मैले कसरी ख्रीष्टविरोधीको रिपोर्ट गरेँ

25 फेब्रुअरी 2023

केही वर्षपहिले, म आफ्‍नो कर्तव्य पूरा गर्न अर्को सहरबाट आफ्‍नो स्थानीय मण्डलीमा फर्किएँ। अगुवा झाङ सिनले मलजल डिकन जियाओ लीयू हुन् भनेर भनेको सुनेपछि, म तीनछक परेँ। जियाओ लीयूले फुट पैदा गर्ने साथै मानिसहरूलाई दमन गर्ने र दण्ड दिने गर्थिन्, र मण्डलीमा शक्ति प्राप्त गर्नका लागि, उनी र केही दुष्कर्मीहरूले अगुवा र सेवकहरूलाई झूटा भनी आक्रमण गरेर मण्डलीमा कोलाहल मच्चाएका थिए भन्‍ने मलाई थाहा थियो। त्यो बेला, ब्रदर-सिस्टरहरूले उनको व्यवहारको आधारमा उनलाई दुष्कर्मीको रूपमा पहिचान गरेका थिए र उनलाई निकाल्‍न सामग्रीहरू तयार गरिरहेका थिए। अहिले किन उनी मलजल डिकन भएकी थिइन्? मैले झाङ सिनलाई सोधेँ, र उनले अहिले जियाओ लीयू परिवर्तन भएकी छिन् र उनले आफ्‍नो कर्तव्यमा बोझ लिएकी छिन्, र मैले वृद्धिलाई हेरेर उनलाई प्रेमपूर्वक हेर्नुपर्छ भनेर भनिन्। ममा शङ्‍काहरू भए पनि, म भर्खरै फर्केर आएकी थिएँ, त्यसकारण के भएको हो भन्‍ने मलाई थाहा थिएन, र अगुवाको रूपमा झाङ सिनले मानिसहरूलाई सिद्धान्तविपरीत छनौट गर्दिनन् भन्‍ने सोचेँ, त्यसकारण मैले थप सोधिनँ। झाङ सिनले उनीसँग पहिले अगुवाको रूपमा सहकर्मी रहेकी सिस्टर फेङले बर्खास्त भएदेखि कर्तव्य पूरा गरेकी छैनन् वा भेलाहरूमा सहभागिता जनाएकी छैनन् त्यसकारण तिनलाई हटाइनुपर्छ भनेर पनि उल्‍लेख गरिन्, र सिस्टर सिनले मलाई सिस्टर फेङको दुष्ट व्यवहारका उदाहरणहरू दिन अनुरोध गरिन्। यो कुराले गर्दा ममा शङ्का उब्जियो। सिस्टर फेङले आफ्‍नो कर्तव्यमा बोझ लिँदिनथिइन्। तिनी व्यावहारिक काम नगर्ने झूटो अगुवा थिइन्। तर बर्खास्त भएपछि पनि उनले सुसमाचार प्रचार गर्थिन्, साधारण कामकाजमा सहभागिता जनाउँथिन्, र दुष्कर्म गरिनन्। किन उनलाई हटाइने? यसबारे जति विचार गरेँ, मलाई यो कुरा त्यति नै गलत लाग्यो। विगतमा झाङ सिनसँग मेरो सम्पर्क हुँदा, बदला लिने उनको इच्‍छा निकै प्रबल थियो। एकपटक झाङ सिनले बोझ नलिई कर्तव्य पूरा गर्छिन् भनेर सिस्टर फेङले माथिल्‍लो तहका अगुवाहरूलाई रिपोर्ट गरेकी थिइन्। के उनले यस घटनाको कारण ईख बोकेकी थिइन् र सिस्टर फेङलाई बदला लिन चाहेकी हुन् त? त्यसो हो भने, झाङ सिनले सिस्टर फेङलाई दण्ड दिइरहेकी थिइन्, र त्यो दुष्कर्म थियो! तर मलाई सिस्टर फेङको अहिलेको व्यवहार कस्तो छ थाहा छैन, त्यसकारण झाङ सिनमा समस्या रहेछ भनेर म निश्‍चित हुन सक्दिनँ भन्‍ने पनि मलाई लाग्यो। मैले निश्‍चित रूपमा थाहा नपाइञ्‍जेलसम्‍म प्रतीक्षा गर्ने निर्णय गरेँ।

पछि मैले झाङ सिनले तथ्यहरू बङ्ग्याएर भेलाको अवधिमा सिस्टर फेङको आलोचना गरिन्, अनि एक जना सिस्टरले उनको खण्डन गर्दा, उनले ती सिस्टर र सिस्टर फेङलाई नेतृत्ववर्गलाई आक्रमण गर्न गुटबन्दी गरेको दोष लगाइन्, र ती सिस्टरलाई अलग गर्ने बन्दोबस्त मलाइन् भन्‍ने सुनेँ। सिस्टर फेङले अरूलाई प्रेमपूर्वक व्यवहार गर्छिन् भनेर अर्की सिस्टरले भनेको सुनेँ। त्यसपछि, झाङ सिनले ती सिस्टरको सुरक्षा खतरामा परेकोले तिनलाई तीन महिनाको लागि घरमा अलग बस्‍न लगाएकी हुन् भनेर झूट बोलिन्। साधारण मामिला रेखदेख गर्ने एक जना सिस्टर पनि थिइन्, जसले झाङ सिनलाई सल्‍लाह दिएको कारणले मात्रै पनि झाङ सिनले तिनलाई कर्तव्य गर्न रोकेकी थिइन्। म पनि छक्‍क परेँ। कसरी झाङ सिनलाई अलिकति पनि परमेश्‍वरको डर नभएको? उनले मानिसहरूलाई दमन गर्न अत्यन्तै धेरै दुष्कर्महरू गरेकी थिइन्। अनि उनको दमनमा परेकाहरू मण्डलीमा सत्यता पछ्याउने मानिसहरू थिए। झाङ सिनमा पक्‍कै पनि समस्या थियो। म सङ्गति गर्न र त्यो समस्या बुझ्‍न नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने सिस्टर लीकहाँ गएँ। सिस्टर लीले मलाई भनिन्, “जियाओ लीयूले पटक्कै पश्‍चात्ताप देखाउँदिनन्। उनले आफू सहभागी हुने हरेक भेलामा अझै पनि आफ्‍नो पक्षमा तर्क गरेर आफ्‍नो प्रतिरक्षा गर्छिन्, मण्डली जीवनमा बाधा दिन्छिन्। सिस्टर फेङ अगुवा हुँदा, उनले जियाओ लीयूको दुष्ट व्यवहारबारे जाँचपड्ताल गरेकी थिइन्, त्यसकारण सिस्टर फेङलाई बदला लिन चाहन्छु भनेर जियाओ लीयू भन्छिन्।” म आक्रोशित भएँ। जियाओ लीयूले पश्‍चात्ताप गरेकी छिन् भनेर झाङ सिनले वास्तवमा भनेकी थिइन्। उनले मण्डलीमा बाधा पुऱ्याउने दुष्कर्मीलाई माफ गरिरहेकी छिन् भन्‍ने स्पष्ट थियो। के यो झूटो नेतृत्वको प्रकटीकरण थिएन र? तर मैले के पनि सोचेँ भने, झाङ सिन अगुवा बनेको धेरै भएको छैन, र मैले उनलाई कुनै पनि सङ्गतिद्वारा सहयोग गरेकी छैनँ। मैले पहिले यी समस्याहरू उनलाई औँल्याइदिने निर्णय गरेँ। मैले झाङ सिनलाई भेटेपछि ती सिस्टरहरूलाई आफ्‍नो कर्तव्य पूरा गर्न नदिएर तपाईंले सिद्धान्तहरू उल्‍लङ्घन गर्नुभयो भनेर भनेँ। अनपेक्षित रूपमा, उनले मलाई चिच्याउँदै भनिन्, “कतिपय मानिसहरू मेरो कुरा मान्दैनन्, र मेरो पिठ्युँपछाडि मेरो बारेमा नराम्रो कुरा गर्छन्! मेरो बारेमा कसले कस्तो विचार राख्छ मलाई राम्ररी थाहा छ। तिनीहरूले मैले भनेको मान्दैनन् भने, गएर माथिल्‍लो तहका अगुवाहरूलाई यसको रिपोर्ट गर्नुहोस्! मैले गर्ने हरेक कुरा सही र उचित छ। कसैले मेरो बारेमा कुरा गरेर मलाई डर लाग्दैन।” तर उनको उग्र प्रतिक्रिया देख्दा मलाई निकै डर लाग्यो। अहिले, उनले नै मण्डलीमा अन्तिम निर्णय गर्थिन्, र उनले उनको कुरा नसुन्ने सबैलाई दमन गर्थिन् र दण्ड दिन्थिन्। उनी उत्पीडकबाहेक केही थिइनन्। मैले उनलाई एउटा समस्या औँल्याइदिएकी थिएँ, उनी त अत्यन्तै उग्र भइहालिन् यदि मैले समस्याहरू औँल्याएर उनलाई खुलासा गरिरहेँ भने, उनले मलाई आफ्‍नो कर्तव्य गर्न निषेध गर्छिन् भन्‍ने मलाई डर लाग्यो। यदि त्यसो भयो भने के मेरो जीवन कष्टमय हुँदैन र? त्यो विचार गरेपछि, मैले उनका समस्याहरू औँल्याउन छोडेँ। घर पुगेपछि, मलाई निकै ग्लानि भयो। एक जना दुष्कर्मीले मण्डलीमा बाधा दिइरहेको थियो, र ब्रदर-सिस्टरहरू दमनमा परिरहेका थिए। झाङ सिनले समस्या सुल्झाउनुको सट्टा मानिसहरूलाई दमन गरिरहेकी थिइन्, र मैले उनको समस्या औँल्याइदिँदा, उनले त्यो स्वीकार गरिनन्। मैले यो परिस्थितिबारे माथिल्‍लो तहका अगुवाहरूलाई रिपोर्ट गर्नुपर्छ भन्‍ने मलाई थाहा थियो। त्यसपछि, म सिस्टर लीलाई भेट्न गएँ। हामीले रिपोर्ट पत्र लेख्‍नेसम्‍बन्धी सिद्धान्तहरूबारे छलफल गर्‍यौँ र झाङ सिनको रिपोर्ट गर्ने तयारी गर्‍यौँ। तर हामीले झाङ सिनको दुष्ट व्यवहारबारे लेखेर दिन तयारी गरेपछि, मलाई फेरि हिचकिचाहट भयो। यदि झाङ सिनले हाम्रो रिपोर्ट पत्रबारे थाहा पाइन्, र हामीलाई दोष दिइन्, झूटो आरोप लगाइन्, र बहिष्कार गरिन् भने हामीले के गर्ने? मलाई बहिष्कार गरियो भने मैले कसरी मुक्ति पाउन सक्छु र? यसबारे सोचेर, मैले लामो समयसम्‍म पत्र हस्तान्तरण गरिनँ। तर मण्डलीमा कोलाहल भएको देखेपछि, यसबारे रिपोर्ट नगरेकोमा मलाई नराम्रो लाग्यो।

