के तिमीले आकाशतिर हेरेर साँच्चै प्रभुलाई स्वागत गर्न सक्छौ?

17 अगस्ट 2021

By Jin Cheng, South Korea

धेरै जना विश्‍वासीहरू विपत्तिहरू आउनुभन्दा पहिले परमेश्‍वरको राज्यमा लगिनेछौं भनेर प्रभु येशू बादलको सवारीमा ओर्लने घटनालाई पर्खिरहेका छन्। तर आजसम्म उनीहरूले विपत्ति बढिरहेको हेरिरहेका छन्, र प्रभु येशू बादलमा आउनुभएको छैन। धेरै मानिसहरूको विश्‍वास डगमगाएको छ। केहीले भन्छन्, प्रभु कहिले आउनुहुन्छ, त्यो उहाँको आफ्नो कुरा हो, र हामीले पर्खनु मात्र पर्छ। अरू भन्छन् उहाँ विपत्तिहरूअघि आउनु भएन भने, शायद उहाँ विपत्तिको बेला वा त्यसपछि आउनुहुन्छ। यी भनाइहरूले के दर्साउँछ? के यिनले तिनीहरूको विश्‍वास एकदमै तल छ भन्‍ने देखाउँदैनन् र? उनीहरूले विश्‍वास गुमाएका छन्, र उनीहरूले खोजी गरिरहेका वा हेरिरहेका छैनन्, तर विपत्ति आइपर्ने प्रतीक्षा मात्रै गरिरहेका छन्। उनीहरूलाई अरू के गर्ने भन्ने थाहा छैन। उनीहरूले वर्षौंदेखि आकाशतिर आँखा नियालिरहेका छन् तर प्रभुको स्वागत अझै गरेका छैनन्। के यो नै सही तरीका हो? प्रभुको स्वागत गर्नका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? प्रभु येशूले यसो भन्नुभएको म सम्झन्छु: “मेरो भेडाले मेरो सोर सुन्छ(यूहन्‍ना १०:२७)। “हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ(प्रकाश ३:२०)। र यसबारे प्रकाशको पुस्तकमा धेरै स्थानमा भविष्यवाणी गरिएको थियो: “आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, जसको कान छ उसले सुनोस्(प्रकाश अध्याय २, ३)। यी पदहरूले के देखाउँछ भने प्रभुको स्वागत गर्नका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ भनेर खोज्नु र परमेश्‍वरको आवाज सुन्नु हो। परमेश्‍वरको आवाज सुन्न सक्‍नेले प्रभुको स्वागत गर्न सक्छन्, र तिनीहरू बुद्धिमती कन्याहरू हुन्। मैले पहिले यो सत्य बुझिन तर मेरो धारणा र कल्पना अनुरूप आकाशलाई मात्रै नियाँलिरहेँ। प्रभु येशू पहिले नै फर्किसक्नुभएको छ र धेरै सत्यहरू व्यक्त गर्नुभएको छ भनेर कसैले गवाही दिएको जब मैले सुनेँ, मैले खोजी वा अनुसन्धान गरिन, र प्रभुलाई स्वागत गर्ने र उठाइलगिने मौका झन्डै गुमाएँ।

मेरो पुरानो मण्डलीमा, त्यहाँका पाष्टर सधैँ यसका बारेमा कुरा गर्थे प्रेरित १:११: “ए गालीलका मानिसहरू हो, तिमीहरू किन स्वर्गतिर हेर्दै उभिरहन्छौ? तिमीहरूबाट स्वर्गमा उठाइएका यही येशू, जसरी उहाँ स्वर्ग जानुभएको तिमीहरूले देख्यौ त्यसरी नै आउनुहुनेछ।” उनी भन्थे प्रभु फर्कंदा उहाँ बादलको सवारीमा आउनुहुन्छ त्यसैले प्रभुको स्वागत गर्न हामी सचेत हुनुपर्छ र हामीले प्रार्थना गर्नुपर्छ। म प्रत्येक दिन बाइबल पढ्थें र प्रार्थना गर्थेँ, प्रभु बादलको सवारीमा आउनुहुन्छ र यी दिनहरूमध्येको कुनै दिनमा मलाई उहाँको राज्यमा लैजानुहुन्छ भनेर आशा गर्थेँ।

