के बाइबलमाथिको विश्‍वास परमेश्‍वरमाथिको विश्‍वास जस्तै हो?

17 अगस्ट 2021

By Danchun, the United States

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “धेरै वर्षदेखि मानिसहरूका परम्परागत विश्‍वासका माध्यमहरू (ख्रीष्टियन धर्मको, जुन विश्‍वका तीन प्रमुख धर्ममध्ये एक हो) बाइबल पढ्नु नै भएको छ; बाइबलबाट टाढो हुनु भनेको प्रभुमा विश्‍वास गर्नु होइन, बाइबलबाट टाढो हुनु शास्त्रविरुद्ध र झूटो शिक्षा हो, र जब मानिसहरूले अन्य पुस्तकहरू पढ्छन् तब पनि यी पुस्तकहरूको जग बाइबलको व्याख्या नै हुनुपर्दछ। यसको अर्थ के हो भने, यदि तँ प्रभुमा विश्‍वास गर्छस् भने तैंले बाइबल पढ्नै पर्छ, र बाइबल बाहिर तैंले कुनै पुस्तकको पूजा गर्नुहुँदैन जसमा बाइबल समावेश छैन। यदि तैंले त्यसो गरिस् भने तैँले परमेश्‍वरलाई धोका दिइरहेको हुन्छस्। बाइबल भएको समयदेखि नै परमेश्‍वरमाथिको मानिसहरूको विश्‍वास नै बाइबलमाथिको विश्‍वासको रूपमा रहिआएको छ। मानिसहरूले प्रभुमा विश्‍वास गर्छन् भन्नुको सट्टा तिनीहरूले बाइबलमा विश्‍वास गर्छन् भन्नु राम्रो हुन्छ; उनीहरूले बाइबल पढ्नु सुरु गरे भन्नुभन्दा उनीहरूले बाइबलमा विश्‍वास गर्न थाले भन्नु राम्रो हुन्छ; उनीहरू प्रभुको सामु फर्किए भन्नुभन्दा उनीहरू बाइबलको अगि फर्किए भन्नु राम्रो हुन्छ। यसरी, मानिसहरूले बाइबललाई परमेश्‍वर जस्तो मानेर त्यसको आराधना गर्छन्, यो उनीहरूको जीवनरक्त जस्तो बन्छ, र यसलाई गुमाउनु आफ्नो जीवन गुमाउनुजस्तै हुन्छ। मानिसहरूले बाइबललाई परमेश्‍वर जत्तिकै उच्च रूपमा हेर्छन्, र यसलाई परमेश्‍वरभन्दा उच्च देख्‍नेहरू पनि छन्। यदि मानिसहरू पवित्र आत्माको कामविहीन छन् भने, यदि उनीहरूले परमेश्‍वरलाई महसुस गर्न सक्दैनन् भने, उनीहरू बाँच्न सक्छन्—तर उनीहरूले बाइबल वा बाइबलका प्रसिद्ध अध्यायहरू र भनाइहरू हराउने बित्तिकै उनीहरूको जीवन नै हराएको जस्तो हुन्छ। … मानिसहरूका मनमा बाइबल एउटा मूर्ति बनेको छ, यो उनीहरूका दिमागमा एउटा पहेली बनेको छ, र बाइबल बाहिर परमेश्‍वरले काम गर्न सक्नुहुन्छ भन्ने विश्‍वास गर्न तिनीहरू असमर्थ छन्, मानिसहरूले बाइबल बाहिर पनि परमेश्‍वर पाउन सक्छन् भनी तिनीहरू विश्‍वास गर्न सक्दैनन्, उनीहरूले अन्तिम कामको समयमा परमेश्‍वर बाइबलबाट टाढा हुन र फेरि पहिलेदेखि सुरु गर्न सक्नुहुन्छ भनी विश्‍वास गर्ने कुरा त परै जाओस्। यो मानिसहरूले सोच्नै नसक्ने कुरा हो; उनीहरू यसमा विश्‍वास गर्न सक्दैनन्, न त उनीहरूले यसको कल्पना गर्न नै सक्छन्। परमेश्‍वरको नयाँ कामलाई स्वीकार गर्ने विषयमा बाइबल मानिसहरूका निम्ति ठूलो बाधा र परमेश्‍वरको यो नयाँ काम फैलाउने कार्यको कठिनाइ बनेको छ” (वचन शरीरमा देखा पर्नुहुन्छ)। सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनले प्रभुमाथिको हाम्रो पहिलेको विश्‍वासका समस्याहरूलाई खुलासा गर्छ। जब मैले पहिले धर्मको अभ्यास गर्थेँ, मलाई बाइबलमाथिको विश्‍वास नै परमेश्‍वरमाथिको विश्‍वास हो भन्‍ने लाग्थ्यो। मैले बाइबल परमेश्‍वरभन्दा माथि छ भन्‍ने समेत विश्‍वास गर्थेँ। म बाइबल पदहरूमा, विशेष गरी उत्कृष्ट पदहरूमा टाँसिएको थिएँ। मैले साँचो रूपमा परमेश्‍वरको आवाजलाई सुनिरहेको थिइनँ, विशेष गरी प्रभुलाई स्वागत गर्ने कुरालाई। कसैले प्रभु येशू सत्यताहरू बोल्नुहुँदै, आखिरी दिनहरूको न्यायको काम गर्नुहुँदै, सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा आइसक्‍नुभयो भनी गवाही दिएको मैले सुनेँ, तर मैले यसको खोजी नै गरिनँ। मैले प्रभुलाई स्वागत गर्ने मेरो अवसर झन्डै गुमाएँ। परमेश्‍वरको उल्‍लेखनीय मार्गनिर्देशनले गर्दा मैले प्रभुलाई अभिवादन गर्न र सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गर्न सकेँ।

के बाइबलमाथिको विश्‍वास परमेश्‍वरमाथिको विश्‍वास जस्तै हो?

