पहिले, ममा विवेकको कमी थियो। म सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामको विरोध र निन्दा गर्न पाष्टरहरू र एल्डरहरूको पछि लागेँ, र निन्दा गर्दै हिँड्न तिनीहरूको साथमा गएँ। के परमेश्‍वरले अझै पनि मलाई मुक्ति दिनुहुन्छ?

8 फेब्रुअरी 2022

सन्दर्भका लागि बाइबल पदहरू:

“जब धर्मी मानिस आफ्‍नो धार्मिकताबाट अन्यत्र मोडिन्छ, तब उसले अधर्म गर्छ, र ऊ ती अधर्ममै मर्छ; किनकि ऊ आफूले गरेको अधर्मकै लागि मर्नेछ। अनि, जब दुष्ट मानिस आफूले गरेको दुष्टताबाट फर्कन्छ, र उचित र सही काम गर्छ, तब उसले आफ्‍नो प्राणलाई जीवितै राख्‍नेछ। उसले सोचविचार गरेर आफूले गरेका सबै अपराधहरूलाई त्याग्‍ने हुनाले, ऊ अवश्य नै जिउनेछ, ऊ मर्नेछैन” (इजकिएल १८:२६-२८)

“अनि यहोवाको यसो भन्‍ने वचन दोस्रो पटक योनाकहाँ आयो, उठ्, त्यो ठूलो सहर निनवेमा जा र मैले तँलाई आज्ञा गरेको कुरा त्यसलाई प्रचार गर्। त्यसैले योना उठे, र यहोवाको वचनअनुसार निनवे गए। अब निनवे तीन दिनको यात्रा लाग्‍ने एउटा अत्यन्त ठूलो सहर थियो। अनि योना एक दिनको यात्रा गरी सहरभित्र प्रवेश गर्न लाग्दा, तिनले उच्च सोरमा भने, अबको चालीस दिनमा निनवेलाई नष्ट पारिनेछ। त्यसैले निनवेका मानिसहरूले परमेश्‍वरको वचनमा विश्‍वास गरे र उपवासको घोषणा गरे र ठूलादेखि सानासम्मले भाङ्ग्रा लगाए। किनभने निनवेका राजाकहाँ समाचार आयो, र उनी आफ्नो सिंहासनबाट उठे, उनले आफ्नो पोसाक फुकाले र भाङ्ग्रा लगाए अनि खरानीमा बसे। अनि उनले निनवेभरि राजा र उनका भारदारहरूको आदेशद्वारा यसो भनी घोषणा गर्न र जारी गर्न लगाए, न त मानिस न पशु, न गाइवस्तु न भेडाबाख्राले नै कुनै कुरा चाखोस्: तिनीहरूले नखाऊन्, पानी नपिऊन्: तर मानिस र पशुले भाङ्ग्रा लगाऊन् र परमेश्‍वरलाई उच्‍च सोरमा पुकारा गरून्: हो, तिनीहरू हरेक आ-आफ्ना दुष्ट मार्गबाट र तिनीहरूका हातमा भएका हिंसाबाट फर्कून्। कतै परमेश्‍वर मोडिनुहुन्छ र उहाँले मन फर्काउनुहुन्छ र उहाँ आफ्नो भयानक क्रोधबाट फर्कन सक्नुहुन्छ र हामी नष्ट नहौँला भनी कसले भन्‍नसक्छ? अनि परमेश्‍वरले तिनीहरू आफ्‍ना दुष्ट मार्गहरूबाट फर्केको तिनीहरूका कामहरू देख्नुभयो; र परमेश्‍वरले खराबी गर्नबाट मन बदल्नुभयो र उहाँले तिनीहरूलाई जे गर्छु भनी भन्नुभएको थियो त्यो गर्नुभएन” (योना ३:१-१०)

परमेश्‍वरका प्रासंगिक वचनहरू:

