परमेश्वरका दैनिक वचनहरू: परमेश्वरलाई चिन्नु | अंश १७०
परमेश्वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण (छनौट गरिएका खण्डहरू) हामीले “सबै थोकका लागि जीवनको स्रोत परमेश्वर...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
परमेश्वर केवल युगलाई डोऱ्याउन र नयाँ कामलाई गति दिनका निम्ति मात्रै देह बन्नुहुन्छ। तिमीहरूले यो कुरा बुझ्नु आवश्यक छ। यो मानिसको प्रकार्यभन्दा धेरै फरक छ, र दुवैलाई उही रूपमा उल्लेख गर्न सकिँदैन। मानिसलाई काम गर्न प्रयोग गर्नुभन्दा पहिले उसलाई लामो समयसम्म विकास गर्नु र सिद्ध बनाउनु आवश्यक हुन्छ, र जुन प्रकारको मानवता चाहिएको हुन्छ त्यो विशेष प्रकारले उच्च स्तरको हुन्छ। मानिसले सामान्य मानवताको ज्ञानलाई कायम राख्न सक्ने मात्र होइन, तर उसले अरूसँग सम्बन्धित आफ्नो आचरणलाई नियन्त्रण गर्ने धेरै सिद्धान्तहरू र नियमहरूलाई बुझ्न, र यसबाहेक ऊ बुद्धि र नैतिक ज्ञानको बारेमा अझ बढी अध्ययन गर्न प्रतिबद्ध हुन सक्नुपर्छ। मानिस यस्तै कुराले सुसज्जित हुनुपर्छ। तापनि, देह बन्नुहुने परमेश्वरको हकमा त्यस्तो हुँदैन, किनकि उहाँको कामले न त मानिसको न मानिसको कामको प्रतिनिधित्व गर्छ, बरु, उहाँको अस्तित्वको प्रत्यक्ष अभिव्यक्ति र उहाँले गर्नुपर्ने कामको प्रत्यक्ष कार्यान्वयनको प्रतिनिधित्व गर्दछ। (स्वाभाविक रूपमा, उहाँको काम उपयुक्त समयमा सम्पन्न हुन्छ, संयोगले वा निरुद्देश्यमा होइन, र यो उहाँको सेवकाइ पूरा गर्ने समय भएको बेलामा सुरु भएको छ)। उहाँ मानिसको जीवनमा वा मानिसको काममा सहभागी हुनुहुन्न, अर्थात् उहाँको मानवता यीमध्ये कुनै पनि कुराद्वारा सुसज्जित छैन (यद्यपि यसले उहाँको कामलाई असर गर्दैन)। उहाँ तब मात्र आफ्नो सेवकाइ पूरा गर्नुहुन्छ जब उहाँले यसो गर्ने समय आउँछ; उहाँको दर्जा जे-सुकै भए पनि, उहाँ आफूले गर्नुपर्ने काममा लगातार अगि बढ्नुहुन्छ। मानिसले उहाँको विषयमा जे जान्दछ, उहाँको विषयमा मानिसको विचार जे-जस्तो भए पनि उहाँको काम पूर्ण रूपमा अप्रभावित हुन्छ। उदाहरणका लागि, जब येशूले आफ्नो काम पूरा गर्नुभयो, उहाँ को हुनुहुन्छ भनेर ठ्याक्कै कसैलाई पनि थाहा थिएन, तर उहाँ केवल आफ्नो काममा अगि बढ्नुभयो। यी कुनै पनि कुराले उहाँले गर्नुपर्ने काम गर्न उहाँलाई कुनै बाधा पुऱ्याएन। त्यसकारण, उहाँले सुरुमा आफ्नो पहिचान स्वीकार गर्ने र घोषणा गर्ने गर्नुभएन, र मानिस उहाँको पछि लागेका मात्र थिए। स्वाभाविक रूपमा, यो परमेश्वरको नम्रता मात्र थिएन, तर परमेश्वरले देहमा काम गर्नुहुने तरिका पनि थियो। उहाँले यसरी मात्र काम गर्न सक्नुहुन्थ्यो, किनकि नाङ्गो आँखाले उहाँलाई चिन्ने मानिसको कुनै उपाय थिएन। अनि यदि मानिसले उहाँलाई चिनेको भए पनि उसले उहाँको काममा कुनै सहयोग गर्न सक्दैनथ्यो। यसबाहेक, मानिसले उहाँको देहलाई चिनोस् भनेर उहाँ देह बन्नुभएको थिएन; यो