एउटै साँचो परमेश्‍वरलाई त्रिएक परमेश्‍वरको रूपमा परिभाषित गर्नु ईश्‍वरनिन्दा गर्नु हो, र यो सबैभन्दा निरर्थक भ्रम हो

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

येशूको सत्यता देह हुन आएपछि, मानिसले यस्तो विश्‍वास गऱ्योः पिता मात्र स्वर्गमा हुनुहुन्न, तर पुत्र र आत्मा पनि हुनुहुन्छ। स्वर्गमा यस प्रकारका परमेश्‍वर हुनुहुन्छ भन्ने मानिसमा भएको यो धारणा परम्परागत होः एक त्रिएकत्व परमेश्‍वर जो पिता, पुत्र र पवित्र आत्मा हुनुहुन्छ। सबै मानवजातिमा यी धारणाहरू छन्ः परमेश्‍वर एक परमेश्‍वर हुनुहुन्छ, तर तीन भागले रचना गरिन्छ, त्यो परम्परागत धारणामा गम्भीर रूपमा गढेर बस्नेहरू सबैले पिता, पुत्र र पवित्र आत्मा हुनुहुन्छ भन्ने ठान्छन्। केवल ती तीन भागले एक सम्पूर्ण परमेश्‍वर बन्दछ। पवित्र पिता बिना परमेश्‍वर पूर्ण हुनुहुन्न। त्यस्तै गरी, न ता पुत्र, न पवित्र आत्मा बिना परमेश्‍वर पूर्ण बन्नुहुन्छ। तिनीहरूका धारणाहरूमा, तिनीहरू विश्‍वास गर्दछन् कि न ता पितालाई मात्र न पुत्रलाई मात्र परमेश्‍वर मान्न सकिन्छ। केवल पिता, पुत्र र पवित्र आत्मा मिलेर नै स्वयम् परमेश्‍वर मान्न सकिन्छ। अब, सबै धार्मिक विश्‍वासीहरू र तिमीहरूका बीचका प्रत्येक अनुयायीहरूमा यस्तो आस्था छ। तापनि, त्यो आस्था सही हो कि होइन भनी कसैले पनि बताउन सक्दैन, किनकि तिमीहरू परमेश्‍वर स्वयमको बारेका विषयहरूमा सधैं अन्योलताको बादलमा छौ। यद्यपि यी धारणाहरू हुन्, तिमीहरू ती सही हुन् वा गलत हुन् सो जान्दैनौं, किनकि तिमीहरू धार्मिक धारणाहरूद्वारा गम्भीर रूपमा प्रभावित भएका छौ। तिमीहरूले धर्मका यी परम्परागत धारणाहरूलाई गहिरो रूपमा स्वीकार गरेका छौ, र यो विष तिमीहरूभित्र धेरै गहिराइमा पसेको छ। त्यसकारण, यस विषयमा पनि तिमीहरू यस हानिकारक प्रभावको अगि झुकेका छौ, किनकि त्रिएकत्व परमेश्‍वर अस्तित्वमा छैन। अर्थात्, पिता, पुत्र र पवित्र आत्माको त्रिएकत्व अस्तित्वमा छैन। यी सबै मानिसको परम्परागत धारणाहरू हुन्, र मानिसको झुटा आस्थाहरू हुन्। धेरै शताब्दीहरूदेखि मानिसले यस त्रिएकत्वमा विश्‍वास गरेको, मानिसको मनमा धारणाहरू संकलित गरिएको, मानिसद्वारा निर्माण गरिएको, र मानिसले पहिले कहिल्यै नदेखेको कुरा हो। यति धेरै वर्षहरूमा त्यहाँ बाइबलका धेरै व्याख्याकारहरू भएका छन्, जसले त्रिएकत्वको “साँचो अर्थ” वर्णन गरेका छन्, तर त्रिएक परमेश्‍वरका तीन अलग तत्वका व्यक्तित्वहरूको रूपमा यसरी वर्णन गरेको कुरा अनिश्चित र अस्पष्ट छ, र सबै मानिसहरू परमेश्‍वरको यस्तो “बनावट” द्वारा अलमल्लमा परेका छन्। कुनै पनि महान् व्यक्तिले कहिल्यै यसको विस्तृत विवरण प्रस्तुत गर्न सकेको छैन; प्रायः