मानिसको भवितव्य सम्‍बन्धी परमेश्‍वरको व्यवस्थापनको तथ्यलाई बुझ्‍नु र पहुँच गर्नु

13 अगस्ट 2021

मानव नियतिमाथि परमेश्‍वरको सार्वभौमिकता छ भन्‍ने तथ्यलाई कसैले पनि परिवर्तन गर्न सक्दैन

मैले भर्खरै बताएको सबै कुरा सुनिसकेपछि, के नियतिसम्‍बन्धी तिमीहरूको विचार परिवर्तन भएको छ? मानव नियतिमाथि परमेश्‍वरको सार्वभौमिकताको तथ्यलाई तिमीहरू कसरी बुझ्छौ? यसलाई सरल रूपमा भन्दा, परमेश्‍वरको अख्तियारअन्तर्गत हरेक व्यक्तिले उहाँका सार्वभौमिकता र बन्दोबस्तहरूलाई सक्रिय वा निष्क्रिय रूपमा स्वीकार गर्छ, अनि आफ्‍नो जीवनकालमा व्यक्तिले जसरी संघर्ष गरे पनि, व्यक्तिले जति वटा कुटिल मार्गहरू हिँडे पनि, आखिरमा तिनीहरू सृष्टिकर्ताले तिनीहरूका लागि कोर्नुभएको नियतिको परिक्रमा पथमा नै फर्कनेछन्। यो सृष्टिकर्ताको अख्‍तियारको अजेयता र उहाँको अख्तियारले ब्रह्माण्डलाई नियन्त्रण र शासन गर्ने तरिका हो। यही अजेयता, नियन्त्रण र शासनको यही स्वरूप नै ती नियमहरूको लागि जिम्मेवार छ जसले यावत् थोकको जीवनलाई नियन्त्रण गर्छन्, हस्तक्षेपविना नै बारम्‍बार मानिसहरूलाई पुनर्जन्‍म लिन दिन्छन्, अनि दिनहुँ, वर्षौंवर्ष संसारलाई नियमित रूपमा घुम्‍ने र अघि बढ्ने तुल्याउँछन्। तिमीहरूले यी सबै तथ्यहरूलाई देखेका छौ र सतही रूपमा भए पनि वा गहन रूपमा भए पनि तिमीहरूले तिनलाई बुझ्छौ, अनि तिमीहरूको बुझाइको गहिराइ सत्यतासम्‍बन्धी तिमीहरूको अनुभव र ज्ञान, र परमेश्‍वरसम्‍बन्धी तिमीहरूको ज्ञानमा निर्भर रहन्छ। तैँले सत्यताको यथार्थलाई कति राम्ररी जान्दछस्, तैँले परमेश्‍वरका वचनहरूलाई कति धेरै अनुभव गरेको छस्, तैँले परमेश्‍वरको सार र स्वभावलाई कति राम्ररी जान्दछस्—यी सबैले परमेश्‍वरका सार्वभौमिकता र बन्दोबस्तहरूसम्‍बन्धी तेरो बुझाइको गहिराइलाई प्रतिनिधित्व गर्छन्। के परमेश्‍वरका सार्वभौमिकता र बन्दोबस्तहरूको अस्तित्व मानवजाति त्यसमा समर्पित हुन्छन् कि हुँदैनन् भन्‍ने कुरामा निर्भर हुन्छ? के परमेश्‍वरमा यो अख्‍तियार छ भन्‍ने तथ्य मानवजाति यसमा समर्पित हुन्छन् कि हुँदैनन् भन्‍ने कुराद्वारा निर्धारित हुन्छ? परिस्‍थितिहरू जस्तोसुकै भए पनि परमेश्‍वरको अख्तियार अस्तित्वमा रहन्छ। सबै