परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १८६

जब परमेश्‍वर पृथ्वीमा आउनुभयो, उहाँ यस संसारका हुनुहुन्‍नथियो, र उहाँ संसारको आनन्द लिन देह बन्नुभएन। जुन स्थानमा काम गर्दा उहाँको स्वभाव प्रकट हुन्थ्यो र सबैभन्दा अर्थपूर्ण हुन्थ्यो त्यो उहाँ जन्मनुभएको स्थान थियो। चाहे त्यो एक पवित्र देश होस् वा फोहोर देश होस्, उहाँले जहाँ-सुकै काम गर्नुभए पनि उहाँ पवित्र हुनुहुन्छ। संसारमा भएका सबै थोक उहाँद्वारा सृष्टि गरिएका थिए, तापनि यो सबै शैतानद्वारा भ्रष्ट पारिएका छन्। यद्यपि सबै थोक उहाँकै हुन्; ती सबै उहाँकै हातमा छन्। उहाँ आफ्‍नो पवित्रतालाई प्रकट गर्नको लागि एउटा फोहोर देशमा आउनुहुन्छ र त्यहाँ काम गर्नुहुन्छ; उहाँले यो केवल आफ्नो कामको खातिर गर्नुहुन्छ, जसको अर्थ यस फोहोर देशका मानिसहरूलाई मुक्ति दिन उहाँले त्यस्तो काम गर्न ठूलो अपमान सहनुहुन्छ भन्‍ने हो। यो सबै मानव जातिको खातिर साक्षी दिनका लागि गरिन्छ। त्यस्तो कामले मानिसहरूलाई परमेश्‍वरको धार्मिकता देखाउँदछ, र यसले राम्ररी परमेश्‍वरको सर्वोच्चता प्रकट गर्न सक्छ। उहाँको महानता र इमानदारीता अरूले खिसी गर्ने तुच्छ मानिसहरूको एउटा समूहको मुक्तिमा प्रकट हुन्छ। फोहोर देशमा जन्मनुले उहाँ तुच्छ हुनुहुन्छ भन्ने प्रमाणित गर्दैन; यसले केवल सबै सृष्टिलाई मानव जातिप्रतिको उहाँको महानता र उहाँको साँचो प्रेम देख्ने मौका दिँदछ। उहाँले जति बढी त्यसो गर्नुहुन्छ, त्यत्ति नै बढी उहाँको शुद्ध प्रेम, मानिसप्रति उहाँको निष्खोट प्रेम प्रकट हुन्छ। परमेश्‍वर पवित्र र धर्मी हुनुहुन्छ। उहाँ फोहोर भूमिमा जन्मनुभएको भए पनि, र येशू अनुग्रहको युगमा पापीहरूसँग बस्नुभएको जस्तै उहाँ फोहोरले भरिएका मानिसहरूको साथमा बस्नुभएको भए पनि, के उहाँको कामको प्रत्येक भाग सबै मानव जातिलाई जीवित राख्नका निम्ति गरिएको होइन र? के यो सबै मानव जातिले महान् मुक्ति पाऊन् भनेर गरिएको होइन र? दुई हजार वर्ष अघि, उहाँ केही वर्षसम्म पापीहरूसँग बस्नुभयो। त्यो छुटकाराको लागि थियो। आज, उहाँ फोहोर, तुच्छ मानिसहरूको एउटा समूहसँग बसिरहनुभएको छ। यो मुक्तिको खातिर हो। के उहाँका सबै कामहरू तिमी मानिसहरूका खातिर नै होइन र? यदि मानव जातिलाई मुक्ति दिनु नपर्ने भए, एउटा डूँडमा जन्मेर उहाँले त्यत्ति धेरै वर्षसम्म किन पापीहरूको माझमा जिउनु र दुःख भोग्‍नुपर्थ्यो र? र यदि मानव जातिलाई मुक्ति दिनु नपर्ने भए, उहाँ किन दोस्रो पटक देहमा फर्केर आउनुपर्थ्यो, भूतात्माहरू भेला हुने यो देशमा किन जन्मनुपर्थ्यो, र शैतानद्वारा गहिरो रूपमा भ्रष्ट पारिएका मानिसहरूको साथमा बस्‍नुपर्थ्यो र? के परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्न? उहाँको कामको कुन भाग मानव जातिका लागि गरिएको छैन र? कुन भाग