स्पष्टीकरणहरू तर्कको रूपमा र कागजमा संकलन गरिएको छ, तर एकै जना व्यक्तिले पनि यसको अर्थ पूर्ण रूपमा बुझेको छैन। किनकि मानिसको हृदयमा भएको यस महान् त्रिएकत्व कुनै अस्तित्वमा छैन। … म तिमीहरूलाई बताउँछु, त्रिएक परमेश्‍वर यो ब्रह्माण्डमा कहीं पनि अस्तित्वमा हुनुहुन्न। परमेश्‍वरको कुनै पिता र पुत्र छैन, र पिता र पुत्रले एकसाथ मिलेर पवित्र आत्मालाई एक साधनको रूपमा प्रयोग गर्ने अवधारणाको त कुरै छाडौँ। यी सबै ठूलो भ्रम हो र संसारमा यसको कुनै अस्तित्व छैन! यद्यपि यस्तो भ्रमको पनि सुरुआत् छ र यो पूर्ण रूपमा आधारहीन छैन, किनकि तिमीहरूका दिमाग यति सरल छैन, र तिमीहरूका विचारहरू तर्कबिनाको छैनन्। बरु, ती एकदम उचित र स्पष्ट छन्, यतिसम्म कि त्यसलाई कुनै शैतानले पनि जित्न सक्दैन। खेदको कुरा, यी विचारहरू सबै भ्रम हुन् र तिनको कुनै अस्तित्व छैन। तिमीहरूले बिलकुल वास्तविक सत्यता देखेका छैनौ; तिमीहरू केवल अनुमान र कल्पनाहरू गर्दछौ, छलपूर्वक अरूको भरोसा प्राप्त गर्न र बुद्धि र विवेक नभएका अति मूर्ख मानिसहरूलाई अधीनमा राख्नका निम्ति तिमीहरूले बनावटी कथा बनाउँछौं, यसैले उनीहरू तिमीहरूका महान् र प्रसिद्ध “विशेष शिक्षाहरू” मा विश्‍वास गर्छन्। के यो सत्य हो? के यो मानिसले ग्रहण गर्नुपर्ने जीवनको बाटो हो? यो सबै बकवास हो! एक शब्द पनि उपयुक्त छैन! यति धेरै वर्षमा, परमेश्‍वर तिमीहरूद्वारा यसरी विभाजित पारिनुभयो, हरेक पुस्तासँग अझ सूक्ष्म-सूक्ष्म हुँदै विभाजित भइरहेको छ, त्यस हदसम्म कि परमेश्‍वरलाई खुल्लम खुल्ला तीन परमेश्‍वरमा विभाजित हुनुभएको छ। अनि मानिसका निम्ति अहिले परमेश्‍वरलाई एक मानेर फेरि जोडिनु असम्भव छ, किनकि तिमीहरूले उहाँलाई धेरै राम्ररी विभाजित गरेका छौ! यदि ढिलो हुनुभन्दा अघि मैले शीघ्र कार्य गरिनँ भने, यो भन्न गाह्रो छ कि तिमीहरूले कति बेरसम्म निर्लज्ज भई त्यसमा लागिरहन्छौ। यसरी परमेश्‍वरलाई विभाजन गरिरहँदा, उहाँ कसरी अझै पनि तिमीहरूका परमेश्‍वर हुन सक्नुहुन्छ? के तिमीहरू अझै परमेश्‍वरलाई चिन्न सक्छौ? के तिमीहरू अझै उहाँलाई आफ्ना पिता स्वीकार गरेर उहाँकहाँ फर्कन्छौ? यदि म अलिकति ढिलो आइपुगेको भए, सम्भवतः तिमीहरूले “पिता र पुत्र” यहोवा र येशूलाई इस्राएलमा फिर्ता पठाउने थियौ र तिमीहरू आफै परमेश्‍वरको एक भाग हौ भनी दाबी गर्ने थियौ। भाग्यवश, अहिले नै आखिरी दिनहरू हो। अन्तमा, मैले लामो समयदेखि पर्खेको यो दिन आएको छ, र मैले आफ्नै हातले कामको यो चरण पूरा गरेपछि मात्र तिमीहरूले परमेश्‍वर स्वयमलाई विभाजन गर्ने कार्य रोकिएको छ। यदि यस्तो हुँदैनथ्यो भने, तिमीहरू धेरै बढेर जानेथियौ, तिमीहरूको आराधनाका टेबलहरूमा सबै शैतानहरूलाई राख्ने थियौ। यो