अनुग्रहको युगको मुक्ति र राज्यको युगको मुक्तिबीचका आधारभूत भिन्नताहरू

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

त्यो बेला येशूको काम सारा मानवजातिलाई छुटकारा दिनु थियो। उहाँमा विश्‍वास गर्नेहरू सबैका पापहरू क्षमा गरिए। जबसम्म तैँले उहाँमा विश्‍वास गर्छस्, उहाँले तँलाई छुटकारा दिनुहुनेछ; यदि तँ उहाँमा विश्‍वास गर्थिस् भने तँ उप्रान्त पापी हुँदैनथिस्, तेरा पापहरू हटाइएका हुनेथिए। मुक्ति पाउनु र विश्‍वासद्वारा धर्मी ठहराइनुको अर्थ यही नै हो। तापनि विश्‍वास गर्नेहरूमा ती कुराहरू रहे, जुन विद्रोही र परमेश्‍वर विरोधी थिए, जसलाई बिस्तारै हटाउनु पर्थ्यो। मुक्तिको अर्थ येशूद्वारा पूर्ण रूपमा प्राप्त गरिएको छ भन्ने होइन, तर मानिस अब पापमा थिएन, उसका पापहरू क्षमा गरिएका थिए भन्‍ने हुन्थ्यो। यदि तैँले विश्‍वास गरिस् भने तँमा कहिल्यै पाप हुनेथिएन।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (२)

परमेश्‍वरको कार्यको दोस्रो चरण पूरा हुने बित्तिकै—क्रूसीकरणपछि—मानिसलाई पापबाट पुन: प्राप्ति गर्ने (भन्‍नुको अर्थ, मानिसलाई शैतानको हातबाट पुन: प्राप्ति गर्ने) परमेश्‍वरको कार्य पूरा भयो। त्यसकारण, त्यो क्षणदेखि उसो, मानिसले प्रभु येशूलाई मुक्तिदाताको रूपमा स्वीकार गर्नुपर्थ्यो, र उसको पाप क्षमा हुनेथियो। सामान्य रूपमा भन्दा, मानिसले मुक्ति हासिल गर्न र परमेश्‍वरको अघि आउनको लागि उसको पापहरु त्यस उप्रान्त बाधा बनेन, र यो त्यस उप्रान्त शैतानले मानिसलाई दोष दिने आधार रहेन। त्यो यसैले हो किनभने परमेश्‍वर स्वयमले वास्तविक काम गर्नुभएको थियो, उहाँ पापी देह जस्तै र त्यसको पूर्वअनुभव बन्‍नुभएको थियो, र परमेश्‍वर स्वयम् नै पापबलि हुनुहुन्थ्यो। यसरी, मानिस क्रूसबाट ओर्लियो, र परमेश्‍वरको देह, अर्थात्, यो पापी देहको स्वरूपद्वारा उद्धार गरियो र मुक्त गरियो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ

भर्खरै छुटकारा पाएको, र परमेश्‍वरद्वारा परिवर्तन भई नसकेको, वा सिद्ध भई नसकेको तिमीहरूजस्तो पापी, के तँ परमेश्‍वरको हृदय अनुसारको बन्‍न सक्छस्? अझै पनि तेरो पुरानो मनुष्यतामा रहेको तेरो विषयमा भन्दा, तँलाई येशूले मुक्ति दिनुभएको थियो, र परमेश्‍वरले दिनुभएको मुक्तिको कारण तँलाई पापीको रूपमा गन्ती गरिँदैन भन्‍ने कुरा साँचो हो, तर तँ पापी छैनस्, र तँ अशुद्ध छैनस् भन्‍ने कुरालाई यसले प्रमाणित गर्दैन। तँ परिवर्तन भएको छैनस् भने तँ कसरी सन्तमय बन्‍न सक्छस्? भित्री रूपमा, तँ अपवित्रता, स्वार्थ र छुद्रले भरिएको छस्, तैपनि तँ अझै येशूसँग उचालिन चाहन्छस्—तँ त धेरै भाग्यमानी हुनुपर्छ! परमेश्‍वरमाथिको भरोसामा तैँले एउटा कदमलाई चुकाएको छस्: तँलाई छुटकारा मात्रै दिइएको छ, तर तँ परिवर्तन भएको छैनस्। तँ परमेश्‍वरको हृदय अनुसारको बन्‍नको लागि, परमेश्‍वरले तँलाई व्यक्तिगत रूपमै परिवर्तन गर्ने र धुने काम गर्नुपर्छ; यदि तँलाई