एक दिन राती म सिस्टर लीको घरमा गएको बेला, झाङ सिन अचानक आइन्, र मण्डलीमा उनको बारेमा खुलासा गरेको भन्दै सिस्टर लीलाई आक्रमक शैलीमा दोष लगाइन्। उनको दुष्ट मनोवृत्ति देख्दा, मलाई निकै रिस उठ्यो। उनी साँच्‍चै नै अत्यन्तै अत्याचारी रहेछिन्। उनले मण्डलीमा पागलजस्तो आक्रमक भइरहेकी थिइन्, र पनि अरूलाई उनको बारेमा खुलासा गर्न निषेध गर्थिन्। मानिसहरूसँग बोल्‍ने अधिकारसमेत थिएन, र पूरै मण्डली उनको नियन्त्रणमा थियो। मैले मण्डलीको कामको रक्षा गर्न न्यायको लागि खडा भएर झाङ सिनलाई खुलासा गर्नुपर्थ्यो। तर उनी अति अहङ्कारी छिन्, उनले कसैको कुरा सुन्दिनन् र उनमा बदला लिने तीव्र इच्‍छा जाग्छ भन्‍ने सोचेर, यदि मैले उनलाई रिस उठाएँ भने, दण्ड पाउने अर्को व्यक्ति म हुन सक्छु भन्ने मलाई लाग्यो। उनले मलाई बहिष्कार गराउन कुनै पनि आरोप लगाउन सक्छिन्। म अत्यन्तै दोधारमा परेँ, त्यसकारण मैले मनमनै परमेश्‍वरलाई साहस र आत्मविश्‍वास माग्दै पुकारेँ। मलाई परमेश्‍वरको यो वचन याद आयो, “प्रत्येक मण्डलीमा त्यस्ता व्यक्तिहरू हुन्छन् जसले मण्डलीका लागि समस्या उत्पन्न गर्छन् वा परमेश्‍वरको काममा हस्तक्षेप गर्दछन्। तिनीहरू सबै शैतानहरू हुन् जो छली-भेसमा परमेश्‍वरको घरमा पसेका छन्। … यस्ता मानिसहरू मण्डलीमा प्रशस्तै हुन्छन्, तिनीहरूले आफ्नो नकारात्मकता फैलाउँछन्, मृत्यु पोखाउँछन्, उनीहरूलाई जे मन लाग्छ त्यही गर्छन्, जे मन लाग्छ त्यही बोल्छन् र उनीहरूलाई रोक्ने हिम्मत कसैले पनि गर्दैन। तिनीहरू शैतानको स्वभावले भरिन्छन्। तिनीहरूले गडबडी गरेका लगत्तै मण्डलीमा मृत्युको हावा प्रवेश गरिहाल्छ। मण्डलीभित्र सत्यको अभ्यास गर्नेहरूलाई तिरस्कार गरिन्छ, र उनीहरू सबै कुरा दिन असमर्थ हुन्छन् भने मण्डलीमा बाधा दिने र मृत्यु फैलाउनेहरू जताततै दगुर्छन्—अनि, यति मात्र होइन, धेरै जना मानिसले उनीहरूलाई पछ्याउँछन्। त्यस्ता मण्डलीहरूमा शैतानले नै शासन गर्छ, जुन स्पष्ट र सरल कुरा हो; शैतान तिनीहरूको राजा हो। यदि विश्‍वासीहरू खडा हुँदैनन् र प्रमुख भूतात्माहरूलाई इन्कार गर्दैनन् भने तिनीहरू पनि ढिलो वा छिटो नाश हुनेछन्। अबदेखि उसो, त्यस्ता मण्डलीहरूको विरुद्धमा कारबाही गर्नुपर्छ। यदि थोरै सत्य अभ्यास गर्न सक्षम व्यक्तिहरूले खोजी गरेनन् भने त्यो मण्डलीलाई हटाइनेछ। यदि कुनै मण्डलीमा सत्यको अभ्यास गर्न इच्छुक र परमेश्‍वरको गवाही दिन सक्ने कोही छैन भने त्यो मण्डलीलाई पूर्ण रूपमा अलग गर्नुपर्दछ, र अरू मण्डलीहरूसँग त्यसको सम्बन्ध विच्छेद गर्नुपर्दछ। यसलाई ‘मृत्युलाई गाड्नु’ भनिन्छ; शैतानलाई तिरस्कार गर्नु भनेको यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। परमेश्‍वरको वचनले मलाई साहस र बल दियो, र मलाई उप्रान्त डर लागेन। परमेश्‍वरको धर्मी स्वभावले कुनै पनि अपराध सहँदैन, र त्यस्ता चरम दुष्कर्मी र ख्रीष्टविरोधीहरूलाई परमेश्‍वरले घृणा र तिरस्कार मात्रै गर्नुहुन्छ! तिनीहरूले मण्डलीमा केही समयसम्‍म शक्ति हात परेर बिगबिगी मच्चाए पनि, अन्त्यमा तिनीहरूलाई खुलासा गरेर हटाइन्छ। परमेश्‍वरका वचनहरू अत्यन्तै स्पष्ट छन्। जब मण्डलीमा दुष्ट र ख्रीष्टविरोधीहरूले शक्ति हात पार्छन्, तब कसैले पनि सत्यता अभ्यास गरेन भने, यी मानिसहरूले मण्डलीमा व्याप्त दुष्ट शक्तिहरूलाई अनदेखा गरिरहेका हुन्छन्। त्यस्तो मण्डलीमा शैतानले शासन गरेको हुन्छ, र सदस्यहरूले पश्‍चात्ताप गरेनन् भने, परमेश्‍वरले तिनीहरूलाई त्याग्‍नुहुनेछ र हटाउनुहुनेछ। म स्तब्ध भएँ। झाङ सिन मण्डलीमा ब्रदर-सिस्टरहरूलाई आक्रमण गर्ने र दण्ड दिने उत्पीडक थिइन्, तैपनि म आफ्नो रक्षा गर्न, यसलाई खुलासा गरेर रोक्‍न खडा भइनँ, तर उनलाई र जियाओ लीयूलाई दुष्कर्म गर्न र मण्डलीमा बाधा पुऱ्याउन दिएँ। म पनि परमेश्‍वरको प्रतिरोध गर्दै शैतानको पक्षमा उभिरहेकी थिएँ। म तिनीहरूको दुष्टतामा सहभागी थिएँ। यो महसुस गरेपछि, मैले झाङ सिनलाई दुष्कर्मीको रक्षा गरेको, अरूलाई दण्ड दिन आफ्‍नो पदको दुरुपयोग गरेको, र ख्रीष्टविरोधीको मार्ग अपनाएकोमा खुलासा गर्ने साहस बटुलेँ। यो सुनेपछि, झाङ सिन निरुत्तर भइन्। उनले तुरुन्तै विषय परिवर्तन गरिन्, सिस्टर फेङलाई मण्डलीमा फर्काएर ल्याउन सहमत भइन्, त्यसपछि उनी गइन्।

त्यसपछि, परमेश्‍वरका वचनहरूका केही खण्डबाट मैले केही समझ प्राप्त गरेँ, र मैले झाङ सिनको सारलाई अझ स्पष्‍ट रूपमा देख्‍न सकेँ। परमेश्‍वरको वचनले भन्छ, “ख्रीष्टविरोधीको सबैभन्दा स्पष्ट देखिने एक विशेषता भनेको तिनीहरू आफ्नै तानाशाह चलाइराखेको तानाशाहीजस्तै हुन्छन्; तिनीहरूले अरू कसैको कुरा सुन्दैनन्, तिनीहरूले हरेक व्यक्तिलाई नीच ठान्छन्, र मानिसहरूको सामर्थ्य जस्तोसुकै भए पनि, वा तिनीहरूले जेसुकै भने वा गरे पनि, वा तिनीहरूसँग जस्तोसुकै अन्तर्दृष्टि र विचारहरू भए पनि, ख्रीष्टवरोधीहरूले कुनै ध्यान दिँदैनन्; यस्तो लाग्छ मानौँ तिनीहरूसँग मिलेर काम गर्न वा तिनीहरूले गर्ने कुनै काममा सहभागी हुन कोही पनि लायक छैन। ख्रीष्टविरोधीको स्वभाव नै यस्तै हुन्छ। कतिपय मानिसहरू यसलाई कमजोर मानवता हुनु भनी भन्छन्—कसरी यो साधारण कमजोर मानवता मात्र हुन सक्छ र? यो त सम्पूर्ण रूपमा सैतानी स्वभाव हो; यस प्रकारको स्वभाव अत्यन्तै उग्र हुन्छ। म किन तिनीहरूको स्वभाव अत्यन्तै उग्र हुन्छ भनेर भन्दै छु त? ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घर र मण्डलीका हितहरूलाई आफ्नै हित ठान्छन्, कसैको हस्तक्षेपविना सम्पूर्ण रूपमा आफैले व्यवस्थापन गर्नुपर्ने व्यक्तिगत सम्पत्ति सोच्छन्। मण्डलीको काम गर्दा तिनीहरूले सोच्ने भनेकै तिनीहरूका आफ्नै हित, तिनीहरूका आफ्नै हैसियत, र तिनीहरूका आफ्नै छवि मात्र हुन्। तिनीहरूले कसैलाई पनि आफ्ना हितहरूमा हानि गर्न दिँदैनन्, क्षमता भएको र आफ्‍ना अनुभवहरू र गवाही बताउन सक्‍ने कसैलाई आफ्नो हैसियत र प्रतिष्ठामा चुनौती दिन दिनु त परको कुरा हो। त्यसकारण, तिनीहरूले अनुभवहरू र गवाही बताउन सक्‍ने, साथै सत्यता सङ्गति गर्न र परमेश्‍वरका चुनिएका जनलाई भरणपोषण गर्न सक्‍नेहरूलाई प्रतिस्पर्धीहरू ठानी कमजोर बनाउने र बहिष्कार गर्ने प्रयास गर्छन्, र तिनीहरूले उनीहरूलाई अरू सबैबाट अलग गर्ने, तिनीहरूको नाममा हिलो छयाप्‍ने, र तिनीहरूलाई लडाउने उन्माद प्रयास गर्छन्। त्यसपछि मात्रै ख्रीष्टविरोधीहरूले शान्ति महसुस गर्छन्। … के तिनीहरूले परमेश्‍वरको घरको हितको बारेमा सोचिरहेका हुन्छन् त? हुँदैनन्। तिनीहरूले के सोचिरहेका हुन्छन्? तिनीहरूले आफ्‍नो हैसियत कसरी कायम राख्‍ने त्यो मात्रै सोच्छन्। आफूले वास्तविक काम गर्न नसक्‍ने कुरा तिनीहरूलाई थाहा भए पनि, तिनीहरूले सत्यताको खोजी गर्ने असल क्षमता भएका मानिसहरूलाई जगेर्ना वा प्रवर्धन गर्ने गर्दैनन्; तिनीहरूले प्रवर्धन गर्ने मानिसहरू त केवल तिनीहरूको चापलुसी गर्ने, अरूको आराधना गर्न तयार हुने, तिनीहरूलाई आफ्‍नो हृदयदेखि प्रशंसा र आदर गर्ने, चिप्‍लो घस्‍ने, सत्यता नबुझ्‍ने र असल-खराब छुट्याउन नसक्‍ने मानिसहरू हुन्। ख्रीष्टविरोधीहरूले आफ्नो सेवा गराउन यी मानिसहरूलाई बढुवा गरेर आफ्‍नो पक्षमा ल्याउँछन्, अनि यिनीहरूले तिनीहरू जता गए पनि तिनीहरूलाई नै साथ दिन्छन्, र हरदिन तिनीहरूले भनेकै कुरा गर्छन्, र यसले ख्रीष्टविरोधीहरूलाई मण्डलीमा शक्ति दिन्छ, र धेरै मानिसहरूलाई तिनीहरूको नजिक जाने, र तिनीहरूलाई पछ्याउने तुल्याउँछ, र कसैले पनि तिनीहरूलाई निन्दा गर्ने आँट गर्दैन। ख्रीष्टविरोधीहरूले वृद्धि-विकास गर्ने ती सबै मानिसहरू सत्यताको खोजी नगर्ने मानिसहरू हुन्छन्। यिनीहरूमध्ये धेरैजसोले आत्मिक मामलाहरू बुझेकै हुँदैनन् र नियम पालना गर्नेबाहेक यिनीहरूलाई केही आउँदैन। यिनीहरू प्रचलन र शासकहरूको पछि लाग्‍न मन पराउँछन्। यिनीहरू मालिक शक्तिशाली भएपछि साहस पाउनेहरू, अर्थात् लफङ्गे झुण्ड हुन्। ख्रीष्टविरोधीहरूले आफूलाई यस्ता मानिसहरूका धर्मपिता बनाएका हुन्छन्, र यिनीहरूलाई आफूले भनेको कुरा मान्‍ने बनाएका हुन्छन्। जबजब मण्डलीमा ख्रीष्टविरोधीले शक्ति पाउँछ, तबतब उसले सधैँ मूर्ख र उत्पीडकहरूलाई नियुक्त गर्छ, जबकि सत्यता बुझ्‍न र अभ्यास गर्न सक्‍ने, र कामको जिम्मा लिन सक्‍ने क्षमतावान् मानिसहरूलाई, विशेष गरी व्यवहारिक काम गर्न सक्‍ने अगुवा र सेवकहरूलाई भने बहिष्कार र दमन गर्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ८: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग एक))। “ख्रीष्टविरोधीले मतविरोधीहरूका रूपमा हेर्ने मानिसहरू को हुन्? कम्तीमा पनि, तिनीहरू ख्रीष्टविरोधीलाई अगुवाको रूपमा गम्‍भीरतासाथ नलिने मानिसहरू हुन्; तिनीहरू ख्रीष्टविरोधीहरूलाई आदर वा आराधना नगर्ने, तिनीहरूलाई साधारण व्यक्तिको रूपमा हेर्ने मानिसहरू हुन्। त्यो एउटा प्रकार हो। त्यसपछि सत्यतालाई प्रेम गर्ने, सत्यताको खोजी गर्ने, आफ्‍नो स्वभाव परिवर्तन गर्न खोज्‍ने, र परमेश्‍वरप्रतिको प्रेमको खोजी गर्ने मानिसहरू छन्; तिनीहरूले ख्रीष्टविरोधीको भन्दा फरक मार्ग अपनाउँछन्, र ख्रीष्टविरोधीको नजरमा तिनीहरू मतविरोधीहरू बन्छन्। त्यसबाहेक, ख्रीष्टविरोधीलाई सुझाव दिने र तिनीहरूलाई खुलासा गर्न आँट गर्ने, वा तिनीहरूको भन्दा फरक विचार राख्‍ने मानिसहरूलाई ख्रीष्टविरोधीले मतविरोधीहरूको रूपमा हेर्छ। अनि अर्को प्रकारका मानिसहरू पनि हुन्छन्: जो क्षमता र सक्षमतामा ख्रीष्टविरोधीजत्तिकै हुन्छन्, जसको बोलीवचन र व्यवहारको क्षमता तिनीहरूको जत्तिकै हुन्छ, वा जसलाई ख्रीष्टविरोधीले आफूभन्दा उच्‍च र आफूलाई पहिचान गर्न सक्षम ठान्छ। ख्रीष्टविरोधीको लागि, यो स्वीकार गर्ने हदभन्दा बाहिरको कुरा, र उसको हैसियतको निम्ति खतरा हुन्छ। यस्ता मानिसहरू ख्रीष्टविरोधीका सबैभन्दा ठूला मतविरोधीहरू हुन्। ख्रीष्टविरोधीले यस्ता मानिसहरूलाई बेवास्ता गर्ने वा थोरै लचक बन्‍न पनि आँट गर्दैनन्। तिनीहरू यस्ता मानिसहरूलाई काँडाको रूपमा हेर्छन्, र यस्ता मानिसहरूका विरुद्धमा सधैँ सचेत र सतर्क रहन्छन्। आफूले गर्ने हरेक कुरामा तिनीहरू यस्ता मानिसहरूबाट टाढा बस्छन्। जब ख्रीष्टविरोधीले कुनै मतविरोधीले उसलाई पहिचान र खुलासा गर्न लागेको देख्छ, तब तिनीहरू एकदमै अत्तालिन्छन्; यस्तो व्यक्तिलाई बहिस्कार र आक्रमण गर्न उसलाई यति तीव्र इच्‍छा हुन्छ कि त्यस मतविरोधीलाई मण्डलीबाट ननिकालिञ्‍जेलसम्‍म उसलाई चित्त बुझ्दैन। यस्तो मानसिकता र यस्ता कुराहरूले भरिएको हृदय लिएर, तिनीहरूले कस्ता कुराहरूचाहिँ गर्न सक्छन्? के तिनीहरूले ब्रदर-सिस्टरहरूलाई शत्रुको रूपमा हेर्ने, र तिनीहरूलाई खसाल्‍ने र निकाल्‍ने उपायहरू सोच्‍ने गर्छन्? अवश्य नै गर्छन्। के तिनीहरूले यस्तो काम गर्न सक्‍नु सबैभन्दा दुष्ट काम होइन र? के यो परमेश्‍वरको स्वभावविरुद्धको उल्‍लङ्घन होइन र?(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु २: असहमत हुनेहरूलाई तिनीहरूले आक्रमण र निष्कासन गर्छन्)। ख्रीष्टविरोधीहरूको प्रकृति विशेष गरी दुष्ट र उग्र हुन्छ। तिनीहरूले एकाधिकार शक्ति हात परेर स्वतन्त्र राज्य स्थापना गर्नका लागि, आफूलाई मन पर्ने मानिसहरूलाई दाहिने हात बनाउन बढुवा दिन्छन्, र कसैले तिनीहरूका कमीकमजोरी औँल्यायो, तिनीहरूलाई खुलासा गर्‍यो, वा तिनीहरूको हैसियतलाई जोखिममा पार्‍यो भने, तिनीहरूले त्यस्ता मानिसहरूलाई बाटाको काँडा ठान्छन्, आफूले सक्‍ने कुनै पनि माध्यम प्रयोग गरेर तिनीहरूलाई आक्रमण र बहिष्कार गर्छन्, र मण्डलीबाट समेत निकाल्छन्। ख्रीष्टविरोधीहरूको सार दुष्कर्मीहरूको सार हो। तिनीहरू सत्यतादेखि थाक्छन् र तिनीहरूमा विवेक वा समझ हुँदैन, र तिनीहरूले अरूलाई जति नै दण्ड दिए पनि, तिनीहरूलाई दोषी भावनाले पिरोल्दैन। झाङ सिनको व्यवहारलाई हेर्दा, अगुवा भएर पनि, उनले मण्डलीको