तिमीहरूको कलाकृति हो! यो तिमीहरूले परमेश्‍वरलाई विभाजित गर्ने माध्यम हो! के तिमीहरू अझै पनि त्यसो गरिरहन्छौं? म तिमीहरूलाई सोध्छुः परमेश्‍वरहरू कति जना छन्? कुन परमेश्‍वरले तिमीहरूलाई मुक्ति दिनुहुनेछ? के पहिलो, दोस्रो वा तिमीहरूले सधैं प्रार्थना गर्ने तेस्रो परमेश्‍वरले? तिनीहरूमध्ये कुनलाई तिमीहरू सँधै विश्‍वास गर्छौ? के पिताले? वा पुत्रले? वा पवित्र आत्माले? मलाई भन तँ कसमाथि विश्‍वास गर्छस्? तेरो हरेक शब्दद्वारा तैंले परमेश्‍वरमा विश्‍वास गर्छु भने पनि तिमीहरू वास्तवमा आफ्नै दिमागमा विश्‍वास गर्छौं। तिमीहरूको हृदयमा परमेश्‍वर पटक्कै छैन! अनि अझै तिमीहरूका मनमा यस्ता “त्रिएकत्वहरू” धेरै छन्! के तिमीहरू सहमत हुँदैनौं?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?

यदि कामका तीन चरणहरूलाई त्रिएकत्वको अवधारणा अनुसार मूल्याङ्कन गरिन्छ भने, त्यहाँ तीन जना परमेश्‍वर हुनुपर्दछ, किनकि प्रत्येकले गरेको काम एउटै छैन। यदि तिमीहरूमध्ये कसैले त्रिएकत्व साँच्चै छ भन्छौ भने, तीन व्यक्तित्वहरूमा एक परमेश्‍वर भनेको के हो त्यो बताऊ। पवित्र पिता के हुनुहुन्छ? पुत्र के हुनुहुन्छ? पवित्र आत्मा के हुनुहुन्छ? के यहोवा पवित्र पिता हुनुहुन्छ? के येशू पुत्र हुनुहुन्छ? त्यसोभए, पवित्र आत्माको बारेमा के छ? के पिता आत्मा हुनुहुन्न? के पुत्रको सार पनि आत्मा होइन र? के येशूको काम पवित्र आत्माको काम थिएन? के त्यसबेला यहोवाको काम येशूको कामजस्तै आत्माद्वारा गरिएको थिएन र? परमेश्‍वरसँग कतिवटा आत्मा हुन सक्छ? तेरो बयानअनुसार पिता, पुत्र र पवित्र आत्माका तीन व्यक्तित्वहरू एक हुन्; यदि त्यसो हो भने, तब त्यहाँ तीनवटा आत्मा छन्, तर तीनवटा आत्मा हुनुको अर्थ त्यहाँ तीन परमेश्‍वर छन् भन्ने हुन्छ। यसको अर्थ त्यहाँ कुनै एक साँचो परमेश्‍वर छैन; यस प्रकारको परमेश्‍वरसँग अझै पनि परमेश्‍वरको अन्तर्निहित तत्व कसरी हुन सक्छ? यदि तँ एक मात्र परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गर्छस् भने, कसरी उहाँको पुत्र हुन र पिता हुन सक्छ? के यी सबै केवल तेरा धारणाहरू होइनन्? परमेश्‍वरमा एक मात्र हुनुहुन्छ, यस परमेश्‍वरमा एक मात्र व्यक्तित्व हुनुहुन्छ, र परमेश्‍वरका एक आत्मा मात्र हुनुहुन्छ, बाइबलमा “पवित्र आत्मा एउटै मात्र हुनुहुन्छ, र एउटै परमेश्‍वर हुनुहुन्छ” भन्नेबारे धेरै लेखिएका छन् भन्ने जस्तै। तैंले भन्ने पिता र पुत्र अस्तित्वमा भए पनि आखिर परमेश्‍वर एक मात्र हुनुहुन्छ, अनि तिमीहरूले विश्‍वास गर्ने पिता, पुत्र र पवित्र आत्माको सार पवित्र आत्माको सारमा छ। अर्को शब्दमा भन्ने हो भने, परमेश्‍वर आत्मा हुनुहुन्छ, तर उहाँ देह बन्न र