आज, धार्मिक संसारका धेरै मानिसहरू पाष्टरहरूका प्रचारहरूमा कुनै प्रकाश छैन भन्‍ने महसुस गर्छन्। तिनीहरू विश्‍वासीहरूको विश्‍वास बिस्तारै घट्दै गएको, र मानिसहरू भौतिक सुखको मात्र कुरा गरेका र संसारका प्रवृत्तिहरूको पछि लागेका, र कसै-कसैले मण्डलीहरूमा व्यापार चलाएका देख्छन्। तिनीहरू आफ्नो मण्डली एउटा झूटो मण्डली हो भनी चिन्ता गर्छन्, र प्रभु आउनुहुँदा उहाँले तिनीहरूलाई त्याग्‍नुहुनेछ भनी डराउँछन्। तर त्यस्ता व्यक्तिहरू छन्, जसले तिनीहरूका मण्डली झूटा मण्डली हुन सक्दैन भनी विश्‍वास गर्छन्, किनकि तिनीहरू बाइबल प्रतियोगिताहरू, पवित्र प्रभु-भोज, र विभिन्न चाडपर्वहरू जस्ता जीवन्त घटनाहरूको पालन गर्छन्। त्यसो भए हामीले कसरी झूटा मण्डलीहरूलाई पहिचान गर्नुपर्छ?

8 फ्रेवुअरी 2022

सन्दर्भका लागि बाइबल पदहरू:

“अनि येशू परमेश्‍वरको मन्दिरमा जानुभयो, र मन्दिरमा किन्‍ने र बेच्‍ने तिनीहरू सबैलाई लखेट्नुभयो, र पैसा साट्नेहरूको टेबलहरू, र ढुकुर बेच्‍नेहरूको आसनहरू पल्टाइदिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, मेरो घर प्रार्थनाको घर कहलिनेछ भनेर लेखिएको छ; तर तिमीहरूले त यसलाई चोरहरूको अखडा बनाएका छौ” (मत्ती २१:१२-१३)।

“र लाओडिकियाको मण्डलीको दूतलाई लेख; भनिएका यी कुराहरू आमेन, विश्‍वासयोग्य र साँचो गवाही, परमेश्‍वरको सृष्टिको प्रारम्भले भन्दछ। मलाई तिम्रा कामहरू थाहा छ, तिमी न चिसो छौ न तातो छौ: तिमीहरू कि त चिसो कि त तातो भएको म चाहन्छु। त्यसैले तिमीहरू, न त चिसो न त तातो, तर मनतातो भएको हुनाले, म तिमीहरूलाई मेरो मुखबाट ओकलिदिनेछु। किनकि तिमी भन्छौ, म धनी छु र मालसामान बढेका छन् र मलाई केही कुराको खाँचो छैन; र तिमी दुःखी, दयनीय, गरिब, अन्धो र नाङ्गो छौ भन्‍ने तिमीलाई थाहा छैन” (प्रकाश ३:१४-१७)।

“अनि तिनले ठूलो सोरले बलसाथ कराउँदै भने, बेबिलोन पतन भयो, महान् बेबिलोन पतन भयो, र यो दियाबलसहरूको वासस्थान, र हर फोहोरी आत्माको अखडा, र हर अशुद्ध र घृणित पक्षीको गुण बनेको छ। किनभने सबै जातिहरूले यसको व्यभिचारी क्रोधको मद्य पिएका छन्, र पृथ्वीका राजाहरूले यससँग व्यभिचार गरेका छन्, र पृथ्वीका व्यापारीहरू यसका प्रशस्त भोगविलासमार्फत धनी भएका छन्” (प्रकाश १८:२-३)।

परमेश्‍वरका प्रासंगिक वचनहरू:

सामान्य आत्मिक जीवन प्रार्थना गर्ने, भजन गाउने, मण्डली जीवनमा भाग लिने, परमेश्‍वरका वचनहरू खाने र पिउने जस्ता अभ्यासहरूमा सीमित छैन। बरु, यसमा त नयाँ र जीवन्त आत्मिक जीवन जिउने कार्य समावेश हुन्छ। तैँले कसरी अभ्यास गर्छस् भन्ने होइन, बरु तेरो अभ्यासले कस्तो फल फलाउँछ भन्‍ने चाहिँ महत्त्वपूर्ण कुरा हो। धेरैजसो मानिसहरूले के विश्‍वास गर्छन् भने सामान्य आत्मिक जीवनमा प्रार्थना गर्नु, भजन गाउनु, परमेश्‍वरका वचनहरू खानु र पिउनु वा उहाँका वचनहरूलाई ध्यान दिनु जरुरी हुन्छ, चाहे त्यस्ता प्रचलनहरूले वास्तवमा कुनै असर पारोस् वा नपारोस् वा साँचो बुझाइमा डोर्‍याओस् वा नडोर्‍याओस्। यी मानिसहरूले नतिजाहरूलाई ध्यानै नदिई सतही प्रक्रियाहरूलाई पछ्याउने कार्यमा ध्यान दिन्छन्; तिनीहरू धार्मिक रीतिथितिमा जिउने मानिसहरू हुन्, मण्डलीभित्र जिउने मानिसहरू होइनन्, तिनीहरू राज्यका मानिसहरू हुने कुरा त परै जाओस्। तिनीहरूका प्रार्थना, भजन गाउने, र परमेश्‍वरका वचनहरू खाने र पिउने कार्य भनेका केवल नियम-पालना हुन् जुन बाध्यताको कारण र प्रचलनहरूलाई पूरा गर्नको लागि गरिएका हुन्, इच्छाले वा हृदयबाट गरिएका होइनन्। यी मानिसहरूले जति नै प्रार्थना गरे पनि वा गीत गाए पनि, तिनीहरूका प्रयासले कुनै फल फलाउनेछैन, किनभने तिनीहरूले अभ्यास गर्ने भनेका केवल धर्मका नियम र विधिहरू मात्र हुन्; तिनीहरूले वास्तवमा परमेश्‍वरका वचनहरू अभ्यास गरिरहेका हुँदैनन्। तिनीहरूले कसरी अभ्यास गर्छन् भन्ने बारेमा हल्लीखल्ली गर्नमा मात्रै तिनीहरू ध्यान दिन्छन्, र उनीहरूले परमेश्‍वरका वचनहरूलाई पालन गर्नुपर्ने नियमको रूपमा लिन्छन्। त्यस्ता मानिसहरूले परमेश्‍वरका वचनहरूलाई अभ्यास गरिरहेका हुँदैनन्; तिनीहरूले केवल देहलाई सन्तुष्ट पारिरहेका हुन्छन्, र अरू मानिसहरूलाई देखाउनका लागि कार्य गरिरहेका हुन्छन्। यी धार्मिक नियम र विधिहरू सबै मानवबाट आएका हुन्; ती परमेश्‍वरबाट आएका होइनन्। परमेश्‍वर न त नियमहरू पालना गर्नुहुन्छ, न उहाँ कुनै कानुनको अधीनमा हुनुहुन्छ। बरु उहाँले त व्यवहारिक कार्य पूरा गर्दै दिनहुँ नयाँ काम गर्नुहुन्छ। हरेक दिन बिहानको सेवाहरूमा भाग लिने, साँझको प्रार्थना र खानाको अगाडि कृतज्ञताको प्रार्थना गर्ने, र सबै कुरामा धन्यवाद दिनेजस्ता अभ्यासहरूमा आफैलाई सीमित राख्ने थ्री सेल्फ चर्चका मानिसहरूजस्तै—उनीहरूले जति नै यसो गरे पनि र जति धेरै समयसम्म तिनीहरूले त्यसो गरे पनि, तिनीहरूसँग पवित्र आत्माको काम हुनेछैन। जब मानिसहरू नियमहरूमा बाँचिरहेका हुन्छन् र आफ्ना हृदयलाई अभ्यासका विधिहरूमा केन्द्रित गर्छन्, पवित्र आत्माले काम गर्न सक्‍नुहुन्‍न, किनकि उनीहरूको हृदय नियमहरू र मानवीय धारणाहरूले ओगटेको हुन्छ। तसर्थ, परमेश्‍वर हस्तक्षेप गर्न र तिनीहरूमा काम गर्न असमर्थ हुनुहुन्छ, र तिनीहरू केवल व्यवस्थाको नियन्त्रणमा मात्र जिइरहन सक्छन्। यस्ता मानिसहरू परमेश्‍वरको प्रशंसा प्राप्त गर्न सदा असक्षम हुन्छन्।

— वचन देहमा देखा पर्नुहुन्छको “सामान्य आत्मिक जीवनको सम्‍बन्धमा” बाट उद्धृत गरिएको