तिमीहरूको भाग्यका लागि गरिएको छैन? परमेश्‍वर पवित्र हुनुहुन्छ—यो अपरिवर्तनीय छ! उहाँ फोहोरद्वारा अप्रदूषित हुनुहुन्छ, यद्यपि उहाँ फोहोर देशमा आउनुभएको छ; यी सबैको अर्थ केवल यो हुन सक्छ कि मानव जातिप्रति परमेश्‍वरको प्रेम अत्यन्त निस्वार्थ छ र उहाँले भोग्नुभएको कष्ट र अपमान अत्यन्तै ठूलो छ! तिमीहरू सबै र तिमीहरूका नियतिका निम्ति उहाँले भोग्नुहुने अपमान कति ठूलो छ भनी के तिमीहरूलाई थाहा छैन? उहाँले महान् व्यक्तिहरू वा धनी र शक्तिशाली परिवारका छोराहरूलाई बचाउनुको साटो, उहाँले नम्रहरूलाई र तुच्छ ठानिएकाहरूलाई बचाउनुहुन्छ। के यो सबै उहाँको पवित्रता होइन र? के यो सबै उहाँको धार्मिकता होइन र? सबै मानव जाति बाँचून् भनेर उहाँ बरु फोहोर देशमा जन्‍मनुहुनेथियो र हरप्रकारको अपमान सहनुहुनेथियो। परमेश्‍वर साँच्‍चै वास्तविक हुनुहुन्छ—उहाँले कुनै झूटो काम गर्नुहुन्न। के कामको प्रत्येक चरण त्यस्तो व्यावहारिक तरिकाले नै गरिएको छैन र? सबै मानिसले उहाँको निन्दा गर्ने र उहाँ पापीहरूसँग टेबुलमा बस्नुहुन्छ भनी भन्‍ने भए पनि, सबै मानिसहरूले उहाँको खिल्‍ली उडाउने भए पनि र उहाँ फोहोरका छोराहरूसँग बस्नुहुन्छ, उहाँ सबैभन्दा तुच्छ मानिसहरूसँग बस्नुहुन्छ भन्‍ने भए पनि, उहाँले आफैलाई निःस्वार्थ रूपमा दिनुहुन्छ, र उहाँलाई अझै पनि यसरी मानव जातिको बीचमा इन्कार गरिन्छ। के उहाँले भोग्नुहुने कष्टहरू तिमीहरूको भन्दा बढी छैन र? के उहाँले गर्नुहुने काम तिमीहरूले चुकाएका मूल्यभन्दा बढी छैन र? तिमीहरू फोहोरको देशमा जन्‍मिएका थियौ, र पनि तिमीहरूले परमेश्‍वरको पवित्रता प्राप्त गरेका छौ। तिमीहरू भूतात्माहरू भेला हुने ठाउँमा जन्‍मियौ, तापनि तिमीहरूले ठूलो सुरक्षा पाएका छौ। तिमीहरूसित के विकल्‍प छ र? तिमीहरूसित के गुनासा छन्? के उहाँले भोग्नुभएको कष्ट तिमीहरूले भोगेको कष्टभन्दा ठूलो छैन र? उहाँ पृथ्वीमा आउनुभएको छ र कहिल्यै मानव संसारको खुसीयालीहरूमा आनन्दित हुनुभएको छैन। उहाँले त्यस्ता कुराहरूलाई घृणा गर्नुहुन्छ। मानिसहरूले उहाँलाई भौतिक कुराहरू उपलब्ध गराऊन् भनेर परमेश्‍वर पृथ्वीमा आउनुभएन, न त उहाँ खाना, कपडा, अनि गरगहनाको आनन्द लिन नै आउनुभयो। उहाँले यी कुराहरूलाई कुनै ध्यान दिनुहुन्न। उहाँ पृथ्वीमा मानिसको निम्ति कष्ट उठाउन आउनुभयो, भौतिक सम्पत्तिको आनन्द लिन होइन। उहाँ कष्ट भोग्न, काम गर्न, र उहाँको व्यवस्थापन योजनाको काम पूरा गर्न आउनुभयो। उहाँले एउटा राजदूतावास वा एउटा भव्य होटेलमा बस्न एउटा राम्रो ठाउँ रोज्नुभएन, न त उहाँसित उहाँलाई पर्खने नोकरहरूको झुण्ड नै छ। तिमीहरूले जे देखेका छौ, त्यसको आधारमा, के तिमीहरूलाई उहाँ काम गर्न आउनुभयो कि आनन्दको निम्ति भन्‍ने थाहा छैन? के तिमीहरूका आँखाले देख्दैनन्? उहाँले तिमीहरूलाई कति धेरै