मानिसहरूका माझ वास गर्न साथै सबै थोकभन्दा उच्च हुन सक्नुहुन्छ। उहाँका आत्मा सर्व-सम्मिलित र सर्वव्यापी छ। उहाँ एकसाथ देहमा र ब्रह्माण्डमा र त्यसमाथि हुन सक्नुहुन्छ। सबै मानिसहरूले परमेश्‍वर एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भन्ने गरेकाले, परमेश्‍वर एक मात्र हुनुहुन्छ, कसैले पनि आफ्नो इच्छाले विभाजन गर्न सक्दैन! परमेश्‍वर एक मात्र आत्मा, र एक मात्र व्यक्तित्व हुनुहुन्छ; र त्यो परमेश्‍वरका आत्मा हुनुहुन्छ। यदि तैंले भनेको जस्तै पिता, पुत्र र पवित्र आत्मा हो भने त, के उहाँहरू तीन परमेश्‍वर हुनुहुन्न र? पवित्र आत्मा एउटा थोक हुनुहुन्छ, पुत्र अर्को, र पिता अझ अर्को। उहाँहरूका व्यक्तित्व फरक छन् र उहाँहरूका सारहरू फरक छन्, त्यसोभए उहाँहरू प्रत्येक कसरी एउटै परमेश्‍वरका भागहरू हुन सक्नुहुन्छ? पवित्र आत्मा आत्मा हुनुहुन्छ; यो बुझ्न मानिसका निम्ति सजिलो छ। यदि त्यसो हो भने, पिता झन् अझ बढी आत्मा हुनुहुन्छ। उहाँ यस पृथ्वीमा कहिल्यै ओर्लनुभएको छैन र कहिल्यै देह बन्नुभएको छैन; मानिसहरूका हृदयमा उहाँ यहोवा परमेश्‍वर हुनुहुन्छ, र निश्चय उहाँ एक आत्मा पनि हुनुहुन्छ। त्यसोभए उहाँ र पवित्र आत्माको बीचमा के सम्बन्ध छ? के यो पिता र पुत्रबीचको सम्बन्ध हो? वा के यो पवित्र आत्मा र पिताको आत्मा बीचको सम्बन्ध हो? के प्रत्येक आत्माको सार एउटै हो? वा के पवित्र आत्मा पिताको साधन हुनुहुन्छ? यसलाई कसरी वर्णन गर्न सकिन्छ? तब पुत्र र पवित्र आत्माको बीच के सम्बन्ध छ? के यो दुईवटा आत्मा बीचको सम्बन्ध हो वा मानिस र आत्मा बीचको सम्बन्ध हो? यी सबै यस्तै विषयहरू हुन् जसको हामीसित कुनै स्पष्टीकरण छैन! यदि उहाँहरू सबै एउटै आत्मा हुनुहुन्छ भने, तीन व्यक्तित्वहरूको कुरा हुन सक्दैन, किनकि उहाँहरूमा एउटै आत्मा हुनुहुन्छ। यदि उहाँहरू फरक-फरक व्यक्तित्वहरू थिए भने, उहाँहरूका आत्माहरू शक्तिमा फरक हुनेथियो, र उहाँहरू केवल एक मात्र आत्मा हुन सक्नुहुन्न। पिता, पुत्र र पवित्र आत्माको यो अवधारणा सबैभन्दा हास्यस्पद छ! यसले परमेश्‍वरलाई विभाजित गर्दछ र उहाँलाई फरक-फरक प्रतिष्ठा र आत्मा भएका तीन व्यक्तित्वहरूमा बाँड्दछ; त्यसोभए अझै पनि उहाँ कसरी एक आत्मा र एक परमेश्‍वर हुन सक्नुहुन्छ? मलाई भन्, के आकाश र पृथ्वी, र त्यसभित्रका सबै थोक पिता, पुत्र वा पवित्र आत्माले सृष्टि गर्नुभएको हो? कोही भन्छन् कि उहाँहरू सबैले एकसाथ सृष्टि गर्नुभएको हो। त्यसोभए मानवजातिलाई कसले छुटकारा दियो? के पवित्र आत्माले, पुत्रले वा पिताले हो? कसै-कसैले भन्छन्, मानवजातिलाई पुत्रले उद्धार गर्नुभएको हो। त्यसोभए, सारमा पुत्र को हुनुहुन्छ? के उहाँ परमेश्‍वरका आत्माको देहधारण हुनुहुन्न र? देहधारणले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई सृष्टि गरिएको मानिसको दृष्टिकोणबाट पिताको नाउँले सम्बोधन गर्दछ। के येशू पवित्र आत्माद्वारा गर्भधारण भई जन्मनुभएको तँलाई थाहा छैन? उहाँभित्र पवित्र आत्मा हुनुहुन्छ; तैंले जे भने पनि, उहाँ अझै पनि स्वर्गका परमेश्‍वरसँग एक हुनुहुन्छ, किनकि उहाँ परमेश्‍वरका आत्माको देहधारण हुनुहुन्छ। पुत्रको बारेमा यो धारणा असत्य हो। एउटै आत्मा हुनुहुन्छ, जसले सबै काम गर्नुहुन्छ, केवल परमेश्‍वर स्वयमले मात्र, अर्थात् परमेश्‍वरका आत्माले आफ्नो काम गर्नुहुन्छ। परमेश्‍वरका आत्मा को हुनुहुन्छ? के यो पवित्र आत्मा होइन र? के यो येशूमा काम गर्ने पवित्र आत्मा नै होइन र? यदि यो काम पवित्र आत्मा (अर्थात् परमेश्‍वरका आत्मा) द्वारा नगरिएको भए, के उहाँको कामले स्वयम् परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्थ्यो? येशूले प्रार्थना गर्नुहुँदा स्वर्गका परमेश्‍वरलाई पिता नाउँले सम्बोधन गर्नुभयो, त्यो केवल एक सृष्टि गरिएको मानिसको दृष्टिकोणबाट गरिएको थियो, किनकि परमेश्‍वरका आत्माले एउटा साधारण र सामान्य देह धारण गर्नुभएको थियो र बाहिरीपट्टि सृष्टि गरिएको एउटा प्राणीको आवरण थियो। यदि उहाँभित्र पनि परमेश्‍वरका आत्मा हुनुहुन्थ्यो भने, उहाँको बाहिरी रूप अझै पनि सामान्य मानिसको जस्तो देखिन्थ्यो; अर्को शब्दमा भन्नुपर्दा, उहाँ “मानिसका पुत्र” बन्नुभएको थियो, जसको बारेमा येशू आफैलगायत सबै मानिसहरूले बोलेका थिए। उहाँ मानिसका पुत्र भएकाले (पुरुष वा स्त्री, चाहे जे भए पनि बाहिरी रूपमा मानिसको आवरणमा हुनुहुन्थ्यो) उहाँ साधारण मानिसहरूको सामान्य परिवारमा जन्मनु भएका व्यक्ति हुनुहुन्छ। त्यसकारण, येशूले स्वर्गका परमेश्‍वरलाई त्यसरी नै पिता भनी सम्बोधन गर्नुभयो जसरी तिमीहरूले पहिलोचोटि उहाँलाई पिता भनेका थियौ; उहाँले सृष्टि गरिएको मानिसको दृष्टिकोणबाट त्यसो भन्नुभयो। के तिमीहरूलाई प्रभुको त्यो प्रार्थना याद छ, जुन येशूले तिमीहरूलाई कण्ठ गर्नु भनी सिकाउनुभएको थियो? “हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ…।” उहाँले सबै मानिसलाई स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पिता भनी सम्बोधन गर्नू भन्नुभयो। अनि उहाँ आफैले पनि उहाँलाई पिता भन्नु भएकोले, उहाँले तिमीहरू सबैको बराबर स्तरमा खडा हुने व्यक्तिको दृष्टिकोणबाट त्यसो भन्नुभयो। तिमीहरूले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पिता भनी सम्बोधन गर्ने हुनाले, यसले देखाउँदछ कि येशूले आफैलाई तिमीहरूसँग बराबर स्तरमा, र पृथ्वीमा परमेश्‍वरद्वारा चुनिएका एक व्यक्ति (अर्थात् परमेश्‍वरका