धार्मिक संसारका पाष्टरहरू र एल्डरहरू सबैले मण्डलीहरूमा परमेश्वरको सेवा गर्छन्। तिनीहरू प्रभुको पुनरागमनको प्रतीक्षा गर्ने कार्यमा जागा र सावधान हुनु पर्ने हो। यसैले किन तिनीहरू सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको कामको खोजी वा अनुसन्धान गर्ने कुनै कोसिस गर्दैनन्, बरु अफवाह फैलाउँछन्, दोष लाउँछन् र सर्वशक्तिमान् परमेश्वरको निन्दा गर्छन्, र विश्वासीहरूलाई धोका दिने र तिनीहरूलाई साँचो बाटोको अनुसन्धान गर्नुबाट रोक्ने कोसिस गर्छन्?
सन्दर्भका लागि बाइबल पदहरू:
“तब मुख्य पुजारीहरू र फरिसीहरू भेला भए, र भने हामी के गरौं? किनकि यो मानिसले धेरै आश्चर्यकर्महरू गर्छ। यदि हामीले उसलाई छोडिदियौँ भने, सबै मानिसले उसमाथि विश्वास गर्नेछन्: अनि रोमीहरू आउनेछन् र हाम्रो स्थान र जाती दुवैलाई लैजानेछन्। … तब त्यस दिनदेखि उहाँलाई मार्न तिनीहरू एकमत भए” (यूहन्ना ११:४७-४८, ५३)।
“यसैबाट परमेश्वरका आत्मालाई तिमीहरूले चिन्छौ: येशू ख्रीष्ट देहमा आउनुभएको हो भनेर स्वीकार गर्ने हरेक आत्मा परमेश्वरबाटको हो। अनि येशू ख्रीष्ट देहमा आउनुभएको हो भनेर स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाटको होइन: र यो ख्रीष्ट विरोधीको आत्मा हो, जुन आउनुपर्छ भनेर तिमीहरूले सुनेका छौ; र यो अहिले पनि संसारमा आइसकेको छ” (१ यूहन्ना ४:२-३)।
“किनकि धेरै छलीहरू संसारमा प्रवेश गरेका छन्, जसले येशू ख्रीष्ट देहमा आउनुभएको हो भन्ने स्वीकार गर्दैनन्। छली र ख्रीष्ट विरोधी यही हो” (२ यूहन्ना १:७)।
परमेश्वरका प्रासंगिक वचनहरू:
भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू पनि छन् तर तिनीहरूमध्ये एक जनाले पनि परमेश्वरको कार्यको उद्देश्य बुझेका हुँदैनन्। तिनीहरूमध्ये एक जना पनि परमेश्वरलाई जान्न सक्षम छैन, तिनीहरूमध्ये कोही परमेश्वरको इच्छामा एकचित्त हुने बारेमा त कुरै नगरौं। तिनीहरू सबै जना परमेश्वरलाई प्रवचन सुनाउन उचाइमा उभिएका व्यर्थका, दुष्ट मानिसहरू हुन्। तिनीहरूले परमेश्वरको ध्वजा बोके तापनि जानीबुझीकनै परमेश्वरको विरोध गर्छन्। परमेश्वरमा विश्वास भएको दाबी गर्दै तिनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिसहरू मान्छेको आत्मा विनाश गर्ने दियाबलसहरूको मालिक हो, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूको बाटोमा जानाजान आउने दुष्टात्माहरू हुन्, र परमेश्वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधाअड्चनहरू हुन्। तिनीहरू “स्वस्थ विधान” का जस्तो लाग्न सक्छन् तर तिनीहरू मानिसहरूलाई परमेश्वर विरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्ट विरोधीहरू बाहेक केही होइनन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? तिनीहरू मानव आत्मा विनाश गर्नमा समर्पित जीवित शैतानहरू हुन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्?
— वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई नचिन्ने सबै मानिस परमेश्वरको विरोध गर्नेहरू हुन्
यदि तैँले वर्षौंदेखि परमेश्वरमाथि विश्वास गरेको छस् तर पनि तैँले कहिल्यै पनि उहाँको आज्ञापालन गरेको छैनस् भने र उहाँका वचनहरूको सम्पूर्णतालाई स्वीकार गर्दैनस्, बरु परमेश्वरलाई तँमा समर्पित हुन र तेरा आफ्नै धारणाहरू अनुसार कार्य गर्न लगाउँछस् भने, तँ सबैभन्दा उग्र विद्रोही होस्, तँ अविश्वासी होस्। यस्ता मानिसहरूले कसरी मानिसका धारणाहरूसँग मेल खाँदै-नखाने परमेश्वरका काम र वचनहरूको आज्ञापालन गर्न सक्छन् र? सबैभन्दा उग्र विद्रोहीहरू ती व्यक्तिहरू हुन् जसले जानी-जानी परमेश्वरको अवज्ञा र प्रतिरोध गर्छन्। तिनीहरू परमेश्वरका शत्रुहरू, ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूमा सधैँ परमेश्वरको नयाँ कामको विरुद्ध शत्रुवत आचरण हुन्छ; तिनीहरूमा समर्पित हुनेबारे त अलिकति पनि मनस्थिति हुँदैन, न त तिनीहरूले कहिल्यै खुशीसाथ आफूलाई समर्पित गरेका वा नम्र तुल्याएका नै हुन्छन्। तिनीहरूले अरूको अगाडि आफूलाई उचाल्छन् र कसैको अगाडि आफूलाई समर्पित गर्दैनन्। परमेश्वरको अगाडि, तिनीहरूले आफूलाई वचनहरू प्रचार गर्ने काममा सर्वश्रेष्ठ अनि अन्य व्यक्तिहरूमाथि काम गर्नको लागि सबैभन्दा सिपालु ठान्छन्। तिनीहरूले आफ्नो स्वामित्वमा रहेका “सम्पत्तिहरू” लाई कहिल्यै पनि त्याग्दैनन्, बरु तिनलाई तिनीहरूले आराधना गर्ने, अन्य व्यक्तिहरूलाई उपदेश दिने पुर्ख्यौली सम्पत्ति हो भन्ने ठान्छन् र तिनीहरूलाई आदर्श ठान्ने मूर्खहरूलाई प्रवचन दिन तिनीहरूले तिनको प्रयोग गर्छन्। वास्तवमा मण्डलीभित्र केही निश्चित संख्यामा यस प्रकारका मानिसहरू हुन्छन्। यस्तो भन्न सकिन्छ कि तिनीहरू “अदम्य नायकहरू” हुन्, जो पुस्तौँ पुस्तादेखि परमेश्वरको घरमा बसेका छन्। तिनीहरूले वचन (धर्मसिद्धान्त) प्रचार गर्नुलाई नै तिनीहरूको सबैभन्दा ठूलो कर्तव्यको रूपमा लिन्छन्। वर्षौंवर्ष, पुस्तौंपुस्ता तिनीहरू आफ्नो “पवित्र र अनुल्लंघनीय” कर्तव्यलाई जोशका साथ लागू गरिरहन्छन्। तिनीहरूलाई कसैले पनि छुने आँट गर्दैन; एक जनाले पनि खुला रूपमा तिनीहरूको भर्त्सना गर्ने आँट गर्दैन। तिनीहरू परमेश्वरको घरमा “राजाहरू” बन्छन् र युगौँ युगदेखि अरूहरूलाई निरङ्कुशताका साथ व्यवहार गर्दै तिनीहरू नियन्त्रण बाहिर जान्छन्। दुष्टहरूको यो झुण्डले आपसमा हात मिलाएर मेरो कामलाई ध्वस्त पार्न चाहन्छन्; मैले कसरी यी दियाबलसहरूलाई मेरो आँखाअगाडि अस्तित्वमा रहन दिन सक्छु र?
— वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्वरले प्राप्त गर्नुहुनेछ
त्यो समयमा जब परमेश्वर अझसम्म देहधारी हुनुभएको थिएन त्यस बेला, मानिसले परमेश्वरको विरोध गरे नगरेको मापन मानिसले स्वर्गमा हुनुहुने अदृश्य परमेश्वरलाई आराधना गर्यो कि गरेन र खोजी गर्यो कि गरेन त्यसमा आधारित हुन्थ्यो। त्यो समयमा परमेश्वरको विरोधलाई परिभाषित गर्ने तरीका त्यति व्यवहारिक थिएन, किनकि मानिसले परमेश्वरलाई देख्न सक्दैनथियो, न त परमेश्वरको प्रतिरूप कस्तो छ, वा उहाँले कसरी काम गर्नुहुन्छ र बोल्नुहुन्छ भन्ने नै उसलाई थाहा थियो। परमेश्वरको बारे मानिसमा कुनै धारणा थिएन, र उसले अस्पष्ट रूपले परमेश्वरमा विश्वास गर्थ्यो, किनकि परमेश्वर मानिसको अघि अझसम्म प्रकट हुनुभएको थिएन। तसर्थ, मानिसले उसको कल्पनामा परमेश्वरमा जसरी विश्वास गरे पनि, परमेश्वरले मानिसलाई निन्दा गर्नुभएन वा उसबाट अति धेरै अपेक्षाहरू राख्नुभएन, किनकि मानिस परमेश्वरलाई देख्न पूर्णतः असमर्थ थियो। जब परमेश्वर देहधारी हुनुहुन्छ र मानिसहरूबीच काम गर्न आउनुहुन्छ, सबैले उहाँलाई देख्छन् र उहाँका वचनहरू सुन्छन्, र सबैले ती कार्यहरू देख्छन् जुन परमेश्वरले उहाँको देहधारी शरीरभित्रबाट गर्नुहुन्छ। त्यो क्षणमा, मानिसका सबै धारणाहरू फिँजजस्तै बन्छन्। जसले परमेश्वर शरीरमा प्रकट हुनुभएको देखेका छन्, यदि उनीहरूले स्वेच्छाले उहाँको आज्ञा पालन गर्छन् भने तिनीहरूलाई दोषी ठहराइनेछैन, जब कि उद्देश्यपूर्ण तरिकाले उहाँको विरुद्ध खडा हुनेहरूलाई परमेश्वरको विरोधी ठानिनेछ। यस्ता मानिसहरू ख्रीष्ट विरोधी, शत्रुहरू हुन् जो जानीबूझी परमेश्वरको विरुद्ध उभिन्छन्।
— वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई नचिन्ने सबै मानिस परमेश्वरको विरोध गर्नेहरू हुन्
के मानिसहरूले परमेश्वरको विविध र विभिन्न काम नजानेकाले, तिनीहरूले पवित्र आत्माको कार्यलाई ज्ञान र सिद्धान्तको अत्यन्त सानो कणले मापन गर्ने हुँदा परमेश्वरको विरोध गरेका र पवित्र आत्माको कामलाई अवरोध गरेका होइनन् र? यस्ता मानिसहरूको अनुभव सतही भए पनि, तिनीहरू अहङ्कारी र भोगी प्रकृतिका हुन्छन् र तिनीहरूले पवित्र आत्माको कार्यलाई घृणा गर्छन्, पवित्र आत्माको अनुशासनलाई बेवास्ता गर्छन्, यसको अलाबा पवित्र आत्माको कामलाई “पुष्टि गर्न” तिनीहरूको नगण्य पुरानो तर्कलाई प्रयोग गर्छन्। तिनीहरूले एउटा कार्यलाई धारण गर्छन् र तिनीहरूको आफ्नै शिक्षा र बुद्धिमा विश्वस्त हुन्छन् अनि तिनीहरू सारा संसारभरि यात्रा गर्न सक्षम छन् भनी विश्वस्त हुन्छन्। के यस्ता मानिसहरू पवित्र आत्माद्वारा घृणा गरिएका र तिरस्कार गरिएका मानिसहरू होइनन् र के तिनीहरूलाई नयाँ युगद्वारा हटाइने छैनन् र? के परमेश्वरको सामु आएर खुल्लमखुल्ला उहाँको विरोध गर्नेहरू अज्ञानी र अबुझ घृणितहरू होइनन् र, जसले तिनीहरू कति प्रखर छन् भनी देखाउने प्रयास गरिरहेका हुन्छन्? बाइबलको नगण्य ज्ञानमा तिनीहरूले संसारको “शैक्षिक समुदाय” मा दङ्गा गर्ने गर्छन्, मानिसहरूलाई सिकाउने सतही सिद्धान्तद्वारा तिनीहरूले पवित्र आत्माको कार्यलाई उल्टाउन खोज्छन् र यसलाई तिनीहरूको आफ्नै वैचारिक प्रक्रियाको