परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४५७
जहाँसम्म कामको कुरा छ, काम गर्नु भनेको परमेश्वरका निम्ति यताउति दौडनु, सबै ठाउँमा प्रचार गर्नु, र उहाँको खातिर अर्पित हुनु हो भन्ने...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
नयाँ युगमा आज्ञाहरूको घोषणा यो धारामा रहेका सबै मानिसहरू, आज परमेश्वरको आवाज सुन्ने सबै मानिसहरू, नयाँ युगमा प्रवेश गरेका छन् भन्ने तथ्यको गवाही हो। यो परमेश्वरको कार्यको नयाँ सुरुवात हो, साथै परमेश्वरको छ हजार वर्षको व्यवस्थापन योजनाको अन्तिम चरणको सुरुवात पनि हो। नयाँ युगका आज्ञाहरू परमेश्वर र मानिसले नयाँ स्वर्ग र नयाँ पृथ्वीको क्षेत्रमा प्रवेश गरेको द्योतक हुन्, र यसमा यहोवाले इस्राएलीहरूसँग काम गर्नुभएको र येशूले यहूदीहरूसँग काम गर्नुभएको जस्तै, परमेश्वरले अझ धेरै व्यावहारिक कार्य गर्नुहुनेछ, र पृथ्वीमा अझ धेरै र अझ ठूला कार्य गर्नुहुनेछ। तिनीहरू यो समूहले परमेश्वरबाट अझ धेरै र अझ ठूला आज्ञाहरू प्राप्त गर्नेछन्, र तिनीहरूलाई भरणपोषण गरिनेछ, खुवाइनेछ, सहयोग गरिनेछ, हेरचाह गरिनेछ, र उहाँबाट व्यावहारिक रूपमा रक्षा गरिनेछ, र उहाँबाट अझ व्यावहारिक तालिम दिइनेछ, र परमेश्वरको वचनबाट निराकरण, खण्डित, र परिष्कृत गरिनेछ भन्ने कुराको पनि द्योतक हुन्। नयाँ युगका आज्ञाहरूको महत्त्व अति नै अथाह छ। तिनीहरूले परमेश्वर वास्तवमै पृथ्वीमा देखा पर्नुहुन्छ, त्यहाँबाट उहाँले आफ्नो सबै महिमा देहमा प्रकट गर्दै, सम्पूर्ण ब्रम्हाण्डलाई विजय गर्नुहुनेछ भन्ने जनाउँछन्। तिनीहरूले उहाँका चुनिएकाहरू सबैलाई सिद्ध गर्न व्यावहारिक परमेश्वरले अझ धेरै व्यावहारिक कार्य गर्नुहुनेछ भन्ने पनि जनाउँछन्। साथै, परमेश्वरले पृथ्वीमा हरेक काम-कुराहरू वचनहरूबाट सम्पन्न गर्नुहुनेछ, र “देहधारी परमेश्वर सबैभन्दा माथि उठ्नुहुनेछ र महिमावान् हुनुहुनेछ, र सबै मानिस तथा सबै राष्ट्रहरूले महान् परमेश्वरको आराधना गर्न घुँडा टेक्नेछन्” भन्ने आदेश व्यक्त गर्नुहुनेछ। नयाँ युगका आज्ञाहरूको पालना मानिसहरूले गर्नुपर्ने भए तापनि, र ती आज्ञाहरू पालना गर्नु मानिसको कर्तव्य र दायित्व भए तापनि, तिनीहरूले प्रतिनिधित्व गर्ने अर्थ एक वा दुई शब्दमा व्यक्त गर्न सकिनेभन्दा अथाह छन्। नयाँ युगका आज्ञाहरूले यहोवा र येशूले प्रतिपादन गर्नुभएका पुरानो करारका व्यवस्थाहरू र नयाँ करारका धार्मिक-विधानहरूलाई प्रतिस्थापन गर्छन्। यो गहन पाठ हो, मानिसहरूले कल्पना गर्ने कुराजस्तो सहज होइन। नयाँ युगका आज्ञाहरूको व्यावहारिक महत्त्वको एउटा पक्ष छ: तिनीहरूले अनुग्रहको युग र राज्यको युगबीचको अन्तरस्थको काम गर्छन्। नयाँ युगका आज्ञाहरूले पुरानो युगका सबै अभ्यास तथा धार्मिक-विधानहरूका साथै येशूको युगका तथा येशूको युगभन्दा अघिका सबै अभ्यासहरूलाई समाप्त गर्छन्। तिनीहरूले मानिसलाई थप व्यावहारिक परमेश्वरको उपिस्थितिमा ल्याउँछन्, जसले मानिसलाई उहाँबाट व्यक्तिगत रूपमा सिद्ध हुन सक्षम बनाउँछ; तिनीहरु नै सिद्धताको मार्गको सुरुवात हुन्। तसर्थ, तिमीहरूले नयाँ युगका आज्ञाहरूप्रति सही मनोवृत्ति राख्नुपर्छ, तिनीहरूलाई जथाभाबी अनुसरण पनि नगर्नु र निन्दा पनि नगर्नू। नयाँ युगका आज्ञाहरूले केही पक्षहरूमा ठूलो महत्त्व दिएका छन्: मानिसले आजका व्यावहारिक परमेश्वरको आराधना गर्नुपर्छ, जसमा आत्माको सारप्रति थप व्यावहारिक रूपमा समर्पित हुने कुरा समावेश हुन्छ। यी आज्ञाहरूले उहाँ धार्मिकताको सूर्यको रूपमा प्रकट हुनुभएपछि मानिस दोषी वा धर्मी छ भनेर परमेश्वरले न्याय गर्नुहुने सिद्धान्तमा पनि जोड दिन्छन्। यी आज्ञाहरू अभ्यास गर्नुभन्दा बुझ्नका लागि सजिला छन्। यसबाट के देख्न सकिन्छ भने यदि परमेश्वरले मानिसलाई सिद्ध गर्न इच्छा गर्नुभएमा, उहाँले आफ्नै वचन र मार्गदर्शनबाट त्यसो गर्नुपर्छ, र मानिसले आफ्नै अन्तर्निहित बौद्धिकताबाट सिद्धता हासिल गर्न सक्दैन। मानिसले नयाँ युगका आज्ञाहरूको पालना गर्न सक्छ वा सक्दैन भन्ने कुरा व्यावहारिक परमेश्वरको बारेमा उसको ज्ञानमा निर्भर रहन्छ। तसर्थ, तैँले आज्ञाहरूको पालना गर्न सक्छस् वा सक्दैनस् भन्ने कुरा केही दिनमै समाधान हुने प्रश्न होइन। यो सिक्नुपर्ने एक अथाह पाठ हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आज्ञा पालन र सत्यता अभ्यास गर्ने
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
जहाँसम्म कामको कुरा छ, काम गर्नु भनेको परमेश्वरका निम्ति यताउति दौडनु, सबै ठाउँमा प्रचार गर्नु, र उहाँको खातिर अर्पित हुनु हो भन्ने...
न्याय के हो र सत्यता के हो भनी के तँ अब बुझ्छस्? यदि बुझ्छस् भने, न्याय पाउनका लागि तैँले आज्ञाकारितासाथ आफैलाई समर्पण गर् भनी म तँलाई...
अब, तिमीहरूको खोजी प्रभावकारी भएको छ वा छैन त्यसको नाप तिमीहरूमा अहिले जे छ त्यसद्वारा गरिन्छ। तिमीहरूको परिणाम निर्धारण गर्न यही कुरा...
तँ परमेश्वरको इच्छाप्रति जति धेरै सचेत हुन्छस्, तैँले त्यति नै बढी बोझ बोक्नेछस् अनि तैँले बोक्ने बोझ जति ठूलो हुन्छ, तेरो अनुभव त्यति नै...