परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २०४

मेरो काम सुचारु रूपमा बढ्दै जाओस् र सारा ब्रह्माण्डमा मेरो उद्घाटनको काम सही र सिद्ध रूपमा गरियोस् भनेर, आज म मेरा वचनहरू, अधिकार, प्रताप र न्याय सबै देश र जातिका मानिसहरूमा प्रकट गर्दै तिमीहरूको आफ्‍नै अस्तित्वको खातिर तिमीहरूलाई अर्ती दिन्छु। म जुन काम तिमीहरूका माझमा गर्छु, त्यो सारा ब्रह्माण्डमा हुने मेरो कामको सुरुआत हो। अहिले आखिरी दिनहरूको समय आइसकेको भए पनि यो जान कि “आखिरी दिनहरू” अरू केही नभएर एउटा युगको नाउँ मात्रै हो; व्यवस्थाको युग र अनुग्रहको युगले जस्तै यसले एउटा युगलाई सङ्केत गर्दछ, र यसले अन्तिम केही वर्ष वा महिनालाई मात्र नबुझाएर सम्पूर्ण युगलाई नै जनाउँछ। तापनि आखिरी दिनहरू अनुग्रहको युग र व्यवस्थाको युगजस्तो हुँदैन। आखिरी दिनहरूको काम इस्राएलमा गरिँदैन, तर अन्यजातिहरूको माझमा गरिन्छ; यो इस्राएल बाहिरका सबै जाति र कुलका मानिसहरूको मेरो सिंहासन अगि हुने विजय हो, यसैले कि सारा ब्रह्माण्डमा भएको मेरो महिमाले ब्रह्माण्ड र आकाशमण्डललाई भर्न सकोस्। यसरी त्यसले अझ ठूलो महिमा प्राप्त गर्न सकोस्, अनि पृथ्वीका सबै प्राणीहरूले पुस्ता-पुस्तासम्म मेरो महिमा प्रत्येक जातिमा सार्न सकून्, र स्वर्ग र पृथ्वीमा भएका सबै प्राणीहरूले पृथ्वीमा मैले प्राप्त गरेको महिमा देख्न सकून्। आखिरी दिनहरूको अवधिमा गरिने कार्य विजयको कार्य हो। यो पृथ्वीमा हुने सबै मानिसहरूका जीवनको मार्गनिर्देशन होइन, तर पृथ्वीमा मानव जातिको अविनाशी, हजारौं वर्ष लामो कष्टको जीवन हो। त्यसको फलस्वरूप, आखिरी दिनहरूका काम इस्राएलमा भएको हजारौं वर्षको कामजस्तो हुँदैन, न त त्यो यहूदियामा गरिएको केही वर्षको काम जस्तो नै हुन्छ, जुन परमेश्‍वरको दोस्रो देहधारण नहुञ्जेल दुई हजार वर्षसम्म जारी रहेको थियो। आखिरी दिनमा जिउने मानिसहरूले उद्धारक फेरि शरीरमा देखा पर्नु भएको मात्र देख्नेछन् अनि तिनीहरूले परमेश्‍वरको व्यक्तिगत काम र वचनहरू प्राप्त गर्नेछन्। आखिरी दिनहरू समाप्त हुनुभन्दा अघि दुई हजार वर्ष बितेको हुनेछैन; ती छोटो हुनेछन्; ठीक त्यो समयजस्तै जुन बेला येशूले यहूदियामा अनुग्रहको युगको काम गर्नुभएको थियो। किनकि आखिरी दिनहरू सम्पूर्ण युगको समाप्ति हुनेछ। ती परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजनाको परिपूर्ति र समाप्ति हुनेछ, अनि तिनले मानव जातिको कष्टको जीवन यात्रालाई समाप्त गर्नेछ। तिनले सम्पूर्ण मानव जातिलाई एउटा नयाँ युगभित्र लैजाने छैनन् वा मानव जातिको जीवनलाई निरन्तर बढ्ने अनुमति दिने छैनन्; मेरो व्यवस्थापन योजनामा वा मानिसको अस्तित्वका निम्ति त्यसको कुनै महत्त्व हुँदैन। यदि मानव जाति यसरी नै अगि बढिरह्‍यो भने, ढिलो चाँडो तिनीहरू दियाबलसद्वारा पूर्ण रूपमा नाश