तपाईं सर्वशक्तिमान् परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्ट हुनुहुन्छ, देखा पर्नुभएका मुक्तिदाता हुनुहुन्छ, र उहाँले सत्यता व्यक्त गर्दैहुनुहुन्छ र मानिसलाई पूर्ण रूपमा शुद्ध पार्न र मुक्ति दिन अनि मानिसलाई शैतानको अँध्यारो प्रभावबाट छुटकारा दिन परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्दैहुनुहुन्छ भनी गवाही दिनुहुन्छ। सर्वशक्तिमान् परमेश्‍वरले कसरी मानिसलाई पूर्ण रूपमा शुद्ध पार्नुहुन्छ र मुक्ति दिनुहुन्छ?

6 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

वर्तमान देहधारणमा परमेश्‍वरको मुख्य काम सजाय र न्यायको माध्यमद्वारा उहाँको स्वभाव व्यक्त गर्नु हो। यही जगमा निर्माण गर्दै, उहाँले मानिसमा अझ धेरै सत्यता ल्याउनुहुन्छ, र उसलाई अभ्यास गर्ने अझ धेरै तरिकाहरू औँल्याउनुहुन्छ, त्यसरी मानिसलाई जित्ने र उसको आफ्नै भ्रष्ट स्वभावबाट उसलाई मुक्त गर्ने उहाँको उद्देश्य प्राप्त गर्नुहुन्छ। राज्यको युगमा परमेश्‍वरको कामको पछि रहेको कुरा यही हो।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावनाबाट उद्धृत गरिएको

आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुई वटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले प्रकट गर्नुहुन्छ, निराकरण गर्नुहुन्छ र लामो समयसम्म काट-छाँट गर्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र छिँवल्ने यी सबै फरक-फरक तरिकाहरू सामान्य वचनहरूसँग साट्न सकिँदैन, तर यसको सत्यताबाट मानव पूर्ण रूपमा वञ्चित भएको हुन्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरको बारेमा पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्‍वरको न्यायले मानवलाई परमेश्‍वरको इच्छा, र परमेश्‍वरको कार्यको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको धार्मिक स्वभावको माध्यमबाट पूरा गरिन्छ। परमेश्‍वरको स्वभाव मुख्य रूपले धार्मिकता, क्रोध, महानता, न्याय र सरापले बनेको हुन्छ र उहाँले मानिसलाई मुख्य रूपले आफ्नो न्यायद्वारा सिद्ध बनाउनुहुन्छ। कति मानिसहरूले बुझ्दैनन्, र परमेश्‍वरले किन मानिसलाई न्याय र सरापद्वारा मात्र सिद्ध बनाउन सक्‍नुहुन्छ भनी प्रश्न गर्छ। तिनीहरू भन्छन्, “यदि परमेश्‍वरले मानिसलाई सराप्नुभयो भने, के मानिस मर्नेथिएन र? यदि परमेश्‍वरले मानिसलाई इन्साफ गर्नुभयो भने, के मानिस दोषी हुने थिएन? त्यसो भए ऊ कसरी अझै सिद्ध हुन सक्छ?” यी ती मानिसहरूका कुरा हुन्, जसले परमेश्‍वरका कामहरूलाई जान्दैनन्। परमेश्‍वरले जुन कुरालाई सराप्नुहुन्छ त्यो मानिसको अनाज्ञाकारिता हो, र उहाँले जे कुराको न्याय गर्नुहुन्छ त्यो मानिसको पाप हो। उहाँ रूखो र कठोरता साथ बोल्नुहुने भए तापनि, उहाँले मानिसभित्र भएका सबै कुरा प्रकट गर्नुहुन्छ, उहाँले यी कठोर शब्दहरूद्वारा ती कुरा प्रकट गर्नुहुन्छ जुन मूल रूपमा मानिसभित्र हुन्छ, तापनि त्यस्तो न्यायद्वारा उहाँले मानिसलाई देहको सारको गहिरो ज्ञान दिनुहुन्छ, र यसैले मानिस परमेश्‍वरको सामु समर्पित हुन्छ। मानिसको शरीर पापको र शैतानको हो, यो अनाज्ञाकारिता हो, र यो परमेश्‍वरको सजायको पात्र हो। यसैले, मानिसलाई ऊ आफैलाई चिन्‍न लगाउनको लागि परमेश्‍वरका वचनहरूको न्याय ऊमाथि आउनुपर्छ र त्यहाँ हरप्रकारको शुद्धीकरण प्रयोग गर्नुपर्दछ; तब मात्र परमेश्‍वरको काम प्रभावकारी हुन सक्दछ।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