कामलाई कायम राखेकी थिइनन्, र उनले मण्डलीलाई नियन्त्रण गर्न अनि विरोधीहरूलाई आक्रमण गरेर बहिष्कार गर्नका लागि साथीहरू बनाउन आफ्‍नो शक्तिको दुरुपयोग गरेकी थिइन्। जियाओ लीयू दुष्कर्मी थिइन् र तिनलाई बहिष्कार गर्नुपर्थ्यो, तर तिनले झाङ सिनको प्रतिरक्षा गर्ने भएकोले, झाङ सिनले तिनलाई बढुवा दिएकी थिइन् र तिनलाई दोषमुक्त गर्न विभिन्‍न कारणहरू खोजेकी थिइन्। तैपनि सिस्टर फेङले उनका समस्याहरू औँल्याइदिँदा, उनले ईख बोकेकी थिइन्। सिस्टर फेङलाई बर्खास्त गरिएपछि, झाङ सिनले बदला लिने मौका देखिन्, त्यसकारण सिस्टर फेङलाई मण्डलीबाट निकाल्‍न आफूले सक्‍ने सबै गरिन्। सिस्टर फेङलाई दोष दिने कार्यमा अरू केही सिस्टरहरू उनको पछि नलागेपछि, उनले तिनीहरूलाई दमन गरिन् र दण्ड दिइन्। झाङ सिन दुष्ट र उग्र थिइन्, उनको हैसियतलाई खतरामा पार्ने वा उनले भनेको नमान्‍ने जोकोहीलाई उनी दण्ड दिन्थिन्, र उनी मण्डलीमा बिगबिगी मच्चाउने उत्पीडक थिइन्, जसलाई कुनै पछुतो हुँदैनथियो। उनी असली ख्रीष्टविरोधी थिइन्। हामीले झाङ सिनको वास्तविकता थाहा पाएपछि रिपोर्ट पत्र हस्तान्तरण गर्‍यौँ।

चाँडै नै झाङ सिनले हामीलाई बदला लिइन्। झाङ सिनले म खतरामा छु भनेर मलाई घरमा अलग राखिन्, अनि सिस्टर ली र सिस्टर यूआनलाई झाङ सिनको वास्तविकता थाहा भएको हुनाले, तिनीहरू दुवैलाई पनि घरमा अलग राखिन्। केही समयपछि, झाङ सिनले म र सिस्टर लीलाई नेतृत्वको लागि लडाइ गरेको, अनि मण्डलीमा कोलाहल मच्‍चाएको, र दुष्कर्मी भन्दै झूटो आरोप लगाइन्, त्यसपछि ब्रदर-सिस्टरहरूलाई हामीलाई इन्कार गर्नू भनेर भनिन्। कतिपय ब्रदर-सिस्टरहरूले कुरा नबुझी झाङ सिनको कुरा माने र मलाई बाटोमा देख्दा रुखो तरिकाले बेवास्ता गरे। यस्तो हुँदा, मलाई मन दुख्यो र ममाथि अन्याय भएको महसुस भयो। सत्यता अभ्यास गरेपछि, किन हामीलाई दुष्टका शक्तिहरूले दमन गरेको, दण्ड दिएको, र झूटो आरोप लगाएको, र दुष्कर्म गरेर पनि किन झाङ सिन मण्डलीमा फस्टाउन सकेको? किन ब्रदर-सिस्टरहरूले हामीलाई गलत बुझेर इन्कार गरे? म पीडामा थिएँ, र भविष्यमा म आफ्‍नो मार्गमा कसरी हिँड्छु मलाई थाहा थिएन, अनि म नकारात्मकतामा फसेकी थिएँ। ती दिनहरूमा सिस्टरहरूले भेलाहरूमा झाङ सिनको व्यवहारलाई बुझ्दा, मलाई बोल्‍न मन लाग्दैनथियो। म सोच्थेँ, “म झाङ सिनलाई खुलासा गर्न खडा भएँ, तर मलाई दमन गरियो, अनि अगुवा बन्‍न चाहेको भन्दै मलाई मेरा ब्रदर-सिस्टरहरूले गलत रूपमा बुझे। अहिले मलाई अलग गरिएको छ र दबाइएको छ। मेरो पक्षमा कसले बोल्ने? होस्, म मण्डलीको मामिलामा चिन्ता गर्न चाहन्‍नँ।” मलाई विशेष रूपमा कमजोर महसुस भइरहेको थियो, र म गहिरो आत्मिक अन्धकारमा थिएँ। पीडामा, मैले धेरैपटक आँसु झार्दै घुँडा टेकेर परमेश्‍वरलाई भनेँ, “हे परमेश्‍वर! यो परिस्थितिमा म पीडामा छु। मण्डलीका हितहरूको रक्षा गर्न सत्यता अभ्यास गर्दा किन मलाई दमन र इन्कार गरिँदै छ? हे परमेश्‍वर, बिन्ती छ मलाई बाटो देखाउनुहोस्, ताकि मैले तपाईंको इच्‍छा बुझ्‍न सकूँ।”

पछि, मैले परमेश्‍वरको वचनमा यो कुरा पढेँ, “वास्तविक जीवनका समस्याहरू सामना गर्ने क्रममा, तैँले परमेश्‍वरको अख्तियार र उहाँको सार्वभौमिकतालाई कसरी जान्‍नु र बुझ्‍नुपर्छ? जब तैँले यी समस्याहरू सामना गर्छस् तर तिनलाई कसरी बुझ्‍ने, सम्हाल्ने, र अनुभव गर्ने भन्‍ने तँलाई थाहा हुँदैन, तब समर्पित हुने तेरो अभिप्रायलाई, समर्पित हुने तेरो इच्‍छालाई, र परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तप्रतिको तेरो समर्पणको वास्तविकतालाई प्रदर्शित गर्न तैँले कस्तो मनोवृत्ति अपनाउनुपर्छ? पहिले, तैँले प्रतीक्षा गर्न सिक्‍नुपर्छ; त्यसपछि तैँले खोजी गर्न सिक्‍नुपर्छ; र त्यसपछि तैँले समर्पित हुन सिक्‍नुपर्छ। ‘प्रतीक्षा गर्नु’ भनेको परमेश्‍वरको समय प्रतीक्षा गर्नु हो, उहाँले तेरो निम्ति बन्दोबस्त गर्नुभएका मानिसहरू, घटनाहरू र कामकुराहरू प्रतीक्षा गर्नु हो, उहाँको इच्‍छा आफै तँकहाँ क्रमिक रूपमा प्रकट हुने प्रतीक्षा गर्नु हो। ‘खोजी गर्नु’ भनेको उहाँले योजना गर्नुभएका मानिसहरू, घटनाहरू, र कामकुराहरूमार्फत तँप्रतिका परमेश्‍वरका विचारपूर्ण अभिप्रायहरू अवलोकन गर्नु र बुझ्‍नु हो, तिनीहरूमार्फत सत्यता बुझ्‍नु हो, मानिसहरूले हासिल गर्नैपर्ने कुराहरू र तिनीहरूले पालना गर्नैपर्ने मार्गहरूलाई बुझ्‍नु हो, र परमेश्‍वरले मानिसहरूमा के-कस्ता नतिजाहरू प्राप्त गर्न र तिनीहरूमा के-कस्ता उपलब्धिहरू हासिल गर्न चाहनुहुन्छ भनेर बुझ्‍नु हो। ‘समर्पित हुनु’ ले चाहिँ अवश्य नै परमेश्‍वरले योजनाबद्ध गर्नुभएका मानिसहरू, घटनाहरू, र कामकुराहरू स्वीकार गर्नुलाई जनाउँछ, उहाँको सार्वभौमिकता स्वीकार गर्नु र यसमार्फत सृष्टिकर्ताले कसरी मानिसको नियतिलाई नियन्त्रण गर्नुहुन्छ, उहाँले कसरी मानिसलाई उहाँको जीवन आपूर्ति गर्नुहुन्छ, र मानिसभित्र उहाँले कसरी सत्यताको काम गर्नुहुन्छ भनेर जान्‍नुलाई जनाउँछ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। परमेश्‍वरको वचन मनन गरेपछि, मैले अचानक के बुझेँ भने, मैले स्पष्ट रूपमा बुझ्‍न नसकेको परिस्थिति आइपर्दा, ममा आज्ञाकारी मनोवृत्ति हुनुपर्छ, परमेश्‍वरको इच्‍छा खोजी गर्नुपर्छ, र परमेश्‍वरको समयमा परिस्थितिहरू अघि बढ्छन् भनेर प्रतीक्षा गर्नुपर्छ। हामीले रिपोर्ट पत्र बुझाएपछि, माथिल्‍लो तहका अगुवाहरूले यसलाई सम्‍हाल्‍ने प्रक्रिया हुन्छ भनेर मैले महसुस गरेँ। तिनीहरूले यसलाई सम्‍हाल्‍नुभन्दा पहिले, झाङ सिनले अवश्य नै निरन्तर दुष्कर्म गरिरहनेथिइन्, र आफ्ना विरोधीहरूलाई आक्रमण र निष्कासन गर्नेथिइन्, जुन कुराले उनको दुष्कर्मी प्रकृतिलाई प्रकट गरिरहेको थियो। यो अवधिमा, हामीले धैर्य गरेर प्रतीक्षा गर्नुपर्थ्यो। यो प्रक्रियाको अत्यावश्यक भाग थियो। तर मसँग आज्ञापालन गर्ने र प्रतीक्षा गर्ने हृदय थिएन, र यो परिस्थितिमा मैले पाठहरू सिक्न खोजी गरिनँ। झाङ सिनलाई तह नलगाइएको, अनि त्यसको सट्टा मलाई दमन गरिएको र दोष लगाइएको देख्दा, मैले परमेश्‍वरलाई गलत बुझेँ र उहाँविरुद्ध गुनासो गरेँ, परमेश्‍वर अन्यायी हुनुहुन्छ भन्‍ने सोचेँ, र म परमेश्‍वरसँग निराशसमेत भएँ। म अत्यन्तै नासमझ व्यक्ति थिएँ!