एक दिन, म मेरो साथीको घर गएँ त्यति बेला उनले चिनियाँ चिकित्सा फिजियोथेरापी गराइरहेका थिए। कुराकानीको क्रममा मैले उनका फिजियोथेरापिस्ट, श्री ज्याङ्ग, पनि इसाई रहेछन् भन्ने थाहा पाएँ, र हाम्रो कुराकानी बाइबलतिर मोडियो। दाजु ज्याङ्गले परमेश्‍वरका आखिरी दिनहरूका कार्यका बारेमा बताउनुभयो र बाइबलको एउटा पद उद्धृत् गर्नुभयो: “किनभने पिताले कुनै मानिसको न्याय गर्नुहुन्न, तर पुत्रलाई नै सबै न्याय सुम्पनुभएको छ(यूहन्‍ना ५:२२)। त्यसपछि उहाँले मलाई भन्नुभयो, “प्रभु येशू सर्वशक्तिमान् परमेश्‍वरको रूपमा फर्किसक्नुभएको छ। उहाँ शरीर भएर आउनुभएको छ र आखिरी दिनहरूमा न्यायको कार्य गर्न उहाँले सत्यहरू व्यक्त गर्नुहुन्छ।” जब मैले प्रभु फर्किसक्‍नुभएको छ भन्‍ने सुनेँ, म “प्रभु येशू फर्किनुभएछ, कति राम्रो कुरा हो! म यो दिनका लागि वर्षौंदेखि तृषित थिएँ—अन्ततः उहाँ आउनुभयो!” भनेर सोच्दै उत्साहित र अचम्मित भएँ। तर जब म खुशी हुँदैथिएँ मैले अचानक दाजु ज्याङ्गले “देह भएर” भन्‍नुभएको रहेछ भन्‍ने सम्झे। त्यति बेलै मेरो हृदय जोड-जोडले धड्किन थाल्यो किनभने पाष्टर र एल्डरहरूले सधैँ भनेका थिए, प्रभु बादलको सवारीमा आउनुहुनेछ, र उहाँ देहमा आउनुभएको भन्ने कुनै पनि समाचार गलत हो र हामीले त्यसमा बहकिनु हुँदैन। म दाजु ज्याङ्गप्रति सतर्क भएँ। म वर्षौंदेखि विश्‍वासी भएको र मैले धेरै पटक बाइबल पढेको छु भन्‍ने मैले स्मरण गरेँ तर प्रभु देहको रूपमा फर्किने कुरा मैले कहिल्यै देखेको थिइन। त्यसैले मैले उहाँलाई सोधेँ, “प्रभु देहमा फर्कन कसरी सम्भव भयो। प्रेरित १:११ मा यसो भनिएको छ: ‘ए गालीलका मानिसहरू हो, तिमीहरू किन स्वर्गतिर हेर्दै उभिरहन्छौ? तिमीहरूबाट स्वर्गमा उठाइएका यही येशू, जसरी उहाँ स्वर्ग जानुभएको तिमीहरूले देख्यौ त्यसरी नै आउनुहुनेछ।’ र प्रकाश १:७ ले यसो भन्छ: ‘हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्‍नेछन्, र तिनीहरूले पनि जुनले उहाँलाई घोचे: अनि उहाँको कारण पृथ्वीका सबै जातिले विलाप गर्नेछन्।’ यी पदहरूबाट हामी के थाहा पाउँछौं भने प्रभु बादलको सवारीमा जानुभएको थियो, त्यसैले जब उहाँ आउनुहुन्छ उहाँ बादलको सवारीमा नै आउनुहुन्छ। उहाँ देहधारी भएर फर्कनुभयो भनेर तपाईंले भन्‍नुभएको कुरा बाइबलको भविष्यवाणीसँग बाझिएको छ।”

