कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको प्रत्येक आइतबार मण्डलीमा उपस्थित हुनु, दान दिनु र परोपकारी हुन, अनि मण्डलीका क्रियाकलापहरूमा नियमित उपस्थित हुनु हो भनी सोच्छन्। यस्ता कुराहरू गरेर तिनीहरूले मुक्ति पाउन सक्छन् भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। के त्यस्ता विचारहरू परमेश्‍वरको इच्छा अनुरूप छन्?

8 फेब्रुअरी 2022

सन्दर्भका लागि बाइबल पदहरू:

“मलाई प्रभु, प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्‍छालाई पूरा गर्छ जो स्वर्गमा हुनुहुन्छ। त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौं र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौं र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौं र? अनि म तिनीहरूका निम्ती घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२१-२३)

“स्वर्गको राज्यले हिंसा भोगेको छ, र यसलाई हिंस्रकहरूले बलजफती कब्जा गर्छन्” (मत्ती ११:१२)

“साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरू परिवर्तन भएर साना बालबालिकाहरूजस्तै भएनौ भने, तिमीहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ” (मत्ती १८:३)

परमेश्‍वरका प्रासंगिक वचनहरू:

धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि, थोरैले मात्र परमेश्‍वरप्रतिको विश्‍वासको अर्थ के हो र परमेश्‍वरको इच्छा अनुरूप हुन तिनीहरूले के गर्नुपर्छ भनी बुझ्दछन्। मानिसहरू “परमेश्‍वर” शब्द र “परमेश्‍वरको कार्य” जस्ता वाक्यांशहरूसित परिचित भए पनि तिनीहरूले परमेश्‍वरलाई नचिनेको कारणले यस्तो भएको हो अनि उहाँको कार्यलाई जान्ने कुरा त परै जाओस्। त्यसैले, परमेश्‍वरलाई नचिन्नेहरू सबै उहाँसम्बन्धी तिनीहरूका आफ्नै विश्‍वासमा अल्मलिएको हुनु कुनै अचम्म मान्नुपर्ने कुरा होइन। मानिसहरूले परमेश्‍वरप्रतिको विश्‍वासलाई गम्भीर रूपमा लिंदैनन्, र यो पूर्ण रूपमा तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने कुरा धेरै नै अपरिचित र अनौठो लागेको कारणले गर्दा भएको हो। यसप्रकारले, तिनीहरूले परमेश्‍वरका मागहरू पूरा गर्न सक्दैनन्। अर्को शब्दमा भन्नु पर्दा, यदि मानिसहरूले परमेश्‍वरलाई चिन्दैनन्, र उहाँका कार्यको बारेमा जान्दैनन् भने, तिनीहरू परमेश्‍वरको प्रयोगका लागि योग्य हुँदैनन्, र तिनीहरूले उहाँको इच्छा पूरा गर्ने कुरा त परै जाओस्। “परमेश्‍वरप्रतिको विश्‍वास” भनेको परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु हो; परमेश्‍वरमा विश्‍वास गर्ने सम्बन्धमा यो सबैभन्दा सरल धारणा हो। यसबाहेक, परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु परमेश्‍वरमा साँचो रूपले विश्‍वास गर्नु उस्तै होइन; बरु, यो बलियो धार्मिक संकेतसहितको साधारण किसिमको विश्‍वास हो। परमेश्‍वरप्रतिको साँचो विश्‍वासको अर्थ निम्न छन्ः परमेश्‍वरले सबै थोकमाथि सर्वाधिकार राख्नुहुन्छ भन्ने विश्‍वासको आधारमा कुनै व्यक्तिले उहाँका वचनहरू र उहाँको कार्यको अनुभव गर्छ, उसको आफ्नो भ्रष्ट स्वभावलाई शुद्ध पार्छ, परमेश्‍वरको इच्छा पूरा गर्छ, र परमेश्‍वरलाई चिन्छ। यस प्रकारको यात्रालाई मात्र “परमेश्‍वरप्रतिको विश्‍वास” भन्न सकिन्छ। तापनि मानिसहरूले प्रायः परमेश्‍वरप्रतिको विश्‍वासलाई एउटा साधारण र हलुका कुराको रूपमा हेर्छन्। यस्तो प्रकारले परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ गुमाइसकेका छन्, र तिनीहरूले आखिरीसम्म विश्‍वास गरिरहे पनि, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैनन्, किनकि तिनीहरू गलत बाटोमा हिँड्छन्। आज अझै त्यस्ता मानिसहरू पनि छन् जो अक्षरहरू र खोक्रो सिद्धान्तहरूअनुसार परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरूले आफूहरूमा परमेश्‍वरप्रतिको विश्‍वासको सारको अभाव छ भनी बुझ्दैनन्, र तिनीहरूले परमेश्‍वरको अनुमोदन पाउन सक्दैनन्। तापनि अझै तिनीहरू सुरक्षा र पर्याप्त अनुग्रहको आशीषहरूका लागि परमेश्‍वरसँग प्रार्थना गर्छन्। आउनुहोस्, हामी रोकिऔं, हाम्रो मन शान्त पारौं, अनि आफैलाई सोधौं: के परमेश्‍वरमा विश्‍वास गर्नु पृथ्वीमा सबैभन्दा सजिलो कुरा हुन सक्छ? के यो हुन सक्छ कि परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरबाट असीम अनुग्रह पाउनुबाहेक अरू केही होइन? के परमेश्‍वरलाई नचिनी उहाँमा विश्‍वास गर्ने वा परमेश्‍वरमा विश्‍वास गरे पनि उहाँको विरोध गर्ने मानिसहरूले साँच्चै उहाँको इच्छा पूरा गर्न सक्छन्?

