किन मैले सिद्धान्तहरूमा अडिग रहने आँट गरिनँ

2 अगस्ट 2026

ली मिङ, चीन

सन् २०२१ को सेप्‍टेम्बरमा, मैले एउटा प्रवचन परिमार्जन गर्नका लागि सिस्टर ली जिङसँग भेट्न चाहेको व्यहोरा उल्लेख गरी वेनझुआङ मण्डलीका अगुवाहरूलाई पत्र लेखेँ। अपेक्षा गरेभन्दा फरक, केही दिनपछि अगुवाहरूले ली जिङको बुझाइ बेतुके छ; मण्डलीले तिनलाई निकाल्ने तयारी स्वरूप उनका बारेमा सामग्रीहरू सङ्कलन र सङ्ग्रह गरिरहेको छ; मलाई तिनीसँग नभेट्नू भन्ने लेखेर जवाफ पठाउनुभयो। अगुवाहरूको जवाफले म अचम्ममा परेँ। मैले सोचेँ, “ली जिङ र म पहिले एउटै मण्डलीमा थियौँ। त्यतिखेर, मैले तिनलाई परमेश्‍वरका वचनहरू पढ्न मन पराउने गरेको थिएँ। तिनी उत्साही र आफ्नो कर्तव्यमा मूल्य चुकाउन तत्पर थिइन्, र तिनको मानवता पनि निकै राम्रो थियो। तिनी एक सच्चा विश्‍वासी थिइन्। कुरा के मात्रै थियो भने, तिनको क्षमता त्यति राम्रो थिएन, र तिनमा खुट्याउने क्षमताको कमी थियो। अगुवाहरूले तिनलाई कामकुराहरू बेतुके ढङ्गले बुझ्ने भनी चित्रण गर्नु गलत पो थियो कि?” अगुवाहरूको पत्रमा ली जिङ निकै अहङ्कारी र आत्मधर्मी रहेको, आफ्नै विचारहरूअनुसार चल्ने र मनलाग्दी गर्ने गरेको, अनि तिनी अगुवाहरूले बन्दोबस्त गरेका मामिलाहरूमा सिद्धान्तअनुसार काम गर्न सधैँ चुक्ने गरेको कुरा उल्लेख थियो। पत्रमा तिनले दैनिक जीवनमा अरूलाई कसरी नियन्त्रणमा राख्ने गर्थिन् भन्ने केही उदाहरण पनि दिइएका थिए। अगुवाहरूले उल्लेख गरेका यी धेरैजसो व्यवहार तिनको भ्रष्टताका प्रकटीकरणहरू र मानवतामा रहेका कमजोरीहरूजस्ता देखिन्थे। ती कुराले ली जिङको बुझाइ बेतुके थियो भन्‍ने देखाउँदैनथे। के अगुवाहरूले तिनलाई गलत रूपमा चित्रण गरेका थिए? यदि तिनीहरूले तिनलाई गल्तीले निकाले भने, त्यसले तिनको जीवन बर्बाद बनाउनेथियो! त्यस बेला मैले मण्डलीका अगुवाहरूलाई पत्र लेखेर आफ्नो दृष्टिकोण राख्नेबारे सोचेँ। तर फेरि सम्झेँ, मैले विगतमा ली जिङलाई चिनेको भए तापनि, त्यो धेरै वर्षअघिको कुरा थियो। मलाई हालका वर्षहरूमा उनको अवस्थाबारे थाहा थिएन। मेरो विचार एकपक्षीय होला कि भन्ने डर लागेर मैले पत्र लेखिनँ। मेरी सहकर्मी, सिस्टर याङ यी हालसालै ली जिङको सम्पर्कमा रहेकी हुनाले मैले तिनको राय मागेँ। अगुवाहरूले “बेतुकको बुझाइ” भएको भन्दै ली जिङका विरुद्ध सामग्रीहरू सङ्कलन गरिरहनुभएको छ भन्ने सुन्दा आफू पनि अचम्ममा परेको कुरा याङ यीले बताइन्, र ली जिङ निकालिनुपर्ने सर्तहरूमा पर्छिन् जस्तो तिनलाई लागेन। याङ यीको विचार पनि मेरो जस्तै रहेको सुनेपछि, अगुवाहरूले गरेको चित्रण गलत हुने सम्भावना धेरै रहेको मलाई महसुस भयो। त्यसैले, मानिसहरूलाई निकाल्ने र निष्कासित गर्ने परमेश्‍वरको घरका सिद्धान्तहरूका आधारमा, मैले अगुवाहरूले ली जिङको मामिला सम्हाल्दा भएको विचलनबारे लेखेँ र आफ्नो विचार राखेँ। तर पत्र लेखिसकेर पठाउनै लाग्दा, म हिचकिचाएँ, “मेरो कर्तव्य त लेखन-पठनको काम हो। मानिसहरूलाई निकाल्ने र निष्कासित गर्ने काम मेरो जिम्मेवारीभित्र पर्दैन। त्यो मण्डलीका अगुवाहरूको काम हो। त्यसमाथि, म तिनीहरूको मण्डलीको सदस्य होइन। यदि मैले यो समस्या औँल्याउन तिनीहरूलाई पत्र लेखेँ भने, के तिनीहरूले म आफ्नो सीमा नाघेर हस्तक्षेप गर्दैछु भनेर सोच्नेछन् र? मेरो स्वभाव