त्यसपछि उहाँले मलाई मुस्कुराउँदै भन्‍नुभयो, “भाइ, बाइबलले प्रभु बादलको सवारीमा आउनुहुन्छ भनेर पक्कै भन्छ, तर प्रभु कसरी आउनुहुन्छ भन्ने विषयमा एकै प्रकारको मात्रै भविष्यवाणी छैन। उहाँ आखिरी दिनहरूमा मानिसको पुत्र भएर सुटुक्क देहमा आउनुहुन्छ भन्ने विषयमा पनि धेरै भविष्यवाणीहरू गरिएका छन्।” उहाँले अन्य केही पदहरू उल्‍लेख गर्नुभयो: “त्यसकारण तिमीहरू सचेत भएनौ भने त, म तिमीहरूकहाँ चोरजस्तै आउनेछु(प्रकाश ३:३)। “तर त्यो दिन र त्यस समयको बारेमा कुनै मानिसलाई थाहा छैन, न त स्वर्गका स्वर्गदूतहरूले, न पुत्रले, तर पिताले(मर्कूस १३:३२)। “अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ(मत्ती २५:६)। साथै अन्य पनि छन् “किनभने जसरी चट्याङ्गले आकाशमुनिको एउटा भागलाई उज्यालो बनाउँदा आकाशमुनिको अर्को भागलाई पनि चम्किलो बनाउँछ; मानिसको पुत्र पनि उनको दिनमा त्यस्तै हुनेछन्। तर सुरुमा उहाँले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ(लूका १७:२४-२५)। त्यसपछि उहाँले “चोरजस्तै” र “कुनै मानिसलाई थाहा छैन” भन्‍ने भविष्यवाणीहरूको उल्लेख गर्दै बाइबलका पदहरूमा सङ्गति गर्नुभयो, जसको अर्थ कसैले थाहा नपाइकनै प्रभु सुटुक्क आउनुहुन्छ उहाँलाई कसैले देखिहाले पनि उहाँलाई कसैले नचिन्ने गरी आउनुहुन्छ भन्‍ने हो। भविष्यवाणीहरूले “मानिसको पुत्र” र मानिसको पुत्रको आगमनको बारेमा पनि उल्लेख गरेका छन्। “मानिसको पुत्र” सम्बन्धी कुनै पनि सन्दर्भको अर्थ उहाँ मानिसबाट जन्मनुहुन्छ, उहाँमा देह र रगत छ र सामान्य मानवत्व छ भन्ने हो। प्रभु येशूलाई ख्रीष्ट भनियो, मानिसको पुत्र। बाहिरबाट उहाँ अरू कोही व्यक्तिजस्तै देखिनुभयो। उहाँले खानुभयो, लुगा लगाउनुभयो, र मानिसको बीचमा सामान्य मानिस जसरी जिउनुभयो। यदि मृत्युबाट ब्युँतिएपछिको परमेश्‍वरको आत्मा वा प्रभु येशूको आत्मिक शरीर हुन्थ्यो भने, उहाँलाई “मानिसको पुत्र” भनिँदैनथ्यो। त्यसैले मानिसको पुत्रको आगमनको बारेमा उल्लेख गर्नुको अर्थ प्रभु देहमा फर्कनुहुन्छ भन्ने हो। दाजु ज्याङ्गले यो सङ्गति बाँड्नुभयो: “बादलमा बसेर प्रभु आउने कुरा पक्कै पनि संसारलाई हल्लाउने आकर्षक दृश्य हुनेछ। सबै जना भूँइमा लड्नेछन् र उहाँको विरोध गर्न कसैले पनि साहस गर्नेछैनन्। तर प्रभुको भविष्यवाणीको बारेमा पनि सोच्नुहोस्: ‘तर सुरुमा उहाँले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ।’ यो कसरी पूरा हुन्छ त?” उहाँले भन्‍नुभयो, “यदि परमेश्‍वर मानिसको पुत्रको रूपमा प्रकट हुनुभयो र देहमा काम हुनुभयो भने मात्र उहाँले कष्ट भोग्न सक्नुहुन्छ र यो पीढीबाट तिरस्कृत हुनुहुन्छ। यो प्रभु येशू प्रकट हुनुभएको र कार्य गर्नुभएको समयजस्तै हो। आफ्नै धारणामा झुण्डिएर, उहाँको विरोध र निन्दा गर्दै जसले परमेश्‍वरको आवाज सुन्न सकेनन् र प्रभु येशूको दिव्य सारलाई चिन्न सकेनन्। अन्ततः तिनीहरूले नै उहाँलाई क्रूसमा चढाए। त्यसैले जब यी भविष्यवाणीहरूमा मानिसको पुत्रको आगमन ‘चोरजस्तै’ र ‘यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ’ भन्ने उल्लेख गरिएका छन्, यी सबैले प्रभु सुटुक्क मानिसको पुत्रको रूपमा शरीरमा फर्किनुहुन्छ भन्ने कुरालाई इङ्गित गर्छन्।” यो सङ्गति मेरो लागि अचम्म लाग्दो थियो। मैले कहिल्यै कल्पना गरेको थिइन, कि मानिसको पुत्रको रूपमा प्रभु फर्किनुहुने भन्ने विषयमा यति धेरै बाइबलका भविष्यवाणीहरू रहेछन्। मैले सोचेँ, “यतिका धेरै पटक बाइबल पढ्दा पनि मैले कहिल्यै कसरी देखिन छु? पाष्टर वा एल्डरहरूले बाइबलसम्बन्धी उनीहरूको बहसमा यी कुराहरू किन कहिल्यै उल्लेख गरेनन्?” मैले स्वीकार्नै पर्छ कि दाजु ज्याङ्गले दिनुभएको उपदेश शानदार थियो र बाइबल सम्‍बन्धी उहाँको समझ पृथक र अकाट्य थियो। तर मैले प्रभु बादलको सवारीमा आउनुहुने कुराका बारेमा बाइबलले कसरी चर्चा गरेको छ र पाष्टर र एल्डरहरूले अन्य सबै कुराहरू मिथ्या हुन भनेर कसरी भने भनेर सोचेँ। मैले पत्ता लगाएँ, कि उनीहरूलाई बाइबल राम्ररी थाहा छ र सम्भवतः उनीहरूले गलत बुझको होइन। तर फेरि, दाजु ज्याङ्गको सङ्गति पनि बाइबलकै अनुसार थियो। के सोच्ने भन्ने नै मलाई थाहा भएन। मैले यी कुराहरूको अर्थ निकाल्न सकिन र जति धेरै मैले यो बारेमा सोचेँ, म त्यति नै धेरै अन्योल भएँ। मैले उहाँको सङ्गतिलाई साँचो रूपमा सुन्न बन्द गरेँ र उम्किने बहाना खोजेँ।

म घर फर्किएँ तर मैले मेरो भावनालाई शान्त पार्न सकिनँ दाजु ज्याङ्गको सङ्गति मेरो दिमागमा घुमी नै रह्यो। म चिन्तित भएँ: “यदि साँच्चै प्रभु फर्किसक्नुभएको छ र मैले देखिन भने, के मैले उहाँलाई स्वागत गर्ने मौका त गुमाउँदिन?” तर मैले उहाँ बादलमा बसेर आउनुहुन्छ भनेर बाइबलमा लेखिएको कुरा सोचेँ र पाष्टरहरूको समूहले पनि उक्त कुरा बताएको बारेमा सोचेँ। म कतै मेरो विश्‍वासबाट पथभ्रष्ट त हुन्न भन्ने डर लाग्यो। यो चानचुने कुरा होइन भन्ने मलाई थाहा थियो। त्यसपछि, केही पटकसम्म उहाँको मण्डलीमा सँगै जानका लागि दाजु ज्याङ्गले मलाई बोलाउनुभएको थियो। म दोधारमा थिएँ र निर्णय लिन सकिरहेको थिइन। अन्ततः मैले बहाना बनाएँ र घरमा केही आइपर्‍यो भनेँ, तर म प्रभुको इच्छाअनुसार गइरहेको छैन र म शान्त छैन भन्ने मलाई महसुस भयो। मैले प्रभुको प्रार्थना गरेँ, मलाई विवेक दिन र दिशा-निर्देशन दिन आग्रह गरेँ। त्यसको केही दिनपछि, आश्‍चर्यजनक रूपमा दाजु ज्याङ्ग मेरो घरमा मलाई भेट्न आउनुभयो। दाजु ज्याङ्गको आग्रह त्यति धेरै पटक लत्याएकोमा मलाई एकदमै नराम्रो लाग्यो, त्यसैले मैले उहाँलाई आफ्नो समस्या सुनाएँ। मैले भनेँ, “दाजु ज्याङ्ग, जब तपाईंले गत समयमा मलाई प्रभु मानिसको पुत्रको रूपमा शरीरमा फर्किनुभएको छ भनेर सुनाउनुभयो त्यो कुरा बाइबलको अनुसार नै थियो जस्तो सुनिन्थ्यो, तर मैले नबुझेका केही कुरा छन्। बाइबलमा स्पष्ट रूपमा प्रभु बादलको सवारीमा आउनुहुन्छ भनेर लेखिएको छ। प्रकाशको पुस्तकमा यस्तो लेखिएको छ ‘हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्‍नेछन्, र तिनीहरूले पनि जुनले उहाँलाई घोचे: अनि उहाँको कारण पृथ्वीका सबै जातिले विलाप गर्नेछन्।(प्रकाश १:७)। यदि तपाईंले भन्‍नुभएको जस्तो शरीरमा फर्किसक्‍नुभएको छ भने उहाँ बादलमा फर्किनुहुन्छ र सबैले उहाँलाई देख्नेछन् भन्ने भविष्यवाणी कसरी पूरा हुन्छ? यी कुरा त बाझिएनन् र?”