परमेश्‍वरको कार्यको हरेक चरणमा मानिसलाई त्यही अनुरूपका मागहरू दिइन्छ। पवित्र आत्‍माको प्रवाहभित्र हुनेहरू सबैले पवित्र आत्‍माको उपस्थिति र अनुशासनलाई प्राप्त गरेका हुन्छन्, र पवित्र आत्‍माको प्रवाहमा नहुनेहरू शैतानको अधीनमा, र पवित्र आत्‍माको कुनै पनि कार्य विहीन छन्। पवित्र आत्माको प्रवाहमा हुने मानिसहरू परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार गर्नेहरू, र परमेश्‍वरको नयाँ कार्यमा सहकार्य गर्नेहरू हुन्। यदि यो प्रवाहभित्र हुनेहरू सहकार्य गर्न असमर्थ छन्, र यो समय अवधिमा परमेश्‍वरले माग गर्नुभएको सत्यतालाई अभ्यास गर्न असक्षम छन् भने, तिनीहरूलाई ताडना दिइनेछ, र सबैभन्दा खराब कुरा त पवित्र आत्माले तिनीहरूलाई त्याग्‍नुहुनेछ। पवित्र आत्‍माको नयाँ कार्यलाई स्वीकार गर्नेहरू पवित्र आत्‍माको प्रवाहभित्र नै जिउनेछन्, र तिनीहरूले पवित्र आत्‍माको वास्ता र सुरक्षालाई प्राप्त गर्नेछन्। सत्यतालाई अभ्यास गर्न इच्‍छुक हुनेहरूलाई पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ, र सत्यतालाई अभ्यास गर्न इच्‍छुक नहुनेहरूलाई पवित्र आत्माले ताडना दिनुहुन्छ, र दण्ड समेत दिन सक्‍नुहुन्छ। तिनीहरू जस्तोसुकै प्रकारको व्यक्ति भए तापनि, तिनीहरू पवित्र आत्माको प्रवाहभित्र छन् भने, उहाँको नामको खातिर उहाँको नयाँ कामलाई स्वीकार गर्नेहरू सबैका लागि परमेश्‍वरले जिम्‍मेवारी लिनुहुनेछ। उहाँको नामलाई महिमित पार्ने र उहाँको वचनलाई अभ्यास गर्न इच्‍छुक हुनेहरूले उहाँका आशिषहरूलाई प्राप्त गर्नेछन्; उहाँको आज्ञा उल्‍लङ्घन गर्नेहरू र उहाँको वचनलाई अभ्यास नगर्नेहरूले उहाँको दण्ड पाउनेछन्। पवित्र आत्माको प्रवाहमा हुनेहरू नयाँ कामलाई स्वीकार गर्नेहरू हुन्, र तिनीहरूले नयाँ कार्यलाई स्वीकार गरेका हुनाले, तिनीहरूले उचित रूपमा परमेश्‍वरसँग सहकार्य गर्नुपर्छ, र आफ्‍नो कर्तव्यलाई पूरा नगर्ने विद्रोहीहरूले जस्तो व्यवहार गर्नु हुँदैन। परमेश्‍वरले मानिसलाई दिनुभएको एउटै मात्र माग यही नै हो। नयाँ कार्यलाई स्वीकार नगर्नेहरूमा यस्तो हुँदैन: तिनीहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर छन्, र पवित्र आत्माको ताडना र तिरस्कार तिनीहरूमा लागू हुँदैन। सारा दिन, यी मानिसहरू देहमा जिउँछन्, तिनीहरू आफ्‍नै मनभित्र जिउँछन्, र आफ्‍नै मस्तिष्कको विश्‍लेषण र सर्वेक्षणद्वारा पैदा गरेको धर्मसिद्धान्त अनुसार गर्ने बाहेक तिनीहरूले केही पनि गर्दैनन्। पवित्र आत्माको नयाँ कार्यले यो माग गर्दैन, परमेश्‍वरसँगको सहकार्यमा यो माग गरिनु त परै