छुटकारा मात्रै दिइएको हो भने, तैँले पवित्रता प्राप्त गर्न सक्‍नेछैनस्। यसरी तँ परमेश्‍वरको कार्यको असल आशिषहरूमा सहभागी हुन अयोग्य हुनेछस्, किनभने मानिसलाई व्यवस्थापन गर्ने परमेश्‍वरको कार्यको चरणलाई तैँले चुकाएको छस्, जुन परिवर्तन हुने र सिद्ध पारिने कार्यको मुख्य चरण हो। भर्खरै छुटकारा दिइएको पापी, तैँले प्रत्यक्ष रूपमा परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्न सक्दैनस्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पद र पहिचानको सम्‍बन्धमा

आखिरी दिनहरूको काम भनेको वचनहरू बोल्नु हो। वचनहरूको माध्यमद्वारा मानिसमा ठूला परिवर्तनहरू आउन सक्छन्। यी वचनहरू स्वीकार गर्दा ती मानिसहरूमा आउने परिवर्तनहरू, अनुग्रहको युगका चिह्न र चमत्कारका कामहरूलाई स्वीकार गर्दा मानिसहरूमा परेको प्रभावभन्दा बढी हुन्छ। किनकि अनुग्रहको युगमा, मानिसमाथि हात राखेर प्रार्थना गरेर ऊबाट भूतहरू निकालिन्थ्यो, तर मानिसभित्रको भ्रष्ट स्वभाव अझै रहिरहन्थ्यो। मानिसलाई उसको बिमारीबाट निको पारिन्थ्यो र उसका पापहरू क्षमा गरिन्थ्यो, तर मानिसलाई ऊभित्रको भ्रष्ट शैतानिक स्वभावबाट शुद्ध पार्नुपर्ने काम गर्न अझै बाँकी नै थियो। मानिसलाई उसको विश्‍वासको लागि मात्र मुक्ति दिइन्थ्यो र उसका पापहरू क्षमा गरिन्थ्यो, तर मानिसको पापी स्वभाव नाश पारिएको थिएन, र त्यो अझै पनि ऊभित्र नै रहन्थ्यो। मानिसका पापहरू देहधारी परमेश्‍वरको माध्यमबाट क्षमा गरिएको थियो, तर यसको अर्थ मानिसभित्र उप्रान्त कुनै पाप थिएन भन्ने होइन। मानिसका पापहरू पापबलिद्वारा क्षमा गर्न सकिन्थ्यो, तर मानिसलाई कसरी फेरि पाप नगर्ने बनाउन सकिन्छ, र उसको पापमय प्रकृति कसरी पूर्ण रूपले हटाउन र रूपान्तरित गर्न सकिन्छ, यो समस्या समाधान गर्ने ऊसँग कुनै उपाय हुँदैन। मानिसका पापहरू क्षमा गरिए, र यो परमेश्‍वरको क्रूसीकरणको कामको कारणले गर्दा हो, तर मानिस निरन्तर आफ्नो पुरानो भ्रष्ट शैतानिक स्वभावमा जिइरह्यो। यस्तो भएकोले, मानिस उसको भ्रष्ट शैतानिक स्वभावबाट पूर्ण रूपमा जोगिनुपर्छ, ताकि उसको पापमय प्रकृति पूर्ण रूपले नाश हुन सकोस्, र फेरि कहिल्यै विकास नहोस् र यसरी मानिसको स्वभाव रूपान्तरण हुन सकोस्। यसको निम्ति मानिसले जीवनको वृद्धिको मार्गलाई, जीवनको मार्गलाई र आफ्नो स्वभाव बदल्ने तरिकालाई बुझ्नु आवश्यक हुन्छ। यसबाहेक, मानिसले यो मार्गअनुसार व्यवहार गर्नु आवश्यक हुन्छ, यसैले कि उसको स्वभाव बिस्तारै परिवर्तन हुन सकोस् र ऊ ज्योतिको उज्यालोमा जिउन सकोस्, यसैले कि उसले जे गर्छ सबै परमेश्‍वरको इच्छाबमोजिम होस्, यसैले कि उसले आफ्नो भ्रष्ट शैतानिक स्वभावलाई त्याग्न सकोस् र त्यसरी ऊ शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकोस्, र पापबाट पूर्ण रूपमा माथि उठ्न सकोस्। तब मात्र मानिसले पूर्ण मुक्ति पाउनेछ। जुन बेला येशूले आफ्नो काम गर्दैहुनुहुन्थ्यो, उहाँसम्बन्धी मानिसको ज्ञान अझै