२००१ मा, मैले बप्तिस्मा लिएँ र प्रभु येशूलाई औपचारिक रूपमै स्वीकार गरेँ, त्यसपछि मण्डलीको सेवामा म निकै सक्रिय भएँ। तर चाँडै नै मैले के पत्ता लगाएँ भने पाष्टरले उही प्रवचनहरूलाई बारम्‍बार दोहोर्‍याउँदो रहेछ, र प्रचार गर्नको लागि नयाँ केही थिएन। तिनले मण्डलीको कोष पनि हिनामिना गर्दो रहेछ। सहकर्मीहरू हैसियतको लागि निरन्तर प्रतिस्पर्धा गर्थे। यो सबै कुरा अत्यन्तै निराशलाग्दो थियो अनि म मेरो मण्डली सेवाबाट निस्केँ। त्यसपछिको केही वर्षसम्‍म, मैले निरन्तर प्रार्थना गरेँ र बाइबल पढेँ, तर मैले सधैँ आत्मिक रूपमा रित्तो महसुस गर्थेँ। पवित्र आत्माको काम भएको, मेरो आत्मिक रिक्ततालाई शान्त गर्न सक्ने मण्डली वा आत्मिक अगुवाइ भेट्टाउने आशा गर्दै मैले उत्तम मार्गको खोजी गर्न थालेँ।

त्यसपछि २०१८ मा मैले सिस्टर लीलाई अनलाइन भेटेँ। उहाँले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको बारेमा विचार गर्दैछु, प्रभु येशू सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा फर्किसक्‍नुभएको छ, र मैले पनि यसको बारेमा विचार गर्नुपर्छ भनी भन्‍नुभयो। मैले विगतको कुरालाई सम्झेँ, “पाष्टर र एल्डरहरूले सधैँ भन्‍ने गर्थे, बाइबल नै साँचो ख्रीष्टियन प्रमाणित पुस्तक हो र जससित पूर्ण अख्तियार छ, हाम्रो विश्‍वास बाइबलमा नै आधारित छ, र अरू कुनै पनि कुरा झूटो शिक्षा हो। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको मार्ग बाइबलभन्दा पर जान्छ, त्यसकारण यो जति नै राम्रो सुनिए तापनि, हामीले यसको कुरा सुन्‍न, पढ्न वा यसलाई सम्पर्क गर्न समेत हुँदैन।” मैले सम्‍मानको साथ सिस्टर लीको अनुरोधलाई इन्कार गरेँ। तर यो सब मैले सोचेको बारे मलाई अलिक असहज महसुस भयो, “प्रभुको पुनरागमन ठूलो कुरा हो। के मैले अन्धाधुन्ध यसको खोजी गर्न इन्कार गरेको प्रभु चाहनुहुन्छ? प्रभु येशूले भन्नुभयो, ‘आत्मामा गरिब हुनेहरू धन्यका हुन्: किनभने स्वर्गको राज्य तिनीहरूकै हो’ (मत्ती ५:३)। प्रभु पहिले नै फर्किसक्‍नुभएको छ भन्‍ने सुन्दा मैले खुला मनले खोजी गर्नुपर्छ।” तर जब मैले पाष्टरका शब्‍दहरूको बारेमा विचार गरेँ, मैले त्यसो गर्ने आँट गरिन। निदाउन नसकेर, म रातभरि यता-उता पल्टिरहेँ। मलाई अत्यन्तै दोधार भयो र के गर्ने भन्‍ने मलाई थाहै भएन। बिचल्लीमा परेर, मैले प्रभुसँग प्रार्थना गरेँ, मलाई सहि निर्णय गर्न अगुवाइ गर्नुहोस् भनी उहाँलाई अनुरोध गरेँ। त्यसपछिका केही दिनको अवधिमा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली र यसको मार्गको बारेमा इन्टरनेटमा थप जानकारी भेटेँ। मैले केही नकरात्मक टिप्‍पणी भेट्टाउँदा म हिचकिचाएँ। मैले प्रश्‍न गरेँ, “के म यसको खोजी गरूँ?” तर त्यसपछि मैले प्रभुको पुनरागमन कति महत्त्वपूर्ण छ भन्‍ने सम्झिएँ। मैले अरूको कुरा अन्धाधुन्ध सुन्‍ने वा भीडको पछि लाग्‍ने गर्न सक्दिन थिएँ। मैले वास्तवमै यसको अनुसन्धान गर्नु पर्नेथियो। मैले मण्डलीको वेबसाइट र यसका भिडियोहरू हेरेँ। त्यसपछि मैले “ख्रीष्टको राज्य न्यानो घर हो” भन्‍ने भजनको म्यूजिक भिडियो भेटेँ। यो अत्यन्तै हृदय छुने किसिमको थियो—म तुरुन्तै आकर्षित भइहालेँ। मैले साइटमा भएका बाँकी कुरा हेरेँ र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले बनाएका सबै प्रकारका उत्कृष्ट भिडियो र चलचित्रहरू भेट्टाएँ, जसमा कोरल गीत, म्यूजिक भिडियोहरू, सुसमाचार चलचित्र, परमेश्‍वरको वचन पाठ, भजनहरू, साथै अनुभवका गवाही सम्‍बन्धी चलचित्रहरू समावेश थिए। ती सबै उत्कृष्ट पाठहरू भएका वास्तवमै गतिशील थिए। तिनले वास्तवमै मलाई छोयो। मैले तिनलाई एक-एक गरी हेर्न थालेँ, त्यो हप्तामा एक दर्जन जति हेरिसकेको थिँए।