जाओस्। परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार नगर्नेहरू परमेश्‍वरको उपस्थिति विहीन छन्, यसको साथै, परमेश्‍वरका आशिषहरू र सुरक्षारहित छन्। तिनीहरूको धेरैजसो वचन र कार्यहरूले पवित्र आत्माको कामको विगतका मागहरूलाई पक्रिराख्छ; ती धर्मसिद्धान्त हुन्, सत्यता होइनन्। यी मानिसहरूको एकसाथको भेला धर्म बाहेक केही पनि होइन भन्‍ने कुरालाई प्रमाणित गर्न त्यस्ता धर्मसिद्धान्त र नियम नै पर्याप्त छन्; तिनीहरू चुनिएकाहरू वा परमेश्‍वरका कार्यको पात्रहरू होइनन्। तिनीहरूका बीचको सबैका भेलालाई धर्मको भव्य समाज मात्रै भन्‍न सकिन्छ, र मण्डली भन्‍न सकिँदैन। यो अपरिवर्तनीय तथ्य हो। तिनीहरूसँग पवित्र आत्माको नयाँ कार्य छैन; तिनीहरूले जे गर्छन् त्यो धर्मको सूचकजस्तो देखिन्छ, तिनीहरूले जे जिउँछन् त्यो धर्मले भरिपूर्ण देखिन्छ; तिनीहरूमा पवित्र आत्‍माको उपस्थिति र काम छैन, पवित्र आत्‍माको अनुशासन वा अन्तर्दृष्टि प्राप्त गर्नको लागि योग्य हुनु त परै जाओस्। यी मानिसहरू सबै निर्जीव लासहरू, र कीराहरू हुन् जसमा आत्मिकता छैन। तिनीहरूसँग मानिसको विद्रोहीपन र विरोधको बारेमा कुनै ज्ञान छैन, मानिसको सबै दुष्कर्मको बारेमा कुनै ज्ञान छैन, परमेश्‍वरको सारा काम र परमेश्‍वरको वर्तमान इच्‍छाको बारेमा तिनीहरूले जान्‍नु त परै जाओस्। तिनीहरू सबै अज्ञानी, नीच मानिसहरू हुन्, र तिनीहरू मैल हुन् जो विश्‍वासी भन्‍न योग्य छैनन्! तिनीहरूले गर्ने कुनै पनि कुराले परमेश्‍वरको व्यवस्थापनमा कुनै योगदान दिँदैन, यसले परमेश्‍वरको योजनाहरूलाई बिगार्ने कुरा त परै जाओस्। तिनीहरूका वचन र कार्यहरू अत्यन्तै घृणित, अत्यन्तै दयनीय, र उल्‍लेख गर्न समेत अयोग्य छन्। पवित्र आत्‍माको प्रवाहभित्र नहुनेहरूले गर्ने कुनै पनि कामले पवित्र आत्‍माको नयाँ कामसँग कुनै सम्‍बन्ध राख्दैन। यसले गर्दा, तिनीहरूले जेसुकै गरे तापनि, तिनीहरू पवित्र आत्माको अनुशासनरहित, साथै, पवित्र आत्माको अन्तर्दृष्टिरहित छन्। तिनीहरू सबै त्यस्ता मानिसहरू हुन जोसँग सत्यताको लागि कुनै प्रेम छैन, र जसलाई पवित्र आत्माले घृणा र इन्कार गर्नुभएको छ। तिनीहरूलाई दुष्ट काम गर्नेहरू भनिन्छ किनभने तिनीहरू देहमा हिँड्छन् र परमेश्‍वरको नाम लिएर आफूलाई जे मन लाग्छ त्यही गर्छन्। जब परमेश्‍वर काम गर्नुहुन्छ, तिनीहरू जानी-जानी उहाँप्रति शत्रुवत बन्छन्, र उहाँको विपरीत दिशातर्फ दौडन्छन्। मानिसले परमेश्‍वरसँग सहकार्य गर्न नसक्‍नु आफैमा अत्यन्तै विद्रोहीपूर्ण छ, त्यसकारण के जानी-जानी परमेश्‍वरको विपरीत दौडने मानिसहरूले निश्‍चित रूपमा नै आफ्‍ना उचित दण्ड पाउनेछैनन् र?

