हीनताबोधलाई बिदाइ

19 फेब्रुअरी 2026

मूल लेखिका: केके, चीन

सानैदेखि, म एकदमै अन्तर्मुखी स्वभावकी छु। मलाई बोल्न र अरूलाई अभिवादन गर्न मन पर्दैनथ्यो। जब म बाहिर जान खोज्थेँ र छिमेकीहरू बाहिर बसेर कुरा गरिरहेका देख्थेँ, मलाई धेरै डर लाग्थ्यो, त्यसैले एकदमै आवश्यक नभएसम्म म बाहिर जाँदिनथेँ। म स्कुलमा हुँदा र कुनै कुरा सोध्न शिक्षकहरूलाई फोन गर्नुपर्दा, कसरी सुरु गर्ने भन्ने मलाई थाहा हुँदैनथ्यो, त्यसैले म आफ्नो बुबालाई मेरा लागि बोलिदिन अनुरोध गर्थेँ। मेरा बुबा एकदमै रिसाउनुहुन्थ्यो, र म अरू केटाकेटीजस्तो आत्मविश्वासी छैन भनेर गुनासो गर्नुहुन्थ्यो। मेरी सानीमा पनि मलाई प्रायः भन्नुहुन्थ्यो, “तेरो मुख टेपले थुने जस्तो छ। यस्तै गरिरहिस् भने, तेरो केही प्रगति हुँदैन…” उहाँहरूका टिप्पणीहरू मेरो दिमागमा अक्सर गुन्जिरहन्थे, र कहिलेकाहीँ म आफू यति दुःखी भएकोमा रुन्थेँ, बोल्न वा ठूलाबडाहरूलाई खुसी पार्न नसकेकोमा आफैलाई घृणा गर्थेँ। म अक्सर वाक्पटु र माहौललाई रमाइलो बनाउन सक्नेहरूको ईर्ष्या गर्थेँ। कलेजमा, मैले आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरको कामलाई स्वीकार गरेँ र परमेश्‍वरका वचनहरू पढ्न ब्रदर-सिस्टरहरूसँग भेलाहरूमा उपस्थित भएँ। मैले सबैले खुलेर आफ्नो अनुभवात्मक बुझाइमा सङ्गति गरिरहेका, कसैले कसैको खिल्ली नउडाएका देखेँ, र म पनि कुनै कुराले नबाँधिईकन खुलेर सङ्गति गर्न स्वतन्त्र थिएँ। ब्रदर-सिस्टरहरूसँग हुँदा एकदमै आरामदायी र स्वतन्त्र महसुस भयो।

सन् २०२४ को जनवरीमा, म मण्डलीमा नयाँ विश्वासीहरूलाई मलजल गर्दै थिएँ र सिस्टर वाङ लुसँग सहकार्य गर्दै थिएँ। हाम्रो अन्तरक्रियामार्फत, मैले यी सिस्टरमा राम्रो क्षमता, आफ्नो कुरा व्यक्त गर्ने बलियो खुबी रहेको, र उहाँले सत्यतालाई राम्ररी बुझ्नुभएको पाएँ। भेलाको समयमा, उहाँ आफ्नो सङ्गतिमा नयाँ विश्वासीहरूको स्थितिलाई आधार बनाउन सक्नुहुन्थ्यो, र नयाँ विश्वासीहरूले सुन्दै गर्दा उनीहरू अक्सर समर्थनमा टाउको हल्लाउँथे। यो देखेर, म स्वभावैले आफ्नो शिर निहुराउँथेँ र मनमनै सोच्थेँ, “उहाँ साँच्चै धेरै वर्षदेखि परमेश्‍वरमा विश्वास गर्ने व्यक्ति हुनुहुन्छ, उहाँको बोल्ने तरिका साँच्चै गजबको छ! तर मेरो कुरा गर्ने हो भने, नयाँ विश्वासीहरूका प्रश्नहरूको जवाफमा सङ्गति गर्नुभन्दा पहिले मैले लामो समयसम्म सोच्नुपर्छ, र मैले भनेकाे कुरा वाङ लुले भनेजस्तो धाराप्रवाह वा विस्तृत हुँदैन। म किन यति कमजोर छु? यदि मैले उहाँपछि सङ्गति गरेँ भने, नयाँ विश्वासीहरूले म उहाँजस्तो राम्रो छैन भनेर पक्कै थाहा पाउनेछन्। भैगो, म केही नबोलूँ होला; यसो गर्दा तुलनामा म काम न काजको व्यक्ति जस्तो देखिन्नँ।” त्यसपछि, वाङ लुसँगको भेलाको समयमा म बोल्न डराउन थालेँ, यदि मैले राम्रोसँग बोलिनँ भने, उहाँले मलाई तुच्छ ठान्नुहुन्छ कि भन्ने चिन्ता लाग्थ्यो। एक पटक, एक जना नयाँ विश्वासीले सुसमाचार प्रचार गर्दा कठिनाइहरूको सामना गरे, र वाङ लुले समस्या समाधान गर्ने तरिकाबारे सामान्य कुरा गर्नुभयो। त्यस क्षेत्रमा मेरो अनुभव भएकोले मैले केही थप्न चाहेँ, तर त्यसपछि मैले सोचेँ, “वाङ लु यहीँ हुनुहुन्छ, यदि मैले आफ्नो कुरा राम्रोसँग व्यक्त गरिनँ भने, के उहाँले मैले सङ्गति गर्न चाहँदै आफ्नो गक्षभन्दा बढी गर्न खोजेको सोच्नुहोला?” त्यसैले शब्दहरू जिब्रोको टुप्पैमा आइसकेका भए तापनि, मैले बोल्ने आँट गरिनँ, र आफूले सङ्गति गर्न वाङ लु नगइन्जेलसम्म पर्खिराखेँ। अर्को पटक, म वाङ लु र सिस्टर लि हुआसँग नयाँ विश्वासीहरूको भेलामा थिएँ। मैले छोटकरीमा नयाँ विश्वासीहरूको स्थितिबारे सोधपुछ गरेँ, र एक जना नयाँ विश्वासीले आफ्ना कठिनाइहरू बताइन्। मैले नयाँ विश्वासीसँग सङ्गति गर्न र यस स्थितिमा कसरी पाठ सिक्ने भनेर मार्गदर्शन गर्न लागेकी थिएँ, तर दुई जना सिस्टरहरू त्यहीँ हुनुहुन्छ, उहाँहरूमा राम्रो क्षमता र अभिव्यक्त गर्ने खुबी छ, भन्ने सोचेर म चिन्तित भएँ, “म शब्दमा त्यति सिपालु छैन, मैले कुरा नमिलाई बोलिरहेँ भने उहाँहरूले मेरो बारेमा के सोच्नुहोला?” मैले केही समयसम्म नबोलेको देखेर, लि हुआले तुरुन्तै सङ्गतिलाई अगाडि बढाउनुभयो, र नयाँ विश्वासीहरूलाई पहिलो पटक भेटेकी भए तापनि, उहाँ उनीहरूसँग स्वाभाविक रूपमा कुरा गर्न सक्षम हुनुहुन्थ्यो। वाङ लु र लि हुआलाई एकपछि अर्को गर्दै सङ्गति गरिरहेका देखेर, मलाई धेरै ईर्ष्या लाग्यो, र सोचेँ, “मलजल गर्ने व्यक्तिहरू त यस्तै सिस्टरहरूजस्तो क्षमतावान्, वाक्पटु, र बहिर्मुखी स्वभावका हुनुपर्छ।” मैले फेरि आफ्नो बारेमा सोचेँ; पूरै भेलाभरि म बिरलै बोलेँ र बाहिरिया मान्छे जस्तै महसुस गरेँ। म आफू किन अरूजस्तो खुलेर सङ्गति गर्न सक्दिनँ भन्ने सोच्दै निराश भएँ। के म प्रायः बोल्नुपर्ने कर्तव्यको लागि उपयुक्त नै थिइनँ? जब म राम्रो क्षमता र बलियो सञ्चार सीप भएका ब्रदर-सिस्टरहरूसँग भेलामा उपस्थित हुन्थेँ, मलाई धेरै डर लाग्थ्यो, यदि मैले नराम्रोसँग सङ्गति गरेँ भने मानिसहरूले मलाई तुच्छ ठान्नेछन् भन्ने डर हुन्थ्यो, र आफूमा केही ज्योति हुँदा पनि, म त्यसलाई बाँड्ने आँट गर्दिनथेँ। म जसरी आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने त्यसरी गर्न सकिरहेकी थिइनँ, त्यसैले मैले यो स्थिति समाधान गर्न र सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न एउटा बाटो खोज्दै परमेश्‍वरलाई प्रार्थना गरेँ।