परमेश्‍वरले मानिसमा गर्नुहुने कामको उद्देश्य तिनीहरूलाई परमेश्‍वरको इच्छा पूरा गर्न सक्षम बनाउनु हो, र यो तिनीहरूकहाँ मुक्ति ल्याउनका लागि गरिन्छ। त्यसकारण, मानिसले उहाँको मुक्ति पाएको समयमा, उहाँले तिनीहरूलाई दण्ड दिने काम गर्नुहुन्न। मानिसकहाँ मुक्ति ल्याउने क्रममा, परमेश्‍वरले दुष्टलाई दण्ड वा असल इनाम दिनुहुन्न, न त उहाँले विभिन्न किसिमका मानिसहरूका गन्तव्यहरू नै प्रकट गर्नुहुन्छ। बरु, उहाँको कामको अन्तिम चरण पूरा भएपछि मात्र उहाँले खराबीलाई दण्ड दिने र असल कार्यलाई इनाम दिने काम गर्नुहुनेछ, तब मात्र उहाँले सबै किसिमका विभिन्‍न मानिसहरूको अन्त्य प्रकट गर्नुहुन्छ। दण्ड पाउने तिनीहरू हुनेछन् जो वास्तवमा मुक्ति पाउन असमर्थ हुन्छन्, अनि बचाइएकाहरू ती हुनेछन् जसले परमेश्‍वरले मानिसलाई मुक्ति दिनुभएको समयमा परमेश्‍वरको मुक्ति प्राप्त गरेका हुन्छन्। परमेश्‍वरले मुक्ति दिने कार्य गरिरहनुभएको बेला मुक्ति पाउन सक्ने प्रत्येक व्यक्तिले हरसम्भव मुक्ति पाउनेछ, र तिनीहरूमध्ये कसैलाई पनि फालिनेछैन, किनकि परमेश्‍वरको कामको उद्देश्य भनेको मानिसलाई बचाउनु नै हो। ती सबै जो, परमेश्‍वरले मानिसलाई मुक्ति दिइरहनुभएको समयमा आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न असमर्थ हुन्छन्—साथै तिनीहरू सबै जो पूर्ण रूपले परमेश्‍वरको अधीनमा बस्न असमर्थ हुन्छन्—तिनीहरू दण्डका पात्रहरू बन्नेछन्। कामको यो चरणले, अर्थात् वचनहरूको कामले मानिसहरूले बुझ्न नसक्ने सबै मार्गहरू र रहस्यहरू खोल्‍नेछ, यसरी तिनीहरूले परमेश्‍वरको इच्छा र परमेश्‍वरले तिनीहरूबाट गर्नुभएका मागहरू बुझ्न सक्छन्, र यसरी तिनीहरूले परमेश्‍वरको वचनहरू अभ्यास गर्ने र तिनीहरूको स्वभावमा परिवर्तन गर्ने पूर्वसर्तहरू पाउन सक्छन्। परमेश्‍वरले उहाँको आफ्नो काम गर्न केवल वचनहरू प्रयोग गर्नुहुन्छ र मानिस थोरै विद्रोही हुँदा उसलाई दण्ड दिनुहुन्न; किनकि अहिले मुक्तिको कामको समय हो। यदि विद्रोही काम गर्ने कुनै पनि व्यक्तिलाई दण्ड दिइयो भने कसैले पनि मुक्ति पाउने मौका पाउनेथिएन; सबैले दण्ड पाउनेथिए र पातालमा खस्नेथिए। मानिसलाई न्याय गर्ने वचनहरूको उद्देश्य भनेको तिनीहरूलाई आफैलाई चिन्ने र परमेश्‍वरमा समर्पित हुने मौका दिनु हो; यो तिनीहरूलाई त्यस्तो न्यायद्वारा दण्ड दिनु होइन। वचनहरूको कामको अवधिमा, धेरै मानिसहरूले आफ्नो विद्रोहीपन र अनादर साथसाथै देहधारी परमेश्‍वरप्रति तिनीहरूको अनाज्ञाकारितालाई प्रकट गर्नेछन्। तापनि, त्यसको फलस्वरूप उहाँले यी सबै मानिसहरूलाई दण्ड दिनुहुन्न, तर त्यसको साटो उहाँले भित्रैदेखि भ्रष्ट र मुक्ति पाउन नसक्ने ती सबै मानिसलाई पर पन्छ्याउनुहुनेछ। उहाँले तिनीहरूको देह शैतानलाई दिनुहुनेछ र केही अवस्थाहरूमा तिनीहरूको देह नाश पार्नुहुनेछ। बाँकी रहेकाहरू पछि लागिरहनेछन् र तिनीहरूले निराकरण र छिँवल्ने कार्यको अनुभव गर्नेछन्। यदि पछ्याउने क्रममा, यी मानिसहरू अझै पनि निराकरण र छिँवल्ने कार्यलाई स्वीकार गर्न सक्दैनन् र झन्-झन् पतित हुँदै जान्छन् भने, तिनीहरूले मुक्ति पाउने आफ्‍नो मौका गुमाउनेछन्। प्रत्येक व्यक्ति जो वचनहरूद्वारा जितिनका निम्ति समर्पित हुन्छन् तिनीहरूले मुक्ति पाउने प्रशस्त मौका पाउनेछन्; यी प्रत्येक मानिसमा आएको परमेश्‍वरको मुक्तिले उहाँको परम उदारतालाई देखाउनेछ। अर्को शब्दमा, तिनीहरूलाई अत्याधिक सहिष्णुता देखाइनेछ। जबसम्म मानिसहरू गलत मार्गबाट फर्कन्छन्, र जबसम्म तिनीहरूले पश्चात्ताप गर्न सक्छन्, परमेश्‍वरले तिनीहरूलाई उहाँको मुक्ति प्राप्त गर्ने मौका दिनुहुनेछ। जब मानिसले पहिलो पटक परमेश्‍वरको विरुद्धमा विद्रोह गऱ्यो, उहाँले तिनीहरूलाई मार्ने कुनै इच्छा गर्नुहुन्‍न; बरु, तिनीहरूलाई बचाउन उहाँले सक्दो कोसिस गर्नुहुन्छ। यदि कसैसँग मुक्तिको लागि कुनै ठाउँ छैन भने, परमेश्‍वरले तिनीहरूलाई पन्छ्याउनुहुनेछ। परमेश्‍वरले केही मानिसहरूलाई दण्ड दिनु ढिलो गर्नुको कारण यो हो कि मुक्ति पाउन निम्ति योग्य सबै मानिसलाई मुक्ति दिने उहाँको चाहना हुन्छ। उहाँले वचनद्वारा मात्रै मानिसहरूलाई न्याय गर्नुहुन्छ, ज्ञान दिनुहुन्छ, र डोऱ्याउनुहुन्छ, र तिनीहरूलाई मार्न उहाँले डन्डा चलाउनुहुन्न। मानिसहरूलाई मुक्तिमा ल्याउनका लागि वचनहरू प्रयोग गर्नु नै अन्तिम चरणको कामको उद्देश्य र महत्त्व हो।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले प्रतिष्ठाका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्‍वरको इच्छालाई बुझ्‍नुपर्छ