अनिश्चित र अस्पष्ट नै थियो। मानिसले सधैँ उहाँ दाऊदको छोरा हुनुहुन्छ भनी विश्‍वास गरे, र उहाँलाई एक महान् अगमवक्ता, मानिसका पापबाट छुटकारा दिने परोपकारी प्रभु भनी घोषणा गरे। कोही-कोही आफ्नो विश्‍वासको शक्तिले गर्दा उहाँको वस्त्रको छेउ छुँदा मात्रै पनि निको भए; अन्धोले देख्न सक्यो र मरेकाहरू समेत फेरि जीवित हुन सके। तापनि, मानिस ऊ आफै भित्र गहिरो जरा गाडेर बसेको भ्रष्ट शैतानिक स्वभावलाई पत्ता लाउन असमर्थ नै थियो, न त त्यसलाई कसरी फाल्ने भन्ने कुरा नै थाहा थियो। मानिसले प्रशस्त अनुग्रह प्राप्त गऱ्यो, जस्तै शरीरको शान्ति र सुख, एक जना सदस्यको विश्‍वासले सम्पूर्ण परिवारमा आशिष्‌ ल्याउने, बिमारी निको पार्ने, इत्यादि। बाँकी मानिसका असल कामहरू र उसको धार्मिक रूप थियो; यदि कोही यी कुराका आधारमा जिउन सक्छ भने तिनीहरूलाई स्वीकार्य विश्‍वासी मानिन्थ्यो। केवल यस प्रकारका विश्‍वासीहरू मात्रै मृत्युपछि स्वर्गमा प्रवेश गर्न सक्थे, जसको अर्थ तिनीहरूले मुक्ति पाएका थिए भन्ने हुन्थ्यो। तर, तिनीहरूको जीवनकालमा, यी मानिसहरूले जीवनका सबै मार्गलाई बुझेनन्। तिनीहरूले पापहरू गर्ने अनि फेरि आफ्ना पापहरू स्वीकार गर्ने निरन्तर चक्रमा परेका थिए, तर आफ्‍ना स्वभाव बदल्ने कुनै तरिका तिनीहरूले जानेका थिएनन्: अनुग्रहको युगमा मानिसको अवस्था यस्तै थियो। के मानिसले पूर्ण मुक्ति पाएको छ? छैन! त्यसकारण कामको त्यो चरण समाप्त भएपछि पनि न्याय र सजायको काम बाँकी नै रह्यो। यो चरण भनेको वचनद्वारा मानिसलाई शुद्ध बनाउनको निम्ति, अनि त्यसद्वारा पछ्याउनको लागि उसलाई एक मार्ग दिनका निम्ति हो। यदि भूतहरू नै निकालिरहने हो भने यो चरण फलदायी वा अर्थपूर्ण हुँदैन, किनकि त्यो मानिसको पापी प्रकृति हटाउन असफल हुनेथियो, र मानिस आफ्ना पापहरूको क्षमामा नै अड्किरहने थियो। पापबलिको माध्यमले मानिसलाई उसका पापहरूका निम्ति क्षमा गरिएको छ, किनकि क्रूसीकरणको काम अघिबाटै समाप्त भइसकेको छ र परमेश्‍वर शैतानमाथि विजयी हुनुभएको छ। तर मानिसको भ्रष्ट स्वभाव अझै ऊभित्रै रहेको छ, मानिसले अहिले पनि पाप गर्न र परमेश्‍वरको विरोध गर्न सक्छ, र परमेश्‍वरले मानवजातिलाई प्राप्त गर्नुभएको छैन। यसैले कामको यस चरणमा परमेश्‍वरले मानिसको भ्रष्ट स्वभाव प्रकट गर्न वचनको प्रयोग गर्नुहुन्छ, र उसलाई सही मार्गअनुसार हिँड्ने अभ्यास गर्न लगाउनुहुन्छ। यो चरण अघिल्लोभन्दा धेरै अर्थपूर्ण छ, साथै धेरै फलदायी पनि छ, किनकि अहिले वचनले नै सोझै मानिसको जीवनलाई प्रदान गर्छ र मानिसको स्वभावलाई पूर्ण रूपले नवीकरण गर्छ; यो कामको अझै विस्तृत चरण हो। त्यसकारण, आखिरी दिनहरूमा हुने देहधारणले परमेश्‍वरको देहधारणको महत्त्वलाई पूरा गरेको छ र मानिसको मुक्तिको लागि परमेश्‍वरको व्यवस्थापन योजनालाई पूर्ण रूपमा समाप्त गरेको छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ मुक्ति पाउनु हो, त्यसो भए मुक्ति पाउनु भनेको