पुत्र) को रूपमा हेर्नुभयो। यदि तिमीहरू परमेश्‍वरलाई पिता भनी सम्बोधन गर्छौ भने, के यो तिमीहरू एक सृष्टि गरिएको प्राणी भएकोले नै होइन र? तापनि क्रूसमा टाँगिनुभन्दा अघि पृथ्वीमा येशूको अधिकार जति नै महान् भए पनि, उहाँ पवित्र आत्मा (अर्थात्, परमेश्‍वर) द्वारा संचालित केवल मानिसका पुत्र र पृथ्वीको एक सृष्टि गरिएको प्राणी मात्र हुनुहुन्थ्यो, किनकि उहाँले आफ्नो काम पूरा गर्नु अझै बाँकी नै थियो। त्यसकारण, उहाँले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पिता भनी सम्बोधन गर्नु पूर्ण रूपमा उहाँको नम्रता र आज्ञाकारिता थियो। तापनि, उहाँले परमेश्‍वर (अर्थात्, स्वर्गमा हुनुहुने आत्मा) लाई त्यसरी सम्बोधन गर्नुले उहाँ स्वर्गमा हुनुहुने परमेश्‍वरका आत्माका पुत्र हुनुहुन्थ्यो भनी प्रमाणित गर्दैन। बरु, कुरा यति मात्र हो, कि उहाँको दृष्टिकोण फरक थियो, उहाँ फरक व्यक्ति हुनुहुन्थ्यो भन्ने होइन। भिन्नाभिन्नै व्यक्तित्वहरूको अस्तित्व छ भन्नु भ्रम हो! उहाँलाई क्रूसमा टाँगिनुभन्दा अघि येशू देहका सिमाहरूमा सिमित मानिसका पुत्र हुनुहुन्थ्यो, अनि उहाँसित पवित्र आत्माको पूर्ण अधिकार थिएन। त्यसकारण उहाँले सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट परमेश्‍वर पिताको इच्छा खोज्न मात्र सक्नुहुन्थ्यो। यसैले उहाँले गेतसमनीमा तीन पटक प्रार्थना गर्नुभयोः “मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्।” उहाँलाई क्रूसमा टाँगिनुभन्दा अघि उहाँ यहूदीहरूका मात्र राजा हुनुहुन्थ्यो; उहाँ ख्रीष्ट, मानिसका पुत्र, महिमित शरीर हुनुहुन्नथियो। त्यसैकारण, सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट उहाँले परमेश्‍वरलाई पिता भन्नुभयो। अब, तैँले परमेश्‍वरलाई पिता भन्नेहरू सबै पुत्र हुन् भन्न सक्दैनस्। यदि त्यस्तो हुन्थ्यो भने, येशूले एकचोटि प्रभुको प्रार्थना सिकाउनुभएपछि के तिमीहरू सबै परमेश्‍वरका पुत्र बन्नेथिएनौ र? यदि तिमीहरू अझै पनि विश्‍वस्त भएका छैनौ भने मलाई भन्, तिमीहरू कसलाई पिता भन्छौ? यदि तिमीहरू येशूलाई सङ्केत गर्दैछौ भने, येशूका पिताचाहिँ तिमीहरूका निम्ति को हुन्? येशू जानुभएपछि, पिता र पुत्रको यो धारणा अब छैन। यो धारणा येशू देह बन्नु भएका वर्षहरूका लागि मात्र उपयुक्त थियो; यदि तिमीहरू परमेश्‍वरलाई पिता भन्छौ भने अन्य सबै परिस्थितिहरूमा त्यो सम्बन्ध सृष्टिका परमप्रभु र सृष्टि गरिएका प्राणी बीचको मात्र हुन्छ। पिता, पुत्र र पवित्र आत्माको-त्रिएकत्वको धारणा कुनै पनि समय खडा हुन सकेको छैन; यो युगहरूमा बिरलै देखिएको एउटा भ्रम मात्र हो र यसको कुनै अस्तित्व छैन!

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?

