आधुनिक फरिसीहरूको पहिचान गर्नु, परमेश्‍वरका पाइलाहरू पछ्याउनु

17 अगस्ट 2021

फाङ्ग्जिया, ब्राजिल

मैले सबैभन्दा बढी सम्‍मान गरेका मानिसहरू पाष्टरहरू नै थिए

“सिस्टर फ्याङ्ग सुन्‍नुस् त, सहर बाहिरको एक जना पाष्टर हामीलाई प्रचार गर्न आउनुभएको छ, तपाईं सुन्‍न आउनुहुनेछ?”

“भइहाल्छ नि, म आउनेछु। पाष्टरहरू प्रचार गर्न आउँदा म सधैँ जान्छु।”

आधुनिक फरिसीहरूको पहिचान गर्नु, परमेश्‍वरका पाइलाहरू पछ्याउनु

मेरो मनमा, पाष्टर र एल्डरहरू सधैँ मैले सबैभन्दा बढी सम्‍मान गरेका र आराधना गरेका व्यक्तिहरू हुन्, किनभने बाइबलमा यसो भनिएको छ, “यसैले तपाईंहरू आफैलाई र सारा बगाललाई ध्यान दिनुहोस्, जसमाथि पवित्र आत्माले तपाईंहरूलाई निगरानीकर्ता बनाउनुभएको छ, मण्डलीलाई खुवाउनको निम्ति” (प्रेरित २०:२८)। पाष्टर र एल्डरहरूलाई परमेश्‍वरले स्थापित गर्नुभएको हो, पाष्टर र एल्डरहरूको आज्ञापालन गर्नु भनेको परमेश्‍वरको आज्ञापालन गर्नु हो, र पाष्टर र एल्डरहरूको आज्ञापालन नगर्नु भनेको परमेश्‍वरको विरोध गर्नु हो, त्यसकारण सबै कुरामा हामीले तिनीहरूको कुरा सुन्‍नुपर्छ र पालन गर्नुपर्छ। यसको साथै, पाष्टर र एल्डरहरूले परमेश्‍वरमा धेरै लामो समयदेखि विश्‍वास गरेका हुन्छन्, बाइबलका धेरै कुरा बुझेका हुन्छन्, र तिनीहरूसँग सबैभन्दा दह्रिलो जग हुन्छ, त्यसकारण जब प्रभु आउनुहुन्छ, तब उहाँले सुरुमा तिनीहरूका सामने नै आफूलाई प्रकट गर्नुहुनेछ। त्यसकारण, पाष्टर र एल्डरहरूलाई पछ्याएर, हामी अवश्य नै स्वर्गको राज्यमा प्रवेश गर्न सक्‍नेछौं। त्यसकारण, जब मैले कुनै पाष्टर प्रवचन दिनको लागि आएका छन् भन्‍ने सुन्थें, म सधैँ प्रवचन सुन्‍न जान्थेँ।

भेलाहरूमा, हाम्रो पाष्टरले हामीलाई प्रायजसो यसो भन्‍नुहुन्थ्यो, “परमेश्‍वरको सेवा गर्नको लागि, मैले फ्रान्स र संयुक्त राज्य अमेरिकामा निकै राम्रो तलब भएको पद छोडेँ। म तपाईंहरू प्रत्येक विश्‍वासीको लागि र हाम्रो मण्डलीको हरेक दिन प्रार्थना गर्छु। यदि तपाईंहरूलाई कुनै समस्या भयो भने, दिनको जुनसुकै समय भए पनि, तपाईंहरूले मलाई सम्पर्क गर्न सक्‍नुहुन्छ, र म तपाईंको लागि सो समस्या समाधान गर्नेछु।” जब पाष्टरले त्यसो भनेको मैले सुने, तिनी प्रभुलाई प्रेम गर्ने र निष्ठावान रूपमा सेवा गर्ने व्यक्ति हुन्, तिनी मेरो आदरको योग्य छन्, र हामीले अवश्य नै पाष्टर र एल्डरहरूको कुरा सुन्‍नुपर्छ भन्‍ने कुरामा मैले झन् बढी विश्‍वास गरेँ। त्यसकारण, सबै कुरा गर्नुभन्दा पहिले, म सुरुमा पाष्टरकहाँ नै जान्थेँ, र मलाई अगुवाइ गर्न र मेरो लागि प्रार्थना गरिदिनको लागि उनलाई अनुरोध गर्थेँ। मेरो परिवारको पसल, मेरो छोराको विवाह, र उसको छोराको जन्‍मदिनजस्ता कार्यहरूको लागि समेत मलाई के लाग्थ्यो भने पाष्टर त्यस्तो व्यक्ति हो जसले परमेश्‍वरलाई खुशी पार्छ, त्यसकारण उनले प्रार्थना गरे भने त, परमेश्‍वरले मलाई अवश्य नै सुरक्षित राख्‍नुहुनेछ र उहाँले सबै कुरा राम्ररी अघि बढ्छन् भन्‍ने सुनिश्‍चित गर्नुहुनेछ। त्यही कारणले गर्दा चाहे जेसुकै भए पनि, पाष्टर र एल्डरहरूले यसलाई अवश्य नै समाधान गर्न सक्छन् भन्‍ने मलाई लाग्थ्यो।

मलाई चिन्तन-मननमा अगुवाइ गर्ने प्रवचनहरू सुन्‍नबाट मलाई पाष्टरले निषेध गरेको

समय बित्दै जाँदा, मलाई पाष्टरका प्रवचनहरू बासी र उही किसिमका लाग्‍न थाल्यो। उनले धर्मशास्‍त्रको बाहिरी अर्थ नलगाउँदा, दशांस-भेटी दिने धर्मशिद्धान्तको बारेमा प्रचार गरिरहेको हुन्थ्यो। त्यसमा कुनै नयाँ वा रोचक कुरा हुँदैनथियो। बारम्‍बार यिनै कुराहरू सुन्दा, मैले कुनै पनि आत्मिक बन्दोबस्‍त प्राप्त गरिनँ, त्यसकारण दाजुभाइ-दिदीबहिनीहरूको एउटा समूह र म मिलेर छिमेकी मण्डलीहरूका प्रवचनहरू सुन्‍न थाल्यौं। तर तुरुन्तै, हाम्रो पाष्टरले यसको बारेमा थाहा पाए, र हामीतिर औँलो ठाडो पार्दै तिनले भने, “हाम्रो मण्डलीको नीति-नियमले विश्‍वासीहरूलाई अरू मण्डलीहरूका प्रवचनहरू सुन्‍न अनुमति दिँदैन। यदि तपाईंहरूले हाम्रो मण्डलीमा कुनै नकरात्मक कुरा ल्याउनुभयो र तपाईंहरूका दाजुभाइ-दिदीबहिनीहरूलाई प्रभाव पार्नुभयो भने, तपाईंहरूले दुष्ट काम गरिरहनुभएको हुनेछ।”

यी शब्‍दहरू मलाई ठीक लागेन। मैले सोचेँ, “बाइबलमा त यसो भनिएको छ, ‘शरीर एउटै छ र आत्मा एउटै हुनुहुन्छ, तिमीहरू पनि तिमीहरूका बोलावटको एउटै आशामा बोलाइका हौ; एउटै प्रभु, एउटै बप्तिस्मा, एउटै परमेश्‍वर र सबैका पिता हुनुहुन्छ, जो सबैभन्दा माथि हुनुहुन्छ र सबैका बीचमा र तिमीहरू सबैमा हुनुहुन्छ’ (एफिसी ४:४-६)। मण्डली त प्रभुको शरीर हो। मण्डलीहरूको सङ्ख्या जति नै भए पनि, शरीर एउटै हुनुहुन्छ, र प्रभुमा विश्‍वास गर्ने सबै दाजुभाइ-दिदीबहिनीहरू एउटै परिवार हुन्, त्यसकारण अर्को मण्डलीमा प्रवचनहरू सुन्‍न जानु गलत कुरा नहुनु पर्ने हो।”

त्यसपछि पाष्टरले भने, “उदाहरणको लागि, यदि तपाईंको छोरा घर आउँदैन, तर अरू कसैको घर जान्छ भने, तिनलाई त्यहाँ उचित रूपमा खान र बस्‍न दिइनेछैन भनेर तपाईं अत्यन्तै चिन्तित र भयभीत हुनुहुनेछ। तपाईंहरू सबै मेरा भेडा हुनुहुन्छ, र तपाईंहरूको जीवनको लागि मैले जिम्‍मेवारी लिनुपर्छ। मैले तपाईंहरूको रेखदेख गर्नुपर्छ। यो प्रभुले मलाई दिनुभएको आज्ञा हो।”

मेरो पाष्टरले त्यसो भनेको सुनेपछि, म अन्योल नभई रहन सकिनँ, “के हामी सबै परमेश्‍वरका भेडा होइनौं र? पाष्टर त परमेश्‍वरको सेवक मात्रै हो, परमेश्‍वर होइन, त्यसकारण कसरी हामी तिनका भेडा हुन सक्छौं?” तर मैले फेरि के विचार गरेँ भने पाष्टर र एल्डरहरूलाई परमेश्‍वरले स्थापित गर्नुभएको हुन्छ, पाष्टर र एल्डरहरूको आज्ञा मान्‍नु भनेको परमेश्‍वरको आज्ञा पालन गर्नु हो, त्यसकारण अहिलेको लागि मैले उनीहरूका कुरा सुन्‍नुपर्छ र मान्‍नुपर्छ, यसरी मैले प्रभुलाई विरोध गरिरहेको हुनेछैन। त्यसपछि, मैले अरू मण्डलीहरूमा गएर वचनहरू सुन्‍ने आँट गरिनँ।

