परमेश्‍वरका नामहरू परिवर्तन हुन सक्छन् तर उहाँको सार कहिल्यै परिवर्तन हुँदैन

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

परमेश्‍वर हरेक पल्ट पृथ्वीमा आउनुहुँदा उहाँले आफ्नो नाउँ, उहाँको लिङ्ग, उहाँको स्वरूप, र उहाँको काम बदल्नुहुन्छ; उहाँले आफ्नो काम दोहोऱ्याउनुहुन्न। उहाँ त्यो परमेश्‍वर हुनुहुन्छ जो सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न। जब उहाँ पहिले आउनुभयो, उहाँलाई येशू भनियो; उहाँ यस पटक फेरि आउनुहुँदा के उहाँलाई अझै येशू नै भन्न सकिन्छ? पहिले जब उहाँ आउनुभयो, उहाँ पुरुष हुनुहुन्थ्यो; के उहाँ यस पटक फेरि पुरुष हुन सक्नुहुन्छ? अनुग्रहको युगमा उहाँको काम क्रूसमा टाँगिनुथियो; जब उहाँ फेरि आउनुहुनेछ, के उहाँले अझै पनि मानव जातिलाई पापबाट छुटकारा दिन सक्नुहुन्छ? के उहाँलाई फेरि क्रूसमा टाँग्न सकिन्छ? के त्यो उहाँको कामलाई दोहोऱ्याउनुजस्तो हुँदैन र? के तँलाई थाहा छैन, परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न? केही मानिसहरू छन्, जसले परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ भनी भन्छन्। यो सही हो, तर त्यसले परमेश्‍वरको स्वभाव र उहाँको सारको अपरिवर्तनीयतालाई बुझाउँछ। उहाँको नाउँ र काममा हुने परिवर्तनले उहाँको सार परिवर्तन भएको बुझाउँदैन; अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वर सधैँ नै परमेश्‍वर नै हुनुहुनेछ, र यो कहिल्यै परिवर्तन हुनेछैन। यदि तँ परमेश्‍वरको काम अपरिवर्तनीय छ भनी भन्छस् भने, के उहाँले आफ्नो छ हजार वर्षको प्रबन्ध योजना पूरा गर्न सक्नुहुन्छ? तँ परमेश्‍वर सदासर्वदा अपरिवर्तनीय हुनुहुन्छ भन्ने मात्र जान्दछस्, तर के तँ परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न भनी जान्दछस्? यदि परमेश्‍वरको काम अपरिवर्तनीय छ भने, के उहाँले मानव जातिलाई डोऱ्याएर आजको दिनसम्म ल्याउन सक्नुहुनेथियो? यदि परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ भने, उहाँले किन पहिले नै दुई युगको काम गरिसक्नुभयो? उहाँको काम अगाडि बढ्न कहिल्यै रोकिँदैन, जसको अर्थ यो हो, कि उहाँको स्वभाव बिस्तारै मानिसमा प्रकट गरियो, र जे प्रकट गरिएको छ त्यो उहाँको अन्तर्निहित स्वभाव हो। आदिमा, परमेश्‍वरको स्वभाव मानिसबाट लुकेको थियो, उहाँले कहिल्यै पनि आफ्नो स्वभाव मानिसको सामु खुल्लमखुल्ला प्रकट गर्नुभएन, र मानिसलाई उहाँको बारेमा केही पनि थाहा थिएन। यसकारण, उहाँले मानिसलाई आफ्नो स्वभाव क्रमिक रूपमा प्रकट गर्न उहाँको काम प्रयोग गर्नुहुन्छ, तर यसरी काम गर्नुको अर्थ हरेक युगमा उहाँको स्वभाव परिवर्तन हुन्छ भन्ने होइन। परमेश्‍वरको इच्‍छा सँधै परिवर्तन भइरहने भएकोले उहाँको स्वभाव सधैँ परिवर्तन भइरहेको छ भन्ने होइन। बरु, यो कुरा हो, कि उहाँको कामको युगहरू भिन्नाभिन्नै भएकोले, परमेश्‍वरले आफ्नो अन्तर्निहित स्वभावलाई पूर्ण रूपमा धारण गर्नुहुन्छ, र एक-एक चरण गर्दै त्यो मानिसलाई प्रकट गर्नुहुन्छ, यसैले कि मानिसले उहाँलाई चिन्न सकोस्। तर कुनै पनि प्रकारले यसको अर्थ सुरुमा परमेश्‍वरको कुनै विशेष स्वभाव हुँदैन वा युगहरू बित्दैजाँदा उहाँको स्वभाव बिस्तारै परिवर्तन भएको हो भन्ने प्रमाण होइन—त्यस्तो बुझाई गलत हुन्छ। युगहरू बित्दैजाँदा सोही अनुसार परमेश्‍वरले मानिसलाई उहाँको अन्तर्निहित र विशेष स्वभाव—उहाँ के हुनुहुन्छ भन्ने कुरा प्रकट गर्नुहुन्छ; एउटै युगको कामले परमेश्‍वरको सम्पूर्ण स्वभावलाई व्यक्त गर्न सक्दैन। अनि यसैले “परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्न” भन्ने शब्दहरूले उहाँको कामलाई बुझाउँछ, अनि “परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ” भन्ने शब्दहरूले परमेश्‍वरमा अन्तर्निहित रूपमा के छ र को हुनुहुन्छ भन्ने बुझाउँछ। जे सुकै होस्, तैँले छ हजार वर्षको कामलाई एक मात्र बिन्दुमा कब्जा गर्न सक्दैनस्, वा त्यसलाई मृत शब्दहरूमा सीमित गर्न सक्दैनस्। त्यसो गर्नु मानिसको मूर्खता हो। परमेश्‍वर मानिसले कल्पना गरेजस्तो सरल हुनुहुन्न, र उहाँको काम कुनै एक युगमा रहिरहन सक्दैन। उदाहरणका लागि, यहोवाले सधैँ परमेश्‍वरको नाउँलाई जनाउन सक्दैन; परमेश्‍वरले येशूको नाउँमा पनि आफ्नो काम गर्न सक्नुहुन्छ। यो परमेश्‍वरको काम सधैँ अगाडि दिशामा बढिरहेको छ भन्ने सङ्केत हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

