परमेश्वरका दैनिक वचनहरू: देहधारण | अंश १०४
किन देहधारणको अर्थ येशूको काममा पूरा भएन भनेर म भन्छु? किनभने वचन पूर्ण रूपमा देह बनेन। येशूले जे गर्नुभयो त्यो देहमा परमेश्वरले गर्ने...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
अहिले मोआबका सन्तानहरूमाथि काम गर्नु भनेको सबैभन्दा ठूलो अन्धकारमा खसेकाहरूलाई मुक्ति दिनु हो। तिनीहरूलाई श्राप दिइएको भए तापनि, परमेश्वर तिनीहरूबाट महिमा प्राप्त गर्न इच्छुक हुनुहुन्छ, किनकि तिनीहरू पहिले त्यस्ता मानिसहरू थिए जसको हृदयमा परमेश्वर हुनुहुन्नथियो; हृदयमा परमेश्वर नभएका मानिसहरूलाई उहाँको आज्ञापालन गर्ने र प्रेम गर्ने तुल्याउनु नै साँचो विजय हो, अनि त्यस्तो कामको फल धेरै मूल्यवान् र धेरै विश्वसनीय हुन्छ। महिमा प्राप्त गर्नु भनेको यो मात्रै हो—आखिरी दिनहरूमा परमेश्वरले प्राप्त गर्न चाहनुभएको महिमा यही नै हो। यी मानिसहरू तल्लो दर्जाका भए तापनि, तिनीहरूले अहिले त्यस्तो ठूलो मुक्ति पाउन सकेको तथ्य साँच्चिकै परमेश्वरद्वारा गरिएको एउटा उत्थान हो। यो काम अत्यन्त महत्त्वपूर्ण छ, अनि न्यायद्वारा नै उहाँले यी मानिसहरूलाई प्राप्त गर्नुहुन्छ। यी मानिसहरूलाई दण्ड दिनु होइन तर तिनीहरूलाई मुक्ति दिनु उहाँको अभिप्राय हो। यदि आखिरी दिनहरूको अवधिमा, उहाँले अझै पनि इस्राएलमा विजयको काम गरिरहनुभएको भए, यो मूल्यहीन हुनेथियो; यसले फल फलाएको भए पनि, यसको मूल्य वा कुनै ठूलो महत्त्व हुने थिएन, अनि उहाँले सबै महिमा हासिल गर्न सक्नुहुने थिएन। उहाँले तिमीहरूमाथि काम गरिरहनुभएको छ, जो सबैभन्दा अन्धकारपूर्ण ठाउँमा खसेका छन्, जो सबैभन्दा पिछडिएका छन्। यी मानिसहरूले परमेश्वर हुनुहुन्छ भनी स्वीकार गर्दैनन् र परमेश्वर हुनुहुन्छ भनी कहिल्यै जानेका छैनन्। यी प्राणीहरू शैतानद्वारा यति भ्रष्ट भएका छन् कि तिनीहरूले परमेश्वरलाई बिर्सेका छन्। तिनीहरू शैतानद्वारा अन्धा तुल्याइएका छन् अनि स्वर्गमा परमेश्वर हुनुहुन्छ भनी तिनीहरू बिलकुल जान्दैनन्। तिमीहरूको हृदयमा, तिमीहरू सबैले मूर्तिहरूलाई पूजा गर्छौ र शैतानको आराधना गर्छौ—के तिमीहरू सबैभन्दा तल्लो, सबैभन्दा पिछडिएका मानिसहरू होइनौ र? तिमीहरू कुनै व्यक्तिगत स्वतन्त्रता नभएका, सबैभन्दा तल्लो स्तरका देह हौ अनि तिमीहरूले कठिनाइहरू पनि भोग्छौ। तिमीहरू, विश्वासको स्वतन्त्रता समेत नभएका, यस समाजको सबैभन्दा तल्लो तहका मानिसहरू पनि हौ। यसैमा तिमीहरूमाथि काम गर्नुको महत्त्व छ। तिमीहरू, अर्थात् मोआबको सन्तानमाथि काम