तर ममा अझै पनि शङ्का थियो, र मैले यो विचार गरेँ, “यदि पाष्टरले जे गरिरहेको छ त्यो गलत छ भने पनि, के हामीले आज्ञापालन गर्नु आवश्यक हुन्छ त?” त्यसपछि, मैले एक जना प्रचारकलाई यो कुरा सोधेँ, अनि तिनले मलाई यसो भने, “परमेश्‍वरले हाम्रो हृदय हेर्नुहुन्छ, र यदि पाष्टरले जे गरिरहेको छ त्यो गलत छ भने, परमेश्‍वरले नै तिनलाई अनुशासनमा राख्‍नुहुनेछ, जुन हामीसँग सम्‍बन्धित नै हुँदैन। हामीले गर्नु पर्ने कुरा भनेको आज्ञापालन गर्नु मात्रै हो।” यो उचित उत्तर हो भन्‍ने मलाई लाग्यो, त्यसकारण मैले मेरो मण्डलीमा गएर प्रवचनहरू सुन्‍ने कार्यलाई जारी राखेँ।

प्रभुको पुनरागमनको शुभ समाचार सुनेको

एक दिन, संयोगवस, मैले ब्रदर याङ्गको घरमा एक जना प्रचारक, ब्रदर मुलाई भेटेँ। ब्रदर मुले मसँग सत्यताका धेरै पक्षहरूको बारेमा सङ्गति गरे, जस्तै परमेश्‍वरको देहधारणको रहस्य, बुद्धिमती कन्या कसरी बन्‍ने, उठाई लगिनुको साँचो अर्थ, साँचो र झूटा ख्रीष्टहरूलाई कसरी पहिचान गर्ने, र इमानदार व्यक्ति कसरी बन्‍ने। यी सत्यता र रहस्यहरू मैले मण्डलीमा कहिल्यै नसुनेका सत्यताहरू थिए। ती अत्यन्तै ताजा कुरा, सुन्दा पनि खुशी लाग्‍ने किसिमका थिए, र तिनले मलाई आत्मिक तृप्ति प्रदान गर्‍यो। भेलापछि, जब हामीले प्रार्थना गर्‍यौं, ब्रदर मुले सर्वशक्तिमान्‌ परमेश्‍वरको नाममा प्रार्थना गरेको मैले सुनेँ। यसले मलाई अत्यन्तै जिज्ञासु तुल्यायो, त्यसकारण मैले अनलाइन गएर यसको बारेमा खोजी गरेँ। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको वेबसाइट भेटेँ, र जब मैले उक्त लिङ्क खोलेँ, मैले प्रशस्तै सामग्री भेट्टाएँ। त्यहाँ सुसमाचारका धेरै चलचित्रहरू, कलाकारिक प्रस्तुतिहरू, भजनहरू, धेरै दाजुभाइ-दिदीबहिनीहरूको अनुभवको गवाहीका निबन्धहरू रहेछन्। चलचित्र र भिडियोहरूमा देखाइएका सबै दाजुभाइ-दिदीबहिनीहरू यति उत्साहित र आनन्दले भरिएका थिए कि, यसले मलाई तिनीहरूको सराहना गर्ने तुल्यायो। मैले धेरै भजन गीतहरू सुनेँ। ती मलाई अत्यन्तै राम्रो लाग्यो, र ती अत्यन्तै हृदय-स्पर्शी रहेछन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा पवित्र आत्‍माको काम भइरहेको छ भन्‍ने मलाई लाग्यो।

त्यसपछि, जब-जब ब्रदर मुले प्रचार गर्थे, म सधैँ सुन्‍न जान्थेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ, र आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वरले करोडौँ वचनहरू व्यक्त गर्नुभएको छ, मानिसहरूलाई पापको बन्धनबाट पूर्ण रूपमा मुक्त गर्नको लागि उहाँले परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्नुहुन्छ भनेर ब्रदर मुले मलाई गवाही दिए। अनि यसले प्रभुका यी अगमवाणीहरूलाई पूर्ण रूपमा पूरा गरेको छ भनेर पनि उनले बताए: “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूले आउनेवाला कुराहरू देखाउनुहुनेछ” (यूहन्‍ना १६:१२-१३)। “अनि यदि कुनै मानिसले मेरो वचन सुन्छ र पनि विश्‍वास गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर बचाउन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ” (यूहन्ना १२:४७-४८)।

ब्रदर मुका प्रवचनहरू अत्यन्तै राम्रा थिए भन्‍ने कुरालाई मैले स्वीकार गरे तापनि, प्रभु फर्केर आइसक्‍नुभएको छ भन्‍ने विचारप्रति मलाई अझै शङ्का लागेको थियो, त्यसकारण मैले उनलाई सोधेँ, “ब्रदर मु, प्रभु फर्केर आइसक्‍नुभएको छ भनेर तपाईंले भन्‍नुभयो, तर हाम्रो मण्डलीको पाष्टरलाई यसको बारेमा किन थाहा छैन? पाष्टर र एल्डरले परमेश्‍वरको सेवा गर्छन्, तिनीहरूलाई परमेश्‍वरले स्थापित गर्नुभएको हो, र यदि प्रभु आइसक्‍नुभएको हो भने, उहाँले सबैभन्दा पहिले तिनीहरूलाई नै प्रकाश यो कुराको प्रकाश दिनुहुनेथियो!”

ब्रदर मुले धैर्यताको साथ सङ्गति गर्‍यो, “सिस्टर, हामी जब प्रभु आउनुहुन्छ तब उहाँले सुरुमा पाष्टर र एल्डरहरूलाई अन्तर्दृष्टि दिनुहुन्छ भन्‍ने विश्‍वास गर्छौं, तर यस दृष्टिकोणको बारेमा के हामीसँग प्रभुका वचनहरूको आधार छ? के यो प्रभुको इच्‍छा अनुरूप छ? के उहाँले सुरुमा पाष्टर र एल्डरहरूलाई प्रकाश दिनुहुनेछ भनेर प्रभुले भन्‍नुभएको थियो? यहूदी धर्मका फरिसीहरू परमेश्‍वरलाई वर्षौंदेखि मन्दिरमा सेवा गर्ने मानिसहरू थिए। तिनीहरू धर्मशास्‍त्रका पुस्तकहरूप्रति परिचित थिए, व्यवस्था र मन्दिरको उर्दीहरूप्रति तिनीहरू पोख्त थिए, र सुसमाचार प्रचार गर्नको लागि तिनीहरू पृथ्वीका कुन-कुनामा जान्थे, तर जब प्रभु येशू काम गर्न आउनुभयो, उहाँले तिनीहरूलाई सुरुमा प्रकाश दिनुभएन। वास्तवमा, प्रभु येशूलाई पछ्याउने प्रेरितहरूमध्ये कसैले पनि परमेश्‍वरको प्रकाश प्राप्त गरेर प्रभुमा विश्‍वास गरेका थिएनन्। त्यसकारण, जब प्रभु फर्कनुहुन्छ तब उहाँले सुरुमा पाष्टर र एल्डरहरूलाई अन्तर्दृष्टि दिनुहुनेछ भन्‍ने विचारको बारेमा परमेश्‍वरका वचनहरूमा कुनै आधार छैन, र यो पूर्ण रूपमा मानिसका धारणाहरू र कल्‍पनाहरूमा मात्रै आधारित छ। प्रभु येशू भन्‍नुभयो: ‘मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्’ (यूहन्‍ना १०:२७)। ‘अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ’ (मत्ती २५:६)। बाइबलको प्रकाशको पुस्तकमा यो अगमवाणी पनि गरिएको छ: ‘हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ’ (प्रकाश ३:२०)। ‘आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्’ (प्रकाश २:७)। यसबाट, हामी के देख्छौं भने, जब प्रभु फर्कनुहुन्छ, उहाँले मण्डलीहरूसँग बोल्‍नुहुनेछ, र जो उहाँका भेडा हुन् तिनीहरूले उहाँका वचनहरूबाट उहाँलाई पहिचान गर्नेछन्। प्रभु येशूले हामीलाई बुद्धिमती कन्या बन्‍न, उहाँको आवाज ध्यान दिएर सुन्‍न, र यसलाई सुनेर, यसको खोजी गर्न र यसलाई स्वीकार गर्न आज्ञा गर्नुभएको छ। हामीले प्रभु देखा पर्नुभएको घटनालाई ग्रहण गरेर विवाह-भोजमा उहाँसँग सहभागी हुन सक्‍ने तरिका यही हो। त्यसकारण, प्रभुको पुनरागमनलाई स्वागत गर्ने अत्यन्तै महत्त्वपूर्ण विषयमा, हामी प्रभुका वचनहरू अनुसार र उहाँका मापदण्डहरू अनुसार बुद्धिमती कन्या बन्‍नुपर्छ। हामीले प्रभुको आवाजलाई ध्यान दिएर सुन्‍नुपर्छ, अनि जब प्रभु आइसक्‍नुभएको छ भनेर कसैले प्रचार गरेको सुन्छौं, हामीले सक्रिय भई यसको खोजी र अनुसन्धान गर्नुपर्छ, साथै परमेश्‍वरको वचन र सत्यता यही हो भन्‍ने कुरा निर्धारित गरिसकेपछि, यसलाई स्वीकार गर्नुपर्छ र पालन गर्नुपर्छ। यसरी मात्रै हामीले फर्कनुभएका प्रभुलाई ग्रहण गर्न अनि परमेश्‍वरको सिंहासन अघि उठाई लगिन सक्छौं। यदि हामी हाम्रा धारणा र कल्‍पनाहरूमा भर पर्छौं र जब प्रभु आउनुहुन्छ, उहाँले अवश्य नै पाष्टर र एल्डरहरूलाई अन्तर्दृष्टि दिनुहुन्छ भन्‍ने विश्‍वास गर्छौं, पाष्टरहरूले हामीलाई प्रभु आउनुभएको छ भन्‍ने समाचार सुनाउनेछन् त्यसैले हामीले प्रतीक्षा मात्रै गर्नुपर्छ भन्‍ने ठान्छौं, हाम्रो लागि प्रभु येशूले दिनुभएका मापदण्डहरूलाई बेवास्ता गर्छौं, फर्कनुभएका प्रभुले बोल्‍नुभएका वचनहरूलाई सुन्दैनौं, र आखिरी दिनहरूमा प्रभुले गर्नुभएको कामको खोजी वा अनुसन्धान गर्दैनौं भने, हामीले फर्कनुभएका प्रभुलाई ग्रहण गर्ने मौकालाई सहजै गुमाउन सक्छौं र उहाँद्वारा त्यागिन सक्छौं!”