एक दिन, मैले मेरो स्थितिसँग मेल खाने परमेश्‍वरका वचनका दुई खण्डहरू सम्झेँ, र मैले ती खोजेर पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “कतिपय मानिसहरू बाल्यकालदेखि नै मन्दबुद्धि, स्पष्ट बोल्न नसक्ने र सादा स्वरूपका हुन्छन्, त्यसैले तिनीहरूका परिवार र समाज भित्रका अरूले तिनीहरूका बारेमा केही नकारात्मक टिप्पणी गर्छन्। उदाहरणका लागि, मानिसहरूले यसो भन्थे: ‘यो बच्चा लाटो छ, उसले कुराहरूमा ढिलो प्रतिक्रिया जनाउँछ, र अकमकिँदै बोल्छ। त्यो व्यक्तिको बच्चालाई हेर त, उसको मीठो बोलीले मानिसहरूलाई साँच्चै मोहित पार्छ। यो बच्चाले मानिसहरूलाई भेट्दा के भन्नुपर्छ वा मानिसहरूलाई कसरी खुसी पार्नुपर्छ भन्ने जान्दैन, र उसले केही गल्ती गर्दा, कसरी व्याख्या गर्ने वा आफ्नो सफाइ दिने भनी जान्दैन। यो बच्चा मूर्ख छ।’ तिनीहरूका आमाबुबाले यसो भन्छन्, र तिनीहरूका आफन्त, साथीभाइ र शिक्षकहरूले पनि त्यसै भन्छन्। यो वातावरणले त्यस्ता व्यक्तिहरूमाथि थाहै नपाई निश्‍चित दबाब दिन्छ, जसले गर्दा तिनीहरूले अचेतन रूपमा एक किसिमको मानसिकता विकास गर्छन्। कस्तो मानसिकता? तिनीहरूलाई आफू अनाकर्षक भएको र आफ्नो रूपलाई कसैले पनि मन पराउँदैन भन्‍ने लाग्छ, साथै तिनीहरूले आफ्नो अध्ययनमा राम्रो अङ्क प्राप्त गर्दैनन् र प्रतिक्रिया जनाउन ढिलो गर्छन् भन्‍ने लाग्छ; तिनीहरूले अरूलाई देख्दा आफ्नो मुख खोल्न र बोल्न सधैँ लाज मान्छन्, र मानिसहरूले तिनीहरूलाई केही दिँदा तिनीहरू धन्यवाद भन्‍न पनि अत्यन्तै लाज मान्छन्। तिनीहरू मनमनै सोच्छन्, ‘म बोल्दा किन अकमकाएको होला? अरू मानिसहरू किन त्यति वाकपटु हुन्छन्? म त मूर्ख नै रहेछु!’ अवचेतन रूपमा, तिनीहरूले आफूलाई अत्यन्तै बेकामे ठान्छन्, तर आफू त्यति बेकामे, र त्यति मूर्ख भएको स्वीकार गर्न इच्छुक हुँदैनन्। तिनीहरूले हृदयमा प्रायः आफैलाई सोध्छन्, ‘के म साँच्‍चै त्यति मूर्ख छु? के म साँच्‍चै त्यति अप्रिय छु?’ तिनीहरूका आमाबुबाले तिनीहरूलाई त्यति मन पराउँदैनन्, अनि तिनीहरूका दाजुभाइ-दिदीबहिनीले, शिक्षकहरूले, र कक्षाका साथीहरूले पनि तिनीहरूलाई मन पराउँदैनन्। अनि बेला बेलामा तिनीहरूका परिवारका सदस्य, आफन्त र साथीभाइहरूले तिनीहरूका बारेमा यसो भन्छन्, ‘ऊ होचो छ, उसका आँखा र नाक साना छन्, र यस्तो रूप भएकोले, ऊ हुर्केपछि उसले खासै केही गर्न सक्दैन।’ यस्तो किसिमको वातावरणमा, तिनीहरू सुरुमा आफ्नो हृदयमा प्रतिरोधी महसुस गर्छन् र बिस्तारै आफ्नै अपर्याप्तता र कमीकमजोरीहरू स्वीकार गर्छन् र मान्छन्, तर त्यसको साथसाथै तिनीहरूको हृदयको गहिराइमा एउटा नकारात्मक संवेग उत्पन्न हुन्छ। यो संवेगलाई के भनिन्छ? हीनताबोध(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१))। “सतही रूपमा, हीनताबोध मानिसहरूमा प्रकट हुने एउटा संवेग हो; तर वास्तवमा, यसको मूल कारण समाज, मानवजाति, र मानिसहरू जिउने वातावरण हो। यो मानिसहरूको आफ्‍नै वस्तुगत कारणहरूबाट पनि पैदा हुन्छ। समाज र मानवजाति शैतानबाट आएको हो भन्‍ने कुरा प्रस्टै छ, किनभने दुष्टको शक्तिको प्रभुत्वमा रहेर सबै मानवजातिले झूट बोल्छन्, तिनीहरू सबैलाई शैतानले भ्रष्ट तुल्याएको छ, र तिनीहरू कसैले पनि अर्को पुस्तालाई सत्यता वा परमेश्‍वरका शिक्षाहरूअनुसार शिक्षा दिन सक्दैनन्, बरु शैतानबाट आएका कुराहरूअनुसार शिक्षा दिन्छन्। त्यसकारण, अर्को पुस्ता र मानवजातिलाई शैतानका कुराहरू सिकाउनुको परिणामस्वरूप मानिसहरूको स्वभाव र सार भ्रष्ट हुनुअलावा, मानिसहरूमा नकारात्मक संवेगहरू पनि पैदा हुन्छ। यदि यसरी पैदा भएका नकारात्मक संवेगहरू क्षणिक हुन् भने, तिनले व्यक्तिको जीवनमा ठूलो असर पार्दैनन्। तैपनि, यदि कुनै नकारात्मक संवेगले मानिसहरूको हृदयको अन्‍तस्‍करणमा गहिरो जरा गाड्छ र यो नमेटिने गरी त्यहाँ टाँसिएर बसेको छ भने, र यदि तिनीहरूले यसलाई पूर्ण रूपमा बिर्सन वा त्याग्‍न सक्दैनन् भने, यसले अपरिहार्य रूपमै त्यो व्यक्तिको हरेक निर्णय, सबै मानिसहरू, घटनाहरू, र परिस्थितिहरूलाई लिने उसको तौरतरिका, सिद्धान्तका मुख्य मामलाहरू सामना गर्दा उसले गर्ने छनौट, र उसले आफ्‍नो जीवनमा लिने मार्गलाई असर पार्नेछ—वास्तविक मानव समाजले हरेक व्यक्तिमा पार्ने प्रभाव यही हो। अर्को पक्षचाहिँ मानिसहरूका आफ्‍नै वस्तुगत कारणहरू हुन्। अर्थात्, हुर्कँदै जाँदा मानिसहरूले पाउने शिक्षादीक्षा, तिनीहरूले स्विकारेका सबै सोच र विचारहरू अनि आफूलाई व्यवहारमा ढाल्‍ने सम्बन्धमा तिनीहरूले अँगालेका तौरतरिकाहरू, साथै विभिन्‍न मानव भनाइहरू सबका सब शैतानबाट आएका हुन्छन्, यहाँसम्‍म कि मानिसहरूसँग आफूले सामना गर्ने यी समस्याहरू सही दृष्टिकोण र अडानबाट सम्‍हाल्‍ने र हटाउनसमेत कुनै क्षमता हुँदैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१))। परमेश्‍वरका वचनहरू पढेपछि, मैले अन्ततः बुझेँ। मैले के महसुस गरेँ भने म ब्रदर-सिस्टरहरूसँगको भेलाको समयमा बाँधिएकी थिएँ किनभने ममा गहिरो हीनताबोध थियो। सानैदेखि, मेरो परिवारले सधैँ म कुरा गर्न वा ठूलाबडाहरूलाई खुसी पार्न सक्दिनँ, अरूसँग कुरा गर्दा म लजालु र हिचकिचाउने स्वभावको छु, अनि म अरूका छोराछोरीजस्तो स्पष्ट र आत्मविश्‍वासका साथ बोल्दिनँ भन्थ्यो। यी शब्दहरूको प्रभावमा, म के कुरामा सचेत भएँ भने मजस्तो राम्ररी बोल्न नसक्ने केटाकेटीलाई कसैले मन पराउँदैन, र स्पष्ट बोल्ने र मिलनसारहरूलाई मात्र अरूले मन पराउँछन्। फलस्वरूप, म अक्सर हीनताबोध गर्थेँ र अरू मानिसहरूबाट टाढा कुनाहरूमा लुक्न रुचाउँथेँ। अब मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्दा पनि, म अझै हीनताबोधबाट प्रभावित थिएँ। जब म राम्रो क्षमता र बलियो सञ्चार सीप भएका मानिसहरूसँग भेलामा उपस्थित हुन्थेँ, म हीनताबोध गर्थेँ र अक्सर आफैलाई इन्कार गर्थेँ। आफूले निश्चित मुद्दाहरू बुझ्दा पनि, म सङ्गति गर्ने आँट गर्दिनथेँ, र मैले सिस्टरहरूसँग मिलेर सहकार्य गर्न सङ्घर्ष गरेँ। यो हीनताबोधमा जिउँदा मेरो कर्तव्य निर्वाह गर्ने क्षमतामा साँच्चै असर पर्‍यो!