दाजु ज्याङ्ग मुस्कुराउनुभयो र उत्तर दिँदै भन्नुभयो, “प्रभुका पुनरागमनका विषयमा भएका सबै भविष्यवाणीहरू पूरा हुनेछन्। यसमा कुनै विरोधाभास छैन। यसमा घटनाको अनुक्रम मात्रै छ। परमेश्‍वर पहिले मानिसको पुत्रको रूपमा देहधारी बन्नुहुन्छ र पछि बादलमा खुला रूपमा प्रकट हुनुहुन्छ। परमेश्‍वरले सुटुक्क देहमा कार्य गर्दै गर्दा उहाँले परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको कार्य गर्नका लागि सत्यहरू व्यक्त गर्नुहुन्छ। ज-जसले उहाँको आवाज सुन्छन् र उहाँको आखिरी दिनहरूको कार्यलाई स्वीकार गर्छन् उनीहरू बुद्धिमती कन्याहरू हुन् जो उहाँको सिंहासनअघि खडा हुन्छन्। तिनीहरूले परमेश्‍वरको वचनको न्यायलाई स्वीकार्छन् र परमेश्‍वरले उनीहरूलाई विपत्तिहरूभन्दा अघि विजयी बनाइदिनुहुन्छ। त्यसपछि विपत्तिको वर्षा हुनेछ, असललाई इनाम दिइनेछ र दुष्टलाई सजाय दिइनेछ। जब विपत्तिहरू सकिन्छन्, उहाँ खुला रूपमा बादलमा प्रकट हुनुहुनेछ र आखिरी दिनहरूका ख्रीष्टलाई जसले विरोध र निन्दा गरेका थिए तिनीहरूले सर्वशक्तिमान् परमेश्‍वर अरू कोही नभएर पुनरागमन हुनुभएको प्रभु येशू नै हुनुहुन्छ भनेर देख्नेछन्। उनीहरूले आफ्नो छाती ठोक्नेछन्, रुनेछन् र दाह्रा किट्नेछन्।” “यसले प्रकाशको भविष्यवाणीलाई पूरा गर्नेछ: ‘हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्‍नेछन्, र तिनीहरूले पनि जुनले उहाँलाई घोचे: अनि उहाँको कारण पृथ्वीका सबै जातिले विलाप गर्नेछन्।(प्रकाश १:७)।” त्यसपछि, उहाँले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढेर सुनाउनुभयो। ती वचनहरू म अहिले पढ्न चाहन्छु। “धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्छु; जब येशू स्वर्गबाट सेतो बादलमा आउनुभएको तिमीहरूका आफ्नै आँखाले देख्छौ, यो धार्मिकताको सूर्यको सार्वजनिक देखा पर्ने घटना हुनेछ। सायद त्यो क्षण तेरो निम्ति ठूलो उल्लासको समय हुन सक्छ, तैपनि येशू स्वर्गबाट ओर्लनुभएको देख्ने समय दण्ड भोग्नलाई तँ नरक जाने बेला पनि हो भन्ने तैँले जान्नुपर्छ। त्यो परमेश्वरको व्यवस्थापन योजनाको अन्तको समय हुनेछ, अनि यो परमेश्वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्नु अघि नै परमेश्वरको न्याय अन्त भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू, चिन्हहरू नखोज्नेहरू र यसरी शुद्ध पारिएकाहरू, परमेश्वरको सिंहासन सामु फर्केका र सृष्टिकर्ताको अंगालोमा प्रवेश गरेका हुनेछन्। ‘सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो’ भन्ने विश्वासमा अड्डी कस्नेहरू अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्ने येशूमा मात्र विश्वास गर्छन्, तर कठोर न्याय घोषणा गर्नुहुने येशू र जीवनको साँचो मार्गको निकास दिनुहुने येशूलाई स्वीकार गर्दैनन्। यसो मात्र हुन सक्छ, कि सेतो बादलमा येशूको आगमन खुल्ला रूपमा हुँदा नै उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ। तिनीहरू अति हट्ठी, आफैमा अति दृढ, अति अहङ्कारी छन्। यस्ता भ्रष्टहरूलाई येशूले कसरी इनाम दिन सक्नुहुन्थ्यो? सत्यता स्वीकार गर्न सक्नेहरूका निम्ति येशूको आगमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न असक्षमहरूका निम्ति यो दण्डको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्नैपर्छ र पवित्र आत्माको विरुद्ध ईश्‍वर-निन्दा गर्नुहुँदैन र सत्यतालाई इन्कार गर्नुहुँदैन। तँ निर्बुद्धि र अहङ्कारी व्यक्ति हुनुहुँदैन, तर पवित्र आत्माको मार्गदर्शन पालन गर्ने, सत्यताको उत्कट इच्छा गर्ने र खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ(वचन शरीरमा देखा पर्नुहुन्छ)। परमेश्‍वरका वचनहरू पढेपछि, दाजु ज्याङ्गले भन्नुभयो: “प्रभुको आगमनको लागि पर्खँदै गर्दा, हामी बुद्धिमती कन्याहरू हुनुपर्दछ र परमेश्‍वरको आवाज सुन्नुपर्छ। सर्वशक्तिमान् परमेश्‍वरले आखिरी दिनहरूमा न्यायको काम गर्नुहुन्छ र मानिसलाई शुद्ध पार्ने र मुक्त गर्ने सबै सत्यहरू व्यक्त गर्नुहुन्छ। हामीले यो कुरा खोज्नु र अनुसन्धान गर्नुपर्छ र सर्वशक्तिमान् परमेश्‍वरको वचनहरू पढ्नुपर्छ ती वचनहरू पो सत्य हुन कि, ती वचनहरू पो परमेश्‍वरको आवाज हो कि भनेर हेर्नुपर्छ। यस विषयमा हामीले हाम्रा धारणाहरूमा मात्रै भर पर्नु हुँदैन।” उहाँले यो पनि भन्नुभयो, “यहूदी फरिसीहरू आफ्नो धारणाहरूमा भर परे मसीहको लागि अन्धो भएर प्रतीक्षा रे तर प्रभु येशूले व्यक्त गर्नुभएका सत्यहरू खोजेनन्। उनीहरूले उहाँको विरोध र निन्दा गरे र उहाँलाई क्रूसमा चढाएर कीला ठोके। तिनीहरूले परमेश्‍वरको स्वभावलाई उल्लङ्घन गरे। यदि हामी पनि प्रभुको आगमनको बारेमा अनुसन्धान गर्दा उहाँ बादलको सवारीमा आउनुहुन्छ र अन्य सबै कुराहरू मिथ्या हुन् भनेर जिद्दी गर्दै हाम्रो धारणाहरूमा नै रहिरह्यौँ, र पाष्टरहरूको समूहसँगै मिलेर परमेश्‍वरको आखिरी दिनहरूको कार्यलाई विरोध र निन्दा गर्‍यौं भने, हामीले ती पाखण्डीहरूको जस्तै गल्ती गरिरहेका हुन्छौ र घोर पाप गरिरहेका हुनेछौं। त्यसपछि हामी रुन र दाह्रा किट्न सक्‍नेछौँ, तर त्यति बेलासम्म एकदमै ढीला भइसकेको हुनेछ।”