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कार्य र मानिसको अभ्यास” बाट उद्धृत गरिएको

पवित्र आत्माको वर्तमान वाणीहरूबाट अलग रहेको सेवा देहको, र धारणाहरूको सेवा हो, र यो परमेश्‍वरको इच्‍छा अनुसार हुनु असम्‍भव छ। यदि मानिसहरू धार्मिक धारणाहरूका बीचमा जिउँछन् भने, तिनीहरूले परमेश्‍वरको इच्‍छाको निम्ति उपयुक्त केही पनि गर्न सक्दैनन्, र तिनीहरूले परमेश्‍वरको सेवा गरे तापनि, तिनीहरूले तिनीहरूका कल्‍पना र धारणाहरूका बीचमा सेवा गर्छन्, अनि परमेश्‍वरको इच्‍छा अनुसार सेवा गर्न तिनीहरू पूर्ण रूपमा असमर्थ हुन्छन्। पवित्र आत्माको कामलाई पछ्याउन नसक्‍नेहरूले परमेश्‍वरको इच्‍छालाई बुझ्‍दैनन्, र परमेश्‍वरको इच्‍छालाई नबुझ्‍नेहरूले परमेश्‍वरको सेवा गर्न सक्दैनन्। परमेश्‍वरले उहाँको आफ्‍नै हृदय अनुसारको सेवा चाहनुहुन्छ; उहाँले धारणाहरू र देहको सेवा चाहनुहुन्‍न। यदि मानिसहरूले पवित्र आत्माको कार्यका चरणहरूलाई पछ्याउन सक्दैनन् भने, तिनीहरू धारणाहरूका बीचमा जिउँछन्। त्यस्ता मानिसहरूको सेवाले बिथोल्छ र वाधा दिन्छ, अनि त्यस्तो सेवा परमेश्‍वरको विपरीत हुन्छ। त्यसकारण परमेश्‍वरका पाइलाहरू पछ्याउन नसक्‍नेहरूले परमेश्‍वरको सेवा गर्न सक्दैनन्; परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन नसक्‍नेहरूले अवश्य नै परमेश्‍वरको विरोध गर्छन्, र तिनीहरू परमेश्‍वरको अनुरूप हुन सक्दैनन्। “पवित्र आत्माको कार्यलाई पछ्याउनु” को अर्थ आजको परमेश्‍वरको इच्‍छालाई बुझ्‍नु, परमेश्‍वरका वर्तमान मापदण्डहरू अनुसार काम गर्न सक्‍नु, आजको परमेश्‍वरको आज्ञापालन गर्न र उहाँलाई पछ्याउन, र परमेश्‍वरका सबैभन्दा नयाँ वाणीहरू अनुसार प्रवेश गर्न सक्‍नु भन्‍ने हुन्छ। पवित्र आत्‍माको कार्यलाई पछ्याउने र पवित्र आत्माको प्रवाहमा रहने व्यक्ति यही मात्रै हो। त्यस्ता मानिसहरूले परमेश्‍वरको प्रशंसा प्राप्त गर्न र परमेश्‍वरलाई देख्‍न सक्ने मात्रैहोइनन्, तर परमेश्‍वरको हालैको कामबाट परमेश्‍वरको स्वभावलाई जान्‍न सक्छन्, र उहाँको हालैको कामबाट मानिसका धारणाहरू र अनाज्ञाकारीतालाई, अनि मानिसको स्वभावर सारलाई जान्‍न सक्छन्; यसको साथै, तिनीहरूको सेवाको अवधिमा तिनीहरूले आफ्‍नो स्वभावमा क्रमिक रूपमा परिवर्तन हासिल गर्न सक्छन्। यस्ता मानिसहरू मात्रै परमेश्‍वरलाई प्राप्त गर्न सक्‍ने, र साँचो मार्गलाई यथार्थ रूपमा पाएका मानिसहरू हुन्। पवित्र आत्‍माको कामद्वारा हटाइएकाहरू परमेश्‍वरको हालैको कामलाई पछ्याउन नसक्‍ने, र परमेश्‍वरको हालैको कामको विरुद्ध विद्रोह गर्ने मानिसहरू हुन्। त्यस्ता मानिसहरूले परमेश्‍वरलाई खुल्‍लमखुल्‍ला विरोध गर्नुको कारण, परमेश्‍वरले नयाँ काम गर्नुभएकोले, र परमेश्‍वरको स्वरूप तिनीहरूको धारणामा भएको जस्तो नभएकोले हो—यसको परिणाम स्वरूप, तिनीहरूले खुल्‍लमखुल्‍ला परमेश्‍वरको विरोध गर्छन्, र परमेश्‍वरको न्याय गर्छन्, जसले गर्दा परमेश्‍वरले तिनीहरूलाई घृणा गर्नुहुन्छ र इन्कार गर्नुहुन्छ। परमेश्‍वरको हालैको कामको ज्ञान प्राप्त गर्नु त्यति सजिलो बिषय छैन, तर यदि मानिसहरूमा परमेश्‍वरको कामलाई पालना गर्ने र परमेश्‍वरको कामको खोजी गर्ने मन छ भने, तिनीहरूले परमेश्‍वरलाई देख्‍ने मौका पाउनेछन्, र तिनीहरूले पवित्र आत्‍माको सबैभन्दा नयाँ अगुवाइलाई प्राप्त गर्ने मौका पाउनेछन्। परमेश्‍वरको कामलाई जानी-जानी विरोध गर्नेहरूले पवित्र आत्‍माको अन्तर्दृष्टि वा परमेश्‍वरको अगुवाइ प्राप्त गर्न सक्दैनन्। त्यसकारण, मानिसहरूले परमेश्‍वरको हालैको काम प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा परमेश्‍वरको अनुग्रहमा निर्भर हुन्छ, यो तिनीहरूको खोजीमा निर्भर हुन्छ, र यो तिनीहरूका अभिप्रायहरूमा निर्भर हुन्छ।