परमेश्‍वरले मानिसलाई न्याय गर्नुभए पनि वा सराप दिनुभए पनि, ती दुवैले मानिसलाई सिद्ध बनाउँछ: ती दुवै मानिसभित्रको अशुद्धतालाई सिद्ध बनाउनका लागि गरिन्छ। यस माध्यमद्वारा मानिस शुद्ध पारिन्छ, मानिसभित्र जुन कुराको कमी हुन्छ त्यसलाई उहाँका वचन र कामहरूद्वारा सिद्ध पारिन्छ। परमेश्‍वरको कामको हरेक चरण—चाहे ती कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले मानिसलाई सिद्ध बनाउँछ, र ती बिलकुल उपयुक्त छन्। परमेश्‍वरले युगौंयुगसम्म कहिल्यै पनि यस्तो काम गर्नुभएन; आज, तिमीहरूले उहाँको बुद्धिको कदर गर्न सक भनेर उहाँले तिमीहरूभित्र काम गर्नुहुन्छ। तिमीहरूले आफैभित्र केही पीडा भोगेको भए तापनि, तिमीहरूको हृदयले स्थिरता र शान्तिको महसुस गर्दछ; परमेश्‍वरको कामको यस चरणको आनन्द लिन सक्नु तेरो निम्ति आशिष् हो। तिमीहरूले भविष्यमा चाहे जे नै प्राप्त गर्न सके पनि आज तिमीहरूले आफूमा देखेको परमेश्‍वरको काम प्रेम नै हो भनी बुझ्नेछौ। यदि मानिसले परमेश्‍वरको न्याय र शोधनको अनुभव गर्दैन भने, उसका कामहरू र जोश सधैँ सतह स्तरमा रहन्छ, र उसको स्वभाव सधैँ अपरिवर्तित रहन्छ। के यसलाई परमेश्‍वरद्वारा प्राप्त गरिएको मान्न सकिन्छ? आज, मानिसभित्र अझै पनि अहङ्कारी र घमण्डी धेरै कुराहरू भए तापनि, मानिसको स्वभाव पहिलेको भन्दा धेरै स्थिर छ। परमेश्‍वरले तँलाई मुक्ति दिनको लागि तँलाई निराकरण गर्नुहुन्छ, अनि तैंले कहिलेकहीँ पीडा महसुस गरे पनि त्यो दिन आउनेछ जब तेरो स्वभावमा परिवर्तन आउनेछ। त्यस बेला, तैंले पछि फर्केर हेर्नेछस्, र परमेश्‍वरको काम कति बुद्धिमानी रहेछ भनी बुझ्नेछस्, अनि त्यस बेला तैंले परमेश्‍वरको इच्छालाई साँच्चै बुझ्न सक्नेछस्।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