के हो त? “मुक्ति पाउनु”, “शैतानको अन्धकारको प्रभावबाट अलग हुनु”—मानिसहरूले यी विषयहरूबारे प्राय कुरा गर्छन्, तर उनीहरूले मुक्ति पाउनुको अर्थ के हो सो जान्दैनन्। मुक्ति पाउनुको अर्थ के हो त? यो परमेश्‍वरको इच्छासँग सम्बन्धित छ। सरल रूपमा भन्नुपर्दा, मुक्ति पाउनु भनेको तँ जिइरहन सक्छस् र तँ जीवनमा फर्काएर ल्याइएको छस् भन्ने हो। त्यसो भए, त्योभन्दा अघि के तँ मरेको हुन्छस् त? तँ बोल्न सक्छस्, र तँ सास फेर्न सक्छस्, त्यसो भए तँलाई मरेको कसरी भन्न सकिन्छ? (आत्मा मरेको हुन्छ।) मानिसहरूका आत्मा मरेको छ भने किन उनीहरूलाई मरेका भनिन्छ त? यो भनाइको आधार के हो? मुक्ति पाउनुभन्दा अघि मानिसहरू कसको अधिकारक्षेत्रमा हुन्छन्? (शैतानको अधिकारक्षेत्रमा।) अनि शैतानको अधिकारक्षेत्रमा जिउनका निम्ति मानिसहरू कुन कुरामा भर पर्छन् त? उनीहरू आफ्नो शैतानी प्रकृति र भ्रष्ट स्वभावमा भर पर्छन्। जब व्यक्ति यी कुराहरूअनुसार जिउँछ, उनीहरूको सम्पूर्ण अस्तित्व अर्थात् उनीहरूको देह, उनीहरूको आत्मा र उनीहरूका विचारहरूजस्ता अन्य सबै कुराहरू जीवित हुन्छ कि मृत हुन्छ? परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, ती मृत हुन्छन्। बाहिरी रूपमा, तैँले सास फेरिरहेको र सोचविचार गरिरहेको देखिन्छ, तर तँ निरन्तर दुष्ट कुराहरू मात्र सोचिरहेको हुन्छस्; तँ त्यस्ता कुराहरूको बारेमा सोचिरहेको हुन्छस् जसले परमेश्‍वरको अवज्ञा गर्छ र परमेश्‍वरविरुद्धमा विद्रोह गर्छ, जुन कुरालाई परमेश्‍वर घिनाउनुहुन्छ, घृणा र निन्दा गर्नुहुन्छ। परमेश्‍वरको नजरमा, यी सबै थोकहरू केवल देहका अधीनका कुराहरू मात्र होइनन्, बरु यी त पूर्ण रूपमा शैतान र दियाबलसका अधीनका कुराहरू हुन्। त्यसो भए, परमेश्‍वरको नजरमा मानिसहरू के हुन्? के उनीहरू मानिस हुन् त? होइनन्, उनीहरू मानिस होइनन्। परमेश्‍वरले उनीहरूलाई दियाबलसहरू, पशुहरू र शैतानहरू, जिउँदा शैतानहरूको रूपमा हेर्नुहुन्छ! मानिसहरू शैतानका कुराहरू र सार लिएर जिउँछन्, र परमेश्‍वरको नजरमा, उनीहरू मानव देह ओढेका जिउँदा शैतानहरू हुन्। परमेश्‍वर त्यस्ता मानिसहरूलाई हिँड्ने लासहरू भनी परिभाषित गर्नुहुन्छ; मरेका मानिसहरूजस्तो। त्यस्ता मानिसहरूलाई—आफ्नो भ्रष्ट शैतानी स्वभावअनुसार र उनीहरूका भ्रष्ट सारअनुसार जिउने यी हिंड्ने लासहरूलाई—फिर्ता लिनका लागि परमेश्‍वरले उहाँको वर्तमान मुक्तिको काम गर्नुहुन्छ, उहाँले यी तथाकथित मृत मानिसहरूलाई फिर्ता लिएर उनीहरूलाई जीवित तुल्याउनुहुन्छ। मुक्ति पाउनु भन्नुको अर्थ यही नै हो।

