Christian Song | मानवजातिप्रति सृष्टिकर्ताको सच्चा भावनाहरू | २०२६ स्तुतिका स्वरहरू
17 जनवरी 2026
निम्न खण्डलाई योनाको पुस्तक ४:१०-११ मा समावेश गरिएको छ: “त्यसपछि यहोवाले भन्नुभयो, तैँले जुन लौकाको निम्ति न त परिश्रम गरिस् न त त्यसलाई हुर्काइस् तँ त्यसलाई माया गर्छस्; जुन एकै रातमा आयो र एकै रातमा नष्ट भयो: अनि आफ्नो दाहिने हातबाट देब्रे हात छुट्टाउन नसक्ने एक लाख बीस हजारभन्दा बढी मानिसहरू र धेरै गाईवस्तुहरू भएको त्यो ठूलो सहर निनवेप्रति मैले माया गर्नु पर्दैन र?” यी, परमेश्वर र योनाबीचको कुराकानीबाट, यहोवा परमेश्वरका वास्तविक वचन हुन्। यो कुराकानी छोटो भए तापनि, सृष्टिकर्ताको मानवजातिलाई त्याग्ने अनिच्छा र मानवजातिका निम्ति उहाँको वास्ताले भरिएको छ। यी वचनहरूले उहाँका सृजित प्राणीहरूका लागि परमेश्वरले आफ्नो हृदयमा राख्नुहुने साँचो मनोवृत्ति र भावनाहरू व्यक्त गर्छन्। यी वचनहरू परमेश्वरले मानवजातिका निम्ति आफ्ना साँचो अभिप्रायहरूलाई मानिसले बिरलै सुनेको स्पष्ट भाषामा बताउनुभएको पनि हो।
१
सृष्टिकर्ता सधैँ मानिसमाझ हुनुहुन्छ, उहाँ सधैँ मानिस र यावत् थोकसँग कुराकानी गर्नुहुन्छ, र उहाँले हरेक दिन नयाँ कार्यहरू गरिरहनुभएको छ। उहाँको सार र स्वभाव मानिससँगको उहाँको कुराकानीमा व्यक्त हुन्छन्; उहाँका सोचाइ र विचार पूर्ण रूपमा उहाँका कार्यहरूमा प्रकट हुन्छन्; उहाँले मानवजातिलाई सँधैभरि साथ दिनुहुन्छ र अवलोकन गर्नुहुन्छ। उहाँ यावत् थोक र मानवजातिलाई चुपचाप यसो भन्न आफ्ना मौन वचनहरू प्रयोग गर्नुहुन्छ: “म स्वर्गहरूमा छु, अनि म यावत् थोकका बीचमा छु। म कुरिरहेको छु; म पर्खिरहेको छु; म तेरो छेउमा छु…।”
२
उहाँका हात न्यानो र दह्रिला छन्; उहाँका पाइलाहरू हल्का छन्; उहाँको आवाज कोमल र सुमधुर छ; उहाँको स्वरूप हजारौँ पटक आवत-जावत गर्दै सारा मानवजातिलाई घेरेर रहन्छ; उहाँको मुहार सुन्दर र कोमल छ। उहाँ कहिल्यै छोडेर जानुभएको छैन, कहिल्यै हराउनुभएको छैन। दिन-रात, उहाँ निरन्तर मानवजातिको साथमा रहनुहुन्छ, उनीहरूको छेउबाट कहिल्यै जानुहुन्न। उहाँले निनवे सहरलाई बचाउनुहुँदा, मानवजातिको निम्ति उहाँको समर्पित हेरचाह र विशेष स्नेह, साथै मानिसका निम्ति उहाँको सच्चा चिन्ता र प्रेम थोरै थोरै गर्दै प्रकट गरिए। विशेष गरी, यहोवा परमेश्वर र योनाबीचको कुराकानीले उहाँ स्वयमले सृष्टि गर्नुभएको मानवजातिप्रति सृष्टिकर्ताको स्नेहशीलतालाई पूर्ण रूपमा प्रकट गर्यो। तैँले ती वचनहरूद्वारा मानवजातिका निम्ति परमेश्वरका सच्चा भावनाहरू गहन रूपमा अनुभूत गर्न सक्छस् …
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय २
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू