अहिले विभिन्न धार्मिक सम्प्रदायहरू कर्तव्यनिष्ठा बनी धार्मिक समारोहहरू पालन गर्छन्, तर पाष्टरहरू केवल बाइबल र धर्मशास्त्रीय सिद्धान्तहरूबाट वचनहरू र वाक्यांशहरू प्रचार गर्नुमा केन्द्रित गर्छन्, र पवित्र आत्माको अन्तर्दृष्टि र प्रकाश बिलकुल हुँदैन। विश्‍वासीहरूको जीवनको निम्ति केही पनि प्रबन्ध गरिँदैन। तिनीहरूले धेरै वर्षदेखि प्रभुमा विश्‍वास गरेका छन् तर सत्यताको बारेमा तिनीहरू अनभिज्ञ छन् र तिनीहरूले प्रभुका वचनहरू व्यवहारमा लागू गर्न सक्दैनन्। प्रभुमाथिको तिनीहरूको विश्‍वास धार्मिक विश्‍वास बाहेक अरू केही पनि हुँदैन। आजका मण्डलीहरू किन धर्ममा झरेका छन् सो मैले बुझेको छैन।

8 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

परमेश्‍वरको कार्यको हरेक चरणमा मानिसलाई त्यही अनुरूपका मागहरू दिइन्छ। पवित्र आत्‍माको प्रवाहभित्र हुनेहरू सबैले पवित्र आत्‍माको उपस्थिति र अनुशासनलाई प्राप्त गरेका हुन्छन्, र पवित्र आत्‍माको प्रवाहमा नहुनेहरू शैतानको अधीनमा, र पवित्र आत्‍माको कुनै पनि कार्य विहीन छन्। पवित्र आत्माको प्रवाहमा हुने मानिसहरू परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार गर्नेहरू, र परमेश्‍वरको नयाँ कार्यमा सहकार्य गर्नेहरू हुन्। यदि यो प्रवाहभित्र हुनेहरू सहकार्य गर्न असमर्थ छन्, र यो समय अवधिमा परमेश्‍वरले माग गर्नुभएको सत्यतालाई अभ्यास गर्न असक्षम छन् भने, तिनीहरूलाई ताडना दिइनेछ, र सबैभन्दा खराब कुरा त पवित्र आत्माले तिनीहरूलाई त्याग्‍नुहुनेछ। पवित्र आत्‍माको नयाँ कार्यलाई स्वीकार गर्नेहरू पवित्र आत्‍माको प्रवाहभित्र नै जिउनेछन्, र तिनीहरूले पवित्र आत्‍माको वास्ता र सुरक्षालाई प्राप्त गर्नेछन्। सत्यतालाई अभ्यास गर्न इच्‍छुक हुनेहरूलाई पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ, र सत्यतालाई अभ्यास गर्न इच्‍छुक नहुनेहरूलाई पवित्र आत्माले ताडना दिनुहुन्छ, र दण्ड समेत दिन सक्‍नुहुन्छ। तिनीहरू जस्तोसुकै प्रकारको व्यक्ति भए तापनि, तिनीहरू पवित्र आत्माको प्रवाहभित्र छन् भने, उहाँको नामको खातिर उहाँको नयाँ कामलाई स्वीकार गर्नेहरू सबैका लागि परमेश्‍वरले जिम्‍मेवारी लिनुहुनेछ। उहाँको नामलाई महिमित पार्ने र उहाँको वचनलाई अभ्यास गर्न इच्‍छुक हुनेहरूले उहाँका आशिषहरूलाई प्राप्त गर्नेछन्; उहाँको आज्ञा उल्‍लङ्घन गर्नेहरू र उहाँको वचनलाई अभ्यास नगर्नेहरूले उहाँको दण्ड पाउनेछन्। पवित्र आत्माको प्रवाहमा हुनेहरू नयाँ कामलाई स्वीकार गर्नेहरू हुन्, र तिनीहरूले नयाँ कार्यलाई स्वीकार गरेका हुनाले, तिनीहरूले उचित रूपमा परमेश्‍वरसँग सहकार्य गर्नुपर्छ, र आफ्‍नो कर्तव्यलाई पूरा नगर्ने विद्रोहीहरूले जस्तो व्यवहार गर्नु हुँदैन। परमेश्‍वरले मानिसलाई दिनुभएको एउटै मात्र माग यही नै हो। नयाँ कार्यलाई स्वीकार नगर्नेहरूमा यस्तो हुँदैन: तिनीहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर छन्, र पवित्र आत्माको ताडना र तिरस्कार तिनीहरूमा