ब्रदर मुको सङ्गतिमा बुद्धि र उचित आधार थियो। मेरो स्वीकृती व्यक्त गर्नको लागि मैले शिर हल्‍लाएँ। प्रभुको आगमनलाई ग्रहण गर्ने विषयमा, हामीले अवश्य नै प्रभुका वचनहरू अनुसार अभ्यास गर्नुपर्छ, हामी बुद्धिमती कन्याहरू बन्‍नुपर्छ, र प्रभुको आवाजलाई ध्यान दिएर सुन्‍नुपर्छ, किनभने त्यसो गरेर मात्रै हामीले फर्कनुभएका प्रभुलाई ग्रहण गर्ने मौका पाउँछौं।

के पाष्टर र एल्डरहरूलाई साँच्‍चै परमेश्‍वरले नै स्थापित गर्नुभएको हुन्छ?

त्यसपछि, ब्रदर मुले भन्‍नुभयो, “सिस्टर, पाष्टर र एल्डरहरू सबै परमेश्‍वरद्वारा स्थापित गरिएका हुन्छन् भनी तपाईंले भर्खरै भन्‍नुभयो, तर त्यो सत्यता अनुरूप हो कि होइन भन्‍ने कुरालाई तपाईंले विचार गर्नुभएको छ भन्‍ने कुरामा म निश्‍चित छैनँ।”

अकमक्‍क भएर मैले भनेँ, “बाइबलले यसो भन्छ, ‘यसैले तपाईंहरू आफैलाई र सारा बगाललाई ध्यान दिनुहोस्, जसमाथि पवित्र आत्माले तपाईंहरूलाई निगरानीकर्ता बनाउनुभएको छ, मण्डलीलाई खुवाउनको निम्ति’ (प्रेरित २०:२८)। के बाइबलको यो पदले पाष्टर र एल्डरहरू परमेश्‍वरद्वारा स्थापित भएका हुन्छन् भनेर भन्दैन र? पाष्टर र एल्डरहरूको आज्ञापालन गर्नु भनेको परमेश्‍वरको आज्ञापालन गर्नु हो। के त्यो गलत हो भनेर तपाईं भन्दैहुनुहुन्छ?”

ब्रदर मुले धैर्यताको साथ यसो भने, “सिस्टर, ती वचनहरू पावलले बोलेका हुन्, परमेश्‍वरले बोल्‍नुभएको होइन। पावल भ्रष्ट मानवजातिको सदस्य मात्रै थिए। के उनका वचनहरूले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छन्? के पाष्टर र एल्डरहरूलाई परमेश्‍वरले स्थापित गर्नुभएको हुन्छ भनेर पावलका वचनहरूको आधारमा निर्धारित गर्नु उचित हुन्छ? के ती मानव धारणा र कल्‍पनाहरू होइनन् र? ‘परमेश्‍वरले स्थापित गर्नुभएका’ भन्‍ने धारणाहरू हल्‍कासित लिनुपर्ने विचार होइनन्। परमेश्‍वरद्वारा स्थापित गरिएका र प्रयोग गरिएका मानिसहरू परमेश्‍वरले व्यक्तिगत रूपमा नै छनौट गर्नुभएका मानिसहरू हुन्। व्यवस्थाको युगमा इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउनको लागि यहोवाले मोशालाई स्थापित गर्नुभयो र प्रयोग गर्नुभयो, उदाहरणको लागि, यसको बारेमा स्पष्ट वचनहरू दिइएको थियो। यहोवाले मोशाकहाँ जलिरहेको पोथ्रामा देखा परेर तिनलाई भन्‍नुभयो, ‘म तँलाई फारोकहाँ पठाउनेछु, ताकि तैँले मेरा मानिसहरू इस्राएलका सन्तानहरूलाई मिश्रबाट निकालेर ल्याउनेछस्’ (प्रस्थान ३:१०)। ‘निश्‍चय नै म तँसँग हुनेछु; र यो तेरो निम्ति चिन्‍ह हुनेछ: जब तैँले मानिसहरूलाई मिश्रबाट ल्याउँछस्, तिमीहरूले यस पर्वतमा परमेश्‍वरको सेवा गर्नेछौ (प्रस्थान ३:१२)। अनुग्रहको युगमा, जब प्रभु येशू र पत्रुसले मण्डलीको गोठाला गर्नुभयो, यसको प्रमाण स्वरूप यस बारेमा स्पष्ट वचनहरू दिइएको थियो किनभने उहाँले पत्रुसलाई यसो भन्‍नुभएको थियो, ‘योनाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? … मेरा भेडालाई खुवाऊ’ (यूहन्‍ना २१:१७)। ‘र म तिमीलाई पनि भन्दछु, कि तिमी पत्रुस हौ र यस चट्टानमाथि म मेरो मण्डली निर्माण गर्नेछु; र नरकका ढोकहरूले यसलाई जित्‍नेछैनन्। अनि म तिमीलाई स्वर्ग राज्यका चाबीहरू दिनेछु: र तिमीले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गमा बाँधिनेछ: अनि तिमीले पृथ्वीमा जे फुकाउँछौ, त्यो स्वर्गमा फुकाइनेछ’ (मत्ती १६:१८-१९)। परमेश्‍वरले कसरी मोशा र पत्रुसलाई स्थापित गर्नुभयो र प्रयोग गर्नुभयो सो कुराबाट हामी के देख्‍न सक्छौं भने, जोसँग तिनीहरूलाई परमेश्‍वरले स्थापित गर्नुभएको र प्रयोग गर्नुभएको हो भन्‍ने कुराको प्रमाणको रूपमा परमेश्‍वरको वचन हुन्छ तिनीहरूसँग प्रमाणकै रूपमा पवित्र आत्माको काम पनि हुन्छ। परमेश्‍वरले नियुक्त गर्नुभएका मानिसहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरको वचन अभ्यास गर्न र उहाँका मापदण्डहरू अनुसार उहाँको मार्गलाई पछ्याउन अगुवाइ गर्छन्, तिनीहरूको कामलाई पवित्र आत्‍माले सुरक्षित गर्नुभएको र अगुवाइ गर्नुभएको हुन्छ, तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूलाई आत्मिक बन्दोबस्‍त प्राप्त गर्न र सच्‍चा गोठालोपन प्राप्त गर्न सहायता गर्न सक्‍ने मानिसहरू हुन्छन्। त्यसकारण, जब अरूले यी मानिसहरूको काम र अगुवाइको पालना गर्छन्, तिनीहरूले परमेश्‍वरको आज्ञापालन गरिरहेका हुन्छन्, र यी मानिसहरूलाई विरोध गर्नु भनेको परमेश्‍वरलाई विरोध गर्नु हो, जसले परमेश्‍वरको स्वभावलाई चिढ्याउँछ, र परमेश्‍वरको श्राप र दण्ड निम्त्याउँछ।”

