अनुग्रहको युगको र राज्यको युगको मण्डली जीवनबीचका भिन्नताहरू

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

जब अनुग्रहको युगमा परमेश्‍वर तेस्रो स्वर्गमा फर्कनुभयो, त्यसबेला सम्पूर्ण मानवजातिलाई छुटकारा दिने परमेश्‍वरको काम वास्तवमा अन्तिम चरणमा पुगिसकेको थियो। पृथ्वीमा केवल येशूले आफ्नो पिठिउँमा बोक्‍नुभएको क्रूस, येशूलाई बेह्रिएको सूती कपडा, र काँढाको मुकुट र येशूले पहिरिनुभएको लाल-बैजनी वस्‍त्र मात्र बाँकी रहेको थियो (यहूदीहरूले यिनै थोकहरूलाई लिएर उहाँको हाँसो उडाए)। अर्थात्, येशूको क्रूसीकरणको कामले ठूलो सनसनी उत्पन्न गरेपछि, परिस्थिति फेरि शान्त भयो। त्यस बेलादेखि यता, येशूका चेलाहरूले उहाँको काम अघि बढाउन थाले, सबैतिरका मण्डलीहरूलाई गोठालो र सिञ्‍चन गर्ने काम गरे। उनीहरूका कामको बेहोरा यसप्रकार थियो: उनीहरूले सबै मानिसहरूलाई पश्‍चात्ताप गर्न, आफ्ना पापहरू स्वीकार गर्न र बप्तिस्मा लिन आग्रह गरे; अनि सबै प्रेरितहरू येशूको क्रूसीकरणको भित्री कथालाई केही थपथाप नगरी फैलाउन गए, र यसैले सबै जना आफ्ना पापहरू स्वीकार गर्दै येशूको सामु लम्पसार नपरी रहन सकेनन्; र यसबाहेक, प्रेरितहरू येशूले बोल्नुभएका वचनहरू प्रचार गर्दै सबै ठाउँमा गए। त्यस बेलादेखि अनुग्रहको युगमा मण्डलीहरूको निर्माण सुरु भयो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (६)

विगतमा, विभिन्‍न स्थानमा आयोजना गरिने विशेष भेलाहरू वा भव्य भेलाहरूमा, अभ्यासको मार्गको एउटै पक्षको बारेमा मात्रै बोलियो। त्यस्तो अभ्यास अनुग्रहको युगको अवधिमा व्यवहारमा उतार्नुपर्ने अभ्यास थियो, र परमेश्‍वर सम्‍बन्धी ज्ञानसँग यसले मुस्किलले सम्‍बन्ध राख्थ्यो, किनभने अनुग्रहको युगको दर्शन येशूको क्रुसीकरणको दर्शन मात्रै थियो, र अरू कुनै ठूला दर्शनहरू थिएनन्। क्रुसीकरणद्वारा उहाँले गर्नुभएको मानवजातिको छुट्काराको कामभन्दा बढी कुरा मानिसले जान्‍नुहुँदैन भन्ने मानिन्थ्यो, र अनुग्रहको युगको अवधिमा, मानिसले जान्‍नुपर्ने अरू कुनै पनि दर्शनहरू थिएनन्। यसरी, मानिससँग परमेश्‍वरसम्‍बन्धी थोर मात्रै ज्ञान थियो, र येशूको प्रेम र करुणा सम्‍बन्धी ज्ञान बाहेक, उसले अभ्यास गर्नका लागि थोरै सरल र दयनीय कुराहरू, अर्थात्, आजका कुराहरूभन्दा निकै टाढाको कुराहरू मात्रै थिए। विगतमा, उसको भेलाले जस्तोसुकै आकार लिए पनि, परमेश्‍वरको कामको व्यवहारिक ज्ञानको बारेमा बताउन मानिस असक्षम थियो, मानिस प्रवेश गर्नुपर्ने सबैभन्दा उपयुक्त अभ्यासको मार्ग कुन हो भन्‍ने कुरालाई कसैले स्पष्ट रूपमा बताउन सक्‍नु त परै जाओस्। मानिसले सहनशीलता र धैर्यताको जगमा केही सरल विवरणहरू मात्रै थप्यो; उसको अभ्यासको सारमा कुनै परिवर्तन नै थिएन, किनभने उही युगमा परमेश्‍वरले कुनै पनि नयाँ काम गर्नुभएन, र मानिसलाई उहाँले गर्नुभएका मागहरू सहनशीलता र धैर्यता, वा क्रूस उठाउने कार्य मात्रै थिए। त्यस्ता अभ्यासहरू बाहेक, येशूको क्रुसीकरणभन्दा अरू कुनै उच्‍च दर्शनहरू थिएनन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

सामान्य आत्मिक जीवन प्रार्थना गर्ने, भजन गाउने, मण्डली जीवनमा भाग लिने, परमेश्‍वरका वचनहरू खाने र पिउनेजस्ता अभ्यासहरूमा सीमित छैन। बरु, यसमा त नयाँ र जीवन्त आत्मिक जीवन जिउने कार्य समावेश हुन्छ। तैँले कसरी अभ्यास गर्छस् भन्ने होइन, बरु तेरो अभ्यासले कस्तो फल फलाउँछ भन्‍ने चाहिँ महत्त्वपूर्ण कुरा हो। धेरैजसो मानिसहरूले के विश्‍वास गर्छन् भने सामान्य आत्मिक जीवनमा प्रार्थना गर्नु, भजन गाउनु, परमेश्‍वरका वचनहरू खानु र पिउनु वा उहाँका वचनहरूलाई ध्यान दिनु जरुरी हुन्छ, चाहे त्यस्ता प्रचलनहरूले वास्तवमा कुनै असर पारोस् वा नपारोस् वा साँचो बुझाइमा डोर्‍याओस् वा नडोर्‍याओस्। यी मानिसहरूले नतिजाहरूलाई ध्यानै नदिई सतही प्रक्रियाहरूलाई पछ्याउने कार्यमा ध्यान दिन्छन्; तिनीहरू धार्मिक रीतिथितिमा जिउने मानिसहरू हुन्, मण्डलीभित्र जिउने मानिसहरू होइनन्, तिनीहरू राज्यका मानिसहरू हुने कुरा त परै जाओस्। तिनीहरूका प्रार्थना, भजन गाउने, र परमेश्‍वरका वचनहरू खाने र पिउने कार्य भनेका केवल नियम-पालना हुन् जुन बाध्यताको कारण र प्रचलनहरूलाई पूरा गर्नको लागि गरिएका हुन्, इच्छाले वा हृदयबाट गरिएका होइनन्। यी मानिसहरूले जति नै प्रार्थना गरे पनि वा गीत गाए पनि, तिनीहरूका प्रयासले कुनै फल फलाउनेछैन, किनभने तिनीहरूले अभ्यास गर्ने भनेका केवल धर्मका नियम र विधिहरू मात्र हुन्; तिनीहरूले वास्तवमा परमेश्‍वरका वचनहरू अभ्यास गरिरहेका हुँदैनन्। तिनीहरूले कसरी अभ्यास गर्छन् भन्नेबारेमा हल्लीखल्ली गर्नमा मात्रै तिनीहरू ध्यान दिन्छन्, र उनीहरूले परमेश्‍वरका वचनहरूलाई पालन गर्नुपर्ने नियमको रूपमा लिन्छन्। त्यस्ता मानिसहरूले परमेश्‍वरका वचनहरूलाई अभ्यास गरिरहेका हुँदैनन्; तिनीहरूले केवल देहलाई सन्तुष्ट पारिरहेका हुन्छन्, र अरू मानिसहरूलाई देखाउनका लागि कार्य गरिरहेका हुन्छन्। यी धार्मिक नियम र विधिहरू सबै मानवबाट आएका हुन्; ती परमेश्‍वरबाट आएका होइनन्। परमेश्‍वर न त नियमहरू पालना गर्नुहुन्छ, न उहाँ कुनै काननको अधीनमा हुनुहुन्छ। बरु उहाँले त व्यवहारिक कार्य पूरा गर्दै दिनहुँ नयाँ काम गर्नुहुन्छ। हरेक दिन बिहानको सेवाहरूमा भाग लिने, साँझको प्रार्थना र खानाको अगाडि कृतज्ञताको प्रार्थना गर्ने, र सबै कुरामा धन्यवाद दिनेजस्ता अभ्यासहरूमा आफैलाई सीमित राख्ने थ्री सेल्फ चर्चका मानिसहरूजस्तै—उनीहरूले जति नै यसो गरे पनि र जति धेरै समयसम्म तिनीहरूले त्यसो गरे पनि, तिनीहरूसँग पवित्र आत्माको काम हुनेछैन। जब मानिसहरू नियमहरूमा बाँचिरहेका हुन्छन् र आफ्ना हृदयलाई अभ्यासका विधिहरूमा केन्द्रित गर्छन्, पवित्र आत्माले काम गर्न सक्‍नुहुन्‍न, किनकि उनीहरूको हृदय नियमहरू र मानवीय धारणाहरूले ओगटेको हुन्छ। तसर्थ, परमेश्‍वर हस्तक्षेप गर्न र तिनीहरूमा काम गर्न असमर्थ हुनुहुन्छ, र तिनीहरू केवल व्यवस्थाको नियन्त्रणमा मात्र जिइरहन सक्छन्। यस्ता मानिसहरू परमेश्‍वरको प्रशंसा प्राप्त गर्न सदा असक्षम हुन्छन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सामान्य आत्मिक जीवनको सम्‍बन्धमा