पछि, मैले परमेश्‍वरका वचनका दुई खण्डहरू पढेँ, र मैले यो हीनताबोध समाधान नगर्दाका परिणामहरूबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जब तँमा यो संवेग पैदा हुन्छ, तँलाई तँसँग जाने ठाउँ कहीँ छैन भन्‍ने लाग्छ। जब तैँले आफ्‍नो दृष्टिकोण व्यक्त गर्नुपर्ने समस्या सामना गर्छस्, तब आफूले भन्‍न चाहेको र आफ्‍नो हृदयको अन्‍तस्‍करणबाट व्यक्त गर्न चाहेको दृष्टिकोणबारे कति हो कति पटक विचार गर्छस्, तैपनि तँ यो कुरा मुख खोलेर बताउन सक्दैनस्। जब कसैले तेरो जस्तै दृष्टिकोण व्यक्त गर्छ, तँलाई हृदयमा यो कुराप्रति पक्‍का हुन्छ, र आफू अरूभन्दा खराब रहेनछु भन्‍ने कुरा पुष्टि भएको महसुस हुन्छ। तर जब फेरि त्यस्तै परिस्थिति आइपर्छ, तब तैँले अझै पनि मनमनै भन्‍नेछस्, ‘मैले कुनै कुरा पनि त्यतिकै बोल्‍नु हुँदैन, हतारमा केही गर्नु हुँदैन, नत्र म हाँसोको पात्र बन्‍नेछु। म असल छैनँ, म मूर्ख र निर्बुद्धि छु, र म बेवफ हुँ। मैले बोल्‍न होइन, बरु कसरी लुकेर चुपचाप सुन्‍ने, त्यो कुरा सिक्‍नुपर्छ।’ यसबाट हामी के देख्‍न सक्छौँ भने, हीनताबोध पैदा भएको क्षणदेखि यो व्यक्तिको हृदयको अन्‍तस्‍करणमा गाडिएर बस्‍ने अवस्थासम्‍म पुग्दा, के तिनीहरू परमेश्‍वरले तिनीहरूलाई दिनुभएको स्वतन्त्र इच्‍छा र वैध अधिकारहरूबाट वञ्‍चित भएका हुँदैनन् र? (हुन्छन्।) तिनीहरू यी कुराहरूबाट वञ्‍चित भएका हुन्छन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१))। “तिनीहरूलाई हीनताबोध हुने हुनाले, तिनीहरू मानिसहरूको अघि जाने आँट गर्दैनन्, र तिनीहरूले न त आफूले लिनुपर्ने दायित्व र जिम्‍मेवारी लिन सक्छन्, न त आफ्‍नो क्षमता र सामर्थ्यको क्षेत्रभित्र, र आफ्नो मानवताको अनुभवको क्षेत्रभित्र हासिल गर्न सक्‍ने कुराहरू पनि जिम्‍मा लिन नै सक्छन्। यो हीनताबोधको भावनाले तिनीहरूको मानवताको हरेक पक्षलाई प्रभाव पार्छ, यसले तिनीहरूको व्यक्तित्वलाई प्रभाव पार्छ, र अवश्यै यसले तिनीहरूको चरित्रलाई पनि प्रभाव पार्छ। अरू मानिसहरूसँग रहँदा, तिनीहरूले आफ्‍ना दृष्टिकोणहरू बिरलै व्यक्त गर्छन्, र तिनीहरूले आफ्‍नो दृष्टिकोण वा विचार प्रस्ट्याएको तैँले बिरलै सुन्छस्। जब तिनीहरूले कुनै समस्या सामना गर्छन्, तिनीहरू बोल्‍ने आँट गर्दैनन्, बरु निरन्तर लुरुक्‍क परेर पछि हट्छन्। थोरै मानिसहरू हुँदा, तिनीहरूले ती मानिसहरूमाझ बस्‍ने साहस बटुल्छन्, तर धेरै मानिसहरू छन् भने, मानिसहरूमाझ आउने आँट नभएर तिनीहरू कुनाको ठाउँ र उज्यालो कम भएको ठाउँतिर जान्छन्। जब तिनीहरूलाई आफू सही छु भन्‍ने कुरा देखाउन सक्रिय र सकारात्मक रूपमा केही भन्‍न र आफ्‍ना दृष्टिकोण र विचारहरू बताउन मन लाग्छ, तिनीहरूलाई त्यसो गर्ने आँटसमेत आउँदैन। जब तिनीहरूमा त्यस्तो विचार आउँछ, तब तिनीहरूमा हीनताबोधको भावना अचानक उर्लेर आउँछ, र तिनीहरूलाई नियन्त्रित गर्छ, दबाउँछ, र यसो भन्छ, ‘केही नभन्, तँ गतिलो छैनस्। आफ्‍ना दृष्टिकोणहरू व्यक्त नगर्, र आफ्‍ना विचारहरू आफैसँग राख्। यदि तेरो हृदयमा केही कुरा छ र तँलाई साँच्‍चै यो कुरा भन्‍न मन लागेको छ भने, यसलाई कम्प्युटरमा टिपोट गरेर राख् र मनमनै यसबारेमा गम्भीर मनन गर्। तैँले यो कुरा कसैलाई बताउनु हुँदैन। तैँले गलत कुरा भनिस् भने के गर्ने? त्यो साह्रै लाजमर्दो हुनेछ!’ यो आवाजले तँलाई यो नगर्, त्यो नगर्, यो नभन्, त्यो नभन् भन्दै तँलाई आफूले भन्‍न चाहेको हरेक शब्‍द लुकाउन बाध्य पार्छ। जब तँ आफूले हृदयमा लामो समयदेखि विचार गरेको कुरा भन्‍न चाहन्छस्, तँ पछि हट्छस् र भन्‍ने आँट गर्दैनस्, वा तँलाई यो कुरा भन्‍न लाज लाग्छ, किनभने तैँले यस्तो कुरा भन्‍नु हुँदैन भन्‍ने तँलाई विश्‍वास भएको हुन्छ, र तँलाई त्यो बेला त्यो कुरा बताइस् भने, तैँले कुनै नियम तोडेको वा कानुन उल्‍लङ्घन गरेको जस्तो भान हुन्छ। अनि, कुनै दिन तैँले आफ्‍नो दृष्टिकोण सक्रिय रूपमा व्यक्त गरिस् भने, तैँले भित्री रूपमा साह्रै व्याकुल र असहज महसुस गर्छस्। यो ठूलो असहज अनुभूति बिस्तारै हटेर जाने भए पनि, तेरो हीनताबोधको भावनाले तेरो बोल्‍न चाहने, र आफ्‍ना दृष्टिकोणहरू राख्‍न, सामान्य व्यक्ति र अरूजस्तै बन्‍न चाहने तेरा विचार, अभिप्राय र योजनाहरू बिस्तारै