परमेश्‍वरका दैनिक वचनहरू: आखिरी दिनहरूको न्याय | अंश ९८

राज्यमा, सृष्टिका असंख्य थोकहरू पुनर्जीवित हुन र आफ्‍नो जीवनको शक्तिलाई फेरि प्राप्त गर्न थाल्छन्। पृथ्वीको अवस्थाको परिवर्तनहरूको कारण, एउटा मुलुक र अर्को मुलुक बीचको सिमानाहरू पनि सर्न थाल्छन्। जब एउटा मुलुकबाट अर्को मुलुक विभाजित हुन्छ, र एउटा मुलुक अर्को मुलुकसँग जोडिन्छ, सारा राष्ट्रहरूलाई टुक्रा-टुक्रा हुने गरी मैले प्रहार गर्ने समय यही नै हुनेछ भनेर मैले अगमवाणी गरेको छु। यो समयमा, म सारा सृष्टिलाई नवीकरण गर्नेछु र सम्पूर्ण ब्रह्माण्डलाई भाग-भाग गर्नेछु, जसद्वारा ब्रह्माण्डलाई व्यवस्थित गर्नेछु र पुरानोलाई नयाँमा रूपान्तरण गर्नेछु—मेरो योजना यही नै हो र मेरा कामहरू यिनै हुन्। जब संसारका राष्ट्रहरू र मानिसहरू मेरो सिंहासन अघि फर्कन्छन्, तब म स्वर्गका सारा उदारता लिनेछु र मानव संसारलाई यो प्रदान गर्नेछु, ताकि मैले गर्दा संसार अतुलनीय उदारताले भरिनेछ। तर जबसम्‍म पुरानो संसार निरन्तर अस्तित्वमा रहन्छ, यसका राष्ट्रहरूमाथि म मेरो क्रोध बर्साउनेछु, ब्रह्माण्डभरि म मेरा प्रशासनिक आदेशहरूलाई जारी गर्नेछु, र तिनलाई उल्‍लङ्घन गर्ने जोकोहीलाई सजाय दिनेछु:

बोल्‍नको लागि ब्रह्माण्डतर्फ मैले मेरो मुहार फर्काउने क्रममा, सारा मानवजातिले मेरो आवाज सुन्छन्, र ब्रह्माण्डभरि मैले गरेका सबै कामहरूलाई देख्छन्। मेरो इच्‍छा विरुद्ध आफैलाई खडा गर्नेहरू, अर्थात्, मानिसका कार्यहरूद्वारा मलाई विरोध गर्नेहरू मेरो सजायमा पर्नेछन्। म आकाशका अनगिन्ती ताराहरूलाई लिएर तिनलाई नयाँ बनाउनेछु, र मैले गर्दा नै घाम र जुन पनि नवीकरण हुनेछन्—आकाशहरू यस उप्रान्त जस्तो थिए त्यस्तो रहनेछैनन् र संसारका यावत् थोकहरूलाई नवीकरण गरिनेछन्। मेरा वचनहरूद्वारा सबै थोक पूर्ण हुनेछन्। ब्रह्माण्डका धेरै राष्ट्रहरूलाई नयाँ गरी भाग-भाग गरिनेछ र मेरो राज्यद्वारा तिनलाई प्रतिस्थापन गरिनेछ, ताकि पृथ्वीका राष्ट्रहरू सदाको लागि हराएर जानेछन् र सबै नै मलाई आराधना गर्ने राष्ट्र बन्‍नेछन्; पृथ्वीका सारा राष्ट्रहरूलाई नष्ट गरिनेछ र ती अस्तित्वमा रहनेछैनन्। ब्रह्माण्डका मानिसहरूमध्ये, दियाबलसका स्वामित्वमा रहेकाहरू सबैलाई समाप्त गरिनेछ, र शैतानको पूजा गर्ने सबैलाई मेरो ज्वलन्त आगोद्वारा पतन गरिनेछ—अर्थात्, अहिले मूल प्रवाहभित्र रहेकाहरू बाहेक, सबैलाई खरानीमा परिणत गरिनेछ। जब म धेरै मानिसहरूलाई विभिन्न हदमा दण्ड दिन्छु, धार्मिक संसारमा हुनेहरू मेरो राज्यमा फर्कनेछन्, मेरा कार्यहरूद्वारा विजय गरिनेछन्, किनभने तिनीहरूले सेतो बादलमा सवारी भई आउनुहुने पवित्र जनको आगमनलाई देखेका हुनेछन्। सबै मानिसहरूलाई तिनीहरूका आफ्‍नै प्रकारअनुसार अलग गरिनेछ, र तिनीहरूले आफ्‍ना कार्यहरू अनुसारको सजाय पाउनेछन्। म विरुद्ध खडा भएका सबै नष्ट हुनेछन्; आफ्‍नो कार्यहरूमा मलाई समावेश नगर्नेहरूका बारेमा कुरा गर्दा, तिनीहरूले आफैलाई कसरी अपराधमुक्त गरेका छन् त्यसको कारणले गर्दा तिनीहरू मेरा सन्तान र मेरा मानिसहरूको अधीनमा पृथ्वीमा अस्तित्वमा नै रहिरहनेछन्। म आफैलाई असंख्य मानिसहरू, र असंख्य राष्ट्रहरूकहाँ प्रकट गर्नेछु, र तिनीहरूका आफ्‍नै आँखाले देख्‍ने गरी, सारा मानवजातिको निम्ति मैले गरेको मेरो महान् कार्य पूरा भएको घोषणा गर्दै मेरो आफ्‍नै आवाजद्वारा पृथ्वीतर्फ म उच्‍च स्वरमा कराउनेछु।