मानिसको प्रवेशको क्रममा, जीवन सधैँ न्यास्रो हुन्छ, आत्मिक जीवन दिक्कलाग्दा तत्वहरूले भरिएको हुन्छ, जस्तै प्रार्थना गर्नु, परमेश्‍वरका वचनहरू खाने र पिउने, वा भेलाहरू आयोजन गर्ने, आदि, यसैले मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्दा कुनै ठूलो आनन्द प्राप्त हुँदैन भन्ने महसुस गर्दछन्। त्यस्ता आत्मिक गतिविधिहरू सधैँ मानवजातिको मौलिक स्वभावको आधारमा गरिन्छ, जुन शैतानद्वारा भ्रष्ट पारिएको छ। मानिसहरूले कहिलेकहीँ पवित्र आत्माको ज्ञान प्राप्त गर्न सके पनि, तिनीहरूको मौलिक सोच, स्वभाव, जीवनशैली र बानीहरूले अझै पनि जरा गाडेका हुन्छन् र यसैले तिनीहरूका स्वभाव अपरिवर्तित रहन्छ। … वास्तवमा, जब परमेश्‍वरको कामको एक चरण समाप्त हुन्छ, उहाँले त्यस समयका औजार र शैलीहरूलाई तिनका एउटै पनि निसानासमेत नछोडी अघिबाटै नाश पारिसक्‍नुभएको हुन्छ। तापनि, “समर्पित विश्‍वासीहरू” ले ती ठोस भौतिक वस्तुहरूको आराधना गरी नै रहन्छन्; यसै बीच तिनीहरूले परमेश्‍वरसित जे छ त्यो आफ्ना मनको पछाडि राख्छन्, यसलाई उप्रान्त अध्ययन गर्दैनन् र परमेश्‍वरको प्रेमले पूरा भरिएको जस्ता देखिन्छन्, जब तिनीहरूले वास्तवमा उहाँलाई धेरै समय अघि घरबाट बाहिर निकालेर र शैतानलाई आराधनाको टेबलमा राखेका हुन्छन्। येशू, क्रूस, मरियम, येशूको बप्तिस्मा र अन्तिम भोज आदिका चित्रहरू—मानिसहरूले यी सबै थोकलाई स्वर्गका परमप्रभुको रूपमा मान्छन्, जहिले पनि “परमप्रभु, सर्गमा बस्‍नुहुने पिता” भनेर पुकारिरहेका हुन्छन्। के यो सबै ठट्टा होइन? आजको दिनसम्म, त्यस्तै धेरै भनाइहरू र अभ्यासहरू जुन मानवजातिको बीचमा हस्तान्तरण गरिएका छन् ती परमेश्‍वरका निम्ति घृणित छन्; तिनले गम्भीर रूपमा परमेश्‍वरका लागि अगाडिको बाटो अवरोध गर्दछन्, र त्यसबाहेक, मानवजातिको प्रवेशमा ठूलो अवरोध उत्पन्न गर्दछन्। शैतानले मानवजातिलाई भ्रष्ट पारेको हदलाई पन्छाएर हेर्दा, मानिसहरूका भित्रपट्टि पूर्ण रूपले विटनेस लि-का कानुन, लरेन्सका अनुभवहरू, वाच मेन निद्वारा गरिएका सर्वेक्षणहरू र पावलका कामहरूले भरिएका हुन्छन्। परमेश्‍वरका लागि मानिसमा काम गर्ने कुनै उपाय हुँदैन, किनकि तिनीहरूभित्र धेरै व्यक्तित्ववाद, कानुन, नियम, नीति, प्रणाली र त्यस्तै अन्य कुराहरू हुन्छन्; मानिसको सामन्ती अन्धविश्‍वासी प्रवृत्तिबाहेक यी कुराहरूले मानवजातिलाई समातेका र नाश पारेका छन्। यस्तो लाग्छ, कि मानौं मानिसहरूका विचारहरू एउटा चाखलाग्दो परिकथा वर्णन गर्ने पूर्ण रङ्गीन, प्राणीहरू बादलमा सवार भएको चलचित्र हो, त्यो यति कल्पनाशील हुन्छ जसले मानिसहरूलाई चकित बनाउँछ, तिनीहरू स्तब्ध र अवाक् बन्छन्। सत्य कुरा भन्नुपर्दा, परमेश्‍वर आज जुन काम गर्न आउनुहुन्छ त्यो मुख्य रूपमा मानव जातिको अन्धविश्‍वासका गुणहरूको निराकरण गर्नु र ती हटाउनु साथै तिनीहरूका मानसिक दृष्टिकोणलाई पूर्ण रूपान्तरण गर्नु हो। मानवजातिद्वारा पुस्तौं-पुस्तादेखि हस्तान्तरण गरिँदैआएको उत्तराधिकारको कारण परमेश्‍वरको काम आजको दिनसम्म रहेको छैन; यो काम उहाँद्वारा व्यक्तिगत रूपमा सुरु भएको हो र उहाँद्वारा नै सम्पन्न भएको छ, यसमा सफल हुन कुनै खास महान् आत्मिक व्यक्तिको विरासतको वा कुनै अर्को युगमा परमेश्‍वरले गर्नुभएको प्रतिनिधिमूलक प्रकृतिको कुनै पनि काम प्राप्त गर्नुपर्ने आवश्यकता परेन। मानव जातिले यी कुनै पनि थोकको बारेमा आफै चिन्ता लिनुपर्दैन। आज परमेश्‍वरसँग बोल्ने र काम गर्ने शैली अर्कै छ, त्यसैले मानिसले किन आफैलाई दुःख दिनुपर्दछ? यदि मानिसहरू आफ्ना “पुर्खाहरू” का परम्परालाई जारी राख्दै वर्तमान प्रवाहसहित आजको बाटोमा हिँड्छन् भने, तिनीहरू कुनै गन्तव्यमा पुग्नेछैनन्। जसरी परमेश्‍वरले मानव संसारको वर्ष, महिना र दिनहरूलाई घृणा गर्नुहुन्छ त्यसरी नै मानिसको व्यवहारको यो विशेष तरिकाप्रति उहाँले असाध्यै घृणा महसुस गर्नुहुन्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (३)

सियोनमा प्रशंसा आएको छ र परमेश्‍वरको वासस्थान देखा परेको छ। सबै मानिसहरूले गुणगान गरेको त्यो महिमित पवित्र नाउँ फैलिन्छ। अहा, सर्वशक्तिमान् परमेश्‍वर! ब्रह्माण्डका शिर, आखिरी दिनहरूका ख्रीष्ट—उहाँ सियोन पर्वतमा उदाउनुभएको चम्किलो सूर्य हुनुहुन्छ, जुन सारा ब्रह्माण्डमा प्रताप र भव्यतामा अल्गिएको छ …

हे सर्वशक्तिमान् परमेश्‍वर! हामी आनन्दसाथ तपाईंलाई पुकार्छौं; हामी नाच्छौं र गाउँछौं। तपाईं साँच्चै हाम्रा उद्धारक हुनुहुन्छ, ब्रह्माण्डका महान् राजा! तपाईंले विजेताहरूको समूह बनाउनुभएको छ र परमेश्‍वरको व्यवस्थापनको योजना पूरा गर्नुभएको छ। सबै मानिसहरू त्यो पर्वतमा ओइरिएर आउनेछन्। सबै मानिसहरूले त्यो सिंहासनको सामु घुँडा टेक्नेछन्! तपाईं एकमात्र सत्य परमेश्‍वर हुनुहुन्छ, र तपाईं महिमा र आदर पाउने योग्यका हुनुहुन्छ। सारा महिमा, प्रशंसा र अधिकार त्यो सिंहासनलाई होस्! त्यो सिंहासनबाट जीवनको खोलो बग्दछ, जसले परमेश्‍वरका मानिसहरूका भीडहरूलाई पानी दिन्छ र खुवाउँछ। प्रत्येक दिनसितै जीवन परिवर्तन हुन्छ; निरन्तर परमेश्‍वरको विषयमा नयाँ जानकारीहरू दिँदै नयाँ ज्योति र नयाँ प्रकाशले हामीलाई पछ्याउँछन्। अनुभवहरूको बीचमा हामी परमेश्‍वरको विषयमा पूर्ण निश्‍चयतामा पुग्छौं। उहाँका वचनहरू निरन्तर प्रकट गरिन्छ, तिनीहरूमा प्रकट गरिन्छ जो सही छन्। हामी साँच्चै आशिषित छौं! प्रत्येक दिन परमेश्‍वरलाई आमने-सामने भेट्छौं, सबै कुरामा परमेश्‍वरसित बातचित गर्दछौं र सबै कुरामाथि परमेश्‍वरलाई सर्वोच्च अधिकार दिन्छौं। हामी होसियारीसाथ परमेश्‍वरको वचनमाथि विचार गर्छौं, हाम्रा हृदयहरू परमेश्‍वरमा शान्त हुन्छन् अनि यसरी हामी परमेश्‍वरको सामु आउँछौं र हामीले उहाँको ज्योति पाउँछौं। प्रत्येक दिन हाम्रा जीवनमा, कार्यहरूमा, बोलीवचनहरूमा, विचारहरूमा र धारणाहरूमा हामी परमेश्‍वरको वचनभित्र जिउँछौं, सब समय भेद छुट्ट्याउन सक्छौं। परमेश्‍वरको वचनले धागोलाई सियोबाट छिराउँछ; अप्रत्याशित रूपमा, हामीभित्र लुकेका कुराहरू एकपछि अर्को गर्दै ज्योतिमा आउँछन्। परमेश्‍वरसितको सङ्गति प्रस्तुत हुन ढिलो गर्दैन; हाम्रा विचार र धारणाहरू परमेश्‍वरद्वारा उदाङ्गो पारिन्छन्। प्रत्येक क्षण हामी ख्रीष्टको आसनको अगि जिइरहेका हुन्छौं जहाँ हाम्रो इन्साफ हुन्छ। हाम्रो शरीरभित्रका प्रत्येक ठाउँ शैतानद्वारा ओगटिएर रहन्छ। आज, परमेश्‍वरको सार्वभौमिकता फेरि प्राप्त गर्न उहाँको मन्दिर शुद्ध पारिनु नै पर्छ। पूर्ण रूपमा परमेश्‍वरद्वारा अधिकार गरिएको हुनका निम्ति हामी जीवन र मृत्युको संघर्षमा सामेल हुनुपर्छ। हाम्रो पुरानो मनुष्यत्व क्रूसमा टाँगियो भने मात्र ख्रीष्टको पुनरुत्थान भएको जीवनले सर्वोच्च रूपमा शासन गर्न सक्छ।