पहिल्यै निकै अहङ्कारी छ, जुन ब्रदर-सिस्टरहरू सबैलाई थाहा छ। यदि मैले अगुवाहरूलाई मेरो राय दिएँ भने, के तिनीहरू म अहङ्कारी छु भनेर अझ बढी विश्‍वस्त हुनेछैनन् र?” त्यसपछि मैले सोचेँ, “परमेश्‍वरको घरले अहिले मण्डलीलाई शुद्धीकरण गर्ने काम गरिरहेको छ। यदि मैले अहिले ली जिङ निकालिनुपर्ने सर्तहरूभित्र पर्दिनन् भनेँ भने, के तिनीहरूले म तिनलाई जोगाउँदैछु र मण्डलीलाई शुद्धीकरण गर्ने काममा अवरोध गर्दैछु भनेर सोच्नेछन् र? त्यो त गम्भीर आरोप हुनेछ! म आफै पनि अलग राखिन र निकालिन सक्छु, जुन किमार्थ बुद्धिमानी हुनेछैन! मैले यो कुरा बिर्सिदिनु नै बेस होला। गल्ती नै गरे पनि त्यो तिनीहरूकै जिम्मेवारी हो, मेरो होइन। उखानै छ नि, ‘थुतुनो निकाल्‍नेलाई नै पहिले प्रहार गरिन्छ’, त्यसैले मैले हस्तक्षेप नगर्नु नै बेस हुन्छ। त्यसमाथि, मण्डलीले मानिसहरूलाई निकाल्ने र निष्कासित गर्दा माथिल्लो तहका अगुवाहरूले अन्तिम जाँच गर्छन्। मैले यसको चिन्ता लिनु हुँदैन।” यही सोचेर, मैले लेखेको पत्र मेटिदिएँ।

त्यसपछि, जब-जब म यस मामलाबारे सोच्थेँ, तब-तब मलाई आत्मग्लानि हुन्थ्यो र म बेचैन भइरहन्थेँ। ली जिङका व्यवहारहरू भ्रष्टताका प्रकटीकरणहरू मात्र हुन् र तिनी निकालिनुपर्ने सर्तहरूमा पर्दिनन् भनेर म स्पष्ट रूपमा देख्न सक्थेँ, तर मैले अगुवाहरूसमक्ष यसको रिपोर्ट गर्ने हिम्मतसम्म पनि जुटाउन सकिनँ। यदि ली जिङ साँच्चै नै निकालिइन् भने, त्यसले तिनको जीवन बर्बाद बनाउनेथियो! के म पनि आंशिक रूपमा जिम्मेवार हुनेथिइनँ र? तर मलाई यो समस्या उठाउँदा मेरा लागि नराम्रो हुनेछ कि भन्‍ने डर लाग्यो। म के गर्ने, कसो गर्ने भन्ने दोधारमा परेँ। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, मैले सत्यता बुझ्न सकूँ, आफूलाई चिन्‍न सकूँ, र आफ्नो भ्रष्ट स्वभावअनुसार जिउन नपरोस् भनेर मलाई अन्तर्दृष्टि दिन उहाँसँग बिन्ती गरेँ। प्रार्थना गरेपछि, मैले परमेश्‍वरका यी वचनहरू सम्झिएँ: “अधिकांश मानिसहरू सत्यता पछ्याउन इच्छुक हुन्छन् र सत्यता अभ्यास गर्न चाहन्छन्, तर धेरैजसो समय तिनीहरूसँग त्यसो गर्ने सङ्कल्प र चाहना मात्रै हुन्छ; तर, भित्रबाट, सत्यता तिनीहरूको जीवन बनेको हुँदैन। त्यसैले जब तैँले दुष्ट शक्तिहरूले मण्डलीको काममा बाधा दिने र अन्तर्ध्वंस गर्ने कार्यको सामना गर्छस्—उदाहरणका लागि, जब तैँले झूटा अगुवाहरूले सिद्धान्तहरूको उल्लङ्घन गर्दै मामिलाहरूलाई सम्हाल्ने र वास्तविक काम नगर्ने, वा दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले दुष्टता गर्ने र मण्डलीको काममा बाधा दिने र त्यसकारण परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि पुऱ्याउने कुराको सामना गर्छस्—तब तँसँग उठेर बोल्ने साहस हुँदैन। तँसँग यो साहस किन हुँदैन? के यो तँ डरपोक भएकाले वा स्पष्टवक्ता नभएकाले भएको हो, कि तैँले कामकुराहरू स्पष्ट रूपमा देख्न नसक्ने भएकाले बोल्ने आँट नगर्ने हुनाले भएको हो? यो यीमध्ये कुनै पनि कुराको कारणले भएको होइन; यो मुख्यतया तँ आफ्ना भ्रष्ट स्वभावहरूद्वारा बाँधिएको परिणाम हो। तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरूमध्येको एक छली स्वभाव हो: जब केही हुन्छ, तब तैँले विचार गर्ने पहिलो कुरा तेरा आफ्नै हित, तेरा कार्यहरूका परिणाम, र ती तेरा लागि लाभदायक हुनेछन् कि छैनन् भन्‍ने कुरा हो। यो छली स्वभाव हो, होइन र? अर्को भनेको स्वार्थी र नीच स्वभाव हो। तँ सोच्छस्, ‘तिनीहरूले परमेश्‍वरको घरको हितलाई हानि पुऱ्याउनुसँग मेरो के सरोकार छ र? म अगुवा होइन, त्यसैले म किन संलग्न हुनुपर्‍यो र? यसको मसित कुनै सरोकार छैन, र यो मेरो जिम्मेवारी होइन।’ यस्ता विचार र शब्दहरू तैँले जानाजानी सोचेका कुराहरू होइनन्, बरु तैँले अनजानमा उत्पन्न गरेका कुराहरू हुन्—यी तिनै भ्रष्ट स्वभावहरू हुन्, जुन मानिसहरूले कुनै समस्याको सामना गर्दा प्रकट गर्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू मनन गर्दै गर्दा, मलाई उहाँले मेरो आमनेसामने खुलासा र न्याय गरिरहनुभएको छ जस्तो लाग्यो। ली जिङ निकालिनुपर्ने सर्तहरूमा पर्दिनन् र अगुवाहरूले तिनका बारेमा गरेको चित्रणमा विचलनहरू थिए भन्‍ने मलाई राम्ररी थाहा थियो। कसैलाई गल्तीले निकाल्दा हुने परिणामहरू पनि मलाई थाहा थियो। मैले देखेको कुरा पूर्ण रूपमा सही भए पनि वा नभए पनि, मैले यो कुरा तिनीहरूको विचारार्थ उठाउनुपर्थ्यो ताकि तिनीहरूले गल्तीले तिनलाई ननिकालून्, र तिनको मुक्ति पाउने मौका खतरामा नपरोस्। तर मैले आफ्नै हितहरूको मात्र विचार गरेँ। यदि मैले अगुवाहरूलाई आफ्नो राय दिएँ भने, ब्रदर-सिस्टरहरूले मलाई अहङ्कारी र आफ्नो सीमा नाघिरहेकी भन्लान् भनी म डराएँ। मलाई तिनीहरूले म ली जिङको बचाउ गर्दै छु भनेर सोच्नेछन् भन्ने पनि डर थियो। यदि मलाई मण्डलीलाई शुद्धीकरण गर्ने काममा अवरोध गरेको भनेर चित्रण गरियो भने, यो मेरो आफ्नै परिणाम र गन्तव्यको लागि विनाशकारी हुनेथियो। आफूलाई सुरक्षित राख्न, मैले अगुवाहरूलाई पत्र लेखिनँ। म “जुन कुराले आफूलाई असर गर्दैन त्यसका लागि टाउको दुखाउनु हुँदैन”, “जति कम समस्या, उति राम्रो”, र “बुद्धिमान मानिसहरू आत्मरक्षामा सिपालु हुन्छन्, तिनीहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्छन्” जस्ता बाँच्‍नका लागि बनाइएका शैतानी नियमहरूअनुसार जिइरहेको थिएँ। मैले गर्ने हरेक काममा, मेरो मार्गदर्शक सिद्धान्त नै आत्मरक्षा थियो। मैले सधैँ आफ्नै भविष्य र हितहरूलाई मात्र विचार गरेँ, मण्डलीको काम वा मेरा ब्रदर-सिस्टरहरूको जीवनप्रति कुनै चासो देखाइनँ। म कति स्वार्थी र घृणास्पद थिएँ, ममा मानवता पटक्‍कै थिएन! यो महसुस भएपछि, मेरो हृदयमा आफूप्रति नै केही घृणा उब्जियो, र म आफ्नो भ्रष्ट स्वभावअनुसार जिउन अनिच्छुक भएँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ जसले मलाई एकदमै प्रभावित बनायो। परमेश्‍वर भन्‍नुहुन्छ: “यदि तँ आफ्नो कर्तव्य निर्वाहमा परमेश्‍वरको विश्‍वासीका रूपमा साँच्चै कुनै प्रयास लगाउँदैनस् भने; यदि तँ सधैँ झारा टार्न चाहन्छस् र एक गैरविश्‍वासीले हाकिमका लागि काम गरेको जस्तो आफ्‍ना कार्यहरूमा झाराटारुवा हुन्छस् भने; यदि तँ केवल आफ्नो जिउ-ज्यान लगाउँछस्, तर आफूले गर्ने कुरामा हृदय लगाउँदैनस्, हरेक दिन काम आइपर्दा लटरपटर गर्दै अघि बढ्छस्, समस्याहरू देख्दा तिनको रिपोर्ट गर्दैनस्, सानातिना कामकुराहरू बिग्रिँदा एउटा सिन्को भाँच्ने कष्ट गर्दैनस्, र तेरो फाइदा नहुने सबै कुरालाई सोचविचार नगरी पन्छाइदिन्छस् भने—के यो समस्या होइन र? यस्तो व्यक्ति कसरी परमेश्‍वरको