त्यसपछि, मैले आफ्‍नो स्थितिबारे परमेश्‍वरलाई प्रार्थना गरेँ, र उहाँको धर्मी स्वभाव जान्‍न मार्गदर्शन मागेँ। त्यसपछि, मैले परमेश्‍वरको वचनको यो खण्ड पढेँ। “मानिसहरूले परमेश्‍वरको धर्मी स्वभावलाई कसरी जान्‍ने र बुझ्ने गर्छन्? जब धर्मीजनले उहाँको आशिष् पाउँछन् र जब दुष्टले उहाँबाट सराप पाउँछन्—तिनीहरूले यी परमेश्‍वरको धार्मिकताका उदाहरणहरू हुन् भनी बुझ्छन्। परमेश्‍वरले असल मानिसलाई इनाम र दुष्टलाई दण्ड दिनुहुन्छ, र उहाँले प्रत्येक मानिसलाई उसका कामहरू अनुसार प्रतिफल दिनुहुन्छ। यो सही कुरा हो, तर वर्तमान समयका कतिपय घटनाहरू मानव धारणाहरूसँग मिल्दैनन्, जस्तै—परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँको आराधना गर्नेहरू मारिन्छन् वा तिनीहरूले उहाँको सराप पाउँछन्, वा तिनीहरूलाई उहाँद्वारा कहिल्यै आशिष् वा मान्यता दिइँदैन; तिनीहरूले जति धेरै उहाँको आराधना गरे पनि, उहाँले तिनीहरूलाई बेवास्ता गर्नुहुन्छ। परमेश्‍वरले न त दुष्टलाई आशिष्‌ दिनुहुन्छ, न तिनीहरूलाई दण्ड दिनुहुन्छ, तैपनि तिनीहरू धनी हुन्छन् र तिनीहरूका धेरै सन्तानहरू हुन्छन्, र तिनीहरूका सबै कुरा राम्ररी चलिरहेको हुन्छ; तिनीहरू सबै कुरामा सफल हुन्छन्। के यो परमेश्‍वरको धार्मिकता हो? कतिपय मानिसहरूले भन्छन्, ‘हामीले परमेश्‍वरको आराधना गर्छौँ, र पनि हामीले उहाँबाट आशिष्‌हरू पाएका छैनौँ, जबकि परमेश्‍वरको आराधना नगर्ने बरु उहाँको विरोध गर्ने दुष्ट मानिसहरूले हामीभन्दा अझै राम्रो र समृद्ध जीवन बिताइरहेका छन्। परमेश्‍वर धर्मी हुनुहुन्न!’ यसले तिमीहरूलाई के देखाउँदछ? मैले भर्खर तिमीहरूलाई दुई वटा उदाहरण दिएँ। तीमध्ये कुन चाहिँले परमेश्‍वरको धार्मिकताको बारेमा बताउँछ? कतिपय मानिसहरू भन्छन्, ‘ती दुवै परमेश्‍वरको धार्मिकताका प्रकटीकरण हुन्!’ किन तिनीहरूले यसो भन्छन्? परमेश्‍वरका कार्यहरूको पछाडि सिद्धान्तहरू हुन्छन्—यति मात्रै हो कि मानिसहरूले ती सिद्धान्तहरू स्पष्ट रूपमा देख्‍न सक्दैनन्, र तिनलाई स्पष्ट देख्‍न नसक्‍ने हुनाले, तिनीहरूले परमेश्‍वर धर्मी हुनुहुन्‍न भनेर भन्‍न मिल्दैन। मानिसहरूले बाहिरी रूपमा जे छ त्यसलाई मात्रै देख्‍न सक्छन्; तिनीहरूले भित्रसम्म र वास्तविक रूप देख्‍न सक्दैनन्। त्यसकारण, परमेश्‍वरले जे गर्नुहुन्छ त्यो धर्मी हुन्छ, चाहे त्यो मानिसका धारणा र कल्‍पनाहरूसँग मिलोस् वा नमिलोस्। धेरै मानिसहरूले परमेश्‍वर धर्मी हुनुहुन्‍न भनेर निरन्तर गुनासो गर्छन्, किनभने तिनीहरूले परिस्थितिलाई वास्तविक रूपमा बुझेका हुँदैनन्। यदि कसैले सधैँ धारणा र कल्‍पनाहरूको आधारमा हेरिरहेको हुन्छ भने उसले सहजै गल्ती गर्न सक्छ। मानिसहरूको ज्ञान तिनीहरूका आफ्‍नै विचार र दृष्टिकोण, वा असल र खराब, सही र गलतसम्‍बन्धी तिनीहरूको दृष्टिकोण, वा तर्कमा रहेको हुन्छ। जब कसैले यस्तो दृष्टिकोणले हेर्छ, तब उसले सजिलै परमेश्‍वरलाई गलत रूपमा बुझ्‍न र धारणाहरू बनाउन सक्छ, र त्यस व्यक्तिले उहाँको विरोध र उहाँको बारेमा गुनासो गर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “तिमीहरू के भन्छौ—के परमेश्‍वरले शैतानको विनाश गर्नु उहाँको धार्मिकताको प्रकटीकरण हो? (हो।) उहाँले शैतानलाई रहन दिनुभयो भने के हुन्छ? तिमीहरू भन्‍ने आँट गर्दैनौ, होइन त? परमेश्‍वरको सार धार्मिकता हो। उहाँले जे गर्नुहुन्छ त्यसलाई बुझ्न सजिलो नभए पनि, उहाँले गर्नुहुने सबै कार्य धर्मी हुन्छन्; यति मात्र हो कि मानिसहरूले त्यो बुझ्दैनन्। जब परमेश्‍वरले पत्रुसलाई शैतानको हातमा दिनुभयो, तब पत्रुसले कस्तो प्रतिक्रिया गरे? ‘मानवजाति तपाईंले गर्नुहुने काम बुझ्न असमर्थ छ, तर तपाईंले गर्नुहुने सबै कार्यमा तपाईंको भलो इच्छा सामेल छ; ती सबैमा धार्मिकता छ। तपाईंको बुद्धि र कार्यहरूका लागि म तपाईंको प्रशंसा नगरी बस्‍न कसरी सक्छु र?’ अब त तिमीहरूले देख्‍नुपर्ने हो, परमेश्‍वरले मानिसलाई मुक्ति दिनुहुने समयमा शैतानलाई नष्ट नगर्नुको कारण भनेकै शैतानले मानिसहरूलाई कसरी भ्रष्ट तुल्याएको छ र यसले तिनीहरूलाई कति हदसम्‍म भ्रष्ट तुल्याएको छ भनेर स्पष्ट रूपमा देख्‍न सकून्, अनि परमेश्‍वरले कसरी तिनीहरूलाई शुद्ध पार्नुहुन्छ र मुक्ति दिनुहुन्छ भनेर देख्‍न सकून् भन्‍ने हो। अन्तिममा, जब मानिसहरूले सत्यता बुझिसकेका र शैतानको घिनलाग्दो अनुहार स्पष्टसित देखिसकेका हुन्छन्, अनि शैतानले तिनीहरूलाई भ्रष्ट पारेको राक्षसी पाप देखिसकेका हुन्छन्, तब परमेश्‍वरले शैतानलाई नष्ट गर्नुहुनेछ, र तिनीहरूलाई उहाँको धार्मिकता देखाउनुहुनेछ। जबजब परमेश्‍वरले शैतानलाई नष्ट गर्नुहुन्छ, तबतब त्यसमा परमेश्‍वरको स्वभाव र बुद्धि हुनेछ। परमेश्‍वर गर्नुहुने सबै कुरा धर्मी हुन्छ। यो कुरा मानिसहरूले बुझ्न नसक्ने भए पनि, तिनीहरूले आफ्नै इच्छामा फैसला गर्नु हुँदैन। यदि उहाँले गर्नुभएको कुनै काम तिनीहरूलाई बेमनासिब लाग्छ भने, वा यदि तिनीहरूसित त्यसको बारेमा कुनै धारणाहरू छन् भने, र त्यसले तिनीहरूलाई उहाँ धर्मी हुनुहुन्‍न भन्ने बनाउँछ भने, तिनीहरू सबैभन्दा अविवेकी भइरहेका हुन्छन्। पत्रुसले कुनै बुझ्न नसकिने थोक भेट्टाए, तर तिनी ईश्‍वरीय बुद्धि उपस्थित छ र ती कुरामा उहाँको भलो इच्छा पनि छ भनी तिनी निश्चित थिए भन्‍ने कुरा तैँले देख्छस्। मानिसहरूले सबै कुरा बुझ्न सक्दैनन्; तिनीहरूले बुझ्‍न नसक्‍ने कुरा धेरै छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्‍वरको वचन मनन गर्ने क्रममा आफ्ना धारणाहरूअनुसार, धार्मिकता भनेको निष्पक्षता र समझदारी हो भनेर विश्‍वास गरेकी रहेछु भन्‍ने मलाई महसुस भयो। दुष्कर्मी र ख्रीष्टविरोधीले मण्डलीको काममा बाधा दिएको थियो, र हामीले यसको खुलासा र रिपोर्ट गर्न खडा भएर मण्डलीका हितहरूलाई रक्षा गरेका हुनाले, परमेश्‍वरले हाम्रो हेरचाह गर्नुपर्थ्यो, रक्षा गर्नुपर्थ्यो, र हामीलाई दमनमा पर्न दिनुहुँदैनथियो, अनि दुष्कर्मी र ख्रीष्टविरोधीलाई तुरुन्तै बहिष्कार गरिनुपर्थ्यो। परमेश्‍वरको धार्मिकता यही हो भन्‍ने सोचेकी थिएँ। हामीले रिपोर्ट पत्र लेखेपछि, दुष्कर्मी र