परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १

तिमीहरू प्रत्येकले आफ्नो जीवनभरि परमेश्‍वरलाई कसरी विश्‍वास गरेका छौ भनी नयाँ जाँच गर्नुपर्छ, ताकि परमेश्‍वरलाई पछ्‍याउने प्रक्रियामा तिमीहरूले परमेश्‍वरलाई साँच्‍चिकै बुझेका, साँच्‍चिकै बोध गरेका, र साँच्‍चिकै चिनेका छौ कि छैनौ देख्‍न सक, परमेश्‍वरले विभिन्‍न प्रकारका मानिसहरूप्रति कस्तो किसिमको मनोवृत्ति राख्‍नुहुन्छ तिमीहरूलाई साँच्‍चिकै थाहा छ कि छैन र परमेश्‍वरले तिमीहरूमा गरिरहनुभएको काम र परमेश्‍वरले तिमीहरूको प्रत्येक कार्यलाई कसरी परिभाषित गर्नुहुन्छ तिमीहरूले साँच्‍चिकै बुझेका छौ कि छैनौ देख्‍न सक। तेरो प्रगतिलाई मार्गदर्शन दिनुहुँदै, तेरो नियति निर्धारण गर्नुहुँदै, र तेरा आवश्यकताहरू परिपूर्ति गर्नुहुँदै तेरो छेवैमा रहनुहुने परमेश्‍वरलाई—सबै कुरालाई समग्रमा विचार गर्दा, तैँले यस्ता परमेश्‍वरलाई कत्तिको बुझेको छस? तैँले यस्ता परमेश्‍वरलाई साँच्‍चिकै कत्तिको चिनेको छस्? उहाँले हरेक दिन तँमा के काम गर्नुहुन्छ, के तँलाई थाहा छ? उहाँले आफ्ना हरेक कार्य कुन-कुन सिद्धान्त र उद्देश्यहरूको आधारमा गर्नुहुन्छ, के तँलाई थाहा छ? उहाँले तँलाई कसरी मार्गदर्शन गर्नुहुन्छ, के तँलाई थाहा छ? उहाँले कुन माध्यमबाट तँलाई भरण-पोषण गर्नुहुन्छ, के तँलाई थाहा छ? उहाँले तँलाई कुन तरिकाहरूबाट अगुवाइ गर्नुहुन्छ, के तँलाई थाहा छ? उहाँले तँबाट के कुरा प्राप्‍त गर्न चाहनुहुन्छ र उहाँले तँमा के कुरा हासिल गर्न चाहनुहुन्छ, के तँलाई थाहा छ? तैँले व्यवहार गर्ने विभिन्‍न शैलीहरूप्रति उहाँले कस्तो मनोवृत्ति राख्‍नुहुन्छ, के तँलाई थाहा छ? तँ उहाँको प्रिय व्यक्ति हो कि होइन, के तँलाई थाहा छ? उहाँको आनन्द, रिस, दुःख र खुशीको उत्पत्ति, यी सबैपछिका उहाँका सोच र विचारहरू, र उहाँको सारको बारेमा के तँलाई थाहा छ? तैँले विश्‍वास गरेको परमेश्‍वर, अन्ततः कस्तो किसिमको परमेश्‍वर हुनुहुन्छ, के तँलाई थाहा छ? के तैँले यी र अन्य प्रश्‍नहरूलाई कहिल्यै बुझेको थिइनस् वा तीबारेमा कहिल्यै विचार गरेको थिइनस्? परमेश्‍वरमाथिको तेरो विश्‍वासलाई पछ्याउँदा, के तैँले परमेश्‍वरका वचनहरूको साँचो सराहना र अनुभवमार्फत, के तैँले उहाँको बारेमा तँसँग भएका तेरा गलत बुझाइहरूलाई हटाएको छस्? परमेश्‍वरको अनुशासन कार्यवाही र ताडना पाएपछि के तैँले साँचो आज्ञापालन र वास्ता गर्न सुरु गरेको छस्? परमेश्‍वरको सजाय र न्यायको बीचमा के तैँले मानिसको विद्रोह र शैतानी प्रकृतिको बारेमा थाहा पाएको छस, अनि परमेश्‍वरको पवित्रताको विषयमा अलिकति बुझाइ प्राप्‍त गरेको छस्? परमेश्‍वरका वचनहरूको मार्गदर्शन र अन्तर्दृष्टिमा के तैँले जीवनसम्बन्धी नयाँ दृष्‍टिकोण राख्‍न सुरु गरेको छस्? के तैँले परमेश्‍वरले दिनुभएका जाँचहरूको दौरान मानिसका अपराधप्रति परमेश्‍वरको असहिष्‍णुता, साथै तैँले पूरा गर्नको लागि उहाँले आवश्यक गर्नुभएका कुराहरू र तँलाई उहाँले कसरी बचाउनुहुन्छ भन्ने कुरा महसुस गरेको छस्? यदि तँलाई परमेश्‍वरलाई गलत बुझ्‍नु भनेको के हो थाहा छैन वा उक्त्त गलत बुझाइ कसरी हटाउने हो थाहा छैन भने जोकोहीले भन्न सक्छ कि तँ परमेश्‍वरको साँचो सङ्‍गतिमा प्रवेश गरेको