“परमेश्‍वरको विरुद्धमा गरिने निन्दा र मानहानि एउटा यस्तो पाप हो जुन यस युगमा वा आउने युगमा पनि क्षमा हुनेछैन, अनि जसले यो पाप गर्छ, तिनीहरूको कहिल्यै पनि पुनर्जन्म हुनेछैन।” यसको अर्थ, परमेश्‍वरको स्वभावले मानिसको कुनै पनि अपमान सहँदैन। जब तिनीहरूले नबुझ्‍ने परिस्थितिमा हुन्छन् वा जब तिनीहरू अरूद्वारा धोका खान्छन्, नियन्त्रित हुन्छन् वा दबाइन्छन्, तब कतिपय मानिसहरूले कठोर वा नराम्रा शब्दहरू बोल्न सक्छन्। तैपनि, पछि, तिनीहरूले साँचो बाटो स्वीकार गरिसकेपछि, तिनीहरू अफसोसले भरिन्छन्। तब, तिनीहरूले पर्याप्त असल कार्यहरू तयार गर्छन्, अनि तिनीहरूले यस विषयमा ज्ञान हासिल गर्छन् र परिवर्तन अनुभव गर्छन्, त्यसैले परमेश्‍वरले तिनीहरूको विगतका कुनै अपराधहरूलाई ध्यान दिइरहनुहुन्न। तिमीहरूले परमेश्‍वरलाई पूर्ण रूपले चिन्नुपर्छ, परमेश्‍वरका ती वचनहरू कोप्रति लक्षित गरिएका हुन् साथै त्यसको सन्दर्भ के हो भनी तिमीहरूले थाहा पाउनुपर्छ, अनि तिमीहरूले परमेश्‍वरका वचनहरूलाई अन्धाधुन्ध लागू गर्ने वा जथाभाबी परिभाषित गर्ने गर्नु हुँदैन। अनुभव नभएका मानिसहरूले कुनै पनि कुरामा आफूलाई परमेश्‍वरका वचनहरूसित तुलना गर्दैनन्, जब कि थोरै अनुभव वा केही अन्तर्दृष्टि भएकाहरूको अति संवेदनशील हुने प्रवृत्ति हुन्छ। जब तिनीहरूले परमेश्‍वरबाट मानिसहरूलाई श्राप दिने वा घृणा गर्ने र हटाउने वाणीहरू सुन्छन्, तब तिनीहरूले ती सबैलाई अन्धाधुन्ध आफैमाथि लिन्छन्। यसले के देखाउँछ भने, तिनीहरूले परमेश्‍वरका वचनहरू बुझ्दैनन् अनि तिनीहरूले उहाँलाई सधैँ गलत रूपले बुझिरहेका हुन्छन्। कतिपय मानिसहरूले उहाँका कुनै नयाँ वाणीहरू पढ्नुअघि, केही कुरा छानबिन गर्नुअघि, परमेश्‍वरको नयाँ कामलाई बुझ्ने मानिसहरूबाट कुनै सङ्गति सुन्नुअघि वा पवित्र आत्माद्वारा अन्तर्दृष्टि पाउनुअघि, परमेश्‍वरको आलोचना गरिहाल्छन्। त्यसपछि, कसैले तिनीहरूलाई सुसमाचार सुनाउँछन् र तिनीहरूले त्यसलाई स्वीकार गर्छन्। पछि, तिनीहरूले परमेश्‍वरको आलोचना गरेकोमा अफसोस मान्छन् अनि तिनीहरूले पश्‍चाताप गर्ने चाहना गर्छन्। त्यसपछि, तिनीहरूले भविष्यमा कसरी व्यवहार गर्छन् भन्ने कुरामा नै यो निर्भर हुन्छ। यदि, तिनीहरूले विश्‍वास प्राप्त गरिसकेपछि, तिनीहरूको व्यवहार खास रूपमा नराम्रो छ, अनि तिनीहरूले यसो भन्दै आफैलाई महत्त्वहीन सम्झन्छन् भने, “अँ, आखिर मैले पहिले निन्दापूर्ण र नराम्रा शब्दहरू बोलेको छु, अनि परमेश्‍वरले म जस्तो मानिसहरू दण्डनीय हुनेछन् भनी घोषणा गर्नुभएको छ—त्यसैले मेरो जीवन सकियो,” त्यस्ता मानिसहरू साँच्चै नै सिद्धिनेछन्।

— आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “कुन आधारमा परमेश्‍वरले मानिसहरूलाई व्यवहार गर्नुहुन्छ?”

सानो अपराध गरेका केही मानिसहरू अचम्म मान्दै सोध्छन्, “के परमेश्‍वरले मलाई उदाङ्गो पारेर बहिष्कार गर्नुभएको छ? के उहाँले मलाई प्रहार गर्नुहुनेछ?” यसपटक, परमेश्‍वरले मानिसहरूलाई प्रहार गर्नको निम्ति काम गर्न आउनुभएको होइन, तर तिनीहरूलाई जति हदसम्म सम्भव हुन्छ, त्यति हदसम्म मुक्ति दिन आउनुभएको हो। को पूर्ण रूपले भूलदेखि मुक्त छ र? यदि सबैलाई प्रहार गरिए भने, यो कसरी “मुक्ति” हुनसक्थ्यो र? केही अपराधहरू नियतवश गरिएका हुन्छन्, जबकि अरू अन्जानमा भएका हुन्छन्। यदि तँअन्जानमा गरेका अपराधहरूलाई पहिचान गरेर परिवर्तन हुन सक्छस् भने, के परमेश्‍वरले तँ परिवर्तन हुनअघि नै तँलाई प्रहार गर्नुहुन्छ र? के त्यसरीपरमेश्‍वरलेमानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ र? उहाँले काम गर्ने तरिका त्यस्तो होइन! तैँले अन्जानमा वा विद्रोही स्वभावको कारणले अपराध गरेपनि, तैँले के याद गर्नुपर्छ भने, अपराध भइसकेपछि तँ हतार गरेर वास्तविकतामा आउनुपर्छ अनि अघि बढ्नुपर्छ; जस्तोसुकै परिस्थिति उत्पन्न भएपनि, तँ अघि बढ्नैपर्छ। परमेश्‍वरले गरिरहनुभएको काम मुक्तिको काम हो, र उहाँले मुक्ति दिन चाहनुभएका मानिसहरूलाई त्यत्तिकै प्रहार गर्नुहुन्न। तँ जतिसुकै हदसम्म रूपान्तरित हुन सके पनि, परमेश्‍वरले तँलाई अन्त्यमा प्रहार गर्नुभयो भने त्यसो गर्नु निश्चय नै परमेश्‍वरको धर्मी हुनेछ; अनि समय आउँदा, उहाँले तँलाई बुझाउनुहुनेछ। अहिले, तिमीहरू सत्यतामालागिपर्नेकार्यलाई ख्याल राख्नुपर्छ, जीवन प्रवेशमा ध्यानकेन्द्रित गर्नुपर्छ र उचित प्रकारले आफ्नो काम पूरा गर्न खोज्नुपर्छ। यसमा कुनै गल्ती छैन! अन्ततोगत्वा परमेश्‍वरले तँलाई जसरी व्यवहार गर्नुभएपनि यो सधैँ धर्मी नै हुन्छ; तैँले यसमाशङ्का गर्नुहुँदैन अनि तैँले चिन्ता गर्नु आवश्यक छैन। अहिले तैँले परमेश्‍वरको धार्मिकतालाई बुझ्न नसकेतापनि, एक दिन तँ विश्‍वस्त हुनेछस्। परमेश्‍वरले आफ्नो काम ज्योतिमा गर्नुहुन्छ र न्यायोचित ढङ्गले गर्नुहुन्छ; उहाँले सबै कुरा खुल्लमखुल्ला जान्न दिनुहुन्छ। यदि तिमीहरूले ध्यानपूर्वक यस विषयमाथि चिन्तन गर्यौ भने, परमेश्‍वरको कामले मानिसहरूलाई मुक्ति दिने र तिनीहरूको स्वभावलाई परिवर्तन गर्ने काम गर्दैछ भन्ने निष्कर्षमा तिमीहरू पुग्नेछौ। उहाँको काम मानिसहरूको स्वभावलाई रूपान्तरण गर्ने काम भएकोले, यदि मानिसहरूले आफ्नो भ्रष्टतालाई प्रकट गरेनन् भने, केही पनि गर्न सकिनेछैन, र केही पनि हासिल गरिनेछैन। यदि मानिसहरूले आफ्नो भ्रष्टतालाई प्रकट गरिसकेपछि, तिनीहरूले अलिकति पनि पश्‍चाताप गरेनन् भने, रअझै पनि पश्‍चाताप गरेको जस्तो अभिनय गर्छन् भने, तिनीहरूले परमेश्‍वरको स्वभावलाई ठेस पुर्याउनेछन्। परमेश्‍वरले मानिसहरूमाथि विभिन्न हदहरूको सजायहरू कार्यान्वयन गर्नुहुनेछ, अनि तिनीहरूले आ-आफ्ना अपराधहरूको निम्ति मूल्य तिर्नेछन्। …