ख्रीष्टविरोधीलाई तह लगाइएको छैन, तिनीहरू अझै पनि मण्डलीमा पदमा बसेका छन्, र हामीलाई अलग गरेर दोष दिएका छन् भन्‍ने देख्दा, मैले परमेश्‍वरको धार्मिकतामाथि शङ्का गर्न थालेँ, र परमेश्‍वरको धार्मिकता कहाँ छ भनेर अनुचित रूपमा समेत सोधेँ। म अत्यन्तै अहङ्कारी थिएँ! पत्रुस जाँचमा पर्दा तिनी कसरी पीडादायी शोधनबाट गुज्रेका थिए मैले सोचेँ। परमेश्‍वरले के गरिरहनुभएको छ भन्‍ने कुरा तिनले बुझ्‍न नसके पनि, परमेश्‍वरले जे गर्नुभए पनि उहाँ धर्मी हुनुहुन्छ, र त्यसमा उहाँको बुद्धि लुकेको छ भनेर तिनले विश्‍वास गरे। त्यसकारण तिनले परमेश्‍वरको आज्ञापालन गर्न सके, र अन्त्यमा, तिनले परमेश्‍वरलाई अत्यधिक प्रेम गरे, मृत्युसम्‍मै आज्ञापालन गरे, र सुन्दर गवाही रचना गरे। मैले सत्यता बुझेकी थिइनँ, तर आफ्‍नो अगाडि देख्‍न सक्‍ने थोरै कुराको आधारमा मात्रै, लेनदेनको दृष्टिकोणले परमेश्‍वरको धार्मिकतालाई मूल्याङ्कन गरेँ। परमेश्‍वरले मैले चाहेअनुसार, मलाई फाइदा पुग्‍ने गरी काम गर्नुहुँदा, म परमेश्‍वर धर्मी हुनुहुन्छ भनेर सोच्थेँ, र उहाँको प्रशंसा गर्थेँ। ख्रीष्टविरोधीले मलाई दमन गर्दा, र मेरो भविष्य र गन्तव्य संलग्‍न हुँदा, मैले परमेश्‍वरमाथिको विश्‍वास गुमाएँ, र परमेश्‍वरको धार्मिकतामा शङ्कासमेत गरेँ अनि परमेश्‍वरको घरमा सत्यता र धार्मिकताले शासन गर्छ भन्‍ने कुरालाई इन्कार गरेँ। मैले लाभ पाउन सक्छु कि सक्दिनँ भन्‍ने आधारमा परमेश्‍वरको धार्मिकतालाई मूल्याङ्कन गरेँ। यो एकदमै निरर्थक कुरा थियो। परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, परमेश्‍वरको सार धर्मी छ, र परमेश्‍वर दुष्टतालाई घृणा गर्नुहुन्छ, जुन कुरा उहाँको सारद्वारा निर्धारित हुन्छ। केही समयको लागि मण्डलीले दुष्कर्मी र ख्रीष्टविरोधीलाई बहिष्कार नगरेको भए पनि, त्यसको अर्थ परमेश्‍वरले तिनीहरूका कार्यलाई घृणा गर्नुहुन्‍न, उहाँले दुष्टतालाई घृणा गर्नुहुन्‍न, र मण्डलीमा सत्यताले शासन गर्दैन भन्‍ने हुँदैनथियो। जे भइरहेको थियो त्यसमा परमेश्‍वरको बुद्धि र असल अभिप्राय लुकेको थियो। मैले यसलाई बुझेकी थिइनँ। म समझदार भएर सृष्टि गरिएको प्राणीको स्थानमा उभिनुपर्थ्यो, परमेश्‍वरका सार्वभौम बन्दोबस्तहरूलाई मान्‍नुपर्थ्यो, खोजी गर्न परमेश्‍वरलाई प्रार्थना गर्नुपर्थ्यो, र उहाँको अन्तर्दृष्टि र डोऱ्याइको प्रतीक्षा गर्नुपर्थ्यो। यो कुरा बुझेपछि, मेरो हृदयमा उज्यालो छायो, र परमेश्‍वरसम्‍बन्धी मेरो गलत बुझाइ हराएर गयो। मण्डलीका कतिपय ब्रदर-सिस्टरहरूले अझै पनि झाङ सिनको वास्तविकतालाई बुझेका रहेनछन् भन्‍ने पनि मलाई थाहा भयो। तिनीहरूले यी परिस्‍थितिहरूबाट अलि-अलि गर्दै झाङ सिनको सारलाई स्पष्ट रूपमा देख्नेथिए। तिनीहरूले उनलाई इन्कार गर्नुभन्दा पहिले नै उनको वास्तविकता बुझ्नुपर्थ्यो। समझशक्ति विकास गर्नका लागि यो परिस्थिति निकै फाइदाजनक थियो। यो बुझेपछि, मैले परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुन चाहन्छु, र यस परिस्थितिमा पाठहरू सिक्‍छु भन्दै परमेश्‍वरलाई प्रार्थना गरेँ।

पछि, परमेश्‍वरको वचनमा मैले यो कुरा पढेँ, “यदि तँ मुक्ति पाउन चाहन्छस् भने, तैँले ठूलो रातो अजिङ्गरको अवरोधलाई मात्र पार गर्नुपर्ने होइन, र तैँले ठूलो रातो अजिङ्गरको वास्तविकतालाई देख्‍न, यसको घिनलाग्दो अनुहारलाई देखेर यसलाई पूर्ण रूपमा त्याग्‍न सक्षम मात्र हुनुपर्ने होइन—तैँले ख्रीष्टविरोधीहरूको अवरोधलाई पनि पार गर्नुपर्ने हुन्छ। मण्डलीमा, ख्रीष्टविरोधी परमेश्‍वरको मात्रै शत्रु हुँदैन, परमेश्‍वरका चुनिएका मानिसहरूको पनि शत्रु हुन्छ। यदि तिमीहरूले ख्रीष्टविरोधीलाई पहिचान गर्न सक्दैनौ भने, तिमीहरू छल र वशमा पर्ने, ख्रीष्टविरोधीको मार्गमा हिँड्ने, र परमेश्‍वरद्वारा श्रापित र दण्डित हुने सम्‍भावना हुन्छ। यदि त्यस्तो भयो भने, परमेश्‍वरमाथिको तिमीहरूको विश्‍वास पूर्ण रूपमा असफल हुनेछ। मुक्ति पाउनको लागि मानिसहरूमा के हुनुपर्छ? पहिलो, तिनीहरूले सत्यता बुझेको हुनुपर्छ, र ख्रीष्टविरोधीको सार, स्वभाव, र मार्गलाई पहिचान गर्न सक्‍नुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्दा मानिसहरूलाई पुज्ने वा पछ्याउने अवस्थाबाट निश्‍चित रूपमा बच्‍ने, र परमेश्‍वरलाई अन्त्यसम्‍मै पछ्याउने एक मात्र उपाय यही हो। ख्रीष्टविरोधीलाई पहिचान गर्न सक्‍ने मानिसहरूले मात्रै परमेश्‍वरमा विश्‍वास गर्न, उहाँलाई पछ्याउन, र उहाँको लागि गवाही दिन सक्छन्। ख्रीष्टविरोधीलाई पहिचान गर्नु चानचुने कुरा होइन, र यसको लागि तिनीहरूको सारलाई स्पष्ट रूपमा देख्‍ने, र तिनीहरूको हरेक कार्यपछाडि लुकेका षड्यन्त्र, चलाकी, र आशातीत लक्ष्यहरूलाई पहिचान गर्ने क्षमता चाहिन्छ। त्यसरी तँ तिनीहरूको धोका वा नियन्त्रणमा पर्दैनस्, र तँ दह्रिलो गरी खडा हुन, सत्यतालाई सुरक्षित र बलियो रूपमा पछ्याउन, र सत्यता पछ्याउने र मुक्ति पाउने मार्गमा दृढ भएर लागिपर्न सक्छस्। यदि तैँले ख्रीष्टविरोधीलाई पहिचान गर्न सक्दैनस् भने तँ ठूलो खतरामा छस्, र तैँले ख्रीष्टविरोधीको छल र पकडमा परी शैतानको प्रभावमा जिउने सम्भावना हुन्छ। … यसकारण, यदि तँ मुक्ति पाउने स्थानमा पुग्न चाहन्छस् भने तैँले पार गर्नुपर्ने पहिलो जाँच भनेको शैतानलाई छर्लङ्ग देख्न सक्ने हुनु हो, साथै तँमा खडा भएर शैतानलाई पर्दाफास गर्ने र त्याग्ने साहस पनि हुनैपर्छ। त्यसो भए शैतान कहाँ छ? शैतान तेरो छेउमा छ र तेरो वरिपरिका छ; त्यसले तेरो हृदयभित्र पनि बास गरिरहेको हुन सक्छ। यदि तँ शैतानको स्वभावभित्र जिइरहेको छस् भने, तँ शैतानको होस् भनेर भन्न सकिन्छ। तैँले आत्मिक क्षेत्रको शैतान वा दुष्टात्माहरूलाई देख्न वा छुन सक्दैनस्, तर वास्तविक जीवनमा अस्तित्वमा रहने शैतान र जीवित दियाबलसहरू सबैतिर छन्। सत्यताप्रति दिक्‍क मान्‍ने कुनै पनि व्यक्ति दुष्ट हो, र सत्यतालाई स्वीकार नगर्ने कुनै पनि अगुवा वा सेवक ख्रीष्टविरोधी वा झूटो अगुवा हो। के त्यस्ता व्यक्तिहरू शैतान र जिउँदा दियाबलसहरू होइनन् र? तैँले पूजा गर्ने र भर पर्ने मानिसहरू तिनै हुन सक्छन्; तिनीहरू