आज, पृथ्वी भूकम्प, अनिकाल, महामारी, बाढी-पहिरो र खडेरीजस्ता विपत्तिहरूले घेरिएको छ। यी विपत्तिहरू आकारमा बढ्दै गइरहेका छन्, र मृत्यु हुनेको सङ्ख्या झून्-झन् वृद्धि हुँदै गइरहेको छ। परमेश्‍वर मानिसलाई प्रेम गर्नुहुन्छ र मानिसलाई मुक्ति दिनुहुन्छ, त्यसो भए उहाँले किन त्यस्ता ठूला-ठूला विपत्तिहरू बर्साउनुहुन्छ?

7 फेब्रुअरी 2022

सन्दर्भका लागि बाइबल पदहरू:

“अनि कटनी गर्ने समय तीन महिना बाँकी छँदै मैले तिमीहरूदेखि वर्षा पनि रोकेको छु: र मैले एउटा सहरमा पानी पारेँ र अर्को सहरमा पानी पारिनँ: एक ठाउँमा पानी पर्‍यो र पानी परेको ठाउँ सुकेन। यसरी दुई वा तीन सहरहरू एउटा सहरमा पानी पिउनलाई भौतारिए; तर तिनीहरू तृप्त भएनन्: तापनि तिमीहरू मकहाँ फर्केनौ, यहोवाले भन्‍नुभयो। मैले तिमीहरूलाई सुके रोग र ढुसी रोगले प्रहार गरेको छु: जब तिमीहरूका बगैँचा र दाखबारी अनि नेभाराका बोट र जैतुनका रूखहरू बढे, तब तिनलाई झुसिलकिराले सखाप पारे: तैपनि तिमीहरू मकहाँ फर्केका छैनौ, यहोवाले भन्‍नुभयो। मैले तिमीहरूमाझ मिश्रमा जस्तै महामारी पठाएको छु: मैले तिमीहरूका जवान मानिसहरूलाई तरवारले छिनाएको छु, र तिमीहरूका घोडाहरू खोसेको छु; र मैले तिमीहरूको छाउनीहरूको दुर्गन्धलाई तिमीहरूको नाकसम्‍म पुर्‍याएको छु: र पनि तिनीहरू मकहाँ फर्केर आएका छैनौ, यहोवाले भन्‍नुभयो। परमेश्‍वरले सदोम र गमोरालाई परास्त गर्नुभएझैँ मैले तिमीहरूमध्ये कतिलाई परास्त गरेको छु, र तिमीहरू बलिरहेको आगोबाट निकालिएका अगुल्टोहरूजस्तै थियौ: तर पनि तिमीहरू मकहाँ आएका छैनौ, यहोवाले भन्‍नुभयो। त्यसकारण हे इस्राएलीहरू, म तिमीहरूलाई यसो गर्नेछु: र मैले तिमीहरूलाई यसो गर्ने हुनाले, हे इस्राएलीहरू, तिमीहरूका परमेश्‍वरलाई भेट्न तयार होओ” (आमोस ४:७-१२)

“हेर, ती दिनहरू आउँछन्, परमप्रभु यहोवाले भन्‍नुभयो, म मुलुकभरि अनिकाल ल्याउनेछु, त्यो रोटीको अनिकाल हुनेछैन, न त पानीको हाहाकार नै हुनेछ, तर त्यो यहोवाको वचन सुन्‍न नपाउने अनिकाल हुनेछ” (आमोस ८:११)

परमेश्‍वरका प्रासंगिक वचनहरू:

परमेश्‍वरले गर्ने हरेक काम सूक्ष्मताका साथ योजना गरिन्छन्। जब उहाँले भइरहेको कुनै कुरा वा परिस्थितिलाई हेर्नुहुन्छ, त्यसको मापन गर्ने मापदण्ड उहाँको नजरमा हुन्छ र त्यसको सामना गर्नको निम्ति उहाँले कुनै योजना सुरु गर्नुपर्छ कि पर्दैन अथवा त्यस कुरा वा परिस्थितिको सामना गर्नको निम्ति कुन तरिका अवलम्बन गर्नुपर्छ भ‍न्‍ने कुराको निर्धारण त्यही मापदण्डले गर्छ। सबै कुराप्रति उहाँ उदासीन वा भावना विहीन हुनुहुन्‍न। वास्तवमा यसको ठीक विपरीत छ। परमेश्‍वरले नोआलाई के भन्‍नुभयो भन्‍ने कुरालाई व्यक्त गर्ने एउटा पद यहाँ छ: “मेरा सामुन्‍ने सारा देहको अन्त आएको छ; किनकि तिनीहरूद्वारा पृथ्वी हिंसाले भरिएको छ; अनि, हेर, म तिनीहरूलाई पृथ्वीसहित नष्ट गर्नेछु।” परमेश्‍वरले यसो भन्‍नुहुँदा के उहाँले मानवलाई मात्र नष्ट गर्दै हुनुहुन्थ्यो भन्‍ने अर्थ यसले दिन्छ? होइन! उहाँले शरीर भएका सबै जीवित प्राणीहरूलाई नष्ट गर्न गइरहनुभएको थियो भनी परमेश्‍वरले भन्नुभयो। परमेश्‍वरले किन विनाशको चाहना गर्नुभयो? यहाँ परमेश्‍वरको स्वभावको अर्को प्रकाश छ: परमेश्‍वरको नजरमा, मानिसको भ्रष्टता, सारा प्राणीहरूको फोहोरीपन, हिंसा र अनाज्ञाकारीताप्रति उहाँको धैर्यको सीमा छ। उहाँको सिमा के हो? यो परमेश्‍वरले भन्‍नुभए जस्तै हो: “परमेश्‍वरले पृथ्वीलाई हेर्नुभयो र त्यो भ्रष्ट थियो किनकि पृथ्वीमा भएका सारा देहले आफ्नो मार्ग भ्रष्ट पारेका थिए।” “किनकि पृथ्वीमा भएका सारा देहले आफ्नो मार्ग भ्रष्ट पारेका थिए” वाक्यांशको अर्थ के हो? यसको अर्थ यही हो, परमेश्‍वरलाई पछयाउनेहरू, परमेश्‍वरको नाम पुकार्नेहरू, परमेश्‍वरलाई होमबली चढाउनेहरू, परमेश्‍वरलाई मुखले स्वीकार गर्ने र परमेश्‍वरको स्तुति गर्नेहरू लगायत कुनै पनि जीवित प्राणीहरू—तिनीहरूको व्यवहार भ्रष्टताले पूर्ण भएर त्यो परमेश्‍वरको नजरमा पुगेपछि, उहाँले तिनीहरूलाई पनि नष्ट गर्नुपर्ने हुन्थ्यो। त्यही नै परमेश्‍वरको सीमा थियो। त्यसो भए परमेश्‍वर मानिस र सारा प्राणीहरूको भ्रष्टतासँग कुन हदसम्म धैर्य रहनुभयो? चाहे परमेश्‍वरका अनुयायीहरू वा विश्‍वास नगर्ने सारा मानिसहरू सही बाटोमा नहिँडुञ्‍जेलसम्म। मानिस नैतिक रूपमा भ्रष्ट भएर दुष्टताले पूर्ण नभएको मात्र होइन, तर परमेश्‍वरको अस्तित्वलाई विश्‍वास गर्ने कोही पनि नहुञ्‍जेलसम्म, संसारलाई परमेश्‍वरले शासन गर्नुहुन्छ र परमेश्‍वरले मानिसहरूकहाँ ज्योति ल्याउनुहुन्छ र तिनीहरूलाई सही मार्गमा ल्याउन सक्‍नुहुन्छ भनेर विश्‍वास गर्ने व्यक्तिको त कुरै नगरौं। मानिसले परमेश्‍वरको अस्तित्वलाई घृणा गर्ने र परमेश्‍वरलाई अस्तित्वमा आउन अनुमति नदिने हदसम्म। जब मानिसको भ्रष्टता यस बिन्दुमा पुग्छ, तब परमेश्‍वरले सहन सक्‍नुहुन्‍न। केले यसलाई प्रतिस्थापन गर्ने छ? परमेश्‍वरको क्रोध र परमेश्‍वरको दण्डको आगमनले।

— वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

मेरा वचनहरूद्वारा सबै कुरा सम्पन्न हुनेछन्; मैले गर्ने काममा कुनै मानिस सहभागी हुन सक्दैन, र त्यो कुनै पनि मानिसले गर्न सक्दैन। म सबै देशहरूको हावा सफा गर्नेछु र पृथ्वीमा भएका भूतात्माहरूका सबै छापहरू मेटाउनेछु। मैले अघिबाटै सुरु गरिसकेको छु, र ठूलो रातो अजिङ्गरको वासस्थानमा म मेरो सजायको कामको पहिलो चरण सुरु गर्नेछु। यसैले मेरो ताडना सम्पूर्ण ब्रह्माण्डमाथि आइलागेको छ, र त्यो ठूलो रातो अजिङ्गर र सबै किसिमका अशुद्ध आत्माहरू मेरो सजायबाट उम्कन असक्षम हुनेछन् भन्‍ने देख्‍न सकिन्छ, किनकि म सबै देशहरूमाथि नजर लगाउनेछु। जब पृथ्वीमा मेरो काम समाप्त हुन्छ, अर्थात्, जब न्यायको युगको अन्त्य हुन्छ, ठूलो रातो अजिङ्गरलाई म औपचारिक रूपमा सजाय दिनेछु। मेरा मानिसहरूले मैले ठूलो रातो अजिङ्गरलाई दिइएको मेरो धार्मिक सजाय निश्चय देख्नेछन्, मेरो धार्मिकताको कारण निश्चय प्रशंसाको गीत गाउनेछन्, र मेरो धार्मिकताको कारण सदासर्वदा मेरो पवित्र नाउँको प्रशंसा गर्नेछन्। यसैले तिमीहरूले औपचारिक रूपले आफ्नो कर्तव्य पूरा गर्नेछौ, र सारा देशहरूभरि औपचारिक रूपमा मेरो सदासर्वदा प्रशंसा गर्नेछौ!

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २८

जब मानिसहरू सबैलाई पूर्ण बनाइ सकिन्छन् र पृथ्वीका सबै राष्ट्रहरू ख्रीष्टको राज्य बन्छन्, तब यो सात मेघ गर्जन गर्जने समय हुनेछ। वर्तमान समयचाहिँ त्यस चरणतर्फको लम्काइ हो; त्यस दिनतर्फ आक्रमण जारी गरिएको छ। यो परमेश्‍वरको योजना हो र निकट भविष्यमा यो साकार हुनेछ। यद्यपि, परमेश्‍वरले बोल्‍नुभएका हरेक कुरा उहाँले पहिले नै पूरा गरिसक्‍नुभएको छ। यसैले, पृथ्वीका सबै राष्ट्रहरू उच्‍च छालहरू नजिक आउँदा हल्‍लिने बालुवामा बनाइएका महलहरू मात्र हुन्: अन्तिम दिन नजिकै छ र ठूलो रातो अजिङ्गर परमेश्‍वरको वचनमुनि गिर्नेछ। उहाँको योजनालाई सफलतापूर्वक अघि बढाइएको छ भन्‍ने कुराको सुनिश्‍चित गर्न, स्वर्गका दूतहरू पृथ्वीमा ओर्लेका छन्, अनि परमेश्‍वरलाई सन्तुष्ट पार्नको निम्ति सक्दो गर्दैछन्। देहधारी हुनुभएका परमेश्‍वर स्वयम् शत्रुको विरुद्धमा युद्ध सुरु गर्न युद्धको मैदानमा तैनाथ हुनुभएको छ। जहाँ-जहाँ देहधारण देखापर्नुहुन्छ, त्यहाँबाट शत्रुलाई नष्ट गरिन्छ। विनाश हुनेमा चीन पहिलो हुनेछ; परमेश्‍वरको हातद्वारा यसलाई निर्जन पारिनेछ। परमेश्‍वरले कुनै दया देखाउनुहुनेछैन। ठूलो रातो अजिङ्गरको बिस्तारै हुने पतनको प्रमाण मानिसहरूमा निरन्तर हुने परिपक्‍वतामा देख्‍न सकिन्छ; यो सबैको लागि स्पष्ट र देख्‍न सकिने हुन्छ। मानिसहरूको परिपक्‍वता शत्रुको निधनको चिन्ह हो। “प्रतिस्पर्धा गर्छु” को अर्थको बारेमा छोटो व्याख्या यही हो।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय १०

