विगत केही वर्षदेखि हाम्रो मण्डली झन्-झन् उजाड हुँदै गएका छन्। दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो विश्‍वास र प्रेम गुमाइरहेका छन्, तिनीहरू झन्-झन् बढी नकारात्मक र कमजोर बन्दै गएका छन्, र प्रचारकहरू आत्मिक रूपमा बाँझो बनेका छन्; तिनीहरूसँग प्रचार गर्न केही पनि छैन। हामी सबैलाई हामीले पवित्र आत्माको काम गुमाएका छौं भन्‍ने लाग्छ। हामीले पवित्र आत्माको काम हुने मण्डली सबैतिर खोजेका छौं, तर हामीले प्रत्येक मण्डली उजाड पाएका छौं। किन हरेक सम्प्रदाय यस्तो अनिकालमा परेको छ?

6 फेब्रुअरी 2022

उत्तर:

आज, धर्मको संसार उजाड् भइसकेको छ, र यो पवित्र आत्माको काम विहीन छ, अनि धेरै मानिसहरूको विश्‍वास र प्रेम घट्दै गइरहेको छ। यी स्वीकार गरिएका तथ्यहरू हुन्। त्यसो भए त्यसरी उजाड् हुनुको मुख्य कारण के हो? हामी सबैलाई थाहा छ, हामी अहिले आखिरी दिनहरूको अन्तिम चरणमा छौं। प्रभु येशूले अगमवाणी गर्नुभयो, “अनि अधर्म प्रशस्त हुने भएकोले, धेरैको प्रेम सेलाउनेछ(मत्ती २४:१२)। आज, धार्मिक समुदायमा अधर्मका मामलाहरू सधैँभन्दा अझ बढी हाबी भइरहेका छन्। मण्डलीहरूमा, पाष्टरहरू र एल्डरहरू आफैलाई देखाउन, आफैलाई स्थापित गर्न र अरूबाट सम्मान पाउनका लागि बाइबल र ईश्‍वरशास्त्र सिद्धान्तको व्याख्या गर्नुबाहेक अरू केही गर्दैनन्। तिनीहरूले प्रभु येशूको आज्ञापालन कहिल्यै गरेका छैनन्, न त तिनीहरूसित प्रभुका वचनहरूलाई व्यवहारमा अपनाएको अनुभवको कुनै प्रमाण छ। तिनीहरूले जीवन प्रवेश सम्‍बन्धी कुनै उपदेश दिन सक्दैनन्, न त तिनीहरूले प्रभुका वचनहरूको अभ्यास र अनुभव गर्न मानिसहरूलाई कहिल्यै डोऱ्याएका छन्। धेरै जना पाष्टरहरू र एल्डरहरू बाहिरी संसारका प्रवृत्तिहरूको पछि लाग्छन्, र तिनीहरू पैसाको लालच गर्छन् र सत्ता अनि आफ्नो हितका लागि लड्छन्—तिनीहरू प्रभुको बाटोबाट बिलकुलै भड्केर गएका छन्। धर्मको बीचमा धेरै वर्षसम्म प्रभुमा विश्‍वास गरेपछि, तिनीहरू ईश्‍वरीय सिद्धान्त र बाइबलको ज्ञान मात्र बुझ्छन्; तिनीहरूले सत्यताको बारेमा केही पनि जान्दैनन्, र तिनीहरू प्रभुलाई अलिकति पनि चिन्दैनन्, तिनीहरूमा कुनै श्रद्धा वा आज्ञाकारीता हुँदैन। तिनीहरू सबै प्रभुमा विश्‍वास गर्ने, तर प्रभुलाई नचिन्‍ने र प्रभुको विरोध गर्ने मानिसहरू बनेका छन्। यसले देखाउँछ, कि धार्मिक संसारका अगुवाहरू पूर्ण रूपमा प्रभुको बाटोबाट भड्केर गएका छन्, जसले गर्दा तिनीहरूले पवित्र आत्माको काम र परमेश्‍वरको आशिषको गुमाएका छन्—धर्मको संसार उजाड् हुनुको मुख्य कारण यही हो। अर्को कारण यो हो, कि परमेश्‍वरले नयाँ काम गर्दैहुनुहुन्छ र पवित्र आत्माको काम बदलिएको छ। प्रभु येशू फर्केर आउनुभएको छ, उहाँ देहधारी सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ। उहाँले प्रभु येशूको छुटकाराको कामको जगमाथि परमेश्‍वरको राज्यको युगको सुरुवात गर्दै र अनुग्रहको युगलाई समाप्त गर्दै परमेश्‍वरको घरबाट सुरु गरी न्यायको काम गर्दैहुनुहुन्छ। जस-जसले आखिरी दिनहरूको सर्वशक्तिमान् परमेश्‍वरको कामलाई स्वीकार गर्छन् तिनीहरूमा मात्र पवित्र आत्माको काम हुन्छ, र तिनीहरूले मात्र सिंहासनबाट बगेर आउने जीवनको जिउँदो पानीको प्रबन्धको आनन्द लिन्छन्। जस-जसले परमेश्‍वरको वर्तमान कामसँग तालमेल राखेका छैनन् र सर्वशक्तिमान् परमेश्‍वरलाई स्वीकार गर्न इन्कार गरेका छन् तिनीहरू परमेश्‍वरद्वारा त्यागिनेछन् र हटाइनेछन् अनि अन्धकारमा डुब्‍नेछन्। धार्मिक संसारका पाष्टरहरू र एल्डरहरूले विशेष गरी, सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामको खोजी वा जाँच नगर्ने मात्र होइन, तर उन्मादी बनेर त्यसको विरोध र निन्दा गर्छन्, मानिसहरूलाई धोखा दिन साथै तिनीहरूलाई साँचो मार्गको खोजी र अनुसन्धान गर्न रोक्न, परमेश्‍वरका भेडाहरूलाई तिनीहरूका आफ्नै जस्तो गरी चोर्नका निम्ति हरप्रकारका झूटा कुराहरू र भ्रमहरू फैलाउँछन्। तिनीहरूले लामो समयदेखि परमेश्‍वरको स्वभावलाई उक्साएका छन् र परमेश्‍वरद्वारा घृणा गरिएका र श्रापित छन्। परमेश्‍वरले कसरी तिनीहरूलाई त्याग्न र नाश गर्न सक्नुहुन्न र? आज, करिब सम्पूर्ण धार्मिक संसार नै सत्यतालाई घृणा गर्ने र परमेश्‍वरप्रति शत्रुवत् रहेका ती धार्मिक अगुवाहरूद्वारा नियन्त्रित छ। यसले कसरी पवित्र आत्माको काम प्राप्त गर्न सक्छ? र यो कसरी एक उजाड् भूमि बन्न सक्दैन? धर्मको संसार उजाड् हुनुको मूल कारण यही हो। यो उजाड्ताले बाइबलको अगमवाणी पूर्ण रूपमा पूरा गर्दछ: “हेर, ती दिनहरू आउँछन्, परमप्रभु यहोवाले भन्‍नुभयो, म मुलुकभरि अनिकाल ल्याउनेछु, त्यो रोटीको अनिकाल हुनेछैन, न त पानीको हाहाकार नै हुनेछ, तर त्यो यहोवाको वचन सुन्‍न नपाउने अनिकाल हुनेछ(आमोस ८:११)। “अनि कटनी गर्ने समय तीन महिना बाँकी छँदै मैले तिमीहरूदेखि वर्षा पनि रोकेको छु: र मैले एउटा सहरमा पानी पारेँ र अर्को सहरमा पानी पारिनँ: एक ठाउँमा पानी पर्‍यो र पानी परेको ठाउँ सुकेन। यसरी दुई वा तीन सहरहरू एउटा सहरमा पानी पिउनलाई भौतारिए; तर तिनीहरू तृप्त भएनन्: तापनि तिमीहरू मकहाँ फर्केनौ, यहोवाले भन्‍नुभयो(आमोस ४:७-८)। यस खण्डको “एक ठाउँमा पानी पर्‍यो” भन्‍ने वाक्यांशले ती मण्डलीहरूलाई बुझाउँछ जसले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामलाई स्वीकार र पालन गर्दछन्; तिनीहरूले उहाँको वर्तमान वाणीहरूलाई स्वीकार गर्ने हुनाले, तिनीहरूले सिंहासनबाट बगेर आउने जीवनको जिउँदो पानीको प्रबन्धको आनन्द लिन्छन्। “पानी परेको ठाउँ सुकेन” ले धार्मिक संसारका पाष्टरहरू र अगुवाहरूलाई सङ्केत गर्छ जसले प्रभुको वचन पालन गर्दैनन्, जसले प्रभुका आज्ञाहरू पालन गर्दैनन्, र जसले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूका कामको विरोध र निन्दा गर्छन्, जुन कुराले गर्दा परमेश्‍वरले धार्मिक संसारलाई घृणा, इन्कार गर्नुहुन्छ र श्रापित तुल्याउनुहुन्छ। यो बिलकुल पवित्र आत्माको कामविनाको छ, यो परमेश्‍वरको वर्तमान वाणीहरूका प्रबन्ध प्राप्त गर्न असमर्थ छ, र यो उजाड्तामा डुबेको छ। व्यवस्थाको युगको अन्त्यमा, जुन मन्दिर पहिले यहोवाको महिमाले भरिएको थियो त्यो उजाड् भयो, विश्‍वासीहरूले व्यवस्था पालन गरेनन्, पूजाहारीहरूले तुच्छ बलिहरू चढाए, र मन्दिर चोरहरूको अड्डा बन्यो, मुख्य रूपले यहूदी अगुवाहरूले केवल मानिसका परम्पराहरू पालन गरे अनि परमेश्‍वरका आज्ञाहरूलाई त्यागे; तिनीहरू परमेश्‍वरको बाटोबाट पूरै भड्किएका थिए, र परिणाम स्वरूप, परमेश्‍वरद्वारा श्रापित भए। यसबाहेक, अनुग्रहको युगमा प्रभु येशूले मन्दिरदेखि बाहिर मानवजातिलाई छुटकारा दिने काम सुरु गर्नुभयो। परमेश्‍वरको काम बदलिएको थियो, र प्रभु येशूको कामलाई स्वीकार गर्ने सबैले पवित्र आत्माको काम प्राप्त गरे, जबकि प्रभु येशूलाई अस्वीकार र विरोध गर्नेहरू परमेश्‍वरको कामद्वारा हटाइए र अन्धकार अनि उजाड्तामा डुबे।

परमेश्‍वरले धार्मिक समुदायलाई भोकमरीबाट घेरिने अनुमति दिनुहुन्छ, र त्यसको पछि परमेश्‍वरको इच्छा हुन्छ। हामी सर्वशक्तिमान् परमेश्‍वरको वचनका दुई वटा खण्ड हेरौं: “परमेश्‍वरले यो तथ्य पूरा गर्नुहुनेछ: उहाँले ब्रह्माण्डका सारा मानिसहरूलाई उहाँको अघि आएर पृथ्वीमा परमेश्‍वरको आराधना गर्ने तुल्याउनुहुनेछ, अनि अरू ठाउँको उहाँको कार्य अन्त्य हुनेछ, र मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। यो योसेफजस्तै हुनेछ: सबै जना खानेकुराको लागि तिनीकहाँ आए, र तिनको सामने घुँडा टेके, किनभने तिनीसँग खाने कुराहरू थिए। अनिकालबाट बच्‍नको लागि, मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। सम्पूर्ण धार्मिक समुदायले प्रचण्ड अनिकाल भोग्‍नेछ, अनि आजका परमेश्‍वर मात्रै मानिसको आनन्दको लागि प्रदान गरिएको सधैँ बगिरहने मूल भएको जिउँदो पानीको मूल हुनुहुन्छ, र मानिसहरू आउनेछन् र उहाँकै भर पर्नेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सहस्राब्दीय राज्यको आगमन भएको छ)। “परमेश्‍वरले मानिसहरूको यस समूहलाई सारा ब्रह्माण्डभरिको उहाँको कार्यको केन्द्र बिन्दु बनाउनुभएको छ। उहाँले आफ्नो हृदयको सबै रगत तिमीहरूको निम्ति अर्पण गर्नुभएको छ; उहाँले ब्रह्माण्डभरिको आत्माका सबै काम पुनः दाबी गरेर तिमीहरूलाई प्रदान गर्नुभएको छ। यसैकारण तिमीहरू सौभाग्यशाली छौ। यसबाहेक, उहाँले आफ्नो महिमा इस्राएलदेखि उहाँको चुनिएको जाति, तिमीहरूमा सार्नुभएको छ, अनि उहाँले आफ्नो योजनाको उद्देश्य यसै समूहद्वारा पूर्णरूपमा प्रकट गर्नुहुनेछ। यसैकारण, परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्ने तिमीहरू नै हौ, अनि त्योभन्दा बढी, परमेश्‍वरको महिमाका हकवाला पनि तिमीहरू नै हौ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)