उहाँले आफ्नो काम गर्न र आफ्नो सेवकाइ पूरा गर्नको लागि थियो। यसकारण, उहाँले आफ्नो पहिचान सार्वजनिक गर्नुलाई कुनै महत्त्व दिनुभएन। जब उहाँले गर्नुपर्ने सबै कामहरू पूरा गर्नुभयो तब उहाँको सम्पूर्ण पहिचान र दर्जा स्वाभाविक रूपमा मानिसको अगि स्पष्ट भयो। देहधारी परमेश्वर चुपचाप रहनुहुन्छ र कहिल्यै पनि कुनै घोषणाहरू गर्नुहुन्न। उहाँले न त मानिसलाई न मानिसले कसरी उहाँलाई पछ्याउँदैछ भनेर ध्यान दिनुहुन्छ, तर केवल आफ्नो सेवकाइ पूरा गर्न र उहाँले गर्नुपर्ने काम पूरा गर्न अगि बढ्नुहुन्छ। उहाँको कामको बाटोमा कोही पनि खडा हुन सक्दैन। जब उहाँको काम समाप्त गर्ने समय आउँदछ, यो निश्चय नै निष्कर्षमा पुग्नेछ र समाप्त हुनेछ, र कसैले पनि अन्यथा निर्देशित गर्न सक्दैन। उहाँले मानिसमा आफ्नो काम पूरा गरेर जानुभएपछि मात्र मानिसले उहाँले गर्नुहुने कामलाई बुझ्नेछ, तापनि अझै पूर्ण रूपमा स्पष्ट होइन। उहाँले पहिलो आफ्नो काम कुन उद्देश्यले गर्नुभएको थियो भनी बुझ्न मानिसलाई धेरै लामो समय लाग्नेछ। अर्को शब्दमा भन्नुपर्दा, देहधारी परमेश्वरको युगको काम दुई भागमा बाँडिएको छ। एउटा भागमा देहधारी परमेश्वर आफैले गर्नुहुने काम र परमेश्वरको देहधारी शरीर आफैले बोल्नुहुने वचनहरू छन्। उहाँको शरीरको सेवकाइ पूर्णरूपमा पूरा भएपछि, त्यो कामको अर्को भाग ती मानिसहरूद्वारा गरिनुपर्छ जो पवित्र आत्माद्वारा चलाइन्छन्। मानिसले आफ्नो काम पूरा गर्ने समय यही हो, किनकि परमेश्वरले अघिबाटै बाटो खोलिदिइसक्नुभएको हुन्छ, र त्यसमा मानिस आफै हिँड्नुपर्छ। भन्नुको अर्थ, देहधारी बन्नुभएका परमेश्वरले कामको एक भाग पूरा गर्नुहुन्छ, र त्यसपछि पवित्र आत्मा र पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसहरूले बाँकी काम गर्नुपर्छ। त्यसकारण, देहधारी हुनुभएका परमेश्वरले यस चरणमा गर्नुहुने मुख्य काम के हो र देह बन्नुभएका परमेश्वरको महत्त्व के हो र उहाँले गर्नुपर्ने काम के हो त्यसलाई मानिसले ठीकसँग बुझ्नुपर्छ, र उसले मानिससँग माग गरेजस्तो परमेश्वरसित माग गर्नुहुँदैन। यसैमा मानिसको गल्ती, उसको धारणा र त्योभन्दा बढी उसको अनाज्ञाकारिता लुकेको हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (३)
परमेश्वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण (छनौट गरिएका खण्डहरू) हामीले “सबै थोकका लागि जीवनको स्रोत परमेश्वर...
परमेश्वरद्वारा स्वीकार नगरिएका व्यक्तिहरू केही यस्ता मानिसहरू छन् जसको विश्वासलाई परमेश्वरको हृदयमा कहिल्यै पनि स्वीकार गरिएको छैन।...
यदि यति धेरै काम र यति धेरै वचनले पनि तँमा कुनै प्रभाव पारेको छैन भने, परमेश्वरको कार्यलाई फैलाउने समय आउँदा, तैँले आफ्नो कर्तव्य पूरा...
परमेश्वरको सेवा गर्ने कुनै व्यक्तिले उहाँको निम्ति कसरी दुःख भोग्नुपर्छ भन्ने कुरा मात्र होइन, योभन्दा पनि बढी परमेश्वरमा विश्वास...