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावनाबाट उद्धृत गरिएको

परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ मुक्ति पाउनु हो, त्यसो भए मुक्ति पाउनु भनेको के हो त? “मुक्ति पाउनु”, “शैतानको अन्धकारको प्रभावबाट अलग हुनु”—मानिसहरूले यी विषयहरूबारे प्राय कुरा गर्छन्, तर उनीहरूले मुक्ति पाउनुको अर्थ के हो सो जान्दैनन्। मुक्ति पाउनुको अर्थ के हो त? यो परमेश्‍वरको इच्छासँग सम्बन्धित छ। सरल रूपमा भन्नुपर्दा, मुक्ति पाउनु भनेको तँ जिइरहन सक्छस् र तँ जीवनमा फर्काएर ल्याइएको छस् भन्ने हो। त्यसो भए, त्योभन्दा अघि के तँ मरेको हुन्छस् त? तँ बोल्न सक्छस्, र तँ सास फेर्न सक्छस्, त्यसो भए तँलाई मरेको कसरी भन्न सकिन्छ? (आत्मा मरेको हुन्छ।) मानिसहरूका आत्मा मरेको छ भने किन उनीहरूलाई मरेका भनिन्छ त? यो भनाइको आधार के हो? मुक्ति पाउनुभन्दा अघि मानिसहरू कसको अधिकारक्षेत्रमा हुन्छन्? (शैतानको अधिकारक्षेत्रमा।) अनि शैतानको अधिकारक्षेत्रमा जिउनका निम्ति मानिसहरू कुन कुरामा भर पर्छन् त? उनीहरू आफ्नो शैतानी प्रकृति र भ्रष्ट स्वभावमा भर पर्छन्। जब व्यक्ति यी कुराहरूअनुसार जिउँछ, उनीहरूको सम्पूर्ण अस्तित्व अर्थात् उनीहरूको देह, उनीहरूको आत्मा र उनीहरूका विचारहरूजस्ता अन्य सबै कुराहरू जीवित हुन्छ कि मृत हुन्छ? परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, ती मृत हुन्छन्। बाहिरी रूपमा, तैँले सास फेरिरहेको र सोचविचार गरिरहेको देखिन्छ, तर तँ निरन्तर दुष्ट कुराहरू मात्र सोचिरहेको हुन्छस्; तँ त्यस्ता कुराहरूको बारेमा सोचिरहेको हुन्छस् जसले परमेश्‍वरको अवज्ञा गर्छ र परमेश्‍वरविरुद्धमा विद्रोह गर्छ, जुन कुरालाई परमेश्‍वर घिनाउनुहुन्छ, घृणा र निन्दा गर्नुहुन्छ। परमेश्‍वरको नजरमा, यी सबै थोकहरू केवल देहका अधीनका कुराहरू मात्र होइनन्, बरु यी त पूर्ण रूपमा शैतान र दियाबलसका अधीनका कुराहरू हुन्। त्यसो भए, परमेश्‍वरको नजरमा मानिसहरू के हुन्? के उनीहरू मानिस हुन् त? होइनन्, उनीहरू मानिस होइनन्। परमेश्‍वरले उनीहरूलाई दियाबलसहरू, पशुहरू र शैतानहरू, जिउँदा शैतानहरूको रूपमा हेर्नुहुन्छ! मानिसहरू शैतानका कुराहरू र सार लिएर जिउँछन्, र परमेश्‍वरको नजरमा, उनीहरू मानव देह ओढेका जिउँदा शैतानहरू