यी कुराहरू सुनेपछि मैले अचानक यो कुराको महसुस गरेँ, “ठीक भन्‍नुभयो, त्यो बाइबल पद प्रभु येशूले होइन तर पावलले बोलेका हुन् भन्‍ने कुरालाई मैले कहिल्यै पत्ता लगाएको थिइनँ। ब्रदर मुले दिनुभएको सङ्गति सही छ। मानिसका वचनहरूले कसरी प्रभुका वचनहरूलाई प्रतिनिधित्व गर्न सक्छन्? तथ्य त के हो भने परमेश्‍वरद्वारा प्रयोग गरिएका मानिसहरू सबैसँग प्रमाणको रूपमा परमेश्‍वरका वचनहरू हुन्छन्, साथै प्रमाणको रूपमा पवित्र आत्माको काम हुन्छ। बाफरे बाफ! विगतमा म साँच्‍चै पाष्टर र एल्डरहरू सबैलाई परमेश्‍वरले स्थापित गर्नुभएको हो भनेर विश्‍वास गर्ने कति अज्ञानी थिएछु।” तर म अझै पनि अन्योलमा थिएँ, “यदि यी पाष्टर र एल्डरहरूलाई परमेश्‍वरले स्थापित गर्नुभएको होइन भने, तिनीहरूले कसरी मण्डलीमा प्रचार गर्न र काम गर्न सक्छन्? यहाँ के भइरहेको छ?” त्यसकारण, मैले मेरो अन्योलतालाई व्यक्त गरेँ।

ब्रदर मुले यो कुरा सुने अनि सङ्गति गरे, “वास्तवमा, धार्मिक संसारका धेरैजसो पाष्टर र एल्डरहरूले धर्मशास्‍त्र स्कूलहरूबाट दीक्षान्त पाएका हुन्छन्। धर्मशास्‍त्र स्कूलमा कहिल्यै भर्ना नभएकाहरूलाई विश्‍वासीहरूले छनौट गर्छन्। पाष्टर र एल्डहरूका रूपमा, तिनीहरूसँग प्रमाणको रूपमा परमेश्‍वरको वचन हुँदैन, र प्रमाणको रूपमा तिनीहरूसँग पवित्र आत्माको काम हुँदैन। तिनीहरूलाई परमेश्‍वरले नियुक्त गर्नुभएको हुँदैन। अनि आज, झन्-झन् बढी गैरकानुनी कामहरू गरिएको कारण धार्मिक संसार झन्-झन् उजाड हुँदैछ। धेरै पाष्टर र एल्डरहरूले संसारको दुष्ट प्रचलनहरूलाई पछ्याउँछन्। तिनीहरू धनको लोभ गर्छन्, आफ्‍नो मान-सम्‍मानको लोभ गर्छन्, आफू-आफू बीचमा विवाद र झगडा गर्छन्, र ख्याति र सम्पत्तिको लागि संघर्ष गर्छन्। तिनीहरूको काम र प्रवचनहरूमा तिनीहरूले धर्मशास्‍त्रीय सिद्धान्तहरू र बाइबलीय ज्ञानको बारेमा प्रचार गर्ने कार्यमा मात्रै ध्यान दिन्छन्, मानिसहरूलाई धार्मिक विधिविधान र नियमहरूको पालना गर्न सिकाउँछन्, अनि अरूले तिनीहरूको आराधना गरून् र तिनीहरूलाई सम्‍मान गरून् भनेर तिनीहरूले प्रभुको लागि कति धेरै काम गरेका छन् र तिनीहरूले कति धेरै मार्गहरू हिँडेका छन्, अनि प्रभुको सेवा गर्न तिनीहरूले कसरी जागिर र विवाह जस्ता कुराहरू त्यागेका छन्, प्रायजसो यिनै कुराको बारेमा छलफल गर्छन्। तैपनि तिनीहरूले परमेश्‍वरको कामको गवाही दिने वा त्यसलाई उचाल्‍ने काम कहिल्यै गर्दैनन्, तिनीहरूले परमेश्‍वरको इच्‍छाको बारेमा कहिल्यै सङ्गति गर्दैनन्, तिनीहरूले अरूलाई परमेश्‍वरको वचन अभ्यास गर्न वा अनुभव गर्न अगुवाइ गर्दैनन्, र तिनीहरूले आफ्‍नो जीवनको अनुभव बारेमा कहिल्यै छलफल गर्दैनन्। तिनीहरूका प्रवचनहरू सुनेर, मानिसहरूले तिनीहरूका आफ्‍नै भ्रष्टताको बारेमा कुनै ज्ञान, परमेश्‍वरप्रतिको कुनै सच्‍चा आज्ञापालन वा डर प्राप्त गर्दैनन्, अनि तिनीहरूले यी पाष्टरहरू र एल्डरहरूलाई झन्-झन् बढी सम्‍मान गर्छन् र आराधना गर्छन्। जेसुकै भए पनि, मानिसहरू सुरुमा प्रार्थना गर्ने र खोजी गर्ने कार्य गर्नुको सट्टा, तिनीहरूका पाष्टर र एल्डरहरूकहाँ जान्छन्। तिनीहरूले परमेश्‍वरलाई नामको मात्रै विश्‍वास गर्छन् र नामले मात्रै पछ्याउँछन्, अनि वास्तवमा तिनीहरूले मानिसलाई नै विश्‍वास गर्छन् र मानिसलाई नै पछ्याउँछन्। धार्मिक संसारका यी पाष्टर र अगुवाहरूले धेरै पहिले नै प्रभुको मार्गलाई त्यागेका छन्, र तिनीहरूलाई पवित्र आत्माको कामले त्यागेको छ र हटाएको छ। परमेश्‍वरको सेवा गर्ने, तैपनि उहाँलाई विरोध गर्ने यी मानिसहरूलाई परमेश्‍वरले कसरी उहाँका चुनिएका मानिसहरूलाई अगुवाइ गर्नको लागि स्थापित गर्न वा प्रयोग गर्न सक्‍नुहुन्छ? त्यस्ता मानिसहरूलाई परमेश्‍वरले स्थापित गर्नुभएको हुन्छ वा प्रयोग गर्नुभएको हुन्छ भनेर कसरी भन्‍न सकिन्छ? ‘पाष्टर र एल्डरहरूलाई परमेश्‍वरले स्थापित गर्नुभएको हुन्छ’ भन्‍ने दृष्टिकोण पूर्ण रूपमा हास्यास्पद छ, र यो मानिसहरूलाई अन्योल तुल्याउने र परमेश्‍वरको विरोध गर्ने उद्देश्यको विचार बाहेक अरू केही होइन! यसको साथै, धेरैजसो मानिसहरूले यो विश्‍वास गर्छन्, ‘पाष्टर र एल्डरहरूलाई परमेश्‍वरले स्थापित गर्नुभएको हुनाले, पाष्टर र एल्डरहरूको आज्ञापालन गर्नु भनेको परमेश्‍वरको आज्ञापालन गर्नु हो, र पाष्टर र एल्डरहरूको आज्ञापालन नगर्नु भनेको परमेश्‍वरको विरोध गर्नु हो।’ प्रभुलाई दोष दिन र विरोध गर्न फरिसीहरूलाई पछ्याउने यहूदी धर्मका विश्‍वासीहरू परमेश्‍वरका आज्ञाकारी थिए भनेर के हामीले यो तर्कको आधारमा भन्‍न सक्छौं? अनि के फरिसीहरूलाई इन्कार गरेर प्रभु येशूलाई पछ्याउनेहरू परमेश्‍वरको विरोध गर्ने मानिसहरू थिए? अवश्य नै यो हास्यास्पद दृष्टिकोण हो।

“यसको साथै, सिस्टर, प्रभुमाथिको हाम्रो विश्‍वासमा, हामीले सबैभन्दा बढी उहाँलाई नै सम्‍मान गर्नुपर्छ, प्रभुका वचनहरूलाई हाम्रा सबै कुराको आधार बनाउनुपर्छ, र जब हाम्रो जीवनमा कुनै घटना घट्छ, हामीले परमेश्‍वरको इच्‍छालाई बुझ्‍ने प्रयास गर्नुपर्छ। पाष्टर र एल्डरहरूसँग कसरी व्यवहार गर्ने विषयमा भन्दा, हामीले सुरुमा के कुरालाई बुझ्‍नुपर्छ भने, तिनीहरूलाई परमेश्‍वरले स्थापित गर्नुभएको होइन, जसको अर्थ हामीले अन्धाधुन्ध तिनीहरूको कुरा मान्‍नु हुँदैन, र हामीले असल-खराब छुट्याउने क्षमताको विकास गर्नुपर्छ। यदि पाष्टर र एल्डरहरूले भन्‍ने र गर्ने कुरा परमेश्‍वरका वचनहरू अनुरूप छन्, र तिनीहरूको सङ्गतिद्वारा हामीले परमेश्‍वरको इच्‍छा र मापदण्डहरूलाई बुझ्‍न सक्छौं भने, हामीले तिनीहरूको कुरा स्वीकार र पालन गर्नुपर्छ। यदि पाष्टर र एल्डरहरूले आफ्‍नै मात्रै प्रशंसा गर्छन्, तर तिनीहरूको काम र प्रवचनहरूमा परमेश्‍वरको गवाही दिँदैनन्, अनि तिनीहरूले भन्‍ने र गर्ने कुरा परमेश्‍वरका वचनहरू अनुरूप छैनन्, वा तिनले परमेश्‍वरका वचनहरूलाई धोका समेत दिन्छन् भने, हामीले तिनीहरूको कुरा सुन्‍ने वा तिनीहरूको कुरा मान्‍ने गर्नु हुँदैन। यसरी मात्रै हामी परमेश्‍वरको इच्‍छा अनुरूप हुन्छौं र परमेश्‍वरको सच्‍चा विश्‍वासी हुन्छौं। त्यसकारण, यदि हामीले अन्धाधुन्ध पाष्टर र एल्डरहरूका वचनहरू सुन्छौं र पालन गर्छौं, अनि तिनीहरूले भन्‍ने र गर्ने कुरालाई असल हो कि खराब हो सो छुट्याउँदैनौं भने, हामीले परमेश्‍वरको विरोध गर्ने कार्यमा तिनीहरूलाई पछ्याइरहेका हुनसक्छौं, र त्यसको परिणामहरू अकल्‍पनीय छन्।”

