तपाईं “पूर्वको ज्योति” नै साँचो बाटो हो भनी गवाही दिनुहुन्छ, तर चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक जगतका धेरैजसो पाष्टरहरू र एल्डरहरूले अहिले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामको विरोध र निन्दा गर्छन्, जुन कुराले “पूर्वको ज्योति” साँचो बाटो हुन सक्दैन भनी देखाउँछ। के यस बारेको हाम्रो बुझाइमा केही गल्ती छ?

6 फेब्रुअरी 2022

उत्तर:

साँचो बाटोलाई अनुसन्धान गर्दा, धेरै मानिसहरूले चिनियाँ कम्युनिष्ट पार्टी अनि धार्मिक संसारका अधिकांश पाष्टर तथा एल्डरहरूद्वारा जे विरोध र भत्सर्ना गरिएको छ त्यो साँचो बाटो हुन सक्दैन भनी विश्वास गर्छन्। के त्यस्ता विचार तथा धारणाहरू परमेश्‍वरको वचनमाथि आधारित छन् र? के ती सत्यता सिद्धान्तसित मेल खान्छ र? जब ती मानिसहरूले साँचो बाटोलाई अनुसन्धान गर्छन्, तब तिनीहरूले प्रभु येशूका वचनहरूअनुसार सो गर्दैनन्, न त ती वचनहरू सत्यता हुन् कि होइनन्, ती मण्डलीहरूको निम्ति परमेश्‍वरका वचनहरू हुन् कि होइनन् भनी थाहा पाउन सर्वशक्तिमान् परमेश्‍वरद्वारा व्यक्त गरिएको कुरालाई नै सुन्छन्। बरु, तिनीहरूले चिनियाँ कम्युनिष्ट पार्टी अनि धार्मिक संसारका पास्टर तथा एल्डरहरूका वचनहरूलाई ध्यान दिन्छन्। के यो हास्यास्पद छैन र? चिनियाँ कम्युनिष्ट पार्टी एउटा शैतानी शासन, दियाबलसहरू हुन् जसले परमेश्‍वरको विरोध गर्छन्। अनि धार्मिक संसारका पाष्टर र एल्डरहरू के हुन्? तिनीहरू फरिसी र ख्रीष्टविरोधीहरू हुन्। चिनियाँ कम्युनिष्ट पार्टी र धार्मिक संसारका पास्टर तथा एल्डरहरू सबै परमेश्‍वरलाई विरोध गर्ने दियाबलसहरू हुन्, तिनीहरू सबै परमेश्‍वरप्रति वैरभाव राख्ने दुष्ट शक्तिहरू हुन्। यदि मानिसहरूले चिनियाँ कम्युनिष्ट पार्टी र धार्मिक संसारका पास्टर तथा एल्डरहरूले प्रयोग गर्ने पिशाचतुल्य वचनहरूलाई साँचो बाटो मापन गर्ने मापदण्डको रूपमा प्रयोग गर्छन् भने, के यसले तिनीहरूलाई बेवकुफ र अत्यन्त दुष्ट बनाउँदैन र? प्रभु येशू देखा पर्नुहुँदा र आफ्नो काम गर्न थाल्नुहुँदा उहाँलाई मुख्य पुजाहारी र यहूदी धर्मका शास्त्रीहरूले कसरी भत्सर्ना गरेका थिए जसले प्रभु येशू मसीह होइन भनी भनेका थिए अनि उहाँलाई क्रुसमा टाँग्न रोमी अधिकारीहरूसित मिलेर काम गर्ने हदसम्म पनि गएका थिए भन्ने कुरालाई याद् गर्। तिनीहरूका वचनहरू सुनेर, धेरै यहूदीहरूले प्रभु येशूलाई इन्कार गर्न र भत्सर्ना गर्न थालेका थिए, परिणामस्वरूप, उहाँलाई क्रुसमा टाँगियो अनि तिनीहरू परमेश्‍वरद्वारा श्रापित र दण्डित भए। यहुदीहरूले के गल्ती गरेका थिए? तिनीहरूले शैतानी शासन र उच्च ओहोदाहरूमा रहेका मुख्य पूजाहारीहरू तथा शास्त्रीहरूका वचनहरू सुने अनि प्रभु येशूको देखा पर्ने घटना र कामलाई इन्कार गरे। तिनीहरूले प्रभु येशूद्वारा व्यक्त भएका वचनहरू सुनेनन् वा प्रभु येशूको बाटोलाई खोजी गरेनन्, बरु शक्ति र उच्च ओहोदा भएका भ्रष्टहरूका वचनहरूअनुसार ठोकुवा गरेर भने—यसरी सबैभन्दा मूर्ख र निम्न स्तरको गल्ती गरे। आज, जब हामी साँचो बाटोलाई जाँच गर्छौं, तब चिनियाँ कम्युनिष्ट पार्टी अनि पास्टर तथा एल्डरका पिशाचतुल्य वचनहरू र अफवाहहरूलाई विश्वास गरेर हामीले साँचो बाटोलाई खोजी नखोजौँ भनेर हामी तिनीहरूद्वारा धोकामा पर्नु के मूर्खतापूर्ण हुने छैन र? यो त त्यही गल्ती हुनेथियो जुन यहूदीहरूले गरेका थिए जब तिनीहरूले मुख्य पूजाहारीहरू र शास्त्रीहरूलाई विश्वास गरेर प्रभु येशूलाई इन्कार गरेका र भत्सर्ना गरेका थिए। यो त अत्यन्तै मूर्ख र हास्यास्पद हुनेथियो।