दबाइदिन्छ। तँलाई नबुझेका व्यक्तिहरूले तँलाई थोरै बोल्‍ने, शान्त बस्‍ने, लजालु चरित्रवाल, र भीडभन्दा माथि उठ्न नचाहने व्यक्ति ठान्छन्। जब तँ अरू धेरै मानिसहरूमाझ बोल्छस्, तँलाई लाज लाग्छ र तेरो अनुहार रातो बन्छ; तँ अलिक अन्तर्मुखी हुन्छस्, र वास्तवमा, तेरो हीनताबोधबारे तँलाई मात्रै थाहा हुन्छ। तेरो हृदय यो हीनताबोधको भावनाले भरिएको हुन्छ र यो भावना लामो समयदेखि रहेको हुन्छ, र यो कुनै क्षणिक भावना हुँदैन। बरु, यसले तेरो अन्तरात्माको गहिराइबाट तेरा विचारहरूमाथि कडा नियन्त्रण गर्छ, तेरो मुख पूरै बन्द गरिदिन्छ, र तेरो बुझाइ जति सही भए पनि, वा मानिसहरू, घटनाहरू, र परिस्थितिहरूप्रतिको तेरो दृष्टिकोण र विचार जे-जस्तो भए पनि, तैँले यसबारेमा सोच्‍ने र हृदयमा मनन गर्ने आँट मात्रै गर्छस्, अरूले सुन्‍ने गरी बोल्ने कहिल्यै आँट गर्दैनस्। अरूले तैँले भनेको कुरा अनुमोदन गरे पनि वा तेरो कुरा सच्याए पनि र तँलाई आलोचना गरे पनि, तँ त्यस्तो परिणाम सामना गर्ने वा देख्‍ने आँट गर्दैनस्। यस्तो किन हुन्छ? यस्तो किन हुन्छ भने तँभित्र रहेको हीनताबोधको भावनाले तँलाई यसो भनिरहेको हुन्छ, ‘त्यसो नगर्, तँ त्यसो गर्न लायक छैनस्। तँमा त्यस्तो क्षमता छैन, तँमा त्यसप्रकारको वास्तविकता छैन, त्यसकारण तैँले त्यसो गर्नु हुँदैन, र तँ त्यस्तो व्यक्ति हुँदै होइनस्। अहिले केही नगर् वा केही नसोच्। हीनताबोधमा बाँचेर मात्रै तँ आफ्‍नो वास्तविकमा जिइरहेको हुनेछस्। तँ सत्यता पछ्याउन वा आफ्‍नो हृदयको कुरा खोल्‍न र अरू मानिसहरूले जस्तै चाहेको कुरा बोल्दै अरूसँग जोडिन योग्य छैनस्। किनभने तँ गतिलो छैनस्, र तिनीहरूजत्तिको सिपालु छैनस्।’ यो हीनताबोधको भावनाले मानिसहरूको दिमागभित्रको सोचलाई निर्देशित गर्छ; यसले तिनीहरूलाई सामान्य व्यक्तिले पूरा गर्नुपर्ने दायित्व पूरा गर्नबाट र तिनीहरूले जिउनुपर्ने सामान्य मानवताको जीवन जिउनबाट रोक्छ, र यस क्रममा यसले मानिसहरू र परिस्थितिहरूलाई हेर्ने, र आफूलाई व्यवहारमा ढाल्‍ने र कार्य गर्ने तिनीहरूको तौरतरिका र माध्यम, अनि दिशा र उद्देश्यलाई पनि निर्देशित गर्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१))। परमेश्‍वरका घरमा आएदेखिको आफ्नो समयलाई फर्केर हेर्दा, मैले याद गरेँ जब मैले ब्रदर-सिस्टरहरूलाई भेला भएर खुलस्त भई सङ्गति गरेको देखेँ, मैले स्वतन्त्र महसुस गरेँ। नयाँ विश्वासीहरूलाई मलजल गर्दा, म आफ्नो बुझाइ सङ्गति गर्न सक्थेँ, र यसले नयाँ विश्वासीहरूलाई फाइदा पुग्थ्यो। तर जब म मिलनसार, र राम्रो क्षमता र बलियो सञ्चार सीप भएकाहरूलाई भेट्थेँ, मेरो हीनताबोध बाहिर निस्कन्थ्यो। उदाहरणका लागि, जब म वाङ लुसँग भेलामा उपस्थित हुन्थेँ, म उहाँमा राम्रो अभिव्यक्ति क्षमता छ र उहाँ मभन्दा स्पष्ट रूपमा सत्यता सङ्गति गर्नुहुन्छ भन्ने देख्थेँ, म आफूलाई उहाँभन्दा कमजोर ठान्थेँ। उहाँको सङ्गतिमा कमीकमजोरीहरू देखेर केही थप्न चाहे पनि, म बोल्ने आँट गर्न सक्दिनँथेँ, यदि मैले नराम्रोसँग बोलेँ भने मानिसहरू ममाथि हाँस्नेछन् भन्ने डरले, म पछि हट्थेँ। लि हुआ र वाङ लुसँग भेलामा उपस्थित हुँदा पनि त्यस्तै हुन्थ्यो। म पूरै भेलाभरि लाटी र बाहिरीया मान्छे जस्तै महसुस गर्थेँ, र म आफूले सङ्गति गर्न आवश्यक समयमा बोल्ने आँट गर्दिनँथेँ। मेरो मुख मेरो शरीरको हिस्सा भए तापनि, यसले महत्त्वपूर्ण क्षणहरूमा मेरो कुरा नै मान्दैनथ्यो। मण्डलीले मलाई सिस्टरहरूसँग मिलेर परमेश्‍वरका वचनहरू सङ्गति गर्न र नयाँ विश्वासीहरूको स्थिति र कठिनाइहरूलाई सम्बोधन गर्न भनेर नयाँ विश्वासीहरूलाई मलजल गर्ने अभ्यासको मौका दिएको थियो। तर म आफ्नो हीनताबोधले बाँधिएँ, र आफूले चाहेको कुरा सङ्गति गर्न सकिनँ। मैले आफ्नो कर्तव्यसमेत निर्वाह गर्न सकिनँ। के म पूरै बेकामे थिइनँ र? यो महसुस गरेपछि, मैले बुझेँ यदि म यी नकारात्मक भावनाहरूमा जिइरहेँ भने, यसले मेरो कर्तव्यमा असर पार्नेछ र यो मेरो जीवन प्रवेशका लागि ठूलो हानि हुनेछ। त्यसैले, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, यो हीनताबोधमा जिउँदा म धेरै दबिएको महसुस गर्छु। कृपया मलाई यी नकारात्मक भावनाहरू त्याग्न र आफ्नो भूमिका पूरा गर्न मार्गदर्शन गर्नुहोस्।”