यदि तँलाई परमेश्‍वरको स्वभाव थाहा छैन भने, तँ जाँचको दौरान अवश्य ढल्नेछस्, किनभने परमेश्‍वरले मानिसहरूलाई कसरी सिद्ध बनाउनुहुन्छ, उहाँले उनीहरूलाई कुन माध्यमबाट सिद्ध बनाउनुहुन्छ भन्ने विषयमा तँ अनभिज्ञ छस्, र जब परमेश्‍वरको जाँचहरू तँमाथि आउँछ र तिनीहरू तेरो अभिप्रायसँग मिल्दैनन्, तँ दह्रिलो भएर खडा हुन असक्षम हुन्छस्। परमेश्‍वरको साँचो प्रेम नै उहाँको सम्पूर्ण स्वभाव हो, र जब परमेश्‍वरको सम्पूर्ण स्वभाव मानिसहरूलाई देखाइन्छ, यसले तेरो देहका लागि के लिएर आउँछ? जब परमेश्‍वरको धर्मी स्वभाव मानिसहरूलाई देखाइन्छ, उनीहरूको देहले अवश्य धेरै पीडा सहनेछ। यदि तैँले यो पीडा सहिनस् भने, तँलाई परमेश्‍वरले सिद्ध पार्न सक्‍नुहुन्‍न, न तँ परमेश्‍वरलाई साँचो प्रेम समर्पित गर्न नै सक्षम हुनेछस्। यदि परमेश्‍वरले तँलाई सिद्ध पार्नुभयो भने, उहाँले तँलाई पक्कै पनि उहाँको सम्पूर्ण स्वभाव देखाउनुहुनेछ। सृष्टिको समयदेखि आजसम्म, परमेश्‍वरले उहाँको सम्पूर्ण स्वभाव मानिसलाई कहिल्यै देखाउनुभएको छैन—तर आखिरी दिनहरूमा उहाँले यसलाई पूर्वनिश्चित गर्नुभएको र छान्नुभएको मानिसहरूको यो समूहका सामु खुलासा गर्नुहुन्छ, र मानिसहरूलाई सिद्ध पार्दै, उहाँले उहाँको स्वभावलाई खुलासा गर्नुहुन्छ, जसमार्फत उहाँले मानिसहरूको एउटा पूर्ण समूह बनाउनुहुन्छ। मानिसहरूका लागि परमेश्‍वरको साँचो प्रेम यस्तै छ। परमेश्‍वरको साँचो प्रेमको अनुभवका लागि मानिसहरूले अत्यन्तै पीडा सहनुपर्छ, र उच्च मूल्य चुकाउनुपर्छ। यसपछि मात्रै उनीहरूलाई परमेश्‍वरले प्राप्त गर्नुहुन्छ र परमेश्‍वरलाई उनीहरूले आफ्‍नो साँचो प्रेम फर्काउन सक्षम हुन्छन्, अनि मात्रै परमेश्‍वरको हृदय सन्तुष्ट हुनेछ। यदि मानिसहरू परमेश्‍वरबाट सिद्ध हुने चाहना गर्छन् भने र यदि उनीहरूले उहाँको इच्छाअनुसार काम गर्न चाहना राख्छन् भने, र उनीहरूको साँचो प्रेम सम्पूर्ण रूपमा परमेश्‍वरलाई दिन्छन् भने, उनीहरूले मृत्युभन्दा पनि कठोर पीडा सहनका लागि उनीहरूको परिस्थितिबाट धेरै कष्ट र यातना भोग्नुपर्ने हुन्छ। अन्ततोगत्वा उनीहरू आफ्नो साँचो हृदय परमेश्‍वरलाई दिन बाध्य हुन्छन्। परमेश्‍वरलाई कसैले साँचो प्रेम गर्छ कि गर्दैन भन्ने कुरा कठिनाइ र शोधनको समयमा खुलासा हुन्छ। परमेश्‍वरले मानिसहरूको प्रेमलाई शुद्ध बनाउनुहुन्छ, र यो कठिनाइ र शोधनबाट मात्रै हासिल गर्न सकिन्छ।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो

परमेश्‍वरसित मानिसलाई सिद्ध तुल्याउने तरिकाहरू धेरै छन्। मानिसको भ्रष्ट स्वभावको निराकरण गर्न उहाँले हरप्रकारका वातावरणहरू प्रयोग गर्नुहुन्छ र मानिसलाई नाङ्गो पार्न विभिन्न कुराहरू प्रयोग गर्नुहुन्छ; एउटा सन्दर्भमा, उहाँले मानिसलाई निराकरण गर्नुहुन्छ, अर्कोमा उहाँले मानिसलाई नाङ्गो पार्नुहुन्छ, अनि अर्कोमा उहाँले मानिसको हृदयको गहिराइमा भएका “रहस्य” खोतलेर देखाउँदै मानिसलाई प्रकट गर्नुहुन्छ, र मानिसलाई उसका धेरै वटा अवस्थाहरू प्रकट गर्दै उसको प्रकृति देखाउनुहुन्छ। परमेश्‍वर व्यावहारिक हुनुहुन्छ भनी मानिसले जानोस् भनी परमेश्‍वरले धेरै तरिकाहरूद्वारा—प्रकाशद्वारा, मानिसलाई निराकरण गरेर मानिसको शोधन गरेर अनि सजाय दिएर—मानिसलाई सिद्ध तुल्याउनुहुन्छ।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ

अहिले भइरहेको काम मानिसहरूलाई उनीहरूको पुरानो पुर्खा शैतानलाई त्याग्‍न लगाउनका लागि हो। वचनद्वारा गरिने सबै न्यायको उद्देश्य मानवताको भ्रष्ट स्वभाव उजागर गर्नु र मानिसहरूलाई जीवनको सार बुझ्‍न सक्षम तुल्याउनु हो। बारम्बार दोहोर्‍याइने यी न्यायहरूले मानिसको हृदय छेड्छन्। प्रत्येक न्याय प्रत्यक्ष रूपमा तिनीहरूको नियतिसँग सम्बन्धित हुन्छ र यसको काम तिनीहरूको हृदयमा चोट पुर्‍याउनु हो ताकि तिनीहरूले ती सबै थोक छोड्न र जीवनलाई जान्‍न सकून्, यो फोहोरी संसारलाई चिन्‍न सकून्, परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌तालाई चिन्‍न सकून्, र यसको साथै मानवजातिलाई पनि चिन्‍न सकून् जसलाई शैतानले भ्रष्ट बनाएको छ। मानिसले जति धेरै यस प्रकारको सजाय र न्याय पाउँछ, त्यति नै धेरै उसको हृदयमा चोट पुग्‍न सक्छ र त्यति नै धेरै उसको आत्मा जागृत हुन सक्छ। यस प्रकारको न्यायको लक्ष्य यस्ता अत्यन्त भ्रष्ट भएका र सबैभन्दा गहन रूपमा धोकामा परेका व्यक्तिहरूको आत्मालाई जागृत गराउनु हो। मानिससँग आत्मा छैन, अर्थात् उसको आत्मा धेरै अघि मरिसकेको छ र उसलाई स्वर्ग छ भन्‍ने कुरा थाहै छैन, परमेश्‍वर हुनुहुन्छ भन्‍ने पनि थाहै छैन र निश्‍चय नै ऊ मृत्युको पातालमा संघर्ष गरिरहेको छ भन्‍ने पनि उसलाई थाहै छैन; कसरी पो उसले आफू पृथ्वीको यस दुष्ट नर्कमा बाँचिरहेको छु भनेर थाहा पाउन सक्थ्यो र? ऊसँग भएको यो दुर्गन्धित लास शैतानको भ्रष्टताको कारण मृत्युको पातालमा खसेको कुरा उसले कसरी थाहा पाउन सक्थ्यो? धेरै पहिले नै पृथ्वीमा भएका सबै कुरालाई मर्मत नै गर्न नसकिने गरी मानवजातिले नाश गरिसकेका छन् भनेर उसलाई कसरी थाहा हुन सक्थ्यो? अनि, सृष्टिकर्ता आज पृथ्वीमा आउनुभएको छ र उहाँ आफूले मुक्ति दिन सक्‍ने भ्रष्ट मानिसहरूको समूह खोज्दै हुनुहुन्छ भनेर उसलाई कसरी थाहा हुन सक्थ्यो? मानिसले हरसम्‍भव शोधन र न्यायको अनुभव गरेपछि पनि उसको बोधो चेतना सायदै चलायमान हुन्छ र वास्तवमा यो लगभग उदासीन नै रहन्छ। मानवता कत्ति पतित छ! यस किसिमको न्याय आकाशबाट खसेको क्रूर असिनाजस्तो हुने भए तापनि, यो मानिसको लागि सबैभन्दा लाभदायक कुरा हो। यदि यस्ता मानिसहरूलाई न्याय नगरिने हो भने, नतिजा केही पनि हुनेथिएन र मानिसहरूलाई पीडाको पातालबाट जोगाउन पक्‍कै पनि असम्भव हुनेथियो। यदि यो काम नगरिएको भए, मानिसहरूलाई पाताल लोकबाट बाहिर निस्कन धेरै गाह्रो हुनेथियो किनभने उनीहरूको हृदय धेरै नै अघि मरिसकेको छ र तिनीहरूका आत्मालाई शैतानले पहिले नै कुल्चिसकेको छ। पतनको सबैभन्दा ठूलो गहिराइमा डुबेका तिमीहरूलाई बचाउनका लागि तिमीहरूलाई जोडजोडले चिच्याउनुपर्छ, तिमीहरूलाई कडाइका साथ न्याय गरिनुपर्छ; अनि मात्र तिमीहरूको जमेको हृदयलाई जगाउन सम्भव हुनेछ।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्