परमेश्‍वरमा विश्‍वास गर्नुको मुख्य उद्देश्य मुक्ति पाउनु हो। मुक्ति पाउनु भन्नुको अर्थ तँ मरेको मानिसबाट जिउँदो मानिसमा परिणत हुनु हो। यसको मतलब तेरो सास पुनर्जीवित पारिएको छ, तँ जीवित छस् भन्ने हो; तँ परमेश्‍वरलाई चिन्न सक्छस्; र तँ उहाँको आराधना गर्न निहुरन सक्छस् भन्ने हो। तेरो हृदयमा अब परमेश्‍वरप्रति अरू कुनै विरोध हुँदैन; तँ अबउप्रान्त उहाँको अवज्ञा गर्दैनस्, उहाँलाई आक्रमण गर्दैनस्, वा उहाँको विरुद्धमा विद्रोह गर्दैनस्। केवल यस्ता मानिसहरू साँच्‍चै परमेश्‍वरको नजरमा जीवित हुन्छन्। यदि कसैले परमेश्‍वरलाई स्वीकार गर्छु भनेर मात्र भन्छ भने, उनीहरू जीवित हुन्छन् कि हुँदैनन्? (हुँदैनन्, उनीहरू जीवति हुँदैनन्।) त्यसो भए, कस्ता किसिमका मानिसहरू जीवित हुन्छन् त? जीवितहरूमा कस्तो किसिमको वास्तविकता हुन्छ त? कम्तीमा पनि, जीवित व्यक्तिले मानिसको भाषा बोल्न सक्छ। त्यो के हो त? यसको अर्थ यही हो कि उनीहरूले बोल्ने शब्दहरूमा विचारहरू, धारणाहरू र समझ सामेल हुन्छन्। जीवितहरूले बारम्बार कस्ता कुराहरूको बारेमा विचार र कार्य गर्छन् त? उनीहरू मानवीय गतिविधिहरूमा संलग्न हुन र आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्। उनीहरू जे गर्छन् र भन्छन् त्यसको प्रकृति कस्तो हुन्छ त? उनीहरूले प्रकट गर्ने सबै कुरा, उनीहरूले सोच्ने सबै कुरा, र उनीहरूले गर्ने सबै कुरा परमेश्‍वरको भय मान्ने र दुष्टताबाट अलग बस्ने प्रकृतिको साथ गरिएको हुन्छ। यसलाई अझ ठिकसँग भन्नुपर्दा, एक जीवित व्यक्तिको रूपमा तेरो हरेक काम र हरेक विचारलाई परमेश्‍वरले निन्दा गर्नुहुन्न वा परमेश्‍वरले घृणा र अस्वीकार गर्नुहुन्न; बरु, परमेश्‍वरले तिनलाई स्वीकार र प्रशंसा गर्नुहुन्छ। जीवितहरूले गर्ने यही नै हो, र जीवितहरूले गर्नुपर्ने पनि यही नै हो।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “साँचो रूपमा आज्ञाकारी हुनु मात्रै वास्तविक विश्‍वास हो”

यदि मानिसहरूले जीवित प्राणीहरू बन्न र परमेश्‍वरको साक्षी बन्न अनि परमेश्‍वरद्वारा स्वीकृत हुन चाहन्छन् भने तिनीहरूले परमेश्‍वरको मुक्ति स्वीकार गर्नुपर्छ; तिनीहरू खुशीसाथ उहाँको न्याय र सजायको अधीनमा रहनुपर्छ र परमेश्‍वरको काटछाँट र उहाँको निराकरणलाई खुशीसाथ स्वीकार गर्नुपर्छ। त्यसपछि मात्र परमेश्‍वरले अनिवार्य गर्नुभएको सबै सत्यतालाई तिनीहरूले अभ्यास गर्न सक्‍नेछन्, अनि त्यसपछि तिनीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्नेछन् र साँच्चिकै जीवित प्राणी बन्नेछन्। जीवितहरूलाई परमेश्‍वरले मुक्ति दिनुहुन्छ; तिनीहरूलाई परमेश्‍वरले न्याय र सजाय गरिसक्‍नुभएको हुन्छ, तिनीहरू आफूलाई समर्पित गर्न इच्छुक हुन्छन् र परमेश्‍वरको लागि आफ्नो जीवन त्याग्न खुशी हुन्छन् र तिनीहरूले खुशीसाथ आफ्नो पूरा जीवन परमेश्‍वरमा समर्पित गर्छन्। जब जीवितहरूले परमेश्‍वरको साक्षी दिन्छन् तब मात्र शैतानलाई लज्जित बनाउन सकिन्छ; जीवितहरूले मात्र परमेश्‍वरको सुसमाचार कार्य फैलाउन सक्छन्, जीवितहरू मात्र परमेश्‍वरको हृदय अनुसारका हुन्छन्, र जीवितहरू मात्र वास्तविक मानिसहरू हुन्। मौलिक रूपमा परमेश्‍वरद्वारा सृजित मानिस जीवित थियो तर शैतानको भ्रष्टताको कारण मानिस मृत्युको बीचमा अनि शैतानको प्रभावमा रहेर जिउँछ, र त्यसैले यसप्रकार मानिसहरू आत्माविहीन