तिनमा दिइएका सङ्गति व्यावहारिक र अन्तर्दृष्टि दिने किसिमका रहेछन्। यसले धार्मिक संसार किन खोक्रो छ र यसमा किन पवित्र आत्माको कमी छ त्यो देखायो र हामीले प्रभुलाई वास्तवमा कसरी स्वागत गर्नुपर्छ त्यो पनि यसले पूर्ण रूपमा स्पष्ट पार्‍यो। परमेश्‍वरले कसलाई आशिष्‌ दिनुहुन्छ र कसलाई दण्ड दिनुहुन्छ, र यस्तै इत्यादि पनि भिडियोहरूमा व्याख्या गरिएको रहेछ। मसँग वर्षौंदेखि रहेका दोधार र कठिन प्रश्‍नहरू स्पष्ट भए। मण्डलीका चलचित्रहरू पनि त्यतिकै उपयोगी र सन्तोषजनक रहेछन् भन्‍ने मलाई लाग्यो। यसले मलाई वास्तवमै सोचमा पार्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली झूटो शिक्षा रहेनछ! यदि यो वास्तवमै असल नभएको भए, तिनीहरूले कसरी यति अन्तर्दृष्टि दिने र सन्तोषजनक यी चलचित्रहरू बनाउन सक्थे? सबै सम्प्रदायहरूले आफूलाई कट्टर प्रभु येशू ख्रीष्टको भएको दाबी गर्छन्, तर अरू कसैले पनि परमेश्‍वरको गवाही दिने त्यति धेरै चलचित्रहरू बनाएका छैनन्। पाष्टर र एल्डरहरूले यसो भनेको पनि मैले सम्झेँ, फरक-फरक सम्प्रदायका धेरै साँचो विश्‍वासीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गरेका छन् र अहिले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली संसारभरि फैलिएको छ। यसले मलाई गमलिएलले भनेको कुरा याद दिलायो: “यदि यो सल्‍लाह वा यो काम मानिसहरूको नै हो भने, यो व्यर्थ हुनेछ: तर यो परमेश्‍वरको हो भने, तपाईंहरूले यसलाई हटाउन सक्‍नुहुन्‍न; नत्र संयोगवस तपाईंहरू परमेश्‍वरको विरुद्ध लडाइँ गर्ने ठहरिनुहुनेछ” (प्रेरित ५:३८-३९)। जे कुरा परमेश्‍वरबाट आउँछ त्यो फस्टाउनैपर्छ, र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली साँच्‍चै परमेश्‍वरबाट नै आएको हो भन्‍ने सम्‍भावना धेरै नै देखियो। तर मसँग अझै पनि धेरै प्रश्‍नहरू थिए: “वचन शरीरमा देखा पर्नुहुन्छ भन्‍ने यो निश्‍चित पुस्तकको बारेमा तिनीहरूका प्रत्येक चलचित्रमा उल्‍लेख गरिएको छ। किन तिनीहरूका मण्डलीका सदस्यहरूले पनि बाइबल पढ्दैनन्? के त्यो बाइबललाई त्याग्नु होइन र? पाष्टर र एल्डरहरूले सधैँ यो कुरा दोहोर्‍याउँथे बाइबल नै ख्रीष्टियन जगतको प्रमाणित पुस्तक हो र यसको पूर्ण अख्तियार छ, र बाइबललाई पछ्याउनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र अरू कुनै पनि कुरा झूटो शिक्षा हो।” मैले घरिघरि सोचेँ तर मैले जति नै यसबारे विचार गरे पनि मैले पत्ता लगाउन सकिन। त्यसपछि प्रभु येशूका यी वचनहरू मकहाँ आयो: “माग, अनि त्यो तिमीहरूलाई दिइनेछ; खोज, अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याओ, अनि त्यो तिमीहरूको निम्ति खोलिनेछ” (मत्ती ७:७)। मैले आफैलाई भनेँ, “प्रभु येशू फर्केर आइसक्‍नुभएको छ भनी मानिसहरूले भनिरहेका हुनाले, ममा जति नै धेरै शङ्का भए तापनि, यदि त्यो साँचो हो भन्‍ने कुरामा कुनै सम्‍भावना छ भने त, मैले त्यही आशाको टुक्रालाई नै पछ्याउनुपर्छ। मैले प्रभुलाई स्वागत गर्ने मेरो मौकालाई गुमाउनु हुँदैन।”

एक पटक मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको वेबसाइटमा हेरिरहेको थिएँ, मैले “बाइबलबाट निस्केर आऊ” नामक चलचित्रको छोटो अंश हेरेँ, र “के परमेश्‍वरले बाइबल अनुसार काम गर्नुहुन्छ?” भन्‍ने शीर्षकले मलाई तुरुन्तै प्रहार गर्‍यो। मैले प्रतीक्षा गर्नै सकिनँ—त्यसपछि मैले त्यहीँ नै चलचित्र हेर्न सुरु गरिहालेँ अनि सुसमाचार प्रचारक, सिस्टर वाङ्गले पाष्टरलाई यो प्रश्‍न गर्नुभएको देखेँ: “तपाईंले भर्खरै भन्‍नुभयो, परमेश्‍वर मुक्तिको आफ्‍नो काम गर्न बाइबलभन्दा बाहिर जान सक्‍नुहुन्‍न बाइबलभन्दा बाहिरको कुनै पनि कुरा झूटो शिक्षा हो। त्यसो भए कुनचाहिँ पहिले आएको हो, बाइबल कि परमेश्‍वरको काम?” जब मैले त्यो प्रश्‍न सुनेँ, मेरो विवेकले मलाई यसो भनेको मैले सुनेँ, “अवश्‍य नै बाइबलभन्दा पहिले परमेश्‍वरको काम नै आयो!” सिस्टर वाङ्गले भन्‍नुभयो, “प्रारम्‍भमा, परमेश्‍वरले स्वर्ग, पृथ्वी, र यावत् थोक सृष्टि गर्नुभयो। उहाँले संसारमा जलप्रलय ल्याउनुभयो, उहाँले सदोम र गमोरालाई जलाउनुभयो, र इत्यादि काम गर्नुभयो। के उहाँले यी सबै कुराहरू पूरा गर्नुहुँदा पुरानो करार अस्तित्वमा थियो?” मेरो विवेकले मलाई यसको उत्तर भनिरहेको थियो: “होइन। परमेश्‍वर नै सुरुवात हुनुहुन्छ। अक्षरहरू अस्तित्वमा आउनुभन्दा पहिले नै उहाँले यावत् थोक सृष्टि गर्नुभयो, बाइबलको त कुरै नगरौं!” सिस्टर वाङ्गले आफ्‍नो कुरालाई जारी राख्‍नुभयो: “परमेश्‍वरले आफ्‍नो काम गर्नुभएको बेला कुनै शास्‍त्र नै थिएन। अर्थात्, परमेश्‍वरको काम नै पहिले गरिएको थियो, त्यसपछि यसलाई शास्‍त्रमा लेखियो। अनि जब प्रभु येशू अनुग्रहको युगमा काम गर्न आउनुभयो, त्यो बेला नयाँ करार थिएन। तीन सय वर्षपछि संसारभरिका धार्मिक अगुवाहरू भेला भएर एउटा सम्‍मेलन आयोजना गरियो। तिनीहरूले प्रभु येशूको काम सम्‍बन्धी तिनीहरूका चुनिएको विवरणको रूपमा सुसमाचारका चार पुस्तकलाई छनौट गरे र प्रेरितहरूले मण्डलीहरूलाई लेखेका केही पत्रहरू र यूहन्‍नाले अभिलेख राखिएको प्रकाशलाई पनि समावेश गरे। तिनीहरूले यो सबैलाई एकट्ठा गरे जसलाई हामी नयाँ करार भनेर चिन्छौं। बाइबलको सृजना गरिएको प्रक्रियाबाट हामी के देख्छौं भने परमेश्‍वरको काम नै पहिले आयो, त्यसपछि यसलाई बाइबलमा लेखियो। परमेश्‍वरको कामविना, बाइबल अस्तित्वमा समेत रहनेथिएन। भन्‍नुको अर्थ, परमेश्‍वरले बाइबल अनुसार काम गर्नुहुन्‍न र उहाँ यसद्वारा सीमित हुनुहुन्‍न। उहाँले उहाँको आफ्‍नो योजना र मानवजातिको निश्‍चित खाँचोहरू अनुसार काम गर्नुहुन्छ। अनि त्यसैले हामीले बाइबलमा जे छ त्यसमा मात्रै परमेश्‍वरको कामलाई कडाइका साथ सीमित गर्न सक्दैनौं वा उहाँको कार्यलाई सीमित गर्न बाइबल प्रयोग गर्न सक्दैनौं। हामीले बाइबलभन्दा परको कुनै पनि कुरा झूटो शिक्षा हो भनेर साँच्‍चै दाबी गर्न सक्दैनौं।”