पहिले उल्लेख गरिएजस्तै, विगतका घटनाहरू एकैचोटिको प्रयासमा मेटाउनसकिन्छ; विगतलाई ढाक्‍ने गरीभविष्यलाई बनाउन सकिन्छ; परमेश्‍वरको सहनशीलता समुद्रजतिकै असीम छ। तापनि यी वचनहरूका सिद्धान्तहरू पनि छन्। तैँले जतिसुकै ठूलो पाप गरे पनि परमेश्‍वरले कुनै पनि पापलाई मेटिदिनुहुनेछ भन्‍ने होइन। परमेश्‍वरका सबै कामका सिद्धान्तहरू छन्। विगतमा, यो मुद्दालाई सम्बोधन गर्ने प्रशासनिक आदेश तय गरिएको थियो—कसैले उहाँको नाउँ स्वीकार गर्नुअघि गरेका सबै पापहरू परमेश्‍वरले क्षमा दिनुहुन्छ र माफ गर्नुहुन्छ, अनि मण्डलीभित्र प्रवेश गरिसकेपछि निरन्तर पाप गरिरहनेहरूलाई सम्बोधन गर्ने एउटा प्रणाली छ: जसले सानो पाप गर्छ, त्यसलाई पश्‍चाताप गर्ने अवसर दिइन्छ, जबकि बारम्बार पाप गर्नेहरूलाई निष्कासन गरिन्छ। परमेश्‍वरले मानिसहरूलाई उहाँको काममा जति धेरै हदसम्म सम्भव हुन्छ, त्यति हदसम्म सधैँ सहनुभएको छ, रपरमेश्‍वरको काम साँच्चै नै मानिसहरूलाई मुक्ति दिने काम हो भन्‍ने कुरा यसमा देख्न सकिन्छ। तथापि, यदि कामको यस अन्तिम चरणमा, तैँले अझै अक्षम्य पापहरू गर्छस् भने, तँ साँच्चै नै सुधार गर्न नसकिने छस् र तँ परिवर्तन हुन सक्दैनस्।

— आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “मानिसहरूलाई सम्‍भव भएको हदसम्म मुक्ति दिनु नै परमेश्‍वरको इच्‍छा हो”