सेरोफेरोमा घुमाउने प्रयास गर्छन्। तिनीहरू अदूरदर्शी भए पनि, परमेश्वरको छ हजार वर्षको कामलाई एकै झलकमा हेर्ने प्रयास गर्छन्। यी मानिसहरूमा उल्लेख गर्न लायक कुनै अनुभूति हुँदैन। वास्तवमा, मानिसहरूमा जति धेरै परमेश्वर सम्बन्धी ज्ञान हुन्छ उत्ति नै तिनीहरू उहाँको न्याय गर्नमा सुस्त हुन्छन्। यसको अलाबा, तिनीहरू परमेश्वरको आजको काम सम्बन्धी तिनीहरूको नगण्य ज्ञानको मात्र कुरा गर्छन्, तर तिनीहरू तिनीहरूका न्यायहरूमा हतार गर्दैनन्। मानिसहरूले परमेश्वरलाई जति थोरै चिन्छन् तिनीहरू उत्ति नै अहङ्कारी र अति दृढ हुन्छन् र अझ धेरै ढिठ भएर परमेश्वरको अस्तित्वको घोषणा गर्छन्—तैपनि तिनीहरूले सिद्धान्तको मात्र कुरा गर्छन् र कुनै वास्तविक प्रमाण पेश गर्दैनन्। यस्ता मानिसहरू कुनै मूल्यका हुँदैनन्! पवित्र आत्माको कामलाई खेलको रूपमा हेर्नेहरू खेलबाड गर्नेहरू हुन्! पवित्र आत्माको नयाँ कामलाई अनुभव गर्दा होसियारी नहुनेहरू, बढी बोल्नेहरू न्याय गर्नुमा छिटो हुन्छन्, आफ्नो मनस्थितिलाई अनियन्त्रित छोड्नेहरूले पवित्र आत्माको कामको धार्मिकतालाई इन्कार गर्छन्, जसले यसको अपमान गर्छन् र ईश्वर-निन्दा पनि गर्छन्—के यस्ता अनादरणीय मानिसहरू पवित्र आत्माको कामप्रति अनजान हुँदैनन् र? यसको अलाबा के तिनीहरू महाघमण्डका मानिसहरू होइनन्, जो अन्तर्निहित रूपमा घमण्डी र अनियन्त्रित हुन्छन्? यस्ता मानिसहरूले पवित्र आत्माको काम स्वीकार गर्ने कुनै दिन नै आए पनि, परमेश्वरले यस्ता मानिसलाई अझै सहनुहुनेछैन। तिनीहरूले परमेश्वरको निम्ति काम गर्नेहरूलाई नीच रूपमा हेर्ने मात्र होइन, तर तिनीहरू परमेश्वर स्वयम्को ईश्वर-निन्दा पनि गर्छन्। यस्ता दुस्साहसी मानिसहरूलाई यो युगमा वा आउने युगमा क्षमा गरिनेछैन, र तिनीहरू नरकमा सदाको निम्ति नष्ट हुनेछन्! यस्ता अनादरणीय र भोगी मानिसहरूले परमेश्वरमा विश्वास गरेको नाटक गरिरहन्छन्, र मानिसहरू जति धेरै यस्ता हुन्छन् उत्ति नै तिनीहरू परमेश्वरको प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने हुन्छन्। सबै अहङ्कारीहरू जन्मजातै अनियन्त्रित हुने, र कहिल्यै कसैको आज्ञापालन नगर्ने, के तिनीहरू सबै यही मार्गमा हिँड्दैनन् र? सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्वरलाई तिनीहरूले दिनदिनै विरोध गर्दैनन् र?
— वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्वरलाई चिन्ने मार्ग हो
मानिसले एउटै प्रकारको काम, वा एउटै तरिकाको अभ्यासलाई मात्रै स्वीकार गर्न सक्छ, र तीभन्दा विपरीत, वा तीभन्दा उच्च कार्य, वा अभ्यासको तरिकालाई स्वीकार गर्न मानिसको लागि कठिन हुन्छ। तर पवित्र आत्माले सधैँ नयाँ काम गरिरहनुभएको छ, त्यसकारण परमेश्वरको नयाँ कामलाई विरोध गर्नको लागि धार्मिक विशेषज्ञहरूको एकपछि अर्को समूह देखा पर्छन्। मानिससँग कसरी परमेश्वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्न त्यसको बारेमा ज्ञान हुँदैन, र परमेश्वरको कार्यका सिद्धान्तहरूको ज्ञान हुँदैन, यसको साथै परमेश्वरले मानिसलाई मुक्ति दिने विभिन्न तरिकाको ज्ञान हुँदैन, ठीक यही कारणले गर्दा नै यी मानिसहरू विशेषज्ञ बनेका छन्। यसैले, यो पवित्र