अब पवित्र आत्माले हाम्रो पुनरुद्धारका निम्ति लडाइँ गर्न हाम्रो हरेक कुनामा आक्रमण बढाउनुहुन्छ! जबसम्म हामी आफैलाई इन्कार गर्न र परमेश्‍वरसित सहकार्य गर्न तयार हुन्छौं परमेश्‍वरले निश्चय हामीलाई ज्योति दिनुहुन्छ र हरसमय भित्रैबाट शुद्ध पार्नुहुन्छ, अनि शैतानले जे कब्जा गरेको छ त्यो फेरि नयाँ गरी प्राप्त गर्नुहुन्छ, यसरी हामी चाँडोभन्दा चाँडो परमेश्‍वरद्वारा पूर्ण बन्न सकौं। समय खेर नफाल—प्रत्येक क्षण परमेश्‍वरको वचनभित्र जिओ। सन्तहरूसितै निर्माण होऊ, परमेश्‍वरको राज्यमा ल्याइयो, अनि परमेश्‍वरको साथमा महिमामा प्रवेश गर।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १ बाट

आज तपाईंले सबै मण्डलीहरूलाई पूर्ण बनाउनुभएको छ—फिलाडेल्फियाको मण्डली—अनि त्यसरी तपाईंको ६,००० वर्षको व्यवस्थापन योजना पूरा गर्नुभएको छ। सन्तहरूले आत्मामा जोडिएर अनि प्रेममा रहँदै पछ्याएर, फोहराको मुहानसँग जोडिएर आफैलाई नम्रतापूर्वक तपाईंमा समर्पण गर्न सक्छन्। जीवनको जिउँदो पानी नरोकि बग्छ, मण्डलीमा भएको हिलो र फोहोर पानीलाई पखाल्छ र शुद्ध पार्दछ, यसरी एकचोटि फेरि तपाईंको मन्दिरलाई शुद्ध पार्दछ। हामीले व्यावहारिक सत्य परमेश्‍वरलाई चिनेका छौं, उहाँको वचनभित्र हिँडेका छौं, हाम्रा आफ्नै कार्यहरू र कर्तव्यहरू चिनेका छौं, अनि मण्डलीको खातिर आफैलाई खर्चन जे गर्न सक्छौं ती सबै गरेका छौं। तपाईंको सामु सधैँ चुपचाप रहेर हामीले पवित्र आत्माको काममा ध्यान दिनुपर्छ, नत्र हामीमा तपाईंको इच्छालाई बाधा हुन्छ। सन्तहरूको माझमा परस्पर प्रेम हुन्छ, अनि कसै-कसैका बलले अरूको असफलताहरूलाई पूर्ति गर्दछ। तिनीहरू पवित्र आत्माद्वारा ज्ञान र ज्योति पाएर हरसमय आत्मामा हिँड्न सक्षम हुन्छन्। तिनीहरूले सत्यता बुझेको लगत्तै त्यसलाई व्यवहारमा अपनाउँछन्। तिनीहरू नयाँ ज्योतिसँग कदम मिलाएर अनि परमेश्‍वरका पाइलाहरूलाई पछ्याएर हिँड्छन्।

सक्रिय भएर परमेश्‍वरसँग सहकार्य गर्; उहाँलाई अधीन गर्न दिनुको अर्थ उहाँको साथमा हिँड्नु हो। हाम्रा सबै धारणाहरू, विचारहरू, मन्तव्यहरू र सांसारिक अल्झोहरू धुवाँजस्तो पातलो बतासमा हराउँछ। हामी परमेश्‍वरलाई हाम्रा आत्माहरूमा सर्वोच्च शासन गर्न दिन्छौं, उहाँको साथमा हिँड्छौं र यसरी ज्ञानभन्दा परको अनुभव प्राप्त गर्छौं, संसारमाथि विजय पाउँछौं र हाम्रा आत्माहरू स्वतन्त्र भएर उड्छन् र तिनले छुटकारा प्राप्त गर्दछ: यो सर्वशक्तिमान् परमेश्‍वर राजा बन्नुहुँदा आउने परिणाम हो। हामी ननाची र प्रशंसाको गीत नगाई, हाम्रा प्रशंसाहरू र नयाँ स्तुतिगानहरूका भेटीहरू नचढाई कसरी रहन सक्छौं?

साँच्चै परमेश्‍वरको प्रशंसा गर्ने तरिकाहरू धेरै छन्: उहाँको नाउँ पुकार्नु, उहाँको नजिक जानु, उहाँको बारेमा सोचविचार गर्नु, प्रार्थना गर्दै पढ्नु, सङ्गतिमा सामेल हुनु, चिन्तन र मनन गर्नु, प्रार्थना गर्नु र प्रशंसाका गीतहरू गाउनु। यस किसिमको प्रशंसामा आनन्द हुन्छ, र त्यसमा अभिषेक हुन्छ; प्रशंसामा शक्ति हुन्छ, र बोझ पनि हुन्छ। प्रशंसामा विश्‍वास हुन्छ, र नयाँ अन्तर्दृष्टि हुन्छ।

सक्रिय भएर परमेश्‍वरसँग सहकार्य गर्, सेवामा समन्वय गर् र एउटै बन्, सर्वशक्तिमान् परमेश्‍वरका अभिप्रायहरू पूरा गर्, पवित्र आत्मिक शरीर बन्न हतार गर्, र शैतानलाई कुल्चिमिल्ची गर्, र शैतानको भाग्यको अन्त्य गरिदेओ। फिलाडेल्फियाको मण्डली परमेश्‍वरको उपस्थितिमा उठाइलगिएको छ र उहाँको महिमामा प्रकट गरिएको छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २

सबै जातिहरूले जयजयकार गरिरहेका छन्, सबै मानिसहरू गाउँदैछन्, सियोन पर्वत आनन्दले हाँस्दैछ, र परमेश्‍वरको महिमा उत्पन्न भएको छ! मैले परमेश्‍वरको अनुहार देख्‍नेछु भनी सपनामा पनि सोचेको थिइनँ, तर आज मैले यो देखेको छु। हरेक दिन उहाँसँग आमनेसामने हुन्छु, म उहाँको अगि मेरो हृदय उदाङ्गो पार्छु। उहाँले प्रशस्त खाने र पिउने कुराहरू प्रदान गर्नुहुन्छ। जीवन, वचनहरू, कामहरू, विचारहरू, सोचाइहरू—उहाँको महिमित ज्योतिले ती सबैलाई उज्यालो पार्दछ। उहाँले बाटोको हरेक कदममा डोऱ्याउनुहुन्छ, र कुनै पनि विद्रोही हृदयमाथि उहाँको दण्ड तुरुन्‍तै आउँछ।

परमेश्‍वरको साथमा खाँदै, सँगै बस्दै, र एकसाथ जिउँदै, उहाँको साथमा हुँदै, सँगसँगै हिँड्दै, सँगै रमाइलो गर्दै, सँगसँगै महिमा र आशिष्‌हरू प्राप्त गर्दै, उहाँसँग राजसत्तामा सहभागी हुँदै, र परमेश्‍वरको राज्यमा सँगसँगै अस्तित्वमा रहँदै—अहो, यो कस्तो सुखद छ! अहो, यो कति मीठो छ! हामी हरेक दिन उहाँसँग आमनेसामने हुन्छौं, उहाँसँग हरेक दिन बोल्छौ र नियमित कुराकानी गर्छौं, र हरेक दिन नयाँ ज्ञान र नयाँ अन्तर्दृष्टि प्राप्त हुन्छ। हाम्रा आत्मिक आँखाहरू खोलिएका छन्, र हामी सबै कुरा देख्छौं; आत्माका सबै रहस्यहरू हामीलाई प्रकट गरिएका छन्। पवित्र जीवन साँच्चै चिन्ता मुक्त हुन्छ; चाँडो-चाँडो दगुर र नरोकिओ, र लगातार अगाडि बढिरहो—अगाडि एउटा अझै अचम्मको जीवन छ। केवल मीठो स्वादमा मात्र सन्तुष्ट नबन; परमेश्‍वरमा प्रवेश गर्ने निरन्तर कोसिस गरिराख। उहाँ सबैलाई समेट्ने र प्रशस्त हुनुहुन्छ, र हामीसँग नभएका सबै प्रकारका थोकहरू उहाँसँग छन्। सक्रिय रूपमा सहकार्य गर र उहाँमा प्रवेश गर, र कुनै पनि थोक फेरि पहिलेको जस्तो रहनेछैन। हाम्रो जीवन सर्वोत्कृष्ट हुनेछ, र कुनै पनि व्यक्ति, पदार्थ, वा थोकले हामीलाई बाधा दिन सक्नेछैन।

सर्वोत्कृष्ट! सर्वोत्कृष्ट! साँचो रूपमा सर्वोत्कृष्ट! परमेश्‍वरको सर्वोत्कृष्ट जीवन भित्रै छ, र सबै थोक साँच्चै शान्त छन्। हामी संसार र सांसारिक थोकहरूलाई पार गर्दै, पति वा छोराछोरीसँग बाँधिएको कुनै महसुस गर्दैनौं। हामी बिमारी र वातावरणको नियन्त्रणभन्दा पार पुग्छौं। शैतानले हामीलाई बाधा दिने आँट गर्दैन। हामी सबै विपत्तिहरूलाई पूर्ण रूपमा नाघ्छौं। यसो गर्नु परमेश्‍वरलाई राजसत्ता लिन दिनु हो। हामी शैतानलाई पैतालामुनि कुल्चन्छौं, मण्डलीका लागि गवाही दिन्छौं र शैतानको कुरूप अनुहारलाई पूर्ण रूपमा पर्दाफास गर्छौं। मण्डलीको निर्माण ख्रीष्टमा हुन्छ, र महिमित शरीर खडा भएको छ—उठाइलगिनुमा जिउनु भनेको यही नै हो!