तँलाई डोऱ्याउने मानिसहरू वा तैँले लामो समयदेखि आफ्नो हृदयमा आदर गरेका, विश्‍वास गरेका वा आशा लिएका मानिसहरू हुन सक्छन्। तापनि, वास्तवमा, तिनीहरू तेरो बाटो छेक्ने र तँलाई सत्यता खोजी गर्न र मुक्ति प्राप्त गर्नबाट रोक्ने बाधाहरू हुन्; तिनीहरू झूटा अगुवा र ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूले तेरो जीवनलाई र तँ हिँड्ने मार्गलाई नियन्त्रण गर्न सक्छन्, र तिनीहरूले मुक्ति पाउने तेरो मौकालाई नाश पार्न सक्छन्। यदि तँ तिनीहरूलाई चिन्न र तिनीहरूलाई छर्लङ्ग देख्न असफल भइस् भने, कुनै पनि क्षण अचानक तँ तिनीहरूको छलमा पर्न, पकडमा आउन र तिनीहरूद्वारा लगिन सक्छस्। यसैले, तँ ठूलो खतरामा छस्। यदि तैँले आफूलाई यो खतराबाट मुक्त गर्न सक्दैनस् भने, तँ शैतानले बलि दिने शिकार हुन्छस्। जे होस्, ख्रीष्टविरोधीको बहकाउ र नियन्त्रणमा परेका, र ख्रीष्टविरोधीको अनुयायी बनेका मानिसहरूले कहिल्यै पनि मुक्ति पाउन सक्दैनन्। तिनीहरूले सत्यतालाई प्रेम र खोजी नगर्ने हुनाले, ख्रीष्टविरोधीले तिनीहरूलाई छल गर्न र आफ्‍नो पछि लगाउन सक्छ। त्यो अपरिहार्य परिणाम हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ३: तिनीहरू सत्यको पछि लाग्नेहरूलाई बहिष्कार र आक्रमण गर्छन्)। परमेश्‍वरका वचनहरू मनन गरिसकेपछि, मैले उहाँको इच्‍छा बुझेँ। परमेश्‍वरले दुष्कर्मी र ख्रीष्टविरोधीहरूलाई मण्डलीमा देखा पर्न दिनुहुन्छ, र यसको पछाडि उहाँको बुद्धि लुकेको हुन्छ। परमेश्‍वरले मानिसहरूलाई समझ दिन तिनीहरूको बाधा र छललाई प्रयोग गरिरहनुभएको हुन्छ, ताकि तिनीहरूले आफूलाई शैतानको अन्धकार प्रभावबाट मुक्त गरेर मुक्ति हासिल गर्न सकून्। झाङ सिनले मलाई दमन गरेकी र दण्ड दिएकी थिइन्, अनि ब्रदर-सिस्टरहरूले मलाई गलत बुझेर इन्कार गरेका थिए। यसले गर्दा मलाई केही कष्ट भए पनि, यस प्रक्रियामा, मैले ख्रीष्टविरोधीहरूले कसरी मानिसहरूलाई छल गर्छन् र हानि गर्छन् भन्‍ने कुरा व्यावहारिक रूपमा देखेँ, ज्ञान र समझ प्राप्त गरेँ, र झाङ सिन सत्यतालाई घृणा गर्ने र परमेश्‍वरलाई शत्रु ठान्‍ने ख्रीष्टविरोधी हुन् भन्‍ने कुरा स्पष्ट रूपमा देखेँ। त्यसकारण मलाई उनको बन्धन र नियन्त्रणमा रहेको महसुस हुन छोड्यो, र मैले उनको असफलताबाट पाठ सिकेँ र गलत मार्ग अपनाउनबाट बच्‍न सकेँ। के यो सबै परमेश्‍वरको प्रेम र मुक्ति थिएन र? मैले यसबारे जति सोचेँ, परमेश्‍वर धर्मी र बुद्धिमान् हुनुहुन्छ भन्‍ने त्यति नै महसुस गरेँ, र परमेश्‍वरको धार्मिकता नचिनेकोमा त्यति नै पछुतो भयो। ख्रीष्टविरोधीले मलाई दमन गरेको थियो, त्यसकारण मैले सबै अन्यायको दोष परमेश्‍वरलाई लगाएँ, र परमेश्‍वरलाई गलत रूपमा बुझेँ र उहाँबारे गुनासो गरेँ। म अत्यन्तै विद्रोही थिएछु। यो कुरा महसुस गरेपछि, मलाई परमेश्‍वरप्रति आफू अत्यन्तै ऋणी छु भन्‍ने लाग्यो, र मैले पश्‍चात्ताप गर्न चाहेँ। झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुलासा गर्नु असल र धर्मी कार्य हो, र यो मेरो जिम्‍मेवारी र दायित्व थियो। यदि दुष्कर्मीहरूलाई खुलासा गरेर हटाउन सकिन्छ, र ब्रदर-सिस्टरहरूले असल मण्डली जीवन पाउन सक्छन् भने, मेरा ब्रदर-सिस्टरहरूले मलाई गलत रूपमा बुझे पनि, वा मलाई ख्रीष्टविरोधीले बहिष्कार गरे पनि, पछुताउनुपर्ने कुरा केही थिएन। मलाई परमेश्‍वरको वचनको अर्को खण्ड याद आयो, “दुष्ट मानिसहरू सधैँ दुष्ट नै हुन्छन्, र तिनीहरू कहिल्यै पनि दण्डको दिनबाट उम्कनेछैनन्। असल मानिसहरू सधैँ असल नै हुन्छन् र परमेश्‍वरको कामको अन्त्य हुँदा तिनीहरूलाई प्रकाश गरिनेछ। दुष्टहरूमध्धे एक जनालाई पनि धर्मी मानिनेछैन, न त एक जना पनि धर्मीलाई नै दुष्ट मानिनेछ। के मैले कुनै मानिसलाई गलत रूपमा आरोपित हुन दिनेछु र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ)। यी वचनहरू सबै अत्यन्तै स्पष्ट छन्। परमेश्‍वर धर्मी हुनुहुन्छ, उहाँलाई साँचो प्रेम गर्नेहरूका लागि उहाँसँग कृपा र मुक्ति छ, र उहाँ दुष्कर्मी र ख्रीष्टविरोधीहरूलाई सराप्‍नुहुन्छ र दण्ड दिनुहुन्छ, जुन कुरा परमेश्‍वरको धार्मिकताले निर्धारण गर्छ। मैले मुक्ति पाउँछु कि पाउँदिनँ भन्‍ने कुरा परमेश्‍वरको हातमा हुन्छ, ख्रीष्टविरोधीको हातमा होइन। मण्डली ख्रीष्टविरोधीको नियन्त्रणमा रहेको भए पनि, र हामी दमनमा परेको भए पनि, यो अस्थायी मात्रै थियो। परमेश्‍वर सबै कुरा देख्‍नुहुन्छ, पवित्र आत्‍माले सबै कुरा प्रकट गर्नुहुन्छ, र ढिलो-चाँडो, ख्रीष्टविरोधीलाई प्रकट गरेर हटाइन्छ। ती दिनहरूमा, म प्रायः परमेश्‍वरको वचन मनन गर्थेँ, र बिस्तारै, मलाई हृदयमा स्वतन्त्र महसुस भयो, र मैले परमेश्‍वरको काममा आत्मबल प्राप्त गरेँ।

एक दिन, माथिल्‍लो तहका अगुवाहरूले हाम्रो मण्डलीको कोलाहल स्थितिलाई समाधान गर्न दुई जना सिस्टरलाई खटाए। हामी अत्यन्तै उत्साहित थियौँ, र परमेश्‍वरलाई बारम्‍बार धन्यवाद दियौँ। अपेक्षाकृत रूपमा, हामीले साँचो रूपमा झाङ सिनको दुष्ट व्यवहारबारे रिपोर्ट गरेपछि, उनलाई झूटा अगुवा भएकोमा बर्खास्त मात्रै गरियो। हामी सबै मण्डली जीवनमा फर्किएका भए पनि, मलाई अप्ठ्यारो लाग्यो, झाङ सिनको मानवता दुष्ट थियो। हैसियतका लागि, नियमित रूपमा मानिसहरूलाई दण्ड दिने र दमन गर्ने उनको बानी बसेको थियो, र दुष्टतालाई आकर्षित गर्ने र त्यसको प्रतिरक्षा गर्ने गर्थिन्। उनले सत्यता पनि पटक्‍कै स्वीकार गर्दिनथिइन्, र पश्‍चात्ताप गर्न मान्थिनन्। उनी झूटा अगुवा थिइनन्, तर असली ख्रीष्टविरोधी थिइन्। तर त्यसपछि मैले सोचेँ, “यदि मैले यो कुरा उठाएँ भने, के ब्रदर-सिस्टरहरूले मैले जिद्दी गर्दै उनको मामिलालाई छोड्न मानिरहेकी छैनँ भनेर भन्‍नेछन्? होस्, मलाई मतलब छैन। जे भए पनि, अब उनले मलाई केही पनि गर्न सक्दिनन्।” यो कुरा मनमा राख्दै, मैले यी कुराहरू अब उल्‍लेख नगर्ने निर्णय गरेँ। मैले मेरो भक्तिको समयमा परमेश्‍वरको वचनमा ख्रीष्टविरोधीहरूले कहिल्यै पश्‍चात्ताप गर्दैनन् भन्‍ने कुरा पढेँ। झाङ सिन ख्रीष्टविरोधी हुन्, र उनलाई बहिष्कार गरिएन भने, उनले अर्को मौका पाएमा मण्डली जीवनमा अवश्य