पवित्र आत्माका वर्तमान वाणीहरूलाई पालन गर्न सक्‍नेहरू सबै आशिषितहरू हुन्। तिनीहरू पहिले जस्तो हुने गरेको भए तापनि, वा पवित्र आत्माले तिनीहरूमा जसरी काम गर्ने गर्नुभएको भए तापनि—परमेश्‍वरको हालैको कार्यलाई प्राप्त गर्नेहरू नै सबैभन्दा आशिषितहरू हुन्, र आज हालैको कामलाई पछ्याउन नसक्‍नेहरूलाई हटाइन्छन्। परमेश्‍वर नयाँ ज्योति स्वीकार गर्न सक्‍नेहरूलाई नै चाहनुहुन्छ, र उहाँले उहाँको हालैको कामलाई स्वीकार गर्ने र चिन्‍नेहरूलाई चाहनुहुन्छ। तँ विशुद्ध कन्या हुनुपर्छ भनेर किन भनिन्छ? विशुद्ध कन्याले पवित्र आत्‍माको कार्यलाई खोज्न र नयाँ कुराहरूलाई बुझ्‍न सक्छ, यति मात्र होइन, उसले पुराना धारणाहरूलाई पन्छ्याएर, आजको परमेश्‍वरको कामलाई पालना गर्न सक्‍छ। आजको सबैभन्दा नयाँ कार्यलाई स्वीकार गर्ने मानिसहरूको यो समूहलाई युगौं-युग पहिले नै परमेश्‍वरले अघिबाटै निर्धारित गर्नुभएको थियो, र तिनीहरू सबैभन्दा आशिषित मानिसहरू हुन्। तिमीहरूले परमेश्‍वरको आवाज प्रत्यक्ष रूपमै सुन्छौ, र परमेश्‍वर देखा पर्ने घटनालाई देख्छौ, र त्यसकारण, स्वर्ग र पृथ्वीभरि, र युगौँ-युगभरि नै, तिमीहरू, मानिसहरूको यो समूहभन्दा बढी कोही पनि आशिषित भएको छैन। यो सबै नै परमेश्‍वरको कार्यले गर्दा, परमेश्‍वरले अघिबाटै निर्धारित गर्नुभएको र चुन्‍नुभएकोले गर्दा, अनि परमेश्‍वरको अनुग्रहले गर्दा नै हो; यदि परमेश्‍वरले आफ्‍ना वचनहरू नबोल्‍नुभएको भए र वाणी नभन्नु भएको भए, के तिमीहरूका अवस्थाहरू आजको जस्तो हुन सक्थ्यो र? तसर्थ, सारा महिमा र प्रशंसा परमेश्‍वरलाई नै होस्, किनभने परमेश्‍वरले तिमीहरूलाई उठाउनुहुने भएकोले नै यो सबै भएको हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ” बाट उद्धृत गरिएको