आज, म ठूलो रातो अजिङ्गरको देशमा ओर्लिरहेको मात्रै छैन, तर सारा आकाशलाई हल्‍लाउँदै, म सम्पूर्ण ब्रह्माण्डको रूपलाई पनि परिवर्तन गर्दैछु। के मेरो न्यायको सामना नगर्ने कहीँ त्यस्तो कुनै ठाउँ छ? के मैले वर्षाउने विपत्तिहरू नपर्ने कुनै एउटा ठाउँ छ? म जहाँ-जहाँ जान्छु, मैले “विपत्तिका अनेक बीउहरू” छरेको छु। मैले काम गर्ने एउटा तरिका यही हो, र यो मानवजातिको मुक्तिको कार्य हो भन्‍नेमा कुनै शङ्का छैन, अनि मैले तिनीहरूलाई दिने कुरा भनेको एक प्रकारको प्रेम नै हो। अझै धेरै मानिसहरूलाई मलाई चिन्‍ने र मलाई देख्‍न सक्‍ने तुल्याउने मेरो इच्‍छा छ, अनि, यसरी, तिनीहरूले धेरै वर्षसम्‍म देख्‍न नसकेका तर जो अहिले वास्तविक हुनुहुन्छ, उहाँ परमेश्‍वरलाई तिनीहरूले सम्‍मान गर्न पुग्छन्। के कारणले मैले संसारको सृष्टि गरेँ? मानव भ्रष्ट भएर पनि, मैले किन तिनीहरूलाई पूर्ण रूपमा सर्वनाश गरिनँ? के कारणले गर्दा सारा मानवजाति विपत्तिहरूको बीचमा जिउँछन्? देह धारण गर्नुमा मेरो उद्देश्य के थियो? जब म मेरो काम गरिरहेको हुन्छु, मानवजातिले तीतोलाई चाख्‍न मात्र होइन, तर मीठोलाई पनि चाख्‍न सिक्छ।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १०

कामको यस चरणमा, परमेश्‍वरले उहाँलाई धोका दिने सबै मानिसहरू फेरि उहाँको सिंहासनको अधीनमा बस्न आउन सकून भनी आफ्ना सारा कामहरू संसारभरि प्रकट गर्न चाहनुभएको हुनाले परमेश्‍वरको न्यायमा अझै पनि उहाँको कृपा र प्रेमिलो-दयालुपन सम्मिलित हुनेछ। परमेश्‍वरले संसारभरिका वर्तमान घटनाहरूलाई मानिसहरूलाई त्रसित महसुस गराइ, तिनीहरूलाई परमेश्‍वरलाई खोज्न प्रेरित गर्ने मौकाहरूको रूपमा प्रयोग गर्नुहुन्छ ताकि तिनीहरू उहाँको सामु वापस आउन सकून्। त्यसैले परमेश्‍वर भन्नुहुन्छ, “मैले काम गर्ने एउटा तरिका यही हो, र यो मानवजातिको मुक्तिको कार्य हो भन्‍नेमा कुनै शङ्का छैन, अनि मैले तिनीहरूलाई दिने कुरा भनेको एक प्रकारको प्रेम नै हो।”

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय १०

परमेश्‍वरको कामका चरणहरूमा, मुक्तिले अझै पनि विभिन्न विपत्तिहरूको रूप लिन्छ, र विनाश हुन निश्चित भएकाहरू कोही पनि तीबाट उम्कन सक्दैन। केवल अन्त्यमा मात्र पृथ्वीमा यस्तो अवस्था प्राप्त गर्न सकिन्छ जुन “तेस्रो स्वर्ग जस्तै शान्त हुन्छ: यहाँ ठूला-साना जीवित प्राणीहरू एकसाथ मिलेर बस्छन् र कहिल्यै पनि ‘मुख र जिब्रोको झगडा’ मा संलग्न हुँदैनन्।” परमेश्‍वरको कामको एक पक्ष भनेको सम्पूर्ण मानवजातिलाई विजय गर्नु र उहाँका वचनहरूद्वारा चुनिएका मानिसहरूलाई प्राप्त गर्नु हो; अर्कोचाहिँ विभिन्न विपत्तिहरूद्वारा विद्रोहका सबै छोराहरूलाई जित्नु हो। यो परमेश्‍वरको ठूलो परिमाणको कामको एउटा हिस्सा हो। यस तरिकाले मात्र पृथ्वीमा परमेश्‍वरले चाहनुभएको राज्य पूर्ण रूपमा हासिल गर्न सकिन्छ, र यो उहाँको कामको हिस्सा हो जुन शुद्ध सुन हो।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय १७