चलचित्रकी सिस्टर वाङ्गले त्यसपछि अझै उपयोगी सङ्गति बाँड्नुभयो: “प्रभु येशूले पुरानो करार अनुसार आफ्‍नो काम गर्नुभएन। उहाँले पश्‍चात्तापको मार्ग प्रचार गर्नुभयो, बिरामीलाई चङ्गाइ गर्नुभयो र भूतहरू धपाउनुभयो, अनि शबाथ-दिनमा समेत काम गर्नुभयो त्यो बेला त्यसमध्ये कुनै पनि कुरालाई शास्‍त्रमा लेखिएको थिएन। यो पुरानो करारका नियमहरूसँग बाझिन्छ भन्‍नेजस्तो समेत देखियो। मुख्य पूजाहारीहरू, शास्‍त्रीहरू, र फरिसीहरू सबैले प्रभु येशूलाई उहाँको काम र वचनहरू त्यस बेलाको शास्‍त्र विपरीत भएको कारण दोष दिए। यदि हामी बाइबलभन्दा बाहिरको कुनै पनि कुरा झूटो शिक्षा हो भन्‍छौं भने, के त्यो सबै युगहरूमा परमेश्‍वरले गर्नुभएका सबै कामलाई दोषी ठहर्याउने थिएन र?”

म छक्क परेँ र मैले त्यो साँच्‍चै सहि कुरा हो भन्‍ने अचानक महसुस गरेँ। प्रभु येशूले शबाथ-दिनमा प्रचार गर्नुभयो र काम गर्नुभयो, बिरामीलाई चङ्गाइ गर्नुभयो र भूतहरूलाई धपाउनुभयो। त्यस्तो कुनै पनि कुरा पुरानो करारमा कहिल्यै उल्‍लेख गरिएको थिएन। उहाँको काम शास्‍त्रभन्दा पर गएको हुनाले, मुख्य पूजाहारीहरू, शास्‍त्रीहरू, र विशेष गरी फरिसीहरूले प्रभु येशूको कामलाई झूटो शिक्षा भनी दोष दिए र आखिरमा उहाँलाई क्रूसमा झुन्ड्याउन लगाएर मारे। तिनीहरूलाई परमेश्‍वरले सजाय दिनुभयो। यदि सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ भने अनि बाइबलभन्दा बाहिरको कुनै पनि कुरा झूटो शिक्षा हो भनी हामी विश्‍वास गर्छौं भने, के त्यो परमेश्‍वरको कामलाई दोषी ठहर्याउनु हुनेछैन र? त्यो परमेश्‍वरको लागि अपमानजनक हुनेथियो! यो विचारले मलाई निकै भयभीत तुल्यायो। मैले मेरा पुराना विचारहरूलाई उप्रान्त पक्रिरहन सक्दिनँ भन्‍ने मलाई थाहा थियो। मैले हेर्न जारी राखेँ।