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १५

राज्यको तालिममा प्रवेश गर्नु भनेको परमेश्‍वरका मानिसहरूको जीवन सुरु गर्नु हो—के तँ त्यस्तो तालिम स्वीकार गर्न इच्‍छुक छस्? के तँ आतुरीको आभास अनुभूति गर्न इच्‍छुक छस्? के तँ परमेश्‍वरको अनुशासनमा जिउन इच्‍छुक छस्? के तँ परमेश्‍वरको सजायमा जिउन इच्‍छुक छस्? जब परमेश्‍वरको वचन तँकहाँ आउँछ र तँलाई जाँच गर्छ, तैँले कसरी व्यवहार गर्नेछस्? र तैँले सबै किसिमका तथ्यहरूको सामना गर्दा के गर्नेछस्? विगतमा, तेरो ध्यान जीवनमा केन्द्रित थिएन; आज, तँ जीवनको वास्तविकतामा प्रवेश गर्नैपर्छ, र तैँले तेरो जीवन स्वभावमा परिवर्तन गर्ने प्रयास गर्नुपर्छ। राज्यका मानिसहरूले यसलाई हासिल गर्नैपर्छ। जो परमेश्‍वरका मानिसहरू हुन् उनीहरूमा जीवन हुनैपर्छ, उनीहरूले राज्यको तालिम स्वीकार गर्नैपर्छ, र आफ्‍नो जीवनको स्वभावलाई परिवर्तन गर्ने प्रयास गर्नुपर्छ। राज्यका मानिसहरूबाट परमेश्‍वरले चाहनुहुने कुरा यही नै हो।

राज्यका मानिसहरूका लागि परमेश्‍वरका मापदण्डहरू निम्‍नानुसार छन्:

१. तिनीहरूले परमेश्‍वरका आज्ञाहरूलाई स्वीकार गर्नैपर्छ। भन्‍नुको अर्थ, तिनीहरूले आखिरी दिनहरूका परमेश्‍वरको कार्यमा बोलिएका सबै वचनहरूलाई स्वीकार गर्नैपर्छ।

२. तिनीहरू राज्यको तालिममा प्रवेश गर्नैपर्छ।

३. तिनीहरूले परमेश्‍वरद्वारा आफ्‍नो हृदयलाई छुवाउने प्रयास गर्नैपर्छ। जब तेरो हृदय पूर्ण रूपमा परमेश्‍वरमा फर्किएको हुन्छ, र तँसँग सामान्य आत्मिक जीवन हुन्छ, तँ स्वतन्त्रताको क्षेत्रमा जिउनेछस्, जसको अर्थ तँ परमेश्‍वरको प्रेमको वास्ता र सुरक्षामा जिउनेछस् भन्ने हुन्छ। तँ परमेश्‍वरको वास्ता र सुरक्षामा जिउँदा मात्र तँ परमेश्‍वरको स्वामित्वमा हुनेछस्।

४. तिनीहरू परमेश्‍वरद्वारा प्राप्त गरिनैपर्छ।

५. तिनीहरू पृथ्वीमा परमेश्‍वरको महिमाको प्रकटीकरण बन्‍नैपर्छ।

यी पाँच बुँदाहरू तिमीहरूको लागि मेरा आज्ञाहरू हुन्। मेरा वचनहरू परमेश्‍वरका मानिसहरूका अघि बोलिन्छन्, र यदि तँ यी आज्ञाहरूलाई स्वीकार गर्न अनिच्‍छुक छस् भने, म तँलाई जबरजस्ती गर्नेछैन—तर यदि तैँले तिनलाई साँचो रूपमा स्वीकार गरिस् भने, तिमीहरूले परमेश्‍वरको इच्‍छालाई पूरा गर्न सक्‍नेछौ। आज, तिमीहरूले परमेश्‍वरका आज्ञाहरू स्वीकार गर्न, र राज्यका मानिसहरू बन्‍ने प्रयास गर्न र राज्यका मानिसहरू बन्‍नका लागि पूरा गर्नुपर्ने मापदण्डहरू पूरा गर्नका लागि सुरु गर्छौ। प्रवेशको पहिलो चरण यही नै हो। यदि तँ पूर्ण रूपमा परमेश्‍वरको इच्‍छालाई पूरा गर्न चाहन्छस् भने, तैँले यी पाँच आज्ञालाई स्वीकार गर्नैपर्छ, र यदि तैँले तिनलाई हासिल गर्न सकिस् भने, तँ परमेश्‍वरको हृदय अनुसारको हुनेछस् र परमेश्‍वरले अवश्य नै तँलाई बृहत् रूपमा प्रयोग गर्नुहुनेछ। राज्यको तालिममा प्रवेश गर्नु नै आजको लागि महत्त्वपूर्ण कुरा हो। राज्यको तालिमको प्रवेशले आत्मिक जीवन संलग्न गर्छ। यसभन्दा पहिले, आत्मिक जीवनको बारेमा कुनै कुरा उठाइएको थिएन, तर आज, तँ राज्यको तालिमको प्रवेशलाई सुरु गर्ने क्रममा, तँ आधिकारिक रूपमा आत्मिक जीवनमा प्रवेश गर्छस्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ

अहिले राज्यको युग हो। तँ यो नयाँ युगमा प्रवेश गरेको छस् कि छैनस् त्यो तँ परमेश्‍वरका वचनहरूका यथार्थतामा प्रवेश गरेको छस् कि छैनस्, उहाँका वचनहरू तेरो जीवनको यथार्थता बनेको छ कि छैन त्यसमा निर्भर हुन्छ। हरेक व्यक्तिलाई परमेश्‍वरका वचनहरू परिचित गराइएको छ ताकि, अन्त्यमा, सबै मानिसहरू परमेश्‍वरको वचनको संसारमा जिऊन्, र भित्रैबाट हरेक व्यक्तिलाई उहाँका वचनहरूले अन्तर्दृष्टि र प्रकाश दिऊन्। यदि, यो समयको दौरान, तँ परमेश्‍वरका वचनहरू पढ्नमा लापरवाह भइस् भने, र उहाँका वचनहरूमा तेरो रुची छैन भने, यसले तेरो स्थिति गलत छ भन्‍ने देखाउँछ। यदि तँ वचनको युगमा प्रवेश गर्न सक्दैनस् भने, तँमा पवित्र आत्माले काम गर्नुहुन्न; यदि तँ यो युगमा प्रवेश गरेको छस् भने, उहाँले आफ्नो काम गर्नुहुनेछ। पवित्र आत्माको काम प्राप्त गर्न वचनको युगको प्रारम्भमा तैँले के गर्न सक्छस्? यो युगमा, र तिमीहरूका माझमा, परमेश्‍वरले उल्लिखित तथ्य समाप्त गर्नुहुनेछ: हरेक व्यक्तिले परमेश्‍वरका वचनहरू जिउनु पर्नेछ, सत्यलाई व्यवहारमा लागू गर्न सक्नु पर्नेछ, र परमेश्‍वरलाई गम्भीरतापूर्वक प्रेम गर्नु पर्नेछ; सबै मानिसहरूले परमेश्‍वरका वचनहरूलाई आधारको रूपमा र आफ्नो वास्तविकताको रूपमा प्रयोग गर्नु पर्नेछ, र परमेश्‍वरलाई आदर गर्ने हृदयहरू हुनु पर्नेछ; र परमेश्‍वरका वचनहरूको अभ्यासद्वारा मानिसले त्यसपछि परमेश्‍वरसँगै राजसी शक्ति धारण गर्ने छ। परमेश्‍वरले हासिल गर्नुपर्ने काम यही हो। के तँ परमेश्‍वरका वचनहरू नपढी रहन सक्छस्? आज, उहाँका वचनहरू नपढी एक वा दुई दिन पनि बिताउन सकिँदैन भन्‍ने अनुभव गर्नेहरू धेरै छन्। उनीहरूले उहाँका वचनहरू हरेक दिन पढ्नुपर्छ, र यदि समयले साथ दिएन भने, तिनीहरूलाई सुन्नु नै काफी हुनेछ। पवित्र आत्माले मानिसहरूलाई दिने आभास यही हो, र उहाँले उनीहरूलाई प्रेरित गर्न सुरु गर्ने तरिका यही नै हो। यसको अर्थ, वचनहरूद्वारा उहाँ मानिसहरूलाई प्रेरित गर्नुहुन्छ, ता कि उनीहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न सकून्। यदि, परमेश्‍वरका वचनहरू नखाई र नपिई केवल एक दिनपछि तैँले अँध्यारो र तिर्खा अनुभूति गर्छस् र यसलाई सहन सक्दैनस् भने, तँ पवित्र आत्माद्वारा चलायमान भएको छस्, र उहाँ तँबाट फर्किएर जानुभएको छैन भन्‍ने यसले देखाउँछ। अतः, यो प्रवाहमा रहेको तँ नै होस्। यद्यपि, यदि परमेश्‍वरका वचनहरू नखाई र नपिई एक दिन वा दुई दिन पछि, तैँले केही पनि अनुभूति गरिनस् भने, यदि तँलाई तिर्खा छैन, र तँ कत्ति पनि प्रभावित भएको छैनस् भने, पवित्र आत्मा तँबाट फर्किएर जानुभएको छ भन्‍ने यसले देखाउँछ। यसको अर्थ, तँभित्रको स्थितिमा केही खराबी छ भन्‍ने हुन्छ; तँ वचनको युगमा प्रवेश गरेको छैनस्, र तँ पछाडि परेकाहरूमध्ये एक होस्। मानिसहरूलाई शासन गर्न परमेश्‍वरले वचनहरू प्रयोग गर्नुहुन्छ; यदि तैँले परमेश्‍वरका वचनहरू खाइस् र पिइस् भने, तँलाई असल अनुभूति हुन्छ, र यदि तैँले त्यसो गरिनस् भने, तँसँग कुनै हिँड्ने मार्ग छैन। परमेश्‍वरका वचनहरू मानिसहरूका खाना, र उनीहरूलाई प्रेरित गर्ने शक्ति बन्छन्। बाइबल भन्छ, “मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्‍नेछ।” आज, परमेश्‍वरले यो काम पूरा गर्नुहुनेछ, र उहाँले यो सच्चाइ तिमीहरूमा समाप्त गर्नुहुनेछ। विगतमा कसरी, मानिसहरू परमेश्‍वरका वचनहरू नपढी धेरै दिन बिताउन सक्थे र तर पनि सधैँ जस्तै खान र काम गर्न सक्थे, तर आजको अवस्था पनि यस्तै छैन र? यो युगमा, परमेश्‍वरले सबैलाई शासन गर्न मुख्यतः वचनहरू प्रयोग गर्नुहुन्छ। परमेश्‍वरका वचनहरूद्वारा, मानिसलाई न्याय गरिन्छ र सिद्ध पारिन्छ, त्यसपछि अन्तिममा राज्यमा लगिन्छ। खासगरी राज्यको युगमा, परमेश्‍वरका वचनहरूले मात्र मानिसको जीवनको निम्ति जुटाउन सक्छ, र परमेश्‍वरका वचनहरूले मात्र मानिसलाई प्रकाश र अभ्यासको लागि मार्ग दिन सक्छ। जबसम्म तँ परमेश्‍वरका वचनहरूको वास्तविकताबाट बाहिर जाँदैनस्, हरेक दिन उहाँका वचनहरूलाई खाने र पिउने गर्छस्, तबसम्‍म परमेश्‍वरले तँलाई सिद्ध बनाउन सक्नुहुन्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