केहीले भन्छन्, परमेश्‍वरको नाउँ परिवर्तन हुँदैन। त्यसो भए यहोवेको नाउँ किन येशू भयो त? मसीह आउनुहुनेछ भनी भविष्यवाणी गरिएको थियो, त्यसो भए किन येशू नाउँ गरिएको मानिस आउनुभयो त? परमेश्‍वरको नाउँ किन परिवर्तन भयो? के यस्ता काम धेरै पहिले कार्यान्वयन गरिएको थिएन र? के परमेश्‍वर आज नयाँ काम गर्न असक्षम हुनुहुन्छ? हिजो गरिएको कामलाई बदल्न सकिन्छ, र येशूको काम यहोवाको कामको निरन्तरता हुन सक्छ। त्यसो भए, के येशूको कामपछि अरू काम आउन सक्दैन र? यदि यहोवाको नाउँ येशूमा परिणत हुन्छ भने, येशूको नाउँ पनि परिवर्तन हुन सक्दैन र? यी कुनै पनि अनौठो कुरा होइनन्; यो के मात्रै हो भने मानिसहरू अत्यन्तै सरल विचार-धाराका छन्। परमेश्‍वर सदैव परमेश्‍वर नै हुनुहुनेछ। उहाँको काम जति परिवर्तन भए पनि, र उहाँको नाउँ जति परिवर्तन भए तापनि, उहाँको स्वभाव र बुद्धि कहिल्यै परिवर्तन हुँदैन। यदि तँ परमेश्‍वरलाई येशूको नाउँद्वारा मात्र पुकार्न सकिन्छ भनी विश्‍वास गर्छस् भने, तेरो ज्ञान अत्यन्त सीमित छ। के तँ परमेश्‍वरको नाउँ सदासर्वदा येशू नै रहनेछ र परमेश्‍वरलाई सदासर्वदा र सदैव येशूको नाउँले नै पुकारिन्छ भनी निश्‍चय गर्ने हिम्मत गर्छस्? येशूको नाउँले नै व्यवस्थाको युगको अन्त गर्‍यो र अन्तिम युगलाई पनि यही नाउँले नै अन्त गर्नेछ भनी के तँ निश्‍चयताका साथ पक्का गर्ने हिम्मत गर्छस्? येशूको अनुग्रहले नै युगलाई अन्ततिर ल्याउन सक्छ भनी कसले भन्न सक्छ?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?

परमेश्‍वर सधैँ परमेश्‍वर नै हुनुहुन्छ, र उहाँ कहिल्यै पनि शैतान बन्नुहुन्न; शैतान सधैँ शैतान नै रहन्छ, र त्यो कहिल्यै परमेश्‍वर बन्नेछैन। परमेश्‍वरको बुद्धि, परमेश्‍वरको आश्‍चर्यता, परमेश्‍वरको धार्मिकता, र परमेश्‍वरको महिमा कहिल्यै परिवर्तन हुँदैन। उहाँको सार र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो कहिल्यै परिवर्तन हुँदैन। तर उहाँको कामको विषयमा भन्दा, यो सधैँ अगाडि बढिरहेको हुन्छ, सधैँ गहिरो हुँदै जान्छ, किनकि उहाँ सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न। हरेक युगमा परमेश्‍वरले नयाँ नाउँ धारण गर्नुहुन्छ, हरेक युगमा उहाँले नयाँ काम गर्नुहुन्छ, र प्रत्येक युगमा उहाँले आफ्ना सृष्टिहरूलाई उहाँको नयाँ इच्छा र नयाँ स्वभाव देखाउनुहुन्छ। यदि नयाँ युगमा, मानिसहरू परमेश्‍वरको नयाँ स्वभाव प्रकट भएको देख्न असफल हुन्छन् भने, के तिनीहरूले उहाँलाई सदाका लागि क्रूसमा टाँग्नेछैनन् र? र त्यसो गरेर, के तिनीहरूले परमेश्‍वरको परिभाषा दिँदैनन् र?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

फरक-फरक युगहरूमा किन परमेश्‍वरका फरक-फरक नामहरू छन् र उहाँका नामहरूको महत्त्व

सन्दर्भका लागि बाइबल पदहरू:“अनि परमेश्‍वरले मोशालाई अझै यसो पनि भन्‍नुभयो, इस्राएलका सन्तानलाई तैँले यसो भन्‍नू, तिमीहरूका पितापुर्खाका...

सर्वशक्तिमान्‌ परमेश्‍वर र प्रभु येशू उही परमेश्‍वरका देहधारणहरू हुनुहुन्छ

परमेश्‍वरका प्रासंगिक वचनहरू:मानिसहरूको बीचमा म आत्मा थिएँ जसलाई तिनीहरूले देख्‍न सकेनन्, त्यो आत्मा जससँग तिनीहरू कहिल्यै संलग्‍न हुन...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्