परिस्थितिहरूमा, परमेश्‍वरले आफ्‍ना विचार र कामनाहरूअनुसार मानव नियति र सबै कुराहरूलाई नियन्त्रण र व्यवस्थित गर्नुहुन्छ। मानव परिवर्तनको परिणामस्वरूप यो परिवर्तन हुनेछैन; यो मानिसको इच्‍छाबाट स्वतन्त्र हुन्छ, समय, स्थान, र भूगोलमा आएको कुनै परिवर्तनले यसलाई हेरफेर गर्न सक्दैन, किनभने परमेश्‍वरको अख्तियार नै उहाँको सारतत्व हो। मानिसले परमेश्‍वरको सार्वभौमिकतालाई जान्‍न र स्वीकार गर्न सक्छ कि सक्दैन, अनि यसमा मानिस समर्पित हुन सक्छ कि सक्दैन—यीमध्ये कुनै पनि विचारले मानव नियतिमाथि रहेको परमेश्‍वरको सार्वभौमिकताको तथ्यलाई रत्तिभर परिवर्तन गर्न सक्दैन। भन्‍नुको अर्थ, परमेश्‍वरको सार्वभौमिकताप्रति मानिसले जस्तोसुकै मनोवृत्ति लिए तापनि, मानव नियति र यावत् थोकमाथि परमेश्‍वरकै सार्वभौमिकता छ भन्‍ने तथ्यलाई यसले परिवर्तन गर्नै सक्दैन। यदि तँ परमेश्‍वरको सार्वभौमिकतामा समर्पित भइनस् भने पनि, तेरो भाग्यमाथि उहाँको नियन्त्रण रहिरहन्छ; तैँले उहाँको सार्वभौमिकतालाई जान्‍न सकिनस् भने पनि, उहाँको अख्‍तियार अस्तित्वमा रहिरहन्छ। परमेश्‍वरको अख्तियार अनि मानव नियतिमाथि परमेश्‍वरको सार्वभौमिकता छ भन्‍ने तथ्य मानव इच्‍छाबाट स्वतन्त्र छन्, र मानिसका रुचि र निर्णयहरूअनुसार ती परिवर्तन हुँदैनन्। परमेश्‍वरको अख्तियार जहाँसुकै, जुनसुकै घडीमा, जुनसुकै क्षणमा हुन्छ। स्वर्ग र पृथ्वी मरेर जालान्, तर उहाँको अख्‍तियार कहिल्यै पनि मर्नेछैन, किनभने उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ, उहाँसँग अद्वितीय अख्‍तियार छ, अनि उहाँको अख्‍तियार मानिसहरू, घटनाहरू, वा द्रव्यहरूद्वारा, स्थान वा भूगोलद्वारा प्रतिबन्धित वा सीमित छैन। सधैँभरि नै, परमेश्‍वरले आफ्‍नो अख्‍तियार प्रयोग गर्नुहुन्छ, आफ्‍नो शक्ति देखाउनुहुन्छ, उहाँले सधैँ गर्नुभएझैँ आफ्‍नो व्यवस्थापन कार्यलाई जारी राख्‍नुहुन्छ; सधैँभरि नै, उहाँले सधैँ गर्नुभएझैँ, यावत् थोकलाई शासन गर्नुहुन्छ, यावत् थोकको लागि बन्दोबस्त गर्नुहुन्छ, यावत् थोकलाई योजनाबद्ध गर्नुहुन्छ। यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। तथ्य यही हो; अनन्त समयदेखि नै यो अपरिवर्तनीय सत्यको रूपमा रहिआएको छ!