अब, परमेश्‍वरमाथिको विश्‍वास परमेश्‍वरको वचनको युगमा प्रवेश गरेको छ। तुलनात्मक रूपले भन्ने हो भने, मानिसहरूले कुनै बेला जति प्रार्थना गर्थे त्यति प्रार्थना गर्दैनन्; परमेश्‍वरका वचनहरूले सत्यता र अभ्यासका सबै पक्षहरूको बारेमा स्पष्ट रूपमा बताएको छ, त्यसैले अब मानिसहरूले खोजी गर्ने र छामछुम गर्ने कुनै आवश्यकता छैन। राज्यको युगमा, परमेश्‍वरको वचनले मानिसहरूलाई अगाडि बढाउँछ, र यो त्यस्तो जीवन हो जसमा सबै कुरा उनीहरूले देख्ने गरी स्पष्ट पारिएको हुन्छ—किनकि परमेश्‍वरले सबै कुरा स्पष्ट रूपमा उदाङ्गो पार्नुभएको छ, र मानिसलाई जीवनमा अनुभूतिको आधारमा अघि बढ्न बाध्य गरिएको छैन। विवाह, सांसारिक मामिलाहरू, जीवन, भोजन, वस्‍त्र र आश्रय, पारस्परिक सम्बन्धहरूको विषयमा व्यक्तिले कसरी परमेश्‍वरको इच्छा पूरा गर्ने तरिकामा सेवा गर्न सक्छ, व्यक्तिले कसरी देहलाई त्याग्नुपर्छ, र यस्तै अन्य कुराहरू, यीमध्ये परमेश्‍वरले तिमीहरूलाई कुन-कुन कुराको बारेमा वर्णन गर्नुभएको छैन? के तैंले अझै पनि प्रार्थना र खोजी गर्नुपर्छ? वास्तवमा त्यसको कुनै आवश्यकता छैन! यदि तैँले अझै पनि यी कुराहरू गर्छस् भने, तैँले अनावश्यक रूपमा कार्य गरिरहेको छस्। यो अज्ञानता र मूर्खता हो, र पूर्ण रूपमा अनावश्यक कुरा हो! … परमेश्‍वरका वचनहरू स्पष्ट छन्, निश्‍चित रूपमा उहाँको इच्छा, उहाँको स्वभाव र उहाँले विभिन्न प्रकारका मानिसहरूलाई कसरी व्यवहार गर्नुहुन्छ भन्ने सम्बन्धमा बोलिएका वचनहरू। यदि तैंले सत्यता बुझ्दैनस् भने, तैंले परमेश्‍वरका वचनहरू अझ धेरै पढ्नुपर्छ—यसो गर्दाको परिणाम अन्धाधुन्ध प्रार्थना गरेर खोजी गरेर आउने परिणाम भन्दा उत्तम हुन्छ। धेरै वटा अवस्थाहरूमा खोजी र प्रार्थनाको सट्टामा परमेश्‍वरका वचनहरू पढ्ने र सत्यमा सङ्गति गर्ने गर्नु राम्रो हुन्छ। तेरो नियमित प्रार्थनाहरूमा, तैंले परमेश्‍वरका वचनहरू भित्रबाट आफूलाई अझ बढी मनन गर्ने र जान्ने प्रयास गर्नुपर्दछ। यो तेरो जीवनको प्रगतिका लागि अझै बढी लाभदायक हुन्छ। यदि अहिले पनि, तँ आकाशतिर आँखा उठाउँदै खोजी गर्छस् भने, के यसले तँ अझै पनि अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्छस् भन्‍ने देखाउँदैन र? पहिले, तैंले आफ्नो खोजी र प्रार्थनाबाट परिणामहरू देखिस्, र पवित्र आत्माले तेरो आत्मालाई केही हदसम्म छुनुभयो किनभने त्यो अनुग्रहको युगको समय थियो। तैंले परमेश्‍वरलाई देख्न सक्दैनथिइस्, त्यसैले अनुभूतिको आधारमा अगाडिको बाटो हिँड्नु र त्यसरी खोजी गर्ने बाहेक तँसँग कुनै विकल्‍प थिएन। अब परमेश्‍वर मानिसको बीचमा आउनुभएको छ, वचन देहमा देखा पर्नुभएको छ, र तैंले परमेश्‍वरलाई देखेको छस्; यसैले पवित्र आत्माले अब पहिलेजस्तो काम गर्नुहुन्न। युग परिवर्तन भएको छ र पवित्र आत्माले काम गर्ने तरिका पनि बदलेको छ। मानिसहरूले पहिले जस्तो प्रार्थना नगर्ने भए पनि, परमेश्‍वर पृथ्वीमा हुनुहुने हुँदा, अब मानिसहरूका निम्ति परमेश्‍वरलाई प्रेम गर्ने मौका छ। मानवजाति परमेश्‍वरलाई प्रेम गर्ने युगमा प्रवेश गरेको छ र सामान्यतया तिनीहरू आफूभित्र नै परमेश्‍वरको नजिक जान सक्दछन्: “हे परमेश्‍वर! तपाईं साँच्चै अति भलो हुनुहुन्छ, र म तपाईंलाई प्रेम गर्न चाहन्छु!” केवल केही स्पष्ट र सरल वचनहरूले मानिसहरूको हृदयमा परमेश्‍वरप्रतिको प्रेमको आवाज दिन्छ; यो प्रार्थना मानिस र परमेश्‍वर बीचको प्रेमलाई गहिराउनका लागि मात्र बोलिएको हो। तँ कहिलेकहीँ आफैले विद्रोहीपन प्रकट गरेको देख्छस् र यसो भन्छस्: “हे परमेश्‍वर! म किन यति भ्रष्ट छु?” तँलाई आफैलाई एक-दुई पटक हिर्काउने तीव्र इच्‍छा हुन्छ, र तेरो आँखा आँसुले भरिन्छ। यस्तो समयमा, तैंले आफ्नो हृदयमा पछुतो र आपदको महसुस गर्छस्, तर तँसित यी भावनाहरू व्यक्त गर्ने कुनै तरिका हुँदैन। यो अहिलेको पवित्र आत्माको काम हो, तर जीवनको पछि लाग्नेहरूले मात्र यसलाई प्राप्त गर्न सक्दछन्। तँलाई तँप्रति परमेश्‍वरसँग धेरै प्रेम छ र तँसँग एक विशेष प्रकारको भावना छ भन्‍ने लाग्छ। तँसँग स्पष्टसँग प्रार्थना गर्न शब्दहरू नभए पनि, तँलाई परमेश्‍वरको प्रेम सधैँ समुद्र जस्तो गहिरो भएको महसुस हुन्छ। यो अवस्थाको बारेमा व्यक्त गर्नका लागि कुनै उपयुक्त शब्‍दहरू छैनन्, र यो यस्तो अवस्था हो जुन प्रायजसो आत्मामा उत्पन्न हुन्छ। व्यक्तिलाई उसको हृदयमा परमेश्‍वरको नजिक लैजाने उद्देश्यको यस किसिमको प्रार्थना र सङ्गति सामान्य हो।