हुन्। परमेश्‍वर त्यस्ता मानिसहरूलाई हिँड्ने लासहरू भनी परिभाषित गर्नुहुन्छ; मरेका मानिसहरूजस्तो। त्यस्ता मानिसहरूलाई—आफ्नो भ्रष्ट शैतानी स्वभावअनुसार र उनीहरूका भ्रष्ट सारअनुसार जिउने यी हिंड्ने लासहरूलाई—फिर्ता लिनका लागि परमेश्‍वरले उहाँको वर्तमान मुक्तिको काम गर्नुहुन्छ, उहाँले यी तथाकथित मृत मानिसहरूलाई फिर्ता लिएर उनीहरूलाई जीवित तुल्याउनुहुन्छ। मुक्ति पाउनु भन्नुको अर्थ यही नै हो।

परमेश्‍वरमा विश्‍वास गर्नुको मुख्य उद्देश्य मुक्ति पाउनु हो। मुक्ति पाउनु भन्नुको अर्थ तँ मरेको मानिसबाट जिउँदो मानिसमा परिणत हुनु हो। यसको मतलब तेरो सास पुनर्जीवित पारिएको छ, तँ जीवित छस् भन्ने हो; तँ परमेश्‍वरलाई चिन्न सक्छस्; र तँ उहाँको आराधना गर्न निहुरन सक्छस् भन्ने हो। तेरो हृदयमा अब परमेश्‍वरप्रति अरू कुनै विरोध हुँदैन; तँ अबउप्रान्त उहाँको अवज्ञा गर्दैनस्, उहाँलाई आक्रमण गर्दैनस्, वा उहाँको विरुद्धमा विद्रोह गर्दैनस्। केवल यस्ता मानिसहरू साँच्‍चै परमेश्‍वरको नजरमा जीवित हुन्छन्। यदि कसैले परमेश्‍वरलाई स्वीकार गर्छु भनेर मात्र भन्छ भने, उनीहरू जीवित हुन्छन् कि हुँदैनन्? (हुँदैनन्, उनीहरू जीवति हुँदैनन्।) त्यसो भए, कस्ता किसिमका मानिसहरू जीवित हुन्छन् त? जीवितहरूमा कस्तो किसिमको वास्तविकता हुन्छ त? कम्तीमा पनि, जीवित व्यक्तिले मानिसको भाषा बोल्न सक्छ। त्यो के हो त? यसको अर्थ यही हो कि उनीहरूले बोल्ने शब्दहरूमा विचारहरू, धारणाहरू र समझ सामेल हुन्छन्। जीवितहरूले बारम्बार कस्ता कुराहरूको बारेमा विचार र कार्य गर्छन् त? उनीहरू मानवीय गतिविधिहरूमा संलग्न हुन र आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्। उनीहरू जे गर्छन् र भन्छन् त्यसको प्रकृति कस्तो हुन्छ त? उनीहरूले प्रकट गर्ने सबै कुरा, उनीहरूले सोच्ने सबै कुरा, र उनीहरूले गर्ने सबै कुरा परमेश्‍वरको भय मान्ने र दुष्टताबाट अलग बस्ने प्रकृतिको साथ गरिएको हुन्छ। यसलाई अझ ठिकसँग भन्नुपर्दा, एक जीवित व्यक्तिको रूपमा तेरो हरेक काम र हरेक विचारलाई परमेश्‍वरले निन्दा गर्नुहुन्न वा परमेश्‍वरले घृणा र अस्वीकार गर्नुहुन्न; बरु, परमेश्‍वरले तिनलाई स्वीकार र प्रशंसा गर्नुहुन्छ। जीवितहरूले गर्ने यही नै हो, र जीवितहरूले गर्नुपर्ने पनि यही नै हो।

— आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “कुनै व्यक्ति साँचो रूपमा आज्ञाकारी छ भने मात्रै ऊसँग साँचो विश्‍वास हुन सक्छ”

सामान्य आत्मिक जीवन प्रार्थना गर्ने, भजन गाउने, मण्डली जीवनमा भाग लिने, परमेश्‍वरका वचनहरू खाने र पिउने जस्ता अभ्यासहरूमा सीमित छैन। बरु, यसमा त नयाँ र जीवन्त आत्मिक जीवन जिउने कार्य समावेश हुन्छ। तैँले कसरी अभ्यास गर्छस् भन्ने होइन, बरु तेरो अभ्यासले कस्तो फल फलाउँछ भन्‍ने चाहिँ महत्त्वपूर्ण कुरा हो। धेरैजसो मानिसहरूले के विश्‍वास गर्छन् भने सामान्य आत्मिक जीवनमा प्रार्थना गर्नु, भजन गाउनु, परमेश्‍वरका वचनहरू खानु र पिउनु वा उहाँका वचनहरूलाई ध्यान दिनु जरुरी हुन्छ, चाहे त्यस्ता प्रचलनहरूले वास्तवमा कुनै असर पारोस् वा नपारोस् वा साँचो बुझाइमा डोर्‍याओस् वा नडोर्‍याओस्। यी मानिसहरूले नतिजाहरूलाई ध्यानै नदिई सतही प्रक्रियाहरूलाई पछ्याउने कार्यमा ध्यान दिन्छन्; तिनीहरू धार्मिक रीतिथितिमा जिउने मानिसहरू हुन्, मण्डलीभित्र जिउने मानिसहरू होइनन्, तिनीहरू राज्यका मानिसहरू हुने कुरा त परै जाओस्। तिनीहरूका प्रार्थना, भजन गाउने, र परमेश्‍वरका वचनहरू खाने र पिउने कार्य भनेका केवल नियम-पालना हुन् जुन बाध्यताको कारण र प्रचलनहरूलाई पूरा गर्नको लागि गरिएका हुन्, इच्छाले वा हृदयबाट गरिएका होइनन्। यी मानिसहरूले जति नै प्रार्थना गरे पनि वा गीत गाए पनि, तिनीहरूका प्रयासले कुनै फल फलाउनेछैन, किनभने तिनीहरूले अभ्यास गर्ने भनेका केवल धर्मका नियम र विधिहरू मात्र हुन्; तिनीहरूले वास्तवमा परमेश्‍वरका वचनहरू अभ्यास गरिरहेका हुँदैनन्। तिनीहरूले कसरी अभ्यास गर्छन् भन्ने बारेमा हल्लीखल्ली गर्नमा मात्रै तिनीहरू ध्यान दिन्छन्, र उनीहरूले परमेश्‍वरका वचनहरूलाई पालन गर्नुपर्ने नियमको रूपमा लिन्छन्। त्यस्ता मानिसहरूले परमेश्‍वरका वचनहरूलाई अभ्यास गरिरहेका हुँदैनन्; तिनीहरूले केवल देहलाई सन्तुष्ट पारिरहेका हुन्छन्, र अरू मानिसहरूलाई देखाउनका लागि कार्य गरिरहेका हुन्छन्। यी धार्मिक नियम र विधिहरू सबै मानवबाट आएका हुन्; ती परमेश्‍वरबाट आएका होइनन्। परमेश्‍वर न त नियमहरू पालना गर्नुहुन्छ, न उहाँ कुनै कानुनको अधीनमा हुनुहुन्छ। बरु उहाँले त व्यवहारिक कार्य पूरा गर्दै दिनहुँ नयाँ काम गर्नुहुन्छ। हरेक दिन बिहानको सेवाहरूमा भाग लिने, साँझको प्रार्थना र खानाको अगाडि कृतज्ञताको प्रार्थना गर्ने, र सबै कुरामा धन्यवाद दिनेजस्ता अभ्यासहरूमा आफैलाई सीमित राख्ने थ्री सेल्फ चर्चका मानिसहरूजस्तै—उनीहरूले जति नै यसो गरे पनि र जति धेरै समयसम्म तिनीहरूले त्यसो गरे पनि, तिनीहरूसँग पवित्र आत्माको काम हुनेछैन। जब मानिसहरू नियमहरूमा बाँचिरहेका हुन्छन् र आफ्ना हृदयलाई अभ्यासका विधिहरूमा केन्द्रित गर्छन्, पवित्र आत्माले काम गर्न सक्‍नुहुन्‍न, किनकि उनीहरूको हृदय नियमहरू र मानवीय धारणाहरूले ओगटेको हुन्छ। तसर्थ, परमेश्‍वर हस्तक्षेप गर्न र तिनीहरूमा काम गर्न असमर्थ हुनुहुन्छ, र तिनीहरू केवल व्यवस्थाको नियन्त्रणमा मात्र जिइरहन सक्छन्। यस्ता मानिसहरू परमेश्‍वरको प्रशंसा प्राप्त गर्न सदा असक्षम हुन्छन्।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सामान्य आत्मिक जीवनको सम्‍बन्धमा

तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भएकोले, तैँले उहाँका वचनहरू खानु र पिउनुपर्छ, उहाँका वचनहरू अनुभव गर्नुपर्छ, र उहाँका वचनहरूमा जिउनुपर्छ। केवल यसलाई मात्र परमेश्‍वरमा विश्‍वास गर्नु भनेर भन्न सकिन्छ! यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छु भनी भन्छस्, तर पनि उहाँका कुनै पनि वचनहरूलाई व्यवहारमा लागू गर्न वा कुनै वास्तविकता पैदा गर्न सक्दैनस् भने, यसलाई परमेश्‍वरमा विश्‍वास गर्नु भनिदैन। बरु, यो “भोक तृप्त गर्न रोटी खोज्नु” हो। वास्तविकताको सानो अंश समेत नजानी, नगण्य प्रमाणहरू, प्रयोगहीन कुराहरू, र सतही कुराहरूबारे मात्र बोल्‍नु: यिनीहरूले परमेश्‍वरमा विश्‍वास निर्माण गर्न सक्दैनन्, र तैँले परमेश्‍वरमा विश्‍वास गर्ने ठीक तरिकालाई बिलकुल बुझेको छैनस्। तैँले किन परमेश्‍वरका वचनहरू सम्‍भव भएसम्‍म धेरै खाने र पिउने गर्नुपर्छ? यदि तँ उहाँका वचनहरू खाने र पिउने गर्दैनस् तर स्वर्गमा चढ्न मात्र खोज्छस् भने, के त्यो परमेश्‍वरमा विश्‍वास गर्नु हो? परमेश्‍वरमा विश्‍वास गर्नेले चाल्नु पर्ने पहिलो कदम के हो? कुन मार्गद्वारा परमेश्‍वरले मानिसलाई सिद्ध पार्नुहुन्छ? परमेश्‍वरका वचनहरू नखाई र नपिई तँलाई सिद्ध पारिन सकिन्छ? के तेरो वास्तविकताको रूपमा काम गर्ने परमेश्‍वरका वचनहरू विना तँलाई राज्यको व्यक्तिको रूपमा मान्‍न सकिन्छ? परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ यथार्थमा के हो? परमेश्‍वरमा विश्‍वास गर्नेहरू, कम्तीमा पनि, बाह्य रूपमा शिष्ट हुनुपर्छ; सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्‍वरका वचनहरूले युक्त हुनुपर्छ। जे भए पनि, उहाँका वचनहरूबाट तँ फर्केर कहिल्यै टाढा जान सक्दैनस्। परमेश्‍वरलाई बुझ्ने र उहाँका अभिप्रायहरूलाई पूरा गर्ने सबै काम उहाँका वचनहरूद्वारा सफल हुन्छ। भविष्यमा, हरेक राष्ट्र, सम्प्रदाय, धर्म, र क्षेत्रलाई परमेश्‍वरका वचनहरूद्वारा विजय गरिनेछ। परमेश्‍वरले प्रत्यक्ष रूपमा बोल्नुहुनेछ, र सबै मानिसहरूले परमेश्‍वरका वचनहरूलाई आफ्ना हातहरूमा पक्रनेछन्, र यो माध्यमद्वारा, मानवजाति सिद्ध हुनेछ। भित्र र बाहिर, परमेश्‍वरका वचनहरू सर्वत्र व्याप्त छन्: परमेश्‍वरका वचनहरूमा भित्र र बाहिर दुवै मग्न रहेर मानवजातिले आफ्ना मुखले परमेश्‍वरका वचनहरू बोल्नेछ, परमेश्‍वरका वचनहरू अनुसार अभ्यास गर्नेछ, र परमेश्‍वरका वचनहरूलाई आफूभित्र राख्नेछ। यसप्रकार मानवजाति सिद्ध हुनेछ। जसले परमेश्‍वरका अभिप्रायहरू पूरा गर्छन् र उहाँलाई साक्षी दिन सक्छन्, ती मानिसहरू आफ्नो वास्तविकताको रूपमा परमेश्‍वरका वचनहरूले भरिएका छन्।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