चलचित्रमा भएकी सिस्टरले सर्वशक्तिमान्‌ परमेश्‍वरका केही वचन पढ्नुभयो: “बाइबलको वास्तविकता कसैलाई पनि थाहा छैन: यो परमेश्‍वरको कार्यको ऐतिहासिक अभिलेख, र परमेश्‍वरको कार्यको अघिल्लो दुई चरणको प्रमाण भन्दा बढी केही पनि होइन, र यसले तँलाई परमेश्‍वरको कार्यको उद्देश्यको बारेमा कुनै समझ प्रदान गर्दैन। यसले व्यवस्थाको युग र अनुग्रहको युगको अवधिको परमेश्‍वरको कामको दुई चरणहरूलाई प्रस्तुत गर्दछ भन्‍ने कुरा बाइबल पढेका सबैलाई थाहा छ। पुरानो करारले इस्राएलको इतिहास र सृष्टिको समयदेखि व्यवस्थाको युगको अन्त्यसम्मको यहोवाको कार्यको इतिहासलाई वर्णन गर्दछ। नयाँ करारले पृथ्वीमा येशूले गर्नुभएका कामहरूको अभिलेख राख्दछ जुन सुसमाचारका चार पुस्तकहरूमा साथै पावलको काममा पनि छ—के ती ऐतिहासिक अभिलेखहरू होइनन् र?” “बाइबल एउटा ऐतिहासिक पुस्तक हो, र यदि तैंले अनुग्रहको युगमा पुरानो करार खाएको र पिएको छस् भने—यदि तैंले अनुग्रहको युगको अवधिमा पुरानो करारको समयमा चाहिने कुराको अभ्यास गरेको छस् भने—येशूले तँलाई अस्वीकार गर्नुहुनेथियो, र तँलाई दण्ड दिनुहुनेथियो; यदि तैंले येशूका कामहरूमा पुरानो करार लागू गरेको थिइस् भने, तँ एक फरिसी हुने थिइस्। यदि आज, तैंले खान र पिउन अनि प्रयोग गर्नका लागि पुरानो र नयाँ करारलाई एकसाथ राख्छस् भने, आजका परमेश्‍वरले तँलाई दोषी ठहराउनुहुनेछ; तँ आजको पवित्र आत्माको कामको पछि पतन भएको हुनेछस्! यदि तँ पुरानो करार र नयाँ करार खान्छस् र पिउँछस् भने, तँ पवित्र आत्माको प्रवाहभन्दा बाहिर छस्! येशूको समयमा, येशूले यहूदीहरू र उहाँको पछि लाग्नेहरू सबैलाई त्यस बेला उहाँमा भएको पवित्र आत्माको कामअनुसार डोऱ्याउनुभयो। उहाँले बाइबललाई उहाँको कामको आधारको रूपमा लिनुभएन, तर उहाँको कामअनुसार बोल्नुभयो; उहाँले बाइबलले भनेको कुरामा ध्यान दिनुभएन, न त उहाँले आफ्ना अनुयायीहरूलाई डोऱ्याउने तरिका नै खोज्नुभयो। उहाँले काम गर्न थाल्नुभएदेखि नै पश्चात्तापको मार्ग फैलाउनुभयो—एउटा यस्तो वचन जसको बारेमा पुरानो करारका अगमवाणीहरूमा एउटै पनि उल्लेख गरिएको थिएन। उहाँले केवल बाइबलअनुसार काम गर्नुभएन भन्ने मात्र होइन, तर उहाँले एउटा नयाँ बाटोमा पनि हिँडाउनुभयो र नयाँ काम पनि गर्नुभयो। उहाँले प्रचार गर्नुहुँदा कहिल्यै पनि बाइबलको उल्लेख गर्नुभएन। व्यवस्थाको युगको अवधिमा कसैले पनि उहाँले जस्तो बिरामीहरूलाई निको पार्ने र दुष्टात्माहरू निकाल्ने आश्‍चर्यकर्महरू गर्न सकेको थिएनन्। त्यसरी नै उहाँको काम, शिक्षा अनि उहाँका वचनहरूको अधिकार र शक्ति व्यवस्थाको युगको कुनै पनि व्यक्तिको भन्दा उत्तम थियो। येशूले केवल उहाँको नयाँ काम गर्नुभयो, र धेरै मानिसहरूले बाइबल प्रयोग गर्दै उहाँको निन्दा गरे पनि—र उहाँलाई क्रूसमा टाँग्न पुरानो करार प्रयोग गरे पनि उहाँको काम पुरानो करारको भन्दा उत्तम थियो; यदि यस्तो थिएन भने, मानिसहरूले किन उहाँलाई क्रूसमा टाँग्थे? के पुरानो करारमा उहाँको शिक्षा, बिरामीलाई निको पार्ने र दुष्टात्माहरूलाई धपाउने उहाँको क्षमताको बारेमा केही नभनिएकोले गर्दा होइन र? उहाँको काम नयाँ मार्गमा डोर्‍याउनका निम्ति गरिएको थियो, यो जानाजानी बाइबलको विरुद्ध लड्न वा जानी-जानी पुरानो करारबाट छुटकारा दिनका निम्ति थिएन। उहाँ आफ्नो सेवकाइ गर्न, उहाँको चाहना र खोजी गर्नेहरूलाई नयाँ काम दिन मात्रै आउनुभयो। उहाँ पुरानो करारको व्याख्या गर्न वा त्यसको कामलाई समर्थन गर्न आउनुभएन। उहाँको काम व्यवस्थाको युगलाई निरन्तरता दिनका लागि थिएन, किनकि उहाँको कामले बाइबल त्यसको आधार हो कि होइन भन्ने कुरामा कुनै ध्यान दिएन; येशू केवल उहाँले गर्नुपर्ने काम गर्न मात्रै आउनुभयो। यसैले, उहाँले पुरानो करारका अगमवाणीहरूको व्याख्या गर्नुभएन, न त उहाँले पुरानो करारको व्यवस्थाको युगका वचनहरू अनुसार काम नै गर्नुभयो। पुरानो करारले भनेका कुरालाई उहाँले बेवास्ता गर्नुभयो, उहाँको काम त्योसँग सहमत छ कि छैन भनी उहाँले वास्ता गर्नुभएन, अनि अरूले उहाँको कामको बारेमा के जान्दछन् वा तिनीहरूले त्यसलाई दोषी ठहराएका छन् भनी वास्ता गर्नुभएन। उहाँले केवल आफूले गर्नुपर्ने काम गर्दैजानुभयो, यद्यपि धेरै मानिसहरूले उहाँलाई दोषी ठहराउन पुरानो करारका अगमवक्ताहरूका अगमवाणीहरू प्रयोग गरे। मानिसहरूको नजरमा उहाँको कामको कुनै आधार नभएको र त्यहाँ धेरै कुरा पुरानो करारको विवरणसँग नमिलेको जस्तो देखिन्थ्यो। के यो मानिसको गल्ती थिएन र? के परमेश्‍वरको कामका निम्ति सिद्धान्त प्रयोग गर्नु आवश्यक हुन्छ? के परमेश्‍वरको काम अगमवक्ताहरूका अगमवाणीअनुसार हुनै पर्छ? त्यसोभए, ठूलो को हो: परमेश्‍वर वा बाइबल? परमेश्‍वरले किन बाइबलअनुसार काम गर्नुपर्छ र? के परमेश्‍वरसँग बाइबललाई उछिन्ने कुनै अधिकार छैन भन्‍ने हुनसक्छ? के परमेश्‍वरले बाइबलबाट टाढा भएर अरू कामहरू गर्न सक्नुहुन्न र? येशू र उहाँका चेलाहरूले किन शबाथ-दिन पालना गर्नुभएन? यदि उहाँले शबाथ-दिन पालना गर्नु र पुरानो करारका आज्ञाहरू अनुसार अभ्यास गर्नुपर्थ्यो भने, येशूले उहाँ आउनुभएपछि शबाथ-दिन किन पालना गर्नुभएन, तर बरु खुट्टा धोइदिनुभयो, शिर ढाक्नुभयो, रोटी भाँच्नुभयो र दाखरस पिउनुभयो? के यी सबै कुरा पुरानो करारका आज्ञाहरूमा समावेश छैनन् र? यदि येशूले पुरानो करारलाई आदर गर्नुहुन्थ्यो भने उहाँले यी सिद्धान्तहरू किन तोड्नुभयो? कुनचाहिँ पहिले आयो, परमेश्‍वर वा बाइबल, त्यो तँलाई थाहा हुनुपर्छ” (वचन शरीरमा देखा पर्नुहुन्छ)।