दिनुभएको छ? यदि उहाँ एउटा आरामदायी ठाउँमा जन्मिनुभएको भए, के उहाँले महिमा प्राप्त गर्न सक्नुहुन्थ्यो? के उहाँले काम गर्न सक्नुहुन्थ्यो? के उहाँले त्यसो गर्नुको कुनै महत्त्व हुन्थ्यो? के उहाँले मानवजातिलाई पूर्ण रीतिले विजय गर्न सक्‍नुहुन्थ्यो? के उहाँले मानिसहरूलाई फोहोरको देशबाट उद्धार गर्न सक्नुहुन्थ्यो? मानिसहरूले आफ्‍ना धारणाहरू अनुसार सोध्छन्: “परमेश्‍वर पवित्र हुनुहुन्छ भने किन उहाँ हाम्रो यस फोहोर ठाउँमा जन्मिनुभयो? तपाईंले हामी फोहोरी मानिसहरूलाई घृणा र तिरस्कार गर्नुहुन्छ; तपाईंले हाम्रो प्रतिरोध र हाम्रो विद्रोहीपनलाई घृणा गर्नुहुन्छ, त्यसैले, किन तपाईं हामीसित बस्नुहुन्छ? तपाईं एउटा सर्वोच्च परमेश्‍वर हुनुहुन्छ। तपाईं कहीँ पनि जन्मिन सक्नुहुन्थ्यो, तब किन तपाईं यस फोहोरी देशमा जन्मिनु पर्‍यो? तपाईंले हामीलाई हरेक दिन सजाय दिनुहुन्छ र न्याय गर्नुहुन्छ, अनि तपाईं स्पष्ट रूपले जान्नुहुन्छ कि हामी मोआबका सन्तानहरू हौँ, तैपनि किन तपाईं अझै हाम्रो माझ बस्नुहुन्छ? किन तपाईं मोआबका सन्तानहरूको परिवारमा जन्मिनुभयो? तपाईंले किन त्यसो गर्नुभयो?” तिमीहरूका त्यस्ता विचारहरू पूर्ण रूपले तर्करहित छन्! केवल त्यस्तो कामले मात्रै मानिसहरूलाई उहाँको महानता, उहाँको नम्रता र गुप्तता देखाउँछ। उहाँ आफ्नो कामको खातिर सबै कुरा बलिदान गर्न इच्छुक हुनुहुन्छ, अनि उहाँले आफ्नो कामको खातिर सबै कष्ट सहनुभएको छ। उहाँले मानवजातिको खातिर, अनि त्यसभन्दा बढी, शैतानलाई जित्नको लागि कार्य गर्नुहुन्छ, ताकि सबै सृष्टि उहाँको अधीनतामा सुम्पिन सकेका होऊन्। अर्थपूर्ण, मूल्यवान् काम यही मात्रै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मोआबका सन्तानहरूलाई बचाउनुको महत्त्व

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २६३

मानवजातिले सामाजिक विज्ञानहरूलाई स्थापित गरेदेखि मानवको मनचाहिँ विज्ञान र ज्ञानद्वारा भरिएको छ। मानवजातिलाई शासन गर्नका लागि विज्ञान र...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ८४

परमेश्‍वरले यावत् थोक सृष्टि गर्न वचनहरू प्रयोग गर्नुहुन्छ (छनौट गरिएका खण्डहरू) दोस्रो दिन, परमेश्‍वरको अख्तियारले पानीलाई व्यवस्थित...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १९३

जब अनुग्रहको युगमा परमेश्‍वर तेस्रो स्वर्गमा फर्कनुभयो, त्यसबेला सम्पूर्ण मानवजातिलाई छुटकारा दिने परमेश्‍वरको काम वास्तवमा अन्तिम चरणमा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १३४

सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍ने अवसर नगुमाओ मानव जीवनका धेरै दशकहरूको अवधि लामो पनि होइन, छोटो पनि होइन। जन्‍मदेखि बीस वर्षसम्मको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्