पारिनेछन्, अनि तिनीहरूका आत्मा, जुन मेरो हो, त्यो त्यसको हातद्वारा नाश हुनेछ। मेरो काम छ हजार वर्षसम्म रहन्छ, र म प्रतिज्ञा गर्दछु, कि सारा मानव जातिमाथि रहेको दुष्टको नियन्त्रण पनि छ हजार वर्षभन्दा धेरै रहनेछैन। यसैले अब समय समाप्त भएको छ। म न त यो जारी राख्छु न अझै ढिलो नै गर्छु: आखिरी दिनहरूमा म शैतानलाई पराजित गर्नेछु, म मेरो सारा महिमा फिर्ता लिनेछु, अनि पृथ्वीमा रहेका मेरा सबै आत्माहरू फेरि प्राप्त गर्नेछु, ताकि यी दुःखी प्राणहरू कष्टको समुद्रदेखि उम्कन सकून्, यसरी पृथ्वीमा मेरा सबै काम समाप्त हुनेछ। यो दिनदेखि उसो म पृथ्वीमा फेरि कहिल्यै देह हुनेछैन, अनि सबैमाथि नियन्त्रण गर्ने मेरो आत्माले पृथ्वीमा फेरि कहिल्यै काम गर्नेछैन। म पृथ्वीमा एउटै मात्र काम गर्नेछु: म मानव जातिलाई फेरि पहिलेदेखि बनाउनेछु, जुन मानव जाति पवित्र हुनेछ र जुन पृथ्वीमा मेरो विश्‍वासयोग्य सहर हुनेछ। तर यो जान, कि म सम्पूर्ण संसारलाई पूर्ण रूपमा नाश पार्नेछैन, न त म मानव जातिको संसारलाई नै पूर्ण रूपमा नाश पार्नेछु। म बाँकी रहेको तेस्रो भागलाई बचाएर राख्‍नेछु—त्यो तेस्रो भाग जसले मलाई प्रेम गर्छ र जो मद्वारा पूर्ण रूपमा जितिएको छ, र म यो तेस्रो भागलाई फलदायी र वृद्धि हुने बनाउनेछु, जसरी व्यवस्थाको अधीनमा इस्राएलीहरू भएका थिए, म तिनीहरूलाई प्रशस्त भेडा र गाईवस्तु साथै पृथ्वीका सारा सम्पत्तिले पोषण गर्नेछु। यो मानव जाति सदासर्वदा मेरो साथमा रहनेछ, तापनि यो आजको दुःखलाग्दो फोहोर मानव जाति हुनेछैन, तर यस्तो मानव जाति, त्यही मानिसहरूको झुन्ड हुनेछ जो मद्वारा प्राप्त गरिएको छ। त्यस्तो मानव जातिलाई शैतानले हानि गर्न, बाधा दिन वा फन्दामा पार्न सक्नेछैन, अनि मैले शैतानलाई जितेपछि पृथ्वीमा हुने एक मात्र मानव जाति हुनेछ। यो त्यही मानव जाति हो जसलाई आज मैले जितेको र जसले मेरो प्रतिज्ञा प्राप्त गरेको छ। अनि यसैले आखिरी दिनहरूमा जितिने मानव जाति त्यही मानव जाति हो जो बचाइनेछ र मेरो अनन्त आशिषहरूद्वारा प्राप्त गरिनेछ। शैतान माथि मेरो विजयको प्रमाण र शैतानसित लडाइँबाट प्राप्त भएको लुटको माल यही मात्र हुनेछ। लडाइँका यी लुटका मालहरू शैतानको अधिकार क्षेत्रबाट खोसेर मैले बचाएँ, र यी मेरो छ हजार वर्षे व्यवस्थापन योजनाको एकमात्र टुङ्गो र फल हो। तिनीहरू प्रत्येक जाति र सम्प्रदायबाट, सारा ब्रह्माण्डका प्रत्येक स्थान र देशबाट आउँछन्। तिनीहरू फरक-फरक जातिका, विभिन्न भाषा-भाषीहरू, रीतिथितिहरू र छालाको वर्णको हुन्छन्, र तिनीहरू विश्‍वको प्रत्येक जाति र सम्प्रदायमा संसारको हरेक कुनामा फैलिएका छन्। आखिरीमा, तिनीहरू सम्पूर्ण मानव जाति निर्माण गर्न एकसाथ आउनेछन्, त्यो मानिसको यस्तो झुन्ड हुनेछ जहाँ शैतानका शक्तिहरू पुग्न सक्दैन। मैले मानव जातिको बीचबाट