मेरो आवाज तीव्रताको साथ गहिरो हुँदै जाने क्रममा, म ब्रह्माण्डको अवस्थालाई पनि अवलोकन गर्छु। मेरा वचनहरूद्वारा, सृष्टिका यावत् थोकहरू सबैलाई नयाँ तुल्याइन्छ। पृथ्वीजस्तै स्वर्ग पनि परिवर्तन हुन्छ। मानवजातिलाई यसको मूल रूपमा प्रकट गरिन्छ र, बिस्तारै, हरेक व्यक्तिलाई उसको प्रकारअनुसार अलग गरिन्छ, र थाहै नपाई तिनीहरू आफ्‍नो परिवारको काखमा फर्कन्छन्। यसले मलाई अत्यन्तै खुशी तुल्याउनेछ। म अवरोधबाट मुक्त छु र, थाहै नहुने गरी, मेरो महान् कार्य पूरा हुन्छ, र सृष्टिका यावत् थोकहरू सबै परिवर्तन हुन्छन्। जब मैले संसारलाई सृष्टि गरेँ, सबै कुराहरूलाई तिनीहरूको प्रकारअनुसार राख्दै, मैले सबै कुराहरूलाई तिनीहरूकै प्रकारअनुसार आकार दिएँ। मेरो व्यवस्थापनको योजनाको समाप्ति नजिकिँदै गर्दा, म सृष्टिको पहिलेको स्थितिलाई पुर्नस्थापित गर्नेछु; म हरेक कुरालाई उल्‍लेखनीय रूपमा परिवर्तन गर्दै, सबै कुरालाई त्यसको पहिलेकै रूपमा पुनर्स्थापित गर्छु, ताकि सबै कुरा मेरो योजनाको सामिप्यमा फर्कनेछन्। समय आइपुगेको छ! मेरो योजनाको अन्तिम चरण पूरा हुन लागेको छ। ए अशुद्ध पुरानो संसार! तँ निश्‍चय नै मेरो वचनहरूमुनि खस्‍नेछस्! तँलाई मेरो योजनाले अवश्य नै सुन्यतामा झार्नेछ! ए सृष्टिका यावत् थोकहरू! मेरा वचनहरूभित्र तैँले नयाँ जीवन प्राप्त गर्नेछस्—तैँले आफ्‍ना सार्वभौम प्रभुलाई पाउनेछस्! ए शुद्ध र निष्खोट नयाँ संसार! तँ अवश्य नै मेरो महिमाभित्र पुनर्जीवित हुनेछस्! ए सियोन पर्वत! अब उप्रान्त चुप नबस्—म विजयसाथ फर्केको छु! सृष्टिको बीचबाट, म सारा पृथ्वीलाई नियाल्छु। पृथ्वीमा, मानवजातिले नयाँ जीवनको सुरुवात गरेको छ र नयाँ आशा जितेको छ। ए मेरा मानिसहरू हो! तिमीहरू किन मेरो ज्योतिभित्रको जीवनमा फर्केर आउन सक्दैनौ? मेरो अगुवाइमा तिमीहरू किन खुशीले उफ्रन सक्दैनौ? भूमिहरू हर्षोल्लासमा चिच्याइरहेका छन्, समुद्र र खोलाहरू प्रफुल्लित हाँसोले गर्जिरहेका छन्! ए पुनरुत्थान भएको इस्राएल! मैले अघिबाटै नियुक्त गरेको विवरणमा तँ किन गर्व गर्न