परमेश्‍वरको विरोध गर्नेहरू धेरै छन्, तर तीमध्येमा तिनीहरूले परमेश्‍वरको विरोध गर्ने तरिकाहरू पनि धेरै छन्। सबै खाले तौरतरिका भएका विश्‍वासीहरू भए जस्तै परमेश्‍वरको विरोध गर्नेहरू पनि सबै खाले तौरतरिकाकै छन्, र तिनीहरू हरेक व्यक्ति अर्को व्यक्तिभन्दा फरक छन्। परमेश्‍वरको कार्यलाई स्पष्टसँग पहिचान गर्न नसक्ने एक जनालाई पनि बचाउन सकिँदैन। विगतमा मान्छेले जे-जसरी परमेश्‍वरको विरोध गरेको भए तापनि जब उसले परमेश्‍वरको कार्यको उद्देश्य बुझ्छ र आफ्ना प्रयत्नहरू परमेश्‍वरलाई सन्तुष्ट पार्नमा समर्पित गर्छ, तब परमेश्‍वरले उसका पहिलेका सबै पापहरू पुछेर सफा पारिदिनुहुनेछ। मान्छेले जबसम्म सत्यको खोजी गरिरहन्छ र सत्यको अभ्यास गरिरहन्छ, तबसम्म परमेश्‍वरले उसले के गरेको छ भन्ने कुरालाई ध्यान दिनुहुन्न। अझ भन्ने हो भने, मान्छेले गर्ने सत्यको अभ्यासको आधारमा परमेश्‍वरले उसलाई धर्मी ठहर्याउनुहुन्छ। परमेश्‍वरको धार्मिकता यही नै हो। मान्छेले परमेश्‍वरलाई देख्नुअघि वा उहाँको कार्यको अनुभव गर्नुअघि, मान्छेले परमेश्‍वरप्रति जे-जसरी कार्य गरे तापनि, उहाँले यी कुरालाई ध्यान दिनुहुन्न। तथापि, मान्छेले परमेश्‍वरलाई देखिसकेपछि वा उहाँको कार्यको अनुभव गरिसकेपछि, मान्छेले गरेका सबै काम र कार्यवाहीहरूलाई परमेश्‍वरले “इतिहास पुस्तक” मा प्रविष्ट गराउनुहुनेछ, किनभने मान्छेले परमेश्‍वरलाई देखिसक्‍नुभएको हुन्छ र उहाँको कार्यमाझ बाँचिसकेको हुन्छ।

मान्छेले परमेश्‍वरसँग के-के छन् र परमेश्‍वर के हुन् भनेर साँच्चिकै देखिसकेपछि, उसले उहाँको सर्वोच्चता देखिसकेपछि, र उसले परमेश्‍वरको कामको बारेमा साँच्चिकै थाहा पाइसकेपछि, र अझ भन्ने हो भने, मान्छेको पुरानो स्वभाव परिवर्तन भइसकेपछि, मान्छेले परमेश्‍वरको विरोध गर्ने आफ्नो विद्रोही स्वभावलाई पूर्ण रूपमा परित्याग गरिसकेको हुनेछ। यो भन्न सकिन्छ कि हरेक व्यक्तिले कुनै न कुनै समयमा परमेश्‍वरको विरोध गरेको हुन्छ र हरेक व्यक्तिले कुनै न कुनै समयमा परमेश्‍वर विरुद्ध विद्रोह गरेको हुन्छ। तथापि, यदि तैँले इच्छुक भई देहधारी परमेश्‍वरको आज्ञापालन गर्छस् र यस समयदेखि परमेश्‍वरको हृदयलाई बफादारीताद्वारा सन्तुष्ट पार्छस् भने, तैँले अभ्यास गर्नुपर्ने सत्यको अभ्यास गर्छस् भने, तैँले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्छस् भने, र तैँले पालना गर्नुपर्ने नियमहरू पालना गर्छस् भने, तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो विद्रोही स्वभावलाई परित्याग गर्न इच्छुक र परमेश्‍वरले सिद्ध पार्न सक्‍नुहुने व्यक्ति होस्। यदि तँ ढिपी गर्दै आफ्ना गल्तीहरू हेर्न अस्वीकार गर्छस् र आफै पश्‍चाताप गर्ने कुनै इच्छा राख्दैनस् भने, परमेश्‍वरसँग सहकार्य गर्ने वा उहाँलाई सन्तुष्ट पार्ने थोरै पनि इच्छा नराखीकनै आफ्नो विद्रोही व्यवहारलाई निरन्तरता दिन्छस् भने तँ जस्तो हठी र असुधार्य व्यक्तिलाई निश्चय रूपमा सजाय हुनेछ र त्यस्तो व्यक्ति कहिल्यै पनि परमेश्‍वरद्वारा सिद्ध पार्न सकिने व्यक्ति हुनेछैन। यस्तो हुने हुनाले, तँ आज परमेश्‍वरको दुस्मन होस् र भोलि पनि तँ परमेश्‍वरकै दुस्मन हुनेछस्, र यसरी नै पछि पनि परमेश्‍वरको दुस्मन नै रहिरहनेछस्; तँ सदैव परमेश्‍वरको विरोधी र परमेश्‍वरको दुस्मन हुनेछस्। यस्तो अवस्थामा, सम्भवत कसरी परमेश्‍वरले तँलाई छाड्नुहुन्छ र?