लागू हुँदैन। सारा दिन, यी मानिसहरू देहमा जिउँछन्, तिनीहरू आफ्‍नै मनभित्र जिउँछन्, र आफ्‍नै मस्तिष्कको विश्‍लेषण र सर्वेक्षणद्वारा पैदा गरेको धर्मसिद्धान्त अनुसार गर्ने बाहेक तिनीहरूले केही पनि गर्दैनन्। पवित्र आत्माको नयाँ कार्यले यो माग गर्दैन, परमेश्‍वरसँगको सहकार्यमा यो माग गरिनु त परै जाओस्। परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार नगर्नेहरू परमेश्‍वरको उपस्थिति विहीन छन्, यसको साथै, परमेश्‍वरका आशिषहरू र सुरक्षारहित छन्। तिनीहरूको धेरैजसो वचन र कार्यहरूले पवित्र आत्माको कामको विगतका मागहरूलाई पक्रिराख्छ; ती धर्मसिद्धान्त हुन्, सत्यता होइनन्। यी मानिसहरूको एकसाथको भेला धर्म बाहेक केही पनि होइन भन्‍ने कुरालाई प्रमाणित गर्न त्यस्ता धर्मसिद्धान्त र नियम नै पर्याप्त छन्; तिनीहरू चुनिएकाहरू वा परमेश्‍वरका कार्यको पात्रहरू होइनन्। तिनीहरूका बीचको सबैका भेलालाई धर्मको भव्य समाज मात्रै भन्‍न सकिन्छ, र मण्डली भन्‍न सकिँदैन। यो अपरिवर्तनीय तथ्य हो। तिनीहरूसँग पवित्र आत्माको नयाँ कार्य छैन; तिनीहरूले जे गर्छन् त्यो धर्मको सूचकजस्तो देखिन्छ, तिनीहरूले जे जिउँछन् त्यो धर्मले भरिपूर्ण देखिन्छ; तिनीहरूमा पवित्र आत्‍माको उपस्थिति र काम छैन, पवित्र आत्‍माको अनुशासन वा अन्तर्दृष्टि प्राप्त गर्नको लागि योग्य हुनु त परै जाओस्। यी मानिसहरू सबै निर्जीव लासहरू, र कीराहरू हुन् जसमा आत्मिकता छैन। तिनीहरूसँग मानिसको विद्रोहीपन र विरोधको बारेमा कुनै ज्ञान छैन, मानिसको सबै दुष्कर्मको बारेमा कुनै ज्ञान छैन, परमेश्‍वरको सारा काम र परमेश्‍वरको वर्तमान इच्‍छाको बारेमा तिनीहरूले जान्‍नु त परै जाओस्। तिनीहरू सबै अज्ञानी, नीच मानिसहरू हुन्, र तिनीहरू मैल हुन् जो विश्‍वासी भन्‍न योग्य छैनन्! तिनीहरूले गर्ने कुनै पनि कुराले परमेश्‍वरको व्यवस्थापनमा कुनै योगदान दिँदैन, यसले परमेश्‍वरको योजनाहरूलाई बिगार्ने कुरा त परै जाओस्। तिनीहरूका वचन र कार्यहरू अत्यन्तै घृणित, अत्यन्तै दयनीय, र उल्‍लेख गर्न समेत अयोग्य छन्। पवित्र आत्‍माको प्रवाहभित्र नहुनेहरूले गर्ने कुनै पनि कामले पवित्र आत्‍माको नयाँ कामसँग कुनै सम्‍बन्ध राख्दैन। यसले गर्दा, तिनीहरूले जेसुकै गरे तापनि, तिनीहरू पवित्र आत्माको अनुशासनरहित, साथै, पवित्र आत्माको अन्तर्दृष्टिरहित छन्। तिनीहरू सबै त्यस्ता मानिसहरू हुन जोसँग सत्यताको लागि कुनै प्रेम छैन, र जसलाई पवित्र आत्माले घृणा र इन्कार गर्नुभएको छ। तिनीहरूलाई दुष्ट काम गर्नेहरू भनिन्छ किनभने तिनीहरू देहमा हिँड्छन् र परमेश्‍वरको नाम लिएर आफूलाई जे मन लाग्छ त्यही गर्छन्। जब परमेश्‍वर काम गर्नुहुन्छ, तिनीहरू जानी-जानी उहाँप्रति शत्रुवत बन्छन्, र उहाँको विपरीत दिशातर्फ दौडन्छन्। मानिसले परमेश्‍वरसँग सहकार्य गर्न नसक्‍नु आफैमा अत्यन्तै विद्रोहीपूर्ण छ, त्यसकारण के जानी-जानी परमेश्‍वरको विपरीत दौडने मानिसहरूले निश्‍चित रूपमा नै आफ्‍ना उचित दण्ड पाउनेछैनन् र?

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

“तर म तिमीहरूलाई भन्छु, यस ठाउँमा मन्दिरभन्दा महान् एक जना हुनुहुन्छ। तर यदि तिमीहरूले यसको अर्थ के हो भन्‍ने थाहा पाएका भए, मैले कृपा प्राप्त गर्नेछु, र बलिदान होइन, तिमीहरूले निर्दोषलाई दोष लगाउने थिएनौ। किनकि मानिसको पुत्र शबाथको दिनको समेत प्रभु हुनुहुन्छ” (मत्ती १२:६-८)। यहाँ “मन्दिर” शब्दले केलाई जनाउँछ? यसलाई सरल भाषामा भन्नुपर्दा, यसले एउटा भव्य, अग्लो भवनलाई सङ्केत गर्दछ, अनि व्यवस्थाको युगमा, मन्दिर पूजाहारीहरूले परमेश्‍वरलाई आराधना गर्ने एउटा ठाउँ थियो। जब प्रभु येशूले, “यस ठाउँमा मन्दिरभन्दा महान् एक जना हुनुहुन्छ” भन्नुभयो, “एक जना” ले कसलाई गर्‍यो? स्पष्ट रूपले, “एक जना” देहधारी प्रभु येशू हुनुहुन्छ, किनकि केवल उहाँ मात्र मन्दिरभन्दा महान् हुनुहुन्थ्यो। ती वचनहरूले मानिसहरूलाई के बतायो? त्यसले मानिसहरूलाई मन्दिरबाट बाहिर निस्कन निर्देशन दियो—किनकि परमेश्‍वरले मन्दिरलाई छोडी सक्नुभएको थियो अनि उपरान्त त्यसमा काम गरिरहनुभएको थिएन, त्यसैले मानिसहरूले मन्दिरभन्दा बाहिर परमेश्‍वरका पाइलाहरू खोज्नुपर्छ अनि उहाँको नयाँ काममा उहाँका कदमहरूलाई पछ्याउनुपर्छ। जब प्रभु येशूले यो भन्नुभयो, उहाँका वचनहरू पछाडि एउटा आधार थियो, जुन के थियो भने, व्यवस्थाको अधीनमा, मानिसहरूले मन्दिरलाई स्‍वयम्‌ परमेश्‍वरभन्दा महान् छ भनी हेर्न थालेका थिए। यसको अर्थ, मानिसहरूले परमेश्‍वरको सट्टामा मन्दिरलाई आराधना गर्थे, त्यसैले प्रभु येशूले तिनीहरूलाई मूर्तिहरू पूजा नगर्नू, बरु परमेश्‍वरलाई आराधना गर्नू भनी चेतावनी दिनुभयो किनकि उहाँ सर्वोच्च हुनुहुन्छ। यसरी, उहाँले भन्नुभयो: “मैले कृपा प्राप्त गर्नेछु, र बलिदान होइन।” यो स्पष्ट छ कि प्रभु येशूको दृष्टिमा, व्यवस्थाको अधीनमा जिइरहेका अधिकांश मानिसहरूले यहोवाको आराधना गरिरहेका थिएनन्, तर विना कुनै रुचि बलिदानहरू मात्रै चढाइरहेका थिए, अनि यो मूर्तिपूजा सरह भएको प्रभु येशूले ठहर गर्नुभयो। यी मूर्तिपूजकहरूले मन्दिरलाई परमेश्‍वरभन्दा महान् र उच्च देखे। तिनीहरूको हृदयमा परमेश्‍वर नभई केवल मन्दिर मात्र थियो अनि यदि तिनीहरूले मन्दिर गुमाएका भए, तिनीहरूले आफ्नो वासस्थानलाई नै गुमाउने थिए। मन्दिरविना आराधना गर्नको निम्ति तिनीहरूसित कुनै ठाउँ थिएन अनि तिनीहरूले बलिदानहरूको काम गर्न सक्दैनथे। तिनीहरूको कथित “वासस्थान” यस्तो ठाउँ थियो जसलाई तिनीहरूले मन्दिरमा रहन र आफ्नै कामकाजहरू सम्पन्न गर्न यहोवा परमेश्‍वरलाई आराधना गर्ने झूटा बहानाको रूपमा प्रयोग गर्थे। तिनीहरूको कथित “बलिदान” मन्दिरमा सेवा गर्ने नाममा आफ्नै व्यक्तिगत लाजमर्दो कारोबारहरू सम्पन्न गर्ने कार्य मात्रै थियो। यही कारणले