नै बाधा दिनेछिन् र कोलाहल मच्‍चाउनेछिन्, र त्यो बेला, ब्रदर-सिस्टरहरूले फेरि पनि दुःख पाउनेछन् भन्‍ने मलाई थाहा थियो। मैले खडा भएर झाङ सिनलाई खुलासा गर्नुपर्थ्यो। मैले अबदेखि आफूलाई रक्षा गर्नु हुँदैनथियो। मैले परमेश्‍वरको वचनमा यो कुरा पढेँ, “सत्यता तँभित्रको जीवन बनिसकेपछि, जब तैँले परमेश्‍वरको निन्दा गर्ने, परमेश्‍वरको डर नमान्‍ने, र आफ्‍नो कर्तव्य पूरा गर्दा लापरवाह र झारा टार्ने, वा मण्डलीको काममा बाधा र अवरोध गर्ने व्यक्तिलाई देख्छस्, तब तेरो प्रतिक्रिया सत्यताका सिद्धान्तहरूअनुसार हुनेछ, र तैँले तिनीहरूलाई आवश्यकताअनुसार पहिचान गरेर खुलासा गर्न सक्‍नेछस्। यदि सत्यता तेरो जीवन बनेको छैन, र तँ अझै पनि तेरो शैतानी स्वभावमा जिउँछस् भने, जब तैँले मण्डलीको काममा बाधा र खलबली पैदा गर्ने दुष्ट मानिसहरू र दियाबलसहरूलाई पत्ता लगाउँछस्, तब तैँले आँखा चिम्‍लनेछस् र नसुनेको जस्तो गर्नेछस्; आफ्‍नो विवेकमा कुनै धिक्कारको अनुभूति नगरीकन तैँले तिनीहरूलाई पन्छाउँछस्। कसैले मण्डलीको काममा खलबली पैदा गरिरहेको छ भने त्यस कुराको तँसँग कुनै सम्‍बन्ध छैन भन्‍ने समेत तँलाई लाग्‍नेछ। परमेश्‍वरको कार्य र उहाँका घरका हितहरूमा जति नै धेरै हानि भए पनि, तैँले वास्ता, हस्तक्षेप वा ग्‍लानि महसुस गर्दैनस् जसले तँलाई विवेक वा समझ नभएको व्यक्ति, एक गैरविश्‍वासी, एक सेवाकर्ता बनाउँछ। तँ परमेश्‍वरको कुरा खान्छस्, परमेश्‍वरको कुरा पिउँछस्, र परमेश्‍वरबाट आएका सबै कुरामा रमाउँछस्, तैपनि परमेश्‍वरको घरका हितहरूमा हुने कुनै पनि हानि तँसँग सम्‍बन्धित छैन भन्‍ने ठान्छस्—त्यसैले तँ जुन थालमा खायो त्यही थालमा थुक्‍ने धोकेबाज होस्। यदि तैँले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्दैनस् भने, तँ के मानव समेत होस् र? यो त मण्डलीमा आफै घुसेको नरपिशाच हो। तैँले परमेश्‍वरमा विश्‍वास गरेको नाटक गर्छस्, चुनिएको जन भएको बहाना गर्छस्, र तँ परमेश्‍वरको घरमा फाइदा लुट्न चाहन्छस्। तँ मानवजातिको जीवन जिइरहेको छैनस्, र तँ स्पष्ट रूपमै गैरविश्‍वासी होस्। यदि तँ परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने व्यक्ति होस् भने, तैँले सत्यता र जीवन पाउन बाँकी नै भए पनि, कम्तीमा पनि तैँले परमेश्‍वरको पक्षमा उभिएर बोल्‍नेछस् र काम गर्नेछस्; कम्तीमा पनि, तैँले परमेश्‍वरको घरका हितहरूमा सम्झौता भएको देख्दा तँ हात बाँधेर बस्‍नेछैनस्। तँलाई त्यस्तो समस्याप्रति आँखा चिम्‍लन मन लाग्दा, ग्‍लानि महसुस हुनेछ, र तँ व्याकुल हुनेछस्, र मनमनै भन्‍नेछस्, ‘मैले हात बाँधेर बस्‍नु हुँदैन, खडा हुनुपर्छ र केही बोल्‍नुपर्छ, मैले जिम्मेवारी लिनुपर्छ, मैले यो दुष्ट व्यवहारलाई खुलासा गर्नैपर्छ, मैले यसलाई रोक्‍नैपर्छ ताकि परमेश्‍वरको घरका हितहरूमा हानि नपुगोस्, र मण्डली जीवनमा बाधा नपुगोस्।’ यदि सत्यता तेरो जीवन बनेको छ भने, तँसँग यो साहस र सङ्कल्प मात्रै हुँदैन, र त्यस विषयलाई तैँले पूर्ण रूपमा बुझ्‍न मात्र सक्‍नेछैनस्, बरु तैँले त परमेश्‍वरको कार्य र उहाँको घरका हितहरूको लागि तैँले उठाउनुपर्ने जिम्‍मेवारी समेत पूरा गर्नेछस्, त्यसरी तेरो कर्तव्य पूरा हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। साँचो रूपमा परमेश्‍वरमा समर्पित हुने व्यक्तिमा मात्रै उहाँको डर मान्‍ने हृदय हुन्छ)। परमेश्‍वरका वचनहरू पढेपछि, मलाई के महसुस भयो भने परमेश्‍वरको डोऱ्याइमार्फत मैले झाङ सिन र जियाओ लीयूका दुष्कर्महरूबारे केही मात्रामा बुझेकी रहेछु। यदि मैले खडा भएर तिनीहरूलाई खुलासा गरिनँ भने, ममा विवेक हुनेथिएन र म मण्डलीको कामको रक्षा गर्न असफल हुनेथिएँ। अब म झाङ सिनलाई खुलासा गर्न असफल भएर स्वार्थी र घृणित हुनु हुँदैनथियो। मैले प्रशासनिक आदेशको बारेमा सोचेँ, “परमेश्‍वरको कामका निम्ति फाइदाजनक सबै कुरा गर्नू र परमेश्‍वरको कामको हितका निम्ति हानिकारक केही नगर्नू। परमेश्‍वरको नाउँ, उहाँको गवाही र उहाँको कामको प्रतिरक्षा गर्नू(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश)। मैले परमेश्‍वरका मापदण्डहरूलाई अझै राम्ररी बुझेँ। मण्डलीको सदस्यको रूपमा, मण्डलीको कामसँग सम्‍बन्धित कुरामा, मैले खडा हुने र यसलाई रक्षा गर्ने जिम्‍मेवारी पाएकी थिएँ। त्यसपछि, परिस्थितिबारे जाँचपड्ताल गर्न माथिल्‍लो तहका अगुवाहरू आए। मैले झाङ सिन र जियाओ लीयूका दुष्ट व्यवहारबारे रिपोर्ट गरेँ, र यो कुरा पुष्टि गर्नको लागि माथिल्‍लो तहका अगुवाहरूले फेरि अनुसन्धान गरे। एउटा भेलामा ख्रीष्टविरोधीहरूलाई चिन्‍नेबारे सत्यतामा सङ्गति गरेर, ब्रदर-सिस्टरहरू सबैले समझशक्ति विकास गरे। एक-एक गरी तिनीहरूले झाङ सिन र जियाओ लीयूका दुष्कर्महरूको खुलासा र रिपोर्ट गरे। झाङ सिन असली ख्रीष्टविरोधी हुन् भनेर निर्धारित गरियो, र उनलाई मण्डलीबाट बहिष्कार गरियो। आफूले गरेको अत्यधिक दुष्कर्मको लागि पश्‍चात्ताप गर्न नमानेपछि जियाओ लीयूलाई ख्रीष्टविरोधीको साथी बनेकोमा बहिष्कार गरियो। झाङ सिनको छलमा परेका कतिपय ब्रदर-सिस्टरहरू होसमा आए, र तिनीहरू सबैले झाङ सिनलाई इन्कार गरे र उप्रान्त तिनलाई पछ्याएनन्। त्यसपछि, मण्डली जीवन सामान्य स्थितिमा फर्कियो। यस ख्रीष्ट-विरोधीलाई रिपोर्ट गर्दा मैले कठिनाइहरूको सामना गर्नुपरे पनि, यस ख्रीष्टविरोधीको दमनद्वारा, मैले ख्रीष्टविरोधीहरूबारे केही समझ प्राप्त गरेँ, अन्तर्दृष्टि पाएँ, मैले परमेश्‍वरको धर्मी स्वभावबारे केही व्यावहारिक अनुभव र ज्ञान हासिल गरेँ, र परमेश्‍वरमाथिको मेरो विश्‍वास झनै बढ्यो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

एन्जेलको कथा

मैले सिस्टर ये सियाङलाई २०२० को अगस्टमा फेसबुकमा भेटेँ। उनले मलाई प्रभु येशू फर्किसक्नुभएको, उहाँले धेरै सत्यता व्यक्त गरिरहनुभएको, र आखिरी...

पढाइ छोड्दा

म सानो छँदादेखि नै मेरा आमाबुबाले मलाई हाम्रो छोरा छैन, अनि तँ र तेरी बहिनी गरी दुइटी छोरी मात्र छौ, त्यही भएर हामीलाई परिवारको सामना गर्न...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्