तँलाई थाहा हुनुपर्दछ कि परमेश्‍वरको सिद्धता, पूर्णता र मानिसहरूको प्राप्तिले तिनीहरूका देहमा तरवार र चोटहरू, अन्त्यहीन दुःख, जलन, क्रूर न्याय, सजाय, र श्रापहरू अनि असिम परीक्षाहरू बाहेक अरू केही ल्याउँदैन। मानिसको व्यवस्थापन कार्यको भित्री कथा र सत्यता यही हो। तापनि, यी सबै कुराहरू मानिसको देहमा लक्षित हुन्छन्, र शत्रुताका सबै वाणहरू निर्दयतापूर्वक मानिसको देहप्रति लक्षित गरिन्छन् (किनकि मानिस निर्दोष छ)। यो सबै उहाँको महिमा र गवाहीका लागि हो, र उहाँको व्यवस्थापनका लागि हो। कारण उहाँको काम मानव जातिका लागि मात्र होइन, तर सम्पूर्ण योजनाका लागि पनि हो, साथै उहाँले मानव जातिलाई सृष्टि गर्नुभएको समयको उहाँको सुरुको इच्छा पूरा गर्नलाई पनि हो। त्यसकारण, सायद मानिसले गर्ने अनुभवको नब्बे प्रतिशतमा दुःखहरू र कठिनाइको आगो सामेल हुन्छ, र त्यहाँ मानिसको देहले चाहना गरेका मीठा र खुसीयालीका दिनहरू थोरै हुन्छन् वा एउटै पनि हुँदैन। मानिसले परमेश्‍वरसित सुन्दर समय बिताउँदै देहमा खुसीका क्षणहरू झनै कम अनुभव गर्न सक्छ। देह फोहोर छ, त्यसैले मानिसको देहले जे देख्छ वा उपभोग गर्छ त्यो परमेश्‍वरको ताडना बाहेक अरू केही पनि हुँदैन, जसलाई मानिसले अनुपयुक्त पाउँछ, मानौं त्यसमा सामान्य अनुभूतिको अभाव थियो। किनभने परमेश्‍वरले आफ्नो धार्मिक स्वभाव प्रकट गर्नुहुन्छ, जसलाई मानिसले समर्थन गर्दैन, जसले मानिसका अपराधहरू सहँदैन, र शत्रुहरूलाई घृणा गर्दछ। परमेश्‍वरले कुनै पनि उपायद्वारा उहाँको सम्पूर्ण स्वभाव प्रकट गर्नुहुन्छ, त्यसरी शैतानसँग उहाँको छ हजार वर्षको लडाइँको—सारा मानव जातिको मुक्तिको कामर प्राचीन कालको शैतानलाई नाश पार्ने काम समाप्त गर्नुहुन्छ।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानवजातिलाई व्यवस्थापन गर्ने उद्देश्य