गर्नु, तिमीहरूलाई अपमानित गर्नको निम्ति होइन तर कामको महत्त्व प्रकट गर्नको निम्ति हो। तिमीहरूका निम्ति यो ठूलो उत्थान हो। यदि कुनै व्यक्तिसित तर्क र अन्तर्दृष्टि छ भने, तिनीहरूले यसो भन्नेछन्: “म मोआबको सन्तान हुँ, आज परमेश्वरद्वारा दिइएको यति ठूलो उचाइ वा यति ठूलो आशिष प्राप्त गर्न म साँच्चिकै अयोग्य छु। मैले गर्ने र भन्ने सबै कुरामा, अनि मेरो हैसियत र मूल्यअनुसार म परमेश्वरको यति ठूलो आशिषको बिलकुल योग्य छैनँ। परमेश्वरको निम्ति इस्राएलीहरूसित ठूलो प्रेम थियो, अनि तिनीहरूले पाएको अनुग्रह परमेश्वरले नै तिनीहरूलाई प्रदान गर्नुभएको हो तर तिनीहरूको हैसियत हाम्रो भन्दा ज्यादै उच्च छ। अब्राहाम यहोवाप्रति धेरै भक्त थिए, अनि पत्रुस पनि येशूप्रति धेरै भक्त थिए—तिनीहरूको भक्ति हाम्रो भन्दा सय गुणा बढी थियो। हाम्रो कार्यहरूका आधारमा, हामी परमेश्वरको अनुग्रहमा आनन्दित हुन पूर्ण रूपले अयोग्य छौँ।” चीनका यी मानिसहरूको सेवालाई परमेश्वरको अघि ल्याउन सकिँदैन। यो पूर्ण रूपमा गोलमालमय अवस्थामा छ; तिमीहरूले अहिले परमेश्वरको यति धेरै अनुग्रहको आनन्द लिनु भनेको विशुद्ध रूपमा परमेश्वरले गर्नुभएको उत्थान हो! कहिले तिमीहरूले परमेश्वरको कामको खोजी गरेका छौ? कहिले तिमीहरूले परमेश्वरको निम्ति आफ्नो जीवन बलिदान गरेका छौ? कहिले तिमीहरूले आफ्नो परिवार, आफ्नो बाबुआमा अनि आफ्ना छोराछोरीहरूलाई इच्छा पूर्वक त्यागेका छौ? तिमीहरूमध्ये कसैले पनि ठूलो मूल्य चुकाएका छैनौ! यदि पवित्र आत्माले तिमीहरूलाई बाहिर ननिकाल्नुभएको भए, तिमीहरूमध्ये कति जना सबै कुरा बलिदान गर्न सक्षम हुनेथियौ? दबाब र बाध्यतामा परेर मात्रै तिमीहरूले आजसम्म पछ्याएका छौ। तिमीहरूको भक्ति कहाँ छ? तिमीहरूको आज्ञाकारिता कहाँ छ? तिमीहरूको कार्यहरूका आधारमा त, तिमीहरू धेरै लामो समय अघि नै नष्ट भइसक्नु पर्नेथियो—तिमीहरू सबैलाई मेटाइसक्नु पर्नेथियो। कुन कुराले तिमीहरूलाई त्यस्तो ठूलो आशिषहरूको आनन्द लिने योग्यको बनाउँछ? तिमीहरू अलिकति पनि योग्यका छैनौ! तिमीहरूमध्ये कसले आफ्नै बाटो बनाएका छौ? तिमीहरूमध्ये कसले आफै साँचो बाटो भेट्टाएको छ? तिमीहरू सबै अल्छी, घिचुवा, आराम खोज्ने बेकामेहरू हौ! के तिमीहरू महान् छौ भन्ने तिमीहरूलाई लाग्छ? तिमीहरूसँग घमन्ड गर्ने के कुरा छ? तिमीहरू मोआबका सन्तान हौ भन्ने कुरालाई बेवास्ता गर्दा पनि, के तिमीहरूको स्वभाव वा तिमीहरूको जन्मस्थान उच्चतम प्रकारको छ? तिमीहरू उसका सन्तान हौ भन्ने कुरालाई बेवास्ता गर्दा पनि, के