अहिले मानिसहरूले छामछुम गर्ने र खोजी गर्ने समय अतीत बनिसकेको भए पनि, यसको अर्थ उनीहरूले अबदेखि प्रार्थना र खोजी गर्नु आवश्यकता छैन भन्ने होइन, न त यसको अर्थ मानिसहरूले काम गर्न थाल्नुभन्दा अघि परमेश्‍वरको इच्छा प्रकट होस् भनी पर्खनुपर्छ भन्ने नै हो; यी मानिसका भ्रमहरू मात्र हुन्। परमेश्‍वर मानिसहरूको बीचमा बास गर्न, तिनीहरूका ज्योति, जीवन, र मार्ग बन्‍न आउनुभएको छ: तथ्य यही हो। अवश्य नै, पृथ्वीमा परमेश्‍वरको आगमन हुँदा उहाँले निश्चय पनि मानवजातिका लागि व्यावहारिक मार्ग र जीवन ल्याउनुहुन्छ, जुन तिनीहरूले आनन्द लिनका लागि तिनीहरूको कदको निम्ति उपयुक्त हुन्छ—उहाँ मानव अभ्यासका सबै तरिकाहरू तोड्न आउनुभएको होइन। मानिस अब छामछुम र खोजी गर्दै जिउँदैन, किनकि त्यसको बदली परमेश्‍वर उहाँको काम गर्न र वचन बोल्न पृथ्वीमा आउनुभएको छ। उहाँ मानिसलाई तिनीहरूले जिउँदै आइरहेको अन्धकार र अस्पष्टताको जीवनबाट छुटकारा दिन, र तिनीहरूलाई ज्योतिले भरिपूर्ण जीवन दिन आउनुभएको छ। अहिलेको काम भनेको थोकहरू स्पष्ट पार्नु, स्पष्ट रूपमा बोल्नु, प्रत्यक्ष जानकारी दिनु र काम-कुराहरूलाई स्पष्ट रूपमा परिभाषित गर्नु हो, ताकि जसरी यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई बलिहरू कसरी चढाउने र मन्दिर कसरी निर्माण गर्ने भनी बताउँदै डोऱ्याउनुभयो त्यसरी नै मानिसहरूले यी कुराहरू व्यवहारमा उतार्न सकून्। त्यसकारण, प्रभु येशू जानुभएपछि जसरी तिमीहरूले उत्कट खोजी गर्ने जीवन जिउँथ्यौ अब त्यसरी जिउनु आवश्यक छैन। के तिमीहरूले भविष्यमा सुसमाचार फैलाउने काम अन्धाधुन्ध गर्नुपर्छ र? के तिमीहरूले जिउनका लागि उचित तरिका पत्ता लगाउने कोसिसमा छामछुम गर्नुपर्छ? के तिमीहरूले आफ्ना कामहरू कसरी गर्ने भनेर छामछुम गर्नुपर्छ? के तिमीहरूले कसरी साक्षी दिनुपर्दछ भनी जान्नका लागि तिमीहरू भुइँमा घोप्टो पर्नु आवश्यक छ? के तिमीहरूले कसरी वस्त्र लाउनुपर्छ र जिउनुपर्छ भनी जान्न उपवास र प्रार्थना गर्नु आवश्यक छ? के तिमीहरूले परमेश्‍वरद्वारा विजय गरिने कार्यलाई स्वीकार गर्न स्वर्गका परमेश्‍वरसँग निरन्तर प्रार्थना गर्नु आवश्यक छ? के तैंले परमेश्‍वरको आज्ञा कसरी पालन गर्नुपर्छ भनी जान्नका निम्ति निरन्तर, रातदिन प्रार्थना गर्नु आवश्यक छ? तिमीहरूको बीचमा यस्ता धेरै छन् जसले कुरा नबुझेको कारण अभ्यास गर्न सक्दैनौं भनी भन्छन्। मानिसहरूले आजका दिनमा परमेश्‍वरको काममा ध्यान नै दिइरहेका छैनन्! मैले धेरै पहिले नै धेरै वचनहरू बताएको थिएँ, तर तिमीहरूले ती वचनहरू पढ्नका निम्ति कहिले पनि ध्यान दिएनौ, यसैले अभ्यास कसरी गर्ने भनी तिमीहरूले नजान्नु कुनै अचम्मको कुरा होइन। अवश्य नै, आजको युगमा पवित्र आत्माले अझै पनि मानिसहरूलाई आनन्द महसुस गराउन तिनीहरूलाई छुनुहुन्छ, र उहाँ मानिसको साथमा जिउनुहुन्छ। यो तेरो जीवनमा प्रायजसो आउने ती[क] विशेष, रमाइला भावनाहरूको स्रोत हो। कहिलेकहीँ, त्यस्तो दिन आउँछ जब तँ परमेश्‍वर प्रेमिलो हुनुहुन्छ भन्ने महसुस गर्छस् र तँ उहाँसित प्रार्थना नगरी बस्‍न सक्दैनस्: “हे परमेश्‍वर! तपाईंको प्रेम यति सुन्दर छ र तपाईंको स्वरूप यति महान् छ। म तपाईंलाई गहिरो प्रेम गर्न चाहन्छु। म आफैलाई पूर्ण रूपमा समर्पण गर्न र मेरो सम्पूर्ण जीवन तपाईंको निम्ति अर्पण गर्न चाहन्छु। तपाईंको लागि हो भने, यसो गर्दा मैले तपाईंलाई प्रेम गर्न सक्छु भने म तपाईंलाई सबै थोक समर्पण गर्नेछु…।” यो पवित्र आत्माले तँलाई दिनुभएको आनन्दको अनुभूति हो। यो अन्तर्दृष्टि होइन, न यो ज्योति नै हो; यो छोइनुको अनुभव हो। यससँग मिल्दोजुल्दो अनुभवहरू घरीघरी प्राप्त हुनेछन्: कहिलेकहीँ जब तँ काम गर्नका लागि जान्छस्, तँ प्रार्थना गर्छस् र परमेश्‍वरको नजिक आउँछस् र तैँले यति छुवाइको महसुस गर्छस् कि आशुले तेरो अनुहार भिजाउनेछ र, तैंले सबै आत्म-नियन्त्रण गुमाउँछस्, र तँ आफ्नो हृदय भित्रको आनन्द प्रकट गर्न सक्‍ने स्थानको खोजी गर्ने उत्कट इच्‍छा गर्छस्…। त्यहाँ यस्ता समयहरू हुन्छन् जब तँ केही सार्वजनिक ठाउँमा हुन्छस्, र तैंले परमेश्‍वरको प्रेमको धेरै आनन्द प्राप्त गरेको छस्, तेरो भाग्य साधारण छ, र त्योभन्दा बढी तँ अरू कसैले भन्दा बढी अर्थपूर्ण जीवन जिइरहेका छस् भन्‍ने तँलाई अनुभूति हुन्छ। परमेश्‍वरले तँलाई उठाउनुभएको छ र त्यो तँप्रतिको परमेश्‍वरको महान् प्रेम हो भन्‍ने कुरा तैँले भित्री रूपमा जान्‍नेछस्। तेरो मनको गहिराइमा तँलाई मानिसले व्यक्त गर्न नसक्‍ने र मानिसले बुझ्‍न नसक्‍ने किसिमको प्रेम परमेश्‍वरमा छ भन्‍ने तैँले महसुस गर्छस्, मानौं तँलाई त्यो थाहा छ तर त्यो वर्णन गर्ने कुनै उपाय छैन, यसले तँलाई सधैँ सोच्न बाध्य तुल्याउँछ, तर तैँले त्यसलाई व्यक्त गर्न सक्दैनस्। यस्तो समयमा, तँ कहाँ छस् भन्‍ने पनि तैँले बिर्सन्छस्, र तैँले यसरी पुकार्छस्: “हे परमेश्‍वर! तपाईं यति बुझ्न नसकिने र यति प्रेमिलो हुनुहुन्छ!” यसले मानिसहरूलाई अलमल्लमा पार्छ, तर त्यस्ता कुराहरू बारम्‍बार भइरहन्छन्। तिमीहरूले धेरै पटक यस्तो अनुभव गरेका छौ। पवित्र आत्माले आज तँलाई दिनुभएको र तैँले अहिले जिउनुपर्ने जीवन यही हो। यो तँलाई जिउनदेखि रोक्नको लागि दिइएको होइन, तर तेरो जिउने तरिका बदल्नका निम्ति हो। यो त्यस्तो भावना हो जसलाई वर्णन गर्न वा व्यक्त गर्न सकिँदैन। यो मानिसको वास्तविक अनुभूति पनि हो, र त्योभन्दा पनि बढी, यो पवित्र आत्माको काम हो। तैँले यसलाई तेरो हृदयमा बुझ्न सक्छस्, तर तैँले यसबारे कसैलाई पनि स्पष्ट रूपमा बताउन सक्दैनस्। यो तँ ढिलो बोल्‍ने भएकोले वा तँ भकभकाउने भएकोले होइन, तर यो शब्‍दहरूमा व्यक्त गर्न नसकिने भावना भएकोले हो। आज तँलाई यी थोकहरूको आनन्द लिन दिइएको छ, र तैंले यही जीवन जिउनु पर्छ। अवश्य, तेरो जीवनका अन्य पक्षहरू खाली छैनन्; यति मात्र हो कि यो छुवाइको अनुभव तेरो जीवनको एक किसिमको आनन्द बन्छ, जसले तँलाई पवित्र आत्माबाट सधैँ त्यस्ता अनुभवहरूको आनन्द लिन इच्छुक बनाउँछ। तर तैंले यो जान्नुपर्छ कि यस प्रकारको छुवाइ देहदेखि बाहिर जान, तेस्रो स्वर्गमा जानु वा सारा संसारभरि यात्रा गर्नको निम्ति दिइने होइन। बरु, तैंले आज उपभोग गरेको परमेश्‍वरको प्रेमलाई तैँले महसुस गर्, र त्यसको स्वाद लिन सक्, परमेश्‍वरको आजको कामको महत्त्व अनुभव गर्न सक्, र आफूलाई परमेश्‍वरको वास्ता र सुरक्षासँग फेरि परिचित गरा भनेर यो दिइएको हो। यी सबै कुराहरू तँलाई परमेश्‍वरको आजको कामको बारेमा अझ ठूलो ज्ञान प्राप्त होस् भनेर दिइएको हो—परमेश्‍वरले यो काम गर्नुको लक्ष्य यही हो।