पछि, मैले आफैलाई सोधेँ, “किन आफू राम्रो क्षमता भएका सिस्टरहरूको वरिपरि हुँदा, ममा सङ्गति गर्ने आँट हुँदैन?” एक दिन, मैले एक जना सिस्टरलाई आफ्नो स्थितिबारे खुलेर बताएँ, र उहाँले मलाई परमेश्‍वरका वचनको एक खण्ड पठाउनुभयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तँलाई परिवारका अग्रजहरूले ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,’ भनेर बारम्‍बार बताउँदा, यसको उद्देश्य तँलाई राम्रो प्रतिष्ठा पाउने, गर्वपूर्ण जीवन बिताउने, र आफूलाई अपमानित पार्ने काम नगर्ने कुरामा महत्त्व दिन लगाउनु हो। तर त्यसोभए यो भनाइले मानिसहरूलाई सकारात्मक तरिकाले डोर्‍याउँछ कि नकारात्मक तरिकाले? के यसले तँलाई सत्यतामा डोर्‍याउन सक्छ? के यसले तँलाई सत्यता बुझ्न अगुवाइ गर्न सक्छ? (अहँ, सक्दैन।) तैँले पूर्ण निश्‍चयसाथ ‘अहँ, सक्दैन’ भन्‍न सक्छस्! यसबारे सोच् त, मानिसहरूले इमान्दार मानिसहरूको व्यवहार गर्नुपर्छ भनेर परमेश्‍वर भन्‍नुहुन्छ। जब तैँले कुनै अपराध, वा कुनै गलत काम गरेको, वा परमेश्‍वरविरुद्ध विद्रोह गर्ने र सत्यताविरुद्ध जाने काम गरेको हुन्छस्, तब तैँले आफ्नो गल्ती स्विकार्न, आफैलाई बुझ्‍न, र साँचो पश्‍चात्ताप हासिल गर्नहेतु आफैलाई निरन्तर चिरफार गरिरहन, र त्यसपछि परमेश्‍वरको वचनअनुसार काम गर्न आवश्यक हुन्छ। त्यसकारण, यदि मानिसहरूले इमान्दार मानिसहरूको रूपमा व्यवहार गर्ने भने, के त्यो ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्‍ने भनाइसँग बाझिन्छ? (हो।) यो कसरी बाझिन्छ? ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्‍ने भनाइको उद्देश्य खराब वा बेइज्‍जतपूर्ण कुराहरू गर्नुको सट्टा वा आफ्‍नो कुरूप पक्ष खुलासा गर्नुको सट्टा मानिसहरूलाई आफ्‍नो उज्यालो र रङ्गिन पक्षमा बाँच्‍न र आफूलाई राम्रो देखाउने धेरै कामहरू गर्नमा महत्त्व दिन लगाउनु हो, र तिनीहरूलाई अभिमान वा मर्यादाबिना बाँच्नबाट रोक्‍नु हो। आफ्नो प्रतिष्ठाको खातिर, आफ्नो अभिमान र सम्मानको खातिर, कसैले पनि आफ्नो बारेमा सबै कुरा बकवास बनाउनु हुँदैन, अरूलाई आफ्नो कालो र लाजमर्दो पक्षहरूबारे बताउने त झन् कुरै नगरौँ, किनभने व्यक्ति अभिमान र मर्यादासाथ बाँच्नुपर्छ। मर्यादा प्राप्त गर्नको लागि व्यक्तिलाई राम्रो प्रतिष्ठा चाहिन्छ, र राम्रो प्रतिष्ठा प्राप्त गर्नको लागि व्यक्तिले नाटक गर्नुपर्छ र आफ्नो रूपरङ्ग राम्रो पार्नुपर्छ। के यो आफूलाई इमान्दार व्यक्तिको रूपमा व्यवहारमा ढाल्‍ने कार्यसँग बाझिन्छ? (हो।) जब तैँले आफूलाई इमान्दार व्यक्तिको रूपमा व्यवहारमा ढाल्‍छस्, तब तैँले गरिरहेको त्यो कार्य ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्‍ने भनाइको पूर्ण विपरीत हुन्छ। यदि तैँले आफूलाई इमान्दार व्यक्तिको रूपमा व्यवहारमा ढाल्न चाहन्छस् भने, घमण्डलाई महत्त्व नदे; व्यक्तिको घमण्डको मोल एक सुक्‍को नि हुँदैन। सत्यता सामना गर्दा, व्यक्तिले आफूलाई खुलासा गर्नुपर्छ, नाटक गर्ने वा झूटो छवि सिर्जना गर्ने गर्नु हुँदैन। व्यक्तिले परमेश्‍वरलाई आफ्ना साँचा विचारहरू, आफूले गरेका गल्तीहरू, सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने पक्षहरू, र यस्तै अन्य कुराहरू खुलासा गर्नुपर्छ, र यी कुराहरू आफ्ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसामु पनि खुलासा गर्नुपर्छ। यो आफ्‍नो प्रतिष्ठाको खातिर बाँच्‍नुसँग सम्‍बन्धित कुरा होइन, बरु यो त इमान्दार व्यक्तिको रूपमा आफूलाई व्यवहारमा ढाल्नको खातिर, सत्यता पछ्याउनको खातिर, सृष्टि गरिएको साँचो प्राणीको रूपमा जिउनको खातिर, र परमेश्‍वरलाई सन्तुष्ट पार्न र मुक्ति पाउनको खातिर बाँच्‍नुसँग सम्‍बन्धित कुरा हो। तर तैँले जब यो सत्यता बुझ्दैनस्, र जब परमेश्‍वरका अभिप्राय बुझ्दैनस्, तब तेरो परिवारले तँलाई अभ्यस्त पारी तँमाथि घुसाइदिएका कुराहरू नै हाबी हुन्छन्। त्यसकारण, जब तैँले कुनै गलत काम गर्छस्, तब यसलाई ढाकछोप गर्छस् र नाटक गर्दै यस्तो सोच्छस्, ‘मैले यसबारे केही भन्‍नु हुँदैन, र यसबारे थाहा पाउने अरू कसैलाई पनि मैले केही भन्‍न दिनेछैनँ। यदि तिमीहरूमध्ये कसैले केही भन्यौ भने, म तिमीहरूलाई त्यतिकै छोड्नेवाला छैनँ। मेरो प्रतिष्ठा नै पहिलो स्थानमा आउँछ। प्रतिष्ठाको खातिर बाँचिँदैन भने त्यसरी बाँच्नु व्यर्थ हो, किनभने यो अरू कुनै पनि कुराभन्दा महत्त्वपूर्ण छ। यदि कुनै व्यक्तिले आफ्नो प्रतिष्ठा गुमायो भने, उसले आफ्‍नो सबै मर्यादा गुमाउँछ। त्यसकारण, जस्तो छ त्यस्तै भन्‍नु हुँदैन, नाटक गर्नुपर्छ, कुराहरू ढाकछोप गर्नुपर्छ, नत्र आफ्नो प्रतिष्ठा र मर्यादा गुम्‍नेछ, र जीवन बेकार हुनेछ। यदि तिमीलाई कसैले पनि आदर गर्दैन भने, तिमी बेकार हौ, मूल्यहीन फोहोर हौ।’ के यस तरिकाले अभ्यास गरेर इमान्दार व्यक्तिको रूपमा आफूलाई व्यवहारमा ढाल्न सम्भव हुन्छ र? के पूर्ण रूपमा खुलस्त भएर आफैलाई चिरफार गर्नु सम्भव हुन्छ र? (अहँ, हुँदैन।) अवश्य नै, यसो गरेर तैँले ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्‍ने भनाइ पालन गरिरहेको हुन्छस्, जुन तेरो परिवारले सिकाइमार्फत तँमा हालिदिएको कुरा हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१२))। परमेश्‍वरका वचनहरूबाट, मैले महसुस गरेँ म सानैदेखि “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,” र “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” जस्ता शैतानी विषहरूबाट प्रभावित भएकी रहेछु। यी भनाइहरूले मलाई आडम्बर र इज्जतलाई धेरै महत्त्व दिने बनाएका थिए र बाल्यकालदेखि नै, म आफ्नो इज्जतमा हानि पुग्न सक्ने कुनै पनि कुराबाट टाढै रहेकी थिएँ। आफ्नो अन्तर्मुखी व्यक्तित्व र वाक्पटुताको कमीको सोचले, घरमा पाहुना आउँदा म, आफ्नो असहजता देखाउन डराउने हुँदा भागेर लुक्ने गर्थेँ। अहिले, वाङ लुसँग भेलामा उपस्थित हुँदा, जब म उहाँले आफूलाई कत्ति राम्ररी व्यक्त गर्नुभएको जबकि मेरा शब्दहरू भने लरबरिएका देख्थेँ, मलाई यदि मैले सङ्गति गरेँ भने, सिस्टरहरूले मलाई आफ्ना कुरा व्यक्त गर्न नसक्ने ठान्नेछन् र मैले आफैलाई लाजमा पार्नेछु भन्ने डर लाग्थ्यो, त्यसैले म बोल्ने आँट गर्दिनथेँ। परमेश्‍वर हामीलाई इमानदार मानिसहरू बन्न र आफ्नो कर्तव्यमा वफादार हुन भन्नुहुन्छ, तर मैले समस्याहरू देख्दा पनि सङ्गति गर्ने आँट गरिनँ किनभने म आफ्नो इज्जत जोगाउन चाहन्थेँ। मैले आफूले निर्वाह गर्न सक्ने कर्तव्यहरूसमेत निर्वाह गरिनँ, र मैले म आफ्नो इज्जतलाई धेरै महत्त्व दिइरहेकी छु भन्ने देखेँ। शैतानको यातनाले मलाई निष्ठा र सम्मानको सम्पूर्ण भावना गुमाउन बाध्य पारेको थियो। मैले गोप्य रूपमा सङ्कल्प गरेँ जब म फेरि यस्ता परिस्थितिहरूको सामना गर्नेछु, म सही अभिप्राय राख्नेछु र आफूलाई ढाक्ने वा लुकाउनेछैन, र म एक इमानदार व्यक्ति बन्न र आफ्ना कर्तव्यहरू पूरा गर्न खोज्नेछु!