तिमीहरू सबै हरेक पक्षबाट मोआबका सन्तानहरू होइनौ र? के तथ्यहरूको सत्यता बद्लिन सक्छ र? तिमीहरूको स्वभावलाई अहिले उजागर गर्दा के यसले तथ्यहरूको सत्यतालाई गलत प्रकारले प्रतिनिधित्व गर्दछ र? तिमीहरूको गुलामी, तिमीहरूको जीवन, अनि तिमीहरूको चरित्रलाई हेर—तिमीहरू मानवजातिमध्ये सबैभन्दा नीचहरूमध्ये पनि नीच हौ भन्ने के तिमीहरूलाई थाहा छैन? तिमीहरूसँग घमन्ड गर्नको लागि के छ र? समाजमा तिमीहरूको दर्जालाई हेर। के तिमीहरू यसको सबैभन्दा तल्लो तहमा छैनौ र? के मैले गल्ती बोलेको भन्ने तिमीहरूलाई लाग्छ? अब्राहामले इसहाकलाई अर्पण गरे—तिमीहरूले के अर्पण गरेका छौ? अय्यूबले सबै थोक अर्पण गरे—तिमीहरूले के अर्पण गरेका छौ? कति धेरै मानिसहरूले सत्य बाटो खोज्नका निम्ति आफ्नो जीवन दिएका छन्, आफ्नो शिर अर्पण गरेका छन्, आफ्नो रगत बगाएका छन्। के तिमीहरूले त्यो मूल्य चुकाएका छौ? तुलना गर्दा, त्यस्तो महान् अनुग्रहको आनन्द लिन तिमीहरू बिलकुल योग्यका छैनौ। आज तिमीहरू मोआबका सन्तान हौ भनेर भन्दा के यसले तिमीहरूलाई अन्याय हुन्छ? तिमीहरू आफैलाई ज्यादै ठूलो नसोच। तिमीहरूसित घमन्ड गर्ने कुरा केही छैन। तिमीहरूलाई त्यस्तो ठूलो मुक्ति, त्यस्तो ठूलो अनुग्रह सित्तैमा दिइएको छ। तिमीहरूले केही बलिदान दिएका छैनौ, तापनि तिमीहरूले सित्तैमा अनुग्रहको आनन्द लिन्छौ। के तिमीहरूलाई लाज लाग्दैन? के यो साँचो बाटो तिमीहरू आफैले खोजेको र भेट्टाएको कुरा हो र? के पवित्र आत्माले तिमीहरूलाई यो स्वीकार गर्न विवश गर्नुभएको होइन र? तिमीहरूसित कहिल्यै खोजी गर्ने हृदय थिएन, सत्यताको निम्ति खोजी गर्ने र तिर्सना गर्ने हृदय त परको कुरा हो। तिमीहरू पछाडि बसेर यसको आनन्द मात्र लिइरहेका छौ; तिमीहरूले यो सत्यतालाई सबैभन्दा सानो प्रयास नै नगरीकन प्राप्त गरेका छौ। तिमीहरूसित गुनासो गर्ने के अधिकार छ? के तिमीहरू सबैभन्दा ठूलो मूल्यका छौ भनी तिमीहरू सोच्छौ? ती आफ्नो जीवन बलिदान गर्ने र रगत बगाउने मानिसहरूसित तुलना गर्दा तिमीहरूसित गुनासो गर्नको निम्ति के छ र? अहिले नै तिमीहरूलाई नष्ट गर्नु नै ठीक र स्वभाविक हुन्थ्यो! तिमीहरूसित आज्ञापालन गर्ने र पछ्याउने बाहेक अर्को कुनै विकल्प छैन। तिमीहरू पटक्कै योग्यका छैनौ! तिमीहरूमध्ये धेरैलाई बोलाइएको थियो, तर यदि तिमीहरूको वातावरणले तिमीहरूलाई बाध्य नतुल्याएको भए वा तिमीहरूलाई नबोलाइएको भए, तिमीहरू बाहिर निस्कन पूर्ण रूपले अनिच्छुक हुनेथियौ। त्यस्तो परित्यागलाई आत्मसात् गर्न को इच्छुक हुन्छ? देहका