घरको सदस्य हुन सक्छ? त्यस्ता मानिसहरू गैरविश्‍वासीहरू हुन्; तिनीहरू परमेश्‍वरको घरका होइनन्। तिनीहरूमध्ये एक जनालाई पनि परमेश्‍वरले मान्यता प्रदान गर्नुहुन्‍न। तँ साँचो हृदयले आफ्‍नो कर्तव्य निर्वाह गरिरहेको छस् कि छैनस् त्यसमा प्रयास लगाइरहेको छस् कि छैनस् भन्ने कुराको परमेश्‍वर हिसाब राख्‍नुहुन्छ, र तँलाई पनि पूर्ण रूपमा थाहा हुन्छ। त्यसो भए, के तिमीहरूले कहिल्यै आफ्नो कर्तव्य साँच्चिकै पूरा गर्ने प्रयास गरेका छौ? के तिमीहरूले यसलाई कहिल्यै गम्भीरताका साथ लिएका छौ? के तिमीहरूले यसलाई आफ्नो जिम्मेवारी, तिमीहरूको दायित्वको रूपमा लिएका छौ? के तिमीहरूले यसको स्वामित्व लिएका छौ? तैँले यी मामिलाहरूबारे उचित तरिकाले चिन्तन गर्नैपर्छ र जान्‍नैपर्छ, अनि यसो गर्दा तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा आइपर्ने समस्याहरू समाधान गर्न सजिलो हुनेछ, र यो तेरो जीवन प्रवेशका लागि लाभदायी हुनेछ। यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ गैरजिम्मेवार हुन्छस्, अनि आफूले समस्याहरू पत्ता लगाउँदा अगुवा र कामदारहरूलाई तिनको रिपोर्ट गर्दैनस्, न त ती समस्या आफै समाधान गर्न सत्यता खोजी नै गर्छस्, सधैँ ‘जति कम समस्या, उति राम्रो’ भनी सोच्छस्, सधैँ संसारसँग व्यवहार गर्ने दर्शनहरूअनुसार जिउँछस्, र यदि तँ कर्तव्य निर्वाह गर्दा सधैँ झाराटारुवा हुन्छस्, तँमा कहिल्यै कुनै अर्पण हुँदैन र यदि तँ काँटछाँट गरिँदा सत्यता पटक्‍कै स्वीकार गर्दैनस् भने—यदि तँ यसरी आफ्नो कर्तव्य निर्वाह गर्छस् भने, तँ खतरामा छस्; तँ एक श्रमिक होस्। श्रमिकहरू परमेश्‍वरको घरका सदस्य नभई, कर्मचारी, अस्थायी कामदार हुन्। काम सकिएपछि, तिनीहरूलाई हटाइनेछ, अनि तिनीहरू स्वाभाविक रूपमै प्रकोपहरूमा पर्नेछन्। परमेश्‍वरको घरका मानिसहरू फरक छन्; तिनीहरूले कर्तव्य निर्वाह गर्दा, त्यो पैसा कमाउन, परिश्रम गर्न वा आशिष्‌ पाउनका लागि होइन। तिनीहरू सोच्छन्, ‘म परमेश्‍वरको घरको सदस्य हुँ। परमेश्‍वरको घरका मामलाहरू मेरै मामला हुन्। परमेश्‍वरको घरका कामहरू मेरै काम हुन्। मैले परमेश्‍वरको घरका खातिर यी कुराहरूमा चासो लिनुपर्छ।’ यसले गर्दा, तिनीहरू परमेश्‍वरको घरको प्रत्येक मामिलामा चासो लिन्छन्, र त्यसको जिम्‍मेवारी लिन्छन्। तिनीहरूले आफूले सोच्‍न र देख्‍न सक्‍ने सबै कुराको जिम्‍मेवारी लिन्छन्। तिनीहरू सम्हाल्नुपर्ने मामलाहरूमाथि निगरानी राख्छन्, र तिनीहरूले मामलाहरूलाई हृदयदेखि लिन्छन्। परमेश्‍वरको घरका मानिसहरू यिनीहरू नै हुन्। के तिमीहरू पनि त्यस्तै छौ? (छैनौँ।) यदि तिमीहरू देहसुखमा लिप्त मात्र हुन्छौ, परमेश्‍वरको घरमा सम्हाल्नुपर्ने मामलाहरू देख्दा कुनै ध्यान दिँदैनौ, सानातिना कुराहरू बिग्रिँदा एउटा सिन्को भाँच्ने कष्ट गर्दैनौ, र समस्या छ भनेर हृदयमा थाहा भएर पनि तिमीहरू यसलाई समाधान गर्दैनौ भने, तिमीहरूले परमेश्‍वरको घरलाई आफ्‍नो घरजस्तो ठानिरहेका छैनौ। के तिमीहरू यस्तै छौ? छौ भने, तिमीहरू लक्ष्यभन्दा एकदमै टाढा छौ अनि तिमीहरू र गैरविश्‍वासीहरूबीच कुनै भिन्‍नता छैन। तिमीहरूले पश्‍चात्ताप गरेनौ भने, तिमीहरूलाई परमेश्‍वरको घरबाहिरका मानिसहरूका रूपमा गन्ती गर्नैपर्छ; तिमीहरूलाई एकातिर पन्छाएर हटाउनैपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नका लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने परमेश्‍वरमाथि विश्‍वास गर्ने र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा उहाँप्रतिको व्यक्तिको मनोवृत्ति महत्त्वपूर्ण हुन्छ। यदि ऊसँग उहाँप्रति सच्चा हृदय छ, यदि उसको हृदय सबै कुरामा उहाँतर्फ फर्केको छ भने, र यदि उसले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्छ भने मात्र, परमेश्‍वरले उसलाई आफ्नो घरको हिस्साका रूपमा हेर्नुहुन्छ। अन्यथा, ऊ परमेश्‍वरद्वारा तिरस्कृत हुनेछ र हटाइनेछ। मैले ली जिङलाई निकाल्नका लागि सामग्रीहरू सङ्कलन गरिएको घटनालाई कसरी सम्हालेको थिएँ भन्ने कुरामा चिन्तन गरेँ। यसले मेरो हृदय परमेश्‍वरतर्फ पटक्‍कै फर्केको थिएन भन्‍ने कुरा प्रकट गर्‍यो। ली जिङका बारेमा अगुवाहरूले गरेको चित्रणमा विचलनहरू छन् भन्‍ने देख्दादेख्दै र तिनलाई गल्तीले निकाल्दा तिनलाई हानि पुग्नेछ र तिनको जीवन बर्बाद हुनेछ भन्‍ने थाहा हुँदाहुँदै पनि, आफूलाई सुरक्षित राख्नकै लागि मैले नदेखेझैँ गरेँ। मैले मण्डलीको काममा हरेक तहका अगुवाहरूले जाँच गर्छन् भन्‍ने बहानासमेत बनाउँदै आफ्नो जिम्मेवारीबाट पन्छिने र सत्यता अभ्यास गर्न अस्वीकार गर्ने काम समेत गरेँ। मण्डलीमा भइरहेको कुराप्रतिको मेरो मनोवृत्ति संसारमा काम गर्ने एक गैरविश्‍वासीको भन्दा कसरी फरक थियो र? मैले आफ्ना हितहरूको मात्र रक्षा गरेँ र अरू सबै कुरालाई बेवास्ता गरेँ। म परमेश्‍वरको घरमा आफैलाई बाहिरी मान्छेजस्तो व्यवहार गर्दै थिएँ। ममा परमेश्‍वरप्रति सच्चा हृदय थिएन, र मैले वास्तवमै उहाँको घृणा र वितृष्णा कमाएको थिएँ। म परमेश्‍वरको घरको एक सदस्य हुँ, तर मैले एउटी सिस्टर गल्तीले निकालिनै लागेको देख्दा, यसबारे अगुवाहरूसमक्ष रिपोर्टसम्म पनि गर्न सकिनँ। ममा इन्साफको बोध पटक्कै थिएन। म नितान्त काँतर थिएँ! यदि ममा वास्तवमै परमेश्‍वरप्रति सच्चा हृदय भएको भए, मैले मण्डलीको काममा आफ्ना जिम्मेवारीहरू पूरा गरेको हुनेथिएँ। यो त छोराछोरीले आफ्ना आमाबुबालाई समस्यामा परेको वा आफ्नो परिवारले कठिनाइहरू सामना गरिरहेको देख्दा जस्तै हो। कसैले सुपरिवेक्षण गर्नुपर्ने वा कर गर्नुपर्ने आवश्यकता विना नै तिनीहरू मद्दत गर्न आफै अग्रसर हुन्छन्। किनभने तिनीहरू आफूलाई परिवारको हिस्साका रूपमा हेर्छन् र कुनै पनि पारिवारिक मामिलामा मद्दत गर्ने जिम्मेवारी महसुस गर्छन्। तर परमेश्‍वरको घरको सदस्य भएर, मैले अगुवाहरूले कुनै समस्या सम्हाल्ने तरिकामा विचलनहरू देख्दा, म त्यस मण्डलीको सदस्य हुँ कि होइन वा त्यो मेरो कार्यक्षेत्रभित्र पर्छ कि पर्दैन भन्‍ने कुराले फरक पार्नु हुँदैनथ्यो। मैले त्यो देखिसकेपछि, अगुवाहरूलाई त्यो कुरा औँल्याउनु मेरो जिम्मेवारी थियो। समस्याका बारेमा मेरो मूल्याङ्कन सही होस् वा नहोस्, मैले त्यो कुरा उठाइसकेपछि, अगुवाहरूले पुष्ट्याइँ, अनुसन्धान, र जाँचबुझ गर्नेथिए, जसले मण्डलीको कामलाई फाइदा पुर्‍याउनेथियो। यसरी अभ्यास गर्नु भनेको हस्तक्षेप गर्नु वा आफ्नो सीमा नाघ्नु होइन, न त यो अहङ्कारी स्वभावको प्रकटीकरण नै हो। यो त आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्नु हो, अनि मण्डली र मेरा ब्रदर-सिस्टरहरूका हितहरूको रक्षा गर्नु हो। यो कुरा महसुस गरेपछि, मेरो हृदय केही उज्यालो भयो।