ब्रदर मुको सङ्गति सुनिसकेपछि, मेरो हृदय अलिक हल्का भयो र मैले भनेँ, “त्यसो भए धार्मिक संसारका केही पाष्टर र एल्डरहरू धार्मिक संस्थाहरूबाट दीक्षान्त पाएकोले मात्रै पाष्टर बनेका हुन्, र अरूलाई तिनीहरूका दाजुभाइ-दिदीबहिनीहरूले सिफारिश गरेका हुन्, तर पाष्टर र एल्डरहरूका रूपमा, तिनीहरूको योग्यताको प्रमाणको रूपमा तिनीहरूसँग परमेश्‍वरको वचन र पवित्र आत्माको काम हुँदैन। त्यसको बाबजुत पनि, मैले तिनीहरू सबैलाई परमेश्‍वरले स्थापित गर्नुभएको हो भन्‍ने विश्‍वास गर्थेँ, पाष्टर र एल्डरहरूको आज्ञापालन गर्नु भनेको परमेश्‍वरको आज्ञापालन गर्नु हो भन्‍ने ठान्थें। यो दृष्टिकोण साँच्‍चै हास्यास्पद छ!”

जुन बेला मैले मेरो पाष्टरको आराधना गर्थेँ त्यो बेलाको विगतका दृश्यहरूको बारेमा कल्‍पना गर्दै मैले लामो सास फेरेँ र भनेँ, “विगतमा, म सधैँ पाष्टर र एल्डरहरूलाई परमेश्‍वरले नै स्थापित गर्नुभएको भन्‍ने विश्‍वास गर्थेँ। तिनीहरूले जे-जे भन्थे सो मैले सुन्थें, र मैले परमेश्‍वरको आज्ञापालन गरिरहेको छु भन्‍ने ठान्थें। कहिलेकहीँ मेरो पाष्टरले जे भन्थे र गर्थे त्यो प्रभुको इच्‍छा अनुरूप छैन भन्‍ने मैले स्पष्ट रूपमा देख्थें, तर उनको कुरा नसुन्‍नु भनेको परमेश्‍वरको विरोध गर्नु हो भन्‍ने कुरामा मलाई डर लाग्थ्यो, त्यसकारण मैले आज्ञापालन मात्रै गर्न सक्थेँ। पाष्टरले हामीलाई अरू मण्डलीहरूमा प्रवचनहरू सुन्‍नबाट निषेध गर्दा पनि, मैले जाने आँट गरिनँ। म साँच्‍चै अज्ञानी रहेछु! विगतमा मैले सत्यतालाई बुझेको थिइनँ। भ्रमहरूले मलाई अन्योलमा पार्‍यो र बन्धनमा राख्यो। मैले परमेश्‍वरलाई नामको मात्रै विश्‍वास गरेँ, र मैले जसमाथि विश्‍वास गरेको थिएँ त्यो त मेरो पाष्टर नै थियो। म परमेश्‍वरमा विश्‍वास गर्ने तर मानिसलाई पछ्याउने व्यक्ति बनेको थिएँ। कस्तो दयनीय अन्त्य हो! ब्रदर मु, परमेश्‍वरलाई सच्‍चा रूपमा पछ्याउने व्यक्ति बन्‍नको लागि मैले भविष्यमा के गर्नुपर्छ, र मानिसलाई पछ्याउने मार्गबाट म कसरी टाढा बस्‍न सक्छु?”

सच्‍चा रूपमा परमेश्‍वरलाई पछ्याउनुको अर्थ के हो

मेरो प्रश्‍न सुनिसकेपछि, ब्रदर मुले खुशीसाथ उत्तर दिए, “परमेश्‍वरलाई धन्यवाद होस्! परमेश्‍वरको अन्तर्दृष्टि र अगुवाइको कारण तपाईंले यस किसिमको बुझाइ प्राप्त गर्न सक्‍नुभएको हो। सिस्टर, तपाईंले भर्खरै गर्नुभएको प्रश्‍न एकदमै राम्रो प्रश्‍न हो, परमेश्‍वरमाथिको हाम्रो विश्‍वासमा हामीले उहाँको स्वीकृती प्राप्त गर्छौं कि गर्दैनौ त्यो कुरासँग प्रत्यक्ष रूपमा जोडिएको प्रश्‍न। परमेश्‍वर जीवनको जिउँदो पानीको स्रोत हुनुहुन्छ, र यदि हामी परमेश्‍वरबाट टाढा जान्छौं र मानिसलाई पछ्याउँछौं भने, हामीले जीवनको पानी र बन्दोबस्‍तको पहुँचलाई गुमाउनेछौं, हाम्रो आत्मा झन्-झन् ओइलँदै जानेछ, हामीसँग पछ्याउने बाटो हुँदैन, र हामीले अन्त्यसम्‍मै विश्‍वास गरे पनि, हामीले केही पनि प्राप्त गर्दैनौं। अनि यदि हामीले धोकामा परेर ख्रीष्ट विरोधीहरूलाई पछ्यायौं, र दुष्ट काम गर्ने र परमेश्‍वरको विरोध गर्ने काममा तिनीहरूलाई पछ्यायौं भने, हामीले हाम्रो आफ्‍नै बरबादीको छाप लगाउँछौं। त्यसकारण, परमेश्‍वरमाथिको हाम्रो विश्‍वासमा, हामीले परमेश्‍वरलाई पछ्याउने सही मार्ग अपनाउनैपर्छ। यस विषयमा सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनको दुई खण्ड पढौं, ‘परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले परमेश्‍वरको आज्ञापालन र उहाँको आराधना गर्नुपर्छ। कुनै व्यक्तिलाई ठूलो बनाउने वा उच्‍च ठान्‍ने नगर्; परमेश्‍वरलाई पहिलो स्थानमा, तैँले उच्‍च ठान्‍ने मानिसहरूलाई दोस्रोमा र तँ आफैलाई तेस्रो स्थानमा नराख्। कुनै व्यक्तिले तेरो हृदयमा स्थान पाउनु हुँदैन, र तैँले ती मानिसहरूलाई—विशेष गरी तैँले श्रद्धा गर्ने मानिसहरूलाई परमेश्‍वर समान वा उहाँको बराबर ठान्नु हुँदैन’ (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश”)।

परमेश्‍वरलाई पछ्याउनुको प्रमुख महत्त्व भनेको सबै कुरा परमेश्‍वरको आजको वचन अनुसार नै हुनुपर्छ भन्‍ने नै हो: चाहे तैँले जीवनमा प्रवेशको खोजी गरिरहेको होस् वा परमेश्‍वरको इच्‍छाको पूर्णता नै, सबै कुरा परमेश्‍वरको आजको वचन वरिपरि नै केन्द्रित हुनुपर्छ। यदि तेरो कुराकानी र खोजी परमेश्‍वरको आजको वचनहरू वरिपरि केन्द्रित छैनन् भने, तँ परमेश्‍वरको वचनको लागि अपरिचित छस्, र तँमा पवित्र आत्‍माको कार्यको पूर्ण अभाव छ’ (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ”)।”

ब्रदर मुले यसो भन्दै सङ्गति गर्नुभयो, “परमेश्‍वर पवित्र हुनुहुन्छ, उहाँ फोहोरी घरमा बस्‍नुहुन्‍न, र परमेश्‍वरका विश्‍वासीहरूका रूपमा, हामीले सबैभन्दा बढी परमेश्‍वरलाई नै आदर गर्नुपर्छ र सबै कुराभन्दा माथि उहाँकै वचनहरूलाई राख्‍नुपर्छ। जब-जब हाम्रो जीवनमा कुनै घटना घट्छ, हामी सुरुमा परमेश्‍वरकहाँ जानुपर्छ, उहाँका वचनहरूमा उहाँको इच्‍छाको खोजी गर्नुपर्छ, उहाँका मापदण्डहरू अनुसार काम-कुराहरू गर्नुपर्छ र अरूलाई सोही अनुरूप व्यवहार गर्नुपर्छ, अनि सबै कुरामा परमेश्‍वरको आज्ञापालन गर्ने र आराधना गर्ने क्षमता हासिल गर्नुपर्छ। यी कुराहरू गर्नु भनेको नै परमेश्‍वरलाई पछ्याउनु हो। तैपनि, यदि हामीले परमेश्‍वरलाई सबैभन्दा बढी आदर गर्न सक्दैनौं र उहाँका वचनहरूलाई सबैभन्दा माथि राख्‍न सक्दैनौं भने, जब हामीमा घटनाहरू आइपर्छ तब हामीले उहाँको इच्‍छाको खोजी गर्दैनौं, उहाँको वचनको अभ्यास गर्दैनौं, बरु व्यक्तिले भनेको कुरा सत्यता अनुरूप छ कि छैन भनेर पत्ता नलगाइकन व्यक्तिका वचनहरू अन्धाधुन्ध सुन्छौं र पालन गर्छौं भने, हामीले मानिसलाई पछ्याइरहेका हुन्छौं। यहोवाले भन्‍नुभयो: ‘मानिसमा भरोसा गर्ने, र आफ्‍नो देहलाई आफ्नो अस्त्र बनाउने अनि जसको हृदय यहोवादेखि टाढा जान्छ त्यो मानिस श्रापित होस्’ (यर्मिया १७:५)। परमेश्‍वरको स्वभावले मानिसबाट कुनै पनि अपमान सहँदैन। आफ्‍नो हृदयमा परमेश्‍वरको निम्ति कुनै स्थान नभएका मानिसहरूलाई, र अरूको आराधना गर्ने, तिनीहरूकै कुरा मान्‍ने, र तिनीहरूलाई पछ्याउने मानिसहरूलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ र तिरस्कार गर्नुहुन्छ। सिस्टर, हामीले यहूदी धर्मका विश्‍वासीहरूले गरेकै गल्ती दोहोर्‍याउनु हुँदैन। तिनीहरूले आफ्‍नो हृदयमा परमेश्‍वरको निम्ति कुनै स्थान नराखिकन परमेश्‍वरलाई विश्‍वास गर्थे, फरिसीहरूको वचनलाई अन्धाधुन्ध पछ्याउँथे र विश्‍वास गर्थे, र अन्त्यमा तिनीहरूले प्रभु येशूलाई विरोध गर्ने कार्यमा फरिसीहरूलाई पछ्याए, अनि तिनीहरू परमेश्‍वरद्वारा श्रापित भए।