सुखविलासलाई त्याग्न को इच्छुक हुन्छ? तिमीहरू सबै त्यस्ता मानिसहरू हौ जसले लोभले आराम गर्दै मोज-मस्ती गर्छौ र विलासी जीवनको खोजी गर्छौ! तिमीहरूले त्यस्तो ठूला आशिषहरू पाएका छौ—तिमीहरूले अरू के भन्नु छ र? तिमीहरूसित के गुनासाहरू छन् र? तिमीहरूलाई स्वर्गमा सबैभन्दा ठूला आशिषहरू र सबैभन्दा ठूलो अनुग्रहको आनन्द लिन दिइएको छ, अनि पृथ्वीमा पहिले कहिल्यै नगरिएको काम आज तिमीहरूलाई प्रकट गरिएको छ। के यो आशिष होइन र? तिमीहरूलाई आज त्यसरी सजाय दिइएको छ किनकि तिमीहरूले परमेश्वरको प्रतिरोध गरेका छौ र उहाँको विरुद्धमा विद्रोह गरेका छौ। उहाँको यो सजायको कारणले गर्दा, तिमीहरूले परमेश्वरको कृपा र प्रेम देखेका छौ, अनि अझ बढी, तिमीहरूले उहाँको धार्मिकता र पवित्रता देखेका छौ। यो सजायको कारणले अनि मानवजातिको फोहोरीपनको कारणले, तिमीहरूले परमेश्वरको ठूलो शक्ति देखेका छौ, अनि तिमीहरूले उहाँको पवित्रता र महानता देखेका छौ। के यो अत्यन्त दुर्लभ सत्यता होइन र? के यो अर्थपूर्ण जीवन होइन र? परमेश्वरले गर्नुहुने काम अर्थले भरिपूर्ण हुन्छ! यसरी, तिमीहरूको दर्जा जति तल्लो हुन्छ, तिमीहरू परमेश्वरद्वारा उचालिएका हौ भनेर त्यति नै बढी प्रमाणित हुन्छ, अनि तिमीहरूमाथि आज उहाँले गर्नुभएको कामको ठूलो मूल्य त्यति नै बढी प्रमाणित हुन्छ। यो स्पष्ट रूपमा एउटा अमूल्य सम्पत्ति हो, जसलाई अरू कतै पनि पाउन सकिँदैन! युगौं-युगदेखि कसैले यस्तो ठूलो मुक्तिको आनन्द लिएका छैनन्। तिमीहरूको दर्जा तल्लो छ भन्ने तथ्यले, परमेश्वरको मुक्ति कति ठूलो छ भन्ने देखाउँछ, अनि यसले परमेश्वर मानवजातिप्रति विश्वासयोग्य हुनुहुन्छ भन्ने कुरा देखाउँछ—उहाँले मुक्ति दिनुहुन्छ, उहाँले नष्ट गर्नुहुन्न।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मोआबका सन्तानहरूलाई बचाउनुको महत्त्व
किन देहधारणको अर्थ येशूको काममा पूरा भएन भनेर म भन्छु? किनभने वचन पूर्ण रूपमा देह बनेन। येशूले जे गर्नुभयो त्यो देहमा परमेश्वरले गर्ने...
मानवजातिलाई म जित्नेछु किनकि मानिसहरूको सृष्टि मैले नै गरेँ र, यसका अतिरिक्त, तिनीहरूले मेरो सृष्टिको प्रचुरताको आनन्द लिएका छन्। तर...
मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी ज्ञानको प्रयोग गर्छ के ज्ञान भनेको सबैले सकारात्मक ठान्ने गरेको कुरा हो? मानिसहरूले कम्तीमा पनि,...
कार्यका तीन चरणहरू परमेश्वरको समग्र व्यवस्थापनको मर्म हुन् र तिनीहरूमा नै परमेश्वरको स्वभाव र उहाँ जे हुनुहुन्छ सो व्यक्त गरिन्छ।...