परमेश्‍वरका वचनहरूमध्ये प्रत्येकले हामीलाई घाइते बनाएर डरले भरेर छोडिदिँदै, हाम्रा मरणशील बिन्दुहरू मध्ये एउटामा प्रहार गर्छन्। उहाँले हाम्रा धारणाहरू, हाम्रा कल्पनाहरू, र हाम्रा भ्रष्ट स्वभावलाई खुलासा गर्नुहुन्छ। हाम्रो लाज लाई कुनै लुक्ने ठाउँ नराखिकन हामीलाई डर र त्रासको अवस्थामा राखेर, हामीले भन्ने र गर्ने कुराहरूदेखि, हाम्रा प्रत्येक विचारहरू र धारणाहरूसम्म, हाम्रा प्रकृति र सार उहाँका वचनहरूमा प्रकट हुन्छन्। हाम्रा सबै दयनीय असिद्धतालाई खुलासा भएको महसुस गराएर र पूर्ण रूपमा राजी गराएर, उहाँले हाम्रा सबै कार्यहरू, हाम्रा लक्ष्यहरू, र नियतहरू, र हामीले कहिल्यै पत्ता नलगाएका हाम्रा भ्रष्ट स्वभावका बारेमा पनि एक-एक गरेर बताउनुहुन्छ। उहाँको विरोध गरेकामा उहाँले हाम्रो न्याय गर्नुहुन्छ, उहाँको निन्दा गरेकोमा र उहाँलाई दोष लगाएकोमा हामीलाई सजाय दिनुहुन्छ, अनि उहाँका नजरमा हामीसँग मुक्ति पाउने एउटा पनि विशेषता छैन, कि हामी जीवित शैतान हौँ भन्ने हामीलाई अनुभूत गराउनुहुन्छ। हाम्रा आशाहरू चकनाचूर हुन्‍छन्; उप्रान्त उहाँबाट कुनै पनि अनुचित मागहरू गर्ने वा उहाँको बारेमा कुनै परिकल्‍पना बोकेर हिँड्ने आँट गर्दैनौं, अनि हाम्रा सपनाहरू पनि रातारात हराउँछन्। हामी कसैले पनि कल्पना गर्न नसक्ने र हामी कसैले पनि स्वीकार गर्न नसक्ने तथ्य यही हो। एकै क्षणमा, हामी हाम्रो भित्री सन्तुलनलाई गुमाउँछौं र अगाडि अवस्थित बाटोमा कसरी निरन्तरता दिने भनी वा हाम्रो विश्‍वासमा कसरी अघि बढ्ने सो जान्दैनौं। हाम्रो विश्‍वास पहिलेकै क्षेत्रतिर फर्केर गएको जस्तो देखिन्छ, र हामीले कहिल्यै प्रभु येशूलाई नभेटेको वा उहाँलाई नचिनेको जस्तो देखिन्छ। हाम्रा आँखा अगाडिका सबै कुराहरूले हामीलाई अन्योलताले भर्छ र हामीलाई अनिर्णायक किसिमले ढुलमुले बनाउँछ। हामी उदास हुन्छौं, हामी निराश हुन्छौं, र हाम्रा हृदयहरूका गहिराइमा अदम्य रीस र अपमान हुन्छ। हामीले निकाल्ने प्रयास गर्छौं, निकास दिन खोज्छौं र, यसको अलाबा, हामी हाम्रा मुक्तिदाता येशूलाई निरन्तर पर्खिरहन्छौँ ताकि हामीले हाम्रा हृदयका कुराहरू उहाँमा पोखाउन सकौं। हामी बाहिरपट्टि सहज भएको देखिने समयहरू भए पनि, न त घमण्डी, न नम्र, हामीले पहिले कहिल्यै अनुभूति नगरेका हारको भावनाले हाम्रा हृदयमा हामी ग्रसित हुन्छौं। कहिलेकाहीँ हामी बाहिरपट्टि असामान्य रूपमा शान्त देखिए तापनि, हाम्रा मनहरू समुद्री आँधी जस्तै पीडाले मडारिरहेका हुन्छन्। उहाँका न्याय र सजाय ले हाम्रा फजुल चाहनाहरूलाई अन्त्य गर्दै र उहाँ हाम्रा मुक्तिदाता हुनुहुन्छ र हामीलाई मुक्त गर्न सक्षम हुनुहुन्छ भनी विश्‍वास गर्न हामीलाई अनिच्छुक छोडिदिँदै, हाम्रा सबै आशाहरू र सपनाहरूबाट हामीलाई वञ्चित गर्छन्। उहाँका न्याय र सजायले हामी र उहाँका बीचमा एक खाल्डो बनाएका छन्, यो यति गहिरो छ कि कोही पनि यसलाई नाघेर जान इच्छुक हुँदैन। उहाँका न्याय र ताडनालाई हामीले हाम्रा जीवनमा पहिलो पल्ट यति ठूलो अवरोध, यति ठूलो अपमानको रूपमा भोगेका छौँ। उहाँका न्याय र सजायले हामीलाई परमेश्‍वरको सम्मान र मानिसको अपमानको असहिष्णुताको सराहना गर्ने बनायो, यसको तुलनामा हामी अत्यन्त तुच्छ र अशुद्ध छौ। हामी कति घमण्डी र अहङ्कारी छौँ, र मानिस कसरी कहिल्यै परमेश्‍वरको बराबरी हुन सक्दैन, वा परमेश्‍वरसँग समान हुन सक्दैन भनी उहाँका न्याय र सजायले हामीलाई सर्वप्रथम महसुस गर्ने बनाएको छ। उहाँका न्याय र सजायले यस्तो भ्रष्ट स्वभावमा अझै नजिउन, यस प्रकृति र सारबाट जतिसक्दो चाँडो आफैलाई स्वतन्त्र पार्न, र उहाँप्रति दुष्ट र घृणित नहुनका लागि हामीलाई इच्छुक नहुने बनाएको छ। उहाँका न्याय र सजायले उहाँका योजनाहरू र प्रबन्धहरूका विरुद्धमा अब कुनै विद्रोह नगरीकन उहाँका वचनहरूलाई पालना गर्न हामीलाई खुशी पारेको छ। उहाँका न्याय र सजायले फेरि एक पल्ट हामीलाई बाँच्ने इच्छा दिएका छन् र उहाँलाई हाम्रा मुक्तिदाताका रूपमा स्वीकार गर्न हामीलाई खुशी बनाएको छ…। हामी विजयको कामबाट बाहिर, नरकबाट बाहिर, मृत्युको छायाको घाटीबाट बाहिर निस्केका छौँ…। सर्वशक्तिमान् परमेश्‍वरले हामीलाई, मानिसहरूका यो समूहलाई पाउनु भएको छ! उहाँले शैतानलाई जित्नुभएको छ र उहाँका शत्रुहरूका भीडलाई हराउनु भएको छ!

