परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १४९

जब परमेश्‍वर देह बन्‍नुहुन्छ, उहाँको आत्मा मानिसमा ओर्लिनुहुन्छ; अर्को शब्‍दमा भन्दा, परमेश्‍वरका आत्माले भौतिक शरीर धारण गर्नुहुन्छ। उहाँ केही सीमित चरणहरू नल्याइकन पृथ्वीमा आफ्‍नो काम गर्न आउनुहुन्छ; उहाँको काम पूर्णतया असीमित छ। देहमा पवित्र आत्‍माले गर्नुहुने कामलाई अझै उहाँको कामका परिणामहरूद्वारा नै निर्धारित गरिन्छ, र देहमा हुँदा उहाँले गर्नुहुने कामको समय अवधि निर्धारित गर्न उहाँले यस्तै कुराहरूको प्रयोग गर्नुहुन्छ। उहाँ अघि बढ्ने क्रममा उहाँको कामको जाँच गर्दै, पवित्र आत्माले उहाँको कामको हरेक चरण प्रत्यक्ष रूपमा प्रकट गर्नुहुन्छ; यो काम मानिसको कल्‍पनालाई तन्‍काउने जत्तिको अलौकिक पनि छैन। यो, स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्ने क्रममा यहोवाले गर्नुभएको काम जस्तै छ; उहाँले योजना बनाउनुभयो र एकैसाथ काम गर्नुभयो। उहाँले अन्धकारबाट ज्योतिलाई अलग गर्नुभयो, अनि बिहान र साँझ अस्तित्वमा आयो—यसको लागि एक दिन लाग्यो। दोस्रो दिन, उहाँले आकाश सृष्टि गर्नुभयो, र त्यसको लागि पनि एक दिन लाग्यो; त्यसपछि उहाँले पृथ्वी, समुद्रहरू, र तिनलाई वृद्धि गर्दै लाने सबै प्राणीहरू सृष्टि गर्नुभयो, जसको लागि अर्को दिन लाग्यो। यो छैटौं दिनसम्‍म जारी रह्यो, जुन बेला उहाँले मानिस सृष्टि गर्नुभयो अनि तिनलाई पृथ्वीमा भएका सबै थोकको व्यवस्थापन गर्न दिनुभयो। त्यसपछि, सबै थोक सृष्टि गरिसिध्याएपछि सातौं दिनमा, उहाँले विश्राम लिनुभयो। परमेश्‍वरले सातौं दिनलाई आशिष्‌ दिनुभयो र यसलाई पवित्र दिन भन्‍नुभयो। उहाँले सबै थोक सृष्टि गरिसक्‍नुभएपछि मात्रै यो पवित्र दिनको स्थापना गर्ने निर्णय गर्नुभयो, तिनीहरूलाई सृष्टि गर्नुभन्दा पहिले होइन। यो काम पनि तत्कालीन रूपमा नै गरियो; सबै थोक सृष्टि गर्नुभन्दा पहिले, उहाँले छ दिनमा संसारको सृष्टि गर्ने अनि सातौं दिनमा विश्राम गर्ने निर्णय गर्नुभएको थिएन; त्यस्ता कुराहरू सत्य होइनन्। उहाँले त्यस्तो केही भन्‍नुभएन, न त यसबारे योजना नै बनाउनुभएको थियो। यावत् थोकको सृष्टि छैटौं दिनमा समाप्त हुनेछ र सातौं दिनमा उहाँले विश्राम गर्नुहुनेछ भनेर उहाँले कुनै पनि हालतमा भन्‍नुभएको थिएन; बरु, त्यो समय उहाँलाई जे असल लाग्यो त्यहीअनुसार नै सृष्टि गर्नुभयो। उहाँले सबै कुरा सृष्टि गरिसक्‍नुभएपछि, पहिले नै छैटौं दिन भइसकेको थियो। उहाँले सबै कुरा सृष्टि गरी सकिञ्‍जेलसम्‍म पाँचौं दिन भइसकेको थियो भने, उहाँले छैटौं दिनलाई पवित्र दिन भनी भन्‍नुहुनेथियो। तैपनि, उहाँले वास्तवमा छैटौं दिनमा सबै थोक सृष्टि गरिसक्‍नुभयो, अनि सातौं दिन पवित्र बन्यो, जसलाई आजको दिनसम्‍म पनि हस्तान्तरण गरिँदै आएको छ। त्यसकारण, उहाँको हालको कार्य पनि यसरी नै गरिन्छ। तिमीहरूका परिस्थितिहरूअनुसार तिमीहरूका खाँचोको निम्ति उहाँले बोल्‍नुहुन्छ र