आज परमेश्‍वरमाथिको वास्तविक विश्‍वास भनेको के हो? यो परमेश्‍वरको वचनलाई तेरो जीवनको वास्तविकताको रूपमा स्वीकार गर्नु र परमेश्‍वरबाट साँचो प्रेम हासिल गर्न उहाँलाई उहाँकै वचनबाट चिन्‍नु हो। अझ स्पष्ट रूपमा भन्दा: परमेश्‍वरमा विश्‍वास गर्नु भनेको तैँले उहाँको आज्ञापालन गर्नु, उहाँलाई प्रेम गर्नु र परमेश्‍वरको सृष्टिले गर्नुपर्ने कर्तव्य पूरा गर्नको लागि हो। परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य यही नै हो। तैँले परमेश्‍वरको प्रेमिलोपनको, उहाँ हाम्रो आदरको कति योग्य हुनुहुन्छ, र परमेश्‍वरले उहाँका सृष्टिहरूमा कसरी मुक्तिको काम गर्नुहुन्छ र तिनीहरूलाई सिद्ध बनाउनुहुन्छ भन्ने ज्ञान प्राप्त गर्नैपर्छ—यी परमेश्‍वरमाथिको तेरो विश्‍वासका अत्यावश्यक तत्वहरू हुन्। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको मुख्य रूपले देहको जीवनबाट परमेश्‍वरलाई प्रेम गर्ने जीवनमा सर्नु हो; भ्रष्टतामा जिउनुबाट परमेश्‍वरको वचन पालन गर्ने जीवनमा सर्नु हो; यो शैतानको अधिकार-क्षेत्रबाट बाहिर निस्केर परमेश्‍वरको वास्ता र सुरक्षामा जिउनु हो; यो परमेश्‍वरमा आज्ञाकारी हुन सक्नु र देहको आज्ञाकारी नहुनु हो; यो परमेश्‍वरलाई तेरो सम्पूर्ण हृदय प्राप्त गर्न दिनु हो, जसद्वारा परमेश्‍वरलाई तँलाई सिद्ध बनाउन दिनु हो, र तैँले आफैलाई भ्रष्ट शैतानिक स्वभावबाट मुक्त गर्नु हो। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको विशेष रूपले परमेश्‍वरको शक्ति र महिमा तँमा प्रकट हुन दिनु हो, तैँले परमेश्‍वरको इच्छाको काम गर्नु र उहाँको योजना पूरा गर्नु हो, साथै शैतानको सामु परमेश्‍वरको साक्षी दिन सक्नु हो। परमेश्‍वरमाथिको विश्‍वास चिन्हहरू र अचम्‍मका कामहरू हेर्न चाहने तेरो इच्छामा केन्द्रित हुनुहुँदैन, न त त्यो तेरो व्यक्तिगत देहको निम्ति नै हुनुपर्छ। त्यो परमेश्‍वरलाई चिन्ने, र परमेश्‍वरको आज्ञापालन गर्न सक्ने हुन, अनि पत्रुसले झैं मृत्युसम्म उहाँको आज्ञापालन गर्ने विषयमा हुनुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्नुका मुख्य उद्देश्यहरू यिनै हुन्। व्यक्तिले परमेश्‍वरलाई चिन्न र उहाँलाई सन्तुष्ट पार्नका निम्ति परमेश्‍वरको वचन खान्छ र पिउँछ। परमेश्‍वरको वचन खाँदा र पिउँदा त्यसले तँलाई परमेश्‍वरको बारेमा महान् ज्ञान दिन्छ, त्यसपछि मात्र तैँले उहाँको आज्ञापालन गर्न सक्छस्। परमेश्‍वर सम्‍बन्धी ज्ञानद्वारा मात्रै तैँले उहाँलाई प्रेम गर्न सक्छस्, अनि परमेश्‍वरमाथिको मानिसको विश्‍वासमा हुनुपर्ने उद्देश्य यही नै हो। यदि परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ सधैँ चिन्हहरू र अचम्‍मका कामहरू हेर्ने मात्र कोसिस गर्छस् भने, परमेश्‍वरमाथिको विश्‍वासको यो दृष्टिकोण गलत छ। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको मुख्य रूपले परमेश्‍वरको वचनलाई जीवनको वास्तविकताको रूपमा ग्रहण गर्नु हो। परमेश्‍वरको मुखबाट निस्केको वचनलाई अभ्यास गरेर अनि तिनलाई तँ आफैमा लागू गरेर मात्र परमेश्‍वरको उद्देश्य पूरा हुन्छ। परमेश्‍वरमा विश्‍वास गर्दा, मानिसले परमेश्‍वरद्वारा सिद्ध हुने, परमेश्‍वरमा समर्पित हुन सक्‍ने र परमेश्‍वरप्रति पूर्ण आज्ञाकारी हुने कार्यको खोजी गर्नुपर्छ। यदि तैँले कुनै गुनासो नगरी परमेश्‍वरको आज्ञापालन गर्न सक्छस्, परमेश्‍वरका इच्छाहरूलाई ध्यानमा राख्छस्, पत्रुसको कद हासिल गर्न सक्छस्, अनि परमेश्‍वरले भन्नुभएको जस्तो पत्रुसको शैली प्राप्त गर्न सक्छस् भने, तब तैँले परमेश्‍वरमाथिको विश्‍वासमा सफलता हासिल गरेको हुनेछस्, अनि त्यसले तँ परमेश्‍वरद्वारा प्राप्त गरिएको छस् भन्ने सूचित गर्दछ।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ

मैले कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्‍नैपर्छ; अशुद्धहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, अशुद्धहरूलाई पवित्र भूमि अपवित्र तुल्याउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्‍म काम गरेको हुन सक्‍ने भए तापनि, आखिरमा तँ दुःखलाग्दो किसिमले घिन लाग्‍दो छस् भने, तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको कानुनको लागि असहनीय हुनेछ! संसारको जग बसालेदेखि अहिलेसम्‍म, मसँग चापलुसी गर्नेहरूलाई मैले राज्यमा सहज रूपमा प्रवेश गर्न कहिल्यै दिएको छैन। यो स्वर्गीय नियम हो, र कसैले पनि यसलाई तोड्न सक्दैन! तैँले जीवनको खोजी गर्नैपर्छ। आज, सिद्ध पारिनेहरू पत्रुसजस्तै हुन्: तिनीहरू आफ्‍नै स्वभावमा परिवर्तन खोज्‍ने, र परमेश्‍वरको गवाही वहन गर्न र परमेश्‍वरका सृष्टिको रूपमा रहेको आफ्‍नो कर्तव्य निभाउन इच्‍छुक हुने मानिसहरू हुन्। यस्ता मानिसहरूलाई मात्र सिद्ध पारिनेछ। यदि तँ इनामहरूलाई मात्रै हेर्छस्, र आफ्‍नो जीवनको स्वभावलाई परिवर्तन गर्न खोज्दैनस् भने, तेरा सबै प्रयासहरू व्यर्थ हुनेछन्—यो अपरिवर्तनीय सत्यता हो!

