Nepali Christian Song | यस मानवजातिप्रति सृष्टिकर्तासँग मात्रै कोमल स्‍नेह छ

28 जनवरी 2026

यस मानवजातिप्रति सृष्टिकर्तासँग मात्रै कोमल स्‍नेह छ। यस मानवजातिलाई सृष्टिकर्ताले मात्रै करुणा र स्‍नेह देखाउनुहुन्छ। सृष्टिकर्तासँग मात्रै यस मानवजातिप्रति साँचो स्‍नेह हुन्छ जसलाई तोड्न गाह्रो हुन्छ। त्यसरी नै, सृष्टिकर्ताले मात्रै यस मानवजातिलाई कृपा दिन सक्‍नुहुन्छ, र उहाँले मात्रै आफ्‍ना सम्पूर्ण सृजित प्राणीहरूको कदर गर्नुहुन्छ। मानिसको हरेक कार्यले उहाँको हृदय प्रभावित हुन्छ: मानिसको दुष्टता र भ्रष्टताप्रति उहाँ रिसाउनुहुन्छ, व्याकुल र दुःखित बन्‍नुहुन्छ; मानिसको पश्चात्ताप, विश्‍वास, र समर्पणताप्रति उहाँ प्रसन्न र हर्षित महसुस गर्नुहुन्छ र उहाँको हृदय परिवर्तन हुन्छ र उहाँ रमाउनुहुन्छ; उहाँका हरेक सोचाइ र विचार मानिसकै निम्ति अस्तित्वमा हुन्छन् र मानिसकै वरपर घुम्छन्; उहाँ जे हुनुहुन्छ र उहाँसँग जे छ सो सम्पूर्ण रूपले मानवजातिका खातिर व्यक्त गरिन्छ; उहाँका भावनाहरूको सम्पूर्णता मानवजातिको अस्तित्वसँग गाँसिएको छ।

मानवजातिका खातिर, उहाँ यताउता यात्रा गर्नुहुन्छ र दौडधूप गर्नुहुन्छ; उहाँले चुपचाप आफ्‍नो जीवनको एक-एक टुक्रा दिनुहुन्छ; उहाँले आफ्‍नो जीवनको हरेक मिनट र सेकेन्ड अर्पण गर्नुहुन्छ…। उहाँले आफ्‍नै जीवनको कदर गर्न कहिल्यै जान्‍नुभएको छैन, तैपनि आफैले सृष्टि गर्नुभएको मानवजातिलाई उहाँले सधैँ कदर गर्नुभएको छ…। आफूसँग भएको सबै कुरा उहाँले यो मानवजातिलाई दिनुहुन्छ…। उहाँले निःसर्त र प्रतिफल पाउने अपेक्षा नै नगरिकन आफ्‍नो कृपा र सहनशीलता दिनुहुन्छ। मानवजाति उहाँको आँखा अगाडि, र उहाँले गर्नुभएको जीवन आपूर्तिमुनि बाँचिरहन सकून् भनेर मात्रै उहाँले यसो गर्नुहुन्छ। मानवजातिले एक दिन उहाँसामु आफूलाई समर्पण गर्न सकून् र मानिसको अस्तित्वलाई पोषण गर्ने र सारा सृष्टिको जीवन आपूर्ति गर्ने उहाँ नै हुनुहुन्छ भन्‍ने कुरा पहिचान गरून् भनेर मात्रै उहाँले यसो गर्नुहुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्