सिस्टर वाङ्गले यो कुरा बाँड्नुभयो: “हामीले वर्षौंदेखि परमेश्‍वर र बाइबललाई उही स्तरमा राख्यौं, उहाँको काम बाइबलभन्दा पर जान सक्दैन भन्‍ने ठान्यौं र बाइबलभन्दा बाहिरको कुनै पनि विश्‍वासलाई विश्‍वास होइन, तर झूटो शिक्षा मात्र भन्‍न सकिन्छ भन्‍ने ठान्यौं। वास्तवमा, बाइबल परमेश्‍वरको कामको प्रारम्‍भिक दुई चरणको विवरण मात्रै हो। यो उहाँले स्वर्ग, पृथ्वी, यावत् थोक, साथै मानवजातिलाई सृष्टि गरिसक्‍नुभएपछि मानिसलाई अगुवाइ गर्न र मुक्ति दिनको लागि परमेश्‍वरले गर्नुभएको कामको प्रारम्‍भिक दुई चरणको गवाही हो। यसले मानिसलाई मुक्ति दिने उहाँको सबै कामलाई प्रतिनिधित्व गर्दैन।” “बाइबलमा दिइएका परमेश्‍वरको वचन अत्यन्तै सीमित छन्। यसमा परमेश्‍वरको जीवन स्वभावको बारेमा एक-दुई वटा सङ्केत मात्रै छ, तर त्यो सबै यसमा समावेश छँदै-छैन। परमेश्‍वरले बाइबल अनुसार काम गर्नुहुन्‍न वा यसलाई उहाँको काममा उल्‍लेख समेत गर्नुहुन्‍न। उहाँले आफ्‍ना अनुयायीहरूलाई अगुवाइ गर्ने मार्ग निर्धारित गर्न यसको प्रयोग गर्नुहुन्‍न। उहाँको काम लगातार अघि बढिरहेको छ। परमेश्‍वरले नयाँ युगको सुरुवात गर्नुभएको छ र नयाँ काम गरिरहनुभएको छ। उहाँले मानिसहरूलाई नयाँ मार्ग र अझै महान् सत्यताहरू देखाइरहनुभएको छ ताकि हामीले अझै ठूलो मुक्ति हासिल गर्न सकौं। त्यसकारण, परमेश्‍वरले मानवजातिलाई उहाँको पुरानो कामको आधारमा अगुवाइ गर्नुहुन्‍न। भन्‍नुको अर्थ, परमेश्‍वरले बाइबल अनुसार काम गर्नुहुन्‍न। उहाँ शबाथ, र बाइबल दुवैका प्रभु हुनुहुन्छ। उहाँसँग बाइबलभन्दा पर काम गर्ने, आफ्‍नै योजना अनुसार आफ्‍नै योजना अनुसार र मानवजातिलाई के खाँचो छ त्यसको आधारमा नयाँ काम गर्ने सम्पूर्ण अधिकार छ। परमेश्‍वरको काम एउटा पृथक युगदेखि अर्को युगमा उही हुन सक्दैन। बाइबलभन्दा बाहिरको कुनै पनि कुरा झूटो शिक्षा हो भनी दाबी गर्नु कुनै पनि अर्थमा मान्य छैन।”

जब मैले यो हेरेँ म लज्‍जित भएँ। उहाँले बाँड्नुभएको सङ्गति तथ्यहरूसँग मिल्दो थियो। अनुग्रहको युगमा प्रभु येशूले गर्नुभएको काम पुरानो करारभन्दा बाहिर थियो। के त्यसले प्रभुका सृष्टिको रूपमा हामीलाई, परमेश्‍वर बाइबलभन्दा बाहिर काम गर्न पूर्ण रूपमा सक्षम हुनुहुन्छ भन्‍ने देखाउँदैन र? मैले पहिले किन यो सबैको बारेमा विचार गरेको थिइनँ? “बाइबलभन्दा बाहिरको कुनै पनि कुरा झूटो शिक्षा हो” भनी भन्‍नु गलत छ र सहि होइन। म कति मूर्ख र अनजान रहेछु!

मैले हेरि नै रहेँ, त्यस क्रममा सिस्टरले वास्तवमै जे भन्‍नुभयो त्यसले मेरो ध्यान खिच्यो। उहाँले भन्‍नुभयो, “बाइबल त गवाही, परमेश्‍वरको कामको विवरण मात्रै हो। यसले अनन्त जीवन दिन सक्दैन। यो परम्‍परागत विचारभन्दा फरक भए तापनि, यो अकाट्य छ, किनभने प्रभु येशूले धेरै पहिले फरिसीहरूलाई यसो भन्‍दै हप्काउनुभएको थियो, ‘शास्‍त्रहरूमा खोजी गर्दछौ; किनकि तिनमा नै तिमीहरूले अनन्त जीवन पाउँछौ भन्‍ने तिमीहरू सोच्दछौ: अनि मेरो गवाही दिने तिनै हुन्। अनि तिमीहरूले जीवन पाउन सक भनी तिमीहरू मकहाँ आउँदैनौं’ (यूहन्‍ना ५:३९-४०)। शास्‍त्रमा अनन्त जीवन पाइँदैन भनेर प्रभु येशूले हामीलाई स्पष्ट रूपमै बताउनुभएको छ र तिनमा अनन्त जीवन भेट्टाउन खोज्‍नु स्पष्टै गलत छ। सत्यता र जीवन पाउनको लागि बाइबल आफैमा पर्‍याप्त छैन। हामी ती कुरा ख्रीष्‍ट स्वयम्‌मा मात्रै भेट्टाउन सक्छौं।” यो सुनेपछि मेरो आँखा खोलियो। धेरै पहिले नै प्रभु येशूले बाइबलमा अनन्त जीवन छैन भनेर भन्‍नुभएको मैले देखेँ। परमेश्‍वर मात्रै सत्य, बाटो, र जीवन हुनुहुन्छ, र परमेश्‍वरले मात्रै हामीलाई अनन्त जीवन दिन सक्‍नुहुन्छ। मैले पहिले यो पढ्दा किन यो कुरा कहिल्यै महसुस गरिनँ?

