परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १५३

अघिल्‍ला युगहरूको तुलनामा, राज्यको युगको अवधिमा परमेश्‍वरको काम अझै बढी व्यावहारिक, मानिसको सार-तत्व र उसका स्वभाव परिवर्तनहरूप्रति अझै बढी निर्देशित र उहाँलाई पछ्याउनेहरू सबैका खातिर परमेश्‍वर स्वयमको साक्षी दिन अझै बढी सक्षम छ। अर्थात, राज्यको युगको अवधिमा उहाँले काम गर्ने क्रममा, परमेश्‍वरले आफैलाई मानिसकहाँ विगतको कुनै पनि समयमा भन्दा बढी प्रकट गर्नुहुन्छ, जसको अर्थ मानिसले जान्‍नुपर्ने दर्शनहरू कुनै पनि अघिल्‍लो युगको भन्दा उच्‍च छन् भन्ने हुन्छ। मानिसको बीचमा परमेश्‍वरले गर्नुहुने काम अभूतपूर्व क्षेत्रमा प्रवेश गरेको हुनाले, राज्यको युगको अवधिमा मानिसले जानेका दर्शनहरू सम्पूर्ण व्यवस्थापनको कार्यभरिमा नै सबैभन्दा उच्‍च छन्। परमेश्‍वरको कार्य अभूतपूर्व क्षेत्रमा प्रवेश गरेको छ र त्यसैले मानिसले जान्‍नुपर्ने दर्शनहरू सम्पूर्ण दर्शनहरूमा सबैभन्दा उच्‍च बनेका छन् र यसको परिणामस्वरूप मानिसले गर्ने अभ्यास पनि अघिल्‍लो जुनसुकै युगको भन्दा उच्‍च छ, किनभने मानिसको अभ्यास दर्शनहरूसँगै परिवर्तन हुन्छ र दर्शनहरूको सिद्धता मानिसलाई दिइएका मागहरूको सिद्धताको पनि सङ्केत हो। परमेश्‍वरका सबै व्यवस्थापन रोकिनेबित्तिकै, मानिसको अभ्यास पनि रोकिन्छ र परमेश्‍वरको कामविना, विगत समयका धर्मसिद्धान्तलाई पालन गर्नेबाहेक मानिससँग अरू कुनै विकल्‍प रहनेछैन, अन्यथा फर्कने ठाउँ कहीँ पनि हुनेछैन। नयाँ दर्शनहरूविना, मानिसद्वारा गरिने कुनै नयाँ अभ्यास हुनेछैन; पूर्ण दर्शनहरूविना, मानिसद्वारा गरिने कुनै सिद्ध अभ्यास हुनेछैन; उच्‍च दर्शनहरूविना, मानिसद्वारा गरिने कुनै उच्‍च अभ्यास हुनेछैन। मानिसको अभ्यास परमेश्‍वरका पाइलाहरूसँगै परिवर्तन हुन्छ अनि सोहीअनुरूप, मानिसका ज्ञान र अनुभव पनि परमेश्‍वरको कार्यसँगै परिवर्तन हुन्छन्। मानिस जति सक्षम भए तापनि, ऊ परमेश्‍वरबाट अलग रहन सक्दैन र यदि परमेश्‍वरले एक क्षणको लागि मात्रै भए पनि काम गर्न छोड्नुभयो भने, मानिस उहाँको क्रोधबाट तुरुन्तै मर्नेथियो। घमण्ड गर्नको लागि मानिससँग केही पनि छैन, किनभने मानिसको ज्ञान आज जति नै उच्‍च किन नहोस्, उसका अनुभवहरू जति नै प्रगाढ किन नहोऊन्, ऊ परमेश्‍वरको कामबाट अलग रहन सक्दैन—किनभने मानिसको अभ्यास र परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा उसले खोज्‍नुपर्ने कुरालाई दर्शनहरूबाट अलग गर्न सकिँदैन। परमेश्‍वरको कार्यको हरेक घटनामा, मानिसले जान्‍नुपर्ने दर्शनहरू छन् र यीनै कुराहरूलाई पछ्याउँदै, मानिसलाई उचित मागहरू दिइन्छ। जगको रूपमा रहेका यी दर्शनहरूविना, मानिस अभ्यास गर्न असक्षम हुने थियो, न त ऊ अटल रूपमा परमेश्‍वरलाई पछ्याउन नै सक्षम हुने थियो। यदि मानिसले परमेश्‍वरलाई चिन्दैन वा परमेश्‍वरको इच्‍छालाई बुझ्दैन भने, मानिसले गर्ने सबै कुरा व्यर्थ र परमेश्‍वरद्वारा अनुमोदन हुन असक्षम हुन्छ। मानिसका वरदानहरू जति नै प्रशस्त भए पनि, परमेश्‍वरको काम र परमेश्‍वरको अगुवाइबाट ऊ अझै अलग रहन सक्दैन। मानिसका कार्यहरू जति नै असल भए पनि वा मानिसले जति नै कामहरू गरे पनि, तिनले परमेश्‍वरको कार्यलाई अझै प्रतिस्थापन गर्न सक्दैनन्। त्यसैले, कुनै पनि परिस्‍थितिमा मानिसको अभ्यासलाई दर्शनहरूबाट अलग गर्न सकिँदैन। नयाँ दर्शनहरूलाई स्वीकार नगर्नेहरूसँग कुनै नयाँ अभ्यास हुँदैन। तिनीहरूको अभ्यासले सत्यतासँग कुनै सम्‍बन्ध राख्दैन किनभने तिनीहरू धर्मसिद्धान्तअनुसार चल्दछन् र तिनीहरूले मृत व्यवस्थालाई छाड्दैनन्; तिनीहरूमा कुनै नयाँ दर्शनहरू हुँदैन, र यसको परिणामस्वरूप, तिनीहरूले नयाँ युगको कुनै पनि कुरालाई अभ्यास गर्दैनन्। तिनीहरूले दर्शनहरूलाई गुमाएका छन् र यस क्रममा तिनीहरूले पवित्र आत्माको कामलाई पनि गुमाएका छन् र तिनीहरूले सत्यतालाई गुमाएका छन्। सत्यताविहीनहरू मूर्खताका सन्तान हुन्, तिनीहरू शैतानका मूर्तरूप हुन्। कुनै पनि व्यक्ति चाहे जस्तोसुकै प्रकारको व्यक्ति होस्, तिनीहरू परमेश्‍वरको कामका दर्शनहरूविहीन हुन सक्दैनन् र पवित्र आत्‍माको उपस्थितिविहीन हुन सक्दैनन्; कुनै व्यक्तिले दर्शनहरूलाई गुमाउनेबित्तिकै, ऊ पातालमा झरिहाल्छ र अन्धकारको बीचमा जिउँछ। दर्शनहरूविनाका मानिसहरू परमेश्‍वरलाई मूर्खतापूर्ण तरिकाले पछ्याउनेहरू हुन्, तिनीहरू त्यस्ता हुन् जसमा पवित्र आत्‍माको काम हुँदैन र तिनीहरू नरकमा जिइरहेका हुन्छन्। त्यस्ता मानिसहरूले सत्यताको खोजी गर्दैनन्, बरु परमेश्‍वरको नामलाई साइनबोर्ड जस्तै झुण्ड्याउँछन्। पवित्र आत्माको कामलाई नचिन्‍नेहरू, देहधारी परमेश्‍वरलाई नचिन्‍नेहरू, परमेश्‍वरको व्यवस्थापनको सम्पूर्णताका तीन चरणको कार्यलाई नजान्‍नेहरू—तिनीहरूलाई दर्शनहरूबारे थाहा छैन, त्यसैले तिनीहरू सत्यताविहीन छन्। अनि सत्यता नभएकाहरू सबै दुष्ट काम गर्नेहरू होइनन् र? सत्यतालाई अभ्यास गर्न इच्‍छुकहरू, परमेश्‍वरको ज्ञानको खोजी गर्न इच्‍छुकहरू र परमेश्‍वरसँग साँचो रूपमा सहकार्य गर्नेहरू ती मानिसहरू हुन् जसका लागि दर्शनहरूले जगको रूपमा काम गर्छन्। तिनीहरूलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्छ किनभने तिनीहरूले परमेश्‍वरसँग सहकार्य गर्छन् र मानिसले अभ्यास गर्नुपर्ने सहकार्य यही नै हो।

— “वचन देहमा देखा पर्नुहुन्छ” बाट उद्धृत गरिएको

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २९४

परमेश्‍वरको कार्यको उद्देश्य नबुझ्ने व्यक्ति भनेकै उहाँको विरोध गर्ने व्यक्ति हो र परमेश्‍वरको कार्यको उद्देश्य बुझिसकेर पनि परमेश्‍वरलाई...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश २७

आखिरी दिनहरूको काममा, वचन चिह्न र चमत्कारका कार्यहरूको प्रकटीकरणभन्दा अझ शक्तिशाली हुन्छ, र वचनको अधिकारले चिह्न र चमत्कारका कार्यहरूलाई...

परमेश्‍वरका दैनिक वचनहरू: बाइबल सम्‍बन्धी रहस्यहरू | अंश २६५

धेरै वर्षदेखि मानिसहरूका परम्परागत विश्‍वासका माध्यमहरू (ख्रीष्टियन धर्मको, जुन विश्‍वका तीन प्रमुख धर्ममध्ये एक हो) बाइबल पढ्नु नै भएको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्