त्यसपछि, मैले अगुवाहरूलाई समस्याको रिपोर्ट गर्नु कसरी स्पष्ट रूपमा सत्यता अभ्यास गर्नु र मण्डलीका हितहरूको रक्षा गर्नु थियो भन्‍ने बारेमा सोचेँ। तैपनि यसो गर्दा मलाई नै दोषी ठहराइनेछ र काँटछाँट गरिनेछ भन्ने डर भइरहन्थ्यो। यो परमेश्‍वरविरुद्ध सतर्क रहनु, र परमेश्‍वरको घरमा सत्यताले शासन गर्छ भनी विश्‍वास नगर्नु थियो। मैले परमेश्‍वरका यी वचनहरू सम्झिएँ: “परमेश्‍वरसँग विश्वासयोग्यताको सार छ, त्यसैले उहाँका वचनहरूलाई सधैँ विश्‍वास गर्न सकिन्छ; यसबाहेक, उहाँका कार्यहरू त्रुटिरहित र निर्विवाद छन्। यसै कारण परमेश्‍वर उहाँसँग पूर्ण रूपमा इमानदार हुनेहरूलाई मन पराउनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू)। “यदि तँ निकै छली छस् भने, तँ सबै मानिस र मामिलाहरूप्रति सतर्क र शङ्कालु हुनेछस्, यसैले मप्रतिको तेरो आस्था शङ्काको जगमाथि निर्माण हुनेछ। म त्यस्तो आस्था कहिल्यै स्विकार्न सक्दिनँ। साँचो विश्‍वासको अभावमा, तिमीहरू अझ बढी साँचो प्रेमरहित बन्छौ। र यदि तँ परमेश्‍वरलाई शङ्का गर्न जिम्‍मेवार छस् र जानी-जानी उहाँको बारेमा अनुमान गर्छस् भने निस्सन्देह तँ सबै मानिसहरूमध्ये सबैभन्दा छली होस्। तँ परमेश्‍वर मानिसजस्तो हुन सक्नुहुन्छ कि सक्‍नुहुन्‍न भनेर अनुमान लगाउँछस्: क्षमा गर्नै नसकिने पापी, क्षुद्र चरित्र भएको, निष्पक्षता र विवेकरहित, न्यायको भावना नभएको, हिंस्रक युक्तिमा लागेको, छलपूर्ण र धूर्त, दुष्ट र अन्धकारद्वारा प्रसन्न, र यस्तै अरू। के मानिसहरूमा परमेश्‍वरको अलिकति पनि ज्ञान नभएको कारण तिनीहरूमा यस्ता विचारहरू आएका होइनन् र? त्यस्तो विश्‍वास पापभन्दा कम होइन! केही यस्ता व्यक्तिहरू पनि छन्, जसले मलाई प्रसन्न तुल्याउनेहरू चापलुसी गर्ने र चिप्लो घस्नेहरू हुन्, अनि त्यस्ता सीपको अभाव हुनेहरूलाई परमेश्‍वरको भवनमा स्वागत गरिँदैन र तिनीहरूले त्यहाँ आफ्नो स्थान गुमाउनेछन् भनी विश्‍वास गर्छन्। यतिका वर्षहरूमा तिमीहरूले प्राप्त गरेको ज्ञान के यही मात्र हो? के तिमीहरूले प्राप्त गरेको यही नै हो? अनि मेरो बारेमा तिमीहरूको ज्ञान यी भ्रमहरूमा रोकिँदैन; अनि त्योभन्दा अझ नराम्रो तिमीहरूले गरेका परमेश्‍वरका आत्माको निन्दा र स्वर्गको बदनाम हो। यसैले म भन्छु, कि तिमीहरूको जस्तो विश्‍वासले तिमीहरूलाई मबाट अझ टाढा बनाउँछ र मेरो विरुद्धमा अझ ठूलो विरोधी बनाउँछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई वास्तवमा कसरी चिन्ने)। परमेश्‍वरका वचनहरूबाट, मैले परमेश्‍वरको सार विश्‍वासयोग्य र पवित्र छ भन्ने कुरा बुझेँ। उहाँ सबैप्रति धर्मी हुनुहुन्छ; उहाँले असल व्यक्तिलाई अन्याय गर्नुहुन्न, न त उहाँले दुष्टलाई नै छोड्नुहुनेछ। परमेश्‍वरको घरले हरेक व्यक्तिलाई सिद्धान्तअनुसार सम्हाल्छ। मण्डली शुद्धीकरणको काम भनेको मण्डलीलाई शुद्ध पार्न यसभित्र लुकेका सबै ख्रीष्टविरोधी, दुष्ट मानिस, र अविश्‍वासीलाई हटाएर सफा गर्नु हो। यो पूर्ण रूपमा परमेश्‍वरको धर्मी स्वभावद्वारा निर्धारित हुन्छ। तर म परमेश्‍वरविरुद्ध सतर्क भएँ, र मैले परमेश्‍वरको घरको शुद्धीकरणको कामलाई ठूलो रातो अजिङ्गरको कुनै राजनीतिक अभियान जस्तै हो भनी कल्पना गरेर, म आँधीको केन्द्रमा छु र मैले जथाभावी