छैनस् र तैँले परमेश्‍वरलाई कहिल्यै पनि बुझेको छैनस् वा जोकोहीले कम्तीमा पनि भन्न सक्छ कि तैँले कहिल्यै पनि उहाँलाई बुझ्‍न चाहेको छैनस्। यदि तँलाई परमेश्‍वरको अनुशासन कार्यवाही र ताडना के हो थाहा छैन भने अवश्य पनि तँलाई आज्ञापालन र वास्ता के हो थाहा छैन वा कम्तीमा पनि तैँले कहिल्यै साँच्‍चिकै परमेश्‍वरको आज्ञापालन वा उहाँको वास्ता गरेको छैनस्। यदि तैँले परमेश्‍वरको सजाय र न्याय कहिल्यै पनि अनुभव गरेको छैनस् भने निश्‍चय नै तँलाई उहाँको पवित्रता के हो थाहा छैन, मानिसको विद्रोह के हो भन्‍ने विषयमा तेरो बुझाइ स्पष्‍ट हुने कुरा त परै जाओस्। यदि तँसँग साँच्‍चि नै कहिल्यै पनि जीवनसम्बन्धी सही दृष्‍टिकोण थिएन, वा जीवनमा सही लक्ष्य थिएन, तर तँ अझै पनि अस्पष्‍टताको स्थिति र तेरो जीवनको भावी मार्गप्रति अनिर्णयको स्थितिमा भई अगाडि बढ्न हिचकिचाइरहेको अवस्थामा छस् भने, निश्चिय नै तैँले कहिल्यै पनि परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्‍त गरेको हुँदैनस्; जोकोहीले पनि भन्न सक्छ कि तैँले साँच्‍चि नै परमेश्‍वरका वचनहरूद्वारा आपूर्ति र पुन:पूर्ति प्राप्‍त गरेको छैनस्। यदि तँ परमेश्‍वरको परीक्षाबाट गुज्रेको छैनस् भने, भन्नै पर्दैन, तँलाई मानिसको अपराधप्रति परमेश्‍वरको असहिष्‍णुता के-कस्तो हुन्छ निश्‍चय नै थाहा हुनेछैन, न त तैँले परमेश्‍वरले अन्ततः तँबाट के-कस्ता आवश्यक मापदण्डहरू पूरा गराउन चाहनुहुन्छ भन्ने नै बुझ्छस्, तैँले उहाँको व्यवस्थापकीय र मानिसलाई उद्धार गर्ने उहाँको काम अन्ततः के हुन् भन्ने बारेमा बुझ्‍नु त परै जाओस्। एक व्यक्तिले परमेश्‍वरलाई विश्‍वास गरेको जतिसुकै वर्ष भए तापनि, यदि तिनीहरूले परमेश्‍वरका वचनहरूबाट केही पनि अनुभव गरेका वा बुझेका छैनन् भने, तिनीहरू निश्‍चय नै उद्धारको मार्गतिर हिँडिरहेका छैनन्, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास निश्‍चय नै वास्तविक विषयवस्तु रहित छ र तिनीहरूमा परमेश्‍वरको ज्ञान पनि निश्‍चय नै शुन्य छ, र तिनीहरूलाई अवश्य नै परमेश्‍वरलाई आदर गर्नु भनेको के हो केही पनि पनि थाहा हुँदैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। प्रस्तावना

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ५

मानवजातिलाई व्यवस्थापन गर्ने कामलाई तीन भागमा विभाजन गरिएको छ, जसको अर्थ मानवजातिलाई बचाउने कामलाई तीन चरणहरूमा विभाजन गरिएको छ। यी तीन...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १५०

सुरुमा परमेश्‍वरले आदम र हव्‍वालाई सृष्टि गर्नुभयो, अनि उहाँले सर्पलाई पनि सृष्टि गर्नुभयो। सबै कुरामध्ये, त्यो सर्प सबैभन्दा विषालु थियो;...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २९

परमेश्‍वरले इन्द्रेनीलाई मानिससँगको आफ्नो करारको प्रतीकको रूपमा प्रयोग गर्नुहुन्छ (छनौट गरिएका खण्डहरू) उत्पत्ति ९:११-१३ अनि म तिमीहरूसँग...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १११

परमेश्‍वरको धर्मी स्वभावलाई जान्‍नको लागि अनुभव र कल्‍पनामा भर पर्नु हुँदैन जब तैँले परमेश्‍वरको न्याय र सजायको सामना गरिरहेको हुन्छस्, के...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्