पछि, मैले आफ्नो हीनताबोध समाधान गर्ने बाटो खोज्न जारी राखेँ। मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “कतिपय मानिसहरू सानैदेखि निकै अन्तर्मुखी हुन्छन्; तिनीहरूलाई कुरा गर्न मन पर्दैन र अरूसँग सङ्गत गर्न गाह्रो हुन्छ। तीस-चालीसको दशकमा पुगेका वयस्क अवस्थामा पनि, तिनीहरू अझै पनि यो व्यक्तित्वलाई जित्न सक्दैनन्: तिनीहरू अझै पनि बोल्नमा सिपालु हुँदैनन् वा शब्दहरू चलाउन सिपालु हुँदैनन्, न त तिनीहरू अरूसँग सङ्गत गर्नमा नै सिपालु हुन्छन्। तिनीहरू अगुवा बनेपछि, यो व्यक्तित्वको विशेषताले निश्‍चित हदसम्म तिनीहरूको कामलाई सीमित र अवरोध गर्छ, र यसले प्रायजसो तिनीहरूलाई हैरान र निराश तुल्याउँछ, तिनीहरूलाई अत्यन्तै बन्धनमा परेको महसुस गराउँछ। अन्तर्मुखी हुनु र बोल्न नचाहनु सामान्य मानवताको प्रकटीकरणहरू हुन्। ती सामान्य मानवताका प्रकटीकरणहरू भएका हुनाले, के तिनलाई परमेश्‍वरप्रतिका अपराधहरू मानिन्छ? अहँ, ती अपराधहरू होइनन्, र परमेश्‍वरले तिनलाई सही रूपमा लिनुहुनेछ। तेरा समस्या, खराबी, वा त्रुटिहरू जेसुकै भए पनि, यीमध्ये कुनै पनि परमेश्‍वरका नजरमा समस्याहरू होइनन्। तैँले सामान्य मानवताको अन्तर्निहित अवस्थाहरूअन्तर्गत रहेर कसरी सत्यता खोजी गर्छस्, सत्यता अभ्यास गर्छस्, सत्यता सिद्धान्तहरू अनुसार कार्य गर्छस्, र परमेश्‍वरको मार्ग पछ्याउँछस् भन्‍ने कुरा मात्रै परमेश्‍वर हेर्नुहुन्छ—परमेश्‍वर यी कुराहरू हेर्नुहुन्छ। त्यसकारण, सत्यता सिद्धान्तहरूसँग सम्बन्धित मामलाहरूमा, सामान्य मानवताको क्षमता, जन्मजात प्रवृत्ति, व्यक्तित्व, बानीबेहोरा, र जिउने शैली जस्ता आधारभूत अवस्थाहरूलाई तँलाई प्रतिबन्धित गर्न नदे। अवश्य नै, यी आधारभूत अवस्थाहरूलाई जित्ने प्रयास गर्नमा आफ्नो ऊर्जा र समय पनि निवेश नगर्, न त तिनलाई परिवर्तन गर्ने प्रयास नै गर्। उदाहरणका लागि, यदि तेरो व्यक्तित्व अन्तर्मुखी छ, र तँलाई बोल्न मन पर्दैन, र तँ शब्दहरू चलाउन सिपालु छैनस्, र तँ मानिसहरूसँग सङ्गत गर्न र अन्तरक्रिया गर्न सिपालु छैनस् भने, यीमध्ये कुनै पनि कुरा समस्या होइनन्। बहिर्मुखीहरूलाई कुरा गर्न मन पर्ने भए पनि, तिनीहरूले भन्‍ने सबै कुरा उपयोगी वा सत्यता अनुरूप हुन्छ भन्‍ने हुँदैन, त्यसकारण अन्तर्मुखी हुनु समस्या होइन र तैँले यसलाई परिवर्तन गर्ने प्रयास गर्नु पर्दैन। … तेरो मूल व्यक्तित्व जेसुकै भए पनि, त्यो तेरो व्यक्तित्व नै रहन्छ। मुक्ति प्राप्त गर्नका लागि आफ्नो व्यक्तित्व परिवर्तन गर्ने प्रयास नगर्; यो भ्रमपूर्ण विचार हो—तँमा जुनसुकै व्यक्तित्व भए पनि, त्यो वस्तुगत तथ्य हो, र तँ त्यसलाई परिवर्तन गर्न सक्दैनस्। यसका वस्तुगत कारणहरूका हिसाबमा भन्दा, परमेश्‍वरले आफ्नो काममा हासिल गर्न चाहनुहुने नतिजासँग तेरो व्यक्तित्वको कुनै सम्बन्ध हुँदैन। तैँले मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा पनि तेरो व्यक्तित्वसँग सम्बन्धित हुँदैन। यसका साथै, तँ सत्यता अभ्यास गर्ने र सत्यता वास्तविकता भएको व्यक्ति होस् कि होइनस् भन्ने कुरा तेरो व्यक्तित्वसँग सम्बन्धित हुँदैन। त्यसकारण, तैँले निश्‍चित कर्तव्य पूरा गरिरहेको छस् वा कामको निश्चित विषयवस्तुको सुपरिवेक्षकका रूपमा सेवा गरिरहेको छस् भन्दैमा आफ्नो व्यक्तित्व परिवर्तन गर्ने प्रयास नगर्—यो त्रुटिपूर्ण विचार हो। त्यसोभए तैँले के गर्नुपर्छ? तेरो व्यक्तित्व वा जन्मजात अवस्था जेसुकै भए पनि, तैँले सत्यता सिद्धान्तहरू पालन र अभ्यास गर्नुपर्छ। अन्ततः, परमेश्‍वर तैँले तेरो व्यक्तित्व, वा तँसँग रहेको अन्तर्निहित क्षमता, सीप, सक्षमता, वरदान, वा प्रतिभाका आधारमा तैँले उहाँको मार्ग पछ्याउँछस् कि पछ्याउँदैनस् वा तैँले मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा मापन गर्नुहुन्न, र अवश्य नै तैँले आफ्नो शारीरिक जन्मजात प्रवृत्ति र आवश्यकताहरूलाई कति हदसम्म नियन्त्रण गरेको छस् भन्‍ने कुरा पनि हेर्नुहुन्न। बरु, तैँले परमेश्‍वरलाई पछ्याउँदै र आफ्नो कर्तव्य पूरा गर्दै गर्दा, उहाँका वचनहरूको अभ्यास र अनुभव गरिरहेको छस् कि छैनस्, तँसँग सत्यता पछ्याउने स्वेच्छा र सङ्कल्प छ कि छैन, र अन्ततः, तैँले सत्यता अभ्यास गर्ने र परमेश्‍वरको मार्ग पछ्याउने कार्य हासिल गरेको छस् कि छैनस् भन्‍ने कुरा चाहिँ परमेश्‍वर हेर्नुहुन्छ। परमेश्‍वर यही कुरा हेर्नुहुन्छ। के तिमीहरूले यो कुरा बुझ्यौ? (हो, हामीले बुझ्यौँ।)” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्‍वरका वचनहरूबाट मैले बुझेँ, अन्तर्मुखी हुनु मानिसहरूमा हुने एक जन्मजात अवस्था हो र यो परमेश्‍वरको नजरमा कुनै समस्या होइन। परमेश्‍वरको काम मानिसहरूको भ्रष्ट स्वभाव परिवर्तन गर्नु हो, उनीहरूको क्षमता वा व्यक्तित्व बदल्नु होइन। मानिसहरूले आफ्नो जन्मजात अवस्थाहरूका आधारमा सत्यता अभ्यास गर्नुपर्छ र आफ्नो क्षमताले भ्याएसम्म आफ्ना कर्तव्यहरू निर्वाह गर्नुपर्छ, र अनुचित अभिप्रायहरूको सामना गर्दा, उनीहरूले ती अभिप्रायहरूविरुद्ध विद्रोह गर्नुपर्छ र परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्नुपर्छ। परमेश्‍वरले प्रेम गर्नुहुने यस्तै प्रकारका मानिसलाई हो। मैले के पनि बुझेँ भने मेरा कर्तव्यहरू परमेश्‍वरका सामु निर्वाह गरिनुपर्छ, र मैले कर्तव्य निर्वाह गर्दा, अरूले निरन्तर के सोच्छन् भन्ने चिन्ता लिनुहुँदैन। परमेश्‍वरको अनुमोदन पाउनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। म अन्तर्मुखी र बोल्नमा त्यति सिपालु नभए तापनि, मैले नयाँ विश्वासीहरूका केही स्थिति र समस्याहरू समाधानमा मद्दत गर्न सक्थेँ, र जब म परमेश्‍वरका वचनहरू सङ्गति गर्थेँ, नयाँ विश्वासीहरू बुझ्न र केही फाइदाहरू प्राप्त गर्न सक्षम हुन्थे। मेरो व्यक्तित्वका कमजोरीहरूले मलाई मेरा कर्तव्यहरू राम्ररी निर्वाह गर्नबाट रोकेनन्। साथै, मैले परमेश्‍वरमा विश्वास गरेको छोटो समय मात्र भएको थियो, त्यसैले मेरा कर्तव्यहरूमा कमीकमजोरी हुनु सामान्य थियो। मैले यसलाई सही रूपमा लिनुपर्थ्यो, मैले आफूले बुझेजति सङ्गति गर्नुपर्थ्यो, आफूलाई लुकाउने वा छिपाउने गर्नुहुँदैनथ्यो, र आफ्ना कमीकमजोरीहरू पूर्ति गर्न आफ्ना सहकर्मी सिस्टरहरूबाट सिक्नुपर्थ्यो। यसरी, म आफ्ना कर्तव्यहरू निर्वाह गर्न मात्र नभई, आफ्ना कमीकमजोरीहरूको परिपूर्ति पनि गर्न सक्छु। यो थाहा पाएपछि, मैले आफूमाथिको दबाब कम भएको महसुस गरेँ, र म आफ्नो गलत स्थिति परिवर्तन गर्न, र हाम्रा कर्तव्यहरू एक हृदय र एक मन भएर पूरा गर्न मेरा सहकर्मी सिस्टरहरूसँग मिलेर काम गर्न इच्छुक भएँ।