बोल्नु हुँदैन—अन्यथा मलाई यातना दिइनेछ भन्‍ने महसुस गरिरहेको थिएँ। परमेश्‍वरको घरमा शुद्धीकरणको काम चलिरहेको थियो। यदि मैले अगुवाहरूलाई ली जिङ निकालिनुपर्ने सर्तहरूमा पर्दिनन् भनेँ भने, मलाई शुद्धीकरणको काममा अवरोध गरेकोमा दोषी ठहराइने सम्भावना हुनेछ भनेर म डराएको थिएँ। मेरो विचार कति बेतुके थियो। परमेश्‍वरको घरमा सत्यताले शासन गर्छ भनी मैले विश्‍वास गरिनँ—त्यसले मलाई एक अविश्‍वासी बनाउँछ! वास्तवमा, मण्डलीको शुद्धीकरणको काममा अवरोध गर्नु भनेको मण्डलीले ख्रीष्टविरोधी, दुष्ट मानिस र अविश्‍वासीहरूलाई सम्हाल्दै गर्दा तिनीहरूको पक्ष लिनु हो, अनि तिनीहरूलाई मण्डलीमै राखिराख्ने प्रयासमा तिनीहरूको समर्थन गर्न र तिनीहरूलाई जोगाउन सबै किसिमका कारण र बहाना खोज्नु हो। त्यो मण्डलीको काममा बाधा पुऱ्याउनु र दुष्ट्याइँ गर्नु हो। तर यस मामिलामा, ली जिङ निकालिनुपर्ने सर्तहरूमा पर्दिनथिन्। मण्डलीका अगुवाहरूसमक्ष यसको रिपोर्ट गर्नु ता उहाँहरूले यसको पुष्ट्याइँ गर्न र स्पष्ट चित्र प्राप्त गर्न सक्नुहोस्, अनि ली जिङलाई गल्तीले निकालेर तिनको मुक्ति पाउने मौका बर्बाद हुन नदिनुहोस् भन्‍ने मात्र थियो। यसरी अभ्यास गर्दा मेरा ब्रदर-सिस्टरहरूको रक्षा हुन्छ र यो मण्डलीका हितहरूको रक्षा गरेको एउटा प्रकटीकरण पनि हो। यो जानाजानी शुद्धीकरणको काममा अवरोध गर्नु होइन। त्यसमाथि, म गलत नै भएको भए तापनि, मेरो उद्देश्य मण्डलीका हितहरूको रक्षा गर्नु भएकाले, मण्डलीले मलाई यसका लागि दोषी ठहऱ्याउने थिएन। मण्डलीले सिद्धान्तहरूअनुसार यस मामिलालाई निष्पक्ष रूपमा सम्हाल्नेथियो। त्यसोभए म यति धेरै चिन्तित र व्याकुल हुनुपर्ने के कारण थियो र? यो कुरा महसुस गरेपछि, मैले बन्धनमुक्त भएको महसुस गरेँ र सत्यता अभ्यास गर्ने सङ्कल्प प्राप्त गरेँ।

मैले परमेश्‍वरका यी वचनहरू सम्झिएँ: “परमेश्‍वरसँगको सामान्य सम्बन्धको अर्थ उहाँको कुनै पनि कार्यलाई शङ्का र इन्कार नगर्नु र उहाँको कार्यप्रति समर्पित हुन सक्नु हो। यसको अर्थ परमेश्‍वरको उपस्थितिमा सही अभिप्रायहरू राख्नु र आफ्नै लागि योजनाहरू नबनाउनु हो, र यसको अर्थ तैँले जे गर्दा पनि परमेश्‍वरको घरका हितहरूलाई प्राथमिकता दिनु, परमेश्‍वरको छानबिनलाई स्वीकार गर्नु, र उहाँका प्रबन्धहरूमा समर्पित हुनु पनि हो। तैँले गर्ने सबै कार्यमा आफ्नो हृदयलाई परमेश्‍वरको उपस्थितिमा शान्त बनाउनु सक्नुपर्छ। तैँले परमेश्‍वरका अभिप्रायहरू नबुझे पनि, तैँले तेरो क्षमताले भ्याएसम्म तेरा कर्तव्य र जिम्मेवारीहरू पूरा गर्नैपर्छ। एकपटक परमेश्‍वरका अभिप्रायहरू तँलाई प्रकट गरिएपछि, तिनमा कार्य गर्, र त्यसो गर्दा त्यति धेरै ढिलो हुनेछैन। जब परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य बन्छ, अनि मानिसहरूसँग तेरो सम्बन्ध सामान्य बन्छ। परमेश्‍वरसँग सामान्य सम्‍बन्ध निर्माण गर्नको लागि, सबै कुरा परमेश्‍वरका वचनहरूको जगमा निर्माण भएको हुनुपर्छ, तैँले आफ्‍नो कर्तव्य परमेश्‍वरका वचनहरूअनुसार निर्वाह गर्न र परमेश्‍वरले अह्राउनुभएको काम पूरा गर्न सक्‍नुपर्छ, तैँले आफ्‍ना दृष्टिकोणहरूलाई सिधा पार्नुपर्छ, र सबै कुरामा सत्यताको खोजी गर्नैपर्छ। तैँले सत्यतालाई बुझेपछि यसलाई अभ्यास गर्नैपर्छ, र तँमाथि जेसुकै आइपरे पनि, तैँले परमेश्‍वरसँग प्रार्थना गर्नैपर्छ र परमेश्‍वरप्रति समर्पित हृदयले खोजी गर्नैपर्छ। यसरी अभ्यास गर्दा, तैँले परमेश्‍वरसँग सामान्य सम्‍बन्ध कायम राख्‍न सक्‍नेछस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग तेरो सम्बन्ध कस्तो छ?)। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने परमेश्‍वरमा विश्‍वास गर्नका लागि हामीले उहाँसँग सामान्य सम्बन्ध स्थापित गर्नैपर्छ र हाम्रो हृदय उहाँलाई सुम्पनैपर्छ। हामीले भन्‍ने र गर्ने हरेक कुरामा हाम्रा ब्रदर-सिस्टरहरूको जीवन प्रवेश र मण्डलीको कामलाई विचार गर्नैपर्छ, र सबै कुरामा परमेश्‍वरको छानबिनलाई स्वीकार गर्न सक्षम हुनैपर्छ। तब मात्र हामी सत्यता अभ्यास गर्न सक्छौँ। ली जिङको मामिलामा अगुवाहरूले गलत चित्रण गरेका छन् भन्‍ने कुरा मैले देख्न सकेको हुनाले, मैले आफ्नो दृष्टिकोण राख्नुपर्थ्यो। यदि मेरो विचार पूर्ण रूपमा सही नभए पनि, यो कुरा उठाउँदा अगुवाहरूले तिनको अवस्थालाई पुन: पुष्टि गर्न सक्नेथिए र तिनलाई गल्तीले निकालेर तिनको मुक्ति पाउने मौकालाई बर्बाद हुनबाट जोगाउनेथिए। यसरी अभ्यास गर्नु मेरा ब्रदर-सिस्टरहरूको जीवन प्रवेश र मण्डलीको काम दुवैका लागि फाइदाजनक हुनेथियो। मैले ली जिङलाई चिनेको भए तापनि, मैले तिनलाई जोगाउन वा आफ्नो देखावा गर्नका लागि यो समस्याको रिपोर्ट गरिरहेको थिइनँ। यो तिनीप्रतिको मेरो बुझाइ, अनि अगुवाहरूले सूचीकृत गरेका व्यवहारहरू मानिसहरूलाई निकाल्ने मण्डलीको सिद्धान्तहरूसँग मेल खाँदैनथ्यो भन्‍ने तथ्यमा आधारित थियो। यो तिनसँगको व्यक्तिगत सम्बन्धलाई कायम राख्ने कुरा थिएन। यद्यपि बाहिरबाट हेर्दा यो मामिला सानो देखिए पनि, यसले म सत्यताको अभ्यास र मण्डलीका हितहरूको रक्षा गर्न सक्छु कि सक्दिनँ भन्‍ने कुरालाई छोएको थियो। यो परमेश्‍वरबाट आएको एउटा जाँच पनि थियो। त्यसैले मैले घुँडा टेकेर परमेश्‍वरलाई प्रार्थना गरेँ र उहाँका मापदण्डहरूअनुसार अभ्यास गर्ने आफ्नो तत्परता व्यक्त गरेँ। प्रार्थना गरेपछि, मैले ली जिङका व्यवहारहरूलाई फेरि एक पटक समीक्षा गरेँ। त्यसपछि, अगुवाहरूले तिनका बारेमा गरेको चित्रणका समस्याहरूको आधारमा, मैले सान्दर्भिक सिद्धान्तहरूसँग जोडेर आफ्नो बुझाइ र दृष्टिकोणका बारेमा सङ्गति गरेँ। पत्र लेखिसकेपछि, मैले त्यो अगुवाहरूलाई पठाएँ। यसरी अभ्यास गर्दा, मैले अत्यन्तै हलुका र शान्तिको महसुस गरेँ।

पछि, अगुवाहरूले मलाई जवाफ पठाए। तिनीहरूले ली जिङका व्यवहारहरूसँग सान्दर्भिक सिद्धान्तहरू खोजेर फेरि अनुसन्धान गरेपछि, तिनी निकालिनुपर्ने सर्तहरूमा पर्दिनन्, तिनका बारेमा गरिएको पहिलेको चित्रणमा विचलनहरू थिए भन्ने कुरा पुष्टि गरेको, र अहिले तिनी मण्डलीमै आफ्नो कर्तव्य निर्वाह गरिरहेकी छिन् भनी उल्लेख गरे। यो परिणाम देख्दा म निकै खुसी भएँ। सत्यता अभ्यास गर्नु भनेको अद्भुत कुरा रहेछ भन्‍ने मैले महसुस गरेँ! अब उप्रान्त, मैले यसलाई अझ बढी अभ्यास गर्नुपर्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सत्य बोल्‍न मलाई केले रोक्यो?

हेल्‍लो,झेङ सिन!तपाईंले अघिल्लो पत्रमा, आफ्नी सहकर्मी सिस्टर सिद्धान्तहीन, आत्म-धर्मी, र स्वेच्‍छाचारी छिन् भन्‍नुभएको थियो। यो कुरा तपाईं...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्