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ४: परमेश्‍वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

तपाईं भन्नुहुन्छ, यदि हामी परमेश्‍वरले गर्नुहुने आखिरी दिनहरूको न्यायको कामलाई स्वीकार गर्दैनौं भने हामी शुद्ध हुनेछैनौं, र त्यसैले परमेश्‍वरको राज्यमा प्रवेश गर्ने योग्यका हुनेछैनौं। हामी यो कुरामा विश्‍वास गर्दैनौं। हामीले अझै पनि पाप गर्न सक्ने भए पनि र देहको बन्धनमा परेका भए पनि, बाइबलमा स्पष्ट भनिएको छ “एकै क्षणमा, आँखाको झिमिकमा, अन्तिम तुरहीमा: किनभने तुरही फुकिनेछ, अनि मृतकहरू अविनाशी भई उठ्नेछन्, अनि हामी परिवर्तन हुनेछौं” (१ कोरिन्थी १५:५२)। हामी विश्‍वास गर्छौं, परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ: परमेश्‍वरको एउटा वाणीले स्वर्ग र पृथ्वी र सबै थोक सृष्टि गर्‍यो, र परमेश्‍वरको एउटा वाणीले मृतकहरूलाई जीवित बनाउन सक्छ। जब परमेश्‍वर आउनुहुन्छ, उहाँले तुरुन्तै हाम्रो रूप परिवर्तन गर्न र हामीलाई स्वर्गको राज्यमा उठाउन सक्‍नुहुनेछ। त्यसैले आखिरी दिनहरूमा परमेश्‍वर देह बन्नु र उहाँले सत्यता प्रकट गर्नु र न्याय र शुद्धीकरणको काम गर्नु आवश्यकता छैन।

सन्दर्भका लागि बाइबल पदहरू: “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ” (१ पत्रुस ४:१७)। “अनि यदि कुनै मानिसले मेरो वचन सुन्छ...

हामी विश्वास गर्छौं, प्रकाशको पुस्तकमा अगमवाणी गरिएको ठूलो सेतो सिंहासन अविश्‍वासीहरूलाई लक्षित गरिएको हो जो शैतानको स्वामित्वमा छन्। जब प्रभु आउनुहुन्छ, उहाँमा विश्‍वास गर्नेहरू स्वर्गमा उठाइ लगिनेछन्, त्यसपछि प्रभुले अविश्‍वासीहरूलाई नाश पार्नका लागि विपत्तिहरू बर्साउनुहुनेछ। यही नै ठूलो सेतो सिंहासनको न्याय हो, तैपनि तपाईं परमेश्‍वरको आखिरी दिनहरूको न्याय सुरु भइसकेको छ भनी गवाही दिनुहुन्छ। त्यसोभए परमेश्‍वरले अविश्‍वासीहरूलाई नाश पार्नका लागि विपत्तिहरू बर्साउनुभएको हामीले किन देखेका छैनौं? यो कसरी ठूलो सेतो सिंहासनको न्याय हुन सक्छ?

सन्दर्भका लागि बाइबल पदहरू: “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ” (१ पत्रुस ४:१७)। “अनि यदि कुनै मानिसले मेरो वचन सुन्छ...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्