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्

जहिलेसम्म तँसित आशाको सानो टुक्रा हुन्छ, परमेश्‍वरले तेरा विगतका अपराधहरू सम्झनु भएपनि नसम्‍झनु भएपनि तैँले कस्तो मानसिकता कायम राख्नुपर्छ? “मैले आफ्नो स्वभावमा परिवर्तनको खोजी गर्नुपर्छ, परमेश्‍वरलाई चिन्न खोज्नुपर्छ, शैतानद्वारा फेरि कहिल्यै मूर्ख तुल्याइनुहुँदैनअनि परमेश्‍वरको नाउँलाई शर्ममा पार्ने कुनै कुरा कहिल्यै गर्नुहुँदैन।” मानिसहरूले मुक्ति पाउन सक्छन् कि सक्दैनन् अनि तिनीहरूसित कुनै आशा छ कि छैन भनी कुन मुख्य क्षेत्रहरूले निर्धारण गर्छन्? प्रवचन सुनेपछि तैँले सत्यता बुझ्न सक्छस् कि सक्दैनस्, तैँले सत्यतालाई अभ्यास गर्न सक्छस् कि सक्दैनस् अनि तँ परिवर्तन हुन सक्छ कि सक्दैनस् त्यो नै मुख्य कुरो हो। यी नै मुख्य क्षेत्रहरू हुन्। यदि तैँले अफसोस मात्रै गर्छस्, अनि जब तँ कामकुराहरू गर्छस्, तबत्यही पुरानो तरिकाहरूमा, सत्यतालाई नपछ्याएर मात्रै होइन तर पुराना धारणाहरू र पुराना अभ्यासहरूमा अझै टाँसेर, पूर्ण रूपले समझरहित भएर मात्रै होइन तर झन्-झन् खराब भएर आफूलाई जे मन लाग्यो त्यही गर्छस्, तब तँ आशारहित हुनेछस् अनि तँ मेटिनेछस्। परमेश्‍वरको बारेमा ठूलो ज्ञान, आफ्‍नो बारेमा गहन ज्ञान छ भने, तैँले आफूलाई त्यति नै बढी काबुमा राख्छस्। तेरो आफ्नै प्रकृतिको बारेमा जति बढी बुझाइ हुन्छ, तैँले त्यति नै सुरक्षा पाउन सक्‍नेछस्। तैँले अनुभवहरू प्राप्त गरिसकेपछि, र तैँले पाठहरू सिकिसकेपछि, तँ फेरि कहिल्यै असफल हुनेछैनस्। वास्तविक तथ्य यो हो, कि सबैसित दोषहरूहुन्छन्, यति मात्र हो कि तिनीहरूले जवाफदेही हुनुपरेको छैन। सबैसित ती छन्—कोहीसित साना छन् कोहीसित ठूला छन्; कोहीले स्पष्ट रूपले बोल्छन्, अनि कोही संकोची हुन्छन्। केही मानिसहरू अरूले थाहा पाएको कामकुराहरू गर्छन् जबकि कोही अरूले त्यसको बारेमा थाहा नपाउने प्रकारले गर्छन्। सबैसित दोषहरू हुन्छन्, अनि तिनीहरू सबैले भ्रष्ट स्वभावहरू जस्तै अहङ्कार वा स्वधर्मीपना देखाउँछन्; तिनीहरू सबैले अपराध गरेका छन्, तिनीहरू सबै आफ्‍ना काममा पथभ्रष्ट भएका वा बेलाबेलामा विद्रोही बनेका छन्। अनि यो सबै क्षमा दिन सकिने, तर भ्रष्ट मानिस उम्कनै नसक्‍ने कुरा हो। मानिसहरूले सत्यता बुझेपछि भने, यसबाट उम्कन सकिन्छ, र त्यसउप्रान्त कहिल्यै अपराध नगर्ने कुरा पनि सम्‍भव हुन्छ, र पहिलेका अपराधहरूको कारण समस्यामा पर्नुपर्ने कहिल्यै जरुरी हुँदैन। मानिसहरूले पश्‍चात्ताप गर्न सक्छन् कि सक्दैनन्, तिनीहरू साँचो रूपमा परिवर्तन भएका छन् कि छैनन् भन्‍ने नै मुख्य कुरा हो: पश्‍चात्ताप गर्ने र परिवर्तन हुनेहरू नै मुक्ति पाउनेहरू हुन्, पूर्ण रूपमा पश्‍चात्तापहीन र अपरिवर्तित रहनेहरूलाई हटाइनु नै पर्छ। यदि सत्यता बुझेपछि, मानिसहरूले अझै पनि जानीजानी अपराध गर्छन् भने, यदि तिनीहरू दृढ रूपमा पश्‍चात्तापहीन, अपरिवर्तित रहे भने, र तिनीहरूलाई जसरी काटछाँट, निराकरण गरे पनि वा चेतावनी दिए पनि, यसले काम गर्दैन भने, त्यस्ता मानिसहरू मुक्ति पाउन नसक्‍ने अवस्थामा हुन्छन्।

— आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “परमेश्‍वरको सेवा गर्न व्यक्तिले पत्रुसको बाटो हिँड्नुपर्छ”

हामीले प्रण गर्नुपर्छ कि हाम्रा परिस्थतिहरू जतिसुकै गम्भीर भए पनि, हामीमा जस्तोसुकै कठिनाइ आइपरे पनि, हामी जतिसुकै कमजोर र नकारात्मक भए पनि, हामीले हाम्रो स्वभावमा आएको परिवर्तनप्रति विश्‍वास गुमाउनु हुँदैन, र हामीले परमेश्‍वरका बचनहरूमा पनि विश्‍वास गुमाउनु हुँदैन। परमेश्‍वरले मान्छेसँग प्रतिज्ञा गर्नुभयो, र यो प्रतिज्ञा ग्रहण गर्न मान्छेमा संकल्प र लगनशीलता हुनुपर्छ। परमेश्‍वर कायरहरूलाई मन पराउनुहुन्‍न, वहाँ दृढ संकल्पसहितका व्यक्तिहरूलाई मन पराउनुहुन्छ। तैँले भ्रष्‍टतालाई निकै प्रकट गरिस् होला, तैँले बेइमानीका त धेरै मार्ग लिइस् होला, वा धेरै अपराध गरिस् होला, वा पहिले-पहिले परमेश्‍वरको खुल्लमखुल्ला अवज्ञा गरिस् होला; सम्भवत, मानिसहरूको हृदयमा परमेश्‍वरप्रतिका निन्दा, वा गुनासा, वा अवज्ञा पनि हुन सक्छन्—तर परमेश्‍वरले यी सबै कुरालाई हेर्नुहुन्‍न, परमेश्‍वरले त एकदिन उनीहरूमा परिवर्तन हुनेछ कि हुनेछैन भनी हेर्नुहुन्छ। बाइबलमा बिग्रेको छोरो घर फर्केको एउटा कथा छ। किन प्रभु येशुले यस्तो नीतिकथा भन्‍नुभयो? मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको इच्छा निश्छल छ। वहाँले मानिसलाई पश्‍चात्तप गर्न र परिवर्तित हुन अवसर दिनुहुन्छ। यो प्रक्रियाको अवधिमा, वहाँले मान्छेलाई बुझ्नुहुन्छ र उनीहरूको कमजोरी र उनीहरूको भ्रष्‍टताको हदको गहिरो ज्ञान राख्‍नुहुन्छ। वहाँलाई थाहा छ कि उनीहरू लडखडाउँछन् र असफल हुन्छन्। यो केटाकेटीले हिंड्न सिकेजस्तै होः तेरो शरीर जतिसुकै बलियो भए पनि कुनै बेला तँ लडखडाउँछस् र तँ ठक्‍कर लागी लड्छस्। आमाले आफ्नो सन्तानलाई बुझेजसरी नै परमेश्‍वरले प्रत्येक व्यक्तिलाई बझ्नुहुन्छ। वहाँ हरेक व्यक्तिका कठिनाइहरू बुझ्नुहुन्छ, वहाँ हरेक व्यक्तिको कमजोरी बुझ्नुहुन्छ, र वहाँ हरेक व्यक्तिको आवश्यकता पनि बुझ्नुहुन्छ; अझ भन्‍ने हो भने, वहाँ स्वभावगत परिवर्तनमा प्रवेश गर्दा मान्छेले कस्ता समस्याहरूको सामना गर्नुपर्छ, कस्ता किसिमका कमीकमजोरीबाट उनीहरू पीडित हुन्छन्, कस्ता किसिमका असफलताहरू आउन सक्छन् भनेर बुझ्नुहुन्छ—परमेश्‍वरले यी सबै कुरा पूर्ण रूपमा बुझ्नुहुन्छ। यसरी, परमेश्‍वरले मान्छेको भित्री ह्रदयको जाँच गर्नुहुन्छ। तँ जतिसुकै कमजोर भए पनि, परमेश्‍वरको नामलाई तैँले नत्यागेसम्म, तैँले परमेश्‍वरलाई नछोडेसम्म, र तँ यो मार्गबाट टाढा बरालिइनस् भने, तँलाई स्वभावगत पविर्तन हासिल गर्ने सँधै अवसर मिल्नेछ। हामीले हाम्रो स्वभावमा परिवर्तन ल्याउने अवसर पाउनु भनेको हामीसँग अस्तित्वमा रहिरहने आशा बाँकी छ र हाम्रो अस्तित्वमा रहिरहने आशा बाँकी हुनुको अर्थ हामीले परमेश्‍वरको मुक्तिमा आशा अझै बाँकी छ।

— आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “स्वभाव परिवर्तन के हो र स्वभाव परिवर्तनको मार्ग”

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्