सिस्टरले चलचित्रमा परमेश्‍वरको वचनको अर्को अनुच्‍छेद पढ्नुभयो: “त्यहाँ एक उच्च मार्ग छ भने किन त्यो न्यून, पुरानो मार्गको अध्ययन गर्नु? जब त्यहाँ नयाँ वाणीहरू र नयाँ काम छन् भने किन पुरानो ऐतिहासिक विवरणहरूको बीचमा जिउनु? ती नयाँ वाणीहरूले तेरो निम्ति प्रबन्ध गर्न सक्छन्, जसले यो नयाँ काम हो भनी प्रमाणित गर्दछ; पुराना विवरणहरूले तँलाई तृप्त पार्न वा तेरा वर्तमान आवश्यकताहरूलाई पूरा गर्न सक्दैनन्, जसले ती इतिहास हुन् अनि यहाँको र अहिलेको काम होइनन् भनी प्रमाणित गर्दछ। सबैभन्दा उच्च मार्ग भनेको नयाँ काम हो, र नयाँ कामको साथमा, विगतको मार्ग जतिसुकै उच्च भए पनि यो अझै पनि मानिसहरूका विचारहरूको इतिहास नै हो, र सन्दर्भको रूपमा यसको महत्त्व नै भए पनि, यो अझै पनि पुरानो मार्ग नै हो। यसलाई ‘पवित्र पुस्तक’ मा लेखिएको भए पनि पुरानो मार्ग इतिहास नै हो; ‘पवित्र पुस्तक’ मा यसको कुनै विवरण नभए पनि, नयाँ मार्ग यहाँको र अहिलेको हो। यो मार्गले तँलाई बचाउन सक्छ, र यो मार्गले तँलाई परिवर्तन गर्न सक्छ, किनकि यो पवित्र आत्माको काम हो” (वचन शरीरमा देखा पर्नुहुन्छ)। त्यसपछि उहाँले यो कुरा बाँड्नुभयो: “बाइबलमा आखिरी दिनहरूको परमेश्‍वरको काम सम्‍बन्धी अगमवाणीहरू मात्रै छ, त्यसको विवरणहरू होइन, तर यो कामको अझै गहन, अझै उच्‍च चरण हो जुन मानवजातिको हालका आवश्यकताहरूमा आधारित छ। व्यवस्थाको युगमा पछिल्लो ताका, हरेक जना नै अत्यन्तै गहन रूपमा भ्रष्ट भएका थिए र तिनीहरूलाई कुनै पनि क्षणमा व्यवस्था अन्तर्गत मृत्युदण्ड दिन सकिन्थ्यो। परमेश्‍वर व्यक्तिगत रूपमै देह बन्‍नुभयो, पृथ्वीमा आउनुभयो, त्यसपछि मानिसको लागि पापबलिको रूपमा क्रूसमा टाँगियो। परमेश्‍वरले व्यवस्थाको काममा आधारित भई आफ्‍नो छुटकाराको काम गर्नुभयो। यसलाई शास्‍त्रमा नलेखिएको भए तापनि, उहाँले मानवजातिका आवश्यकताहरू साथै उहाँको आफ्‍नै योजना अनुसार काम गर्नुभयो। उहाँले व्यवस्थालाई नष्ट गर्नुभएन, तर व्यवस्थालाई पूरा गर्नुभयो। अब आखिरी दिनहरूमा, परमेश्‍वरले आफ्‍नो योजनाद्वारा र प्रभु येशूको छुटकाराको काममा निर्मित मानिसका खाँचोहरूद्वारा पनि काम गरिरहनुभएको छ। उहाँले हामीलाई हाम्रो पापी प्रकृतिबाट मुक्ति दिन, पापका बन्धनहरूबाट हामीलाई पूर्ण रूपमा स्वतन्त्र गर्न, र हामीलाई अनन्त रूपमा सुन्दर गन्तव्यमा डोर्‍याउनको लागि परमेश्‍वरको घरबाट सुरु गर्दै आफ्‍नो न्यायको काम गर्दै हुनुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिलाई धुन र मुक्ति दिनको लागि सबै सत्यताहरू बोल्‍नुहुन्छ अनि उहाँले आफ्‍नो व्यवस्थापन योजनाका सारा रहस्यहरूलाई प्रकट गर्नुहुन्छ। उहाँले व्यवस्थाको युगमा वा अनुग्रहको युगमा यीमध्ये कुनै पनि वचनहरू कहिल्यै बोल्‍नुभएन। आखिरी दिनहरूमा खोलिएका बेह्रिएको चर्मपत्र, सात मोहरहरू, प्रकाशको पुस्तकमा यो अगमवाणीलाई पूरा गरियो: ‘आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, जसको कान छ उसले सुनोस्’ (प्रकाश २:७)।” “र यो पनि हो: ‘हेर, यहूदा कुलको सिंह, दाऊदको मूलले त्यो पुस्तक खोल्न र त्यसका सात वटा मोहोरहरू खोल्नलाई जितेका छन्’ (प्रकाश ५:५)। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू राज्यको युगको लागि बाइबलमा भेटिन्छ: वचन शरीरमा देखा पर्नुहुन्छ। यी विशेष वचनहरू हुन् जसद्वारा जिउनुपर्छ र यी परमेश्‍वरले मानिसलाई दिनुहुने अनन्त जीवनको मार्ग हुन्, पूर्ण मुक्तिमा डोर्याउने एउटै मात्र सहि मार्ग। यदि हामी यसलाई स्वीकार गर्न मान्दैनौं भने, हामी परमेश्‍वरको जिउँदो पानीद्वारा कहिल्यै पनि पालन-पोषण हुनेछैनौं वा उहाँको सत्यता र जीवनलाई प्राप्त गर्नेछैनौं।”