सर्वशक्तिमान् परमेश्‍वरको वचनले हामीलाई स्पष्ट रूपमा देखाउँछ, कि परमेश्‍वरले तिनीहरूलाई कहिल्यै त्याग्नुहुन्न जसले साँच्चै उहाँमा विश्‍वास गर्छन् र उहाँको देखा पराइको चाहना गर्छन्। परमेश्‍वरले सत्यतालाई प्रेम गर्ने मानिसहरू, जो धर्ममा छन् तिनीहरूलाई धर्म छोड्न, त्यसका ख्रीष्ट-विरोधीहरू र दुष्ट मानिसहरूका बन्धनहरू र नियन्त्रणबाट बच्न बाध्य पार्नका निम्ति धार्मिक समुदायलाई उजाड् हुन दिनुभएको छ, यसैले कि परमेश्‍वरको वचनद्वारा न्याय गर्न, शुद्ध र सिद्ध पार्न तिनीहरूलाई परमेश्‍वरको सिंहासनको सामुन्ने उठाउन सकियोस्। विपत्तिहरू आउनुभन्दा अघि विजेताहरूको एउटा समूह, अर्थात् अगौटे फलहरू निर्माण गर्न, आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरले न्यायको काम गर्नुहुन्छ। यसले प्रकाशको पुस्तकको अगमवाणी पूरा गर्दछ: “यिनीहरू ती हुन् जो कुनै पनि स्त्रीहरूद्वारा अशुद्ध पारिएका छैनन्; किनकि तिनीहरू कुमार हुन्। यिनीहरू थुमा जता-जता जानुहुन्छ उहाँलाई त्यता-त्यतै पछ्याउनेहरू हुन्। परमेश्‍वर र थुमाका निम्ति पहिलो फल भएका हुनाले यिनीहरूलाई मानिसहरूको बिचबाट मोल तिरेर छुटाइएको थियो। अनि तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू निष्खोट छन्(प्रकाश १४:४)। जब परमेश्‍वरद्वारा यी विजेताहरू पूरा गरिन्छ, तब परमेश्‍वरले असललाई इनाम दिन र दुष्टलाई दण्ड दिनका लागि ठूला विपत्तिहरूलाई बर्साउनुहुनेछ। यदि हामी धर्म छोड्छौं, थुमाका पाइलाहरूलाई पछ्याउँछौं, सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार र आज्ञापालन गर्दछौं, र ख्रीष्टको आसनको अगाडि न्याय र शुद्धीकरण अनुभव गर्न सक्छौं भने मात्र हामी परमेश्‍वरद्वारा विजेताहरूको रूपमा सिद्ध पारिन सक्छौं, र संसारको जाँच हुँदा परमेश्‍वरको परीक्षाबाट बच्न सक्छौं। यी विजेताहरू—यी अगौटे फलहरू—जो परमेश्‍वरद्वारा पूर्ण बनाइएका हुन्छन्, तिनीहरू मात्र परमेश्‍वरको प्रतिज्ञा र आशिषहरू प्राप्त गर्ने हकदार हुन्छन्। यसैबीच, जसले आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरको कामलाई कहिल्यै पनि स्वीकार गर्दैनन्, तिनीहरू परमेश्‍वरद्वारा घृणा, इन्कार गरिनेछन् र नाश पारिनेछ। तिनीहरू विपत्तिमा पर्ने र दण्ड पाउने निश्चित छ, तिनीहरूले मुक्ति पाउने आफ्नो मौका सधैँका लागि गुमाउनेछन्। यसमा कुनै शङ्का छैन!