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मानिसहरूको देहको जीवन एकै क्षणमा, केही दशकमा समाप्त हुन्छ। पछाडि फर्केर हेर्दै, तिनीहरू आफ्नो जीवनलाई सम्झन्छन्: स्कूल गएको, काम गरेको, बिहे गरेको, छोराछोरी जन्माएको, मृत्यु पर्खेको, तिनीहरूको सम्पूर्ण जीवन परिवार, पैसा, हैसियत, सम्पत्ति र इज्जतको लागि व्यस्त बनेर यताउता दौडधूप गर्नुमा बितेको हुन्छ, मानव अस्तित्वको वास्तविक दिशा र उद्देश्यबाट पूर्ण रूपमा वञ्चित रहेको हुन्छ, र जीवित रहनुमा कुनै महत्त्व वा अर्थ पाउन सकेको हुँदैन। त्यसैले मानिसहरू एक पुस्तादेखि अर्को पुस्तासम्‍म यस्तो पीडादायक र खोक्रो तरिकाले जिउँछन्। किन मानिसहरूको जीवन यति पीडादायी र खोक्रो छ? र मानव अस्तित्वको पीडा र खोक्रोपनको समाधान कसरी गर्न सकिन्छ?

परमेश्‍वरका प्रासंगिक वचनहरू: मानिसहरूले भोग्ने जन्म, मृत्यु, बिराम अनि वृद्धावस्था हुने आजीवन कष्टको स्रोत के हो? के कुराले मानिसहरूमा यी...

मानिसहरू प्रसिद्धि, भाग्य, भोजन, कपडा, आनन्दको लागि बाँच्छन्। तिनीहरू आफ्नो सम्पूर्ण जीवन व्यस्त भएपछि, यो सबै बेकार हुन्छ। म केवल मूल्य र अर्थको साथ जीवन पाउन सक्नु अघि कसरी बाँच्ने भनेर जान्न चाहन्छु।

परमेश्‍वरका प्रासंगिक वचनहरू: मानवजातिले सामाजिक विज्ञानहरूलाई स्थापित गरेदेखि मानवको मनचाहिँ विज्ञान र ज्ञानद्वारा भरिएको छ। मानवजातिलाई...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्