हामीलाई थाहा छ कि चिनियाँ कम्युनिष्ट पार्टी एउटा नास्तिक राजनीतिक पार्टी हो जसका प्रवर्तक मार्क्स शैतानवादी थिए। चिनियाँ कम्युनिष्ट पार्टीले सबै धार्मिक विश्वासको विनाशको माग गर्दछ ताकि सबैले बरु त्यसलाई विश्वास गरून् र आज्ञा मानून् अनि त्यसलाई आफ्नो मुक्तिदाताका रूपमा हेरुन्। यस प्रकारले मार्क्स एउटा वास्तविक दियाबलस हुन् जसले परमेश्‍वरलाई विरोध गरे; उनी कम्युनिष्ट पार्टीका जनक र महागुरु नै थिए अनि त्यसैले जब त्यसका सदस्यहरू मर्छन्, तब तिनीहरू मार्क्सकहाँ फर्कनेछन्। चिनियाँ कम्युनिस्ट पार्टी सत्तामा आएदेखि नै, यसले परमेश्‍वरको विरुद्धमा खुलेआम इन्कार, निन्दा, र ईश्‍वर-निन्दा गरेको छ। इसाई धर्मलाई पन्थ घोषित गरेको छ, पन्थको साहित्य भनेर बाइबलहरू जफत गरी जलाइएको छ, र पन्थ संगठनहरू भन्दै धार्मिक समूहहरूलाई सताइएको र दमन गरिएको छ। विशेष गरी, चीनमा आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्‍वर देखा पर्ने घटना र काम भएदेखि यता चिनियाँ कम्युनिष्ट पार्टी ख्रीष्टको खोजी गर्ने काममा अझ बढी उन्मत्त भएको छ। यसले बर्बरतापूर्वक सर्वशक्तिमान् परमेश्‍वरका ख्रीष्टियनहरूलाई दमन गर्छ र सतावट दिन्छ, अनि सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई निर्मूल गर्ने प्रयासमा आखिरी दिनहरूका परमेश्‍वरको कामलाई भत्सर्ना र बद्नाम गर्न सबै प्रकारका अफवाहहरूको खेती गर्दछ। यी तथ्यहरूले चिनियाँ कम्युनिष्ट पार्टी सत्यताप्रति अत्यन्त ठूलो घृणा राख्ने र परमेश्‍वरको विरुद्धमा अत्यन्त ठूलो विरोध बोकेको एउटा शैतानी शासन हो भनी प्रमाणित गर्दछ! यस प्रकारले, जति उग्र रूपले चिनियाँ कम्युनिष्ट पार्टीले सर्वशक्तिमान् परमेश्‍वरको कामलाई दमन गर्दछ, भत्सर्ना गर्दछ अनि निर्मूल पार्ने प्रयास गर्दछ, त्यति नै बढी सर्वशक्तिमान् परमेश्‍वर देखा पर्ने घटना र काम सत्यता हो, यो वास्तविक हो अनि यो मानिसलाई शुद्ध गर्न र मुक्ति दिन पूर्ण रूपले सक्षम छ भनी प्रमाणित हुन्छ। धार्मिक संसारका पास्टर तथा एल्डरहरूलाई हामी हेरौँ: तिनीहरूले के खराबी गरेका छन्? तिनीहरूले परमेश्‍वरको कामलाई कसरी व्यवहार गरेका छन्? तिनीहरू चिनियाँ कम्युनिष्ट पार्टीको पक्षमा उभिन्छन् अनि चिनियाँ कम्युनिष्ट पार्टीको कामलाई समर्थन गर्ने तिनीहरूको टाढाको माग छ? परमेश्‍वरको कामलाई विरोध गर्न, भत्सर्ना गर्न र बद्नामी गर्न अनि सर्वशक्तिमान् परमेश्‍वरको गवाही दिनेहरूलाई पक्राउ गर्न र सतावट दिन चिनियाँ कम्युनिष्ट पार्टीसित मिलेर काम गर्न तिनीहरूले हद नाघेका छन्, यसरी तिनीहरूले असंख्य दुष्ट कामहरू गरेका छन्। यसले यहूदी धर्मका अगुवाहरू जस्तै धार्मिक संसारका अगुवाहरू पनि ख्रीष्टलाई विरोध गर्ने र भत्सर्ना गर्ने मुख्य अपराधीहरू हुन् अनि तिनीहरू ख्रीष्टविरोधीहरू हुन् जसले सत्यतालाई घृणा गर्छन् र परमेश्‍वरलाई विरोध गर्छन् भन्ने कुरा प्रमाणित गर्दछ! आज पनि धार्मिक संसारमा धेरै मानिसहरू धार्मिक संसारका अगुवाहरूका दुष्ट अनुहारप्रति अन्धा छन् अनि तिनीहरूद्वारा निरन्तर मूर्ख र नियन्त्रित भएका छन्। तिनीहरू साँच्चै नै बेवकुफ र अज्ञानी छन्; तिनीहरू मृत्युको किनारामा छन् अनि तिनीहरूलाई त्यो थाहा पनि छैन।