परमेश्‍वर देहधारी हुनुभन्दा अघि जिउने तरिका भनेको खोजी र छामछुम गर्नु नै थियो। त्यस बेला मानिसहरूले परमेश्‍वरलाई देख्न सक्दैनथिए, त्यसैले खोज्नु र छामछुम गर्नु बाहेक अरू विकल्प थिएन। आज तैंले परमेश्‍वरलाई देखेका छस् र तैंले कसरी अभ्यास गर्नुपर्छ त्यो उहाँले प्रत्यक्ष रूपमा बताउनुहुन्छ; यसैले तैंले छामछुम वा खोजी गर्नु आवश्यक छैन। उहाँले मानिसलाई जुन बाटोमा डोऱ्याउनुहुन्छ त्यो सत्यको मार्ग हो, र उहाँले मानिसलाई बताउनुहुने कुराहरू र मानिसले प्राप्त गर्ने कुराहरू जीवन र सत्यता हुन्। तँसँग मार्ग र जीवनको सत्यता छ, यसैले खोजी गरिरहनुपर्ने के आवश्यकता छ र? पवित्र आत्माले सँगसँगै दुई चरणहरूको काम गर्नुहुन्न। यदि जब म आफ्नो वचन बोलिसक्छु, तब मानिसहरूले होसियारीसाथ परमेश्‍वरको वचन खाँदैनन् र पिउँदैनन्, र सत्यलाई राम्ररी पछ्याउँदैनन्, अझै पनि तिनीहरू अनुग्रहको युगमा गरेझैं काम गर्दछन्, अन्धोजस्तो बनेर छामछुम गर्छन्, निरन्तर प्रार्थना र खोजी गर्छन् भने, के त्यसको अर्थ मेरो यस चरणको काम—वचनहरूको काम—व्यर्थमा भइरहेको छ भन्ने हुँदैन र? मैले मेरो वचन बोलेर समाप्त गरिसकेको भए पनि, मानिसहरूले अझै पनि पूर्ण रूपमा बुझ्न सक्दैनन्, किनकि तिनीहरूमा क्षमताको अभाव छ। मण्डली जीवन जिएर र एक-अर्कासँग सङ्गति गरेर यो समस्या समाधान गर्न सकिन्छ। पहिले, अनुग्रहको युगमा, परमेश्‍वरले देहधारण गर्नुभएको भए तापनि, उहाँले वचनहरूको काम गर्नुभएन, यसैले कामलाई कायम राख्नका लागि पवित्र आत्माले त्यस समयमा त्यसरी काम गर्नुभयो। त्यसबेला मुख्य रूपमा पवित्र आत्माले नै काम गर्नुभयो, तर अहिले देहधारी परमेश्‍वरले पवित्र आत्माको स्थान लिएर आफैले काम गरिरहनुभएको छ। पहिले, जबसम्म मानिसहरूले बारम्बार प्रार्थना गर्थे, तिनीहरूले शान्ति र आनन्द अनुभव गर्थे; त्यहाँ निन्दा साथसाथै अनुशासन पनि थियो। यो सब पवित्र आत्माको काम थियो। अब यी अवस्थाहरू बारम्बार हुँदैनन्। पवित्र आत्माले कुनै एउटा युगमा एक किसिमको काम मात्र गर्न सक्नुहुन्छ। यदि देहले मानिसहरूमा एक प्रकारको काम गर्दै र पवित्र आत्माले अर्को प्रकारको काम गर्दै उहाँले एकसाथ दुई किसिमको काम गर्नुभएको भए, र यदि देहले भनेका कुराहरूको महत्त्व थिएन र आत्माले गर्नुभएको कामको मात्र महत्त्व थियो भने, ख्रीष्टसँग कुनै सत्यता, बाटो वा जीवन हुनेथिएन। यो आफैमा परस्पर-विरोधमा हुनेथियो। के पवित्र आत्माले त्यसरी काम गर्न सक्नुहुन्छ? परमेश्‍वर सर्वशक्तिमान्, सर्वज्ञानी, पवित्र र धर्मी हुनुहुन्छ, र उहाँले निश्चित रूपमा कुनै गल्ती गर्नुहुन्न।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (१)

येशूमा विश्‍वास गर्ने समयमा मानिसहरूले परमेश्‍वरलाई अप्रिय लाग्ने धेरै कुराहरू गरे, किनकि तिनीहरूले सत्यतालाई बुझेका थिएनन्, तैपनि परमेश्‍वरसँग प्रेम र कृपा छ, र उहाँले मानिसलाई यहाँसम्म ल्याउनुभएको छ, र मानिसहरूले केही नबुझे पनि अझै पनि परमेश्‍वरले मानिसलाई उहाँको पछि लाग्‍न दिनुहुन्छ, यसबाहेक, उहाँले मानिसलाई आजको दिनसम्म ल्याउनुभएको छ। के यो परमेश्‍वरको प्रेम होइन र? जुन कुरा परमेश्‍वरको स्वभावमा प्रकट हुन्छ, त्यो परमेश्‍वरको प्रेम हो—यो एकदम सही छ! जब मण्डली निर्माणको कार्य चरम सीमामा पुगेको थियो, तब परमेश्‍वरले सेवाकर्ताहरूको कामको चरण पूरा गर्नुभयो र मानिसलाई अतल कुण्डमा हालिदिनुभयो। सेवाकर्ताहरूका समयका वचनहरू सबै सरापहरू थिए: तेरो शरीरको सराप, तेरो भ्रष्ट शैतानिक स्वभावको सराप, र परमेश्‍वरको इच्छा पूरा नगर्ने तेरा कुराहरूका सरापहरू। त्यस चरणमा परमेश्‍वरले गर्नुभएको काम प्रतापको रूपमा प्रकट भयो, त्यसको लगत्तै परमेश्‍वरले सजायको कामको चरण पूरा गर्नुभयो, र त्यहाँ मृत्युको जाँच आयो। त्यस्तो काममा, मानिसले परमेश्‍वरको क्रोध, प्रताप, न्याय, र सजाय देख्यो, तैपनि उसले परमेश्‍वरको अनुग्रह, उहाँको प्रेम र कृपा पनि देख्यो। परमेश्‍वरले गर्नुभएका सबै कुरा, र उहाँको स्वभावको रूपमा प्रकट भएका सबै कुरा, मानिसका लागि परमेश्‍वरको प्रेम थियो, र परमेश्‍वरले गर्नुभएका सबै कुराले मानिसका आवश्यकताहरू पूरा गर्न सके। उहाँले मानिसलाई सिद्ध बनाउनका लागि यो गर्नुभयो, र उहाँले मानिसका निम्ति उसको कदअनुसार प्रबन्ध गर्नुभयो। यदि परमेश्‍वरले यो नगर्नुभएको भए, मानिस परमेश्‍वरको सामु आउन सक्दैनथियो र उसँग परमेश्‍वरको वास्तविक अनुहार चिन्ने कुनै उपाय हुँदैनथ्यो। मानिसले सबैभन्दा पहिले परमेश्‍वरमा विश्‍वास गर्न थालेकोदेखि आजसम्म परमेश्‍वरले मानिसका निम्ति उसको कदअनुसार बिस्तारै प्रबन्ध गरिदिनुभएको छ, यसैले भित्रबाट मानिसले बिस्तारै उहाँलाई चिन्न सक्यो। आजको दिनमा आइपुगेपछि मात्र मानिसले परमेश्‍वरको न्याय कति अचम्मको छ भनी थाहा पाउँछ। सेवाकर्ताहरूको कामको चरण भनेको सृष्टिको समयदेखि आजसम्म भएको सरापको कामको पहिलो घटना थियो। मानिसलाई श्राप दिई अतल कुण्डमा पुर्‍याइएको थियो। यदि परमेश्‍वरले त्यो नगर्नुभएको भए, आज मानिसमा परमेश्‍वरबारे सही ज्ञान हुने थिएन; परमेश्‍वरको सरापद्वारा मात्र मानिसले उहाँको आधिकारिक स्वभावलाई अनुभव गऱ्यो। सेवाकर्ताहरूको जाँचद्वारा मानिसलाई प्रकट गरियो। उसले उसको बफादारी अस्वीकार्य छ, उसको कद धेरै सानो छ, उसले परमेश्‍वरको इच्छा पूरा गर्न सक्दैन, र परमेश्‍वरलाई सन्तुष्ट पार्छु भन्‍ने उसका दाबीहरू सधैँ शब्‍दहरूमा मात्र सीमित छन् भन्‍ने देख्यो। परमेश्‍वरले मानिसलाई सेवाकर्ताहरूको कामको चरणमा सराप दिनुभएको भए तापनि, अहिले पछाडि फर्केर हेर्दा, परमेश्‍वरको कामको त्यो चरण अद्भुत थियो: यसले मानिसका लागि ठूलो मोड् ल्यायो र उसको जीवनको स्वभावमा ठूलो परिवर्तन ल्यायो। सेवाकर्ताहरूको समयभन्दा पहिले मानिसले जीवनको खोजी गर्नु, परमेश्‍वरमा विश्‍वास गर्नु, वा परमेश्‍वरको कामको बुद्धि के हो भनी केही पनि बुझेका थिएन, न त उसले परमेश्‍वरको कामले मानिसलाई जाँच्‍न सक्छ भनी बुझेको नै थियो। सेवा गर्नेहरूको समयदेखि आजसम्म मानिसले परमेश्‍वरको काम कति अचम्मलाग्दो रहेछ भनी देख्दछ—यो मानिसका निम्ति बुझ्नै नसकिने छ। परमेश्‍वरले आफ्नो दिमाग प्रयोग गरेर कसरी काम गर्नुहुन्छ भनी मानिसले कल्पना गर्न सक्दैन, र उसले आफ्नो कद कति सानो रहेछ र ऊ कति धेरै अनाज्ञाकारी छ भनेर पनि देख्दछ। जब परमेश्‍वरले मानिसलाई सराप्नुभयो, त्यो एउटा परिणाम प्राप्त गर्नका निम्ति थियो, र उहाँले मानिसलाई मृत्युदण्ड दिनुभएन। उहाँले मानिसलाई सराप्नुभएको भए तापनि, उहाँले त्यो वचनहरूद्वारा गर्नुभयो, र उहाँको सरापहरू वास्तवमा मानिसमाथि आइलागेनन्, किनकि परमेश्‍वरका सरापहरू मानिसको अनाज्ञाकारिताका निम्ति थिए, त्यसैले उहाँका सरापका शब्दहरू मानिसलाई सिद्ध बनाउनका निम्ति पनि बोलिएका थिए। परमेश्‍वरले मानिसलाई न्याय गर्नुभए पनि वा सराप दिनुभए पनि, ती दुवैले मानिसलाई सिद्ध बनाउँछ: ती दुवै मानिसभित्रको अशुद्धतालाई सिद्ध बनाउनका लागि गरिन्छ। यस माध्यमद्वारा मानिस शुद्ध पारिन्छ, मानिसभित्र जुन कुराको कमी हुन्छ त्यसलाई उहाँका वचन र कामहरूद्वारा सिद्ध पारिन्छ। परमेश्‍वरको कामको हरेक चरण—चाहे यो कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले मानिसलाई सिद्ध बनाउँछ, र ती बिलकुल उपयुक्त छन्। परमेश्‍वरले युगौंयुगसम्म कहिल्यै पनि यस्तो काम गर्नुभएन; आज, तिमीहरूले उहाँको बुद्धिको कदर गर्न सक भनेर उहाँले तिमीहरूभित्र काम गर्नुहुन्छ। तिमीहरूले आफैभित्र केही पीडा भोगेको भए तापनि, तिमीहरूको हृदयले स्थिरता र शान्तिको महसुस गर्दछ; परमेश्‍वरको कामको यस चरणको आनन्द लिन सक्नु तेरो निम्ति आशिष् हो। तिमीहरूले भविष्यमा चाहे जे नै प्राप्त गर्न सके पनि आज तिमीहरूले आफूमा देखेको परमेश्‍वरको काम प्रेम नै हो भनी बुझ्नेछौ। यदि मानिसले परमेश्‍वरको न्याय र शोधनको अनुभव गर्दैन भने, उसका कामहरू र जोश सधैँ सतह स्तरमा रहन्छ, र उसको स्वभाव सधैँ अपरिवर्तित रहन्छ। के यसलाई परमेश्‍वरद्वारा प्राप्त गरिएको मान्न सकिन्छ? आज, मानिसभित्र अझै पनि अहङ्कारी र घमण्डी धेरै कुराहरू भए तापनि, मानिसको स्वभाव पहिलेको भन्दा धेरै स्थिर छ। परमेश्‍वरले तँलाई मुक्ति दिनको लागि तँलाई निराकरण गर्नुहुन्छ, अनि तैंले कहिलेकहीँ पीडा महसुस गरे पनि त्यो दिन आउनेछ जब तेरो स्वभावमा परिवर्तन आउनेछ। त्यस बेला, तैंले पछि फर्केर हेर्नेछस्, र परमेश्‍वरको काम कति बुद्धिमानी रहेछ भनी बुझ्नेछस्, अनि त्यस बेला तैंले परमेश्‍वरको इच्छालाई साँच्चै बुझ्न सक्नेछस्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