सक्दैनस्? कसले बिलौना गरेको छ? कसले विलाप गरेको छ? पुरानो दिनको इस्राएल अब रहेन, र आजको इस्राएल संसारमा ठाडो हुँदै र उच्‍च हुँदै खडा भएको छ, र सारा मानवजातिको हृदय-हृदयमा खडा भएको छ। आजको इस्राएलले अवश्य नै मेरा मानिसहरूद्वारा अस्तित्वको स्रोत प्राप्त गर्नेछ! हे घृणास्पद मिश्र! अवश्य नै तँ मेरो विरुद्धमा स्थिर रूपमा खडा हुँदैनस्? कसरी तैँले मेरो कृपाबाट फाइदा उठाएर मेरो सजायबाट उम्कने प्रयास गर्छस्? तँ मेरो सजायभित्र कसरी अस्तित्वमा नरहन सक्छस्? मैले प्रेम गर्ने सबै जना अवश्य नै अनन्तसम्‍म जिउनेछन्, र मेरो विरुद्ध खडा हुने सबै जनालाई म अवश्य नै अनन्तसम्‍म सजाय दिनेछु। किनभने म डाहा गर्ने परमेश्‍वर हुँ र तिनीहरूले गरेका सबै कुराको निम्ति म मानिसहरूलाई हल्कासँग छाड्नेछैन। म सारा पृथ्वीलाई रेखदेख गर्नेछु र धार्मिकता, प्रताप, क्रोध, र सजायसहित संसारको पूर्वमा देखा पर्दै, असंख्य मानवजातिका बीचमा आफैलाई प्रकट गर्नेछु!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २६

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १२४

मानिसको देहको भ्रष्टतालाई न्याय गर्ने कामको लागि देहमा हुनुहुने परमेश्‍वर जत्तिको अरू कोही पनि उपयुक्त र योग्य छैन। यदि परमेश्‍वरका आत्माले...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १६६

कुन ज्ञानचाहिँ परमेश्‍वरको धर्मी स्वभावलाई बुझ्ने चाबी हो, के तिमीहरूलाई थाहा छ? यस विषयको अनुभवबाट भन्न सकिने कुराहरू धेरै छन्, तर...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४४

शैतानको परीक्षा (छनौट गरिएका खण्डहरू) मत्ती ४:१-४ तब उजाड स्थानमा दुष्टबाट परीक्षा गरिनलाई आत्माले येशूलाई लानुभयो। र उहाँले चालीस दिन र...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १९४

मानिसलाई आफूमा आत्मिक जीवनको आपूर्ति र परमेश्‍वरलाई चिन्‍ने कार्यको अनुभवको कमी मात्र नभई, अझै महत्त्वपूर्ण रूपमा, आफ्नो स्वभाव परिवर्तनको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्