उहाँको सङ्गतिपछि मैले प्रभुको आगमन चरण चरणमा हुन्छ भनेर बुझेँ। उहाँले उहाँको न्यायको काम पहिले देहमा गर्नुहुन्छ र विजयीहरूको एउटा समूह बनाउनुहुन्छ, र त्यसपछि उहाँ खुला रूपमा बादलमा आउनुहुन्छ। प्रभुको आगमनको भविष्यवाणीहरू एकपछि अर्को गरेर सबै पूरा हुनेछन्। त्यो बेला, म मूर्ख र अन्धो थिएँ। मैले वर्षौंपछिको विश्‍वासपछि पनि बाइबल बुझेको थिइन तर पाष्टरहरूको समूह र मेरा आफ्नै धारणाहरूलाई मात्रै पछ्याएको थिएँ। मैले प्रभुको आवाजलाई सुन्न र उहाँलाई स्वागत गर्न खोजिन, तर भाग्यवश दाजु ज्याङ्गले मलाई सुसमाचार सुनाउन पटक-पटक प्रयास गर्नुभयो। नत्र त आफ्नै कल्पनामा झुन्डिएर मैले प्रभुको पुनरागमनलाई छुटाउने थिएँ। म अन्त्यमा हटाइने थिए। मैले दाजु ज्याङ्गलाई भनेँ, “तपाईंको सङ्गतिले मलाई परमेश्‍वरको कार्य कति विवेकपूर्ण र व्यावहारिक छ भनेर देखाइदियो। देहधारी परमेश्‍वर गोप्य रूपमा काम गर्न आउनु वास्तवमा हाम्रो मुक्ति हो। तर मैले नबुझेको अझै एउटा कुरा छ। प्रभु देहधारी भएर फर्किनुभएको छ भनेर तपाईं गवाही दिनुहुन्छ। वास्तवमा देहधारण भनेको के हो? सर्वशक्तिमान् परमेश्‍वर वास्तवमै देहमा हुनुभएको परमेश्‍वर हो भन्‍नेमा तपाईं कसरी ढुक्क हुन सक्नुहुन्छ?”