मानिसहरूले त्यो बेला परमेश्‍वरभन्दा मन्दिरलाई महान् देखे। प्रभु येशूले मानिसहरूको निम्ति चेतावनीको रूपमा यी वचनहरू बोल्नुभयो किनभने मानिसहरूलाई र परमेश्‍वरलाई धोका दिनको निम्ति तिनीहरूले मन्दिरलाई एउटा आवरणको रूपमा, अनि बलिदानहरूलाई एउटा लुक्ने ठाउँको रूपमा प्रयोग गरिरहेका थिए। यदि यी वचनहरूलाई तैँले वर्तमानमा प्रयोग गरिस् भने, ती अझै पनि उत्तिकै जायज र उत्तिकै सान्दर्भिक हुन्छन्। आजका मानिसहरूले व्यवस्थाको युगका मानिसहरूले भन्दा परमेश्‍वरको बेग्लै कामको अनुभव गरे तापनि, तिनीहरूको प्रकृति र सार उही नै छ।

— वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

परमेश्‍वरमाथिको विश्‍वासमा, यदि मानिसहरूले सत्यतालाई पालना गर्नुपर्ने केही नियमहरूको रूपमा मात्र लिन्छन् भने, के तिनीहरूको विश्‍वास केही धार्मिक विधिविधानमा परिणत हुने सम्भावना हुँदैन र? अनि त्यस्ता धार्मिक समारोहहरू र इसाई धर्मबीचमा के-कस्ता भिन्नताहरू छन् त? यी मानिसहरूले भन्छन् त्यसको शैलीमा झनै गहन र झनै प्रगतिशील हुन सक्छन्, तर यदि तिनीहरूको विश्‍वास नियमहरूमा र कुनै प्रकारको विधिमा परिणत भएको छ भने, के त्यसको मतलब त्यो विश्‍वास इसाई धर्ममा परिवर्तन भएको छ भन्ने हुँदैन र? (हो, हुन्छ।) यी कुराहरू पुराना शिक्षा र नयाँ शिक्षाका भिन्नताहरू हुन्, तर यदि शिक्षाहरू सिद्धान्त मात्र भए भने, र ती मानिसहरूको लागि केवल विधिविधान वा नियम बनेका छन् भने—त्यसै गरी, मानिसहरूले यसबाट न त सत्यता नै प्राप्त गर्न सक्छन्, न त सत्यता वास्तविकतामा नै प्रवेश गर्न सक्छन् भने—के तिनीहरूको विश्‍वास इसाई धर्मजस्तै भएको हुँदैन र? सारमा, के यो इसाई धर्म होइन र? (हो, यो इसाई धर्म नै हो।) त्यसो भए, तिमीहरूको व्यवहारमा र तिमीहरूले आफ्ना कर्तव्यहरू निभाउँदा, के-कस्ता कामकुराहरूमा तिमीहरूका दृष्टिकोण र विचारहरू इसाई धर्ममा विश्‍वास गर्नेहरूको जस्तै वा उस्तै प्रकारको हुन्छ त? (नियम पालना गर्ने अनि अक्षरहरू र धर्मसिद्धान्तहरूले आफूलाई सुसज्जित गर्ने कार्यमा।) (आत्मिक देखिने स्वरूप र असल व्यवहार देखाउने, अनि भक्त र नम्र बन्ने कुरामा जोड दिने कार्यमा।) तिमीहरू बाहिरी रूपमा असल व्यवहार देखाउँछौ, आफैलाई एक प्रकारको आत्मिक स्वरूपको आवरणमा राखेर प्रस्तुत हुन सक्दो गर्छौ र तिमीहरूले सच्चरित्रवान् भएको बहाना गर्दै सापेक्षित रूपमा मानव धारणहरू र कल्‍पनाहरूमा स्वीकृत कामकुराहरू गर्छौ। तिमीहरू उच्च मञ्चमा उभिएर अक्षर र धर्मसिद्धान्तहरूको प्रचार गर्छौ, मानिसहरूलाई असल बन्न, सच्चरित्रवान् बन्न र सत्यतालाई बुझ्न सिकाउँछौ; तिमीहरू सही आत्मिक कुराहरू बताउँदै आत्मिक धर्मसिद्धान्हरूको प्रवचन गर्छौ; तिमीहरू आत्मिक भएको तडकभडक देखाउँछौ र आफूले भन्ने