“परमेश्‍वरलाई पछ्याउनको लागि महत्त्वपूर्ण रहेको अर्को कुनै कुरा छ, जुन परमेश्‍वरको हालका वचन र कार्यलाई पछ्याउनु हो। परमेश्‍वरको कार्यले अनन्त रूपमा आफैलाई नवीकरण गर्छ, र कामको हरेक चरण अघिल्‍लोभन्दा उच्‍च हुन्छ, त्यसकारण जब परमेश्‍वरले नयाँ कार्य गर्नुहुन्छ, हामीले यसको गतिलाई पछ्याउनैपर्छ र यसलाई स्वीकार र पालन गर्न सक्‍नैपर्छ। थुमाका पाइलाहरूलाई पछ्याउने व्यक्ति बन्‍नु भनेको यही हो, जसले प्रकाशको पुस्तकको अगमवाणीलाई पूरा गर्छ ‘यिनीहरू थुमा जता-जता जानुहुन्छ उहाँलाई त्यता-त्यतै पछ्याउनेहरू हुन्’ (प्रकाश १४:४)। यो कुरा त्यसरी नै हुन्छ जसरी प्रभु येशू आउनुभयो र काम गर्नुभयो, उहाँले व्यवस्थाको युग समाप्त गर्नुभयो, उहाँले अनुग्रहको युग सुरु गर्नुभयो, उहाँले मानवजातिलाई छुटकारा दिने काम गर्नुभयो, जुन व्यवस्थाको युगको कामभन्दा उच्‍च थियो। त्यो बेला, पत्रुस, यूहन्‍ना, र सामरी स्‍त्री जस्ता मानिसहरूले प्रभुका वचन र कामहरूबाट परमेश्‍वरको आवाजलाई पहिचान गर्न सके, आउनुहुनेछ भनी अगमवाणी गरिएको मसीह येशू नै हुनुहुन्छ भन्‍ने निर्धारित गरे, अनि व्यवस्थाको युगबाट निस्की आए, प्रभु येशूको कामलाई पछ्याए, प्रभुका वचनहरूका पानी र बन्दोबस्‍तलाई प्राप्त गरे, र मानवजातिको निम्ति परमेश्‍वरको प्रशस्त आशिषहरू प्राप्त गरे। यस बीच, प्रभु येशूको छुटकाराको कामलाई स्वीकार नगर्ने र पुरानो करारको व्यवस्थालाई नै पालन गरिरहने, परमेश्‍वरलाई मन्दिरमा नै आराधना गर्ने, आज्ञाहरू पालन गर्ने, र शबाथ-दिन पालन गर्नेहरूले थुमाका पाइलाहरूलाई पछ्याइरहेका थिएनन्, र पवित्र आत्‍माको कार्यद्वारा तिनीहरू सबैलाई हटाइयो। आज, प्रभु येशू देहमा फर्केर आउनुभएको छ, उहाँले अनुग्रहको युगलाई समाप्त गर्नुभएको छ, राज्यको युग सुरु गर्नुभएको छ, र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्नुहुन्छ। यो छुटकाराको कामभन्दा नयाँ, र उच्‍च कार्य हो। संसारभरिका देशहरूका धेरैभन्दा धेरै मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरूमा परमेश्‍वरको आवाज पहिचान गरिरहेका छन्, आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वरले गर्नुभएको कामलाई पछ्याइरहेका छन्, परमेश्‍वरका वचनहरूको न्याय र सजायलाई स्वीकार गरिरहेका छन्, र थुमाको विवाह-भोजमा सहभागी भइरहेका छन्। यदि हामी परमेश्‍वरलाई पछ्याउन चाहन्छौं भने, हामीले मानिसहरूका बन्धनहरूमा आफैलाई कष्ट भोग्‍न दिनु हुँदैन। हामीले थुमाका पाइलाहरूलाई नजिकबाट पछ्याउनुपर्छ र आखिरी दिनहरूको परमेश्‍वरको कार्यलाई स्वीकार गर्नुपर्छ, किनभने यसरी मात्रै हामीले पवित्र आत्माको कामलाई ग्रहण गर्न सक्छौं, अनि मात्रै हामीसँग हिँड्ने मार्ग हुन्छ। अन्धाधुन्ध पाष्टर र एल्डरहरूको आराधना गर्ने, तिनीहरूबाट आफैलाई नियन्त्रित हुन दिने, र आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुभएको कार्यको खोजी वा अनुसन्धान गर्न नमान्‍नेहरू अन्धकारमा जिउँछन्, र यदि तिनीहरू बिउँझन मान्दैनन् भने, परमेश्‍वरको कार्यले तिनीहरूलाई त्याग्‍नेछ र हटाउनेछ, तिनीहरू विपत्तिमा पर्नेछन्, र बिलौना गर्नेछन् र दाह्रा किट्नेछन्।”

यी कुराहरू सुन्दा, मेरो मन हल्‍का भयो। परमेश्‍वरलाई पछ्याउनको लागि परमेश्‍वरलाई सबैभन्दा बढी आदर गर्ने, परमेश्‍वरको वचनलाई सबै थोकभन्दा माथि राख्‍ने, र उहाँको वचनको खोजी र अभ्यास गर्ने कार्य मात्रै पर्दैन, तर यसको लागि परमेश्‍वरको हालका वचनहरू र कार्यहरूको गतिलाई पछ्याउने र परमेश्‍वरका पाइलाहरूलाई नजिकबाट पछ्याउने कार्य गर्नु पनि आवश्यक हुन्छ। यसरी मात्रै हामी थुमाका पाइलाहरूलाई पछ्याउन र परमेश्‍वरलाई सच्‍चा रूपमा पछ्याउने मानिसहरू बन्‍न सक्छौं। उहाँको अगुवाइको लागि परमेश्‍वरलाई धन्यवाद होस्! परमेश्‍वरको पूर्ण मुक्ति प्राप्त गर्न र स्वर्गको राज्यमा प्रवेश गर्नको लागि मैले एउटा मार्ग प्राप्त गरेको छु भन्‍ने मलाई लाग्यो, र मैले आखिरी दिनहरूको सर्वशक्तिमान्‌ परमेश्‍वरको कार्यलाई निरन्तर खोजी र अनुसन्धान गर्ने चाहना गरेँ।

मेरो पाष्टरका प्रतिबन्धहरू अनुभव गरिसकेपछि असल-खराब छुट्याउने क्षमताको विकास गरेको

आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वरले गर्नुभएको कामको खोजी र अनुसन्धान गर्ने क्रममा मैले अनुभव गरेका कुराहरूले मलाई पाष्टर र एल्डरहरूको बारेमा असल-खराब छुट्याउने क्षमता विकास गर्न सहायता गर्‍यो। एक पटक, मैले मेरा धेरै दाजुभाइ-दिदीबहिनीहरूसँग खाना खाएँ, र मेरो पाष्टरले यसको बारेमा थाहा पाएपछि, उनले हामीलाई यसो भन्दै हप्काए, “तपाईंले परमेश्‍वरलाई दशांस-भेटी दिनुको सट्टा यहाँ खुशीसाथ खानपान गर्नुहुन्छ! यदि तपाईंले आज दशांस-भेटी चढाउनुभएन भने, इस्राएलीहरूले सुनको बाछाको आराधना गर्दा परमेश्‍वरले तिनीहरूसँग जसरी व्यवहार गर्नुभएको थियो, त्यसरी नै परमेश्‍वरले तपाईंलाई जे दिनुभएको छ सो तपाईंबाट खोस्‍नुहुनेछ!” मैले विचार गरेँ, “हामीले हाम्रो हृदयमा परमेश्‍वरलाई आराधना गर्छौं कि गर्दैनौं र उहाँमा भरोसा गर्छौं कि गर्दैनौं त्यस कुराप्रति परमेश्‍वरको चासो हुन्छ, दशांस-भेटीमा हामीले कति धेरै पैसा दिन्छौं त्यसमा होइन। तपाईंले हरेक दिन हामीबाट दशांस-भेटीको माग गर्नुहुन्छ, तर तपाईंले भने हाम्रो जीवनको वास्ता गर्नुहुन्‍न। कम्तीमा पनि, मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूले धेरै वर्षको अवधिमा निकै धेरै रकम दिइसक्‍नुभएको छ। यसको साथै, तपाईंले बैङ्कमा भएको पैसाले मण्डली सुधार गर्छु भनेर भन्‍नुभएको थियो, तर हामीले कुनै काम सुरु भएको देखेका छैनौं। यसको साथै, मण्डलीका खाताहरू कहिल्यै सार्वजनिक गरिएको छैन, र तपाईंले पैसा के गर्नुभएको छ सो हामीलाई थाहा छैन।” जब मैले यी कुराहरूका बारेमा विचार गरेँ, तब मेरो पाष्टरले गरेको परमेश्‍वरको सेवा प्रभुको शिक्षा अनुरूप छँदै-छैन भन्‍ने मैले महसुस गरेँ।