अझै कसै-कसैले भन्न सक्छः “पिता पिता नै हुनुहुन्छ, पुत्र पुत्र नै हुनुहुन्छ, र पवित्र आत्मा पवित्र आत्मा नै हुनुहुन्छ, र अन्त्यमा, उहाँहरूलाई एउटै बनाइनुहुनेछ।” त्यसोभए तँ कसरी उहाँहरूलाई एक बनाउँछस्? पिता र पवित्र आत्मालाई कसरी एक बनाउन सकिन्छ? यदि उहाँहरू अन्तर्निहित रूपमा दुई थिए भने, उहाँहरूलाई जसरी एकसाथ जोडे पनि के उहाँहरू दुई जना नै रहँदैनन् र? जब तँ उहाँहरूलाई एक बनाउने बारे कुरा गर्छस्, के त्यो दुई अलग-अलग भागलाई जोडेर एउटा बनाउनुजस्तो हुँदैन र? तर एउटा सिङ्गो बनाउनु अघि के उहाँहरू दुई भाग हुनुहुन्न थियो र? प्रत्येक आत्माको एक अलग सार हुन्छ, र दुई आत्मालाई सिङ्गो एउटा बनाउन सकिंदैन। आत्मा कुनै भौतिक वस्तु होइन र यो भौतिक संसारका अरू कुनै थोकजस्तो हुँदैन। जब मानिसले यसलाई हेर्छ, पिता एक आत्मा हुनुहुन्छ, पुत्र अर्को र पवित्र आत्मा अझ अर्को हुनुहुन्छ, अनि तीनवटा आत्मा तीन गिलास पानीजस्तै एउटैमा मिसिनुहुन्छ। त्यसो गर्नु के तीन जनालाई एउटा बनाउनु होइन र? यो पूर्ण रूपमा गलत व्याख्या हो। के यो परमेश्‍वरलाई विभाजन गर्नु होइन र? पिता, पुत्र र पवित्र आत्मा सबैलाई कसरी एक बनाउन सकिन्छ? के उहाँहरू प्रत्येक भिन्नाभिन्नै प्रकृति भएका तीन भाग हुनुहुन्न र? अझै कोही यस्तो भन्नेहरू पनि छन्, “के परमेश्‍वरले येशू उहाँका प्यारो पुत्र हुनुहुन्छ भनेर स्पष्ट रूपमा बताउनुभएन र?” येशू परमेश्‍वरका प्रिय पुत्र हुनुहुन्छ, जोसँग उहाँ प्रसन्न हुनुहुन्छ—यो परमेश्‍वर स्वयमले भन्नुभएको थियो। त्यो परमेश्‍वरले आफैलाई दिनुभएको गवाही थियो, तर एउटा भिन्नै दृष्टिकोणबाट, जुनचाहिँ स्वर्गका आत्माले उहाँको आफ्नै देहधारणको बारेमा दिनुभएको गवाही थियो। येशू उहाँको देहधारण हुनुहुन्छ, स्वर्गमा हुनुहुने उहाँका पुत्रको होइन। के तैंले बुझिस्? के येशूले “म पितामा छु, र पिता ममा हुनुहुन्छ,”—भन्नुभएको वचनले उहाँहरू एउटै आत्मा हुनुहुन्छ भनी संकेत गर्दैन? र के देहधारणकै कारणले गर्दा उहाँहरू स्वर्ग र पृथ्वीको बीचमा अलग हुनुभएको थिएन? वास्तवमा, उहाँहरू अझै एक हुनुहुन्छ; चाहे जे भए तापनि, यो केवल परमेश्‍वर आफैलाई दिनुभएको गवाही मात्र हो। युगहरूमा परिवर्तन भएकाले, कामका मागहरू र उहाँको व्यवस्थापन योजनाका विभिन्न चरणहरूको कारण, मानिसले उहाँलाई बोलाउने नाउँ पनि फरक हुन्छ। जब उहाँ पहिलो चरणको काम गर्न आउनुभयो, उहाँलाई यहोवा, इस्राएलीहरूका गोठालो मात्र कहलाइन सकिन्थ्यो। दोस्रो चरणमा, देहधारी परमेश्‍वरलाई केवल प्रभु र ख्रीष्ट कहलाइन सकिन्थ्यो। तर त्यस बेला स्वर्गमा हुनुहुने आत्माले उहाँ परमेश्‍वरका प्रिय पुत्र हुनुहुन्छ मात्र भन्नुभयो, र उहाँ परमेश्‍वरका एक मात्र पुत्र हुनुहुन्छ भनी उल्लेख गर्नुभएन। यो त्यसै भएको थिएन। कसरी परमेश्‍वरको एक मात्र सन्तान हुन सक्छ? त्यसो भए के परमेश्‍वर मानिस बन्नुहुन्न थियो र? उहाँ देहधारी हुनुभएकोले, उहाँलाई परमेश्‍वरका प्रिय पुत्र भनियो, अनि यसैबाट पिता र पुत्र बीचको सम्बन्ध बन्यो। यो स्वर्ग र पृथ्वी बीचको अन्तरको कारणले भएको थियो। येशूले देहको दृष्टिकोणबाट प्रार्थना गर्नुभयो। उहाँले सामान्य मानिसको देह धारण गर्नुभएको हुनाले देहको दृष्टिकोणबाट उहाँले भन्नुभयोः “मेरो बाहिरी खोल सृष्टि गरिएको प्राणीको हो। किनकि यस पृथ्वीमा आउनका लागि मैले देह धारण गर्छु, म अहिले स्वर्गबाट टाढा, धेरै टाढा छु।” यसकारण, उहाँले पिता परमेश्‍वरसँग देहको दृष्टिकोणबाट मात्र प्रार्थना गर्न सक्नुहुन्थ्यो। यो उहाँको कर्तव्य थियो, र परमेश्‍वरका देहधारी आत्मा यही कुराले सुसज्जित हुनुपर्दछ। उहाँले देहको दृष्टिकोणबाट पितासँग प्रार्थना गर्नुभएकोले उहाँ परमेश्‍वर हुनुहुन्न भन्न सकिंदैन। यद्यपि उहाँ परमेश्‍वरका प्रिय पुत्र कहलाइनुभयो, उहाँ अझै परमेश्‍वर स्वयम् हुनुहुन्थ्यो, किनकि उहाँ आत्माको देहधारण हुनुहुन्थ्यो, र उहाँको सार अझै आत्मा नै हुनुहुन्थ्यो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?