मानिसको प्रवेशको क्रममा, जीवन सधैँ न्यास्रो हुन्छ, आत्मिक जीवन दिक्कलाग्दा तत्वहरूले भरिएको हुन्छ, जस्तै प्रार्थना गर्नु, परमेश्‍वरका वचनहरू खाने र पिउने, वा भेलाहरू आयोजन गर्ने, आदि, यसैले मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्दा कुनै ठूलो आनन्द प्राप्त हुँदैन भन्ने महसुस गर्दछन्। त्यस्ता आत्मिक गतिविधिहरू सधैँ मानवजातिको मौलिक स्वभावको आधारमा गरिन्छ, जुन शैतानद्वारा भ्रष्ट पारिएको छ। मानिसहरूले कहिलेकहीँ पवित्र आत्माको ज्ञान प्राप्त गर्न सके पनि, तिनीहरूको मौलिक सोच, स्वभाव, जीवनशैली र बानीहरूले अझै पनि जरा गाडेका हुन्छन् र यसैले तिनीहरूका स्वभाव अपरिवर्तित रहन्छ। मानिसहरूले गर्ने अन्धविश्‍वासपूर्ण गतिविधिहरूलाई परमेश्‍वर सबैभन्दा बढी घृणा गर्नुहुन्छ, तर धेरै जना मानिसहरूले ती अन्धविश्‍वासका गतिविधिहरू परमेश्‍वरले घोषणा गर्नुभएको हो भन्ने सोच्दै अझ पनि तिनलाई त्याग्न सक्दैनन्, आज पनि ती पूर्ण रूपमा हटाउन सकेका छैनन्। जवान मानिसहरूले प्रबन्ध गर्ने विवाहका भोजहरू र दुलहीका वस्त्रहरू; नगद उपहारहरू, भोजहरू, र आनन्दका अवसरहरू मनाइने त्यस्तै अन्य तरिकाहरू, हस्तान्तरण गरिएको प्राचीन सूत्रहरू; मृतक र तिनीहरूका निम्ति गरिने अन्त्येष्टिहरू जस्ता सबै अर्थहीन अन्धविश्‍वासका कार्यहरू: यी परमेश्‍वरका निम्ति अझ बढी घृणित छन्। आराधनाको दिनसमेत (शबाथ दिन लगायत, धार्मिक संसारले पालन गर्ने) उहाँको निम्ति घृणित छ; र पुरुष-पुरुष बीचको सामाजिक सम्बन्ध र सांसारिक बातचितहरूलाई परमेश्‍वरले धेरै तुच्छ ठान्नुहुन्छ र अस्वीकार गर्नुहुन्छ। सबैले जानेका वसन्त महोत्सव र ख्रीष्टमसको दिन परमेश्‍वरले आदेश दिनुभएको होइन, यी उत्सवका बिदाहरूका खेलौना र सजावटहरू जस्तै विवाहित जोडीहरू, र सजावटहरू, पटकाहरू, बत्ती, पवित्र प्रभु-भोज, ख्रीष्टमस उपहारहरू र ख्रीष्टमसको रमझम—के यी सबै मानिसहरूका मनमा भएका मूर्तिहरू होइनन् र? शबाथमा रोटी भाँच्ने, दाखमद्य र मिहिन मलमल पनि उत्तिकै मूर्तिहरू हुन्। चीनमा लोकप्रिय रहेका परम्परागत पर्वका दिवसहरू, जस्तै ड्र्यागनको शिर उठाउने दिवस, ड्र्यागन डुङ्गाको चाड, मध्य-शरदको चाड, लावा चाड, र नयाँ वर्षको दिन, अनि धार्मिक संसारका पर्वहरू जस्तै ईस्टर, बप्तिस्माको दिन र ख्रीष्टमस, यी सबै अनुचित पर्वहरू प्राचीन समयदेखि आजसम्म धेरै मानिसहरूले आयोजन गरेर हस्तान्तरण गरेका हुन्। मानवजातिको समृद्ध कल्पनाशक्ति र सृजनशील धारणाले नै तिनीहरूलाई आजको दिनसम्म यसरी हस्तान्तरण गर्ने अनुमति दिएको छ। तिनीहरू कुनै त्रुटिहीन जस्ता देखिन्छन्, तर यो वास्तवमा शैतानले मानवजाति माथि खेलेको युक्ति हो। जुन ठाउँमा शैतानहरूको धेरै भीड हुन्छ, जुन ठाउँ बढी अप्रचलित र पछौटे हुन्छ, त्यसको सामन्तवादी प्रथाहरू त्यत्ति नै गहिरो रूपमा गाडिएका हुन्छन्। त्यस्ता कुराले मानिसहरूलाई दह्रोसँग बाँधेर राख्छ, चलहल गर्ने कुनै ठाउँ दिँदैन। धार्मिक संसारका धेरै वटा चाडहरूले ठूलो मौलिकता प्रकट गरेको र परमेश्‍वरको कामका लागि एक पुल बनाएको जस्तो देखिन्छ, तर ती वास्तवमा अदृश्य बन्धनहरू हुन्, जसद्वारा शैतानले मानिसहरूलाई बाँध्छ र मानिसहरूलाई परमेश्‍वरकहाँ आउनबाट रोक्दछ—ती सबै शैतानका चलाकीपूर्ण युक्तिहरू हुन्। वास्तवमा, जब परमेश्‍वरको कामको एक चरण समाप्त हुन्छ, उहाँले त्यस समयका औजार र शैलीहरूलाई तिनका एउटै पनि निसानासमेत नछोडी अघिबाटै नाश पारिसक्‍नुभएको हुन्छ। तापनि, “समर्पित विश्‍वासीहरू” ले ती ठोस भौतिक वस्तुहरूको आराधना गरी नै रहन्छन्; यसै बीच तिनीहरूले परमेश्‍वरसित जे छ त्यो आफ्ना मनको पछाडि राख्छन्, यसलाई उप्रान्त अध्ययन गर्दैनन् र परमेश्‍वरको प्रेमले पूरा भरिएको जस्ता देखिन्छन्, जब तिनीहरूले वास्तवमा उहाँलाई धेरै समय अघि घरबाट बाहिर निकालेर र शैतानलाई आराधनाको टेबलमा राखेका हुन्छन्। येशू, क्रूस, मरियम, येशूको बप्तिस्मा र अन्तिम भोज आदिका चित्रहरू—मानिसहरूले यी सबै थोकलाई स्वर्गका परमप्रभुको रूपमा मान्छन्, जहिले पनि “परमप्रभु, सर्गमा बस्‍नुहुने पिता” भनेर पुकारिरहेका हुन्छन्। के यो सबै ठट्टा होइन? आजको दिनसम्म, त्यस्तै धेरै भनाइहरू र अभ्यासहरू जुन मानवजातिको बीचमा हस्तान्तरण गरिएका छन् ती परमेश्‍वरका निम्ति घृणित छन्; तिनले गम्भीर रूपमा परमेश्‍वरका लागि अगाडिको बाटो अवरोध गर्दछन्, र त्यसबाहेक, मानवजातिको प्रवेशमा ठूलो अवरोध उत्पन्न गर्दछन्। …