मृतक बनेका छन्, तिनीहरू परमेश्‍वरको विरोध गर्ने शत्रुहरू बनेका छन्, तिनीहरू शैतानका औजारहरू बनेका छन् अनि तिनीहरू शैतानका बन्दीहरू बनेका छन्। परमेश्‍वरद्वारा सृजित सबै जीवित मानिसहरू मृत मानिसहरू बनेका छन् र त्यसरी परमेश्‍वरले उहाँको साक्षी गुमाउनुभएको छ र उहाँले उहाँद्वारा सृजित अनि उहाँको सास भएको एकमात्र वस्तु मानवजातिलाई गुमाउनुभएको छ। यदि परमेश्‍वरले उहाँको साक्षी फिर्ता लिनु परेमा र उहाँको आफ्नै हातद्वारा सृजित भएका तर शैतानद्वारा बन्दी बनाइएका व्यक्तिहरूलाई फिर्ता लिनु परेमा, उहाँले तिनीहरूलाई पुनर्जीवित गर्नुपर्छ ताकि तिनीहरू जीवित प्राणीहरू बनून् र उहाँले तिनीहरूलाई फिर्ता लिनैपर्छ ताकि तिनीहरू उहाँको ज्योतिमा बाँच्न सकून्। मृतकहरू ती हुन् जोसँग आत्मा हुँदैन, ती व्यक्तिहरू जो अत्याधिक रूपमा चेतनाशून्य छन् र जसले परमेश्‍वरको विरोध गर्छन्। तिनीहरू सबैभन्दा बढी परमेश्‍वरलाई नचिन्‍ने व्यक्तिहरू हुन्। यी मानिसहरूमा परमेश्‍वरको आज्ञापालन गर्ने रत्तीभर मनसाय हुँदैन; तिनीहरूले केवल उहाँको विरुद्ध विद्रोह गर्छन् र उहाँको विरोध गर्छन् अनि उनीहरूमा रत्तीभर पनि बफादारीता हुँदैन। जीवित व्यक्तिहरू ती व्यक्तिहरू हुन् जसका आत्माले पुनर्जन्म पाएका छन्, जसले परमेश्‍वरको आज्ञापालन गर्न जान्दछन् र जो परमेश्‍वरप्रति बफादार छन्। तिनीहरू सत्यता र साक्षी युक्त हुन्छन् र ती व्यक्तिहरू मात्र परमेश्‍वरको लागि उहाँको घरमा प्यारा हुन्छन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ जीवित भएको व्यक्ति होस्?

परमेश्‍वरले गर्नुहुने सबै कुरा आवश्यक र असाधारण महत्त्वका छन्, किनकि उहाँले मानिसमा गर्नुहुने सबै कामहरू उहाँको व्यवस्थापन र मानव जातिको मुक्तिसित सम्बन्धित हुन्छन्। स्वाभाविक रूपमा, अय्यूब परमेश्‍वरको नजरमा सिद्ध र इमानदार थिए र पनि उहाँले तिनमा गर्नुभएको काम पनि फरक छैन। अर्को वचनमा, परमेश्‍वर चाहे जे गर्नु भए पनि वा जुनै साधनहरूद्वारा त्यो गर्नु भए पनि, मूल्य जति लागे पनि, उहाँको उद्देश्य जे नै भए पनि उहाँका कामहरूको उद्देश्य परिवर्तन हुँदैनन्। परमेश्‍वरको उद्देश्य मानिसमा, साथै मानिसका निम्ति रहेको उहाँका मागहरू र इच्छामा परमेश्‍वरका वचनहरू काममा लगाउनु हो; अर्को वचनमा, यो भनेको परमेश्‍वरले उहाँका चरणहरूमा सकारात्मक भनी विश्‍वास गर्नुभएको काम मानिसभित्र गराउनु हो, जसले मानिसलाई परमेश्‍वरको हृदय बुझ्न र परमेश्‍वरको सार बुझ्न सक्ने बनाउँछ, र मानिसलाई परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरू पालन गर्ने अनुमति दिन्छ, यसरी मानिसले परमेश्‍वरको भय प्राप्त गर्न सक्छ र खराबीबाट अलग बस्न सक्छ—परमेश्‍वरले गर्नुहुने सबै कार्यमा उहाँको उद्देश्यको एक पक्ष यो सबै हो। अर्को पक्ष यो हो कि, शैतान परमेश्‍वरको काममा प्रतिभार र सेवाको पात्र भएकोले मानिसलाई प्रायः शैतानको हातमा नै सुम्पिन्छ; मानिसहरूलाई शैतानका परीक्षाहरू र आक्रमणहरूमा शैतानको दुष्टता, कुरूपता र घिनलाग्दो अवस्था देखाई, मानिसहरूलाई शैतान घृणा गर्ने, अनि जे नकारात्मक छ त्यसलाई चिन्न र बुझ्न सक्ने तुल्याउनको लागि परमेश्‍वरले प्रयोग गर्नुहुने माध्यम यही हो। जबसम्म परमेश्‍वरको वचन, परमेश्‍वरको बारेमा तिनीहरूका ज्ञान र आज्ञापालन, परमेश्‍वरमाथिको तिनीहरूका विश्‍वास र उहाँप्रतिको भयको कारण, तिनीहरूले शैतानका आक्रमण र आरोपहरूमाथि विजय हासिल गर्दैनन्, तबसम्‍म यस प्रक्रियाले तिनीहरूलाई बिस्तारै शैतानको नियन्त्रण र आरोपहरू, हस्तक्षेप र आक्रमणहरूबाट स्वतन्त्र तुल्याउँछ; तब मात्र तिनीहरूले शैतानको अधिकार क्षेत्रबाट पूर्ण रूपमा छुटकारा पाउनेछन्। मानिसहरूको छुटकाराको अर्थ, शैतान हारेको छ भन्ने हो, यसको अर्थ, तिनीहरू अब शैतानको मुखको आहार हुँदैनन्—तिनीहरूलाई निल्नुको साटो शैतानले तिनीहरूलाई छोडिदिन्छ भन्‍ने हो। त्यस्ता मानिसहरू सोझा भएकाले, तिनीहरूसित विश्‍वास, आज्ञापालन, र परमेश्‍वरप्रति भय भएकोले, र तिनीहरू पूर्ण रूपमा शैतानबाट अलग भएकोले त्यस्तो हुन्छ। तिनीहरूले शैतानलाई लज्जित बनाउँछन्, तिनीहरूले शैतानलाई कायर बनाउँछन्, र तिनीहरूले शैतानलाई पूर्ण रूपमा पराजित गर्छन्। परमेश्‍वरलाई पछ्याउने, उहाँको आज्ञापालन गर्ने र उहाँको भय मान्ने तिनीहरूका दृढ विश्‍वासले नै शैतानलाई पराजित गर्छ, र शैतानलाई पूर्ण रूपमा तिनीहरूलाई त्याग्ने बनाउँछ। यस्ता मानिसहरू मात्र वास्तवमा परमेश्‍वरद्वारा साँचो रूपमा प्राप्त गरिएका हुन्छन्, र परमेश्‍वरले मानिसलाई बचाउनुको मुख्य उद्देश्य पनि यही हो। यदि तिनीहरू मुक्ति पाउन र परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिन चाहन्छन् भने, परमेश्‍वरलाई पछ्याउनेहरू सबैले शैतानबाट आउने ठूलो र सानो दुवै परीक्षाहरू र आक्रमणहरूको सामना गर्नुपर्दछ। जो यी परीक्षाहरू र आक्रमणहरूबाट भएर जान्छन् र शैतानलाई पूर्ण रूपले पराजित गर्न सक्षम हुन्छन्, परमेश्‍वरद्वारा बचाइएकाहरू तिनीहरू नै हुन्। भन्नुको अर्थ, जो परमेश्‍वरमा बचाइएका हुन्छन् तिनीहरू परमेश्‍वरका जाँचहरूबाट भएर गएका, र शैतानका अनगन्ती परीक्षा र आक्रमणमा परेका मानिसहरू हुन्। जो परमेश्‍वरमा बचाइएका हुन्छन् तिनीहरूले परमेश्‍वरको इच्छा र मागहरू बुझ्दछन्, र उनीहरूले परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूलाई कुनै विरोध नगरी स्वीकार गर्न सक्छन्, र शैतानका परीक्षाहरूको बीचमा पनि तिनीहरूले परमेश्‍वरको भय मान्ने र खराबबाट अलग रहने मार्ग छोड्दैनन्। जो परमेश्‍वरमा बचाइएका हुन्छन् तिनीहरूमा इमानदारीता हुन्छ, तिनीहरू दयालु हृदयका हुन्छन्, तिनीहरूले प्रेम र घृणा बीच भिन्नता छुट्याउँछन्, तिनीहरूसँग न्यायको चेतना हुन्छ र विवेकशील हुन्छन्, र तिनीहरू परमेश्‍वरलाई वास्ता गर्न र परमेश्‍वरका सबै थोकलाई मूल्यवान् सम्झेर राख्न सक्षम हुन्छन्। त्यस्ता मानिसहरू शैतानद्वारा बाँधिँदैनन्, जासुसी वा दुर्व्यवहार गरिँदैनन्; तिनीहरू पूर्ण रूपमा स्वतन्त्र हुन्छन्, तिनीहरू पूर्ण मुक्त र रिहा गरिएका हुन्छन्। अय्यूब त्यस्तै स्वतन्त्र मानिस थिए, र परमेश्‍वरले तिनलाई शैतानको हातमा सुम्पनुभएको महत्त्व पनि ठीक यही थियो।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