मानिसको व्याख्यामा धेरै विरोधाभासहरू छन्। साँच्चै, यी सबै मानिसका धारणाहरू हुन्; तिमीहरू त्यसको बारेमा थप जाँचबुझ नगरी, ती सबै सही छन् भनी विश्‍वास गर्छौ। के तँलाई थाहा छैन कि त्रिएकत्वको रूपमा परमेश्‍वर सम्बन्धी यो धारणा मानिसको विचार मात्र हो? मानिसको कुनै ज्ञान पूर्ण र सिद्ध छैन। त्यहाँ सधैं अशुद्धताहरू हुन्छन्, र मानिससँग धेरै विचारहरू हुन्छन्; यसले देखाउँदछ कि सृष्टि गरिएको प्राणीले परमेश्‍वरको कामको व्याख्या गर्न सक्दैन। मानिसका दिमागमा धेरै कुराहरू हुन्छन्, जुन सबै तर्क र विचारबाट आउँदछन्, जुन सत्यको विरोधमा हुन्छन्। के तेरो तर्कले परमेश्‍वरको कामलाई राम्ररी विश्लेषण गर्न सक्छ? के तैंले यहोवाका सबै कामको अन्तर्दृष्टि पाउन सक्छस्? के मानिसको रूपमा तँ ती सबै देख्न सक्छन् वा के परमेश्‍वर स्वयम् हुनुहुन्छ जसले अनन्ततादेखि अनन्ततासम्म देख्न सक्नुहुन्छ? के धेरै अघि अनन्ततादेखि आउने अनन्ततासम्म देख्न सक्ने तँ होस् वा के यो परमेश्‍वरले गर्न सक्नुहुन्छ? तँ के भन्छस्? तँ परमेश्‍वरलाई व्याख्या गर्न कसरी योग्य छस्? तेरो स्पष्टीकरणको आधार के हो? के तँ परमेश्‍वर होस्? स्वर्गहरू र पृथ्वी, अनि यसमा भएका सबै थोकहरू परमेश्‍वर आफैले बनाउनुभएको हो। यो गर्ने तँ होइनस्, त्यसैले तँ किन गलत स्पष्टीकरणहरू दिइरहेको छस्? अब, के तँ अझै त्रिएक परमेश्‍वरमा विश्‍वास गरिरहन्छस्? के त्यसो गर्नु तँलाई धेरै बोझिलो लाग्दैन? तैंले तीन परमेश्‍वरमा होइन, एक परमेश्‍वरमा विश्‍वास गर्नु नै सबैभन्दा उत्तम हुन्छ। हलुको हुनु सबैभन्दा उत्तम हो, किनकि प्रभुको बोझ हलुको छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

स्वर्ग र पृथ्वी अनि यावत् थोकहरू सृष्टि गर्नुहुने साँचो परमेश्‍वर एउटै हुनुहुन्छ कि तीन जना

परमेश्‍वरका प्रासंगिक वचनहरू:सबै थोकमाथि शासन गर्ने र सबै थोकमाथि प्रशासन चलाउनुहुने परमेश्‍वर नै हुनुहुन्छ। अस्तित्वमा भएका सबै कुरा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्