मानव स्वभाव परिवर्तन गर्ने उत्तम तरिका भनेको मानिसका भित्री हृदयका ती अंशहरूलाई निको पार्नु हो, जुन गम्भीर रूपमा विषाक्त पारिएको छ, त्यसपछि मानिसहरूलाई तिनीहरूको सोच र नैतिकता परिवर्तन गर्न सुरु गर्ने मौका दिनु हो। सर्वप्रथम, मानिसहरूले यी सबै धार्मिक रीतिथिति, धार्मिक क्रियाकलापहरू, वर्षहरू र महिनाहरू, र चाडहरू परमेश्‍वरका निम्ति घृणित छन् भनेर स्पष्ट रूपमा बुझ्नु आवश्यक छ। सामन्ती सोचका यी बन्धनहरूबाट तिनीहरू मुक्त हुनुपर्दछ र तिनीहरूको अन्धविश्‍वासको गहिरो प्रवृत्तिको हरेक निसाना मेटाउनु पर्छ। यी सबै मानवजातिको प्रवेशमा समावेश छन्। परमेश्‍वरले किन मानवजातिलाई लौकिक संसारबाट बाहिर निकाल्नुहुन्छ, र फेरि किन उहाँले मानवतालाई नियम र कानुनबाट टाढा लैजानुहुन्छ सो तिमीहरूले बुझ्‍नुपर्छ। यो मूल ढोका हो, जहाँ तिमीहरू प्रवेश गर्छौ, र यी कुरा सम्‍बन्धी तिमीहरूको आत्मिक अनुभवसँग कुनै सम्बन्ध नभए पनि ती तिमीहरूलाई प्रवेश गर्न नदिने सबैभन्दा ठूला अवरोधहरू हुन्, जसले तिमीहरूलाई परमेश्‍वर चिन्नबाट रोक्दछ। ती एउटा जालो बन्छन् जसले मानिसहरूलाई फसाउँछ।

— वचन देहमा देखा पर्नुहुन्छको “काम र प्रवेश (३)” बाट उद्धृत गरिएको

अघिल्लो: अहिले विभिन्न धार्मिक सम्प्रदायहरू कर्तव्यनिष्ठा बनी धार्मिक समारोहहरू पालन गर्छन्, तर पाष्टरहरू केवल बाइबल र धर्मशास्त्रीय सिद्धान्तहरूबाट वचनहरू र वाक्यांशहरू प्रचार गर्नुमा केन्द्रित गर्छन्, र पवित्र आत्माको अन्तर्दृष्टि र प्रकाश बिलकुल हुँदैन। विश्‍वासीहरूको जीवनको निम्ति केही पनि प्रबन्ध गरिँदैन। तिनीहरूले धेरै वर्षदेखि प्रभुमा विश्‍वास गरेका छन् तर सत्यताको बारेमा तिनीहरू अनभिज्ञ छन् र तिनीहरूले प्रभुका वचनहरू व्यवहारमा लागू गर्न सक्दैनन्। प्रभुमाथिको तिनीहरूको विश्‍वास धार्मिक विश्‍वास बाहेक अरू केही पनि हुँदैन। आजका मण्डलीहरू किन धर्ममा झरेका छन् सो मैले बुझेको छैन।
अर्को: हामीले सर्वशक्तिमान् परमेश्‍वरका धेरै वचनहरू पढेका छौं। तिनमा अख्तियार र शक्ति छ, र ती साँच्चै परमेश्‍वरका आवाज हुन्। तैपनि पाष्टर र एल्डरहरूले बाइबलमा यो लेखिएको छ भनेर भन्छन्, “तिमीहरूलाई ख्रीष्‍टको अनुग्रहमा बोलाउनुहुनेबाट तिमीहरू त्यति चाँडै अलग भएर अर्को सुसमाचारमा जान्छौ भन्‍नेप्रति मलाई आश्‍चर्य लाग्छ: जुन अर्को सुसमाचार होइन; तर तिमीहरूलाई समस्या दिने, र ख्रीष्‍टको सुसमाचारलाई बिगार्ने कतिपय छन्। तर हामीले तिमीहरूलाई प्रचार गरेको सुसमाचारभन्दा फरक सुसमाचार हामीले, वा स्वर्गका दूतले तिमीहरूलाई प्रचार गर्छौं भने, ऊ श्रापित होस्” (गलाती १:६-८)। पावलले बोलेका यी वचनहरू हेरेर, पाष्टरहरू र एल्डरहरूले सर्वशक्तिमान् परमेश्‍वरमाथिको हाम्रो विश्‍वासले प्रभु येशूको नाउँबाट, र प्रभु येशूको बाटोबाट भड्काउँछ भनेर भन्छन्। तिनीहरू भन्छन्, हामी अर्को सुसमाचारमा विश्‍वास गर्छौं, र यो धर्मत्याग हो, प्रभुप्रति एउटा विश्‍वासघात हो। तिनीहरूले भनेका कुरा हामीलाई गलत जस्तो लागे पनि तिनीहरू कुन कुरामा गलत छन् भनी हामी निश्चित हुन सक्दैनौं। कृपया, यस विषयमा हामीसँग सङ्गति गर्नुहोस्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्