मलाई प्रेम गर्ने र आफूलाई अस्वीकार गर्नेप्रति मेरो कृपा व्यक्त हुनेछ। दुष्टहरूप्रति दण्ड हुनेछ, यही समयमा, यो मेरो धार्मिक स्वभावको सटीक प्रमाण हो, र अझै थप, मेरो क्रोधको साक्षी हो। जब विपद् आउँछ, मेरो विरोध गर्नेहरू भोकमरी र महामारीले पीडित हुँदै रुनेछन्। सबै प्रकारका दुष्टता गर्नेहरू तर धेरै वर्षसम्म मलाई पछ्याएकाहरूले पनि उनीहरूको पापबाट छुटकारा पाउने छैनन्; उनीहरू पनि, विपदमा डुब्नेछन्, यस्तो विपद् जुन विगतका लाखौँ वर्षहरूमा विरलै देखिएको छ, र उनीहरू सन्त्रास र डरको अनवरत स्थितिमा बाँच्नेछन्। अनि मप्रति निष्ठा राख्ने मेरा अनुयायीहरू आनन्दित हुनेछन् र मेरो शक्तिको प्रशंसा गर्नेछन्। उनीहरूले वर्णन गर्न नसकिने सन्तुष्टि प्राप्त गर्नेछन् र मैले मानवजातिलाई यसअघि कहिल्यै प्रदान नगरेको हर्षका साथ बाँच्नेछन्। किनभने म मानिसले गरेका असल कार्यलाई महत्त्व दिन्छु र उनीहरूको दुष्ट कर्मलाई तिरस्कार गर्दछु। मैले मानवजातिको नेतृत्व गर्न प्रारम्भ गरेदेखि नै, मेरो जस्तै सोच भएका मानिसहरूको समूह प्राप्त गर्ने आशा मैले व्यग्रताका साथ गरेको छु। यसै समयमा, मेरो जस्तो सोच नभएकाहरूलाई पनि म कहिल्यै बिर्सिन्न; उनीहरूलाई म मेरो हृदयभित्र सधैँ घृणा गर्दछु, उनीहरूलाई प्रतिशोध लिने अवसरको प्रतीक्षा गरिरहेको छु, र यो हेर्दा मलाई आनन्द आउनेछ। अब अन्ततः मेरो दिन आएको छ, र मैले अब पर्खनु पर्नेछैन!

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

पाष्टरहरूले प्रायजसो हामीलाई भन्ने गर्छन्, एकपछि अर्को विपत्ति बर्सिए पनि हामी डराउनुपर्दैन, किनकि बाइबलले हामीलाई भन्छ: “तेरो छेउमै हजार जना ढल्नेछन्, र तेरो दाहिनेतिर दश हजार जना; तर त्यो तेरो नजिक आउनेछैन” (भजनसंग्रह ९१:७)। यदि हामी प्रभुमा विश्‍वास गर्छौं भने, र निरन्तर प्रार्थना गर्छौं, बाइबल पढ्छौं, र एकसाथ भेला हुन्छौं भने हामीमाथि विपत्तिहरू आउनेछैनन्। तर कतिपय धार्मिक पाष्टरहरू र इसाईहरू यस्ता विपत्तिहरूमा मरेका छन्। तिनीहरू सबैले बाइबल पढ्थे, प्रार्थना गर्थे, र प्रभुको सेवा गर्थे, त्यसो भए परमेश्‍वरले तिनीहरूलाई किन रक्षा गर्नुभएन?

सन्दर्भका लागि बाइबल पदहरू: “मलाई प्रभु, प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्