सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍ने अवसर नगुमाओ

13 अगस्ट 2021

मानव जीवनका धेरै दशकको अवधि लामो पनि होइन, छोटो पनि होइन। जन्‍मदेखि बीस वर्षको उमेरको अवधि झिमिक्‍क बितेर जान्छ, अनि जीवनको यो मोडमा व्यक्तिलाई वयस्क मानिने भए पनि, यस उमेर समूहका मानिसहरूलाई मानव जीवन र मानव नियतिको बारेमा लगभग केही पनि थाहा हुँदैन। तिनीहरूले थप अनुभव प्राप्त गर्दै जाँदा, तिनीहरू क्रमिक रूपमा आधा उमेरमा प्रवेश गर्छन्। तीस र चालीसको दशकमा पुगेका मानिसहरूले जीवन र नियतिसम्‍बन्धी कलिला अनुभव प्राप्त गर्छन्, तर यी कुराहरूसम्बन्धी तिनीहरूको विचार अझै पनि अत्यन्तै अस्पष्ट हुन्छ। कतिपय मानिसहरूले चालीस वर्षको उमेर पुगेपछि मात्रै परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजाति र ब्रह्माण्डलाई बुझ्‍न, र मानव जीवनको अर्थ के हो, मानव नियतिको अर्थ के हो भन्‍ने बुझ्‍न सुरु गर्छन्। कतिपय मानिसहरूले धेरै पहिलेदेखि परमेश्‍वरलाई पछ्याउँदै आएका र अहिले तिनीहरू आधा उमेर पुगिसकेको भए तापनि, तिनीहरूसँग अझै पनि परमेश्‍वरको सार्वभौमिकताको सटीक ज्ञान र परिभाषा हुँदैन, साँचो समर्पणताको त कुरै नगरौं। कतिपय मानिसहरूले आशिष्‌हरू प्राप्त गर्नेबाहेक अरू केही कुराको वास्ता गर्दैनन्, अनि तिनीहरू धेरै वर्ष बाँचिसकेको भए तापनि, तिनीहरूले मानव नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकताको तथ्यलाई अलिकति पनि जानेका वा बुझेका हुँदैनन्, अनि परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुनेसम्‍बन्धी व्यवहारिक पाठतर्फ सानो कदमसमेत चालेका हुँदैनन्। त्यस्ता मानिसहरू पूर्ण रूपमा मूर्ख हुन्छन्, अनि तिनीहरूको जीवन व्यर्थमा जिइएको हुन्छ।

सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍ने अवसर नगुमाओ

यदि मानव जीवनका अवधिहरूलाई मानिसहरूको जीवन अनुभव र मानव नियतिसम्‍बन्धी ज्ञानअनुसार विभाजित गरिने हो भने, तिनीहरूलाई समग्रमा तीन वटा चरणमा विभाजित गर्न सकिन्छ। पहिलो चरण जवानीको चरण हो, जसमा जन्‍मेदेखि आधा उमेरसम्‍मका, वा जन्‍मदेखि तीस वर्षको उमेरसम्‍मका वर्षहरू पर्छन्। दोस्रो चरण परिपक्‍वताको चरण हो, जुन आधा उमेरदेखि वृद्ध अवस्थासम्‍म, वा तीसदेखि साठी वर्षसम्‍मको अवधि हो। अनि तेस्रो चरण भनेको व्यक्तिको परिपक्‍व अवधि हो, जुन वृद्ध अवस्था, अर्थात् साठी वर्षदेखि सुरु भएर व्यक्ति संसारबाट बिदा भइञ्‍जेलसम्‍म जारी रहन्छ। अर्को शब्‍दमा भन्दा, जन्‍मदेखि आधा उमेरसम्‍म, धेरैजसो मानिसहरूको नियति र जीवनसम्‍बन्धी ज्ञान अरूका विचारहरूको अनुकरण गर्ने कार्यमा नै सीमित हुन्छ, र यसमा लगभग कुनै वास्तविक, व्यवहारिक सार हुँदैन। यो अवधिमा, जीवनसम्‍बन्धी व्यक्तिको दृष्टिकोण र व्यक्तिले संसारमा आफ्‍नो मार्ग कसरी निर्माण गर्छ त्यो अलि सतही र मूर्खतापूर्ण हुन्छ। यो व्यक्तिको किशोर अवस्थाको अवधि हो। व्यक्तिले जीवनका सबै आनन्द र शोकहरूलाई चाखिसकेपछि मात्रै उसले नियतिको बारेमा वास्तविक बुझाइ प्राप्त गर्छ अनि—अवचेतन रूपमा, आफ्‍नो अन्तस्करणमा—नियति उल्ट्याउन नसकिने तथ्यलाई क्रमिक रूपमा बुझ्‍न, र मानव नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकता वास्तवमै अस्तित्वमा छ भन्‍ने कुरालाई बिस्तारै महसुस गर्छ। व्यक्तिको परिपक्‍वताको अवधि यही नै हो। जब व्यक्तिले नियतिको विरुद्ध संघर्ष गर्न छोडेको हुन्छ, र जब ऊ अबउप्रान्त कलहतिर लाग्‍न इच्‍छुक हुनुको सट्टा, जीवनमा उसको नियति के छ त्यसलाई जान्‍ने, स्वर्गको इच्‍छाप्रति समर्पित हुने, जीवनमा उसले प्राप्त गरेका उपलब्धि र गल्तीहरूलाई सारांशित गर्ने, अनि आफ्‍ना जीवनमा सृष्टिकर्ताले गर्नुहुने न्यायको लागि प्रतीक्षा गर्ने गर्छ, तब ऊ आफ्‍नो परिपक्‍व अवधिमा प्रवेश गर्छ। यी अवधिहरूको बेला मानिसहरूले प्राप्त गर्ने फरक-फरक अनुभव र उपलब्धिहरूलाई ध्यानमा राख्दा, सामान्य परिस्‍थितिहरूमा, सृष्टिकर्ताको सार्वभौमिकतालाई व्यक्तिले चिन्‍ने मौका त्यति धेरै हुँदैन। यदि व्यक्ति साठी वर्षसम्‍म बाँच्छ भने, परमेश्‍वरको सार्वभौमिकतालाई जान्‍नको लागि उसँग लगभग तीस वर्ष जति हुन्छ; यदि व्यक्तिले लामो समय अवधि चाहन्छ भने, यदि व्यक्तिको आयु लामो छ भने, व्यक्ति एक शताब्दी जति बाँच्‍न सक्छ भने मात्रै त्यो कुरा सम्‍भव हुन्छ। त्यसैले म भन्छु, मानव अस्तित्वका सामान्य नियमहरूअनुसार, व्यक्तिले सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍नेसम्‍बन्धी विषयलाई पहिलोपटक सामना गरेपछि त्यो सार्वभौमिकताको तथ्यलाई उसले पूर्ण रूपमा पहिचान गर्न सकुञ्‍जेल, अनि त्यो समयदेखि व्यक्ति यसमा समर्पित हुन सकुञ्‍जेलसम्‍मको प्रक्रिया निकै लामो हुने भए तापनि, यदि व्यक्तिले वास्तवमा वर्षहरूको गन्ती गर्छ भने, व्यक्तिले यी इनामहरू प्राप्त गर्ने मौकाको रूपमा तीस वा चालीस वर्षभन्दा बढी समय पाउँदैन। अनि प्रायजसो, मानिसहरू आशिष्‌हरू प्राप्त गर्ने आफ्‍ना इच्‍छा र महत्वाकांक्षाहरूमा बहकिएर जान्छन्, त्यसैले तिनीहरू मानव जीवनको सार कहाँ छ सो छुट्याउन सक्दैनन् र सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍नुको महत्त्व बुझ्दैनन्। मानव जीवन र सृष्टिकर्ताको सार्वभौमिकतालाई अनुभव गर्नको लागि मानव संसारमा प्रवेश गर्ने यो बहुमूल्‍य अवसरलाई त्यस्ता मानिसहरूले बहुमूल्य ठान्दैनन्, अनि सृष्टि गरिएको प्राणीले सृष्टिकर्ताको व्यक्तिगत मार्गनिर्देशन प्राप्त गर्नु कति बहुमूल्‍य छ भन्‍ने तिनीहरूले महसुस गर्दैनन्। त्यसैले म भन्छु, परमेश्‍वरको कार्य शीघ्र रूपमा समाप्त होस् भन्‍ने चाहना गर्ने, उहाँको वास्तविक व्यक्तित्वलाई तुरुन्तै देख्‍न सकूँ र सकेजति चाँडो आशिष्‌हरू प्राप्त गर्न सकूँ भनेर परमेश्‍वरले जतिसक्दो चाँडो मानिसको अन्त्यको बन्दोबस्त गरून् भन्‍ने इच्‍छा गर्ने मानिसहरू—तिनीहरू सबैभन्दा खराब प्रकारको अनाज्ञाकारिताको दोषी हुन्छन् अनि तिनीहरू घोर रूपमा मूर्ख हुन्छन्। यसबीच, मानिसहरूका बीचमा रहेका बुद्धिमानीहरू, सबैभन्दा बढी मानसिक तीक्ष्णता भएकाहरू, आफ्‍नो सीमित समय अवधिमा सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍ने यो अद्वितीय अवसरको फाइदा लिनेहरू हुन्। यी दुई फरक इच्‍छाहरूले दुई वटा अत्यन्तै फरक दृष्टिकोण र खोजीलाई खुलासा गर्छन्: आशिष्‌हरू खोज्‍नेहरू स्वार्थी र नीच हुन्छन् अनि तिनीहरूले परमेश्‍वरको इच्‍छालाई कुनै ध्यान दिँदैनन्, कहिल्यै पनि परमेश्‍वरको सार्वभौमिकतालाई बुझ्‍ने प्रयास गर्दैनन्, यसमा समर्पित हुने इच्‍छा कहिल्यै गर्दैनन्, बरु आफूलाई जस्तो मन लाग्यो त्यस्तै तवरमा जिउन चाहन्छन्। तिनीहरू अनुचित चरित्रहीनहरू हुन्, अनि मानिसहरूको यही वर्गलाई नै नष्ट गरिनेछ। परमेश्‍वरलाई चिन्‍न खोज्‍नेहरूले आफ्‍ना इच्‍छाहरूलाई पन्छाउन सक्छन्, तिनीहरू परमेश्‍वरको सार्वभौमिकता र परमेश्‍वरको बन्दोबस्तमा समर्पित हुन इच्‍छुक हुन्छन्, अनि तिनीहरू परमेश्‍वरको अख्तियारको अधीनमा बस्‍न र परमेश्‍वरको इच्‍छालाई सन्तुष्ट पार्न प्रयास गर्ने प्रकारका मानिसहरू हुन्। यस्ता मानिसहरू ज्योतिमा र परमेश्‍वरका आशिष्‌हरूको बीचमा जिउँछन्, अनि तिनीहरूलाई अवश्य नै परमेश्‍वरले स्याबासी दिनुहुनेछ। जेसुकै भए पनि, मानव छनौट व्यर्थ छ, अनि परमेश्‍वरको कामको लागि कति लामो समय लाग्‍नेछ, त्यसबारे मानिसहरूले केही पनि भन्‍न सक्दैनन्। आफैलाई परमेश्‍वरको कृपामा सुम्पेर उहाँको सार्वभौमिकतामा समर्पित हुनु नै मानिसहरूको लागि उचित हुन्छ। यदि तैँले आफैलाई उहाँको कृपामा समर्पित गर्दैनस् भने, तैँले के गर्न सक्छस् र? के यसको परिणामस्वरूप परमेश्‍वरले कुनै घाटा बेहोर्नुहुनेछ र? यदि तैँले आफैलाई उहाँको कृपामा समर्पित गर्दैनस्, तर आफैलाई मालिक ठान्छस् भने, तैँले मूर्ख निर्णय गरिरहेको हुन्छस्, र आखिरमा घाटा बेहोर्ने तँ नै हुनेछस्। मानिसहरूले जतिसक्दो चाँडो परमेश्‍वरसँग सहकार्य गर्छन् भने मात्रै, तिनीहरूले उहाँको योजनाबद्ध कार्यलाई स्वीकार गर्न, उहाँको अख्‍तियारलाई जान्‍न, र तिनीहरूका लागि उहाँले गर्नुभएका सबै कुरा बुझ्‍न हतार गर्छन् भने मात्रै, तिनीहरूले आशा पाउनेछन्। यसरी मात्रै तिनीहरूको जीवन व्यर्थमा जिइएको हुनेछैन, र तिनीहरूले मुक्ति प्राप्त गर्नेछन्।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ३” बाट उद्धृत गरिएको