मुक्ति नदिएका र नजितेका मानिसहरू चुपचाप समुद्रको गहिराइमा डुब्नेछन्, अनि सारा अनन्तताभरि मेरो भस्म पार्ने ज्वालामा जल्नेछन्। म यो पुरानो, अति नै फोहोर मानव जातिलाई नाश पार्नेछु, जसरी मैले मिश्रमा जन्‍मेका ज्येष्ठ पुत्रहरू र पशुहरूलाई मारेको थिएँ, अनि थुमाको मासु खाने, थुमाको रगत पिउने, ढोकाको चौकोसमा थुमाको रगत छ्याप्ने इस्राएलीहरूलाई मात्र छोडिदिएको थिएँ। के मैले जितेका मानिसहरू, जो मेरो परिवारका पनि हुन्, तिनीहरूले त्यो थुमाको मासु खाँदैनन् र, जुन थुमा म हुँ, र के तिनीहरूले थुमाको रगत पिउँदैनन् र, जुन थुमा म हुँ, के तिनीहरू मद्वारा छुटकारा पाएकाहरू र मेरो आराधना गर्नेहरू होइनन् र? के यस्ता मानिसहरूको साथमा सधैँ मेरो महिमा हुँदैन र? के मेरो, अर्थात्, थुमाको मासु नहुनेहरू अघिबाटै चुपचाप समुद्रको गहिराइमा डुबेका छैनन् र? आज तिमीहरू मेरो विरोध गर्छौ, र मेरा वचनहरू त्यस्तै छन् जस्तो वचन यहोवाले इस्राएलका छोराहरू र नातिहरूसित बोल्नुभएको थियो। तापनि, तिमीहरूका हृदयको गहिराइमा भएको कठोरताले मेरो क्रोध बटुल्दैछ, तिमीहरूको शरीरमा अझ धेरै कष्ट ल्याउँछ, तिमीहरूका पापको निम्ति अझ धेरै दण्ड ल्याउँछ, अनि तिमीहरूको अधर्ममाथि अझ धेरै क्रोध ल्याउँछ। यदि तिमीहरू आज मसित यस्तो व्यवहार गर्छौ भने मेरो क्रोधको दिनमा को बच्न सक्छ? मेरो सजायको दृष्टिबाट कसको अधर्म उम्कन सक्छ? कसका पापहरू म, सर्वशक्तिमान्‌को हातबाट उम्कन सक्छ? कसको अनाज्ञाकारीता म, सर्वशक्तिमान्‌को न्यायबाट उम्‍कन सक्छ? म, यहोवा, यी कुराहरू तिमीहरू, अन्यजाति परिवारका सन्तानहरूलाई भन्दछु, र मैले तिमीहरूसित बोलेका यी वचनहरू व्यवस्थाको युग र अनुग्रहको युगमा बोलेका वचनहरूभन्दा उच्‍च छन्, तर तिमीहरू मिश्रका सबै मानिसहरूभन्दा कठोर छौ। मैले शान्तिसाथ मेरो काम रहिरहँदा के तिमीहरूले मेरो क्रोध थुपार्दैनौं र? म, सर्वशक्तिमान्‌को दिनमा तिमीहरू हानिबाट कसरी उम्कन सक्छौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जो देहको हो ऊ क्रोधको दिनबाट उम्कन सक्दैन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३९३

सबै मानिसहरूमा हुने साधारण समस्या चाहिँ यो हो कि उनीहरूले सत्यता बुझ्छन् तर यसलाई व्यवहारमा लागू गर्नलाई असफल हुन्छन्। एकातिर उनीहरू मूल्य...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ४

परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाको काम उहाँ आफैले व्यक्तिगत रूपमा गर्नुहुन्छ। पहिलो चरण—संसारको सृष्टि—परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १३६

परमेश्‍वरको अख्तियारमा समर्पित हुन चाहनेहरूको लागि उचित मनोवृत्ति र अभ्यास परमेश्‍वरको अख्तियार र मानव नियतिमाथि परमेश्‍वरको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्