Christian Song | परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई आशिष् दिनुहुन्छ

31 अक्टोबर 2021

परमेश्‍वरलाई प्रेम गर्नेहरूले उहाँको आज्ञाको पालन गर्दछन्,

तिनीहरू सँधै उहाँको अगाडि जिउँछन्।

उहाँको वचनको मार्गदर्शनले गर्दा

तिनीहरूले शान्ति र आनन्द हासिल गर्छन्।

परमेश्‍वरलाई प्रेम गर्नेहरू इमान्दार हुन्छन्

आफूले बुझेको सत्यताको अभ्यास गर्छन्।

तिनीहरूले सधैँ परमेश्‍वरको इच्छालाई हृदयमा राख्छन्,

उहाँलाई सन्तुष्ट बनाउन आफ्नो कर्तव्य पूरा गर्छन्।

परमेश्‍वरलाई प्रेम गर्नेहरू सिद्धान्त-केन्द्रित हुन्छन्,

आफ्ना विचार र कार्यमा सत्यको प्रयोग गर्छन्।

कुनै नियम र बाधाहरू छैनन्,

तिनीहरूले सत्यतालाई बुझ्छन् र तिनीहरू स्वतन्त्र भएका छन्।

परमेश्‍वरलाई माया गर्नेलाई उहाँले आशीर्वाद दिनुहुन्छ,

उहाँका निर्णय र सजाय, सँधै उनीहरूसँगै हुन्छन्।

तिनीहरू सत्यताको खोजी गर्छन् र ज्योति प्राप्त गर्छन्,

र तिनीहरूको भ्रष्टता धोइन्छ।

परमेश्‍वरलाई माया गर्नेलाई उहाँले आशीर्वाद दिनुहुन्छ,

तिनीहरू साँच्चै खुशी हुन्छन्।

न्याय मार्फत तिनीहरूले मुक्ति पाउँछन्।

परमेश्‍वरको वचन तिनीहरूको जीवन बन्छ,

उहाँको मुहार तिनीहरूमा चम्कन्छ।

परमेश्‍वरलाई प्रेम गर्नेहरूले उहाँको श्रद्दा गर्छन्,

तिनीहरूले उहाँको निरीक्षणलाई स्वीकार्छन्।

तिनीहरू मेलमिलापमा परमेश्‍वरको सेवा गर्छन्,

वास्तविकतामा बाँच्छन्, साक्षी दिन्छन्।

परमेश्‍वरलाई प्रेम गर्नेहरू उहाँप्रति वफादार हुन्छन्,

परीक्षाहरूबाट गुज्रेर विश्‍वासको सङ्कल्‍प लिन्छन्।

तिनीहरूले भविष्य र भाग्यलाई छोडिदिन्छन्,

सर्वशक्तिमान परमेश्‍वरलाई पूर्ण हृदयले प्रेम गर्छन्।

परमेश्‍वरलाई प्रेम गर्नेहरूले उहाँको आराधना गर्छन्,

उहाँको धार्मिकता र पवित्रताको प्रशंसा गर्छन्।

परमेश्‍वरलाई प्रेम गर्नेहरूसँग सत्यता हुन्छ,

तिनीहरूले सँधै परमेश्‍वरको साक्षी र महिमा दिन्छन्।

परमेश्‍वरलाई माया गर्नेलाई उहाँले आशीर्वाद दिनुहुन्छ,

उहाँका निर्णय र सजाय, सँधै उनीहरूसँगै हुन्छन्।

तिनीहरू सत्यताको खोजी गर्छन् र ज्योति प्राप्त गर्छन्,

र तिनीहरूको भ्रष्टता धोइन्छ।

परमेश्‍वरलाई माया गर्नेलाई उहाँले आशीर्वाद दिनुहुन्छ,

तिनीहरू साँच्चै खुशी हुन्छन्।

न्याय मार्फत तिनीहरूले मुक्ति पाउँछन्।

परमेश्‍वरको वचन तिनीहरूको जीवन बन्छ,

उहाँको मुहार चम्किन्छ, उहाँको मुहार तिनीहरूमा चम्कन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्