अघिल्लो: सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली हालैका वर्षहरूमा चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक समुदायको उन्मत्त विरोध र निन्दाबाट पीडित भए पनि, यो मण्डलीले धेरैभन्दा धेरै अनलाइन फिल्महरू र परमेश्‍वरको गवाही दिने भिडियोहरू उत्पादन गरिरहेको छ भन्‍ने म देख्छु। यी चलचित्रहरू र भिडियोहरूको सामग्री वृद्धि भइरहेका छन्, र प्राविधिक रूपमा ती अझ बढी उत्कृष्ट हुँदैछन्। यी उत्पादन गरिएका सङ्गतिका सत्यताहरूले मानिसहरूलाई अविश्‍वसनीय रूपमा वृद्धि गराउँछन्। सम्पूर्ण धार्मिक समुदायले हालैका वर्षहरूमा परमेश्‍वरको कामको गवाही दिने यतिको कुनै असल फिल्महरू उत्पादन गरेका छैनन्। अहिले सबै धर्महरू र सम्प्रदायहरूबाट परमेश्‍वरमा साँचो विश्‍वास गर्ने धेरैभन्दा धेरै मानिसहरू सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा सामेल भएका छन्। अरू सबै धार्मिक समुदायहरू यति उजाड भइरहेको बेला सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली किन बढ्दै गइरहेको छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली हालैका वर्षहरूमा चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक समुदायको उन्मत्त विरोध र निन्दाबाट पीडित भए पनि, यो मण्डलीले धेरैभन्दा धेरै अनलाइन फिल्महरू र परमेश्‍वरको गवाही दिने भिडियोहरू उत्पादन गरिरहेको छ भन्‍ने म देख्छु। यी चलचित्रहरू र भिडियोहरूको सामग्री वृद्धि भइरहेका छन्, र प्राविधिक रूपमा ती अझ बढी उत्कृष्ट हुँदैछन्। यी उत्पादन गरिएका सङ्गतिका सत्यताहरूले मानिसहरूलाई अविश्‍वसनीय रूपमा वृद्धि गराउँछन्। सम्पूर्ण धार्मिक समुदायले हालैका वर्षहरूमा परमेश्‍वरको कामको गवाही दिने यतिको कुनै असल फिल्महरू उत्पादन गरेका छैनन्। अहिले सबै धर्महरू र सम्प्रदायहरूबाट परमेश्‍वरमा साँचो विश्‍वास गर्ने धेरैभन्दा धेरै मानिसहरू सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा सामेल भएका छन्। अरू सबै धार्मिक समुदायहरू यति उजाड भइरहेको बेला सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली किन बढ्दै गइरहेको छ?

सन्दर्भका लागि बाइबल पदहरू: “अनि कटनी गर्ने समय तीन महिना बाँकी छँदै मैले तिमीहरूदेखि वर्षा पनि रोकेको छु: र मैले एउटा सहरमा पानी पारेँ र...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्