आत्माबाट आउने काम हो कि होइन, र यो परमेश्वर स्वयम्बाट आउने काम हो कि होइन सो कुरा बताउन मानिस पूर्ण रूपमा असमर्थ छ। कतिपय मानिसहरूले यस्तो मनोवृत्तिलाई पक्रिरहन्छन् कि यदि कुनै कुरा पहिले आएका वचनहरूसँग मिल्छन् भने त्यसलाई तिनीहरू स्वीकार गर्छन्, र पहिलेको कामसँग त्यसका केही भिन्नताहरू छन् भने, त्यसलाई तिनीहरू विरोध गर्छन् र त्यसलाई इन्कार गर्छन्। आज, के तिमीहरू सबै त्यस्ता सिद्धान्तहरू अनुसार चल्दैनौ र? … यो जान, कि तिमीहरू परमेश्वरको कार्यलाई विरोध गर्छौ, वा आजको कामलाई नाप्नको लागि तिमीहरूका आफ्नै धारणाहरूको प्रयोग गर्छौ, किनभने तिमीहरूलाई परमेश्वरको कार्यका सिद्धान्तहरू थाहा छैन, र किनभने तिमीहरूले पवित्र आत्माको कार्यलाई रूखो तरिकाले व्यवहार गरेका हुनाले। परमेश्वरप्रतिको तिमीहरूको विरोध र पवित्र आत्माको कामप्रतिको अवरोध तिमीहरूका धारणा र अन्तर्निहित अहङ्कारले पैदा गरेको हो। परमेश्वरको कार्य गलत भएर होइन, तर तिमीहरू प्राकृतिक रूपमै अत्यन्तै अनाज्ञाकारी भएकोले यसो भएको हो। परमेश्वरमाथिको आफ्नो आस्थालाई भेटिसकेपछि, कतिपय मानिसहरूले मानिस कहाँबाट आएको हो भनेर समेत निश्चयताको साथ भन्न सक्दैनन्, तैपनि तिनीहरू पवित्र आत्माको कामका सही र गलत कुराहरूलाई मूल्याङ्कन गर्दै सार्वजनिक भाषणहरू दिने आँट गर्छन्। तिनीहरू टिप्पणीहरू गर्दै र अनुचित गफ लडाउँदै पवित्र आत्माको नयाँ काम भएका प्रेरितहरूलाई समेत भाषण दिन्छन्; तिनीहरूको मानवता अत्यन्तै नीच छ, र तिनीहरूमा अलिकति पनि चेतना छैन। के त्यस्ता मानिसहरूलाई पवित्र आत्माले इन्कार गरेर नरकको आगोद्वारा जलाउनुहुने दिन आउनेछैन र? तिनीहरूलाई परमेश्वरको कामको बारेमा थाहा छैन, तैपनि उहाँको कामको आलोचना गर्छन्, र कसरी काम गर्ने भनेर परमेश्वरलाई समेत निर्देशन दिने प्रयास गर्छन्। त्यस्ता अनुचित मानिसहरूले कसरी परमेश्वरलाई चिन्न सक्छन् र? खोजी गर्ने र अनुभव गर्ने प्रक्रियामा मानिसले परमेश्वरलाई चिन्न पुग्छ; आवेगमा आलोचना गरेर होइन तर पवित्र आत्माको अन्तर्दृष्टिद्वारा मानिसले परमेश्वरलाई चिन्न पुग्छ। परमेश्वर सम्बन्धी मानिसहरूको ज्ञान जति यथार्थ हुन्छ, तिनीहरूले त्यति नै कम विरोध गर्छन्। यसको विपरीत, मानिसहरूले परमेश्वरलाई जति कम चिन्छन्, तिनीहरूले उहाँको विरोध गर्ने सम्भावना त्यति नै बढी हुन्छ। तेरा धारणाहरू, तेरो पुरानो प्रकृति, र तेरो मानवता, चरित्र र नैतिक दृष्टिकोण तैँले परमेश्वरलाई प्रतिरोध गर्ने पूँजी हो, र तेरा नैतिकताहरू जति भ्रष्ट, तेरा गुणहरू जति घिन लाग्दो, र तेरो मानवता जति नीच बन्छ, तँ त्यति नै बढी परमेश्वरको शत्रु बन्छस्। जोसँग दह्रिला धारणाहरू हुन्छन् र जोसँग आत्म-धर्मी स्वभाव हुन्छ तिनीहरू देहधारी परमेश्वरको अझै बढी शत्रुतामा हुन्छन्; त्यस्ता मानिसहरू ख्रीष्ट विरोधीहरू हुन्। यदि तेरा धारणाहरूलाई सुधार गरिएन भने, ती सधैँ नै परमेश्वरको विरुद्ध हुनेछन्; तँ कहिल्यै पनि परमेश्वरसँग मिल्ने बन्नेछैनस्, र तँ उहाँबाट सधैँ अलग हुनेछस्।
— वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्वरलाई चिन्ने मार्ग हो
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।