Christian Dance | ख्रीष्टको राज्य एउटा न्यानो घर हो | Praise Song

30 जुन 2025

ख्रीष्टको राज्य मेरो न्यानो घर हो, यो परमेश्‍वरका सबै मानिसहरूको हो।

ख्रीष्ट मण्डलीमा हिँड्नुहुन्छ र बोल्नुहुन्छ र हामीसँगसँगै जिउनुहुन्छ।

यहाँ परमेश्‍वरका वचनहरूको न्याय र सजाय छ,

साथै पवित्र आत्माको काम पनि।

यो परमेश्‍वरका वचनहरूको मलजल, आपूर्ति र मार्गदर्शन हो,

जसले हाम्रा जीवनलाई बढ्न सक्षम तुल्याउँछ।

यो ख्रीष्टद्वारा शासित राज्य हो, यो एक निष्पक्ष र धर्मी संसार हो।

ख्रीष्टको राज्य न्यानो घर हो।

ख्रीष्टको राज्य मेरो न्यानो घर हो, यो परमेश्‍वरका मानिसहरूलाई धेरै प्रिय छ।

परमेश्‍वरका वचनहरूले मण्डलीमा शासन गर्छन्,

हामी सत्यताअनुसार कार्य गर्छौँ र ख्रीष्टलाई हाम्रा हृदयमा महान्‌ भनी सम्मान गर्छौँ।

अब कुनै आपसी झगडा वा षड्यन्त्र छैन,

प्रतिरक्षा वा डरको कुनै आवश्यकता छैन।

ख्रीष्ट मानिसको आत्माको विश्राम-स्थल हुनुहुन्छ,

अब म कहीँ भौँतारिनु पर्दैन।

यो नै मानवजातिले तृष्णा गर्ने ख्रीष्टको राज्य हो, यो तिनीहरूको सुन्दर गन्तव्य हो।

ख्रीष्टको राज्य न्यानो घर हो।

ख्रीष्टको राज्य मेरो न्यानो घर हो, परमेश्‍वरका सबै मानिसहरूले यसलाई अनमोल ठान्छन्।

यहाँ मैले परमेश्‍वरका परीक्षाहरू अनुभव गर्छु,

र मेरो भ्रष्ट स्वभाव पखालिन्छ र परिवर्तन हुन्छ।

आखिरी दिनहरूका ख्रीष्ट, हाम्रा प्रेमिलो प्रिय,

हामी तपाईंलाई सदा प्रेम र प्रशंसा गर्नेछौँ।

यहाँ परमेश्‍वरका वचनहरू छन्, साथै पवित्र आत्माको काम पनि।

ख्रीष्टको राज्य न्यानो घर हो।

मेरो जीवन वृद्धिको कथा यहाँ छ,

परमेश्‍वरसँगका मेरा गोप्य कुराहरू पनि यहाँ छन्।

मेरा अविस्मरणीय यादहरू यहाँ छन्,

जसमा परमेश्‍वरले बगाउनुभएको रगत-पसिनाको अभिलेख छ।

यहाँको हरेक कुराले मलाई उत्प्रेरित पार्छ,

मेरो निष्कपट, हार्दिक भावनाहरू शब्दले व्यक्त गर्न सक्दैनन्।

ख्रीष्टको राज्य न्यानो घर हो।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्