दाजु ज्याङ्गले परमेश्‍वरको वचनको केही परिच्छेदहरू पढेर सुनाउनुभयो। मैले ती परिच्छेदहरूबाट धेरै कुराहरू सिकेँ। म अहिले ती बाँड्न चाहन्छु। “त्यो ‘देहधारण’ परमेश्‍वर शरीरमा देखा पर्नु हो; परमेश्‍वरले सृष्टि गरिएको मानवजातिका बीचमा देहको प्रतिरूपमा काम गर्नुहुन्छ। त्यसकारण परमेश्‍वर देहधारी हुनको लागि, उहाँ सुरुमा देह, सामान्य मानवता सहितको देह हुनुपर्छ; यो सबैभन्दा आधारभूत सर्त हो। वास्तवमा, परमेश्‍वरको देहधारणको तात्पर्य भनेको परमेश्‍वर देहमा जिउनुहुन्छ र काम गर्नुहुन्छ, परमेश्‍वर उहाँको सार-तत्वमा नै देह बन्‍नुहुन्छ, मानिस बन्‍नुहुन्छ भन्‍ने हो।” “सामान्य मानवता सहितका ख्रीष्‍ट त्यो देह हो जसमा आत्मा प्रकट हुनुभयो, र जसमा सामान्य मानवता, सामान्य विवेक, र मानव विचार छ। ‘प्रकट हुनु’ भनेको परमेश्‍वर मानिस बन्‍नु, आत्मा देह बन्‍नु हो; यसलाई अझै सरल रूपमा भन्दा, यो सामान्य मानवता सहितको देहमा परमेश्‍वर स्वयम् वास गर्नु हो, र यसद्वारा उहाँले आफ्‍नो ईश्‍वरीय कामलाई व्यक्त गर्नुहुन्छ—प्रकट हुनु, वा देहधारी हुनुको अर्थ यही नै हो।” “देहधारी परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, र परमेश्‍वरका आत्माले ख्रीष्‍टलाई देहधारण गर्नुभयो। यो देह कुनै पनि देहको मानिसजस्तो छैन। यस भिन्‍नताको कारण के हो भने ख्रीष्‍ट देह र रगतले बनिनुभएको हुनुहुन्‍न; उहाँ आत्माको देहधारण हुनुहुन्छ। उहाँमा सामान्य मानवता र पूर्ण ईश्‍वरत्व दुवै छ। उहाँको ईश्‍वरत्व कुनै पनि मानिसमा छैन। उहाँको सामान्य मानवताले देहमा हुने उहाँका सबै सामान्य क्रियाकलापहरूलाई सञ्‍चालन गर्छ, र उहाँको ईश्‍वरत्वले परमेश्‍वर स्वयमको कार्यलाई अघि बढाउँछ। चाहे यो उहाँको मानवता होस् वा ईश्‍वरत्व होस्, यी दुवै नै स्वर्गमा बस्‍नुहुने पिताको इच्छामा समर्पित हुन्छन्। ख्रीष्‍टको सार भनेको आत्मा नै हो, जुन ईश्‍वरत्व हो। त्यसकारण, परमेश्‍वर स्वयम्‌को सार नै उहाँको सार हो; यो सारले उहाँको आफ्नै कार्यलाई बाधा दिँदैन, र उहाँको आफ्नै कार्यलाई नष्‍ट गर्ने कुनै पनि कार्य उहाँले गर्न सक्‍नुहुन्‍न, न त उहाँको आफ्नै इच्छा विरुद्ध जाने कुनै पनि वचन उहाँले कहिल्यै बोल्‍नुहुन्छ(वचन शरीरमा देखा पर्नुहुन्छ)

त्यसपछि दाजु ज्याङ्गले भन्नुभयो, “विश्‍वासीहरूको रूपमा, प्रभु येशू देहधारी परमेश्‍वर हुनुहुन्थ्यो भन्‍ने हामी सबैलाई थाहा छ, तर उक्त देहधारण पछाडिको सत्य कसैले पनि वास्तविक रूपमा बुझ्दैनन्। अब आखिरी दिनहरूमा, सर्वशक्तिमान् परमेश्‍वरले देहधारणको सत्य र रहस्यलाई हामीबीच प्रकाश पारिदिनुभएको छ। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूबाट हामीले थाहा पाउन सक्छौं, कि देहधारण मानवजातिको बीचमा कार्य गर्न आउनुहुने सामान्य मानव शरीरमा धारण गर्नुभएका परमेश्‍वरको आत्मा हो। देहधारी परमेश्‍वर सामान्य मानिसजस्तै देखिनुहुन्छ। उहाँ अलौकिक देखिनुहुन्न र उहाँले अन्य व्यक्ति सरह खानुहुन्छ र जिउनुहुन्छ। सामान्य व्यक्तिको जस्तै उहाँमा पनि धेरै भावनाहरू छन् र मानिसहरू उहाँसामु जान सक्छन्, तर देहधारी परमेश्‍वरको सार ईश्‍वरीय छ। त्यसैले ख्रीष्टले कुनै पनि समयमा, जहाँ पनि सत्यतालाई व्यक्त गर्न सक्नुहुन्छ। उहाँले परमेश्‍वरको स्वभाव, बुद्धि र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई व्यक्त गर्नुहुन्छ र उहाँले परमेश्‍वरको आफ्नै कार्य गर्नुहुन्छ। यो कुनै पनि मानवले हासिल गर्न नसक्ने कुरा हो। यो प्रभु येशू बाहिरबाट एकदमै सामान्य देखिनु भएजस्तै र मानवजातिको बीचमा वास्तविक जीवन जिउनुभएको जस्तै हो। तर प्रभु येशूले धेरै सत्यहरू व्यक्त गर्नुभएको छ र मानवजातिलाई पश्‍चातापको मार्ग दिनुभएको छ। उहाँले मानिसहरूको पापलाई क्षमा दिनुभएको र परमेश्‍वरको प्रेममय अनुकम्पा र दयालु स्वभावलाई व्यक्त गर्नुभएको छ। उहाँले धेरै चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुभएको छ, जस्तै उहाँले पाँचवटा रोटी र दुईवटा माछाले ५,००० जनालाई खुवाउनुभयो, आँधी र बतासलाई शान्त बनाउनुभयो, मरेकाहरूलाई ब्यूँताउनुभयो र अन्य धेरै कुरा गर्नुभयो। यसले परमेश्‍वरको अख्तियार र शक्तिलाई पूर्ण रूपमा प्रकाश पारिदियो। अन्ततः, मानवजातिको उद्धारको कार्यलाई पूरा गर्न प्रभु येशूलाई क्रूसमा चढाइयो। यसले प्रभु येशूको कार्य तथा वचनहरू परमेश्‍वरको आफ्नै कार्य र वचनहरू हुन्, र उहाँ देहमा धारण गर्नुभएको परमेश्‍वर हुनुहुन्छ भन्‍ने देखाउँछ।” दाजुले त्यसपछि भन्नुभयो, “हामीले आवरण हेरेर देहधारी परमेश्‍वरलाई चिन्न सक्दैनौं, तर हामीले परमेश्‍वरको आवाजलाई सुन्नुपर्छ। ख्रीष्टका कार्य तथा वचनहरूले हामीलाई सत्यता, परमेश्‍वरको स्वभाव, परमेश्‍वरको विवेक र सर्वशक्तिमान् रूप र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो देखाउन सक्छ। यसरी हामी देहमा परमेश्‍वरको कार्य र वचनहरू छन् भनेर ढुक्क हुन सक्छौं।”

