Nepali Christian Dance | परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई अनुमोदन गर्नुहुन्छ | Praise Song

15 फेब्रुअरी 2025

परमेश्‍वरलाई प्रेम गर्नेहरू उहाँमा समर्पित हुन्छन्,

तिनीहरू हर दिन उहाँसामु जिउँछन्,

परमेश्‍वरका वचनहरूको मार्गदर्शन प्राप्त गर्दा,

सहजता, शान्ति र आनन्द हुन्छ।

परमेश्‍वरलाई प्रेम गर्नेहरूको हृदय इमानदार हुन्छ;

सत्यता बुझेपछि तिनीहरूले त्यो अभ्यास गर्छन्,

परमेश्‍वरका अभिप्रायको साँच्चै ख्याल गर्छन्

र उहाँलाई सन्तुष्ट पार्न कर्तव्य पूरा गर्छन्।

परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई आशिष् दिनुहुन्छ,

उहाँको न्याय र सजाय सधैँ तिनीहरूको साथमा हुन्छ।

सत्यता खोज्दै र ज्योति प्राप्त गर्दै,

भ्रष्ट स्वभाव पखालिन्छ।

परमेश्‍वरलाई प्रेम गर्नेहरू सिद्धान्तनिष्ठ हुन्छन्,

आफ्ना विचार र कार्यमा सत्यतामा भर पर्छन्।

त्यहाँ कुनै नियम वा बन्धनहरू छैनन्;

तिनीहरू सत्यता बुझ्छन् र स्वतन्त्र भएका छन्।

परमेश्‍वरलाई प्रेम गर्नेहरूले उहाँको डर मान्छन्,

तिनीहरू सबै कुरामा उहाँको छानबीन स्वीकार गर्छन्।

तिनीहरू सौहार्दपूर्वक सहकार्य गर्छन् र परमेश्‍वरको सेवा गर्छन्,

तिनीहरू वास्तविकता जिउँछन् र तिनीहरूसँग गवाही हुन्छ।

परमेश्‍वरलाई प्रेम गर्नेहरू उहाँप्रति बफादार हुन्छन्;

परीक्षा भोग्दा तिनीहरूको आस्था बलियो हुन्छ।

तिनीहरू पूरा हृदयले सर्वशक्तिमान् परमेश्‍वरलाई प्रेम गर्दै

आफ्नो भविष्य र नियति छोडिदिन्छन्।

परमेश्‍वरलाई प्रेम गर्नेहरू साँच्चै खुसी हुन्छन्,

न्यायद्वारा तिनीहरूले मुक्ति प्राप्त गर्छन्।

तिनीहरूले परमेश्‍वरका वचनहरू आफ्नो जीवनका रूपमा प्राप्त गर्छन्,

तिनीहरू उहाँको मुहारको ज्योतिमा जिउँछन्।

परमेश्‍वरलाई प्रेम गर्नेहरूले उहाँको आराधना गर्छन्,

तिनीहरू परमेश्‍वरको धार्मिकता र पवित्रताको प्रशंसा गर्छन्।

परमेश्‍वरलाई प्रेम गर्नेहरूमा सत्यता हुन्छ,

तिनीहरूले सधैँ परमेश्‍वरको गवाही दिनेछन् र उहाँलाई महिमित तुल्याउनेछन्।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्