जब मानिसहरूलाई मुक्ति दिन बाँकी नै हुन्छ, तिनीहरूको जीवनलाई प्रायजसो शैतानले हस्तक्षेप र अनि नियन्त्रण समेत गरेको हुन्छ। अर्को वचनमा, मुक्ति नदिइएका मानिसहरू शैतानका कैदीहरू हुन्, तिनीहरूसँग स्वतन्त्रता हुँदैन, शैतानले तिनीहरूलाई त्यागेको हुँदैन, तिनीहरू परमेश्‍वरको आराधना गर्न योग्य वा हकदार हुँदैनन्, र तिनीहरूलाई शैतानले नजिकबाट खेदो गरेको र भयानक आक्रमण गरेको हुन्छ। त्यस्ता मानिसहरूसँग बताउन सकिने कुनै खुसी हुँदैन, तिनीहरूसित बताउन सकिने सामान्य अस्तित्व हुँदैन, र यसबाहेक उनीहरूसँग बोल्‍ने कुनै मर्यादा हुँदैन। यदि तँ खडा भएर परमेश्‍वरमा भएको आफ्नो विश्‍वास र उहाँप्रतिको आज्ञापालन र परमेश्‍वरप्रतिको भयलाई जीवन र मृत्युका निम्ति लडाइँ गर्ने हतियारको रूपमा प्रयोग गर्दै शैतानसित युद्ध गरिस् भने मात्र शैतानलाई पूर्ण रूपमा पराजित गर्नेछस्, अनि त्यसलाई पिठिउँ फर्काएर भाग्ने र तँलाई देख्दा डरछेरुवा बन्‍ने तुल्याउन सक्छस्, यसरी त्यसले तेरोको विरुद्धका आक्रमणहरू र आरोपहरूलाई पूर्ण रूपमा त्याग्छ—तब मात्र तैंले मुक्ति र स्वतन्त्रता पाउँछस्। यदि तँ शैतानबाट पूर्ण रूपमा अलग हुन चाहन्छस् तर शैतानलाई पराजित गर्न तँलाई सहायता गर्ने हात-हतियारहरूद्वारा सुसज्जित छैनस् भने तँ अझै पनि खतरामा नै छस्; समय बित्दैजाँदा, तँ शैतानद्वारा यति धेरै सताइनेछस् कि तँमा अलिकति पनि शक्ति बाँकी रहँदैन, तापनि तँ अझै पनि गवाही दिन असमर्थ हुन्छस्, तेरो विरुद्धका शैतानका आरोपहरू र आक्रमणहरूबाट अझै आफैलाई पूर्ण रूपमा स्वतन्त्र तुल्याएको हुँदैन भने, तब तँमा मुक्ति पाउने आशा निकै थोरै हुनेछ। आखिरीमा, जब परमेश्‍वरको कामको समाप्तिको घोषणा गरिनेछ, आफैलाई स्वतन्त्र पार्न नसक्‍ने गरी तँ अझै पनि शैतानको पक्डमा नै हुनेछस्, र यसरी तँसँग कहिल्यै पनि मौका वा आशा हुनेछैन। त्यसकारण, यसको तात्पर्य भनेको, त्यस्ता मानिसहरू पूर्ण रूपमा शैतानको कैदमा परेका हुनेछन् भन्‍ने हो।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अनुग्रहको युगको पश्‍चात्तापको बाटो र आखिरी दिनहरूको अनन्त जीवनको बाटोबीचका भिन्नताहरू

परमेश्‍वरका प्रासंगिक वचनहरू:अनुग्रहको युगमा पश्‍चात्तापको सुसमाचार प्रचार गरिएको थियो, अनि मानिसले त्यसमा विश्‍वास गर्‍यो भने उसले...

अनुग्रहको युगको र राज्यको युगको मण्डली जीवनबीचका भिन्नताहरू

परमेश्‍वरका प्रासंगिक वचनहरू:जब अनुग्रहको युगमा परमेश्‍वर तेस्रो स्वर्गमा फर्कनुभयो, त्यसबेला सम्पूर्ण मानवजातिलाई छुटकारा दिने परमेश्‍वरको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्