त्यसोभए, कसरी साँचो बाटो र झुटा बाटाहरूबीच हामी भिन्नता छुट्याउन सक्छौँ त? यो परमेश्‍वरका वचनहरूअनुसार गरिनुपर्छ; यो चिनियाँ कम्युनिष्ट पार्टीका दियाबलसहरू र धार्मिक संसारका पाष्टर तथा एल्डरहरूको पिशाचतुल्य वचनहरूअनुसार गरिनुहुँदैन। यो परमेश्‍वरमा विश्वास गर्नेहरूमा हुनुपर्ने न्युनतम सुझबुझ हो। साँचो बाटो र झुटा बाटोहरूबीच कसरी भिन्नता छुट्याउने सम्बन्धमा सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छः सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यस्तो कुरालाई जाँच्नु त्यत्ति कठिन हुँदैन, तर यसका निम्ति हामी प्रत्येकले यो एउटा सत्यता जान्नु आवश्यक हुन्छ: जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुभएकोले, उहाँले आफूले चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्‍वर देह बन्नुभएकोले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यलाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। त्यो देह जसमा परमेश्‍वरको सार हुँदैन त्यो निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। अनि त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी देखा पर्ने घटना भन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरू)(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। साँचो बाटोलाई अनुसन्धान गर्ने सम्बन्धमा सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूले धेरै स्पष्टसित सिद्धान्तहरूलाई अभिव्यक्त गर्दछ। सर्वशक्तिमान् परमेश्‍वरको काम साँचो बाटो हो कि होइन भनी निर्धारण गर्ने कुञ्जी चाहिँ सर्वशक्तिमान् परमेश्‍वरद्वारा व्यक्त गरिएका वचनहरू सत्यता हुन् कि होइनन्, ती परमेश्‍वरका आवाज हुन् कि होइनन् भनी हेर्नु हो। यो सबैभन्दा निर्णायक र सबैभन्दा आधारभूत छ। यदि मानिसहरूले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू सत्यता हुन् अनि परमेश्‍वरको आवाज हुन् भनी पहिचान गर्न सक्छन् अनि आखिरी दिनहरूको परमेश्‍वरको कामलाई स्वीकार गर्न सक्छन् भने तिनीहरू प्रभुलाई स्वागत गर्ने बुद्धिमती कन्याहरू हुन् अनि तिनीहरू परमेश्‍वरको सामु उठाइलगिन्छन्; यदि तिनीहरूले हठी भएर चिनियाँ कम्युनिष्ट पार्टी र धार्मिक संसारका पाष्टर तथा एल्डरहरूको वचनहरूलाई विश्वास गर्छन् अनि परमेश्‍वरको आवाजलाई सुन्ने कुरालाई ध्यान दिँदैनन्, न त आखिरी दिनहरूको सर्वशक्तिमान् परमेश्‍वरको कामलाई अनुसन्धान वा खोजी नै गर्छन् भने तिनीहरू मूर्ख कन्याहरू हुन् जसलाई अन्ततः परमेश्‍वरद्वारा त्यागिनेछन् र हटाइनेछन् अनि तीतो आँशुहरू झार्नुपर्ने अनि दाँतहरू किट्नुपर्ने विपद्हरूमा फ्याँकिनेछन्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्