जुटाउनुहुन्छ। अर्थात्, मानिसहरूका परिस्‍थितिअनुसार आत्माले बोल्‍नुहुन्छ र काम गर्नुहुन्छ; उहाँले सबैमाथि नजर राख्‍नुहुन्छ र कुनै पनि समयमा र कुनै पनि स्थानमा काम गर्नुहुन्छ। म जे गर्छु, त्यही भन्छु, तिमीहरूलाई दिन्छु, र तिमीहरूलाई प्रदान गर्छु, त्यो तिमीहरूलाई चाहिने त्यो नै हो भन्‍नेमा कुनै शङ्का छैन। तसर्थ, मेरो कुनै पनि काम वास्तविकताबाट अलग छैन; यो सबै वास्तविक छ, किनभने “परमेश्‍वरका आत्माले सबैमाथि नजर राख्‍नुहुन्छ” भन्‍ने तिमीहरू सबैलाई थाहा छ। यदि यी सबै कुराको निर्णय पहिले नै गरिएको थियो भने, के यो अति स्पष्ट हुनेथिएन र? यो परमेश्‍वरले सम्पूर्ण छ सहस्राब्दीको लागि योजना बनाएर मानवजातिलाई विद्रोही, विरोधी, बेइमान र धोकेबाज बन्‍ने, र देहको भ्रष्टता, शैतानिक स्वभाव, आँखाको अभिलाषा, र व्यक्तिगत लुप्तता बोक्‍ने तुल्याउनुभयो भनेर तँ विचार गर्छस्। तीमध्ये कुनैलाई पनि परमेश्‍वरले पहिलेबाटै नियुक्त गर्नुभएको थिएन, तर यी सबै शैतानको भ्रष्टताको परिणामस्वरूप भए। कसैले यसो भन्‍न सक्छ, “के शैतान पनि परमेश्‍वरकै पकडमा थिएन र? शैतानले मानिसलाई यसरी भ्रष्ट तुल्याउनेछ, र त्यसपछि परमेश्‍वरले मानिसको बीचमा आफ्‍नो काम गर्नुहुनेछ भनेर परमेश्‍वरले पहिलेबाटै निर्धारित गर्नुभएको थियो।” के शैतानले मानवजातिलाई भ्रष्ट तुल्याओस् भनेर परमेश्‍वरले वास्तवमा पहिले नै निर्धारण गर्नुहुनेथियो र? परमेश्‍वरले मानवजातिलाई सामान्य रूपमा जिउन दिने मात्रै उत्कट इच्‍छा गर्नुहुन्छ, त्यसकारण के उहाँले तिनीहरूको जीवनमा वास्तवमा नै हस्तक्षेप गर्नुहुनेथियो र? यदि त्यसो हो भने, शैतानलाई हराउने र मानवजातिलाई मुक्त गर्ने कार्य बेकामको प्रयास हुनेथिएन र? मानवजातिको विद्रोहीपनलाई कसरी पहिलेबाटै निर्धारित गर्न सकिने थियो र? यो, शैतानको हस्तक्षेपद्वारा घटेको घटना हो, त्यसकारण के यसलाई परमेश्‍वरले पहिलेबाट नै निर्धारित गर्नुभएको हुन सक्थ्यो र? शैतान परमेश्‍वरको पकडमा छ भनेर तिमीहरू जे विचार गर्छौ, त्यो कुरा शैतान परमेश्‍वरको पकडमा छ भनेर मैले विचार गर्नेभन्दा अत्यन्तै फरक छ। “परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, अनि शैतान उहाँको हातमा छ” भन्‍ने तिमीहरूको अभिव्यक्तिअनुसार त शैतानले उहाँलाई कहिल्यै धोका नै दिन सक्दैनथियो। के तैँले परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ भनेर भनिनस् र? तिमीहरूको ज्ञान अत्यन्तै अमूर्त छ, र वास्तविकताभन्दा बाहिर छ; मानिसले परमेश्‍वरका सोचाइहरूलाई कहिल्यै बुझ्‍न सक्दैन, न त उहाँको बुद्धिलाई नै कहिल्यै बुझ्‍न सक्छ! परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ; यो झूट हुँदै-होइन। प्रधान स्‍वर्गदूतले परमेश्‍वरलाई धोका दियो किनभने परमेश्‍वरले सुरुमा त्यसलाई केही अख्तियार दिनुभएको थियो। अवश्य नै, जसरी हव्‍वा सर्पको परीक्षाको सिकार बनिन् त्यसरी नै यो पनि एउटा अनपेक्षित घटना थियो। तैपनि, शैतानले त्यसको धोकालाई जसरी अघि बढाए पनि, त्यो अझै पनि परमेश्‍वर जत्तिको शक्तिशाली हुँदैन। तिमीहरूले भनेझैँ, शैतान बलवान् मात्रै छ; त्यसले जेसुकै गरे तापनि, त्यसलाई परमेश्‍वरको अख्तियारले सधैँ जित्‍नेछ। “परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, अनि शैतान उहाँको हातमा छ” भन्‍ने भनाइको पछाडि रहेको साँचो अर्थ यही नै हो। त्यसकारण, शैतानसँगको युद्धलाई एक-एक चरण गरी अघि बढाइनुपर्छ। यसको साथै, शैतानका चालहरूको प्रतिक्रिया स्वरूप, परमेश्‍वरले आफ्‍नो कामको योजना गर्नुहुन्छ—अर्थात्, उहाँले मानवजातिकहाँ मुक्ति ल्याउनुहुन्छ अनि युगलाई उपयुक्त हुने गरी आफ्नो सर्वशक्तिमान्‌ता र बुद्धि प्रकट गर्नुहुन्छ। त्यसरी नै, अनुग्रहको युगभन्दा पहिले, प्रारम्‍भतिर नै आखिरी दिनहरूको कामलाई पूर्वनिर्धारण गरिएन; यसरी पूर्वनिर्धारणको काम सुव्यवस्थित रूपमा गरिँदैन: पहिलो, मानिसको बाहिरी स्वभाव परिवर्तन गर्नु; दोस्रो, मानिसलाई उहाँको सजाय दिनु र परीक्षाहरू गर्नु; तेस्रो, मानिसलाई मृत्युको परीक्षा पार गर्न लगाउनु; चौथो, मानिसलाई प्रेमिलो परमेश्‍वरको समय अनुभव गर्न र सृष्टि गरिएको प्राणीको सङ्कल्प व्यक्त गर्न दिनु; पाँचौं, मानिसलाई परमेश्‍वरको इच्‍छा देख्‍ने र उहाँलाई पूर्ण रूपमा चिन्‍ने तुल्याउनु, अनि अन्तिममा मानिसलाई पूर्ण तुल्याउनु। उहाँले यी सबै कुराको योजना अनुग्रहको युगको अवधिमा गर्नुभएन; बरु, उहाँले वर्तमान युगमा नै तिनको योजना बनाउन थाल्‍नुभयो। जसरी परमेश्‍वर काममा हुनुहुन्छ, त्यसरी नै शैतान पनि काममा नै छ। शैतानले त्यसको भ्रष्ट स्वभाव व्यक्त गर्छ, तर परमेश्‍वरले सीधा रूपमा बोल्‍नुहुन्छ अनि अत्यावश्यक कुराहरू प्रकट गर्नुहुन्छ। आज गरिने काम यही नै हो, र संसारको सृष्टिपछि, धेरै पहिले प्रयोग गरिएको काम गर्ने सिद्धान्त यही नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्‍ने जान्‍नुपर्छ

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ५५

अय्यूबले परमेश्‍वरको नाउँलाई धन्यको भन्छन् र आशिष वा विपत्तिबारे सोच्दैनन् त्यहाँ एउटा तथ्य छ जसलाई धर्मशास्त्रमा उल्‍लेख गरिएको अय्यूबका...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १८९

हजारौं वर्षको परमेश्‍वरको योजनामा, कामको दुई भागहरू शरीरमा गरिन्छन्: प्रथम क्रूसीकरणको काम, जसको निम्ति उहाँले महिमा प्राप्त गर्नुहुन्छ;...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५१३

जाँचहरूबाट भएर जाँदा मानिसहरू कमजोर हुनु वा उनीहरूभित्र नकारात्मकता हुनु वा परमेश्‍वरको इच्छा वा तिनीहरूका अभ्यासको मार्गबारे स्पष्ट नहुनु...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २००

परमेश्‍वरको मापदण्ड अनुरूप मानवजातिले उहाँप्रति राख्नुपर्ने आचरण वास्तवमा, परमेश्‍वरले मानवजातिलाई त्यति धेरै मापदण्ड दिनुहुन्न—वा,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्