मानिसले परमेश्‍वरका लागि कष्ट भोग्न सक्‍नुको कारण र यति टाढासम्‍म आउन सक्‍नुको कारण एक हिसाबमा परमेश्‍वरको प्रेमको कारणले हो र अर्को हिसाबमा परमेश्‍वरको उद्धारको कारणले गर्दा हो। यसबाहेक, परमेश्‍वरले मानिसमा गर्नुभएको सजाय र दण्डको कामको कारणले गर्दा हो। यदि तिमीहरू न्याय, सजाय, र परमेश्‍वरको जाँचरहित छौ भने, यदि परमेश्‍वरले तिमीहरूलाई दुःखमा पार्नुभएको छैन भने तिमीहरूले पूर्ण इमानदारीसाथ परमेश्‍वरलाई प्रेम गर्नेछैनौ। मानिसमा परमेश्‍वरको काम जति ठूलो हुन्छ, र मानिसको कष्ट जति ठूलो हुन्छ, परमेश्‍वरको काम कति अर्थपूर्ण छ त्यो त्यत्ति नै स्पष्ट हुन्छ, अनि मानिसको हृदय परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्न त्यति नै सक्ने हुन्छ। परमेश्‍वरलाई कसरी प्रेम गर्ने भन्ने कुरा तँ कसरी सिक्छस्? कुनै पीडा र शोधनविना, कष्टपूर्ण परीक्षाहरूविना—र यदि यसबाहेक, परमेश्‍वरले मानिसलाई दिनुभएका सबै कुरा अनुग्रह, प्रेम, र कृपा मात्रै थियो भने—के तँ साँच्चै परमेश्‍वरलाई प्रेम गर्ने ठाउँमा पुग्न सक्थिस्? एकातिर, परमेश्‍वरले जाँच गर्नुहुँदा मानिसले आफ्ना कमी-कमजोरीहरू थाहा पाउँछ र ऊ महत्त्वहीन, घृणायोग्य र तुच्छ छ, उसँग केही पनि छैन र ऊ केही पनि होइन भनी बुझ्छ, अर्कोतिर, उहाँले परीक्षा गर्नुहुँदा परमेश्‍वरले मानिसका लागि विभिन्न वातावरणहरू सृजना गर्नुहुन्छ, जसले मानिसलाई परमेश्‍वरको प्रेमिलोपनको अनुभव गर्न अझ बढी सक्षम बनाउँदछ। त्यो पीडा ठूलो भए तापनि, र कहिलेकहीँ समाधान गर्न नसकिने भए तापनि—चकनाचूर पार्ने दुःखको तहसम्म पनि पुग्‍ने भए तापनि—यस्तो अनुभव गरिसकेपछि मानिसले उसमा भएको परमेश्‍वरको काम कति प्रेमिलो छ भनी बुझ्छ, अनि यसैको जगमाथि मात्र मानिसभित्र परमेश्‍वरको निम्ति साँचो प्रेमको जन्म हुन्छ। आज मानिसले देख्छ, कि केवल परमेश्‍वरको अनुग्रह, प्रेम, र कृपाले मात्र उसले आफैलाई वास्तवमा चिन्न सक्दैन, मानिसको अस्तित्व बुझ्‍ने बारेमा त कुरै नगरौं। केवल परमेश्‍वरको शोधन र न्याय दुवैद्वारा र शोधनको प्रक्रियाको अवधिमा मात्रै मानिसले आफ्ना कमी-कमजोरीहरू जान्न र ऊ केही पनि होइन भनी जान्न सक्छ। यसरी, परमेश्‍वरप्रतिको मानिसको प्रेम परमेश्‍वरको शोधन र न्यायको जगमाथि निर्माण भएको हुन्छ। यदि तैंले परमेश्‍वरको अनुग्रहको मात्र आनन्द लिन्छस्, शान्तिमय पारिवारिक जीवन वा भौतिक आशिषहरू मात्र प्राप्त गर्छस् भने तैंले परमेश्‍वरलाई प्राप्त गरेको छैनस्, र परमेश्‍वरमाथिको तेरो विश्‍वासलाई सफल मान्न सकिँदैन। परमेश्‍वरले पहिले नै अनुग्रहको कामको एक चरणलाई देहमा पूरा गरिसक्नुभएको छ, र मानिसलाई भौतिक आशिष्‌हरू प्रदान गरिसक्नुभएको छ, तर मानिस अनुग्रह, प्रेम र कृपाले मात्र सिद्ध हुन सक्दैन। मानिसको अनुभवमा उसले परमेश्‍वरका केही प्रेम अनुभव गर्छ र उसले परमेश्‍वरको प्रेम र दया देख्छ, तापनि केही समयसम्म उसले अनुभव गरेपछि परमेश्‍वरको अनुग्रह, र उहाँको प्रेम र कृपाले मानिसलाई सिद्ध बनाउन सक्दैन, मानिसभित्रको भ्रष्टता प्रकट गर्न सक्दैन र मानिसलाई उसको भ्रष्ट स्वभावबाट छुटकारा दिन वा उसको प्रेम र विश्‍वासलाई सिद्ध बनाउन सक्दैन भनी बुझ्छ। परमेश्‍वरको अनुग्रहको काम एक एउटा अवधिको काम थियो, र परमेश्‍वरलाई जान्नका लागि मानिस परमेश्‍वरको अनुग्रहको आनन्द लिने कुरामा भर पर्न सक्दैन।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

फूटनोट:

क. मूल पाठमा “यी केही हुन्” भनेर पढिन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अनुग्रहको युगको मुक्ति र राज्यको युगको मुक्तिबीचका आधारभूत भिन्नताहरू

परमेश्‍वरका प्रासंगिक वचनहरू:त्यो बेला येशूको काम सारा मानवजातिलाई छुटकारा दिनु थियो। उहाँमा विश्‍वास गर्नेहरू सबैका पापहरू क्षमा गरिए।...

अनुग्रहको युगको पश्‍चात्तापको बाटो र आखिरी दिनहरूको अनन्त जीवनको बाटोबीचका भिन्नताहरू

परमेश्‍वरका प्रासंगिक वचनहरू:अनुग्रहको युगमा पश्‍चात्तापको सुसमाचार प्रचार गरिएको थियो, अनि मानिसले त्यसमा विश्‍वास गर्‍यो भने उसले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्