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

पाँचौं महत्वपूर्ण मोड: सन्तान

विवाह गरिसकेपछि, व्यक्तिले अर्को पुस्ताको सन्तान हुर्काउन सुरु गर्छ। आफूले कति जना र कस्ता बालबच्‍चा जन्‍माउने भन्‍ने बारेमा व्यक्तिले कुनै...

मानिसको भवितव्य सम्‍बन्धी परमेश्‍वरको व्यवस्थापनको तथ्यलाई बुझ्‍नु र पहुँच गर्नु

मानव नियतिमाथि परमेश्‍वरको सार्वभौमिकता छ भन्‍ने तथ्यलाई कसैले पनि परिवर्तन गर्न सक्दैन मैले भर्खरै बताएको सबै कुरा सुनिसकेपछि, के...

छैटौं महत्वपूर्ण मोड: मृत्यु

धेरै दौडधूप, धेरै निराशा र विफलताहरूपछि, धेरै आनन्द र शोक अनि उतारचढावपछि, बिर्सनै नसक्‍ने धेरै वर्षहरूपछि, ऋतुहरू आए-गएको हेरेपछि, पत्तै...

चौथो महत्वपूर्ण मोड: विवाह

व्यक्तिको उमेर बढ्दै गएपछि र ऊ परिपक्‍व भएपछि, ऊ आफ्‍ना बाबुआमा र ऊ जन्‍मेको र हुर्केको वातावरणबाट अझै टाढा जान्छ, अनि जीवनको दिशा खोज्‍न र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्