त्यसको केही समयपछि नै हाम्रो मण्डली नजिकै नयाँ मण्डली सुरु भयो। हाम्रो पाष्टरले हाम्रा आत्मिक जीवनका आवश्यकताहरू पूरा गर्न सकेका थिएनन् र हामीमा अनेक किसिमका प्रतिबन्ध लगाएका थिए, त्यसकारण मेरा दाजुभाइ-दिदीबहिनीहरू सबै नयाँ मण्डलीमा जान थाले, र यसले हाम्रो पाष्टरलाई अत्यन्तै क्रोधित तुल्यायो। एउटा भेलामा, पाष्टरले हामी समूह अगुवाहरूतिर औँलो ठड्याउँदै यसो भनेर हप्काए, “तपाईंहरू समूहका अगुवाहरू भएर के नै गर्नुभएको छ? तपाईंहरूका भेडाहरू सबै अरू मण्डलीतिर दौडीरहेका छन्, अनि तपाईंहरूलाई मतलब छैन। तपाईंहरूले तिनीहरूको हेरचाह समेत गर्न सक्‍नुहुन्‍न!” यो देख्दा मलाई दुःख लाग्‍यो किनभने दाजुभाइ-दिदीबहिनीहरूको लागि बन्दोबस्त गर्न नसक्‍ने त पाष्टर नै थियो। आत्मिक रूपमा तिनीहरू तिर्खाएका थिए, अन्धकारमा थिए, र हिँड्ने बाटो विहीन थिए, अनि पाष्टरले तिनीहरूलाई अरू मण्डलीमा गएर प्रवचन सुन्‍न र खोजी गर्नबाट रोकेका थिए। के यो मानिसहरूको स्वतन्त्रतालाई सीमित गर्ने कार्य थिएन र? के यो साँच्‍चै मेरा दाजुभाइ-दिदीबहिनीहरूको जीवनको वास्ता गर्ने कार्य थियो र? मेरो मण्डली परमेश्‍वरद्वारा शासित थिएन, यो त मेरो पाष्टरद्वारा शासित थियो, र मैले यो प्रतिबन्ध उप्रान्त स्वीकार गर्न सकिनँ।

अर्को दिन भएको हाम्रो भेलामा, मैले ब्रदर मुलाई यी कुराहरूका बारेमा बताएँ। ती कुरा सुनेपछि, ब्रदर मुले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनबाट एउटा खण्ड पढेर सुनाउनुभयो, “भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू पनि छन् तर तिनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कार्यको उद्देश्य बुझेका हुँदैनन्। तिनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई जान्न सक्षम छैन, तिनीहरूमध्ये कोही परमेश्‍वरको इच्छामा एकचित्त हुने बारेमा त कुरै नगरौं। तिनीहरू सबै जना परमेश्‍वरलाई प्रवचन सुनाउन उचाइमा उभिएका व्यर्थका, दुष्ट मानिसहरू हुन्। तिनीहरूले परमेश्‍वरको ध्वजा बोके तापनि जानीबुझीकनै परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरमा विश्‍वास भएको दाबी गर्दै तिनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिसहरू मान्छेको आत्मा विनाश गर्ने दियाबलसहरूको मालिक हो, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूको बाटोमा जानाजान आउने दुष्टात्माहरू हुन्, र परमेश्‍वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधाअड्चनहरू हुन्। तिनीहरू ‘स्वस्थ विधान’ का जस्तो लाग्न सक्छन् तर ‍तिनीहरू मानिसहरूलाई परमेश्‍वर विरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्ट विरोधीहरू बाहेक केही होइनन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? तिनीहरू मानव आत्मा विनाश गर्नमा समर्पित जीवित शैतानहरू हुन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्?” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई नचिन्‍ने सबै मानिसहरू परमेश्‍वरको विरोध गर्ने मानिसहरू हुन्”)। र इजकिएल ३४:२-४ ले भन्छ: “परमप्रभु यहोवाले गोठालाहरूलाई यसो भन्‍नुभयो; इस्राएलका गोठालाहरूलाई धिक्कार जो आफू मात्रै खान्छन्! गोठालाहरूले त बगाललाई खुवाउनुपर्दैन र? तिमीहरू बोसो खान्छौ र ऊन पहिरन्छौ, तिमीहरू खुवाइएकाहरूलाई मार्छौ: तर तिमीहरू बगाललाई खुवाउँदैनौ। तिमीहरूले रोगीहरूलाई बलियो तुल्याएका छैनौ न त बिरामीहरूलाई निको नै पारेका छौ, न त टुक्रिएकोलाई जोडेका नै छौ, न त लखेटिएकोलाई फेरि फर्काएका छौ, न त हराएकोलाई खोजेका नै छौ; तर तिमीहरूले तिनीहरूमाथि बल र क्रूरताका साथ राज्य गरेका छौ।

ब्रदर मुले यसो भनेर सङ्गति गर्नुभयो, “पाष्टरहरूको प्रकृति र सारलाई खुलासा गर्नको लागि आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएको सत्यताविना, हामीले पाष्टर र एल्डरहरूबाट नोक्सानी भोग्छौं, र परमेश्‍वरलाई सेवा गर्ने नाममा परमेश्‍वरको विरोध गर्ने तिनीहरूको सारलाई कहिल्यै देख्‍न सक्दैनौं! जब हामीसँग सत्यता हुँदैन, हामी मानिसहरूलाई बाहिरी रूपद्वारा मूल्याङ्कन गर्न मन पराउँछौं, र जो कुशल छन्, जोसँग प्रतिष्ठा छ, र जोसँग शक्ति छ हामी तिनीहरूको आराधना गर्छौं। पाष्टर र एल्डरहरूले धेरै वर्षसम्‍म परमेश्‍वरको सेवा गरेका छन् र तिनीहरूले बाइबलको अर्थ लगाउन सक्छन् भन्‍ने हामी देख्छौं, र तिनीहरूले प्रभुलाई प्रेम गर्छन्, र प्रभु तिनीहरूप्रति खुशी हुनुहुन्छ भन्‍ने अनुमान हामी गर्छौं। तैपनि, परमेश्‍वरको वचनले जे खुलासा गर्छ र तथ्यहरूले जे प्रकट गर्छ, त्यसबाट हामीले के देख्छौं भने यी पाष्टर र एल्डरहरूले परमेश्‍वरको हृदयको बारेमा विचार गर्दैनन्, तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, र तिनीहरूले भेडालाई उचित रूपमा हेरचाह गर्ने बहाना बनाए पनि, तिनीहरूले विश्‍वासीहरूको जीवनको बारेमा अलिकति पनि वास्ता गर्दैनन्। बरु, तिनीहरूले मण्डलीको सम्पत्तिमा आँखा लगाउँदै हरेक दिन बिताउँछन् र आफ्‍नो लागि खर्च गर्नको लागि विश्‍वासीहरूलाई झन्-झन् दशांस-भेटी दिन लगाउने प्रयास गर्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरूलाई कसरी अभ्यास गर्ने सो सम्‍बन्धी अनुभव वा ज्ञानको बारेमा प्रचार गर्न पनि सक्दैनन्, नत तिनीहरूले विश्‍वासीहरूलाई आत्मिक जीवनमा चाहिने कुरा नै प्रदान गर्न सक्छन्। विश्‍वासीहरूलाई धोका दिनको लागि तिनीहरू धर्मशास्‍त्रीय सिद्धान्तहरू र बाइबलीय ज्ञानको प्रचार गर्नमा मात्रै ध्यान केन्द्रित गर्छन्, र तिनीहरूले विश्‍वासीहरूमा प्रतिबन्ध लगाउनको लागि आफ्‍ना अख्‍तियारको स्थानको प्रयोग गर्छन्। केही पाष्टर र एल्डरहरू विशेष गरी ढोङ्गी हुन्छन्, र प्रायजसो आफैलाई प्रभुको लागि धेरै कष्ट भोग्‍ने र धेरै मार्ग हिँड्ने मानिसहरूका रूपमा प्रशंसा गर्छन्, अनि विश्‍वासीहरूले तिनीहरूको आराधना गरून् र तिनीहरूलाई सम्‍मान गरून् भनेर तिनीहरूले यी कुराहरूको प्रयोग गर्छन्। विश्‍वासीहरूको हृदयमा तिनीहरूले परमेश्‍वरको निम्ति कुनै ठाउँ राख्‍न दिँदैनन्, र तिनीहरूले अरूलाई परमेश्‍वरको अघि होइन तर आफ्‍नै अघि ल्याउँछन्। के यो परमेश्‍वरको भेडा चोरेर प्रतिष्ठाको लागि परमेश्‍वरसँग प्रतिस्पर्धा गर्नु नै होइन र? तिनीहरूका आफ्‍नै प्रतिष्ठा र हैसियतहरूलाई सुरक्षित गर्न, र विश्‍वासीहरूलाई पूर्ण रूपमा आफ्‍नै नियन्त्रणमा राख्‍नको लागि, पाष्टर र एल्डरहरूले विश्‍वासीहरूलाई अरू मण्डलीमा वचन सुन्‍नबाट निषेध गर्छन्, चाहे यसको लागि तिनीहरूलाई हानी गर्न परोस् र तिनीहरूको आत्मिक जीवनलाई बरबाद नै गर्नु परोस्। के यसले तिनीहरूलाई प्राण निल्‍ने भूतहरू तुल्याउँदैन र? यसले तिनीहरू दुष्ट र ख्रीष्ट विरोधीहरूका सेवक हुन् भन्‍ने कुरालाई प्रकट गर्छ! यदि हामीले यी पाष्टर र एल्डरहरूलाई पहिचान गर्न सकेनौं, र अझै पनि परमेश्‍वरमाथिको विश्‍वासमा तिनीहरूलाई पछ्याउँछौं भने, हामीले कहिल्यै पनि पूर्ण रूपमा मुक्ति पाउनेछैनौं वा स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौं!”

