Christian Choir Song | परमेश्‍वर महिमा साथ संसारको पूर्वमा देखा पर्नु भएको छ (Nepali Subtitles)

31 मार्च 2023

परमेश्‍वरले ब्रह्माण्डभरि काम गरिरहनुभएको छ।

सबै देशहरू र सम्प्रदायहरू हल्लाइदिने

पूर्वमा गर्जनका तालीहरू रोकिदैनन्।

सबैलाई वर्तमानमा ल्याउने, सबैमाथि विजय गर्ने

उहाँको आवाज हो।

यहि प्रवाहमा सबै पर्छन् र उहाँमाथि समर्पित हुन्छन्।

किनकि उहाँले पहिले नै पृथ्वीबाट महिमा फिर्ता लिनुभएको छ

र पूर्वबाट पुन: जारी गर्नुभएको छ।

उहाँको महिमालाई को देख्न खोज्दैन?

उत्सुक भएर को उहाँको आगमन कुर्दैन र?

उहाँ पुन: देखा पर्न को तिर्खाएको छैन?

उहाँको प्रेमिलो स्वभाव को सम्झिदैन?

उहाँको ज्योतिमा नआउने को होला?

कनानको प्रचुरता नहेर्ने को होला?

उद्धारकको आगमन कसले चाहदैन?

सर्वशक्तिमानलाई कसले प्रशंसा गर्दैन?

परमेश्‍वरको आवाज पृथ्वीभरि फैलिनुपर्छ।

उहाँका चुनिएकाहरूसँग, उहाँलाई अझै धेरै भन्नु छ।

शक्तिशाली गर्जनले पहाड, नदी हल्लाए झैँ

उहाँ सारा ब्रह्माण्ड र मानवजातिसँग बोल्नुहुन्छ।

तसर्थ सबैले प्रेम गर्ने उहाँको वचन

मानवको खजाना बन्छ।

बिजुली पूर्व देखि पश्चिमसम्म चम्कन्छ।

उहाँको वचन त्याग्न मानव अनिच्छुक हुन्छ

उहाँको वचन बुझ्‍न नसकिने भएपनि आनन्द ल्याउँछ।

उहाँको आगमनमा सबै रमाउँछन्।

कुनै नाबालकको जन्मोत्सव मनाए झैँ ।

उहाँको वचनले सबैलाई उहाँ सामु ल्याउँछ।

औपचारिक रुपमा उहाँ मानवबीच प्रवेश गर्नुहुन्छ

त्यसैले सबै उहाँको आराधना गर्न आउँछन्।

उहाँको वचन र महिमाको कारण

सबै उहाँ सामु आइ पूर्वको बिजुली देख्छन्।

उहाँ पूर्वमा जैतुनको डाँडामा ओर्लनुभएको छ,

पृथ्वीमा पहिलेदेखि बस्नुभएको छ

यहुदीको छोरा नभई, पूर्वको बिजुली हुनुहुन्छ उहाँ

उहाँले मानवलाई छोडेर,

महिमाका साथ पुन: देखा पर्नुभएको छ।

परमेश्‍वर उहाँ हुनुहुन्छ, जसको युगौ देखि आराधना गरिएको

युगौ अगाडी इस्राएलीद्वारा त्यागिएको बालक पनि,

वर्तमानको महिमित सर्वशक्तिमान परमेश्‍वर!

उहाँ केवल यो चाहनुहुन्छ:

सबै उहाँको सिंहासन सामु आउन्

उहाँको मुहार, कार्य हेर्न, उहाँको आवाज सुन्न।

उहाँको योजनाको पराकाष्ठा, अन्त्य

र उहाँको व्यवस्थापनको उद्देश्य यहि।

सबै राष्ट्रले उहाँलाई आराधना र स्वीकार गरुन्।

सबै मानिस उहाँलाई विश्‍वास गरि उहाँको अधिनमा रहुन्।

सबै मानिस उहाँलाई विश्‍वास गरि उहाँको अधिनमा रहुन्।

सबै मानिस उहाँलाई विश्‍वास गरि उहाँको अधिनमा रहुन्।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्