र गर्ने हरेक कामकुराहरूमा सतही आत्मिकताको भाव झल्काउँछौ, तैपनि अभ्यासमा र आफ्नो कर्तव्य निभाउने कार्यमा भने तिमीहरू कहिल्यै पनि सत्यताको खोजी गर्दैनौ। तिमीहरूले कुनै समस्याको सामना गर्नेबित्तिकै परमेश्‍वरलाई एकातिर हुत्याउँदै पूर्ण रूपमा मानव इच्छाअनुसार काम गर्छौ। तिमीहरूले कहिल्यै पनि सत्यता सिद्धान्तहरूअनुसार काम गरेका छैनौ, न त तिमीहरूलाई सत्यता के हो, परमेश्‍वरका अभिप्रायहरू के-के हुन्, वा उहाँले मानिसले पालना गर्नुपर्ने भनी आवश्यक गर्नुभएका मापदण्डहरू के-के हुन् भन्नेबारेमा नै केही थाहा छ; तिमीहरूले यी कुराहरूलाई कहिल्यै पनि गम्भीर रूपमा लिएका छैनौ वा न त तिमीहरूले आफैलाई यी कुराहरूसँग सम्बन्धित समेत गराएका छौ। के मानिसहरूका त्यस्ता बाह्य कार्यहरू र आन्तरिक स्थितिहरूमा—अर्थात, यस प्रकारको विश्‍वासमा—परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने कार्य सामेल हुन्छ? यदि मानिसहरूको विश्‍वास र सत्यताको खोजीमा कुनै सम्बन्ध हुँदैन भने, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् कि गर्दैनन्? सत्यताको खोजीमा कुनै सम्बन्ध नभएका मानिसहरूले जति नै धेरै वर्ष उहाँलाई विश्‍वास गरे पनि, तिनीहरूले साँचो रूपले परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्छन् कि सक्दैनन्? (तिनीहरूले सक्दैनन्।) त्यसो भए, त्यस्ता मानिसहरूको बाह्य व्यवहार के हो त? तिनीहरूले कस्तो बाटो हिँड्न सक्छन् त? (फरिसीहरूको बाटो।) तिनीहरूले कुन कुराले आफूलाई सुसज्जित गर्दै दिनहरू बिताउँछन् त? के त्यो अक्षर र धर्मसिद्धान्तहरू होइन र? के तिनीहरूले आफैलाई अझ बढी फरिसीहरूजस्तो बनाउन, अझ बढी आत्मिक बनाउन, र अझ बढी परमेश्‍वरलाई तथाकथित रूपमा सेवा गर्ने व्यक्तिहरूजस्तो बनाउनको लागि अक्षर र धर्मसिद्धान्तहरूद्वारा आफूलाई सुसज्जित पार्दै, आभूषित गर्दै दिनहरू बिताउँदैनन् र? यी कार्यहरूको प्रकृति के हो त? के यो परमेश्‍वरको आराधना गर्नु हो? के यो परमेश्‍वरमाथिको सच्‍चा विश्‍वास हो? (होइन, यो सच्‍चा विश्‍वास होइन।) त्यसो भए, तिनीहरूले के गरिरहेका हुन्छन् त? तिनीहरू परमेश्‍वरलाई धोका दिइरहेका हुन्छन्; तिनीहरू केवल प्रक्रियाका चरणहरूको औपचारिकता निभाइरहेका हुन्छन् र धार्मिक समारोहमा संलग्न भइरहेका हुन्छन्। तिनीहरूले आशिषित हुने आफ्‍नो लक्ष्य पूरा गर्नको लागि विश्‍वासको झण्डा हल्लाइरहेका हुन्छन् र धार्मिक रीतिरिवाजको काम गरिरहेका हुन्छन्, र परमेश्‍वरलाई धोका दिने प्रयास गरिरहेका हुन्छन्। यी मानिसहरूले परमेश्‍वरलाई आराधना गर्दै गर्दैनन्। अन्त्यमा, के त्यस्ता मानिसहरूको समूह परमेश्‍वरलाई तथाकथित रूपमा सेवा गर्ने र परमेश्‍वरलाई तथाकथित रूपमा विश्‍वास गर्ने र पछयाउनेहरूजस्तै बन्दैनन् र?

— आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “निरन्तर परमेश्‍वरको अघि जिएर मात्र व्यक्तिले मुक्तितर्फको बाटोमा हिँड्न सक्छ”

परमेश्‍वरले यहोवामा विश्‍वास गर्नेहरूको धर्मलाई के नाम दिनुहुन्छ? यहूदी धर्म। तिनीहरू एक प्रकारको धार्मिक समूह बने। अनि परमेश्‍वरले येशूमा विश्‍वास गर्नेहरूको धर्मलाई कस्तो पदवी नाम दिनुहुन्छ? (इसाई धर्म।) परमेश्‍वरको नजरमा, यहूदी धर्म र इसाई धर्मले धार्मिक समूहहरूको प्रतिनिधित्व गर्छन्। परमेश्‍वरले तिनीहरूलाई किन त्यसरी परिभाषित गर्नुहुन्छ त? परमेश्‍वरले परिभाषित गर्नुभएका यी धार्मिक समूहहरूका सबै सदस्यहरूमाझ, के परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने, उहाँको इच्छाअनुसार कार्य गर्ने, र उहाँको बाटो पछ्याउने कोही छ? (छैन।) यसले कुरा स्पष्ट पार्छ। के परमेश्‍वरको नजरमा नाम मात्रको शैलीमा उहाँलाई पछ्याउनेहरू उहाँले विश्‍वासीहरू भनी स्वीकार गर्नुभएका व्यक्तिहरू बन्न सक्छन् त? के तिनीहरू सबैको परमेश्‍वरसँग सम्बन्ध हुन्छ त? के तिनीहरू सबै उहाँको मुक्तिको पात्रहरू बन्न सक्छन् त? (सक्दैनन्।) त्यसो भए, कुनै दिन तिमीहरू परमेश्‍वरले धार्मिक समूह भनी हेर्नुहुने समूहमा परिणत हुनेछौ त? (यस्तो हुन सम्भव छ।) कुनै धार्मिक समूहमा परिणत हुनु—त्यो अकल्पनीय देखिन्छ। यदि मानिसहरू परमेश्‍वरको नजरमा कुनै धार्मिक समूहको हिस्सा बन्छन् भने, के तिनीहरूले उहाँबाट मुक्ति पाउन सक्‍नेछन् त? के तिनीहरू उहाँको घरका हुन् त? (होइन, तिनीहरू उहाँको घरका होइनन्।) त्यसो भए, सारांशित गर्ने कोसिस गरौं: साँचो परमेश्‍वरमा नामको मात्र विश्‍वास गर्ने यी मानिसहरू, जसलाई उहाँले धार्मिक समूहहरूका हुन् भन्ने ठान्‍नुहुन्छ—यी मानिसहरूले कस्तो बाटो हिँड्छन् त? के यस्ता मानिसहरू परमेश्‍वरको बाटोलाई कहिल्यै पनि नपछ्याईकनै विश्‍वासको झण्डा हल्लाउने र उहाँमा विश्‍वास गर्ने तर उहाँलाई कहिल्यै आराधना नगर्ने बरु उहाँलाई त्याग्ने बाटोमा हिँड्छन् भनेर भन्न सकिन्छ? यसको मतलब, तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँलाई त्याग्ने र उहाँको बाटो नपछ्याउने बाटोमा हिँड्छन्; तिनीहरूको बाटो त्यस्तो बाटो हो जसमा तिनीहरूले परमेश्‍वरमा विश्‍वास त गर्छन् तर आराधना भने शैतानको गर्छन्, तिनीहरूले दियाबलसको आराधना गर्छन्, तिनीहरूले तिनीहरूका आफ्नै व्यवस्थापन अघि बढाउने र तिनीहरूको आफ्नै राज्य स्थापित गर्ने प्रयास गर्छन्। के यसको सार यही होइन र? के मानवजातिको मुक्ति सम्‍बन्धी व्यवस्थापन योजनासँग यस्ता मानिसहरूको कुनै सम्बन्ध हुन्छ त? (हुँदैन।) जति धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, उहाँले तिनीहरूको विश्‍वासलाई धर्म वा समूहको विश्‍वास भनी परिभाषित गर्नुभएपछि, उहाँले तिनीहरूलाई मुक्ति दिन सकिँदैन भनी पहिले नै निर्धारण गरिसक्नुभएको हुन्छ। म किन यसो भन्दैछु त? परमेश्‍वरको काम र मार्गनिर्देशनरहितका र उहाँलाई आराधना गर्दै नगर्ने मानिसहरूको गिरोह वा भीडमा, तिनीहरूले कसलाई आराधना गर्छन् त? तिनीहरूले कसलाई पछ्याउँछन् त? स्वरूप र नाममा, तिनीहरूले कुनै व्यक्तिलाई पछ्याउँछन् तर तिनीहरूले आधारभूत रूपमा कसलाई पछ्याउँछन् त? अन्तस्करणमा तिनीहरूले परमेश्‍वरलाई स्वीकार गर्छन्, तर वास्तविक रूपमा भने, तिनीहरू मानव चालबाजी, बन्दोबस्तहरू र नियन्त्रणको अधीनमा रहन्छन्। तिनीहरूले शैतान, दियाबलसलाई पछ्याउँछन्; तिनीहरूले परमेश्‍वरसँग शत्रुवत् रहेका शक्तिहरू र उहाँका शत्रुहरूलाई पछ्याउँछन्। के परमेश्‍वरले मानिसहरूको यस्तो झुण्डलाई मुक्ति दिन चाहनुहुन्छ? (चाहनुहुन्न।) किन चाहनुहुन्न त? के तिनीहरू पश्‍चात्ताप गर्न समर्थ हुन्छन् त? (हुँदैनन्।) तिनीहरू पश्‍चात्ताप गर्न असमर्थ हुन्छन्। तिनीहरूले मानव उद्यम अघि बढाउँदै र तिनीहरूका आफ्नै व्यवस्थापन सञ्चालन गर्दै विश्‍वासको झण्डा हल्लाउँछन् र तिनीहरू मानवजातिको मुक्ति सम्‍बन्धी परमेश्‍वरको व्यवस्थापन योजनाको विपरीत दौडन्छन्। तिनीहरूको अन्तिम परिणाम भनेको परमेश्‍वरद्वारा घृणित र तिरस्कृत हुनु हो; उहाँले यी मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्न, तिनीहरूले पश्‍चात्ताप गर्न सक्दैनन्, तिनीहरूलाई शैतानले पहिले नै बन्दी बनाइसकेको छ—तिनीहरू सम्पूर्ण रूपमा शैतानको हातमा छन्। तेरो विश्‍वासमा, के तैँले कति वर्ष परमेश्‍वरमा विश्‍वास गरेको छस् भन्ने तथ्यले उहाँले तँलाई स्याबासी दिनुहुन्छ कि दिनुहुन्न भन्ने कुरामा कुनै अर्थ राख्छ र? के तैँले पालना गर्ने रीतिरिवाज र नियमहरूले कुनै अर्थ राख्छन् र? के परमेश्‍वरले मानिसहरूको अभ्यासको विधिलाई हेर्नुहुन्छ र? के उहाँले कति जना मानिसहरू छन् भन्ने कुरालाई हेर्नुहुन्छ र? उहाँले मानवजातिको एक भागलाई छनौट गर्नुभएको छ; उहाँले तिनीहरूलाई मुक्ति दिन सकिन्छ कि सकिँदै र तिनीहरूलाई मुक्ति दिनुपर्छ कि दिनुपर्दैन भन्ने कुराको मापन कसरी गर्नुहुन्छ त? यी मानिसहरूले हिँड्ने मार्गहरूको आधारमा उहाँले यो निर्णय गर्नुहुन्छ। … तैँले जति नै धेरै उपदेशहरू सुनेको भए पनि वा तैँले जति नै धेरै सत्यता बुझेको भए पनि, यदि आखिर तैँले मानिसहरू र शैतानलाई पछ्याउँछस् भने, र अन्ततः तँ परमेश्‍वरको मार्ग पछ्याउन असमर्थ हुन्छस् र तँ परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्दैनस् भने, त्यस्ता