मैले परमेश्‍वरका वचनहरू र पाष्टर मुको सङ्गति सुनेँ, तिनलाई मेरो पाष्टरको बानीबेहोरासँग तुलना गरेँ, अनि यतिका वर्षहरूमा पहिलो पटक मेरो पाष्टर कति तुच्‍छ रहेछ सो कुरा थाहा पाएँ। बथानको रक्षा गर्ने बहाना बनाउँदै बाहिरी रूपमा तिनले हामीलाई अरू मण्डलीका भेलाहरूमा जान वा प्रवचन सुन्‍नबाट निषेध गरे, र उनले हाम्रो जीवन सुरक्षित गर्ने प्रयास गरिरहेका छन् भनेर बारम्‍बार दाबी गर्थे। वास्तविकतामा, तिनले हाम्रो जीवनको अलिकति पनि वास्ता गर्दैनथिए। तिनलाई दशांस-भेटीबाट आफूले कति रकम प्राप्त गर्छु त्यसको बारेमा, र उसको आफ्‍नै प्रतिष्ठा र हैसियत सुरक्षित गर्ने बारेमा मात्रै मतलब थियो। तिनी साँच्‍चै नै घृणित र घातक थिए! यसको साथै, मण्डलीका पाष्टरहरूले शासन गर्ने मण्डलीमा परमेश्‍वरले कहिल्यै पनि काम गर्नुहुन्‍न भन्‍ने कुरालाई मैले महसुस गरेँ। त्यस्ता मण्डलीहरू बाइबलमा उल्‍लेख गरिएका “खडेरी लगाइएका सहरहरू” हुन्। वर्षौंदेखि मेरो पाष्टरको प्रवचनहरू सुनिसकेपछि, मैले बाइबलको रटन्ते ज्ञान बाहेक केही पनि प्राप्त गरिनँ। जब-जब मेरो जीवनमा कुनै घटना घट्थ्यो, तब मैले परमेश्‍वरको इच्‍छाको खोजी गर्दिनथिएँ, र मैले अन्धाधुन्ध पाष्टर र एल्डरहरूको आराधना गर्थेँ, र म मानिसलाई पछ्याउने व्यक्ति बनेको थिएँ। यदि म मेरै मण्डलीमा बसिरहेँ भने, मैले मेरो जीवनको लागि कुनै लाभ प्राप्त गर्नेथिइनँ, मैले कहिल्यै सत्यतालाई बुझ्‍नेथिइनँ, र मैले कहिल्यै पनि पूर्ण मुक्ति प्राप्त गर्नेथिइनँ वा स्वर्गको राज्यमा प्रवेश गर्नेथिइनँ। त्यसकारण, मैले “खडेरी लगाइएका सहरहरू” लाई छोडेर जाने अनि सर्वशक्तिमान्‌ परमेश्‍वरको जिउँदो पानीको बन्दोबस्‍तलाई स्वीकार गर्ने निर्णय गरेँ।

त्यसपछि, मैले मेरो पाष्टरलाई मेरो विचारको बारेमा बताएँ, अनि म मण्डली छोडेर जानेछु, र म उप्रान्त समूहको अगुवा हुन चाहन्‍नँ भनेर भनेँ। जब पाष्टरले यो कुरा सुने, तब तिनले रिसाउँदै मलाई भने, “यहाँ सत्यताको साँचो मार्ग मसँग मात्रै छ!” उनले त्यस्तो अहङ्कारी कुरा बताउन सक्छन् भन्‍ने मैले कहिल्यै कल्‍पना गरेको थिइनँ। तिनी ख्रीष्ट विरोधी र दुष्टताको सेवक थिए भन्‍नेमा कुनै शङ्‍का थिएन! मैले मेरो पाष्टरको कुरूप, दुष्ट अनुहार यति स्पष्ट देखेँ कि त्यसरी मैले कहिल्यै देखेको थिइनँ, त्यसकारण मैले मण्डली त्यागेँ र सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कार्यलाई ग्रहण गरेँ।

सन्दर्भग्रन्थ

पछि, मैले मेरो छोरालाई सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कार्यको बारेमा गवाही दिएँ, र तिनले पाष्टरलाई यो कुरा बताएपछि, पाष्टरले तिनलाई बाधा दिन र रोक्‍न थाले, अनि सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई आरोप लगाउन र बदनाम गर्नको लागि चिनियाँ कम्युनिस्ट पार्टीले फैलाएको हल्‍लाहरू मण्डलीको सबै छलफल समूहमा पठाउन थाले र आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वरले गर्नुभएको कार्यको बारेमा व्यापक रूपमा निन्दा गरे। मैले के देखेँ भने, फर्कनुभएका प्रभुको कामको सामना गरेपछि, पाष्टरले खोजी वा अनुसन्धान गर्न इन्कार मात्रै गरेनन्, तर तिनले विश्‍वासीहरूलाई यसको अनुसन्धान गर्न वा यसलाई स्वीकार गर्नबाट बाधा र व्यवधान दिए। के यहूदी धर्मका विश्‍वासीहरूलाई प्रभु येशूको काम ग्रहणबाट फरिसीहरूले ठीक यसरी नै रोकेका थिएनन् र? यसले पाष्टरको साँचो अनुहारलाई, तिनीहरूले सत्यतालाई घृणा गर्छन् र तिनीहरू परमेश्‍वरका शत्रु हुन् भन्‍ने कुरा पूर्ण रूपमा खुलासा गर्‍यो। तिनीहरू साँच्‍चै नै आधुनिक फरिसीहरू हुन्! प्रभु येशूले भन्‍नुभयो: “तर शास्‍त्रीहरू र फरिसीहरू, तिमीहरूलाई धिक्कार, पाखण्डीहरू! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र जानलाई प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ” (मत्ती २३:१३)। धार्मिक संसारका पाष्टर र एल्डर आखिरी दिनहरूको परमेश्‍वरको कार्यलाई स्वीकार गर्ने मानिसहरूको मार्गको ठेस लाग्‍ने ढुङ्गा र बाधा हुन्। त्यसकारण, मैले परमेश्‍वरको सामने गएर यसरी प्रार्थना गरेँ, “सर्वशक्तिमान्‌ परमेश्‍वर! तपाईंका वचनहरूको सहायताले गर्दा मैले पाष्टरहरू र एल्डरहरूको साँचो अनुहार देखेँ, र तपाईंको अनुग्रहले मलाई तपाईंको सामने ल्याएको छ र मलाई तपाईंले बन्दोबस्‍त गर्नुभएको जीवनको जिउँदो पानी प्राप्त गर्न दिएको छ। तपाईंका वचनहरू सत्यता हुन्, तपाईं फर्कनुभएका प्रभु हुनुहुन्छ भन्‍ने मैले निर्धारित गरेको छु, र म मेरो बाँकी जीवनभरि तपाईंलाई नै पछ्याउन र प्रेम गर्न चाहन्छु। आमेन!”

समाप्त।

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

प्रकाश २२:१८-१९ को साँचो अर्थ बुझिसकेपछि, मैले खुशीसाथ फर्केका प्रभुलाई स्वागत गरे (भाग एक)

युटिंग, जापान द्वारा प्रभु आउनुभएको छ भनेर सुनेपछि हिच्किचाउनु प्रभुमा मैले विश्वास गरेपछि, मैले मेरा पास्टरहरूले प्रायः यसो भनेका सुनें,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्