उहाँको सङ्गतिले मेरो लागि केही कुरा स्पष्ट पारिदियो। मैले के बुझेँ भने, ख्रीष्ट सामान्य मानिसजस्तै देखिनुहुन्छ, सामान्य मानिसभन्दा न ठूलो नै देखिनुहुन्छ न त अलौकिक नै, तर उहाँसँग परमेश्‍वरको सार छ। उहाँ सामान्य देह धारण गर्नुभएको परमेश्‍वरको आत्मा हुनुहुन्छ। वर्षौंको विश्‍वासपछि पनि मैले यी सत्यता र रहस्यहरूलाई बुझेको थिइन।

दाजु ज्याङ्गले आफ्नो सङ्गति जारी राख्नुभयो: “सर्वशक्तिमान् परमेश्‍वरले हामीमाझ देहधारणको सबै सत्य र रहस्यहरू प्रकाश पार्नुभयो। यदि आखिरी दिनहरूमा सर्वशक्तिमान् परमेश्‍वरले यी वचनहरू बोल्नुभएको थिएन भने, भ्रष्ट मानवजातिले देहधारणको सत्यता नबुझिकनै सधैँभरि प्रभुमा विश्‍वास गरिरहेको हुनेथियो र कोही पनि यो कुरा पत्ता लगाउन सक्षम हुनेथिएन।” “सर्वशक्तिमान् परमेश्‍वर र प्रभु येशू एउटै हुनुहुन्छ। बाहिरबाट उहाँहरू दुवै जना एकदमै सामान्य देखिनुहुन्छ, त्यस्तो असामान्य केही देखिँदैन, तर सर्वशक्तिमान् परमेश्‍वरले मानिसलाई धुने तथा मुक्त गर्ने सबै सत्यताहरूलाई व्यक्त गर्नुहुन्छ र उहाँले परमेश्‍वरको घरबाट सुरु गरेर न्यायको कार्य गर्दैहुनुहुन्छ।” त्यसपछि उहाँले भन्नुभयो, “उहाँले परमेश्‍वरको ६,००० वर्षको व्यवस्थापन योजना तथा उहाँको कार्यको उद्देश्य, मानिसलाई मुक्त गर्ने परमेश्‍वरको कार्यको तीन चरणहरूको लक्ष्य तथा महत्त्वको रहस्य, तथा देहधारण र परमेश्‍वरको नाम, बाइबलको पछाडिको कथा, शैतानले कसरी मानवजातिलाई भ्रष्ट बनाउँछ, शैतानले मानवजातिलाई भ्रष्ट तुल्याएको बारेमा सत्यता तथा सार, मानिसले परमेश्‍वरको विरोध गर्नु र पाप गर्नुको मूल कारण, मानिसलाई पूर्ण रूपमा परमेश्‍वरले धुन र मुक्त गर्नका लागि कसरी न्यायको कार्य गर्नुहुन्छ, परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको प्रकारको आधारमा कसरी वर्गीकरण गर्नुहुन्छ, उहाँले प्रत्येकको गन्तव्य र प्रतिफल कसरी निर्धारण गर्नुहुन्छ र अझै धेरै कुराहरू प्रकाश पार्नुभएको छ। आखिरी दिनहरूमा परमेश्‍वरको न्यायको कार्यमा, उहाँले कुनै पनि उल्लङ्घन नसहने उहाँको धर्मी स्वभावलाई पूर्ण रूपमा प्रकाश पार्नुहुन्छ।” यो बेला, दाजु ज्याङ्गले मलाई सोध्नुभयो, “परमेश्‍वर भन्दा अरू कसले उहाँको योजनाको रहस्यहरू प्रकाश पार्न सक्छ र? सत्य र परमेश्‍वरको धर्मी स्वभावलाई कसले व्यक्त गर्न सक्छ र? मानिसलाई एक पटक सधैँका लागि धुन र मुक्त गर्नको लागि न्यायको कार्य कसले गर्न सक्छ र?” मैले भनेँ, “पक्कै पनि परमेश्‍वरले मात्रै सक्नुहुन्छ।” उहाँले सहमत हुँदै भन्नुभयो, “हो। यस्तो व्यावहारिक तरिकाले देहमा हुनुहुने परमेश्‍वरले मात्रै मानिसलाई मुक्त गर्नको लागि कार्य गर्न र बोल्न सक्नुहुन्छ! मानिसको पुत्रको शारीरिक रूपमा परमेश्‍वरले गर्नुभएको कार्य यही हो।” त्यसपछि उहाँले मलाई भन्नुभयो, मानिसहरूले सर्वशक्तिमान् परमेश्‍वरको वचनहरू जति धेरै पढ्छन् र उहाँको कार्यको जति धेरै अनुभव गर्छन् तिनीहरू त्यति नै धेरै सर्वशक्तिमान् परमेश्‍वरले व्यक्त गर्नुभएको सबै वचनहरू सत्य हुन् र ती परमेश्‍वरको आवाज हो भनेर ढुक्क हुन्छन्। सर्वशक्तिमान् परमेश्‍वरका वाणीहरू उहाँ आखिरी दिनहरूको ख्रीष्ट हुनुहुन्छ, एक मात्र साँचो परमेश्‍वरको रूप हुनुहुन्छ भन्‍ने कुराको पर्याप्त प्रमाण हुन्।