मानिसहरूलाई परमेश्‍वरले घृणा र तिरस्कार गर्नुहुनेछ। बाह्य स्वरूप सबैलाई हेर्दा, परमेश्‍वरद्वारा घृणा र तिरस्कार गरिएका यस्ता मानिसहरूले अक्षरहरू र धर्मसिद्धान्तहरूको बारेमा धेरै कुरा बताउन सक्छन्, र तिनीहरूले धेरै सत्यता बुझेका पनि हुन सक्छन्, तैपनि तिनीहरू परमेश्‍वरको आराधना गर्न असमर्थ हुन्छन्; तिनीहरू परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्दैनन्, र तिनीहरू उहाँप्रति पूर्ण रूपमा समर्पित हुन असमर्थ हुन्छन्। परमेश्‍वरको नजरमा, उहाँले तिनीहरूलाई धर्मको हिस्साको रूपमा, मानिसहरूको समूहको रूपमा—मानिसहरूको गिरोहको रूपमा—र शैतानको वास बस्ने ठाउँको रूपमा परिभाषित गर्नुहुन्छ। तिनीहरू सबैलाई सामूहिक रूपमा शैतानको गिरोह भनिन्छ, र यी मानिसहरूलाई परमेश्‍वरले सम्पूर्ण रूपमा घृणा गर्नुहुन्छ।

— आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “निरन्तर परमेश्‍वरको अघि जिएर मात्र व्यक्तिले मुक्तितर्फको बाटोमा हिँड्न सक्छ”

अघिल्लो: प्रभुको पुनरागमन सम्बन्धी बाइबलका अगमवाणीहरू अहिले धेरै हदसम्म पूरा भइसकेका छन्, र प्रभु यहाँ पहिलेबाटै आइसक्नुभएको हुन सक्छ। हामी देख्छौं, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले सार्वजनिक रूपले अनलाइनमा यो गवाही दिइरहेको छ, सर्वशक्तिमान् परमेश्‍वर नै फर्केर आउनुभएको प्रभु येशू हुनुहुन्छ, र साँच्चै प्रभुमा विश्‍वास गर्ने र परमेश्‍वर देखा पर्नुभएको घटनाको तृष्णा गर्ने मानिसहरू सबै धर्म र सम्प्रदायहरूबाट सर्वशक्तिमान् परमेश्‍वारकहाँ फर्केका छन्। सर्वशक्तिमान् परमेश्‍वर नै देखापर्नुभएको परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न हामी त्यो मात्रै जान्‍न चाहन्छौं।
अर्को: आज, धार्मिक संसारका धेरै मानिसहरू पाष्टरहरूका प्रचारहरूमा कुनै प्रकाश छैन भन्‍ने महसुस गर्छन्। तिनीहरू विश्‍वासीहरूको विश्‍वास बिस्तारै घट्दै गएको, र मानिसहरू भौतिक सुखको मात्र कुरा गरेका र संसारका प्रवृत्तिहरूको पछि लागेका, र कसै-कसैले मण्डलीहरूमा व्यापार चलाएका देख्छन्। तिनीहरू आफ्नो मण्डली एउटा झूटो मण्डली हो भनी चिन्ता गर्छन्, र प्रभु आउनुहुँदा उहाँले तिनीहरूलाई त्याग्‍नुहुनेछ भनी डराउँछन्। तर त्यस्ता व्यक्तिहरू छन्, जसले तिनीहरूका मण्डली झूटा मण्डली हुन सक्दैन भनी विश्‍वास गर्छन्, किनकि तिनीहरू बाइबल प्रतियोगिताहरू, पवित्र प्रभु-भोज, र विभिन्न चाडपर्वहरू जस्ता जीवन्त घटनाहरूको पालन गर्छन्। त्यसो भए हामीले कसरी झूटा मण्डलीहरूलाई पहिचान गर्नुपर्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्