छिट्टै नै, मलाई मण्डलीको अगुवाको रूपमा छानियो र म सिस्टर लि हुईसँग सहकार्य गरिरहेकी थिएँ। लि हुई पहिले प्रचारक रहनुभएको थियो, र उहाँसँग राम्रो क्षमता र राम्रा कार्य सामर्थ्य थिए। उहाँसँग पहिलो पटक भेला हुँदा, एक जना सिस्टर खराब स्थितिमा थिइन्, र लि हुईले उहाँसँग परमेश्‍वरका वचनहरू सङ्गति गर्नुभयो, तर ती सिस्टरले त्यति धेरै बुझिनन्। मैले भर्खरै आफू उनकै जस्तो स्थितिबाट गुज्रेकी थिएँ भन्ने कुरा सोचेँ, त्यसैले मैले केही थप्न चाहेँ। तर मैले बोल्नका लागि मुख खोल्ने बित्तिकै, मेरो मुटुको धड्कन बढ्यो, र मैले आफूले भन्न चाहेको कुरालाई कसरी शब्दमा व्यक्त गर्ने भनेर सोचिरहेँ। यदि मैले राम्रोसँग सङ्गति गरिनँ भने लि हुईले मेरो बारेमा के सोच्नुहोला भनेर म चिन्तित भएँ, र मैले सोचेँ, “भैगो, छोडिदिऊँ, म उहाँको सङ्गति मात्र सुन्छु। यदि उहाँको सङ्गतिले त सिस्टरका समस्या समाधान गर्न सक्दैन भने, मेरो झन् कसरी पो राम्रो होला र?” यी विचारहरूले गर्दा, मैले कुनै बोझ महसुस गरिनँ, र मलाई अलि निद्रा समेत लाग्न थाल्यो। मैले मेरो स्थिति गलत छ, सिस्टरको स्थिति समाधान गर्न मद्दत गर्नु मेरो पनि कर्तव्य हो, र मैले आफूले बुझेको कुरा सङ्गति गर्न सक्दो प्रयास गर्नुपर्छ भन्ने महसुस गरेँ। त्यसैले मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मलाई यदि मैले राम्रोसँग सङ्गति गरिनँ भने, सिस्टरले मलाई तुच्छ ठान्नुहुनेछ भन्ने डर थियो, र म फेरि एक पिछलग्गू मात्रै बनेँ। हे परमेश्‍वर, म यसरी अगाडि बढ्न चाहन्नँ। कृपया मलाई मेरो देहविरुद्ध विद्रोह गर्न र सत्यता अभ्यास गर्न आवश्यक आस्था र साहस दिनुहोस्।” प्रार्थना गरेपछि, म धेरै शान्त भएँ, र मैले सोचेँ, “म एक नयाँ विश्वासी मात्र हुँ, त्यसैले मेरो सङ्गतिमा पक्कै पनि कमीकमजोरीहरू हुनेछन्, तर सिस्टर ममाथि हाँसे पनि, म आफूले बुझेको कुरा परमेश्‍वरको सामुन्ने सङ्गति गर्नेछु।” मैले अन्ततः सङ्गतिमा बोल्ने आँट जुटाएँ। मलाई अचम्म लाग्यो, मेरो सङ्गति मार्फत, ती सिस्टरले आफ्ना समस्याहरू चिन्न सकिन्, र मैले एकदमै ठूलो राहत महसुस गरेँ, र शब्दमा व्यक्त गर्न नसकिने सहजता र आनन्दको अनुभूति गरेँ। यो कदम चाल्न मलाई मार्गदर्शन गर्नुभएकोमा मैले इमानदारीपूर्वक परमेश्‍वरलाई धन्यवाद दिएँ। पछि, जब म राम्रो बोल्ने सिस्टरहरूसँग भेलामा उपस्थित भएँ, विगतमा जस्तो आफ्नो इज्जतको चिन्ताले मलाई बाँध्न छोड्यो, र म आफूले जति बुझ्थेँ त्यति नै सङ्गति गर्थेँ। यसरी अभ्यास गर्दा कत्ति राम्रो महसुस हुँदो रहेछ! परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