म यति बेला एकदमै उत्साहित भएको थिएँ। मैले भनेँ, “दाजु, मैले अब बुझेँ कि परमेश्‍वरको देहधारण नै सत्यको सबैभन्दा ठूलो रहस्य हो!” “शरीरमा रहनुभएको परमेश्‍वरले सबै सत्यहरू व्यक्त गर्नुहुन्छ र परमेश्‍वरको कार्य गर्नुहुन्छ, त्यसैले प्रभुको स्वागत गर्नका लागि हामीले परमेश्‍वरको आवाज सुन्नु हाम्रो लागि जरुरी हुन्छ। सत्यलाई व्यक्त गर्न सक्ने र परमेश्‍वरको कार्य गर्न सक्ने जो-कोही पनि शरीरमा हुनुहुने परमेश्‍वर हुनुहुन्छ। परमेश्‍वरको आवाज सुनेर र उहाँको नयाँ कामलाई स्वीकार गरेर, हामीले प्रभुलाई स्वागत गर्छौं र प्रभुको अगाडि लगिन्छौं।” उहाँले भन्नुभयो, “तपाईंको बुझाइ पूर्ण रूपमा पवित्र आत्माको अन्तर्दृष्टिबाट नै भएको हो!” मैले सर्वशक्तिमान् परमेश्‍वरको कार्यलाई इन्कार गरेको सबै समयहरूको बारेमा सोचेँ र त्यति अन्धो र मूर्ख भएकोमा मैले आफैलाई घृणा गरेँ। मैले वर्षौंसम्‍म विश्‍वास गरेँ तापनि प्रभुलाई चिनिन। बरु म आफ्नै धारणाहरूमा झुन्डिरहेँ, प्रभु बादलको सवारीमा आउनुहुन्छ भनेर मूर्खतापूर्ण तरिकाले प्रतीक्षा गरिरहेँ प्रभुलाई स्वागत गर्न उहाँको आवाजलाई सुन्ने प्रयास गरिन। उहाँ फर्किसक्नुभएको छ र आखिरी दिनहरूमा सत्यताहरू व्यक्त गर्दै हुनुहुन्छ र न्यायको कार्य गर्दै हुनुहुन्छ भनेर कसैले गवाही दिएको जब मैले सुनेँ, मैले त्यसलाई ध्यानै दिइन। मैले झन्डै प्रभुको लागि ढोका बन्द गरेँ। त्यसपछि म एकदमै ढुक्क भएँ किनभने यी सबै सत्यता तथा रहस्यहरू प्रकाश पार्नुहुने सर्वशक्तिमान् परमेश्‍वर नै फर्किनुभएको प्रभु येशू हुनुहुँदो रहेछ—उहाँ देहधारी परमेश्‍वर हुनुहुन्छ भनेर म ढुक्क भएँ। म परमेश्‍वरलाई वास्तवमै धन्यवाद दिन्छु। मेरो विद्रोहीपन हुँदाहुँदै पनि परमेश्‍वरले मलाई छोड्नुभएन बरु मलाई सुसमाचार सुनाउन दाजु ज्याङ्गलाई पटक-पटक पठाउनुभयो, ताकि मैले परमेश्‍वरको आवाज सुन्न सकूँ र थुमाका पाइलाहरूलाई पछ्याउन सकूँ। वास्तवमा परमेश्‍वरले मलाई अनन्त प्रेम देखाउनुभएको यही नै हो! सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

विद्रोहीले पश्चात्ताप गर्छ

गु वेनकिंग: म सन् १९९० मा इसाई बनें। एक जना मण्डली अगुवा थिए जसले बाइबल हाम्रो विश्‍वासको जग हो र हामीले विश्‍वासीहरूको हैसियतमा बाइबल पालन...

प्रकाश २२:१८-१९ को साँचो अर्थ बुझिसकेपछि, मैले खुशीसाथ फर्केका प्रभुलाई स्वागत गरे

युटिंग, जापान द्वारा प्रभु आउनुभएको छ भनेर सुनेपछि हिच्किचाउनु प्रभुमा मैले विश्वास गरेपछि, मैले मेरा पास्टरहरूले प्रायः यसो भनेका सुनें,...

अफवाहको जालोबाट उम्किँदा

By William, the United States अक्टोबर २०१६ मा, म संयुक्त राज्य अमेरिकाको न्यू योर्क आएँ, र पछि एउटा चिनियाँ मण्डलीमा प्रभु येशूको नाममा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्