मानिसको भवितव्य सम्‍बन्धी परमेश्‍वरको व्यवस्थापनको तथ्यलाई बुझ्‍नु र पहुँच गर्नु

परमेश्‍वरको अख्तियारमा समर्पित हुन चाहनेको लागि उचित मनोवृति र अभ्यास

परमेश्‍वरको अख्तियार र मानव नियतिमाथि परमेश्‍वरको सार्वभौमिकताको तथ्यलाई मानिसले कस्तो मनोवृतिले जान्‍नु र लिनुपर्छ? हरेक व्यक्तिको अघि खडा हुने वास्तविक समस्या यही हो। वास्तविक जीवनका समस्याहरूको सामना गर्ने क्रममा, तैँले परमेश्‍वरको अख्तियार र उहाँको सार्वभौमिकतालाई कसरी जान्‍नु र बुझ्‍नुपर्छ? जब तैँले यी समस्याहरूको सामना गर्छस् अनि तिनलाई कसरी बुझ्‍ने, सम्हाल्ने, र अनुभव गर्ने भन्‍ने तँलाई थाहा हुँदैन, तब समर्पित हुने तेरो अभिप्रायलाई, समर्पित हुने तेरो इच्‍छालाई, र परमेश्‍वरका सार्वभौमिकता र बन्दोबस्तहरूप्रतिको तेरो समर्पणताको वास्तविकतालाई देखाउन तैँले कस्तो मनोवृत्ति अपनाउनुपर्छ? पहिलो, तैँले प्रतीक्षा गर्न सिक्‍नुपर्छ; त्यसपछि तैँले खोजी गर्न सिक्‍नुपर्छ; अनि त्यसपछि तैँले समर्पित हुन सिक्‍नुपर्छ। “प्रतीक्षा गर्नु” भनेको परमेश्‍वरको समयलाई प्रतीक्षा गर्नु हो, उहाँले तेरो निम्ति बन्दोबस्त गर्नुभएका मानिसहरू, घटनाहरू र काम-कुराहरूलाई प्रतीक्षा गर्नु हो, उहाँको इच्‍छा आफै तँकहाँ क्रमिक रूपमा प्रकट हुनको लागि प्रतीक्षा गर्नु हो। “खोजी गर्नु” भनेको उहाँले योजना गर्नुभएका मानिसहरू, घटनाहरू, र काम-कुराहरूमार्फत तेरो निम्ति परमेश्‍वरका विचारपूर्ण अभिप्रायहरूलाई अवलोकन गर्नु र बुझ्‍नु हो, तिनीहरूमार्फत सत्यतालाई बुझ्‍नु हो, मानिसहरूले हासिल गर्नैपर्ने कुराहरू र तिनीहरूले पालना गर्नैपर्ने मार्गहरूलाई बुझ्‍नु हो, परमेश्‍वरले मानिसहरूमा के-कस्ता परिणामहरू हासिल गर्न चाहनुहुन्छ अनि उहाँले तिनमा के-कस्ता उपलब्धिहरू प्राप्त गर्न चाहनुहुन्छ त्यसलाई बुझ्‍नु हो। “समर्पित हुनु” ले चाहिँ अवश्य नै परमेश्‍वरले योजनाबद्ध गर्नुभएका मानिसहरू, घटनाहरू, र काम-कुराहरूलाई स्वीकार गर्नुलाई जनाउँछ, उहाँको सार्वभौमिकता स्वीकार गर्नुलाई जनाउँछ अनि यसमार्फत सृष्टिकर्ताले कसरी मानिसको नियतीलाई नियन्त्रण गर्नुहुन्छ, उहाँले कसरी मानिसलाई उहाँको जीवन आपूर्ति गर्नुहुन्छ, मानिसभित्र उहाँले कसरी सत्यताको काम गर्नुहुन्छ सो जान्‍नुलाई जनाउँछ। परमेश्‍वरका बन्दोबस्तहरू र सार्वभौमिकताको अधीनमा रहेका यावत् थोकले प्राकृतिक नियमहरू पालना गर्छन्, अनि यदि तैँले परमेश्‍वरलाई तेरो लागि सबै कुराहरू बन्दोबस्त गर्न र नियन्त्रण गर्न दिने संकल्प गरिस् भने, तैँले प्रतीक्षा गर्न सिक्‍नैपर्छ, तैँले खोजी गर्न सिक्‍नैपर्छ, अनि तैँले समर्पित हुन सिक्‍नैपर्छ। परमेश्‍वरको अख्तियारमा समर्पित हुन चाहने हरेक व्यक्तिले अपनाउनुपर्ने मनोवृत्ति यही हो, परमेश्‍वरका सार्वभौमिकता र बन्दोबस्तहरूलाई स्वीकार गर्न चाहने हरेक व्यक्तिमा हुनुपर्ने आधारभूत गुण यही हो। त्यस्तो मनोवृत्ति धारण गर्नको लागि, त्यस्तो गुण प्राप्त गर्नको लागि, तैँले अझै बढी परिश्रम गर्नैपर्छ। साँचो वास्तविकतामा तैँले प्रवेश गर्न सक्‍ने एउटै मार्ग यही हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ३” बाट उद्धृत गरिएको

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

पहिलो महत्वपूर्ण मोड: जन्‍म

व्यक्तिको जन्‍म कहाँ हुन्छ, तिनीहरू कुन परिवारमा जन्‍मन्छन्, उसको लिङ्ग, रूप, अनि जन्‍मको समय—व्यक्तिको जीवनको पहिलो महत्वपूर्ण मोडका...

चौथो महत्वपूर्ण मोड: विवाह

व्यक्तिको उमेर बढ्दै गएपछि र ऊ परिपक्‍व भएपछि, ऊ आफ्‍ना बाबुआमा र ऊ जन्‍मेको र हुर्केको वातावरणबाट अझै टाढा जान्छ, अनि जीवनको दिशा खोज्‍न र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्