स्नेहले आफ्नो विवेक ढाक्न नदिऔँ

सिन जिङ, चीनसन् २०१५ को जुन महिनामा, म एउटा मण्डलीमा सुसमाचार डिकनको रूपमा सेवा गर्न गएँ। त्यसबेला लि जे नयाँ विश्वासीहरूलाई मलजल गर्ने...

मेरो बारेमा रिपोर्ट गरिएपछि

जुडी, दक्षिण कोरियासन् २०१६ को एक दिन, मैले मेरो बारेमा रिपोर्ट गरिएको पत्र अचानक प्राप्त गरेँ। यो पत्र मैले पहिले बर्खास्त गरेका दुई जना...

कर्तव्यमा सत्यता चाहिन्छ

मे २०२१मा, मैले नेतृत्वको भूमिका लिएँ, जसमा निकै वटा मण्डलीहरूका कामको जिम्मेवारी सम्हाल्नुपर्थ्यो। मैले निकै मूल्य चुकाउनुपर्छ र आफ्नो...

परमेश्‍वरका वचनहरूका आधारमा मानिसहरूलाई खुट्ट्याउनु

सिआङ्ग वाङ्ग, चीनहालै, मेरा सुपरभाइजर, मेङ्ग जीएले मलाई लि पिङ्गले सत्यता स्वीकार नगर्ने, सधैँ मानिस र कामकुराहरूको अतिविश्लेषण गरेर...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्