र अनुशासित गर्नेसम्म; नम्र र कोमल लबजदेखि कठोर र प्रतापी वचनहरूसम्‍म—ती सबैले मानिसलाई प्रचुर कृपा र अत्यन्तै भय महसुस गराउँछन्। उहाँले भन्नुहुने सबै कुराले हामीभित्र गहिराइमा लुकेका गुप्‍त कुराहरूलाई ठ्याक्कै प्रहार गर्छन्; उहाँका वचनहरूले हाम्रा हृदयलाई डस्छन्, हाम्रा आत्माहरूलाई डस्छन्, र हामीलाई सहनै नसकिने लाजले भरेर छोडी दिन्छन्, आफैलाई कहाँ लुकाउने भनी हामीलाई थाहै हुँदैन।

उहाँबाट नै हामीले जीवित पानीको असीम आपूर्तिको आनन्द लिन्छौँ, अनि उहाँमार्फत नै हामी परमेश्‍वरको आमने-सामने जिउँछौँ। तर स्वर्गमा हुनुहुने प्रभु येशूको अनुग्रहका निम्ति मात्र हामी कृतज्ञ छौँ, र ईश्‍वरत्व भएका यी साधारण व्यक्तिका भावनाहरूलाई कहिल्यै कुनै ध्यान दिएका छैनौँ। मानवजातिले उहाँलाई गरेको इन्कारप्रति अनभिज्ञ भएझैँ गरी, मानिसको केटाकेटीपन र अज्ञानतालाई अनन्त रूपमा क्षमा गरेझैँ गरी, र उहाँप्रति मानिसको अनादरकारी मनोवृत्तिप्रति सदा सहनशील भएझैँ गरी, उहाँ अझै पनि, पहिलाजस्तै, देहमा लुकेर नम्रतासाथ आफ्नो काम गर्नुहुन्छ, र आफ्नो हृदयको आवाज अभिव्यक्त गर्नुहुन्छ।

परमेश्‍वरका वचनहरूले जीवन शक्ति बोक्छन्, हामीले हिँड्नुपर्ने मार्ग हामीलाई प्रदान गर्छन्, र हामीलाई सत्यता ठ्याक्कै के हो भनी बोध गर्ने तुल्याउँछन्। उहाँ हाम्रा लागि हृदय लगाएर काम गर्नुहुन्छ, हाम्रा खातिर निद्रा र भोक गुमाउनुहुन्छ, हाम्रा निम्ति रुनुहुन्छ, हाम्रा निम्ति सुस्केरा हाल्नुहुन्छ, हाम्रा निम्ति बिमारीमा ऐया भन्नुहुन्छ; उहाँ हाम्रो गन्तव्य र मुक्तिका खातिर अपमान सहनुहुन्छ र हाम्रो संवेदनहीनता र विद्रोहीपनले उहाँको हृदयबाट आँसु र रगत बगाउँछन्। कुनै पनि साधारण व्यक्तिसँग उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ ती कुराहरू हुँदैन, र कुनै पनि भ्रष्ट मानिससँग ती हुन सक्दैन वा उसले त्यो हासिल गर्न सक्दैन। कुनै पनि साधारण व्यक्तिमा नभएको सहनशीलता र धैर्यता उहाँसँग छ, र उहाँसँग हुने प्रेम कुनै सृजित प्राणीसँग हुँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ४: परमेश्‍वरको न्याय र सजायमा उहाँको देखा पराइ हेर्नु

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्