मैले पछि अर्को चलचित्रमा सर्वशक्तिमान्‌ परमेश्‍वरका थप वचनहरू पढेको सुनेँ “आखिरी दिनहरूका ख्रीष्‍टले जीवन ल्याउनुहुन्छ, अनि सत्यको नित्य रहने र अनन्‍त बाटो ल्याउनुहुन्छ। मानिसले जीवन प्राप्त गर्ने मार्ग यही सत्य नै हो, र यो एक मात्र मार्ग हो जसद्वारा मानिसले परमेश्‍वरलाई चिन्‍नेछ र परमेश्‍वरद्वारा स्वीकार गरिनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्‍टले प्रदान गर्नुभएको जीवनको खोजी गर्दैनस् भने, तैँले कहिल्यै पनि येशूको स्वीकृती प्राप्त गर्नेछैनस्, र स्वर्गको राज्यको ढोकामा प्रवेश गर्न कहिल्यै पनि योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। नियमहरूको, अक्षरहरूको नियन्त्रणमा हुनेहरू, र इतिहासको बन्धनमा बाँधिनेहरूले कहिल्यै पनि जीवन प्राप्त गर्न सक्‍नेछैनन् न त जीवनको अनन्त बाटोलाई नै पाउनेछन्। यो यसैले हो किनभने तिनीहरूसँग सिंहासनबाट बग्‍ने जीवनको पानी होइन तर हजारौं वर्षदेखि जमेर बसेको धमिलो पानी मात्रै छ” (वचन शरीरमा देखा पर्नुहुन्छ)। त्यस चलचित्रमा एक जना ब्रदरले यो कुरा बाँड्नुभयो: “सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्‍टले मानिसलाई मुक्ति दिन सबै सत्यताहरू बोल्‍नुहुन्छ। तिनीहरू प्रशस्‍त छन् र तिनले व्यापक क्षेत्र समावेश गर्छ, र साँचो परमेश्‍वरबाटको पालन-पोषण प्रदान गर्छ। ती सबै आँखा खोल्‍ने र अन्तर्दृष्टि दिने किसिमका छन्। ती सबैले हामीलाई बाटो, सत्य, र जीवन अनि अनन्त जीवनको मार्ग ख्रीष्ट नै हुनुहुन्छ भनेर देखाउँछ। राज्यको युगमा परमेश्‍वरका वचनहरूले व्यवस्थाको युग र अनुग्रहको युगका उहाँका सबै वचनहरूलाई उछिन्छ। निश्‍चित रूपमा, वचन शरीरमा देखा पर्नुहुन्छको ‘सम्पूर्ण ब्रह्माण्डको निम्ति परमेश्‍वरका वचनहरू’ नै परमेश्‍वरले मानवजातिसँग खुलस्त रूपमा पहिलो पटक बोल्‍नुभएको वचन हो र सृष्टिका प्रभुले सारा मानवजातिसँग बोल्‍नुभएको वचनहरू मानवजातिले सुनेको यो पहिलो पटक हो। ती वचनहरूले साँच्‍चै ब्रह्माण्डलाई हल्‍लायो र हाम्रा सबै आँखा खोलिदियो। राज्यको युग त्यही बेला हो जुन बेला परमेश्‍वरले आफ्‍नो न्यायको काम गर्नुहुन्छ र जुन बेला उहाँले मानिसलाई आफ्‍नो धर्मी स्वभाव पूर्ण रूपमा प्रकट गर्नुहुन्छ। त्यही कारणले गर्दा उहाँले यस युगमा मानिसलाई न्याय गर्न, धुन, र सिद्ध पार्नको लागि वचन बोल्‍नुहुन्छ, उहाँले विपत्तिहरू वर्षाउनुहुन्छ, असललाई इनाम दिनुहुन्छ र दुष्टलाई दण्ड दिनुहुन्छ, अनि उहाँको धार्मिकता प्रकट गर्नुहुन्छ। मानिसलाई धुन, मुक्ति दिन, र साँचो रूपमा सिद्ध पार्नको लागि सर्वशक्तिमान्‌ परमेश्‍वरले बोल्‍नुहुने सत्यताहरू नै उहाँले आखिरी दिनहरूमा मानिसलाई दिनुहुने अनन्त जीवनको मार्ग हुन्। ती उहाँको सिंहासनबाट बग्‍ने जीवनका पानी हुन्।”

यस बेला मैले आखिरमा के महसुस गरेँ भने, सर्वशक्तिमान्‌ परमेश्‍वरबाट आएको वचन शरीरमा देखा पर्नुहुन्छ नै उहाँले आखिरी दिनहरूमा मानिसलाई दिनुहुने अनन्त जीवनको मार्ग हो। उहाँको जिउँदो पानीको पालन-पोषण र उहाँको पूर्ण मुक्तिलाई प्राप्त गर्नको लागि मैले परमेश्‍वरको नयाँ कामलाई पछ्याउने र उहाँका सबै नयाँ वचनहरू पढ्ने मात्रै गर्नुपर्थ्यो। त्यसको केही समयपछि नै मैले तुरुन्तै सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई सम्पर्क गरिहालेँ र सर्वशक्तिमान्‌ परमेश्‍वरका थप वचनहरू पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वरले साँच्‍चै सबै रहस्य प्रकट गर्नुहुन्छ भन्‍ने मैले देखेँ। परमेश्‍वरको व्यवस्थापन योजना, उहाँको देहधारणको रहस्यहरू, बाइबलको यथार्थ भित्री कथा, अनि सत्यताका सबै पक्षहरूलाई प्रकट गरिन्छ। परमेश्‍वरमाथिको एक दशकभन्दा बढी समयकाे विश्‍वासमा मैले अहिलेसम्म सिकेकोभन्दा धेरै कुरा सिकेँ! मैले आखिरमा सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ।

मलाई कसरी पाष्टर र एल्डरहरूले गलत बाटो देखाएका रहेछन् सो म अहिले सम्झन्छु। परमेश्‍वरको काम र वचनहरू बाइबलमा मात्रै छन् भन्‍ने मलाई विश्‍वास थियो र त्यो बाहेक अरू कुनै पनि कुरा झूटो शिक्षा हो भन्‍ने लाग्थ्यो। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका मानिसहरूले प्रभु येशूको पुनरागमनको गवाही दिएको सुनेको थिएँ, तर मैले त्यसमा त्यति चासो दिइनँ। मैले अन्धाधुन्ध मण्डलीको पादरीलाई पछ्याएँ र मेरा पुराना आस्थाहरूका कारण परमेश्‍वरको कामलाई इन्कार गरेँ। म विश्‍वासी थिएँ तर मैले परमेश्‍वरको विरोध गरेँ। कसरी म त्यति अन्धो र मूर्ख हुन सकेँ! खुशीको कुरा, परमेश्‍वरको अगुवाइले गर्दा मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा र तिनीहरूले बनाएका चलचित्रहरूमा उहाँको आवाजलाई सुन्‍न सकेँ, र मेरा पुराना आस्थाहरूलाई साँचो रूपमा त्याग्‍न सकेँ। म उप्रान्त बाइबलको अन्धो भक्त रहिनँ। साँचो रूपमा विश्‍वास गर्नु भनेको त्यो होइन र बाइबलले अनन्त जीवन दिँदैन भन्‍ने मैले सिकेँ। ख्रीष्ट मात्र बाटो, सत्‍य र जीवन हुनुहुन्छ। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै हामीलाई अनन्त जीवनको बाटो देखाउन सक्‍नुहुन्छ, र सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्‍टमा विश्‍वास गरेर मात्रै हामीले सत्यता र जीवन प्राप्त गर्न सक्छौं। परमेश्‍वरले त्यही प्रकारको विश्‍वासलाई मात्रै स्वीकार गर्नुहुन्छ। प्रभुलाई स्वागत गर्नु पूर्ण रूपमा परमेश्‍वरको अनुग्रह र आशिष्‌ थियो। परमेश्‍वरको कृपा र मुक्तिको लागि म कृतज्ञ छु!

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

प्रकाश २२:१८-१९ को साँचो अर्थ बुझिसकेपछि, मैले खुशीसाथ फर्केका प्रभुलाई स्वागत गरे (भाग एक)

युटिंग, जापान द्वारा प्रभु आउनुभएको छ भनेर सुनेपछि हिच्किचाउनु प्रभुमा मैले विश्वास गरेपछि, मैले मेरा पास्टरहरूले प्रायः यसो भनेका सुनें,...